A+ A A-

नेपाली आदिवासी दिवसको उदघाटन जापानीज नागरिकद्धारा


जापान टोयोटासिटी
 १७ अगस्टमा टोयोटासिटीमा सम्पन्न नेपाल आदिबासी जनजाति महासंघको  १४ औं अधिवेशनले मनबहादुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । १९ औं बिश्व आदिवासी दिवससहित सम्पन्न अधिवेशनको मानवअधिकारकर्मी तथा मगरभाषाविद जापानी नागरिक डा मिनामी माकितोले उदघाटन गरेका थिए । मगर भाषामा शोध गरेका मिनामी जापानमा मगर र जनजातिहरुका निम्ति सबैभन्दा ठुलो सहयोगी एकाडेमिसियन मानिन्छन ।


अधिवेशनद्वारा गठित नयाँ कार्यसमितिको सहअध्यक्षमा पासाङ शेर्पा, उपाध्यक्षमा हवलचन्द्र लामा, पेम्बाछिरिङ शेर्पा, योगेन्द्र शेरचन र पदम गुरुङ छन् भने महासचिवमा कान्छा शेर्पा चुनिएका छन् । यसैगरी सचिवमा लाक्पा शेर्पा, शैलेन्द्रविक्रम थापा मगर र हर्क गुरुङ छानिएका छन् भने कोषाध्यक्षमा धन अर्गेजा मगर र भीम गुरुङ चयन भएका छन् । यसैगरी सहकोषाध्यक्षमा बिकास गौचन र तारा आले मगर चयन भए । प्रवक्ताको जिम्मेवारी देवी ईङ्नामले पाएका छन् ।  सदस्यहरुमा लाक्पापुटी शेर्पा, गेले शेर्पा, रुद्र बुढा मगर, रामकुमार बुढा मगर, तिर्थमान बुढा मगर, कौडा बुढा मगर, संगम रोका मगर, तारा तामाङ, सञ्जिव तामाङ, ङवाङशेरे शेर्पा, पेम्बा शेर्पा, पेम्बा लामा, खानु राना मगर, गमप्रसाद जुग्जाली मगर, अपेक्षा मादिम लिम्बु, राम गुरुङ, गोपीकृष्ण गुरुङ, बिजय सुब्बा, दिपक इङ्नाम र लाक्पागेल्मु शेर्पा रहेका छन् । भेलाले सल्लाहकारमा प्रा.डा. केशवलाल महर्जन, गोविन्द श्रेष्ठ र वीरेन्द्र शेरचनलाई चयन गरेकोछ ।


सह-अध्यक्ष जिग्मे शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई स्वागत  संघका उपाध्यक्ष पासङ शेर्पाले गरेकाथिए । आदिबासी दिवस तथा अधिवेशन समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा। मदनकुमार भट्टराई थिए ।  बिशेष अतिथिहरुमा एनआरएन अष्टे्लियाबाट आएका शेष घले र उनका धर्म पत्नी पनी उपस्थित थिए । एनआरएन जापानका अध्यक्ष ओम गुरुङ लगायतका बिभन्न एकल जातीय संघ संस्थाका प्रतिनिधी, राजनैतिक दलका भातृ संगठनका प्रतीनिधीहरु उपस्थित थिए ।


 एनआरएन अध्यक्ष ओम गुरुङले जनजाती आदीवासी बारेमा प्रष्ट पारेकाथिए  ।  कार्यक्रममा मगरहरुको भुमया नाच, शेर्पाहरुको सेबरु र लिम्बुहरुको धान नाच  प्रस्तुत गरिएको थियो । सचिवद्वय श्याम राना मगर र सहसचिब रमेश प्रधानले कार्यक्रमको सञ्चालन गरेका थिए ।
  दिलीप राना मगर

Error: No articles to display