A+ A A-

टोयोटामा बौद्ध भिक्षु सहित देउसीरे



नेपाल मगर संघ टोकाई जापानको आयोजनामा शनिवार टोयोटामा देउसीभैलो खेलियो । नेपाल मगर संघ टोकाई जापानले हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।  यस बर्षको तिहारमा विश्व शान्ति यात्रामा निस्केका भिक्षु मगरको विशेष उपस्थिति कार्यक्रम भएको थियो ।  साथमा  उनीसंगै आएका नेपाल मगर बौद्ध सेवा समाजका महासचिव  ईन्द्र राना मगरको विशेष आतिथ्य रहेको थियो ।


 नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष मन बहादुर पुन मगरको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा, अतिथिहरुमा मिए जापानिज भाषा विद्यालयका प्रशिक्षिक याम कुमारी गाहा मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांङ शेर्पा, थकाली सेवा समिति टोकाई जापानका उपाध्यक्ष योगेन्द्र शेरचन, नेपाल तामांग मैत्री संघ टोकाई जापानका अध्यक्ष सुर्य तामांग लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।  साथै संस्थाका भुपु अध्यक्ष श्री भिजेन्द्रमान पुन मगर, तथा श्याम राना मगर को समेत आतिथ्यता रहेको थियो ।  कार्यक्रम संचालन महासचिव कौडा बुढा मगरले गरेका थिए, र संस्थाका अध्यक्ष दिलीप राना मगर को सभापतित्व रहेको थियो ।  


     विश्व शान्ति यात्रामा निश्केका भिक्षु मगर ले पुजा आजा गरी कार्यक्रमको आरम्भ गरेका थिए । भिक्षु मगरले शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने विभिन्न प्रमाणहरु हरेक नेपालीले जान्नुपर्ने आवश्यकता रहेको बताए ।   यसै गरी प्रमुख अतिथि पुन मगरले पनि यहि बारेमा थप प्रष्ट पारेकाथिए ।  अन्तमा देउसी भैलोका अगुवा भिजेन्द्रमान पुन मगर ले उपस्थित सबैलाई देउसी भैलो द्धारा आशिष दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापान द्धारा १० नोभेम्बरमा टोयोटा सिटी, वाकामिया चो स्थीत नेपाली रेष्टुरेन्टको दोश्रो तल्ला सभा कक्षमा  विहान ११ बजे देखि शुरु हुने धर्मश्रवण कार्यक्रममा विश्व शान्ति यात्रामा निस्केका भिक्षु मगरद्वारा भगवान बुद्धको अस्थिधातु प्रदर्शन गरीने हुदा श्रद्धावान सम्पुर्ण महानुभावहरुमा उपस्थितीको लागी हार्दिक निमन्त्रणा गरिएकोथियो ।
 

श्याम राना

Last Updated on Tuesday, 05 November 2013 05:48

Hits: 1106

नेपाली आदिवासी दिवसको उदघाटन जापानीज नागरिकद्धारा


जापान टोयोटासिटी
 १७ अगस्टमा टोयोटासिटीमा सम्पन्न नेपाल आदिबासी जनजाति महासंघको  १४ औं अधिवेशनले मनबहादुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । १९ औं बिश्व आदिवासी दिवससहित सम्पन्न अधिवेशनको मानवअधिकारकर्मी तथा मगरभाषाविद जापानी नागरिक डा मिनामी माकितोले उदघाटन गरेका थिए । मगर भाषामा शोध गरेका मिनामी जापानमा मगर र जनजातिहरुका निम्ति सबैभन्दा ठुलो सहयोगी एकाडेमिसियन मानिन्छन ।


अधिवेशनद्वारा गठित नयाँ कार्यसमितिको सहअध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षमा हवलचन्द्र लामा, पेम्बाछिरिङ शेर्पा, योगेन्द्र शेरचन र पदम गुरुङ छन् भने महासचिवमा कान्छा शेर्पा चुनिएका छन् । यसैगरी सचिवमा लाक्पा शेर्पा, शैलेन्द्रविक्रम थापा मगर र हर्क गुरुङ छानिएका छन् भने कोषाध्यक्षमा धन अर्गेजा मगर र भीम गुरुङ चयन भएका छन् । यसैगरी सहकोषाध्यक्षमा बिकास गौचन र तारा आले मगर चयन भए । प्रवक्ताको जिम्मेवारी देवी ईङ्नामले पाएका छन् ।  सदस्यहरुमा लाक्पापुटी शेर्पा, गेले शेर्पा, रुद्र बुढा मगर, रामकुमार बुढा मगर, तिर्थमान बुढा मगर, कौडा बुढा मगर, संगम रोका मगर, तारा तामाङ, सञ्जिव तामाङ, ङवाङशेरे शेर्पा, पेम्बा शेर्पा, पेम्बा लामा, खानु राना मगर, गमप्रसाद जुग्जाली मगर, अपेक्षा मादिम लिम्बु, राम गुरुङ, गोपीकृष्ण गुरुङ, बिजय सुब्बा, दिपक इङ्नाम र लाक्पागेल्मु शेर्पा रहेका छन् । भेलाले सल्लाहकारमा प्रा.डा. केशवलाल महर्जन, गोविन्द श्रेष्ठ र वीरेन्द्र शेरचनलाई चयन गरेकोछ ।


सह-अध्यक्ष जिग्मे शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई स्वागत  संघका उपाध्यक्ष पासङ शेर्पाले गरेकाथिए । आदिबासी दिवस तथा अधिवेशन समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा। मदनकुमार भट्टराई थिए ।  बिशेष अतिथिहरुमा एनआरएन अष्टे्लियाबाट आएका शेष घले र उनका धर्म पत्नी पनी उपस्थित थिए । एनआरएन जापानका अध्यक्ष ओम गुरुङ लगायतका बिभन्न एकल जातीय संघ संस्थाका प्रतिनिधी, राजनैतिक दलका भातृ संगठनका प्रतीनिधीहरु उपस्थित थिए ।


 एनआरएन अध्यक्ष ओम गुरुङले जनजाती आदीवासी बारेमा प्रष्ट पारेकाथिए  ।  कार्यक्रममा मगरहरुको भुमया नाच, शेर्पाहरुको सेबरु र लिम्बुहरुको धान नाच  प्रस्तुत गरिएको थियो । सचिवद्वय श्याम राना मगर र सहसचिब रमेश प्रधानले कार्यक्रमको सञ्चालन गरेका थिए ।
  दिलीप राना मगर

Last Updated on Sunday, 18 August 2013 00:21

Hits: 986

थकाली जातिको परम्परा अनुसार जापानमा पूजा पाठ

 इची केन स्थित मिकावा टोयोटा को एक नेपाली रेस्टुरेन्ट को सभा कक्ष्य मा थकाली सेवा समति टोकाई जापान ले फागु पुर्णिमा (तोरण ल्हा ) कार्यक्रम भब्य रुप मा मनाए  ।  कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जापान का सहअध्यक्ष जिग्मे शेर्पा थिए ।  प्रमुख अतिथि शेर्पाले  आदिवासी जनजाती हरुको हरेक पर्बहरुको संरकक्षण सरकारी तहबाट हुनुपर्नेमा जोड दिएका थिए  ।
 
अतिथिहरुमा नेपाल मगर संघ टोकाई जापान का श्याम राना मगर, शेर्पा संघ जापान का पासाङ्ग शेर्पा लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु थिए  । कार्यक्रम संचालन थ.से.स. टोकाई जापान का सचिव योगेन्द्र शेरचनले गरेका थिए  र सभापतित्वो समितिका अध्यक्ष चन्द्र शेरचन ले गरे ।
थकाली जातिको परम्परा अनुसार कन्या केटि मन शेरचन  र कुवर केटा प्रकाश तुलाचन ले पूजा पाठ गरेका थिए  ।  कार्यक्रम को बारेमा समितिका सल्लाहकार बिरेन्द्र शेरचनले पार्नुसम्म प्रस्ट परेका थिए,  मन्चमा आसिन सबैले कार्यक्रम को पूर्ण सफलताको सुभकामना मंत्यब्ये दिए ।
 
सभापति शेरचनले धन्नेवाद दिदै कार्यक्रमको पहिलो चरणको समापन गरेका थिए ।  दोश्रो चरणमा प्रवेश गर्दै स्थानीय चर्चित कलाकारहरुले नेपाली लोक भाका तथा विभिन्न गित संगीत संगै नाच गान गरि रमाइलो गरेका थिए  ।
 
श्याम राना मगर, आइची जापान

Last Updated on Monday, 19 March 2012 00:49

Hits: 823

मगर संघ टोकाई जापानको अध्यक्षमा दिलिप राना मगर



नेपाल मगर संघ टोकाई जापानको ११ अगष्ट २०१३ का दिन आईचिकेनमा १५ औं अधिवेशन सम्पन्न भएको छ, उक्त उधिवेशनले दिलिप राना मगर को नेतृत्वमा १६ सदस्यीय कार्य समिति गठन गरेकोछ ।
निर्वाचित कार्यसमिति नामावली यसप्रकार छन- उपाध्यक्षमा रोशन बुढा मगर र बाबुकाजी बुर्जा मगर, महासचिवमा कौडा बुढा मगर, सचिव सिरी बहादुर पुन मगर, कोषाध्यक्षमा दिलमान घर्ति मगर, सहकोषाध्यक्षमा तिर्थमान बुढा मगर र सदस्यहरुमा अविशर बुढा मगर, रामचन्द्र बुढा मगर, पन्च पुन मगर, सुनीता पुन मगर, जुनसारा बुढा मगर, तेजु पुन मगर, राम कुमार बुढा मगर, उपहार घर्ति मगर, गंगा बहादुर घर्ति मगर र सल्लाहकार हरुमा भिजेन्द्रमान पुन मगर, श्याम बहादुर हुन्चिङ्ग राना मगर, मन बहादुर पुन मगर, लोक बहादुर बुढा मगर र धन अर्गेजा मगर रहेका छन् ।

संस्थाका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्व रहेको थियो भने संस्थाको पूर्व अध्यक्षहरुले अतिथिको आशनग्रहण गरेका थिए र प्रमुख अतिथिमा संस्थापक सदस्य र सल्लाहकार समेत रहेका भिजेन्द्रमान पुन मगर थिए । र अधिवेशनमा उपस्थित सबैलाई संस्थाका सदस्य सिरी बहादुर पुन मगरले स्वगत मन्तव्य दिएका थिए । र सस्थाका महासचिव बाबुकाजी बुर्जा मगरले कार्यक्रम संचालन गरेका थिए । सभापति र प्रमुख अतिथिले ब्यानर खोली कार्यक्रको उद्धघाटन गरेको थिए । महासचिव बुर्जा मगरले आफ्नो कार्यकलको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अभिशेक बुढा मगरले कोषको प्रतिवेन प्रस्तुत गरेका थिए ।

Last Updated on Monday, 12 August 2013 23:46

Hits: 923

जनजातिले राजदूत डा. तामाङलाई बिदाई गर्ने

टोक्यो  सेप्टेम्बर ९  
नेपाल आदिबासी जनजाति महासंघ जापानले हाच्चोबोरी च्युओकु टोक्योमा आगामी सेप्टेम्बर १७ तारिख शानिबार साँझ टोक्योस्थित हिमालयन मुन क्याफेमा जापानका लागि नेपाली राजदूत डा। गणेश योञ्जन तामाङलाई  आफ्नो ४ वर्षे कार्यवधिमा गरेका असल कार्यहरुको उच्च मुल्यांकन गर्दै उनको सम्मानमा अभिनन्दन तथा बिदाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।
महासंघ जापानका महासचिव पासांग  शेर्पाले  उक्त बिदाई कार्यक्रममा आफ्नो उपस्थित जनाई दिनको लागि जापानवासी सम्पूर्ण आदिवासी जनजाती दाजु भाई दिदीबहिनीहरुलाई नेपाल आदिबासी जनजाति महासंघ जापानको तर्फबाट अनुरोध गरेको छ। त्यस्तै महासंघ मातहतमा रहेका सम्पूर्ण सदस्य संगठनलाई आफ्नो सम्पूर्ण पदाधिकारी र सदस्यहरु सहित अनिवार्य उपस्तिथिको लागि अनुरोध गरेकोछ ।

श्याम राना मगर

Last Updated on Friday, 09 September 2011 07:04

Hits: 938

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर