A+ A A-

'दलको खोल ओढेर आदिवासी आन्दोलन भाँड्ने देखि सावधान'- बुढा

पुनः ध्रुब भट्टचनको नेतृत्वमा 22 may 2011 मा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल आदिबासी जनजाती महासंघ टोकियोको आइतबार तेश्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशन समारोह पूर्वको बन्द सत्रले सर्बसम्मत ढंगबाट नयाँ कार्यसमितिको गठन गरेको हो ।
अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल आदिबासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष खिमबहादुर बुढा मगरले आदिबासी जनजाती आन्दोलनलाई सहि ढंगले अगाडि बढाउनका लागि हरेक जनजातीहरुले आफुलाई साँच्चिकै जनजातीकारुपमा उभ्याउन सक्नुपर्नेमा जोड दिदैं सदियौंदेखि राज्यसत्ताको बिभेदकारी नीति र संस्कारका कारण जनजातीहरुलाई पछाडि पारिएको बिचार ब्यक्त गरे । उनले संबिधान सभामा २ सय भन्दा बढि सभासद जनजाती भएपनि उनीहरुले जनजातीका आवाज उठाउन नसकेको आरोप लगाउँदैं पार्टीको खोल ओढेर उनीहरु निरिह बन्दै गएको धारणा राखे । नेपालको राजनीतिमा जनजातीहरु जतिसुकै जिम्मेवार र उपल्लो ओहदामा पुगेपनि उनीहरु अरुले हल्लाउदा हल्लिने, तर्साउदा तर्सिने र फकाउदा फकिइने भएकैले जनजाती आन्दोलनले ठोस आकार लिन नसकेको बिचार ब्यक्त गर्दै उनले अगाडि थपे ९ सिद्धान्ततः नेपालमा धर्मनिरपेक्ष घोषित गरिएको भएपनि त्यो ब्यवहारमा लागु भएको छैन, नेपालको राजनीतिक दलहरु आदिबासी जनजातीहरुलाई अहिलेसम्म भोटरकोरुपमा मात्र उपयोग गर्दै आईरहेका छन्, जनजातीको आवाज राज्यद्वारा कहिल्यै सुनिएको छैन र सुन्ने चेष्टा पनि गरिएको छैन, त्यसैले आफ्नो अधिकारका लागि जनजातीहरु आफै सक्षम र सक्रिय हुँदै अगाडि बढ्नुपर्छ ।ू
अध्यक्ष ध्रुब भट्टचनको सभापतित्वमा भएको अधिवेशन समारोहमा सचिव शैलेन्द्रकुमार थापाको स्वागत मन्तब्य रहेको थियो । गत मार्च महिनामा जापानमा आएको बिध्वंशकारी भूकम्प र सुनामीमा परी ज्यान गुमाएका हजारौं ज्ञात अज्ञात आत्माहरुको चिरशान्तिको कामनामा १ मिनेट मौन धारण गर्दै शुरु भएको सो समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका दिए । शुभकामना मन्तब्य दिनेहरुमा मजदुर संगठन जापानका अध्यक्ष केशबप्रसाद, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका कार्यवाहक अध्यक्ष बेलु थापा, नेपाली लोकतान्त्रिक मञ्च जापानका प्रतिनिधि सागर रिजाल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, नेपाल आदिबासी जनजाती महासंघ नागोयाका सल्लाहकार ज्ञान पुन लगायतले नयाँ कार्यसमितिलाई बधाई, तथा शुभकामना ज्ञापन गर्दै आ९आफ्ना बिचारहरु राखेकाथिए । यसैगरी शुभकामना मन्तब्य दिनेहरुमा नेवाः अतरराष्ट्रिय फोरम जापानका अध्यक्ष रविन शाक्य, हातेमालो समाज जापानका महासचिब राजिब श्रेष्ठ, तामाङ समाज जापानका अध्यक्ष एबं नेपाल आदिबासी जनजाति महासंघ टोकियो, जापानका प्रबक्ता सुकमान थिङ तामाङ, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, शेर्पा संघ जापानका बरिष्ठ उपाध्यक्ष लाक्पा गेलु शेर्पा, नेवाः जागरण मञ्च जापानका अध्यक्ष सुनिलकुमार शाक्य, तमुधीं जापानका उपाध्यक्ष पदम गुरुङ, कपिल बस्तु अभियान जापानका संयोजक ओम गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ टोकियो, जापानका सल्लाहकार रेख ब्लोन तामाङ, नेपाल आदिबासी जनजाति महासंघ टोकियोका सहअध्यक्ष एबं नेपाल आदिबासी जनजाति महासंघ जापानका केन्द्रिय महासचिब डा। दिनेश मानन्धरलगायतका थिए ।
यसअघि अधिवेशनको बन्द सत्रले सर्बसम्मत ढंगबाट ध्रुब भट्टचनको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको अध्यक्ष मण्डलका संयोजक एवं महासंघका पूर्व अध्यक्ष ओम गुरुङले घोषणा गरेकाथिए । जसअनुसार अध्यक्ष ध्रुव भट्टचन, सहअध्यक्ष डा। दिनेश मानन्धर, उपाध्यक्षहरुमा क्रमशः जोन छन्त्याल, चन्द्रमान महर्जन, पदम गुरुङ, हवलचन्द्र लामा र देवीबहादुर इङनाम, महासचिव पासाङ शेर्पा, सचिव हर्क गुरुङ र शैलेन्द्रविक्रम थापा, कोषाध्यक्ष जनकराज शाक्य, सहकोषाध्यक्ष अनिला गुरुङ, प्रवक्ता सुकमान थिङ तामाङ, जनसम्पर्क संयोजक ङवाङ सोनाम शर्पा रहेकाछन् ।
यसैगरी सदस्यहरुमा दिनेशकुमार गुरुङ, नरेन्द्रकुमार शाक्य, शरद शेरचन, कुमार मोक्तान, श्री गुरुङ, अनिल भट्टचन, ङवाङ शेरे शेर्पा, नविन थापा मगर चयन हुनुभएको छ भने सल्लाहकारहरुमा रेख ब्लोन तामाङ, डा। केशवलाल महर्जन र ओम गुरुङ छन् ।
महासचिब पासाङ शेर्पाद्वारा सञ्चालन गरिएको सो समारोहको अन्तमा सभाध्यक्ष भट्टचनले अधिवेशन सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दै समारोहको बिर्सजन गरेकाथिए ।

 

एसवी राना मगर

Error: No articles to display