A+ A A-

तमु समाज हंगकंग स्थापना सँगै हंगकंगेली गुरुङहरुले मनाए खुशीयाली ,दुई लाख बीस हजार डलर सहयोग प्राप्त

मुककाजी गुरुङ

 हंगकंग,१७ सेप्टेम्बर - १३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हंगकंगको प्रथम भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट गत ३० अगस्त २०१५ का दिन गठन गरिएको तमु समाज हंगकंग तदर्थ समितिलाई बिघटन गरेर कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

  कार्यक्रममा अध्यक्ष कोमल गुरुङ स्याङ्जाली कान्छालाई अध्यक्षताको रुपमा मञ्चमा आसिन गराएका थिए भने हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोक बिशिष्ट आतिथ्यको रुपमा आसिन थिए र कार्यक्रमको शुरुवातमा तमु समाज हंगकंग स्थापनाको बारेमा कार्यक्रम संचालक बिशन गुरुंगले उपस्थित तमु महानुभावहरुलाई जानकारी
गराएका थिए।

  यसैक्रममा तमु समाज हंगकंग स्थापनाको बारेमा उपस्थित तमु बुद्धिजीवी महानुभावहरुलाई आ-आफ्नो भनाईहरु प्रस्तुत गर्ने सु-अवसर दिईएको थियो। मन्तब्य ब्यक्त गर्नेमा मर्दीखोला सेवा समिति हंगकंगका अध्यक्ष रक्षा गुरुंग, तमु ट्हो ह्युल हंगकंगका पूर्व सचिव मिन गुरुंग, तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुंग लगायत तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुंगले आ-आफ्नो भनाईहरु ब्यक्त गरेका थिए । वक्ताहरुले तमु समाज हंगकंगलाई हर कदममा साथ दिने बचन बद्धता जाहेर गरे भने समाजको बिधान लेखनमा समेत सहयोग गर्ने बताए।

  मन्तव्यको क्रममा, मर्दीखोला सेवा समितिका अध्यक्ष रक्षा गुरुंगले तमुहरु विश्वको जुनसुकै ठाउमा रहेता पनि एकता हुनु पर्ने राय ब्यक्त गरे भने हंगकंगमा रहेका तमुहरु जुन सा-साना कुराहरुमा अल्झिरेका छन, बिवाधित भईरहेका छन। अब यो तमु समाजले यी कुराहरुलाई मिलाएर अगाडि बढ्नेछ भन्ने शुभकामना ब्यक्त गरे।

  मन्तब्यकै क्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुंगले हंगकंगमा तमु समाजको आवश्यकता खट्किरहेको अवस्थामा तमु समाजको स्थापना भएकोमा खुशी ब्यक्त गरे भने गत ८ सेप्टेम्बर २०१५ का दिन तमु ट्हो ह्युल हंगकंगद्वारा आयोजित प्रेष विज्ञप्ति मार्फत तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशन घोषणा पश्चात छदम गुरुङहरुले सम्मानित अध्यक्ष मण्डल लगायत   निवर्तमान कार्यसमिति र निर्वाचित कार्यसमितिलाई विभिन्न आरोप, प्रत्यारोप लगाउदै सामाजिक संजालहरुमा भ्रामक लान्छाना लगाउदै हंगकंगबासी तमुहरुको मुटुको ढुकढुकी तमु ट्हो ह्युल हंगकंग माथि नै धावा बोल्ने काम भईरहेको भन्ने जुन झुठो आरोपप्रति आपात्ति जनाए। जबकि तमु ट्हो ह्युल हंगकंग, हंगकंगबासी तमुहरुको मुटुको ढुकढुकी भन्ने र सम्मानित अध्यक्ष मण्डलले प्रेष विज्ञप्ति मार्फत गुरुङहरुलाई नै "छदम" गुरुङहरु भनेर नकारात्मक सम्बोधन गर्ने? के हंगकंगबासी गुरुङहरुले (छदम ) को अर्थ बुझ्न नसकेका हुन कि? यस अर्थलाई तमु समाज हंगकंग मात्र नभएर हंगकंगबासी गुरुङहरु घोर बिरोध गर्न सक्ने बताए। यसै प्रश*गमा कार्यक्रममा उपस्थित तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुङलाई यसको बारेमा प्रश्न ठडाएका थिए।

  मन्तब्यकै क्रममा तमु ट्हो ह्युल हंगकंगका निवर्तमान सल्लाहकार डम्बर गुरुङले हालसम्मको तमाम गुरुंग हरुले समर्थन गरेको संगठन तमु ह्युल छोजधी भएको र उक्त सगठनको बिधानमा गुरुङहरुको कुल धर्म बोन धर्म हो भने पहिचान धर्म बुद्ध धर्म भएको स्पष्ट रुपमा लेखिएको र सारा गुरुङहरुलाई समेटिएको बताए र भोलिको दिनमा पनि तमु समाज हंगकंगले यी दुबै धर्मलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको भन्दै तमु समाज स्थापना भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरे। बोल्ने क्रममा पूर्व बक्ता तमु राष्ट्रिय मुक्ति मोर्चाका पूर्व अध्यक्ष बिष्णु गुरुङ्ग्को भनाईलाई उद्धृत गर्दै आफु तमु ट्हो ह्युलमा नाम मात्रैको सल्लाहकार भएको बताए। यसैगरी गत ३० अगस्त २०१५ का दिन तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशनमा कोमल गुरुङ्को उम्मेदवारीलाई बदर भन्दा पनि छानबिन समिति बनाई निर्णय गरिनु पर्ने भनाई ब्यक्त गरे।

  अन्तमा, अध्यक्ष कोमल गुरुंगले पनि आफ्नो भनाईहरु ब्यक्त गरेका थिए। बोल्ने क्रममा कोमल गुरुंगले मुटु माथि ढुँगा राखी हांस्नु परिरहेको अवस्था भईरहेको भन्दै दुखेसो पोखे। गत ३० अगस्त २०१५ का दिन म एउटा गुरुङ्को छोरालाई गैर गुरुङ भन्दै तमु ट्हो ह्युल हंगकंगको आठौ अधिवेशनबाट अयोग्य ठहर गरि उम्मेद्वारी बदर गर्नु कहासम्मको उचित होला? जबकि कोमल गुरुङ स्याङ्जाली कान्छा तमु ट्हो ह्युल हंगकंगको बिधान अनुसार सन २००७ मा आजीवन सदस्यता लिएर २००९ मा ईच्छा कुमारी गुरुङ्ग्को कार्यकालमा उपाध्यक्ष, क्रमैसंग निवर्तमान सल्लाहकार भईसकेको व्यक्तिलाई गुरुङ नै होईन भनेर अध्यक्ष पदको उम्मेदवारीबाट बदर गरिएको थियो।

  यसै क्रममा गुरुंगले हो हिजोको दिनमा आफु थापा भएर हंगकंग आएको र वर्तमान परिवेशमा आफ्नो परिचय पत्र (आईडी) मा गुरुङ नै परिवर्तन गरिसकेको भन्दै उपस्थित जनमानसलाई आफ्नो परिचय पत्र (आईडी) देखाएका थिए। स्मरण रहोस सन ९० को दशक यता हंगकंग आईडीमा आउनेहरु लगभग ३०,४० प्रतिशत एक अर्काको आईडीमा आएको हुंदा गुरुङ पनि मगर भएर आएका छन भने मगर गुरुङ, यसैगरी राई लिम्बु कोहि गुरुङ, कोहि गुरुङ राई लिम्बु भएर आएको प्रशस्तै भेटिन्छन। त्यसै मध्येमा कोमल गुरुङ स्याङ्जाली कान्छा गुरुङ भएर पनि गैर गुरुङ भन्दै अध्यक्ष पदको उम्मेदवारीबाट अयोग्य ठहरिएका थिए र गुरुङले अहिले सम्म तमु ट्हो ह्युल हङकङलाई सकेको आर्थिक, नैतीक र भौतिक सहयोग गर्दै आएकोमा ३० अगस्त २०१५ लाई कालो रातको संज्ञा दिंदै १३ सेप्टेबर २०१५ देखी सम्पूर्ण गुरुङ्हरुलाई एकताको शुत्रमा उनेर लैजाने उद्धेश्यले तमु समाजको स्थापना गरेको बताए।

  कार्यक्रमको दोस्रो चरणमा तमु समाज हंगकंगको उद्घाटन शत्रलाई हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्म गुरु खेन्पो ङ्वाङ थोग्क्षोकले दीप प्रज्ज्वलन गरी उद्धघाटन गरेका थिए। कार्यक्रम उद्घाटन लगतै तमु समाज हङकङ तदर्थ समितिलाई बिघटन गर्दै औपचारिक रुपमा कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको
  थियो भने नवनिर्वाचित कार्यसमितिलाई उपस्थित तमु महानुभावहरुले खादा लगाई सम्मान गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए। क्रमिक रुपमा ३० अगस्त २०१५ कसैको लागि कालो रात भयो भने कसैको लागि तमु समाज हंगकंगलाई केहि गर्नु पर्छ भन्ने सो*चका साथ नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले दिल खोलेर आर्थिक सहयोग गरे ।

१३ सेप्टेम्बर २०१५ का दिन निर्वाचित तमु समाज हंगकंगको नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेको छ।

१, अध्यक्ष- कोमल गुरुङ (स्याङ्जाली कान्छा)
२, प्रथम उपाध्यक्ष - मन प्रसाद गुरुङ
३, सचिव- बिशन गुरुङ
४, कोषाध्यक्ष - बिकास गुरुङ
५, प्रवक्ता - नारायण गुरुङ
६, मिडिया प्रवक्ता - मुक काजी (काजी) गुरुङ
७, सदस्य - कल जित गुरुङ
८, सदस्य - अमृत गुरुङ
९, सदस्य - सन्तोष गुरुङ
१०, सदस्य - रमेश गुरुङ
११, सदस्य - नरेश गुरुङ
१२, सदस्य - दुत गुरुङ
१३, सदस्य - भिम गुरुङ
१४, सदस्य - गंगा गुरुङ
१५, सदस्य - किसन गुरुङ
१६, सदस्य - पुष्प राज गुरुङ
१७, सदस्य - रक्षा गुरुङ
१८, सदस्य - राम गुरुङ
१९, सदस्य - पदम गुरुङ

सल्लाहकारहरु:-

१, काशी गुरुङ
२, याम बहादुर गुरुङ
३, अर्जुन गुरुङ
४, गोपाल गुरुङ
५, किरण गुरुङ
६, भान बिर गुरुङ
७, नरेन्द्र गुरुङ
८, मोहन (टिला) गुरुङ

उक्त (१३ सेप्टेम्बर २०१५) का दिन आर्थिक सहयोग गर्ने पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नामावली यस प्रकार छन ।

१, सल्लाहकार, काशी गुरुङ, हंगकंग डलर- ५०,०००
२, सदस्य, रमेश गुरुङ, हंगकंग डलर- २५,०००
३, कोषाध्यक्ष, बिकाश गुरुङ, हंगकंग डलर- २५,०००
४, अध्यक्ष, कोमल गुरुङ, हंगकंग डलर- २०,०००
५, सल्लाहकार, याम बहादुर गुरुङ, हंगकंग डलर- १५,०००
६, सदस्य, नरेश गुरुङ, हंगकंग डलर- १५,०००
७, उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर, यनलुङ, हंगकंग डलर- १०,००१
८, सल्लाहकार, अर्जुन गुरुङ, हंगकंग डलर- १०,०००
९, सल्लाहकार, नरेन्द्र गुरुङ, हंगकंग डलर- १०,०००
१०, सदस्य, दुत बहादुर गुरुङ, हंगकंग डलर- १०,०००
११, सदस्य, अमृत गुरुङ, हंगकंग डलर- ५,०००
१२, सदस्य, कलजित गुरुङ, हंगकंग डलर- ५,०००

यसैगरी तमु समाज हंगकंग स्थापना भई सके पश्चात केहि गुरुङ तथा गैर गुरुङ शुभचिन्तकहरुले पनि तमु समाज हंगकंगलाई ठूलै आर्थिक सहयोग गरेका छन। जुन सहयोग दाताहरुको नामावली यस प्रकार रहेको छ।

१, श्याम गुरुङ्ग, हंगकंग डलर- १०,०००
२, हेम चन्द्र क्षेत्री , हंगकंग डलर- १०,०००

हालसम्म कुल रकम हंगकंग डलर (२,२०,००१) दुई लाख बीस हजार एक डलर तमु समाज हंगकंगलाई प्राप्त भएको छ।
सहयोगी हातहरुलाई तमु समाज हंगकंग मुरी मुरी धन्यवाद ब्यक्त गर्दछ।

(लेखक : तमु समाज हंगकंगका मिडिया प्रवक्ता हुन)

Last Updated on Thursday, 17 September 2015 22:22

Hits: 671

राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व चाहिन्छ : खासु मगर

राज्यसत्ता,

हंगकंग, १३ अगष्ट -आदिवासी जनजाति महासंघ हंगकंगको योजनामा  १० अगष्टका दिन   सम्पन्न एक्काइसैां विश्व आदिवासी दिवसको प्रमुख आतिथ्य ग्रहण गरी सम्बोधन गर्दै गंगा खासु मगरले अहिलेको संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दाको बारेमा त्यस्तो केही उल्लेख नभएको र दिवासीको हकमा राज्यको हरेक अंगमा समानुपातित प्रतिनिधित्व चाहिने बताइन ।

त्यसैले सुझाब सहित पुर्नलेखन हुनु पर्ने माग राखिएको र यसो नभए आन्दोलनको विकल्प नभएको बताइन । महिलाहरूको हक अधिकारको लागि पनि देश विदेशमा भएका महिलाहरू एक हुने समय एको बताइन । खासु मगर नेपाल मगर महिला संघकी के.सका अध्यक्ष , नेपाल आदिवासी जनजाति संर्घष समितिकी कोषाध्यक्ष , नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिब र राष्ट्रिय जनमुक्ति पार्टीकी पोलिट ब्युरो सदस्य हुन । उनि बुटवल बाट प्रकाशित साप्ताहिक राज्यसत्ताका उपसम्पादकमा लामो समय सम्म काम गरेका अनुभबि पत्रकार समेत हुन ।

कार्इ फोङग हल चिम सा सुर्इमा सम्पन्न उक्त कार्यक्रममा देव पचभैया मगरले विशेष आतिथ्य ग्रहण गरी सम्बोधन गरेका थिए । पचभैया मगर पाल्पा श्रीनागर एम एमका स्टेशन मेनेजर सहित फोनिजका क्षेत्रिय संयोजक , विविसीका सम्बाददाता,हिमाल खबर पत्रिकाका सम्बादाता,उज्यालो एफएम ९० नेटवर्क  साथै राज्यसत्ता डट कमका पत्रकार हुन ।

आदिवासी बर्ष पुरूष र बर्ष महिलामा कुमार गुरूङ र रचना प्रधान सम्मानित भएका छन । जातिय संस्थाहरूले झाँकी पनि प्रस्तुत गरेका थिए । आदिवासी जनजाति महिला महासंघ टीका रानाको संयोजकत्वमा गठन गरीएको छ ।

एनआरएनका अध्यक्ष ललित सुब्बा,नेपाली महासंघका अध्यक्ष रीता गुरूङ लगायत अन्य अन्य अतिथिहरूले पनि बोलेका थिए । संघका पुर्व अध्यक्ष भुपेन्द्र चेम्जोङले दिवसको बारेमा जानकारी दिएका थिए । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरले समापन सम्बोनध गर्दै हाम्रो हक अधिकारको लागि न्दोलन जारी छ भन्दै सवै जनालार्इ सहयोग गर्न ह्वान गरेका थिए । महासचिब हस्त मास्वाको सञ्चालनमा उपाध्यक्ष दुर्गा गुरूङले स्वागत मन्वब्य दिएका थिए । 

Last Updated on Thursday, 13 August 2015 18:45

Hits: 804

नेपाली महासंघ हङकङको अधिवेशन भांडभैलो गरि सम्पन्न

वल्लव रोकाबाट महाधिवेशनको स्थलगत रिपोर्ट   

हङकङ ,५ अगष्ट -  स्थानीय पाकिस्तान  क्लवको सभाकक्षमा भएको ३२ वटा संयुक्त नेपाली संस्थाहरु आबद्द रहेको  'हङकङ नेपाली महासंघ'को ९ औं महाधिवेशन तिव्र विवादका वावजुत सम्पन्न भएको छ ।

 

एनआरएनका बर्तमान अध्यक्ष ललित लिम्वूलाई प्रमुख अतिथि बनाइएको स्टेजमा महासंघका सल्लाहकारहरुलाई लहरै राखेर निर्धारित समय दिंउसो २ वजे भनेर ५:३० मा सुरु भएको कार्यक्रममा हेजेन राई, हेम लिम्वू र वसन्त श्रीनेटको तीन सदस्य निर्वाचन मण्डलीले दोस्रो चरण मुख्य विषयमा प्रवेश गरेका थिए ।                  

कोषाध्यक्षको प्रतिवेदन, विधान प्रतिवेदन, नव कार्यसमिति (नपाई) खोजि गरिनु आदिले लामो समय खाएकोले गर्दा मध्य रातको १२:३० मा मात्र सम्पन्न भएको छ थियो ।            

उक्त अधिवेशनमा नेतृत्व चयनमा चुनाव  हुँदा नेपाल क्लवकी अध्यक्ष रिता गुरुङले ३६ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएकीछिन भने उनको प्रतिद्वन्द्वी झापा मञ्चका अध्यक्ष छत्र सुव्वाले १९ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा टंक राना मगर, महासचिवमा मोती चाम्लिङ राइ र सचिवमा सुमन थापा मगर निर्विरोध चयन भएका थिए भने कोषाध्यक्षमा धेरैलाई आव्हान गर्दा पनि कोहि पनि बस्न इन्कार गरेकोले सो पद खाली हुन पुगेको छ ।  

अत्यन्तै अपारदर्सी र हेलचेक्र्याइ किसिमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको आर्थिक हिसावकितावमा गत दुईवर्ष अघिनै महासंघको लागि घर किन्न उठाईएको लाखौ डलर, गतवर्ष सांस्कृत कार्यक्रममा उठाईएको रकम, गत नेपाल भूकम्प पीडितहरुको नाममा चन्दा शुल्क उठाईएको हिसाव नदेखाई,सिंधै हङकङ डलर २ लाख, साडे ८७ हजार घाटा भएको अपत्यारिलो हास्यांसपद देखाईएको थियो ।

विभिन्न संस्थाहरुको अधिकांस प्रतिनिधि  पार्सद र पर्यवेक्षकहरुले  पालै पालो असन्तुस्टिका कुरा उठाउदा पनि संस्थापनवाट नजवाफ वनिएका थिए । पुन निर्वाचन मण्डलीहरुले यसको जवाफ अध्यक्ष प्रदीपले दिनेकी उपाध्यक्ष रिताले दिने ? भनेर माएकिङ गर्दा पनि केहिवेर पछि रिता आएर कुरा अर्कैतिर मोडीदिएपछि झन भांडभैलो र विकराल रुप लिएकोथियो ।

यहाँ रमाईलो कुरा  त यो भयोकी त्यत्रो हलमा खैलावैला हुदांपनि अध्यक्ष प्रदीप थापा चाहिं मौसम विग्रिएको दिनझैं निदाउरो उदास चेहरामा पछाडी कुनामा गएर वसेकाथिए । जुन कृयाकलापलाई उपस्थितहरुले गाईजात्रे प्रहसन नाटकझैं मञ्चन हंस्यौंलीको रुपमा भरपुर रमाईलो मानिरहेका थिए । अन्त्यमा, विकल्पको वाटोमा जाने भनेर आर्थिकको यो गम्भिर विषयलाई १ महिनाभित्र छिनोफानो गर्ने भनेर टंक रानाको संयोजकत्वमा सात सदस्य छानविन समिति चुनिएको थियो ।

कार्यक्रम संचालक मोती चाम्लिङको दोर्याई तिर्याई आसन ग्रहण र भाषण ग्रहण पट्यारलाग्दो भएको उपस्थित पार्षद र पर्यवेक्षकहरुको गुनासो सुनिन्थ्यो । निर्धारण गरि उपस्थितहरुलाई दिउंसोको २ वजेवाट रातको १२:३० सम्म त्यत्रो महाधिवेशन गरिंदापनि चिया नास्ताको व्यवस्था नगरिनु आयोजकहरुको कमजोरी देखिन्थ्यो । त्यस्तै अध्यक्षमा दुईजना र महासचिवमा एकजना आकांक्षी वाहेक अन्य पदमा मान्छे पदपूर्ति गर्नु आयोजक र निर्वाचन मण्डलीलाई वडो मुस्किल हुदैगर्दा धेरै वीच मान्छे हानाथाप खोजी गर्दा-गर्दा उपाध्यक्ष र सचिवमा वस्ने मान्छे अन्तिममा भेटिएको थियो भने कोषाध्यक्षमा डामाडोल र भांडभैलो हिसावले गर्दा वर्तमान अवस्थामा भ्रष्टाचारको वाछिटाले लाग्ने डरले कोहिपनि वस्न नमानेकाले निर्वाचन मण्डली खाली पदको घोषणा गर्न वाध्य भएका थिए ।                

अध्यक्षका उम्मेद्वार  द्वयलाई २,२ मिनेटको वोल्ने समय दिएपछि  रिता गुरुङले "अहिले सम्म महासंघमा छ जना भुपु अध्यक्षहरु सवै पूर्वका थिए, त्यस कारण अव पश्चिमलाई जिताउनोस" भन्दै क्षेत्रिय साम्प्रदायिक कुरा ओकेलिकी थिईन् ।जस्ले गर्दा गुरुङको पक्षमा पश्चिमेली संस्थाहरुवाट सत प्रतिसत मत खसेको थियो ।

अर्का उम्मेद्वार छत्र सुव्वा भोलीपल्टनै अधिवेशन हुदैछ भन्दा अघिल्लो रात मात्र  चुनाव लड्न तम्सिंदै, महासंघ भित्र भएको भ्रष्टाचार र अनियमिततालाई वेलैमा पर्दाफास गर्न नसक्नु, अन्य संस्था त परै जावस पूर्वेलीहरुलाईनै मन जित्न नसक्नु आदि उनको कमजोरीपन देखिन्थ्यो । जस्को परिणाम सुव्वालाई केहि लिम्वूलेनै अन्तरघात गरेर सिकार वनाएका थिए ।           

स्मरणिय छ, महासंघमा आवद्द भैसकेर २ जना भगवान चाम्लिङ र हेजेन राइ महासंघको अध्यक्ष पद खाइसकेर पनि किरात राई यायोख्खा, फियोना,भुपु सैनिक संघ, भोजपुर समाजसेवा, लमजुङ समाज सेवा आदि संस्थाहरुले यस्तै गाईजात्रे प्रविद्विले गर्दा  महासंघ परित्याग गरेका थिए भने अहिले सम्म एनआरएन, हेभेन्लि पथ, च्याम्वर अप कमर्श, आमा समुह, कृयाशिल साहित्यिक संस्थाहरु आदिले महासंघमा आवद्द हुन चाहेकै छैनन् ।

Last Updated on Friday, 07 August 2015 08:19

Hits: 857

संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन भएन: खासु मगर

राज्यसत्ता,

हंगकंग, ८ अगष्ट - मगर संघ हंगकंगको अठारौं बार्षिक उत्सवमा प्रमुख आतिथ्य ग्रहण गरी सम्बोधन गर्दै गंगा खासु मगरले अहिलेको संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दाको बारेमा त्यस्तो केही उल्लेख नभएको बताइन ।

त्यसैले सुझाब सहित पुर्नलेखन हुनु पर्ने माग राखिएको र यसो नभए आन्दोलनको विकल्प नभएको बताइन । खासु मगर नेपाल मगर महिला संघकी के.सका अध्यक्ष , नेपाल आदिवासी जनजाति संर्घष समितिकी कोषाध्यक्ष , नेपाल आदिवासी जनजाति महासंघकी महासचिब र राष्ट्रिय जनमुक्ति पार्टीकी पोलिट ब्युरो सदस्य हुन । उनि बुटवल बाट प्रकाशित साप्ताहिक राज्यसत्ताका उपसम्पादकमा लामो समय सम्म काम गरेका अनुभबि पत्रकार समेत हुन ।

याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा देव पचभैया मगरले विशेष आतिथ्य ग्रहण गरी सम्बोधन गरेका थिए । पचभैया मगर पाल्पा श्रीनागर एम एमका स्टेशन मेनेजर सहित फोनिजका क्षेत्रिय संयोजक , विविसीका सम्बाददाता,हिमाल खबर पत्रिकाका सम्बादाता,उज्यालो एफएम ९० नेटवर्क  साथै राज्यसत्ता डट कमका पत्रकार हुन ।

  आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगर,हालै सम्पन्न अधिवेशनबाट चयन भएका नेपाल मगर बौद्ध समाजका उपाध्यक्ष हिरा थापा मगर लगायत अन्य विशेष अतिथि र अतिथिहरुले पनि बोलेका थिए । भुकम्प पिडितहरुलाई सहयोग गर्ने ब्यक्ति तथा संघहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो । मगर संघ हंगकंगको आजिवन सदस्यलार्इ ताम्रपत्र वितरण गरीएको थियो ।

उपाध्यक्ष थल श्रीसमगरको सञ्चालनमा सदस्य तथा पुर्व उपाध्यक्ष मनोज सुर्यबंशी मगरले स्वागत मन्तब्य दिएका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले समापन सम्बोधन गर्दै सवैलाई धन्यवाद दिएकी थिइन । बन्द सत्रको कार्यक्रम संघकै कार्यलय हलमा हुने अध्यक्षले जानकारी गराएकी थिइन ।

बन्द सत्रमा महासविच बोध विक्रम थापा मगरले कार्य प्रतिबेदन र कोषाध्यक्ष निलम थापा मगरले लेखा प्रतिबेदन प्रस्तुत गरी पास भएको थियो ।

थप फोटो हेर्न यो लिङक क्लिक गर्नुहोस: मगर संघ हंगकंगको १८ बार्षिक उत्सब कार्यक्रम

 

Last Updated on Thursday, 13 August 2015 16:59

Hits: 756

लुम्बिनी मञ्चको छैठोै अधिबेशन सम्पन्न

राज्यसत्ता

लुम्बिनी मञ्च हङकङले छैठोै अधिबेशन जोर्डन रोड हङकङ स्थित लुम्बिनी क्लबमा मञ्चको अध्यक्ष नर प्रसाद थापाको अध्यक्षता सम्पन्न गरेको छ । प्रमुख अतिथिको अाशन ग्रहण मञ्चका बिधान मस्योैदाकार तथा संस्थापक अध्यक्ष हेम राज थापाले गरेका थिए । कार्यक्रमको सन्चालन मञ्चका सचिव भरत थापाले गरेका थिए । साथै कोष बिबरण कोषाध्यक्ष यम लाल कडेलले प्रस्तुत गरेका थिए । बार्षिक प्रतिबेदन बिबरण सचिव भरत थापाले प्रस्तुत गरेका थिए ।
उपस्थित सभाले बिधान संसोधन सम्बन्धमा छलफल गर्दा केहि बुंदा माथि संसोधन गर्ने निर्णय गरेको छ । लुम्बिनी मञ्च, हङहङमा स्थापित संघ संस्थाहरू मध्ये भिन्न प्रकारको स्वच्छ छवि कायम गर्न सफल मध्येको संस्थामा लिन सकिन्छ । बुद्धको जन्मभुमी पवित्र स्थल लुम्बिनीको नाउमा स्थापना भएको मञ्च पवित्र, स्वच्छ,र निर्मल संस्था मध्ये एक हो । बिधानको प्रस्तावनामा लेखिए बमोजिम मञ्च सबै नेपालीको साझा फूल बारी हो । यस मञ्च भित्र सबै प्रकारका फूलहरू फुलन सक्नेछन । हाल सम्म यो मञ्चले यहि बिधानको नियमलाइ अनुसाशित तरिकाले पालना गर्दै अाएको पाइन्छ ।
यसै अनुरूप हेम राज थापा र एम बि थापाको अध्यक्ष मन्डलले निम्न बमोजिमका नयाँ कार्यसमितिका पदधिकारीलाइ प्रस्ताब राखेकोमा उपस्थित जन सभाको सर्ब सम्मतिमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ चयन कार्यसमितिका पदाधिकारीहरूः

१.अध्यक्ष- गणेश जंग राना
२.उपाध्यक्ष- पुरन खडका
३.सचिव- देबिन थापा
४.सहसचिव- रिक्त (पछि पदपूर्ती)
५.कोषाध्यक्ष- यम लाल कडेल
६.सहकोषाध्यक्ष- रिक्त (पछि पदपूर्ती)
सदस्यहरूः
१.वरिष्ट सदस्य- प्रेम बहादुर गलामी
२.सदस्य- (क) लक्ष्मी थापा
३.सदस्य- (ख) लक्ष्मी थापा
४.बिनोद थापा
५.रमेश चोैधरी समेत गरी एघार सदस्यिय कार्यसमिति चयन गरेको छ ।

Last Updated on Tuesday, 21 July 2015 10:38

Hits: 654

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६