A+ A A-

डा निमा ग्याल्जेन शेर्पाको श्रद्दान्जली सभा

जापानको क्युसु बिश्वो बिद्यालयबाट कृषि अर्थशास्त्रमा बिद्यावारिधि गरेका जापानी राजदुताबासका कृषि तथा आर्थिक सल्लाहकार डा निमा ग्याल्जेन  शेर्पा को ६ फेब्रुओरी २०११ का दिन ४९ बर्षको उमेरमा आकस्मिक निधन भएकोले उनको चिर शान्तिको कामना गर्दै श्रद्धान्जलि सभा आयोजन गरियो ।
२० फेब्रुओरी २०११ का दिन शेर्पा संघ जापानले टोयोटा सिटि स्थित न्यु शेर्पा रेस्टुरेन्ट को हल मा श्रद्दान्जली सभा सम्पन्न गर्यो ।  उक्त सभामा नेपाल आदिवासी जनजाति महासंघ  टोकाई जापानका उपाध्यक्ष साम्देन शेर्पा महासचिव  पेम्बा छिरिंग शेर्पा लगायत शेर्पा संघ जापान का पदाधिकारी, तथा सदस्य हरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष पासांग शेर्पाको अध्यक्षतामा सम्पन्न भएकोथियो ।

श्याम राना

Last Updated on Wednesday, 23 February 2011 15:49

Hits: 964

अपनडिसाइटिस बिरामीको उपचारमा सहयोग गर्नुहोस्

११ फाल्गुन जापान
म्याग्दी जिल्ला लुलांग गाबिस ३ निबासी  दल बहादुर पुन मगर रोजगारीको शिलसिला मा जापान छिरेको साढे दुइ बर्ष पुग्दा अचानक आन्द्रामा भएको एक किसिमको बिमारी ( अपनडिसाइटिस) को कारण गत महिनाको २९ का दिन मगरसंघ जापान समिति का अध्यक्ष राजु राना मगरले आइची जोसुई स्थित कोसे हस्पिटल सम्म उपचार का लागि पुरयाएकाथिए ।
उपचारको क्रममा हस्पिटलको एक डाक्टर का अनुसार खर्च कम हुने बताइएपनि पछि  ६५०००० (छ लाख पचास हजार) जापानिज येन लागेको हुनाले हाल उक्त रकम भुक्तान गर्नमा सरल होस् भन्ने उद्देश्यले मगर सेवा समिति टोकाई जापानको पहलमा समितिका स्वास्थ्य तथा उद्दार बिभाग प्रमुख भिजेन्द्रमान पुन मगर को संयोजकत्वमा आर्थिक सहयोग संकलन भैरहेको अध्यक्ष राजु ले बताए ।
असक्त मगरलाई  सहयोग गर्न चाहनेहरुले भिजेन्द्रमान पुन मगर ०९०६०९१०३११  र राजु राना मगर ०८०३६४१९८५५ मा सम्पर्क गर्नु अध्यक्ष राजुले   जानकारी दिएका छन् ।

श्याम राना मगर



Last Updated on Thursday, 24 February 2011 13:33

Hits: 1018

खर्चपर्च सहित निम्तो

मगर सेवा समिति टोकाई जापानले बिगत देखि लखन दिवस र मगर दिवस कार्यक्रम एकै साथ मनाउदै आइरहेको र यस पटक पनि जापानको समय अनुकुल पारि आइची स्थित मिकावा टोयोटाको एक नेपाली रेस्टुरेन्टको हलमा २६ फेब्रुअरी साझं उक्त कार्यक्रम मनाउने भएकोछ । उक्त अवसरमा नेपाल मगर संघ  लगाएत विभिन्न मुलुकमा संगठित मगर संघ संस्थाहरु लाई जानकारी तथा निम्तो पठाइएको अध्यक्ष राजु राना मगर ले बताएका छन् ।
उक्त कार्यक्रम मा जापानको कुना कुना मा रहेका सम्पूर्ण मगरहरु लाई एक जुट हुनको लागि जानकारी समेत गरिसकिएको बताएका छन्  । कार्यक्रममा टाढा टाढा बाट आउने पाहुनाहरुलाई यातायात र बसोबासको बन्दोबस्त, समितिका उद्दार बिभाग प्रमुख भिजेन्द्रमान पुन मगरले गर्ने समेत जानकारी गराइएको छ ।

श्याम राना मगर



Last Updated on Saturday, 19 February 2011 10:04

Hits: 1024

जनमुक्ति महाधिवेशनमा जापान र हगंकगंबाट प्रतिनीधि आउने

२० फेब्रुअरी २०११
विभिन्न निर्णय सहित राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानको बैठक सम्पन्न भएकोछ । साखा समिति जापानका अध्यक्ष के बि मगरको अध्यक्षतामा बैठक सम्पन्न भयो ।  बैठकमा रास्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिबेसन २०६७ फागुन २५ देखि २८ सम्म नवलपरासीको कावासोतीमा समन्न हुन गइरहेकोले उक्त कार्यक्रमको पूर्ण सफलता को कामना गर्दै १-उक्त कार्यक्रममा साखा समित जापान को तर्फ बाट प्रतिनिधि पठाउने  बारेमा २-  आर्थिक सहयोग संकलन गर्ने बारेमा तथा बिबिध छलफल तथा निर्णय सहित बैठक सौहार्दपूर्ण बाताबरण सम्पन्न भएको  जनाइएकोछ ।
यसै गरि राष्टिय जनमुक्ति पार्टीको शाखा हगंकगंबाट पनि ६ सदसीय प्रतिनीधि महाधिवेशनमा आउने अध्यक्ष एमबी थापाले जनाएकाछन् ।
श्याम राना मगर

Last Updated on Monday, 21 February 2011 09:51

Hits: 997

शेर्पा संघ जापानको ल्होछार कार्यक्रम मार्च महिनामा हुने

शेर्पा संघ जापानले स्थापनाकाल देखि हरेक बर्ष ल्होछार कार्यक्रम मनाउदै आएको छ ।  यस बर्ष पनि शेर्पा समुदायको नयाँ साल २१३८ (च्याक मो ह्योद लो) -मुसा बर्षको उपलक्ष्यमा सुभकामना आदान प्रदान कार्यक्रम रहेको समितिका महासचिव पेम्बा छिरिंग शेर्पा ले जानकारी गराएकाछन् ।  टोयोटा सिटि को निशी माची स्थित आर्केड़िया हलमा हुने उक्त कार्यक्रम मार्च महिनाको १२ तारिख बेलुकी ८ बजे देखि बिहान सम्म हुने  बताइएको छ ।  कार्यक्रमको  प्रमुख अतिथिमा  नेपाली आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापानलाई निमन्त्रना गरिएको र अतिथि हरुमा विभिन्न जातीय संघ संस्थाहरुलाई पत्राचार गरेको बताइएको छ ।

श्याम राना

Last Updated on Friday, 11 February 2011 11:33

Hits: 870

Error: No articles to display