A+ A A-

जापनका मगरले द्यौँसी फाइलो मानए !

दिलीप राना मगर

जापान , २८ अक्टोवर - नेपाल मगर संघ जापनको आयोजनामा अक्टोवर २५ तारीकको बेलुकि  टोयोटा शहर नान ते क्याफे रेस्टुएरेण्टमा तिहार कार्यक्रम सम्मपन्न भएको छ । 

  कार्यक्रमको  प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापनको महासचिव कान्छा शेर्पा रहेका थिए । बिशेष अतिथिमा संघका संरक्षक  भिजेन्द्रमान पुन मगर  थिए । अतिथिहरूमा शेर्पा संघ टोकाइ , जापानका अध्यक्ष  पेम्बा शेर्पा , थकाली संघ टोकाइ , जापनको चन्द्र थकाली , भरखरै मात्र जापन प्रवेश गरेका  नेपाल मगर बिधार्थी संघ कास्कीका पूर्व अध्यक्ष गम्बिर राना मगर , पत्रकार तथा फोटो ग्राफर जापानका  निशान राना मगर , संघका निबर्तमान अध्यक्ष दिलीप राना मगर , भूपू अध्यक्ष श्याम राना मगर र कलाकार भुवन सिं थापा मगर रहेका थिए ।

 

संघका अध्यक्ष कौढा बुढा मगरको सभापतित्वमा उपाध्यक्ष श्रीपुन मगरले  उपस्तिथि पाहुँनाहरुलाइ स्वागत भाषण गरेका थिए भने संघका महासचिव धन कुमार बुढा मगरले कार्यक्रम संचालन गरेका  थिए । तिहार पर्व कहीले र कसरी यस्को प्रचलनमा आयो भन्ने छोटकरीमा संघका संरक्षक भिजेन्द्रमान पुन मगरले उपस्थित पाउनाहरुमा प्रस्ट पारेका थिए । भने उपस्थित पाउनाहरुलाइ गाएक भुवन सिं थापा मगरले आफ्नो कलात्मक स्वरले बेजोड सांगेतिक मंनोरंजन दिलाउँन सफल भएका थिए । 

 अन्तयमा कार्यक्रमको समापन हुनु अगाडी संघका अध्यक्ष कौढा बुढा मगरले उपस्थित पाउनाहरुमा हार्दिक शुभकामना र धन्यबाद ब्यक्त गर्दै उपस्थित चेलीबेटीहरुलाइ दक्षिणा दिदै चेली माइतीको सद्भावना संबन्धलाइ अझ प्रगढ बनाउँन सप्तरंगी टिका र फुलमाला लगाएर नेपालमा रहेका दिदीबहिनीहरु लाइ एकछिन बिर्साइ दिएका थिए । 

 

Last Updated on Tuesday, 28 October 2014 13:34

Hits: 955

जापान मगर संघको नेतृत्व कौढा बुढा मगरको काँधमा

दिलीप राना मगर / जापान

टोयाटासिटी, १६ अगष्ट - जापन मगर संघको २० औं स्थापना दिवस तथा १६ औं अधिवेशन टोयाटासीटि जापन को सामुदायिक भवनमा १६ अगष्टका दिन  सम्पन्न भएको छ ।

 

कार्यक्रम सस्थाका अध्यक्ष दिलीप राना मगरको अध्यक्षतामा महासचिव कौढा बुढा मगरले संचालन गरेका थिए भने स्वागत मन्तब्य कोषाअध्यक्ष दिलमान घर्ती मगरले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष मनबहादुर पुन मगर र बिशेष अतिथिमा संघका भुतपूर्व अध्यक्ष तथा संघको संरक्षक भिजेन्द्रमान पुन मगर थिए ।

अतिथि हरुमा शेर्पा संघ टोकाइ जापानका पेम्वा शेर्पा लगायत थकाली समाज र तामाङ समाजका अतिथि साथै  कलाकार अतिथिद्वय भुवन सिं थापा मगर र गायीका सीता शेर्पुन्जा मगर थिए ।

सस्थाको अधिवेशन तथा सम्मेलनको कार्यप्रतिबेदन सस्थाका महासचिब कौढा बुढा मगर र आर्थिक प्रतिवेदन कोषाअध्यक्ष दिलमान घर्ती मगरले प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदनलाइ सर्बसम्मति बाट हाउँसले पारित गरेको थियो ।

दोष्रो चरणको कार्यक्रममा नेपाल मगर संघ जापानको १९९५ को बिधानमा केही हेरफेर गर्दै २ वर्षें कार्यकालको लागी निवर्तमान महासचिव कौढा बुढा मगरको अध्यक्षतामा १५ जना कार्यसमिति सर्वसम्मति बाट चयन गरिएको छ ।

 

जस्माउपाध्यक्ष :  गंगा घर्ती मगर  र श्रीबहादुर पुन मगर

महासचिव : धनकुमार बुँढा मगर

सचिव :  धन शेर्पुर्जा मगर

कोषाअध्यक्ष : तिर्थमान बुढा मगर

सह कोषाअध्यक्ष : राम कुमार बुढा मगर

सदस्यहरूमा : श्रीमती : सुनीता पुन मगर

लाल कुमारी बुढा मगर 

झकबहादुर थापा मगर

आलोक राना मगर

उपहार बुढा मगर

संगम रोका मगर

प्रकाश पुन मगर र

धनप्रसाद बुढा मगर चयन भएका छन् ।

कार्यक्रमको अन्त्यमा संघको २०औं बर्ष पुगेको शुभअवसरमा अतिथि गायक द्वय भवन सिं थापा मगरको बेजोड़ लोक तथा पप गितले र नृत्य कलाकार सीता शेर्पुर्जा मगरले धेरैलाइ नच्चाएका थिए । उपस्थित पाहुनाहरुलाइ भरपुर मनोरन्जन दिलाउदै कार्यक्रम सफल्ताका साथ सम्पन्न भएको थियो ।  

फोटो :अभिषेक बुढा मगर

Last Updated on Saturday, 16 August 2014 22:39

Hits: 856

जापनमा २५५८ औं बुद्ध जयन्ती मे १८ मा मनाउँदै

दिलिप राना मगर ,जापान

टोयोटा सिटी , बैशाख पुर्णिमा अर्थात २५५८ औं बुद्ध जयन्ती मे १८का दिन जापानमा रहेका बौद्ध धर्मलम्वीहरुले बिशेष दिनको रुपमा शान्ती पाठ गर्दै मनाउँने भएको छ ।

किनकी बैशाख पुर्णिमाको दिनमानै भगवान गौतम बुद्धको जन्म, बुद्धत्तो प्राप्त र मृत्युबरण गर्नु भएको थियो । र यसै दिनलाइ बिश्वमा बौद्ध धर्मलम्वीहरु बुद्ध जयन्ती मनाउदै आइरहेको हुँदा सदा झै यस वर्ष पनी आदीवासी जनजाती महासंघ जापनले यही मे १८ तारीक टोयोटा सिटी जापनमा २५५८औं बुद्ध जयन्ती मनाउन गइरहको ब्यहोरा संघका अध्यक्ष श्री मनबहादुर पुन मगरले बताएका ।

र जापनका सम्पुर्ण संघ संस्थालाइ बुद्ध जयन्तीको निम्तो पनी दिएको र सम्पुर्ण बौद्ध धर्मलम्वीहरु जापनवासी नेपालीहरुमा बुद्ध जयन्तीमा उपस्थित जनाइ शान्ती पाठको लागी हार्दिक अनुरोध पनी गरिएकोछ ।

Last Updated on Thursday, 15 May 2014 04:02

Hits: 732

टोयोटामा बुद्ध जयन्ति

श्याम राना मगर, जापान


टोयोटामा २५५८औ बुद्ध जयन्ति सम्पन्न आज टोयोटामा नेपाल आदिवासी जनजाती महासंघ जापानको आयोजनामा २५५८ औ बुद्ध जयन्ति कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए एसिया प्यासफिकका उपसंयोजक रोविन्द श्रेष्ठको प्रमुख आतिथि रहेको थियो। यसै गरि बिषेश अतिथिमा आदिवाशी जनजाती महासंघ जापानका बरिष्ठ बुद्धिजीबि भिजेंद्रमान पुन मगरको बिषेश अतिथि रहेको थियो भने अन्य अतिथिहरुमा एनआरएनए टोकाई होकुरिकु जापानका संयोजक बिष्णु प्रसाद घिमिरे, नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेरचन, नेपाली समाचार तथा अनलाइन मिडिया समुद्रपारी डट कम का आइची संयोजक श्याम राना मगर साथै टोकाई क्षेत्रमा संगठित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । बिषेश गरि लामा पाठ पुजाको सम्पन्न तेन्जिंग शेर्पा लामा द्धारा भएको थियो । संघका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघका महासचिव संछा शेर्पाले संचालन गरेका थिए र स्वागत मन्तब्य उपाध्यक्ष योगेन्द्र शेरचनले दिएका थिए । मन्चमा आशिन् अतिथिहरुलाई संघका महिला सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख लाक्पाफुटी शेर्पा र सदस्य लाल्पुरा रोका मगरले ब्याच वितरण तथा खादा ओढाई सम्मान गरेको थियो। मन्चमा आसिन अतिथि ज्यु हरुले पालै पालो सुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथिको आशन बाट शुभकामन दिदै श्रेष्ठले जापानिज नागरिक हरुलाई जानकारी गराउनको लागि जापानको विभिन्न क्षेत्रमा बुद्ध नेपालमा जन्मेकाहुन भन्ने संदेश प्रेसित हुनेगरी विभिन्न कार्यक्रम हरु गर्नुपर्नेमा जोड दिदै स्वयम आफैले पनि सक्दो सहयोग गर्ने बचन दिएका थिए। र बिषेश अतिथि पुन मगरले बुद्धको जन्म, बुद्धत्वो र बुद्धको शिक्षा बारेमा प्रस्ट पारेका थिए। शुभकामनाकै क्रमममा नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिपराना मगरले बुद्धको जन्म इसा पुर्प ६२३ मा भएको र गणना गरि हेर्दा बुद्धको जन्म भएको २६३८ बर्ष र बुद्धत्वो लाभ भएको २६०३ बर्ष पुगेको र महापपरिनिर्वाण भएको २५५८ बर्ष पुगेको भन्ने बारे खण्डन गरेका थिए । यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण होस् भन्ने अनुरोध गरेका थिए । साथै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने बारेमा एनअारएनए टोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले कविताबाचनमा मिलाएर प्रस्तुत गरेका थिए । अन्त्यमा संस्थाका अध्यक्ष तथा सभापति मन बहादुर पुन मगरले कार्यक्रम भब्यरुपमा सफल पार्न विभिन्न कोण बाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको थियो ।

फोटो दिलिप राना मगर

Last Updated on Monday, 19 May 2014 16:37

Hits: 758

राज्यसत्तालाइ शेर्पा द्धारा आभार प्रकट

जापान

 

टोकाई , १० मार्च - शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा द्धारा २१४१ औं सिङ फो त लौ लोसार कार्यक्रम भब्य सफल भएकोमा खुसि हुदै  धन्यवाद आभार ब्यक्त गरेका छन् ।  

उक्त  कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथि लगायत उपस्थित भएका सम्पुर्ण महानुभावहरुमा आभार ब्यक्त गर्दै लोसार कार्यक्रम आयोजक कमिटीका साथिहरुलाई पनि धन्यवाद दिएका छन् ।

विशेष गरी मिडियामा राज्यसत्ता अनलाईन पत्रीकाले अतुलनिय सहयोग पुर्याएकोमा आउंदा दिनहरुमा पनि सहयोगको अपेक्षा राख्दै विभिन्न मिडिया मार्फत शेर्पाले धन्यवाद आभार ब्यक्त गरेका हुन् । 

श्याम राना मगर

 

Last Updated on Monday, 10 March 2014 15:56

Hits: 745

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर