A+ A A-

जापानमा सोना ल्होसार मनाइयो

जापान ,२३ जनवोरी २०११
जापानमा सोनाम ल्होछार कार्यक्रम सहित १२औ  साधारण भेला भाब्यताका साथ सम्पन्न भएको छ ।  नागोया सिटीको वोतोबाशी स्थित रोयल किचन काठमाडौँ को हलमा समितिका अध्यक्ष सोम तामाङको अध्यक्षतामा  नेपाल तामाङमैत्री समाज जापान ले तामाङ जातिको महान पर्ब सोनाम ल्होछार २८४७   तथा समितिको १२ औं साधारण भेला भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापान का अध्यक्ष सुर्य तामाङ र नेपाल तामांग मैत्री समाज जापान का अध्यक्ष सोम तामाग ले उक्त कार्यक्रम को उद्घाटन गरेका थिए ।  कार्यक्रममा  उपस्थित सम्पूर्ष पाहुनाहरुलाई अध्यक्ष सोम तामाङले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए .। सुभकामना मन्तब्य दिने क्रम मा प्रमुख अतिथि सुर्य तामांग ले नेपाली आदिबाशी जनजाती को मुद्दा नेपाल मा रास्ट्रको हरेक निकाएमा जातीय जनसंख्या को आधारमा समानुपातिक प्रतिनिधित्तो भए मात्र सबै जात जति हरुले स्वोतनत्रताको महसुस गर्नेछन भन्दै टुंग्याउएक थिए।   कार्यक्रम संचालन सचिब अनिल तामाङले गरेका थिए ।
१२औ साधारण भेला ले नया कार्य समितिको  अध्यक्ष मा निमा लामा, बरिस्ठ उपाध्यक्ष अमित तामाङ, उपाध्यक्ष साइला तामाङ, सचिब अनिल तामाङ, सह सहिब मा अजय तामांङ,  कोसाध्यक्ष  राज कुमार लामा र सह कोसाध्यक्ष पिंकी तामाङ सहित ५ सदस्य र ५ सल्लाहकार समिति चयन गरेको छ ।   

श्याम राना आइची जापान


Last Updated on Monday, 24 January 2011 10:52

Hits: 929

जापानमा मगर सक्रान्ति (फोटो फिचर सहित )

जापान,   १६ जनवरी २०११

जापान को टोयोटा सहरमा मगर सेवा समिति टोकाई जापानले नेपाल को राष्ट्रिय पर्ब तथा मगर जतिको महान चाड  मगर सक्रान्ति भब्य रुपमा सम्पन्न गरेको छ ।  समतिका अध्यक्ष राजु राना मगर को सभापतित्व मा भएको उक्त कार्यक्रममा नेपाली आदिबासी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष के बि मगरले प्रमुख अतिथि को आसन ग्रहण गर्रेकाथिए ।  अतिथि हरुमा समितिका भुतपुर्ब अध्यक्षहरु  श्री भिजेंद्रमान पुन मगर र श्री सोम पुन मगर, नेपाली हरुलाई अति नै माया गर्ने जापानी नागरिक हयासी तथा नेपाल फर्कन लागेका समितिका भुतपुर्ब उपाध्यक्ष खिम पाइजा मगर र सदस्य गणेश बुढा मगर थिए ।

कार्यक्रम को उद्घाटन पश्चात कोषाध्यक्ष धन अर्गेजा मगरको  स्वागत मन्तब्य रहेको थियो भने अतिथिहरुले माघेसक्रान्ति २०६७ को सुभकामना सहित नेपाल फर्कन लागेका पधाधिकारी सदस्य साथीहरुको सफल यात्राको कामना गर्का थिए ।  अन्तमा कार्यक्रमका सभापति राजु राना मगरले बिदाइमा सम्झना स्वरुप समितिको तर्फ बाट उपहार प्रदान गर्दै पहिलो चरणको कार्यक्रमको समापन गरेकाथिए । पछी स्थानीय कलाकार हरु लिल  कृष्ण पुन मगर र डि के बुढा मगर ले नेपालका लोक तथा आधुनिक गीत सहित मनग्ये मनोरंजन प्रदान गरेको उक्त कार्यक्रम साझ सम्म चलेको थियो ।

श्याम राना मगर फोटो : राजन बुढा मगर
आइची केन जापान

Last Updated on Friday, 21 January 2011 08:28

Hits: 950

शेर्पा संघ जापानको चौथो अधिबेसन सम्पन

२ जनवरीमा आइचिकेनमा शेर्पा संघ जापानले नया बर्ष २०११ को सुभकामना आदान प्रदान सहित चौथो अधिबेसन सम्पन्न भएकोछ । कार्यक्रम अध्यक्ष पसांग शेर्पाको सभापतित्व मा सम्पन्न गरेको छ ।  कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापान का उपाध्यक्ष साम्देन शेर्पा प्रमुख अतिथि थिए भने सञ्चालन सचिव पेम्बा शेर्पाले गरेकाथिए ।  सचिव पेम्बा शेर्पाले बार्षिक प्रगति प्रतिबेदन पेस गरेकाथिए भने कोषाध्यक्ष सोनम शेर्पाले आर्थिक प्रतिबेदन पेस गरेकाथिए ।


प्रमुख अतिथि साम्देन शेर्पाले देशमा राष्ट्रको  हरेक निकायमा शेर्पा समुदायाले पनी जातीय जनसंख्याको आधारमा सामान हक़ अधिकार पाउनु पर्छ भन्ने बारेमा प्रस्ट पारेकाथिए ।
अधिबेसनले नयाँ कर्यसमितिमा अध्यक्षमा पासांग शेर्पा, उपाध्यक्ष श्रीमती जन्ग्मु शेर्पा, महाचिवमा पेम्बा शेर्पा, सचिव सोनम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पासहित १५ सदसीय कर्यसमतिको सर्बसम्मतीबाट चयन भएको छ ।

श्याम राना मगर
आईची जापानमा

Last Updated on Tuesday, 04 January 2011 03:30

Hits: 944

थकाली समाजको नयाँ साल मनाउने नयाँ शैली

२ जनवरी    
थकाली सेवा समिती टोकाई जापानले बोलिङ कार्यक्रम गरी नयाँ बर्ष २०११ को शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा टोकाईबासी नेपालीहरुको भब्य उपस्थिती थियो ।  दोस्रो चरणको रात्रीभोज कार्यक्रम   अध्यक्ष चन्द्र शेरचनको अध्यक्षतामा सम्पन भएको  थियो  ।
कार्यक्रममा अध्यक्ष श्री चन्द्र शेरचनले बोलिङ प्रतियोगीतामा प्रथम र दोस्रो हुने टीमलाई नगद  पुरस्कार प्रदान गरेकाथिए ।

साथसाथै बिरामी सुश्री अन्जु कार्कीलाई  आर्थिक सहयोग प्रदान  गर्दै अध्यक्ष शेरचनले नयाँ बर्षको शुभकामना दिएकाथिए । दुई चरणमा सम्पन्न यस कार्यक्रम अत्यन्त  पारिवारिक बातावरणमा सम्पन्न भएको थियो  ।

बिरेन्द्र शेरचन

Last Updated on Wednesday, 12 January 2011 10:39

Hits: 848

जापानमा जातीय संस्कारबाट अन्नप्राशन -सचित्र कथा


३ जनवरी २०११
इचिनोमिया शहरमा मगर परम्परा अनुशार अन्नप्राशन कार्यक्रम सम्पन्न भयो । सोलुखुम्बू जिल्लाका संजय पुलामी तथा श्रीमती करुणा पुलामी मगरका छोरा शिवन मगरको अन्नप्राशन कार्यक्रम गरिएको थियो ।

मगर  सेवा समिति टोकाई जापानको पहलमा बिगत २००४ देखि मगर समुदायमा हुने बिवाह लगायतका  कार्यक्रमहरु  मगर संस्कार अनुसार गरिदैं आइएकोछ ।

कार्यक्रम सुसम्पन्न वापा भिजेन्द्रमान पुन मगरबाट भएकोथियो । नेपाली आदिवासी जनजाति महासंघ जापानका केंद्रीय अध्यक्ष केबी मगर,  मगर सेवा समिति टोकाई जापान का पदाधिकारी हरु लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।   

श्याम राना मगर

Last Updated on Saturday, 27 July 2013 22:20

Hits: 1015

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर