A+ A A-

जापान आएको एक महिनामै नेपालीको मृत्यु

६ अगस्त ११
जापानको टोयोटासिटीमा काम गरिरहेको अबस्थामा एक नेपालीको बुधवार मृत्यु भएको छ । एक महिनाअघि मात्र जापान आएर गैरकानुनीरुपमा काम गरिरहेका रोल्पा थवाङका प्रकाश रोका मगरको बुधबार मृत्यु भएको छ  घरेलु कामदारका रुपमा काम गर्न थालेका उनी घाँस काटिरहेको समयमा अत्याधिक गर्मीका कारण अचानक बेहोस भई लडेको एन आर एन जापान तोकाई होकुरिकुका संयोजक निमा लामाले जानकारी दिए  । उनलाई तत्कालै नजिकैको अस्पतालमा पुर्याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
उनका अनुसार मृतक रोकाको काममा गएको दोस्रो दिनै अत्याधिक गर्मीले मृत्यु भएको हो । हाल उनको शव पोष्टमार्टमका लागि अस्पतालमा रखिएको छ । शव नेपाल पठाउन धेरै खर्च लाग्ने हुनाले दुतावास वा कसैको सहयोग पाए नेपाल नै पठाउन खोजिएको लामाले जानककारी दिए । रोकाको शव लाई नेपाल पठाउने वा जापानमै सनाखत गर्ने भन्ने वारेमा नेपाली दुतावासले नेपालमा रहेका परिवारसंग सम्पर्क गर्ने प्रयास गरिरहेको दुतावसले जनाएको छ । रोकाका एक छोरा, एक छोरी र श्रीमति दाङमा रहेका छन् ।

Last Updated on Saturday, 06 August 2011 12:58

Hits: 989

उपाध्यक्ष ज्ञान पुन द्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

६ अगस्त २०११
मगर सेवा समिति टोकाई जापानको कोषाध्यक्ष, सल्लाहकार र उपाध्यक्ष समेत रहिसकेका ज्ञान पुन मगरले मगर सेवा समिति टोकाई जापानको १३औ साधारण भेलामा अध्यक्ष पदमा दावी गरेका छन् ।  मगर सेवा समिति टोकाई जापानले  आफ्ना सदस्यहरुलाई भइपरी आउने समस्या समाधान, भाषा संस्कृति र रीतिरिवाजको संरक्षण लगायतका विभिन्न कामहरु गर्दै आइरहेकोछ ।  उनले सेवा समितिलाई सशक्त ढंगले अगाडी बढाउन सक्षम र अनुभबी नेतृत्वको आबश्यकता रहेकोले आफुले उम्मेदवारी दिएको बताए ।

श्याम राना मगर  

Last Updated on Friday, 05 August 2011 23:38

Hits: 991

मगर सेवा समिति टोकाई १३औ साधारण भेलाको तयारीमा

१५ जुलाई २०११
मगर सेवा समिति टोकाई जापानले १४ अगष्ट २०११मा आइचिकेन स्थित टोयोटा सिटीमा आफ्नो १३औ साधारण भेलाको तयारी गरिरहेको छ ्र   उक्त साधारण भेलामा टोकाई क्षेत्र ९सिजुओककेन्, आइचिकेन, मिएकेन र गिफुकेन० वासी सम्पूर्ण मगर दाजुभाई तथा दिदीबहिनी हरुलाई उपस्थितिको लागि टेलिफोन, फ्याक्स, इमेल तथा विभिन्न माध्यम द्वारा सूचना गरिरहेको जानकारी भएको छ ।
साधारण भेलामाको प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष के।बि। मगरलाई र  टोकाई क्षेत्रमा संगठित विभिन्न एकल जातीय संघ संस्थाका अध्यक्ष हरुलाई अतिथिको आसनग्रहण गर्न पत्राचार गरिएको सेवासमितिले राज्यसत्तालाई बतायो ।

Last Updated on Saturday, 16 July 2011 17:18

Hits: 1023

यसपटकको आदिवासी महासंघ जापानको १२औ महाधिबेसन टोक्योमा

जापान
नेपाल आदिबासी जनजाती महासंघ जापानले २१ अगष्ट २०११ का  दिन ओटा कु , जे।आर। खामादा एकि, सान्ग्यो प्लाजा टोक्योमा आफ्नो १२औ महाधिबेसन र १७औ बिश्वो आदिबासी दिवस संगै गर्ने भएको छ ।  नेपाल आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापान, टोक्यो र टोकाईले ऐतिहासिक रुपमा  जापानमा पहिलो पटक संयुक्त रुपमा  १७औ बिश्वो आदिबासी दिवस मनाउन लागेको हो ।  स्थापनाकाल देखि नै आदिबासी जनजाती महासंघ टोक्यो र टोकाईमा विभिन्न विवादका कारण चाहेरपनि संयुक्त रुपमा कुनै कार्यक्रम गर्न सकिरहेको थिएन ।  टोकाई र टोक्यो बाट संयुक्त रुपमा हुन लागेको कार्यक्रम यो पहिलो हो ।
कार्यक्रममा आदिबासी जनजाती महासंघ टोकाईबाट आफ्नो मातहतका संघ संस्थाका प्रतिनिधिहरु उल्लेख्य रुपमा उपस्थित हुने र बताइएको छ भने टोक्यो मा पनि यस्तै हल्ला सुनिन्छ । तर नेपाल आदिबासी जनजाती महासंघ टोक्योको तेश्रो महाधिबेसनमा  मगर सेवासमिति टोक्योको प्रतिनिधित्यो छन्त्याल ले गरेका थिए ।

श्याम राना मगर

Last Updated on Sunday, 17 July 2011 02:34

Hits: 1047

Error: No articles to display