A+ A A-

जापानमा ग्याल्बो लोसार सम्पन्न

जापान  

 

ओकाजाकी , ९ मार्च - शेर्पा संघ टोकाई जापानले आयोजना गरेको २१४१औ सिङ् फो लो लोसार पर्ब आज बिबिध कार्यक्रम सहित भब्य सम्पन्न भएकोछ ।

सो कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष मन बहादुर पुन मगरको प्रमुख अतिथि र एन आर एन ए एसिया प्यासेफिकका संयोजक गोबिन्द श्रेष्ठ को  बिसेस अतिथि रहेको थियो ।

त्यस्तै अन्य अतिथि हरुमा नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर, थकाली सेवा समिति  टोकाई जापानका उपाध्यक्ष गोपाल शेरचन,  नेपाल तामांग संघ च्युबू क्षेत्रीय समिति जापानका महासचिव कर्मा दोङ्ग तामांग मिय , जापानिज भाषा विध्यालयका शिक्षिका याम कुमारी गाहा मगर, नेपाल पत्रकार संघका जापान सदस्य निशान राना मगर, नेपाली समाचार तथा समुद्रपारी का टोकाई संपादक श्याम राना मगर लगाएत ले आशनग्रहण सहित शुभकामना मन्तब्य दिएका थिए ।

 

उक्त कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष पासांग शेर्पाले र कान्छा शेर्पाले लोसारको बारेमा  जानकारी सहित स्वागत र संचालन संघका सदस्य सचिव निमा लामाले गरेका थिए । 

प्रमुख अतिथि तथा सभापतिले संयुक्त रुपमा दियो प्रज्वलन गरि कार्क्रमको सुरूवात गरेका थिए । कार्यक्रमको शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि  पुन ले सबै आदिवासी जनजातिहरुले यसरी नै विविध कार्यक्रम गरी आफ्नो कला र संकृतिलाई बचाई राख्नु पर्ने बारेमा जोड दिएका थिए ।

साथै शेर्पा जातिको परमपरा झल्कने नाच स्याबु्र नाच लगायत बिबिध मनोरजनात्मक सास्कृतिक पनि प्रश्तुत गरेका थिए  । कलाकारहरु पासांग शेर्पा, ल्हाक्पा ग्याल्जे शेर्पा, आङ फुर्वा शेर्पा, काल्जेन शेर्पा, ल्हाक्पा फुती शेर्पा, र पेमा शेर्पा हरूले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । अन्य विविध सांगीतिक कार्यक्रम भने विहानै सम्म धुमधाम संग अतिथि पाहुनाहरू झुमिरहे का थिए । 

श्याम राना मगर , जापान

 

Last Updated on Sunday, 09 March 2014 20:01

Hits: 740

जापान शेर्पा संघ टोकाईको चुले निम्तो

जापान

तोकाई , ४ मार्च - शेर्पा संघ तोकाई जापानले ८ मार्च २०१४ मा २१४१ औ नया बर्ष  शिङ, फ त लो मनाउने तयारी पुरा भएको संघका अध्यक्ष पासांग शेपाले जानकारी गराएका छन् ।

  आईची केन किता ओकाजाकी स्थीत साईगोन ओके रेष्टुरेन्टको सभाहलमा बेलुकी ७ बजे देखि विहान ६ बजे सम्म मनाउने तयारी पुरा भएकोछ । उक्त कार्यक्रममा नेपालका चर्चित गायक कर्मा दोंग तामांगको प्रस्तुती रहने तथा शेर्पा जातिको परमरागत नाचीने सेब्रो नाच पनी प्रस्तुत हुने संघका अध्यक्ष पासांग शेर्पाले राज्यसत्तालाई जानकारी गराए ।

जापान बासी सम्पुण नेपालीहरुलाई उक्त पर्वमा शेर्पा संघ टोकाईले  चुले निम्तो पठाएकोछ । जापानको तेस्रो ठुलो शहर नायोया बाट र राजधानी शहर टोक्यो बाट कार्यक्रम हुने ठाउ सम्म रेल बाट आउन जे.आर. ओकाजाकि स्टेसनबाट रेल चेन्ज गर्नु पर्ने छ ।

विश्वकै चर्चित जापानको औधोगीक शहर टोयोटा सिटी बाट आउनको लागी जे. आर. सिन टोयोटा स्टेनसन को प्लेटफर्म नं. १ बाट ट्रेन चढ्नु पर्ने तथा आफ्नै नीजि सवारी साधानमा आउनुहुने पाहुनाहरुको लागी फ्रि पार्किंग को व्यवस्था समेत भएको जानकारी गराइएको छ ।

विस्तृत जानकारीको लागी सम्पर्क:

पासांग शेपा  ०९० ९१७१ ५५०५

कान्छा शेर्पा  ०८० ४१२८ ६४१५

श्याम राना मगर

Last Updated on Tuesday, 04 March 2014 14:50

Hits: 784

जापानका जनजातिले प्रथम शहिद लखनलाइ सम्झे

जापान,

  टोयोटासिटी - नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १३७ औं स्मृति दिवस गत हप्ता टोयोटा सिटीमा सम्पन्न भएकोछ ।संस्थाका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्वमा संस्थाका सल्लाहकार समेत रहेका नेपाल मगर संघ टोकाई जापानका वापा भिजेन्द्रमान पुन मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका सदस्य कौडा बुढा मगरको स्वागत मन्तव्य र संस्थाका महासचिव कान्छा शेर्पा ले संचालन गरेका थिए ।

अतिथि हरुमा नेपाल मगर संध टोकाई जापानका अध्यक्ष दिलीप राना मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा, थकाली सेवा समिति टोकाई जापानका उपाध्यक्ष योगेन्द्र शेरचन, नेपाली समाचार तथा अनलाईन पत्रीका समुद्रपारी डटकमका टोकाई सम्पादक श्याम राना मगर लगाएत रहेका थिए ।

कार्यक्रमको उद्धघाटन पछी क्या. लखन थापा मगरको तस्वीरमा अतिथिहरु बाट माल्यार्पण गरि १ मिनेट मौनधारण गरिएको थियो ।

प्रमुख अतिथि भिजेन्द्रमान पुन मगरले सहिद लखन थापा मगरको बारेमा प्रष्ट पारेका थिए । अतिथिहरुको मन्तव्यमा प्राय सबैले क्या. लखन थापा मगरको स्मृति दिवस राष्ट्रिय स्तरमा हुनु पर्ने र नेपाल सरकारले प्रथम सशिदको धोषणा गर्नु पर्छ भन्ने धारणा सबैको एक मत थायो ।   

अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मन बहादुर पुन मगरले कार्यक्रमको समापन गरेको थिए ।

श्याम राना मगर 

 

 

Last Updated on Sunday, 02 March 2014 19:11

Hits: 749

जापानका मगरले लखनलाइ सम्झिदै ३२ औं मगर दिवस मनाए

जापान,

 

 

 

 

आईची केन , नेपाल मगर संघ टोकाई जापानको आयोजनामा हिजो  आईची केन स्थीत कारीया सिटीमा ३२औं मगर दिवस तथा नेपालका प्रथम शहिद लखन थापा मगरको १३७औं स्मृति दिवस सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालआदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री मन बहादुर पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो भने,  अतिथिहरुमा शेर्पा संघ तोकाई जापानाका अध्यक्ष श्री पासांग शेर्पा, मगर संघ तोकाईजापानका संरक्षक समेत रहेका वापा श्री भिजेन्द्रमान पुन मगर लागाएत तोकाई क्षेत्रमा संगठित बिभिन्न संघ संस्थाका पदाधिकारी हरुको उपस्थिती रहेको थियो । कार्यक्रम अध्यक्ष दिलीप राना मगरको अध्यक्षतामा  संचालन संस्थाका महासचिव कौडा बुढा मगरले र सचिव र श्रीबहादुर पुन मगरको स्वागत मन्तव्य रहेको थियो ।

मगर दिवस तथा प्रथम शहिद लखन थापामगर को बारेमा वापा भिजेन्द्रमान पुन मगरले प्रष्ट्याएका थिए । कार्यक्रको समापन संस्थाका अध्यक्ष श्री दिलीप राना मगरले गरेका थिए।

श्याम राना मगर

Last Updated on Sunday, 02 March 2014 19:17

Hits: 894

जापानमा जम्यो यो बर्षको माघेसंक्रान्ति

टोयाटा जापान ,

जनवरी १८ , अर्थात २०७०/१०/४ नेपाल मगर संघ टोकाइ जापनले बिगतका बर्षहरूमा झै यस पटक पनि माघेसंक्रान्ति भब्य र सब्यका साथमा जापनको आइचिकेन टोयाटा शहर नानते क्याफे रेष्टुरेन्टमा सम्पन्न  गर्यो । कार्यक्रम बेलुका ८ बजे बाट आरम्भ भएको थियो ।

कार्यक्रम संघका  कोषाअध्यक्ष दिलमान घर्ती मगरको संचालन र उपाअध्यक्ष रोशन बुढा मगरले बिभिन्न क्षेत्र बाट पाल्नु भएका बुद्धिजीवी लगायत उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिलीप राना मगरले गरेका थिए । सो कार्यक्रमको प्रमुख अथिती आदीवासी जनजाती महासंघ जापनका अध्यक्ष  मन पुन मगर, बिशेष अथिती आदीवासी जनजाती महासंघका सल्हाकार तथा शेर्पा संघ टोकाइ जापनका श्री पासङ शेर्पा , तामङ संघ जापन र थकाली संघ जापन लगाएत बिभिन्न संघसस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको  थियो । 

शुभकामना आदान प्रदान गरी सके पछी संघका अध्यक्ष श्री दिलीप राना मगरले सबै उपस्थित पाउनाहरुलाइ तरुल र पिय पदार्थले खाम्पाइ गर्नु हँदै माघेसंक्रन्तिको बारेमा प्रष्ट आफ्नो मन्तवयमा राखेका थिए । अाफ्नो मन्तब्यको क्रममा पृथिवीले शुर्यलाइ परिक्रमा गर्दै जाँदा पुरा एक चक्कर घुम्दा ३६५ दिन ५ घण्टा ९ मिनेट लाग्दछ ।

यसै दौरानमा पृथिवीको कर्कट रेखा शुर्यको ठिक सिदा हुँदा साउंने संक्रान्ति पर्दछ भने पृथिवीको मकर रेखा शुर्यको ठिक सिदा हँदा माघे संक्रान्ति पर्दछ । माघ एक गते बाट नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । यस्तै बिशेष गरी चेलीबेटी पुज्ने दिन पनी हो । एकअर्कामा शुस्वास्थ्य दिर्धायुको कामना गर्दै देविदेउता, पितृहरुको पुजा पनी यसै दिनमा गर्दै शुभपुण्य कामाइन्छ भन्ने जनमानसको बिश्वास छ । धर्मसास्त्र अनुसार नेपाली परिवेशमा धर्म दृष्टिकोणले पनी यस माघेसंक्रन्तिलाइ महत्व दिदै आएको कुरा प्रष्ट पार्दै कार्यक्रममा उपस्थित महानुभावहरुलाइ हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम बिसर्जन गरेका थिए ।

दिलिप राना मगर / जापान

Last Updated on Monday, 20 January 2014 19:11

Hits: 1173

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर