A+ A A-

जापानमा नया वर्ष २०११ को सुभकामना आदान प्रदान संगै पार्टी प्रवेश र विदाई पनि संगसंगैं

३१ डिसेम्बर २०१०

आज जापानको सुन्दर सहर नागोया कोगानेमा राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानले सुभकामना आदान प्रदान कार्यक्रम २०११ सम्पन्न गरेको छ .  अध्यक्ष के. बि. मगरको सभापतित्व  मा भएको कार्यक्रममा निमा लामा प्रमुख अतिथि थिए ।  महासचिव राजु राना ले  स्वागत मन्तब्य राखेकाथिए ।

उपाध्यक्ष ज्ञान पुन मगरले  पार्टी को राजनैतिक दर्शनलाइ आत्मसात गरि  पार्टी प्रवेश गर्ने नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादीका  धन कुमार बुढा मगर (रुकुम),  कर्मा तामांग (काभ्रे ),    बिजय पुन मगर (म्याग्दी)   यम प्रसाद सिउथानी मगर (म्याग्दी),  टक पुन मगर(म्याग्दी)  लगाएत  लाइ खादा लगाई स्वागत गरिएकोथियो ।

उक्त कार्यक्रममा पार्टीका सल्लाहकार भिजेन्द्रमान  पुन मगर र प्रमुख अतिथि निमा लामा ले सुभकामना मन्तब्य दिएकाथिए । सोही अवसरमा पार्टीका सदस्य गणेश बुढा मगरको बिदाई कार्यक्रम पनि भएको थियो ।
सभापति के बी मगरले देशमा जातीय समस्याको समाधान हुनु पर्ने र राष्ट्र को हरेक निकायमा  जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नभए समस्याको समाधान नहुने कुरामा प्रस्ट  पारेका थिए ।

श्याम राना मगर

Last Updated on Friday, 31 December 2010 19:46

Hits: 1089

नयाँ बर्षसंगै नयाँ घर प्रवेश पनि हुदैं


२९डिसेम्बर २०१०
मध्य जापानको नागोया कोगाइने मा रास्ट्रीय जनमुक्ति पार्टी शाखा समिति जापान ले नया बर्ष २०११ को सुभकामना आदान प्रदान गर्ने भएकोछ  ।  कार्यक्रम ३१ डिसेम्बर २०१० मा गरिने जनाइएकोछ  ।  कार्यक्रममा सुभकामना आदान प्रदानसंगसंगै उक्त कार्यक्रममा बिभिन्न राजनैतिक पार्टी परित्याग गरी रास्ट्रीय जनमुक्ति पार्टीको राजनैतिक दर्शन आत्मसात गरी  सदस्यता लिनेहरुलाई स्वागत पनि गरिनेछ । थुप्रा ब्यक्तिहरु सो दलमा प्रवेश गर्ने र तिनलाई फुलमालाले स्वागत गरिने  जापान शाखाका उपाध्यक्ष ज्ञान पुन मगरले जानकारी गराएका छन्  ।


Last Updated on Wednesday, 29 December 2010 09:03

Hits: 957

थकाली सेवा समिति टोकाईको आयोजनामा बोलिंग हुने

 
जापानमा नयाँ बर्षको आगमनसंगै नेपाली समुदाय बिभिन्न कार्यक्रमको आयोजनामा ब्यस्त हुन थालेकोछ । यसै मेसोमा नया बर्ष  २०११ को उपलक्ष्यमा थकाली सेवा समिति टोकाई जापानले मध्य जापानको सुन्दर सहर किता ओकाज़ाकीको ग्र्यान्उमा २ जनवरी २०११ मा दिनको २ बजे देखि बोलिंग खेलको आयोजना गरेको छ ।  बोलिंग खेल्ने कार्यक्रम ४ बजे सम्म रहेको छ । बेलुकी ५ बजे पछि हिगाशी ओकाज़ाकीको वेलकम नेपाल रेस्टुरेंटमा नयाँ बर्षको सुभकामना आदान गरिनेछ ।

श्याम राना मगर

Last Updated on Thursday, 23 December 2010 19:20

Hits: 856

माघे सक्रांतिमा विदाई पनि


मगर सेवा समिति टोकाई जापानको आयोजनामा मगर समुदायको महान पर्ब माघे सक्रांति कार्यक्रम टोयोटा सिटीको आर्केडिया हलमा मनाईने भएको छ । कार्यक्रम १६ जनवरी २०११ को दिनको १२ बजे देखि शुरु हुनेछ । उक्त कार्यक्रम को अबसर पारी यस समितिका सदस्य, हुदै उपाध्यक्ष समेत भएका खिम पाईजा  पुन मगर र समितिका सदस्य गणेश बुढा मगर नेपाल फर्कन थालेकोले  बिदाई कार्यक्रम पनी हुने भएको समितिका अध्यक्ष राजुरानाले बताएका छन ।
 
श्याम राना मगर

Last Updated on Monday, 27 December 2010 00:37

Hits: 951

शेर्पा संघ जापानको चौथो अधिबेसन २ जनवरीमा

यस पटक शेर्पा संघ जापानले चौथो अधिबेसन टोयोटा सिटीमा गर्ने भएको छ ।  अध्यक्ष पासांग शेर्पाका अनुसार २ जनवरी २०११ मा टोयोटा सिटीको न्यू शेर्पा रेस्टुरेंटको हलमा दिन को २ बजे देखि अधिबेसन सुरु   हुनेछ ।   नयाँ बर्ष २०११ को शुभकामना आदानप्रदान सहित  हुने उक्त अधिबेसनमा जापान को बिभिन्न स्थानमा रहेका शेर्पाहरुको जमघट हुनेछ । त्यसका निम्ति समितिले सुचना समेत जारी गरिसकेकोछ ।

श्याम राना मगर

Last Updated on Thursday, 23 December 2010 19:04

Hits: 889

Error: No articles to display