A+ A A-

शेर्पा संघ टोकाई जापानको लोसार कार्यक्रम सम्पन्न

दिलिप राना मगर

जापान , २३ फेब्ररेरी - जापानको आइची टोयोटा शहरमा शेर्पाहरुको महान चाड गयोल्मो लोसार विभिन्न संस्कृतिक कार्येक्रमका साथ फेब्रेरी २२ तारिखका दिन सम्पन्न भएको छ ।

 

संघका अध्यक्ष पेम्बा छिरिङ् शेर्पाको सभापतित्व र नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष मनबहादुर पुनको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा बिशेष अतिथिहरुमा संघका पूर्व अध्यक्षद्धय जिग्मे दोर्जी शेर्पा र पासांग शेर्पा रहेका थिए ।

अन्य अतिथिहरुमा नेपाल मगर संघ जापानका अध्यक्ष कौडा बुडामगर ,थकाली सेवा समितिका अध्यक्ष चन्द्र सेरचन , नेपाल तामांग समाजका प्रतिनिधि रेशम लामा , जापानी महिला समाज सेवी निशिमाकी हितोमी , सगरमाथा महिला समाज जापानका अध्यक्ष श्रीमती राधा थापा सिबाता , जनजाती संचारकर्मी श्याम रानामगर रहेका थिए ।

शेर्पा भाषाको स्वागत गीत बाट सुरुवात भएको उक्त कार्यक्रम संघका सल्लाहकार कान्छा शेर्पाको स्वागत मन्तब्य महासचिब फुरा पासांगले संचालन गरेका थिए । 

    संघका पूर्व अध्यक्ष जिग्मे शेर्पाले उपस्तिथ जापानी पाहुनाहरुलाई जापानी भाषामा लोसार को महत्व र शेर्पा जातिको परिचयका साथ सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै प्रमुख अतिथि र अन्य अतिथिहरुले पनि सुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथिको बाहुली बाट संघमा योगदान पुर्याउनुहुने अग्रजहरु र संघका कलाकारहरु र जापानी समाजसेवी निशिमाकी ज्यु लगाएतलाई  प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापतिले उपस्तिथ सम्पूर्णलाइ सुभकामना र धन्यबाद दिदै नेपालमा शेर्पाहरुले शान्ति पूर्ण तरिकाले लोसार मनाउदा पनि प्रहरीहरुले १,२ जनाले मदिरा सेवन गर्यो भन्दै सम्पूर्ण शेर्पाहरुलाई नै दुरव्यावहार गरेको आर्कोस पोखे । उनले थपे पशुपतिमा शिवरात्रिको बेला सारा गँजेडी र जोगीहरुले गाँजा भाँग खाएर नांगै हिड्दा कुनै कारबाही हुदैन तर , शेर्पाहरुले  आफ्नो राष्ट्रिय चाँढ मनाउदा बर्तमान एकात्मक सरकारको इशरामा प्रहरीले ज्यादति गरेर धार्मिक सद्भाव बिथोलेको र जातिय विभेद गरेकोमा कडा शब्दमा भत्सर्ना गरेका थिए ।

Last Updated on Monday, 23 February 2015 19:45

Hits: 793

संविधान निर्माणका लागि आर्थिक सहयोग गरि दिन अनुरोध

पासाङ शेर्पा- जापान 

नेपाल आदिवासी जनजाति महासंघ जापानको गत केहि महिना अगाडि सम्पन्न बैठकले आफ्ना सदस्य संगठन संस्था तथा ईच्छुक शुभचिंतक सबै जनजाति तथा नेपालीहरुलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले लिएको लक्ष्यः जातीय पहिचान एवं हक–अधिकारहरु सुनिश्चित भएको संविधान निर्माण गर्नका लागि चेतना अभिवृद्धि कोषलाई स्वविवेक र स्वेच्छाले आर्थिक सहयोग गरि दिन अनुरोध गर्ने निर्णय गरेको थियो । त्यस अनुरुप हाल नेपालमा “आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल”ले गरिरहेको दोस्रो चरणको आन्दोलन तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई जापानबाट केहि दिन अगाडि मात्र सहयोग स्वरुप ४ लाख ७० हजार रुपैयाँ नेपाली आर्थिक सहयोग पठाएको छ ।

आज देश अत्यन्त गम्भीर मोडतिर धुर्विकरण हुंदै गईरहेको अवस्थालाई मध्य नजर गर्दै राज्य सत्तापक्षका जिम्मेवार व्यक्ति तथा राजनितिक दलहरुले समय मै भोली हुन सक्ने अभूत घट्नाहरुलाई रोक्नको निमित्त आम आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सिमान्तकृत अन्य अल्पसंख्याक समुदाय तथा पिछडिएका वर्गहरुको हक हित अधिकारलाई सुनिश्चित गर्नु पर्दछ । साथै बिगतमा बिभिन्त पक्षहरुसंग पटक पटक गरिएका विस्तृत शान्ति सम्झौता एवं अन्तरिम संविधानमा उल्लेख भई सकिएका हरेक बुंदाहरुलाई कुनै पनि हलतमा अब बनिने नयां संविधानमा समावेश नभएको खण्डमा त्यसको प्रतिकार गर्न आदिवासी जनजाति महासंघ जापान हरेक किसिमका गतिबिधिहरुलाई अगाडि बढाउन बाध्य हुने छ ।

तथापि यस अभियानको लागि थालिएको हाम्रो यो शुरुवातको आन्दोलन आफैमा शान्तिपूर्ण तथा जनचेतना अभिबृद्धि गराउने उद्देश्य अनुरुप भईरहेको हुंदा यसले कुनै धर्म संस्कृति वा समुदाय बिशेषको बिरोधमा नभएको स्पष्ट गराउदै स्वदेश एवं विदेशमा कार्यरत आदिवासी जनजाति र तिनका सदस्य संगठन संघसस्थाहरु, सम्पूर्ण न्यायप्रेमी तथा समानताप्रेमी र उत्पीडितवर्ग, जाति, लिङ्ग, क्षेत्रका सबै नेपाली जनताहरु र सञ्चारकर्मीहरुलाई नैतिक, आर्थिक एवं भौतिक सबै प्रकारले सहयोग र समर्थन गरि दिनु हुन समेत नेपाल आदिवासी जनजाति महासंघ जापान हार्दिक अपील गर्दछ ।

अन्तमा यस अभियानको निम्ति तपाईं हामीबाट भएको सानो सहयोगले परापूर्वकाल देखि राज्य सत्ता पक्षका अतिवादी शासकहरु द्वारा विभेदमा पारिएका अधिकारविहिन सम्पूर्ण नेपाली जनताको हरेक किसिमको मुक्तिको निमित्त महत्वपूर्ण योगदान पुग्नेछ भन्ने कुरामा हामी विश्वास राख्दछौं । यहाँहरुले गर्नु भएका र भविश्यमा हुने हरेक किसिमको सहयोगको अभिलेख तथा सही मूल्यांकन र लेखाजोखा अवश्य पनि हुने र राखिने जानकारी गराउंदै सहयोग गर्नु भएका र गराउन पहल गर्नु हुने सम्पूर्ण एकल जातिय संघ संस्थाका पदाधिकारी तथा अध्यक्ष ज्यूहरु, व्यक्तिगत रुपमा सहयोग गर्नु हुने आदरणीय शुभचिंतक एवं सहयोगीहरु सबैलाई आदिवासी जनजाति महासंघ जापान हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

 

Last Updated on Sunday, 15 February 2015 13:08

Hits: 701

मगर संघ जापनको निमान्त्रणामा लिटिल मास्टर तेरिया मगर जापानमा

नेपाल मगर संघ जापन हार्दिक निमान्त्रणा गर्दछ । बिशेष गरी २०१४/१२/२८ र २०१५/१/१ तोक्यो क्षेत्रमा र २०१५/१/४ तारीक नागोया आइचिकेन खारियासीमा हुन गइरहेको अंग्रेज़ी महिनाको नयाँ वर्षको सुवर्ण अवसर पारी नेपाल देखी डिड लिटिल मास्टर तेरिया मगरको साथमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक श्री दिप सागर थापा मगर र गायिका मैना रेशमी मगरको बृहत् संस्कृतिक कार्यक्रम गरी नेपालीहरु बिच एक आपसमा सद्भभाव पुर्ण शुभकामना आदानप्रदान गर्ने संयोग मिलेको छ । त्यसैले जापानवासीहरुमा कृपया ठाउँको अनुकुल मिलाइ कार्यक्रममा उपस्थित भर्इ भरपुर मनोरन्जन लिएर कार्यक्रमको सोभा बढाइ दिनु हुन हार्दिक अनुरोध गर्दछैां । जापनवासी नेपालीहरुमा संयोजक संम्पर्क नंम्वर दिलीप राना मगर ०८०९११०७१२७ नागोया क्षेत्र र नबिन थापा ०८०३५८४१०६१ तोक्यो क्षेत्र साथै आयोजक नेपाल मगर संघ जापान सपरिवारमा रहनु भएका माहानुभावहरुलार्इ संम्पर्क गर्नु हुन अनुरोध छ ।  सिमित सिट भएको हुँदा टिकट समयमा नै बुकिङ गर्नु हुन पनि हार्दिक अनुरोध गर्दछैां ।
साथै स्थानीय कलाकारको बेजोड़ प्रस्तुती पनि रहेको अवगत गराउदछैां ।


  दिलीप राना मगर, जापान

Last Updated on Thursday, 25 December 2014 02:43

Hits: 766

जापनको मगरहरुले मानाए मिनम ल्हेस

दिलीप राना मगर / नागोया

   जापन ,१८ जनवरी - नेपाल मगर संघ जापनको आयोजनमा मगर तथा नेपालीहरुको महान चाड मिनम ल्हेस अर्थात माघे सकराती २०७१ शनिवार बेलुका टोयोटा शहर नान ते क्याफे रेष्टुरेन्टमा सम्पन्न गरेको छ ।

कार्यक्रमममा संघको अध्यक्ष कौडा बुढ़ा मगरको सभापतित्वमा संघका उपाध्यक्ष गंगा घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए भने संघका महासचिव धन बढा मगरले कार्यक्रम संचालन गरेका थिए । उक्त समारोहको प्रमुख अतिथि आदिवासी जनजाती महासंघ जापानका उपाध्यक्ष पेम्बा छिरी शेर्पा  थिए ।

अन्य अतिथिहरूमा तामाङ शेर्पा थाकाली लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको साथै  मगर लगायत गैर मगरहरुको बाक्लो उपस्थित रहेका थियो ।

 

Last Updated on Sunday, 18 January 2015 14:45

Hits: 831

डकुमेन्ट्री बाट उठेको रकम गाँउका बिधालय लाइ

दिलिप राना मगर

जापान , २९ नोभेम्बर - १८ मग्रात मगरहरुको जिवन सैली र रिडी मेला मागेसंक्रन्ति सँग गाँसेको गहकिलो साइनो अनी ओजिलो मग्रातको पहिचानमा रहेर संकलन गरेको आदीवासी डकुमेन्ट्री नेपाल मगर संघ जापनको आयोजनामा सम्पन्न भयो ।

  कार्यक्रमको सभापती संघका उपाध्यक्ष श्री गंगा घर्ती मगर प्रमुख अतिथि आदीवासी जनजाती महासंघ जापनको अध्यक्ष श्री मन पुन मगर थिए । अतिथिहरुमा सेर्पा संघ जापनका अध्यक्ष श्री पेम्बा सेर्पा त्यस्तै नेपाल बाट पाल्नु भएका नेपाल इन्टरट्नमेन्टका अध्यज्क्ष श्री पाल्देन सेर्पा , संघका पुर्व अध्यक्ष श्री भिजेन्द्रमान  पुन मगर निबर्तमान अध्यक्ष दिलीप राना मगर र बिशेष अतिथि डकुमेन्ट्री निर्माता श्री लजिम बुढा मगर रहेका थिए ।

  त्यसै क्रममा डकुमेन्ट्री जापन सम्म ल्याइ हामी माँझ पुराएकोमा हार्दिक धन्यवाद टक्राउदै नेपाल मगर संघ जापन भबिस्यले नयाँ नविन्ता किसिमको हाम्रो संस्कृतिको जग्रेना गर्न अग्रसरको शुभकामना दिएका थिए । संघका पुर्व अध्यक्ष मनबहादुर पुन मगर र भिजेन्द्रमान पुन मगरले जापनको टोयाटासी शहर सामुदायक भवनमा देखाएको उक्त डकुमेन्ट्री बाट उठेको येन १०५५०० एक लाख पाँच हज़ार पाँच सय येन आर्थिक रकम आफै पढेको गाँका सामुदायिक स्कुल उत्तर गंगा निम्न निमाबी बिधालय तक्सेरा ७ उपोल्लो सेरामा अवस्थित रुकुम घर भइ हाल उच्च पढाइको लागी जापनमा रहनु हुने डकुमेन्ट्री निर्माता श्री लजिम बुढ मगर ज्यु लाइ हार्दिक धन्यवाद तथा उच्च सिक्षाको हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

  नेपाल मगर संघ जापन  परिवार कार्यक्रमा उपस्थित सबैमा हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनी यस किसिमको कार्यमको अपेक्षा गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव श्री धन बुढा मगरले गरेका थिए । अन्तमा उठेको आर्थिक सयोग संयम बुढा मगरले संघकै सकोषध्यक्ष राम बुढा मगर द्वारा नेपाल पठाइ दिनुहुन पनी अनुरोध गर्दै रक़म हस्तारण गरेका थिए । साथै बुढा ज्युलाइ बिशेष सम्मान गरेका थिए ।

Last Updated on Sunday, 30 November 2014 15:01

Hits: 880

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर