A+ A A-

थकाली समाजको विविक्यू

थकाली सेवा समिती टोकाई जापानदॄारा golden week विदा टोयोटाको यहागीवासी नदी किनारको मनोरम स्थलमा  विविक्यू कार्यक्रम गरि मनाएको छ । दुई चरणमा सम्पन्न भएको यस कार्यक्रममा उपस्थित सबैजना नेपाली गीत सड्गितमा रमाईलो गर्दै साझँ अबेरसम्म नाचगाँन गदॅै रमाएका िथए र लगतै भएको बलिङ कार्यक्रम १०बजे सम्म चलेको थियो । अन्तिममा सहभागी सबैले फेरी अर्को कार्यक्रममा भेटने बाचा गर्दै कार्यक्रम आयोजक थकाली सेवा समिती टोकाई जापानलाई धन्यबाद दिएका िथए ।

श्याम राना मगर
आइची जापान

Last Updated on Wednesday, 11 May 2011 02:06

Hits: 846

पूर्व अध्यक्षका बुवा भिसी पुनको मृत्युमा समवेदना

मगर सेवा समति टोकाई जापानका भूतपूर्व सल्लाहकार अर्जुन पुन मगरका बाबा  भिक्टोरीया क्रस विजेता तुल बहादुर पुन मगरको निधन प्रति मगर सेवा समति टोकाई जापानले गहिरो दुख ब्यक्त गरेको छ ।
बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिसी विजेता पुनको ८९ बर्षको उमेरमा यहि बैसाख ७ गते आफ्नै जन्मस्थान म्याग्दी जिल्ला बेगखोला गाबिस ९ मा दिवंगत भएको थियो । मृतआत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार प्रति एक समारोहकाबिच हार्दिक समबेदना व्यक्त गरेको छ ।

एसवी राना मगर

Last Updated on Saturday, 23 April 2011 13:44

Hits: 977

आदिवासी जनजाति महासंघ टोकाई जापानको अध्यक्षमा जिग्मे शेर्पा ।

नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानले आज आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न गरेको छ ।

संघका अध्यक्ष सुर्य तामाङ्गको अध्यक्षतामा भएको उक्त अधिवेसनमा मगर सेवा समिति टोकाई जापानका अध्यक्ष राजु राना मगर, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेरचन, शेर्पा संघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा, नेपाल तामाङ्ग मैत्री समाज जापानका उपाध्यक्ष अमित लामा लगायत टोकाई क्षेत्रमा क्रियाशिल विभिन्न एकलजातिय संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष  के।बि। मगर थिए ।

समितिका कोषाध्यक्ष ज्ञान पुन मगरको स्वागतपछि शुभकामना दिने क्रममा  प्रमुख अतिथिले विभिन्न राजनैतिक दलबाट आएका आदिवासी जनजातिका सभासदहरुले आफु खुशि काम गर्न नसकेको मुख्य मुख्य कारणहरु बारे प्रष्ट पारेकाथिए ।

शुभकामना मन्तव्य पश्चात खुला सत्रको समापन अध्यक्ष सुर्य तामाङ्गले गरेकाथिए । कार्यक्रम संचालन महासचिव विरेन्द्र शेरचनले गरेकाथिए ।

अधिवेसनको बन्दसत्रमा विभिन्न एकलजातिय संघ संस्थाका प्रतिनिधिहरु रहेको थियो । आय व्यय विवरण कोषाध्यक्ष ज्ञान पुन मगर र वार्षिक प्रगति प्रतिवेदन महासचिव विरेन्द्र शेरचनले प्रस्तुत गरेकाथिए ।

कार्यसमितिको विघटन पश्चात नया कार्यसमितिको अध्यक्षमा श्री जिग्मे शेर्पा, उपाध्यक्ष हरुमा पासाङ्ग शेर्पा र उज्जवलधोज तुलाचन, महासचिवमा श्याम राना मगर, सचिवमा रमेश प्रधान, कोषाध्यक्षमा गोपाल शेरचन र सहकोषाध्यक्षमा अनिल तामाङ्ग चयन गरिएकोछ । कार्यसमितिका सदस्यहरु चयन गर्ने काम भईरहेको छ ।

एसवी राना मगर आईचि जापान


Last Updated on Sunday, 03 April 2011 13:49

Hits: 1089

मगर सेवा समिति टोकाई जापानद्धारा विमारीलाई ३ लाख सहयोग

८ वैसाख
रोजगारीको सिलसिलामा जापान रहेका म्याग्दी जिल्ला, लुलाङ्ग गा।बि।स। वडा नं। ३ निवासी दल बहादुर पुर्जा मगरलाई मगर सेवा समित टोकाई  जापानले सिघ्र स्वास्थ्यलाभको कामना गर्दै ३ लाख १२ हजार १५० जापानी येन आर्थिक सहयोग गरेको छ ।  
पेटमा हुने एक किसिमको विमारी अपन्डीसाईटिसको समस्याले पिडित पुर्जा मगरले आईचिकेन स्थीत टोयोटा सीटीको खोसे अस्पतालमा उपचारगराएका थिए ।  उपचारको क्रममा करीव ६ लाख ५० हजार येन भन्दा पनि बढि खर्च लागेकोले उनलाई राहत स्वरुप मगर सेवा समिति जापानले सहयोग संकलन गरेको हो ।
विरामी मगरलाई समितिका स्वास्थ्ये तथा उद्धार विभाग प्रमुख भिजेन्द्रमान पुन मगरको संयोजकत्वमा सहयोग संकलन गरीएको थियो ।  समितिका अध्यक्ष राजु राना मगर र सहयोग संकल संयोजक भिजेन्द्रमान पुन मगरले संयुक्त रुपमा २०११ अप्रेल १६ तारीखका दिन आईचिकेन स्थीत मोटोसीरो चोकमा एक समारोहबिच उक्त सहयोग रकम प्रदान गरेको थियो । सो अवसरमा विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरीएको थियो ।  

सहयोग दाताहरुको विवरण निम्नअनुसार रहेको समितिले जानकारी गराएको छ ।
क्रस    नाम थर                     रकम  जापानी येन                   ठेगाना
०१    श्री भिजेन्द्रमान पुन मगर      ५० हजार येन                      म्याग्दी
०२    श्री विजय पुन मगर            २० हजार येन                           म्याग्दी
०३    श्री गीरी छन्त्याल             १३ हजार १५० येन                       वाग्लुङ
०४    श्री श्याम राना मगर          १० हजार येन                        स्याङजा
०५    श्री सुर्य कुमार पुन मगर         १० हजार येन                    चितवन
०६    श्री के। बि। मगर                १० हजार येन                           वाग्लुङ
०७    श्री शम्शेर रोका मगर          १० हजार येन                       वाग्लुङ
०८    श्री जल बुढा मगर              १० हजार येन                         वाग्लुङ
०९    श्री सोम पुन मगर               १० हजार येन                          म्याग्दी
१०    श्री पन्च पुन मगर               १० हजार येन                           रुकुम
११    श्री चोक छन्त्याल               १० हजार येन                        म्याग्दी
१२    श्री डम्मर सिङ पुन मगर        ७ हजार येन                  म्याग्दी
१३    श्री राजु राना मगर              ५ हजार येन                      सोलुखुम्बु
१४    श्री धन अर्गेजा मगर              ५ हजार येन                      वाग्लुङ
१५    श्री अभिशर बुढा मगर            ५ हजार येन                     रुकुम
१६    श्री वरदान बुढा मगर             ५ हजार येन                      रुकुम
१७    श्री कमल फगामी मगर            ५ हजार येन                 म्याग्दी
१८    श्री भिम पाईजा मगर              ५ हजार येन                   म्याग्दी
१९    श्री श्रीप्रसाद पुन मगर             ५ हजार येन                   म्याग्दी
२०    श्री होम बुढा मगर                ५ हजार येन                        वाग्लुङ
२१    श्री चित्र पुन मगर                ५ हजार येन                        वाग्लुङ
२२    श्री टक प्रसाद पुन मगर          ५ हजार येन                 म्याग्दी
२३    श्री रोशन बुढा मगर                ५ हजार येन                     रुकुम
२४    श्री अभिषेश बुढा मगर            ५ हजार येन                   रुकुम
२५    श्री बाबुराम राना मगर            ५ हजार येन                 स्याङजा
२६    श्री दिलिप राना मगर             ५ हजार येन               सोलुखुम्बु
२७    श्री पासाङ शेर्पा                    ५ हजार येन                        भोजपुर
२८    श्री श्री सुर्य तामाङ                ५ हजार येन                    कास्की
२९    श्री बिरेन्द्र शेरचन                 ५ हजार येन                    वाग्लुङ
३०    श्री अमित तामाङ                  ५ हजार येन                    ढादिङ
३१    श्री बाबुकाजी मगर              ५ हजार येन                 सोलुखुम्बु
३२    श्री छक सिङथानी मगर          ५ हजार येन              म्याग्दी
३३    श्रीमती झेनदेवी पुन मगर         ५ हजार येन                म्याग्दी
३४    श्री लिलकृष्ण पुन मगर           ५ हजार येन              म्याग्दी
३५    श्री यामप्रशाद सिङथानी मगर    ५ हजार येन             म्याग्दी
३६    श्री प बहादुर रामजाली मगर     ५ हजार येन            म्याग्दी
३७     श्री साईमान रोका मगर           ३ हजार येन             रोल्पा
३८    श्री श्यामलाल बुढा मगर         ३ हजार येन             रुकुम
३९    श्री धन कुमार बुढा मगर         ३ हजार येन            रुकुम
४०    श्री राजन बुढा मगर               ३ हजार येन                रुकुम
४१    श्री भिम शेरचन                   ३ हजार येन                     वाग्लुङ
४२    श्री मन बहादुर रोका मगर        ३ हजार येन              म्याग्दी
४३    श्रीमती दुर्गा फगामी मगर         २ हजार येन             म्याग्दी
४४    श्री गेले शेर्पा                        २ हजार येन                       सङखुवासभा




Last Updated on Friday, 22 April 2011 00:57

Hits: 910

हिगासी ओकाजाकीमा शुभकामना आदान प्रदान कार्यक्रम

मध्ये जापानको हिगासी ओकाजाकी स्थित माया रेष्टु्रेन्टको हलमा २६ मार्चका दिन थकाली सेवा समिति टोकाई जापानको आयोजनामा थकाली जातिको महान पर्व तोरन्ल २०६७ कार्यक्रम सम्पन्न भएको छ । समितिका सचिव योगेन्द्र शेरचनको संचालनमा भएको उक्त कार्यक्रममा उपस्थित पाहुनाहरुलाई सहसचिव गोपाल शेरचनले स्वागत गरेकाथिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । नेपाली आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष केवि मगरले प्रमुख अतिथिको तर्फ बाट शुभकामना मन्तव्य दिने क्रममा नेपालमा धर्म निरपेक्षता राज्य घोषणा भईसकेपनि व्यबहारतः अझै लागु हुन नसकेको प्रष्ट पार्दै राज्यले सबै जातजातिको भाषा, धर्म र संस्कृतिलाई समान व्यवहार गनुपर्ने कुरामा जोड दिएकाथिए ।

विशेष अतिथि सुर्य तामाङ् लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएकाथिए । कार्यक्रममा हालै जापानमा गएको महाभूकम्प र सुनामीका कारण जन-धनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी अलपत्र परेकाहरुकोलागी नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापान र विभिन्न संघ संस्थाहरुको अगुवाईमा सहयोग संकलन सुरु गरेका थिए । अन्तमा समितिका अध्यक्ष चन्द्र शेरचनले पहिलो चरणको कार्यक्रमको समापन गरी दोस्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रम विहान सम्म विविध मनोरन्जनात्मक वातावरणमा सम्पन्न भएको थियो ।

एस.एच. राना मगर

Last Updated on Sunday, 27 March 2011 15:30

Hits: 873

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर