A+ A A-

नेपाल मगर संघ जापानको आयोजनामा “गोल्डेन विक सांगीतिक रमझम २०१७”भव्य सम्पन्न

भुवन मगर


Image may contain: 6 people, people on stage

नेपाल मगर संघ जापानको आयोजनामा भएको “गोल्डेन विक सांगीतिक रमझम २०१७” भव्य रुपले सम्पन्न भएको छ । जापानको टोयोटा शहरमा आयोजित उक्त कार्यक्रममा अमेरीकाबाट आमन्न्रित चर्चित लोकदोहोरी गायक सुमन बुढा मगरको साथमा अन्य जापानमा रहेका चर्चित  नेपाली कलाकारहरूले दर्शकहरूलाई अदभुद्  मनोरन्जन दिए ।

Image may contain: 4 people, people standing

गायक सुमन बुढा मगर रमाउँदै "पोईल जान पाम शिव भन्नेलाई मैले ल्याउन पाम" भन्दै स्टेज तत्ताउँदै गर्दा दर्शक दिर्घामा रहेका युवायुवति देखी बुढा पाका सम्म सबैजना सिट छाडेर नाच्न बाध्य भए । कतिपय स्टेजमै गएर सुमन सँग उफ्रिँदै सिठी मार्दै नाच्दा माहौल असाध्यै रंगिन र कोलाहलमय बनेको थियो । उनले कौडा भाका लगायतका अन्य आफ्ना एल्बमका गितहरू पनि गाउन भ्याए ।

Image may contain: 2 people, people smiling, people standing
त्यस्तै गायक सरोज लामा, भुवन सिं थापा मगर, श्याम शितल श्रेष्ठ, कर्मदोङ तामाङ, राजीव लामा, लगायतले पनि निक्कै माहौल तताएका थिए । त्यस्तै मिरा दर्लामी मगर, सिता मगर, पूनम पुन , माया थापा पुन, माया मगर लगायतले नृत्य प्रस्तुत गरे । गायिका लक्ष्मी थिङ् र शर्मीला शेर्पुजाले पनि मिठो गित सुनाए ।

Image may contain: 4 people














संघका अध्यक्ष तथा कार्यक्रमका सभापति  श्री गंगा घर्ति मगरले यो कुनै पैसा खेर्ने (कमाउँने) नियतले आयोजना गरीएको कार्यक्रम नभएर गोल्डेन विक विदामा सँधै नेपाल मगर संघ जापानले गर्दै आएको कार्यक्रमलाई स्थायित्व दिन आयोजना गरीएको प्रष्ट पार्नुभयो । र उहाँले कार्यक्रमलाई विभिन्न तवरले सफल बनाउँन मद्दत गर्नुहुने कलाकार, पत्रकार, विभिन्न संघ संस्थाहरू, प्रायोजक ज्यूहरू, कार्यसमिति र सबै दर्शक महानुभावहरूलाई हार्दिक धन्याबाद दिनुभयो । कार्यक्रामका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ जापानका सह्अध्यक्ष कान्छा शेर्पा ज्यू हुनुन्थ्यो भने औपचारिक उदघोषण संघका महासचिव लक्ष्मण घर्ति मगरले गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष  धनकुमार बुढा मगर ज्यूले दिनु भयो थियो  भने सांगीतिक कार्यक्रम संचालन संघका साँस्कृतिक प्रमुख रुपलाल बुढा मगर ज्यूले गर्नुभयो ।

Image may contain: 3 people, people on stage, people standing and night


Last Updated on Thursday, 04 May 2017 15:21

Hits: 189

नेपाल मगर संघ जापानको सांगीतिक कार्यक्रम सम्पन्न

राज्यसत्ता

 वैषाख,२३-नेपाल मगर संघ जापानको आयोजनामा गोल्डेन विक साँगीतिक रमझम २०१६ जापानको टोयोटा शहरमा सब्य तथा भव्यरुपले सम्पन्न भएको छ । कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित  हाँस्यकलाकार निर आले मगरले पेट मिचीमिची हँसाएका थिए भने पपस्टार मविन्द्र राईले पप गीतबाट दर्शकलाई भरपुर झुमाए साथै चर्चित लोक दोहोरी गायिका तथा उद्घोषिका रुपा जि एमले आफ्नो लोकगित तथा सालैजो भाकाले दर्शक तथा अथितीहरुलाई नचाएर माहोललाई बिशेष रमाइलो गराउन सफल भइन् । साथै जापानमै रहेका कलाकारहरु भुवन सिं थापा, मनु थापा, सरोज लामा, राजीव लामा, श्याम सितलको गायन प्रस्तुतीहरु तथा नेपाल मगर संघ जापानमै आबद्द कलाकारहरुले कौडा तथा सालैजोको नृत्यले माहौलमा अझै रौनक थपिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका जापानका सह अध्यक्ष श्री कान्छा शेर्पा र नेपाल मगर संघ जापानको अध्यक्ष श्री गंगा घर्ती मगरको सभापतित्वमा रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा एन आर एन जापानका पुर्व अध्यक्ष पारस मणि पोख्रेल तथा आदिवासी जनजाती महासंघ जापानका पुर्व अध्यक्ष मन बहादुर पुन मगर रहेका थिए । विभिन्न संघ संस्थाका अतिथी प्रतिनिधिहरुको उपस्तिथीमा नेपाल मगर संघ संघ जापानको महासचिव धन शेर्पुर्जा मगरले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने सांगीतिक कार्यक्रम रुपलाल बुढा मगरले संचालन गरेका थिए ।

यस कार्यक्रमको संयोजकको भूमिका भने नेपाल मगर संघ जापानका पुर्व अध्यक्ष दिलीप राना मगरले गर्नु भएको थियो ।

फोटो फिचरर निशान राना मगर

Last Updated on Thursday, 05 May 2016 14:06

Hits: 264

जापानमा हुने प्रथम संयुक्त ल्होसार साँझ तयारी अन्तिम चरणमा

शान्त पहरी ,टोकियो ।

बिनासकारी भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘प्रथम संयुक्त ल्होसार साँझ २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

यहि फेब्रुअरी ७ तारिख साँझ ४ बजे मेगुरो कुमिन सेन्टर टोकियोमा हुने नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा नेपालको भूकम्प पीडित बालबालिकाको शिक्षामा तथा जापानमा रहेका नेपाली संघ संस्थाहरुबीच आपसी सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेलो जनजाति महासङघ जापानका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनु भयो ।
कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरु नेपाल तारा प्रताप लामा, लोक गायक मिलन लामा, गायिका विष्णु चेम्जोङ लिम्बू, लोकगायिका कोपिला गुरुङलगायतको बेजोड प्रस्तुति रहने जनाएको छ ।
उक्त कार्यक्रम अहिलेसम्मका चलनचल्तीका भन्दा फरक र रोचक हुने भन्दै सहभागी हुन आयोजकले सम्पूर्ण जापानबासी नेपालीहरुलाई आग्रह गरेको छ ।

Last Updated on Saturday, 06 February 2016 13:18

Hits: 263

मगर संघ जापानको अध्यक्षमा दिपक बुर्जामगर

-शिरिस मगर

टाकियो – नेपाल मगर संघ जापानको १८ औं महाधिवेशनबाट अध्यक्षमा दिपक बुर्जामगर निर्वाचित भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।

'पट्ट मगरको काट छानिङ, लहो ढ्ट, धर्म र संस्कृति माम्याकिङ' भन्ने मूल नाराका साथ आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्योतिष घर्तिमगर, उपाध्यक्षमा रित रानामगर, सिता बुढाथोकीमगर, चन्द्र पुनमगर, महासचिवमा योगेन थापामगर, सचिवमा कमल थापामगर, कोषाध्यक्षमा किरण थापामगर र सह–कोषाध्यक्षमा सुनिता रानामगर सर्वसम्मत रुपमा निर्वातिच भएका छन् । त्यस्तै संघको प्रवक्तामा नरेश रानामगर चयन भएका छन् ।

त्यसैगरी, २५ सदस्यीय कार्यसमितिका सदस्यहरुमा दिपेन थापामगर, मोहन थापामगर, राजु छन्त्यालमगर, मदन थापामगर, चेत रानामगर, महेन्द्र थापामगर, धन बहादुर साराङ्कोटीमगर, चेत बहादुर थापामगर (आयुप), मृगेन्द्र हितानमगर, रमेश श्रीषमगर, शिव थापामगर रहेका छन् भने बाँकी तीन सदस्य नवनिर्वाचित समितिको पहिले बैठकबाट थप गरिने जनाइएको छ । नेपाल मगर संघ जापानका संरक्षक गमप्रसाद जुग्जालीमगर संयोजक तथा सल्लाहकारद्वय शैलेन्द्र विक्रम थापामगर र नबिन थापा मगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

कार्यक्रममा संघका संरक्षक गमप्रसाद जुग्जालीमगरले अधिवेशन भनेको विगतको समीक्षा गर्ने दिनभएकाले ती विगतका कमजोरीलाई नयाँ नेतृत्वले सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पनि मगर जातिको मातृभाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षणमा सम्पूर्ण मगरहरुले महत्वपूर्ण भूमिका खेल्दै सबै एकजुट भएर आफ्नो जातिय पहिचान जोगाउन लागिपर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संरक्षक जुग्जालीमगर, शैलेन्द्र विक्रम थापामगर, नविन थापामगर, गायक देवराज आलेमग, महेन्द्र थापामगर, ज्योतिष घर्तिमगर, तुल बहादुर साराङ्कोटीमगर लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरे । निवर्तमान अध्यक्ष थानु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन महासचिव योगेन थापामगरले गरेका थिए भने सदस्य किरण थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा नेपालबाट टोकियो रोधी क्लवको निमन्त्रणामा टोकियो आएका गायक तथा संगीतकार देवराज आलेमगरलाई सम्मान गरेको छ । आलेमगरलाई निवर्तमान अध्यक्ष थानु रानामगर र नवनिर्वाचित अध्यक्ष दिपक बुर्जामगरले खादा ओढाएर सम्पन्न गरेका हुन् ।

Last Updated on Monday, 18 April 2016 13:25

Hits: 273

जापानमा फोनिज तदर्थ समिति गठन

देब पचभैया 

  काठमाडौं, २ बैशाख - जापानको टोकियोमा भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज तदर्थ समिति गठन गरेको छ ।

मंगलबार त्यहा“स्थित थकाली भान्साघरमा आयोजित भेलाबाट शन्त पहरीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको हो । भेलाले उपाध्यक्षमा फुर्वा शेर्पा, महासचिव निशान रानामगर, दुइ सचिवमा मनिराज राई र चमारसिं लामा चयन गरेको छ । यसैगरी भेलाले कोषाध्यक्षमा हरिलाल श्रेष्ठ र सदस्यहरुमा सुनिता मगर, शशिकला मोक्तान, विक्रम लामालाई चयन गरेको छ ।

जापानमा गठन भएको तदर्थ समितिप्रति हार्दिक बधाई तथा शुभकामना सन्देश दिंदैं फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले जापानमा भएका आदिवासी जनजाति पत्रकारहरुलाई एक जुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

भेलामा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, जनजाति महासंघ जापान शाखाका उपाध्यक्ष पासाङ शेर्पा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Last Updated on Wednesday, 15 April 2015 08:59

Hits: 513

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी