A+ A A-

बिश्व मगर संघ बेल्जियमका अध्यक्ष लाई जापानमा स्वागत


१२ डिसेम्बर २०१० 

मगर सेवा समिति टोकाई जापान को आयोजनामा आज जापानको आइचिकेन स्थित टोयोटा सिटी मा बिश्व मगर संघ बेन्जियम का अध्यक्ष श्री मार्के मगर र उनका श्रीमती रामजी बुढा मगरलाई सम्मान गर्यो । जापान भ्रमणमा आएका दम्पतिसंग एक  अंतर्क्रिया कार्यक्रमको आयोजना पनि गरिएको थियो । कार्यक्रम संस्था का अध्यक्ष राजू राना मगर को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम  सञ्चालन महासचिव श्याम राना मगरले गरेकाथिए ।


कार्यक्रममा अध्यक्ष मार्के दम्पति, नेपाली आदिबासी जनजाति महासंघ जापान का केन्द्रिय अध्यक्ष  के बी मगर र मगर सेवा समिति कोकाई जापान का भू पु अध्यक्ष हरुको आतिथ्यता रहेको थियो
      मार्केले नेपाल मा भएको बिभिन्न परिबर्तन पश्चात पनी मगर जाती को हक़ र अधिकार लाई सत्ताधारी हरुले पछाड़ी नै पार्ने कोसिस गरिरहेको हुदा हामी चनाखो हुनुपर्ने बताए । आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष के बी मगरले  राष्ट्रको हरेक निकायमा सामान हक़ र अधिकार को सुनिश्चितता हुनु पर्छ भन्ने बारेमा  प्रष्ट पारेकाथिए ।   संस्थाका अध्यक्ष राजु राना मगर ले समितिको तर्फबाट  सम्झना स्वरुप उपहार प्रदान गर्दै सफल यात्रा को कामना गर्दै बिदाई गरेकाथिए । 


श्याम राना मगर

Last Updated on Monday, 13 December 2010 14:36

Hits: 1097

यसरी खेलियो जापानमा देउसीभैलो ( सचित्र बयान )

 टोकाई , जापान


मगर सेवा समिति टोकाई जापान को आयोजना मा दीपावली कार्यक्रम २०१० सम्पन्न भएको छ  ।   जापान को टोयोटा सिटी मा नवम्बर ७

तारीख का दिन संस्था का संरक्षक भीजेन्द्र मान पुन मगर को संयोजकतो मा भएको उक्त कार्यक्रम उद्घाटन संस्था का महिला सदस्य

श्रीमती दुर्गा फगामी मगर र बीर माया पुन मगर ले गरे । 

संस्थाका अधक्ष राजू राना मगर को सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाति महासंघ जापान  का केन्द्रिय अधक्ष

के. बी .  बुढा मगरको प्रमुख आतिथ्य रहेको थियो भने अतिथि हरुमा नेपाली सेवा समिति जापान,  जापान को टोकाई क्षेत्रमा भएका बिभिन्न


एकल जातीय संघ संस्था का प्रतिनिधिहरु, उद्योग ब्यबसायी का प्रबन्ध निर्देशक   र नेपालीहरु प्रति सदभाव राख्ने

जापानी नागरिक हायासी रहेका थिए  ।उक्त कार्यक्रममा उपस्थित सबै पहुनाहरुलाई संस्थाका सल्लाहकार राज थापा

मगरले स्वागत मन्तब्य दिएकाथिए   । 

 

 

   सुभकामना दिने क्रममा प्रमुख अतिथिले दीपावली कार्यक्रमको बारेमा बोल्दै यो पर्ब आदिबासी जनजातिले धेरै पहिला

देखि मनाउदै आएको  पर्ब हो र मगर जातीको राजा बलिहांगको जीवनीसंग सम्बन्ध रहेको  बारेमा प्रस्ट पार्नु पारे ।

कार्यक्रम सञ्चालन संस्था का महासचिब श्याम राना मगरले गरेका थिए ।

सुभकामना मंतब्य पश्चात पहिको चरणको कार्यक्रमको समापनपछि  देउसी भैलोका प्रमुख भीजेन्द्रमान पुन मगरलाई 

संस्थाका अध्यक्ष राजु राना मगरले पगरी पहिराई कार्यक्रम शुभारम्भ गरेकाथिए । 

 

देउसी भैलोमा समसेर रोका मगर र साइमान रोका मगरले माडलमा सहयोग गरेका  थिए भने गिटार मा राज थापा मगर थिए   ।

संस्थाका सल्लाहकार राज थापा मगर  नेपाल फर्कने  भएकोले उनको सोही अवसरमा  बिदाई कार्यक्रम  पनि गरियो ।


कार्यक्रममा समितिको  तर्फ बाट अध्यक्ष राजु राना मगर र सदस्य श्याम लाल बुढा मगरले उपस्थित भएका नेपाली तथा

बिदेशी चेली बेटी दिदी बहिनीहरुलाई दान दक्षिणा बितरण गरे ।

 

श्याम राना मगर

 

Last Updated on Saturday, 13 November 2010 05:29

Hits: 1174

कोगानेइमा तामागं जमघट हुने

१४ अक्टोबर २०१०
यसबर्ष पनि तामागं समाज जापानले ३१ अक्टोबरका दिन भेटभाट तथा पिकनिक कार्यक्रम गर्ने भएकोछ । एक बिज्ञप्ति मार्फत सो कार्यक्रममा सबै तामागं बन्धुहरुलाई हार्दिक आमन्त्रित गरिएकोछ ।
कार्यक्रम पश्चिमी टोक्योको रमणीय पार्क कोगानेइमा बिहान ११ बजेदेखि शुरु हुनेछ । कार्यक्रम बेलुकी पाँच बजेसम्म चल्नेछ ।

Last Updated on Saturday, 16 October 2010 03:37

Hits: 1345

टोयोटा सीटिमा साँस्कृतिक प्रशिक्षण

१४ कार्तिक
   मगर सेवा समिति टोकाइले टोयोटा सिटी जापान मा ७ नोभेम्बर २०१० मा आयोजना गर्नै देउसी भैलो कार्यक्रम भब्यताकासाथ  संपन्न गर्न  कार्यक्रम संयोजक भीजेन्द्रमान पुन मगरले आज टोयोटा सिटी स्थित एक नेपाली रेस्टुरेंटमा देउसी भैलो गीत को प्रसिक्षण दिए  ।
जापानमा हरेक साल गरिने देउसीभैलो कार्यक्रम यसपालि पनि भब्य रुपमा सफल पार्न  बिभिन्न तयारी भई रहेको छ । उक्त कार्यक्रमका दिन  नेपाल मा जस्तै  दीदी बहिनीहरुले सेल रोटी पकाई दाजू भाईलाई दिने र चेली बेटी दीदी बहिनी हरुलाई दान दक्षिणा दिने  गरिन्छ ।
 
श्याम राना मगर
आइची केन टोयोटा सिटी
जापान
 

Last Updated on Monday, 01 November 2010 08:25

Hits: 1100

टोयोटा सिटिमा देउसी भैलो कार्यक्रम

 

मगर सेवा समिति टोकाई जापानले सदा  झैं यस बर्ष पनि दिपावली कार्यक्रमको आयोजन गर्ने भएकोछ । संस्थाका अध्यक्ष राजु राना मगरका अनुसार,  नेपाली हरुको महान चाड दिपावलीको सुखद उपलक्षमा आपसमा सुभकामन आदान प्रदान गर्ने गराउने उद्देश्यले देउसी भैलो खेल्ने कार्यक्रम सहित आयोजित दिपावली कार्यक्रम २०१० मा समस्त जापान बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा निम्तो दिइएकोछ ।

 कार्यक्रम ०७ नोभेमबर २०१० का दिन आर्केड़िया रेस्टुरेन्ट टोयोटा सिटि जापानमा   दिनको १२ बजे  देखि आरम्भ हुनेछ ।

 

 

Last Updated on Saturday, 16 October 2010 03:23

Hits: 1298

Error: No articles to display