A+ A A-

जापानमा जनजातिका सभासदहरुलाई कालो सुचिमा राखिने

जापानको आइचिकेनमा १२ मार्च २०११ का दिन शेर्पा संघ जापानको आयोजनामा शेर्पा समुदाएको महान पर्ब तथा नया बर्ष च्याक मो ह्योद लो लोसार९२१३८० कार्यक्रम सम्पन्न  भएको छ । 

शेर्पा संघ जापानले हरेक बर्ष लोसार कार्यक्रम मनाउने गरेको छ । संघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली आदिबाशी जनजाती महासंघ जापानका केन्द्रीय अध्यक्ष  केबि मगरले प्रमुख अतिथिको आसनग्रहण गरेकाथिए भने अन्य अतिथिहरुमा विभिन्न एकलजातीय संघ संस्थाका प्रतिनिधि हरु थिए ।  कार्यक्रमको संचालन महासचिव पेम्बा छिरिङ शेर्पाले गरेकाथिए । स्वागत मन्तब्य सचिव सोनाम शेर्पा ले गरेकाथिए । सुभकामना मन्तब्ये दिने क्रममा प्रमुख अतिथि केबि ले देशमा  भईरहेको संबिधान सभाको  संबैधानिक समितिमा आदिबासी जनजातीहरुको  मुख्य मुद्दाहरुको बिरुद्द  मत दिने आदिबासी जनजाति  सभासदहरुलाई   कालो सुचिमा राख्ने र जापानको जुनसुकै कार्यक्रममा  आएमा सबै एकलजातीय संघ संस्थाहरुले कार्यक्रम बहिस्कार  गर्नु पर्ने  भएको बताए । उनले स्पस्ट पर्दै  भने, किन भने हाम्रो आन्दोलन कुनै जातिको बिरुद्दमा नभई, हाम्रो हक अधिकारको बाधक तत्व सबैको बिरुद्द हो ।


सभापति पासाङ  शेर्पाको समापन संगै  दोश्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रममा  विभिन्न मनोरजनात्मक गतिविधिहरु भएको थियो । कार्यक्रममा उपस्थित श्याम रानाले बिंगो खेलको प्रथम पुरस्कार हात पारे ।
विभिन्न गित संगीत तथा मनोरन्जनात्मक गतिबिधि  सहित भएको उक्त कार्यक्रम १३ तारिख बिहान सम्म चलेको थियो ।

एसबि हुन्चिङ

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर