A+ A A-

एनआरएन टोकाईको अध्यक्षमा निमा लामा चुनिए

१२ जुन २०११
गैर आबासिय नेपाली संघ एनआरएन टोकाई होकुरिकुको तेश्रो अधिबेसन आइची स्थित नागोया सिटीको सामुदायिक भवनमा सम्पन्न भएको छ ।  अधिबेसनले निमा लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमति गठन गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा  कृष्ण कुमार भेटवाल र बिष्णु प्रसाद घिमिरे, सचिवमा संदेश पोख्रेल, सह सचिवमा  रचना जैसी, कोषाध्यक्षमा अन्जना खनाल र सदस्य हरुमा क्रमस राजु लामा, नारायण प्रसाद कंडेल, प्रमिला सिग्देल, सुरज मल्ल, हरि श्रेष्ठ, रमेश डंगोल, सुनिता अधिकारी, रुपेश मास्के र मनकामना थापा चयन भएकाछन् ।


अधिबेसनको प्रमुख अतिथिमा एनआरएनका केन्द्रीय अध्यक्ष देवमान हिराचनले  उद्घाटन गरेकाथिए भने समारोहमा टोकाई क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।  कार्यक्रममा निबर्तमान अध्यक्ष बिजय प्रसाद खनालको सभापतित्वो रहेको थियो । स्वागत मन्तब्य संस्थाका सचिव होमप्रसाद अधिकारीले गरेकाथिए । संचालन  संदेश पोख्रेलले गरेकाथिए ।
नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि हिराचनले सपथ ग्रहण गराएकाथिए ।

श्याम राना मगर


Error: No articles to display