A+ A A-

जापानमा नेपाली गाउँ बन्ने

फाल्गुन २४ आइची
नेपाली राजदुताबासको सक्रियतामा मध्ये जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँ बन्ने भएको छ ।  नागोयाको नोनामी चो स्थित बन्ने उक्त नेपाली गाउँको  भवन मध्ये एक भवनको तल्लो तल्लामा सभा भवन र दोश्रो तल्लामा नेपालको हिमाल, पहाड देखि तराई सम्मका मानिसहरुले प्राचिनकालमा प्रयोग गर्दै आएको ऐतिहासिक हातहतियार, हसिया कुटो कोदालो  तथा  हस्तकलाका सामानहरु, नेपाली परम्परा  र संस्कृति झल्कने खालका विभिन्न पोशाकहरु लगाएतका विभिन्न ऐतिहासिक सर सामानहरुको संग्रहालय हुने छ । उक्त संग्रहालयमा राखिएको प्रवेश शुल्क बाट भएको आम्दानिले नेपालमा  दैविप्रकोप बाट पिडित हरुलाई  राहत स्वरुप प्रदान गरिने भएको छ।
उक्त  नेपाली गाउँका समकक्षमा जापानी नागरिक नोबू ताकाओका रहने बताइएको छ । हरेक बर्ष अप्रिल महिनाको पहिलो र दोश्रो हप्ता नेपाली मेला लाग्ने भएको नेपाली गाउँका ब्यबस्थापक सल्लाहकर निमा लामा द्वारा जानकारी दिइएको छ ।

श्याम राना मगर

Error: No articles to display