A+ A A-

'नयाँ बन्ने संविधान जल्न सक्छ' - जापान स्थित नेपाली राजदुत योन्जन

२१ अगस्त, राज्यसत्ता संवाददाता
नेपाल आदिवासी जनजाती महासंघ जापानले  टोकियोमा १२ औं महाधिवेशनसहित १७ औं बिश्व आदिबासी दिवस मनाएको छ ।  महासंघ टोकीयोका अध्यक्ष ध्रुब भट्टचनको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा गणेश योञ्जन तामाङ र विशेष अतिथि  महासंघका केन्द्रिय अध्यक्ष केबी मगरको थियो  । प्रवक्ता सुकमान थिङ तामाङले स्वागत मन्तब्य दिएकाथिए । बिश्व आदिबासी दिवस समारोहको जापानका लागि नेपाली राजदूत डा तामाङले पानसमा बत्ति बाली उदघाटन गरेकाथिए ।


'आदिवासी दिवस र आदिवासी जनजातीहरुको बिगत र बर्तमान' विषयमा बोल्दै महासंघका अध्यक्ष केवी मगरले , नेपालका  बाहुनहरुले हामी पनि आदिवासी हौ भनेर नाराजुलुश गरे तर बिश्व आदिवासी दिवस  चाही मनाएनन् यी  कस्ता खालका  आदिवासी हुन् भनि प्रश्न गर्दा कार्यक्रममा सहभागी क्षेत्रीहरुको पनि  निक्कै ताली पाएकाथिए । ३ ठुला दलका प्रतिनिधिलाई देखाउदै उनले भने – ३ ठुला दलका नेतालाई अहिले  कस्तो आपत ! बारुलाले  किन टोक्यो थाहा छैन । यहिनेर टोक्यो भनेर भन्न पनि भा'छैन अर्थात् संबिधान किन बनेन थाहा छैन र फेरी संबिधान यो कारणले बनेन भनेर भन्न पनि भा'छैन' भन्दा हलमा हाँसो सहितको ताली गुन्जिएकोथियो ।
मगरले आफु २ दशकको जापान बसाइमा बिगतका कुनैपनि राजदुतलाई नचिनेको तर आदिवासी जनजातीहरुलाई  भेदभावपूर्ण  व्यवहार गरेको भने थाहा भएको बताए ।  राजदूत डा तामाङको कार्यकाल सकिएको   प्रसंगमा  तामाङको खुलेर प्रशंसा गर्दै उनले सांकेतिक  रुपमा आदिबासी जनजातीका १ जना राजदूतले त यतिका धेरै परिबर्तन गर्न सक्छ भने तपाईहरु सधै प्रधानमन्त्री हुदा पनि देशको किन यो हालत ? भनेर बाहुनहरुलाई  प्रस्न गरेकाथिए  ।


प्रमुख अतिथि राजदूत डा तामाङले बिश्व आदिबासी दिवसको उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै पछिल्ला समयमा जापानमा रहेको नेपाली समाजमा देखिएको बिकृतिलाई कम गर्दै थप अनुशासित र मर्यादित बनाउन यहाँका मिडिया लगायत जिम्मेवार संघसंस्थाहरु गम्भीर हुनुपर्नेमा जोड दिएकाथिए । तामाङले एक प्रसंगमा राज्य सञ्चालन गर्नेहरुको सोंचमा परिबर्तन नआएसम्म मुलुक रुपान्तरणको दिशामा अगाडि बढ्न नसक्ने बिचार ब्यक्त गर्दै यथास्थितिमा देशमा सुधारमा संकेतहरु नदेखिएकोले बिभिन्न राजनैतिक दलहरुमा भएका राम्रा मान्छेहरु मिलेर एउटा छुट्टै नयाँ शक्तिको उदय हुन आवश्यक रहेको धारणा ब्यक्त गरे ।  आफैले बनाएको संबिधान, नियम र कानुन उल्लंघन गर्ने दलहरुबाट धेरै आशा गर्ने ठाउँ नरहेको, कथमकदाचित समयमै शान्ति र संबिधानको काम समयमै सम्पन्न हुन सकेन भने मुलुकमा अर्को रक्तपातको संभावनालाई पनि नकार्न नसकिने अवस्थाबारे चिन्ता ब्यक्त गरे ।  उनले   राज्य सञ्चालन गर्नेहरुको मानसिकता ७ सालबाट ६७ सालसम्म आइपुग्दापनी  परिबर्तन नआउनुमा के छ समस्या भनेर प्रस्न गरे। उनले भने- 'अब बन्ने संबिधानमा अहिलेको अन्तरिमको संविधानको आधा अधिकार पनि नआउने सम्भावना छ । यदि तेसो भएमा संबिधान जल्ने संभावना छ ।

'
बिभिन्न शक्तिकेन्द्रहरुको धाक देखाउँदै बिगतमा जापानमा रहेका केहि नेपालीहरुले बिभिन्न खालका धम्की दिने गरेको तितो अनुभव सुनाउँदै जस्तोसुकै अवस्थामा पनि आफुले कहिलै घुँडा नटेकेको बताए ।
आदिवासी दिवस समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नवनिर्बाचित कार्यसमितिलाई शुभकामना मन्तब्य दिएका थिए । यसरी शुभकामना मन्तब्य दिदै राष्ट्रिय जनमुक्ति पार्टी जापान शाखाका सचिब  राजु राना मगरले अहिले देशमा देखिएको समस्या २० बर्ष अगाडी नै आफ्नो पार्टीले उठाएको  तर त्यतिबेला शासकहरुले जातिवादी र साम्प्रदायिकको बिल्ला दिएको र  आज तिनै कुराहरु राष्ट्रिय मुद्धा भएको बताए । अन्य  शुभकामना मन्तब्य    दिनेहरुमा नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली लोकतान्त्रिक मञ्च जापानका अध्यक्ष सिर्जना काफ्ले,  नेपाल पर्यटन बर्ष २०११ का अवैतनिक दूत भवन भट्ट, एनआरएन जापानको अध्यक्षको जिम्मेवारी लिइरहेका ओम गुरुङ लगायतका थिए । यसैगरी सो समारोहमा कार्यक्रम संयोजक डा दिनेश मानन्धरले पावर प्वाइन्टद्वारा आदिवासी जनजातीहरुको वर्तमान अवस्थाबारे प्रकाश पारे भने महासंघका वरिष्ठ सल्लाहकार रेख ब्लोन तामाङले 'संघियता र जनजातीको भूमिका' बोलेकाथिए ।


कार्यक्रम संयोजक डा मानन्धरले बिहानी सत्रमा भएको बन्द सत्रद्वारा ध्रुब भट्टचनको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको नामावली घोषणा गरेकाथिए । जसनुसार सह-अध्यक्षमा जिग्मे शेर्पा, उपाध्यक्षद्वयमा हवलचन्द्र लामा, पासाङ शेर्पा, महासचिवमा पासाङ शेर्पा, सचिवद्वयमा श्याम राना मगर र शैलेन्द्रकुमार थापा मगर, कोषाध्यक्षयमा भीम गुरुङ, सहकोषाध्यक्षमा गोपाल शेरचन चुनिएकाथिए ।  सदस्यहरुमा अनिल भट्टचन, रिद्दि तुम्बाहाम्फे, पेम्बा लामा, अनिला गुरुङ, रमेश श्रेष्ठ, वीरेन्द्र शेरचन, साम्देन शेर्पा, भिजेन्द्रमान पुन र अमित लामा रहेकाछन् । महाधिवेशनले टोकियो र नागोया क्षेत्रमा रहेको दुइ क्षेत्रिय समिति र केन्द्रलाई एकैठाउँमा मिलाएर एउटै केन्द्रिय समिति रहने प्रावधान पारित गरेको छ । जसअनुसार नेपाल आदिबासी जनजाती महासंघ जापान मात्र रहने बताईएको छ । हालसम्म महासंघको टोकियो क्षेत्रिय कमिटी, तोकाई होकुरिकु क्षेत्रिय समिति र माथिल्लो केन्द्रिय निकायको रुपमा आदिबासी जनजाती महासंघ केन्दिय समिति हुने ब्यवस्था रहेको थियो ।


बिगत ३ बर्ष देखिको बिबादित  २ वटा महासंघलाई क्षेत्रीय महासंघमा परिणत गर्दै सबैलाई बिगत १२ बर्ष देखि संचालन हुदै आएको सस्थामा गोलबन्द गर्न केबी मगर सफल भए । कामातास्थित ओता कु साङग्यो प्लाजामा भएको सो महाधिवेशनसहितको १७ औं बिश्व आदिबासी दिवस समारोहको महासचिव पासाङ शेर्पाले सञ्चालन गरेकाथिए। सोहि अबसरमा मगर संघ टोकाईका अध्यक्ष श्याम राना मगरले नव निर्वाचित अध्यक्षलाइ पगरी लगाएर हार्दिक बधाई दिए ।






Last Updated on Saturday, 27 July 2013 22:14

Hits: 1152

जनजाती महासंघ टोकाई जापानद्वारा भूकम्प तथा सुनामी पिडितलाई सहयोग

१५ अगष्ट २०११ का दिन नेपाल आदिबासी जनजाती महासंघ टोकाई जापान द्वारा पुर्बी जापानमा गएको भूकम्प तथा सुनामी पिडित हरुको लागि  मिया केन, चु सिटीको स्याकसो मा रहेको रेडक्रस कार्यालयमा संघका अध्यक्ष जिग्मे शेर्पा द्वारा  सहयोग प्रदान भएको छ ।


महासंघ मातहतका संघ  संस्थाहरु मगर संघ टोकाई जापान,  नेपाल तामांग मैत्री संघ जापान, शेर्पा संघ जापान र थकाली सेवा समिति टोकाई जापान को पहलमा सहयोग संकलन भएको थियो ।

Last Updated on Wednesday, 17 August 2011 10:39

Hits: 950

गर्मि बिदामा टोयोटा सिटीमा फुटबल खेल

महेन्द्र श्रेष्ठको आयोजनामा १५ अगष्ट २०११ का दिन टोयोटा सिटीको यहागी गावा नदीको किनारमा आपसी सहयोग सदभाव तथा नेपाली युवाहरु बीच सम्बन्ध बिस्तारको लागि फुटबल खेलको आयोजना भएको थियो।  
युवा देखि वृद्दहरु समेत खेलमा सहभागी भएका थिए ।  भबिस्यमा नेपाली खेलकुद क्लब को स्थापना गर्नुपर्ने उनले बताएका थिए ।

भिजेन्द्रमान पुन मगरले जापान प्रवेश पछी पहिलो पटक फुटबल खेल्न पाउँदा धेरै आनन्द भएको बताए । उनले भलिबल तथा अन्य खेलकुद को पनि आयोजना गर्न सल्लाह दिएका थिए । खेल सकिएपछि बिबिक्यु कार्यक्रम रहेको थियो ।
श्याम राना मगर


Last Updated on Wednesday, 17 August 2011 10:23

Hits: 951

नागोयामा राजदुत डा.गणेश योन्जन तामांगलाई बिदाई

१६ अगष्ट २०११
नागोया सिटिमा जापानका लागि नेपाली राजदुत डा.गणेश योन्जन तामांग   कार्य अबधि पुरा भै नेपाल फर्कन लागेकाले एनआरएन टोकाई होकुरिकु जापान ,  नेपाल आदिबासी जनजाती महासंघ जापान र नेपाली बिद्यार्थी संघ जापानले संयुक्त रुपमा बिदाई गर्यो ।


बिदाईमा टोकाई क्षेत्रमा संगठित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।  उपस्थित सबैले फूलमाला र खादा ले बिदाई गरेका थिए तर मगर संघ टोकाई जापानका अध्यक्ष श्याम रानाले  भने आफ्नो जातीय परम्परा अनुसार उनलाई पगरी (फेटा) कुदाईदिएका थिए । उपस्थित सबैले आ आफ्नो परिचय तथा उनको सफल यात्राको लागि छोटो सुभकामना ब्यक्त गरेका थिए र अन्तमा उनले सबैलाई सम्पर्कमा रहिरहन आग्रह गरेका  थिए ।





Last Updated on Wednesday, 17 August 2011 10:30

Hits: 939

मगर संघ जापानमा श्याम राना

१४ अगस्त २०११ का दिन जापानको टोयोटा सिटीमा मगर सेवा समिति टोकाई  जापानको १३औ साधारण सभा बाट नाम परिवर्तन गरि मगर संघ टोकाई जापानको नामाकरण गरिएकोछ । नयाँ नेतृत्वमा राज्यसत्ता डटकमका जापान संवाददाता श्याम राना मगर अध्यक्षमा चुनिएकाछन् । उनको नेतृत्वमा २२  सदस्यीय कार्यसमिति गठन भएको छ ।

उपाध्यक्षमा बरदान बुढा मगर, टक बहादुर पुन मगर र शमशेर रोका मगर, महासचिवमा लिल कृष्ण पुन मगर, सचिव बाबुकाजी बुर्जा मगर कोषाध्यक्षमा  दिलिप राना मगर सहकोसध्यक्षमा कमला बलामी मगर र सदस्य हरुमा लक्ष्मी घर्ति मगर, बिरमाया पुन मगर, केहरसिंह थापा मगर, जीबन पुन मगर, टक प्रसाद पुन मगर, डम्मर सिंह पुन मगर, दल बहादुर पुन मगर, अविशेक बुढा मगर, बिकाश राना मगर, श्यामलाल बुढा मगर, अभिषर बुढा मगर, लक्ष्मी पुन मगर, सुमित घर्ति मगर, तेजु खाम मगर रहेका छन् ।

सल्लाहकार समिति गठन गर्न बाकी छ ।कार्यक्रमको स्वागत मन्तब्य भिजेन्द्रमान पुन मगरले दिएका थिए भने प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष केबि मगर तथा अतिथि हरुमा विभिन्न एकलजातीय संघ संस्थाका प्रतिनिधि हरु थिए । सबै अतिथिहरुले कार्यक्रमको पूर्ण सफलताको लागि सुभकामना मन्तब्य दिएका थिए ।


अमेरिका, युके, हंगकंग, मलेसिया तथा विभिन्न देशबाट प्राप्त सुभकामना संदेश समितिका सचिव शमशेर रोका मगरले पढेर सुनाएका थिए । अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी भए पनि सर्ब सम्मत ढङ्ग बाट श्याम रानालाइ चुनेका हुन् ।


निर्वाचित पछिको नमस्कार -अध्यक्ष श्याम राना मगर

Last Updated on Wednesday, 17 August 2011 10:15

Hits: 1178

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर