A+ A A-

मगर संघ अमेरीकाको महाधिवेशन सम्पन्न,अध्यक्षतामा कुलदीप !

दिल प्रसाद थापा मगर
कुल बहादुर राना मगर (कुलदीप ) को अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध निर्बाचित ।



मिति जुन २४, २०१८ आइतबारको दिन मगर संघ अमेरिका केन्द्रिय समितिको सातौ राष्ट्रिय महाधिबेसन सम्पन्न भएको छ । अमेरिकाको मुख्य शहर न्युयोर्कमा आयोजित त्यस कार्यक्रमलाई मगर संघ अमेरिकाको पूर्व महासचिब तथा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाका केन्द्रिय अध्यक्ष र कार्यक्रमका मुख्य बक्ता मान बहादुर राना मगर र संघका केन्द्रिय अध्यक्ष रुद्र आले मगरले नेपालका प्रथम सहिद लखन थापामगरको फोटोमा खादा अर्पण गरि उद्घाटन गर्नु भएको थियो ।

यस कार्यक्रम उद्घाटन शत्रमा कार्यक्रमका मुख्य बक्ता मानबहादुर राना मगर साथै अमेरिकामा रहनुभएका मगर समुदायका अग्रज व्यक्तित्व तथा संघका सल्लाहकार डा.गंगा पुर्जा पुनमगर, मगर संघ अमेरिकाका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार थापामगर, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार दल बहादुर रोकामगर, आदिबासी जनजाती महिला महासंघ का अध्यक्ष संगिनी रानामगर, नेपाल प्रहरीका पूर्व डि.आइ.जी. पार्वती थापा मगर, नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका अध्यक्ष सुमन बुढामगर, बोस्टन मगर समाजका अध्यक्ष सुर्य बहादुर थापामगर, नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका सल्लाहकार तथा मगर संघ अमेरिकाका पूर्व सल्लाहकार प्रदीप परियार थापामगरले शुभकामना मन्तब्य राख्नु भएको थियो ।



शुभकामना मन्तब्य राख्ने क्रममा सम्पूर्ण अतिथि हरुले मगर संघ अमेरिकाले उपलब्धिमुलक काम गरिरहेको र अझै थप उपलब्धिमुलक कामको लागि अमेरिकामा रहेका सम्पूर्ण मगरहरु एक भै अगाडी बढ्नुको विकल्प नरहेको जिकिर गर्नु भएको थियो । मगर संघ अमेरिका  केन्द्रिय समिति का अध्यक्ष रुद्र आले मगरको अध्यक्षतामा   सम्पन्न भएको सो कार्यक्रमको उद्घाटन सत्रको संचालन / सहजीकरण सघका कार्यबाहक महासचिब नरेन्द्र थापामगरले  गर्नु भएको थियो । यसै गरि यस सातौ राष्ट्रिय महाधिबेसनको बन्दशत्रमा संघको संगठनिक प्रगति प्रतिबेदन  कार्यबाहक महासचिब नरेन्द्र थापामगर र आर्थिक प्रतिबेदन कोषाध्यक्ष अनिता थापामगरले प्रस्तुत गरि बृहद छलफल गरि पारित गरेको थियो ।

मगर संघ अमेरिकाको दश बुदे आगामी कार्ययोजनाको घोषणा गरि सम्पन्न बन्द सत्रले कुल बहादुर  रानामगर (कुलदीप) को अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति निर्बिरोध निर्बाचित गरेको थियो । यस नया कार्यसमितिको बरिस्ठ उपाध्यक्ष लक्ष्मी कुमारी रानामगर, उपाध्यक्षहरुमा अनिल रोकामगर , अम्बर रजान मगर र रुकु राना मगर , महासचिव सुमन पुन मगर , सचिव मन बहादुर थापा सर्बुजा मगर , कोषाध्यक्षमा रवि  थापामगर  , सहकोषाध्यक्ष आशिष थापामगर हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र प्रताव मगर, चन्द्र बहादुर गुर्मछान मगर, खुम कुमारी थापामगर, बिष्णु थापामगर, दिनेश बुढामगर र बिरेन्द्र पुन मगर हुनुहुन्छ ।

संघका सल्लाहकार तथा निर्वाचन  समितिका प्रमुख आयुक्त डा. गंगा पुर्जा पुनमगरको सहजिकरणमा सम्पन्न सो बन्दशत्रमा मगर संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टर समिति, न्युजर्सी , न्युयोर्क च्याप्टर समिति लगायत बोस्टन, कनेक्टिकट गरि अमेरिकाभरिका ५० भन्दा बढी प्रतिनिधि पर्यबेक्षक हरुको उपस्थिति थियो । यस महाधिबेसन बाट नया कार्यसमिति निर्बाचनको लागि डा. गंगा पुर्जा पुन मगरको नेतृत्वमा संगिनी रानामगर र प्रदीप परियार थापामगर सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो । कार्यक्रमको अन्त्यमा आफ्नो कार्यकाल अबधिमा र यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई संघको तर्फबाट अध्यक्ष रुद्र आले मगरले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

Last Updated on Monday, 25 June 2018 07:32

Hits: 819

मगर 'चलचित्र लोम्वाले' अमेरीकामा उत्कृष्ट

मच्छे  गुरुङ
Image may contain: 5 people, people smiling, people standing

न्यूयोर्क, अमेरिका  - नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ ।

२३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव’ आयोजना गरेको हो ।

तीन दिनसम्म चलेको महोत्सवमा मगर भाषाको कला र संस्कृतिमा आधारित चलचित्र लोम्वाले, नेपाल आदिवासी उत्कृष्ट चलचित्र अवार्ड–२०१७ हात पारेको छ । लोम्बाले, उत्कृष्ट चलचित्रको अवार्डसँगै एक लाख नगद र प्रमाण पत्र प्राप्त गरेको छ । लोम्बा नेपाल आदिवासी जनजाति चलचित्र अवार्ड जित्न सफल भएको हो । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने अवार्ड ग्रहण मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप रानामगरले ग्रहण गरेका थिए ।

महोत्सवमा विभिन्न भाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै विभिन्न ११ वटा विधामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा ट्रफि प्रदान गरिएको हो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही,  लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’ राई भाषाको ‘सुम्निमा, र मुस्ताङी चलचित्र ‘शेरढाक’ चलचित्र प्रर्दशन गरिएको महोत्सवक मिडिया महत्सव संयोजक मनि बाग्देलले जानाकारी दिनु भयो ।

यसैगरी, लघु चलचित्रहरु नेवारको ‘कल्ली’ राक्ष् भाषको पुवालो, र  मुगालको ‘फेके’, को प्रर्दशन गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट नायकको उपाधी मुस्ताङ भाषाको चलचित्र शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । नोमिनेशनमा गुरु परेका मैरिमोका गमन घले, कृष्णा गौतमीका कर्मा शाख्य, र लोम्बाका जनक बुढामगरलाई पछि पार्दै गुरुङले उत्कृष्ट नायकको उपाधी उचाल्न सफल भएको हो । त्यस्तै, उत्कृष्ट नायिकाको उपाधी गुरुङ भाषाको चलचित्र मैरिमोकी नायिका सपना गुरुङले जितेकी छिन् । मैरिमोसहित सेम तावा म्हीबाट सुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, हेलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई उत्कृष्ट नायिकाको लागि नोमिनेशनमा परेका थिए ।

महोत्सवमा उत्कृष्ट कथाको उपाधी राइ भाषाको चलचित्र सुम्निमाका प्रविण पुमालाई प्रदान गरिएको छ । लोम्वाबाट अनिल बुढा मगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णागौतमीबाट रामकृष्ण खड्गी, यो अवार्डका लागि नोमिनेशनमा परेका थिए ।

त्यस्तै तामाङ भाषी चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले उत्कृष्ट संगीतक निर्देशको उपाधी आफनो पोल्टामा पारेको छ ।  लिम्बु भाषको चलचित्र हेलुक्वाका गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ट  पाश्र्व संगीत निर्देशकको उपाधी हात पार्न सफल भएका हुन् ।

महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । उपाधीका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी पनि नोमिनेशनमा परेका थिए ।
यसैबीच, उत्कृष्ट सम्पादनको उपाधी कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पारेको छ । कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही यो उपाधीका लागि नोमिनेशनमा परेका थिए ।

त्यस्तै उत्कृष्ट भेषभुषातर्फ, उपाधी लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । लोम्वासँगै, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा उत्कृष्ट भेषभुषाका लागि नोमिनेशनमा परेका थिए ।
यसैगरी, उत्कृष्ट चलचित्र निर्देशकको उपाधी पनि लोम्वाका अनिल बुढा मगरले नै प्राप्त गरेका छन । मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् ।
 
पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले पाएको छ । उत्कृष्ट छोटो चलचित्रको उपाधी भने पुवालोले जितेको छ । यो उपाधीका लागि फेके र कल्ली नोमिनेशनमा परेका थिए महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा विशेष समारोहकाबीच समुद्घघाटन गरि शुरु गरिएको थियो । राज्य र मुलधारबाट सिमान्तकृत नेपालका आदिवासी चलचित्रहरु मार्फत आदिवासी जनजातिको, कला, भाषा, संस्कृति परम्परालाई संवद्र्धन गर्न, आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै अन्तर्रा्ष्ट्रिय स्तरमा प्रबद्र्धदनका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक मच्छे गुरुङले जानकारी दिएको छ ।  महोत्सवले नेपालका आदिवासी जनजातिको हक अधिकार  सवाललाई उजागर गर्दै पहिचानको मुद्धालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुग्न फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताउनुभएको छ । अध्यक्ष वाइवाले भवियष्समा पनि यस्ता महोत्सवमा आयोजना गर्दै जाने जानकारी दिनुभयो । उहाँले, फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सम्पूर्ण चलचित्रकर्मी, सहभागी सबैलाई महोत्सव सफल बनाउन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । यसैबीच, चलचित्र उपाधी वितरण गर्दा धाँधली भएको भन्दै केही चलचित्रकर्मीले कार्यक्रम स्थलमा नै विरोध गरेका थिए । समापन समारोह बिनिता तामाङ र प्रशन एलुङ राइले सञ्चालन गरेका थिए । विभिन्न स्थानिय कलाकारले हामी आदिवासी  जातिय भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

‘छनौटमा भएका सम्पूर्ण चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिएको थियो । महोत्सवमा आदिवासी जनजाति चलचित्र महोत्सव २०१७’ बाट पुरस्किृत गुरुङ० भाषाको ‘कर्म क्या’ (गुरुङ) को बिशेष प्रर्दशन गरिएको थियो ।
‘महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेको थियो भने दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाण्डो सचिवालयले छनौट गरेको थियो र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेको थियो । चलचित्र छनौट समितिमा डा. कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृत बहादुर सुनुवार रहेका थिए ।

चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्थाको रुपमा रहेको फिप्नाले जनाएको छ ।

 

Last Updated on Wednesday, 13 September 2017 02:38

Hits: 628

अमेरिकाको न्युयोर्क मा ३५ औ मगर दिवस सम्पन्न

 

दिल प्रसाद थापा


Image may contain: 18 people, people standing, people sitting and indoor

न्युयोर्क, फेब्रुअरी 27 - अमेरिकाको न्युयोर्क मा ३५ औ मगर स्थापना दिवस मगर संघ अमेरिका न्युयोर्क च्याप्टरले नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको कार्यलयमा एक समारोह आयोजना गरि मनाएको छ ।

मगर संघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन मगर को सभापतित्वमा भएको समारोहमा नेपाल मगर सघका केन्द्रीय सस्थापक अध्यक्ष स्वो. हेम बहादुर पुन मगर को तस्बिरमा खादा अर्पण गरि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष मङल दास श्रेष्ठले गर्नु भएको थियो ।

Image may contain: 3 people, people sitting, table and indoor

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यम पुन मगरले गरेका थिए भने प्रमुख अतिथी मङल दास श्रेष्ठ, मगर संघ अमेरिका महासचिव मान बहादुर राना मगर, फिन्पाका माहसचिव प्रेम गुरुङ, संघीय परिसद सभाध्यक्ष बिनोद पोमो, एन आर एन न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, एडवानका अध्यक्ष बिस्नुमाया परियार, फिन्पाका कोषाध्यक्ष कुलदिप राना मगर, युएस नेपाल अनलाईन डटकम का प्रमुख सम्पादक प्रदिप परियार थापा मगर, एनआर एन न्युयोर्क कोडिनेटर पूनम राना मल्ल, धोक्प्या समाज अमेरिकाका अध्यक्ष लाम्साङ धोक्प्या, नेपाली अमेरिका कलाकार संघ अध्यक्ष सुमन बुढा मगर, जनसम्पर्क न्युयोर्क का महासचिव महेश मल्ल उपस्थित अतिथीहरुले ३५ औ मगर स्थापना दिवसको सुभकामना दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले स्थापना दिवसको धरातलमा रहेर मगरात पहिचान, प्रथम सहिद लखन थापा मगर घोषण बैधानिक दिने, मगर भाषा, भेषभूषा संरक्षण गर्न सकक्षम भएको औल्याएका थिए । उक्त दिनले मगरहरु मा एकताको सन्देश दिएको भन्दै अन्य संघ सस्थाले पनि मगरहरु बाट सिक्न पर्ने बताएका थिए ।


कार्यक्रम मगर संघ न्युयोर्क च्याप्टर सचिव दिपक बाराकोटी मगरले संचालन गरेका थिए ।


फोटो: दिल प्रसाद थापा

 फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।

अमेरिकाको न्युयोर्क मा ३५ औ मगर दिवस सम्पन्न(केहि फोटो झलक)

Last Updated on Tuesday, 28 February 2017 04:45

Hits: 1063

उमा वेंचर्सले नेपालमा लगानी नलगाउने

 उमा वेंचर्सले
Image may contain: 1 person, smiling, closeupउमा वेंचर्समा पार्ट्नर पंकज श्रीवास्तव
अगष्ट २ - अमेरिकाको सिलिकन भ्यालि र वॉशिंग्टन डी.सी. स्थित इनवेस्टमेंट कंपनी उमा वेंचर्सले नेपालमा लगानी नलगाउने निर्णय गरेको छ | विगत पाँच महीना देखी नेपालमा लगानी गर्ने तयारि गरिरहको कंपनीले नेपाली राजदूतावास दिल्ली र काठमांडौमा इनवेस्टमेंट कान्फरेन्स पनि गरेको थियो | उमा वेंचर्सले अहिले सम्म अमेरिका र भारतमा लगानी गर्दै आएको छ |


केहि महीना अगाडी मात्र उमा वेंचर्सले तीस लाख अमेरिकी डलर नेपालको विभिन्न कंपनीमा लगाउने निर्णय गरेको थियो |

कंपनीमा नेपाली, अमेरिकी र युरोपियन पार्टनरहरु छन | कंपनीले नाम नखुलेको अर्कै नेपालमा रहेको युरोपियन कंपनी सॅंग मर्जर पनि गरिरहको थियो | सो क्रममा कंपनीले धेरै संकास्पद र "अनफ्रेंड्ली रेग्युलेटरी बर्डन" पाएको कंपनीका पार्ट्नर पंकज श्रीवास्तवले भन्नु भयो |

Image may contain: 1 person, smiling, hat and suitनिवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशी
निवर्तमान उद्योग मंत्री नबिंद्र राज जोशीले नेपालमा लगानी भित्राउने पहल गर्नु भएको थियो |
उहाँले सो समितको लागी उमा वेंचर्स सॅंग पार्टनरशिप गर्नु भएको थियो | उहाँको नेतृत्वमा नेपाल इनवेस्टमेंट बोर्ड र उमा वेंचर्सका श्रीवास्तवले यसै जून महीनामा सिलिकन भयालीमा बृहत दक्षिण एशिया समिट गरेर नेपालमा बीस करोड़ डलर भित्राउने प्लान भएको थियो |  अब नेपालमा लगानी नलगाउने निर्णय भएकोले सिलिकन भ्यालि समिट पनि रद्द गारिएको जानकारी  पंकज श्रीवास्तवले दिनू भयो |

Last Updated on Wednesday, 06 September 2017 14:27

Hits: 212

बातावरणप्रती कसरी अनुदार बन्दैछन राष्ट्रपती ट्रम्प

बिजय हितान


Image may contain: 2 people, people sitting and glasses

डोनल्ड ट्रम्प चुनावी अवधीभरी बिबादित बने । यैले राष्ट्रपती भएपछी झनै त्यो क्रम जारीछ । आप्रबासिहरुलाई अमेरिका प्रबेशबाट रोक्न उनको बिशेष आदेस अदालतमा स्थगित छ भने बातावरण अमैत्री नितिले अमेरिकन राष्ट्रपतिय इतिहाँसमा उनी सर्बाधिक अलोकप्रिय राष्ट्रपती साबित भएकाछन । उनको आर्थिक उन्नतिका निति यती बातावरण अमैत्री छन कि- जल, जमिन, र वायु झनै प्रदुशित बन्नेछन । जलबायु परिवर्तन रोकिने छैन । आदिबासिहरुका प्राकृतिक स्रोत र साधनप्रतिको हक र अधिकारको हनन हुनेछन । जैबिक बिबिधता र बन्यजन्तु सम्रक्षणमा ह्रास आउनेछ ।
 
आदिबासिको अधिकारमा ट्रम्पको हस्तक्षेप
सर्बप्रथम त बाराक ओबामाको पालामा रोक्का लगाइएको तेलको पाइपलाइन बिछ्याउने परीयोजनालाई ट्रम्पले सुरुगर्ने भनेका छन । ११०० माइल भन्दा लामो तेल पाइपले डकोटा राज्यमा बस्ने हङ्पापा लकोटा र यङ्तोनाइ डकोटा जस्ता इन्डियन आदिबासिको बस्तिलाई सखाप पार्नेछ । ओहियो ताल र मिसौरी नदी मुनी सुरुङ खनेर तेलको पाइप बिछ्याउनुपर्ने हुन्छ । जसको कारणले पिउने पानीको स्रोतलाई दुशित तुल्याउन सक्ने सम्भावना छ । यो परीयोजनाको बातावरणिय प्रभाव सर्बेक्षणले समग्रमा बातावरणलाइ प्रतिकुल असर पार्ने निचोड निकालेको थियो । फल्स्वरुप त्यस भेगका आदिबासी र सम्रक्षण अभियानकर्ताहरुले चर्को बिरोध गरे । तत्पस्चात ओबामाले परीयोजनालाई अगाडि बढाउन अस्विक्रित गरिदिए । ट्रम्पले भने आर्थिक बिकासको नाममा बातावरणलाई घातक सिद्द भएको उक्त परीयोजनाको निर्माणकार्य सुरुगर्ने भएका छन ।
 
ट्रम्प पर्खालको बातावरणिय प्रभाव
मेक्सिकन आप्रबासिलाई अमेरिका प्रबेसबाट रोक्ने भनेर ट्रम्पले ५० फिट अग्लो १९०० माइल लम्बाइको पर्खाल निर्माण गर्ने भएकाछन । यसले गैरकानुनी तरिकाले अमेरिका छिर्नखोज्ने मानिसहरुलाइ त रोक्ला । तर बन्यजन्तुको आवतजावतमा बाधा आउँला कि न आउँला ? मानिसकोलागी पो अन्तरदेसिय साँध र सिमाना हुन्छन । प्रकृतिमा रम्ने बन्यजन्तु र चराचुरुङ्गिलाई यि कुरा लागु हुँदैन । मेक्सिको-अमेरिका सिमानाको भुभाग बन्यजन्तु र चराचुरुङ्गि बसाइसराइका लागी एक सम्बेदनशिल पर्याबरणिय क्षेत्र हो । जागुआर र भालु जस्ता लोपान्मुख जन्तुहरु सहवासको सिलसिलामा यो सिमाना वारीपारी गर्नुपर्छ । ट्रम्पको पर्खालले यि जन्तुहरुको सन्तानोत्पादन प्रकृयामा बाधा पुर्याउने देखिन्छ । त्यसैले कलान्तरमा यि बन्यजन्तु लोप हेनेछन । पर्खाल निर्माणको क्रममा निर्माण सामग्रीको ओसारपसारले उत्सर्जन गर्ने हरितग्रिह्य ग्यासले मौसम परिवर्तनलाई बढावा दिनेछ । बनजङलको फडानी र जमिनको खनजोतले स्थानिय इकोलोजीमा नकारात्मक असर पार्नेछ । जसले बाढिपैरो को सम्भावनालाई निम्त्याउनेछ । यती लामो कङ्क्रिटको पर्खाल प्रकृतिको त्यो सुन्दर छातीमा कोरिँदा सौन्दर्यताको बिनाश त नहुने कुरै भएन ।
 
ट्रम्पले २०१५ को पेरिस जलवायु सम्झौतालाई पनि नमान्ने भनेका छन । १९५ राष्ट्रले जलबायु परिवर्तनको असरलाई न्युन पार्न गरेको एक्यबद्दतालाई कुनै मान्यता नदिने धम्की दिएका छन । जलबायु परिवर्तनमा नियन्त्रण ल्याउन गरिएका एस अघिका क्योटो प्रोटोकल जस्ता महासन्धिहरु अमेरिकि उध्योगधन्दा र ब्यवसायलाई घाटामा पार्न गरिएको र फाईदा जती सबै चाईनालाई हुने उनले बताउँदै आएका छन । अमेरिका जस्तो बिकसित अर्थतन्त्र सम्हाल्ने देसका राष्ट्रध्यक्ष्यले जलबायु परिवर्तनका सन्धिहरुबाट हात निकाल्न खोज्दा बातावरणबिधलाई ठुलो चिन्तामा डुबाएको छ । बिल क्लिन्टनको पालामा उपराष्ट्रपति बनेका आल गोर सबैभन्दा बातावरण-मैत्री नेता मानिन्छन । उनको जलबायु परिवर्तन र यसको कारण सम्बन्धी जनजागरण कार्यलाई नोबेला शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो । अमेरिकि बैज्ञानीकले मानबिय गतिबिधी नै जलबायु परिवर्तनको प्रमुख कारण मानिरहेको बेलामा त्यही देसका शासनमा आसित नेताले बातावरण सम्रक्षणमा सहकार्य गर्न नखोज्दा सारा बिस्व अैले अन्योलमा परेको छ ।  ट्रम्पको यस्तो गतिबिधी बातावरण बलात्कारीताको छवी हो ।
 
ब्रेक्जिट र ट्रम्पको बिजयमा रसियाको हात
ट्रम्पका उग्र निती र भाषणले विश्व राजनैतिक सराकमा हलचल मच्चाइदिएकोछ । यदी उनले जे बोलेका छन तिनलाई कार्यननयन गरे भने विश्व मानचित्रमा धेरै परिवर्तन आउनसक्ने देखिन्छ । विश्व राजनैतिक शक्तिकेन्द्र पश्चिमा मुलुकबाट रसिया र पूर्वतिर शिफ्ट हुनसक्छ । ट्रम्पजस्ता बिजिनेसमेनले हिल्लारि जस्ती अनुभवी राजनेत्रिलाई पछार्दै चुनाव जित्लान भनेर कसले चिताएको थियो र ! न त पब्लिक सर्भेले नै यस्तो होला भनेर भबिष्यबाणी गरेको थियो । ब्रेक्जिट परीणाम पनि त सर्बसाधारणले सोंचेजस्तो भएन ।
 
बेलायतको ब्रेक्जिट र ट्रम्पको जित हुनमा कतै रसियाको हात त थिएन ? कम्पुटर प्रणालिको मद्दतले हुने चुनावि बिधिलाई रसियनले यि दुबै मतदानमा साइबर अटेक गरेको हुनसक्छ । गत सालको जनमत संघ्रहमा मतदानको बेला कम्पुटरलाई ह्याक गरिदिएर झिनो मतले भए पनि बेलायतलाई युरोपबाट बाहिरिने बनाईएको हुनसक्छ । सयुक्त अधिराज्य टुक्रियोस भन्नको खातिर स्कटलेन्डका ६० प्रतिसत जनताले युरोपमै बस्न मत हालेको बनाइदियो । ब्रेक्जिटले युरोपलाई कमजोरी बनाइदिनेछ । युरोप कमजोर हुनु भनेको रसियाको बर्चस्व बढनु हो ।
 
रसियाको यस्तो चलाखि अमेरिकन राष्ट्रपतिय चुनाव छेका पनि देखियो । त्याँहाको भोटिङ कम्प्युटर प्रणालिमा रसियाद्वारा ह्याक गरिएको हुनसक्ने सम्भावना प्रसस्त छ । राष्ट्रपती पुटिन बिरुद्द खरो ढंगले उत्रेकी हिल्लारिलाई हार्ने गराएर पुटिनलाई मन पराउने ट्रम्पलाई जिताइएको हुनसक्छ । यसरी ट्रम्प र पुटिनको मित्रताले भने विश्व शान्तिमा नयाँं सितलता छाउनेछ र विश्व बढी सुरक्षित हुनसक्छ । अैलेको साइबर युद्द, जुन दिन फिफाले २०१८ विश्वकप रसियालाई प्रदान गर्‍यो त्याँहादेखी सुरुभएको हो । त्यसपछी ब्रिटिश र अमेरिकाले फिफामा भ्रश्टाचारको छान्बिन गर्‍यो र रसियन खेलाडिहरुलाई ओलम्पिकमा भागलिनबाट बन्चित गराइयो । रसियाले त्यसैको बदलामा यि दुई चुनावहरुमा हस्तछेप गरेको हुनसक्छ ।     
 
आतङकबादिहरुले बेलायत र अमेरिकालाई घुन्डा टेकाए
यि दुई अप्रत्यासित परीणामहरु बिनलादन, तालेवान, आइसस र तिनका आतङ्कबादी गतिबिधिले पनि हुनसक्छन । युरोपमा गतसाल लाखौंको सङ्ख्यामा मध्य-पूर्व राष्ट्रहरुबाट सरणार्थि र आप्रबासिहरु युरोप भित्रिय । त्यसको लगत्तै युरोपका केही सहरहरुमा आतङ्कबादी गतिबिधिहरु देखिए । सयौं सर्बसाधारण कती गोलीबाट त कती ट्रकको किल्च्याईबाट मृत्‍युको मुखमा परे । यसले बेलायती र अमेरिकि जनतामा भय उत्पन्न गरायो । फल्सरुप राष्ट्रबादी चिन्तनका दलहरु र उम्मेदवारहरुप्रती समर्थन बढ्यो । परीणाम स्वरुप ब्रेक्जिट आयो र ट्रम्प बिजय भए । यि जितहरु अैलेको विश्वब्यापिकरणको युगमा बेलायत र अमेरिकाको हार हो म भन्छु । यि दुई राष्ट्रको साम्राज्यबादी नितिमा लगाम लागेको म देख्दछु । अन्तत्व आतङकबादिहरुको, मुसलमान समुदायको जित भएको म मान्दछु । युगौं युगान्तरको साङ्घ्रषले बेलायत र अमेरिका जस्तो सक्तिशाली राष्ट्रलाई आफ्नै सिमानाभित्र खुम्च्याउन सफल भयो ।
 
यि दुई राष्ट्र ब्यापार बढाएर आफ्नो देसको आर्थिक उन्नती पनि गर्न चाहन्छन । उता आप्रबासीको अागमनलाई कडा पार्न पनि चाहन्छन । यिनी चिचिको पनि लोभ पापाको पनि लोभ गर्छन् । भुमन्डलीकरणले आर्थिक उन्नती ल्याएको हो । आर्थिक उन्नती जहिले पनि मानिसको खुल्ला स्वतन्त्र आवत जावतमा निर्भर पर्छ । त्यसैले आप्रबासी अागमनलाई रोक्छु र आर्थिक उन्नतिको फाईदा पनि लिन्छु भन्ने तर्क एकआपसमा बाझिने बिषय हुन । उत्पादित मालसामनको निर्यात र पैठारिमा मानबिय सङ्ख्या तथा तिनको सिप पनि निर्यात र पैठारी हुन्छन । यसलेगर्दा आप्रबाशी कटौती गर्ने भन्ने यि दुई राष्ट्रको निती भ्रम मात्रै हो ।
 
बर्गर र कोक बहिस्कार
ट्रम्पको ७ मुसलमान राष्ट्रप्रतिको यात्रा बन्देजलाई ति राष्ट्रहरुले कडारुपमा बिपत्ती जनाए । बिपत्ती जनाउनुको सट्टा अमेरिका जस्तै आफ्नो देसलाई बिकसित बनाउनतिर लाग्दा राम्रो हुने थियो ताकी भबिश्यमा आफुले पनि अमेरिकिहरुलाई यात्रा बन्देज लगाउन सकियोस । अमेरिकाको यस्तो मानव अधिकार बिरुद्दको निर्णयप्रती मेरो पनि ब्यक्तिगत आक्रोश छ । अबदेखी म्यक्डोनाल्डको बर्गर नखाएर र कोक नपिएर मैले त्यसको बिरोध जनाउने बाचा गरेको छु । जे होस २०१६ को बेलायत र अमेरिकाको पत्त्यारै नलाग्दो राजनैतिक परीणामले बिस्वमा हलचल पैदा गरिदिएको छ । जसले बिस्वका अन्य राष्ट्रलाई पनि आत्मनिर्भर बनाउन सक्ने र यि दुई राष्ट्रको दादागिरी अब सधैंकालागि अस्ताएर जाने सम्भावना देखिन्छ । तथापी बातावरण सम्रक्षण र सम्बर्धनको मुद्दा ज्युंकात्युं रहनु हामीसबैकालागी लज्जास्पद्द छ ।

Last Updated on Monday, 20 February 2017 16:11

Hits: 362

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर