A+ A A-

चुम्लुङ हङकङले विकट दुई जिल्लालाई बाह्रलाख सहयोग गरे

चन्द्र मादेन 'आन्छन्'

हङकङ, अक्टुवर ७, चुम्लुङ हङकङले विकट दुई जिल्लालाई बाह्रला रूपैया सहयोग गरेका छन् । 

  

नेपालको ताप्लेजुङ स्थित गत जुन १० वुधवारमा गएको वाढीपहिरोले झण्डै ५ दर्जनले अकालमा ज्यान गुमाएका पीडित परिवारहरुलाई  र गत वैशाक १२ गते गएको विनासकारी भूकम्पले सिन्धुली जिल्लाको तीनकन्या गाविसका भूकम्प पीडित परिवारहरुलाई ६, ६ लाख गरि १२ लाखको आर्थिक सहयोग किरात याक्थुङ चुम्लुङ हङकङले गरेको  कुरा अध्यक्ष त्रिभुवन लुम्फुङवाले वताउनुभयो ।      

हङकङ चुम्लुङका वाढी पीडित संयोजक एवं उपाध्यक्ष  असली(कमलकुमारी) वनेम गत महिना खुद लिम्वुवानको ताप्लेजुङमा गई (वंहा भर्खरै कर्मक्षेत्र हङकङ फर्किनुभाछ) त्यहिंको स्थानीय कियाचुलाई रोहवरमा राखि लिवाङ, खोक्लिङ, लिङतेप, सान्थाक्रा, खाम्लुङ, थुकिम्वा र थिङलावु गाविसका पीडित परिवारहरु सवैलाई क्षति हेरि पाँच हजार देखि ३० हजार सम्मका नगद र लताकपडा वितरण गरिएको कुरो जानकारी गराउनुभयो । वाढिपीडितको निम्ति तेह्रथुम मञ्चका श्याम ईङनाम लगायतको व्यक्तिहरुको सहयोग रहेको थियो ।

                  

उता अर्को  बैशाक १२ गतेको विनासकारी भूकम्पमा घरबास गुमाएका सिन्धुली तीनकन्या गाविसका १६ घर परिवारलाई  पनि किरात याक्थुङ चुम्लुङ हङकलेनै अस्थाई घर बनाइदिएको छ । चुम्लुङका शुभचिन्तक एवं एवीसी टेलिभिजनका सम्वादाता मिलन योङयाको टोलीद्वारा उक्त विकट स्थानमा पुगि पीडितहरुलाई  हस्तान्तरण गरिएको थियो ।

अरु जिल्लाहरु जस्तै सिन्धुली जिल्लाको तीनकन्या गाविसमा पनि बैसाख १२ गतेको विनासकारी भूकम्पको प्रभाव परेको थियो । तर, धेरै मानिसको नजरमा यातायातको असुविधा र वोलीदिने नभएकोले तीनकन्या गाविस परेन । तीनकन्याका भूकम्प पीडितको अवस्था नाजुक थियो । आफुले राहत नपाएको अवस्थामा दिनंहु जसो अरुले राहत पाएको खबर सुनिरहेका तीनकन्यावासी भेदभादको अथाहा पीडा थिए ।

तर, तीनकन्यावासी भूकम्प पीडितलाई सहयोग गर्ने पनि भेटिए । तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवारलाई किरात याक्थुङ चुम्लुङ हङकङले अस्थायी घर बनाइदिने प्रतिवद्धता जनायो । प्रतिवद्धता जनाएको करिव दुई महिनापछि चुम्लुङको सहयोगमा १६ वटा घर निर्माण सम्पन्न भयो । अब सिन्धुली तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवार आफ्नै घरमा बस्न थालेका छन् ।

किरात याक्थुङ चुम्लुङ हङकङको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका १६ वटा अस्थायी घर र लत्ताकपडा परिवारलाई हस्तान्तरण गरेको थिए । भूकम्पले घर भत्काएपछि तीनकन्याकै मञ्जु गुरुङ १० वालबच्चा सहित बाख्रा खोरमा कस्टकर  दिन बिताइरहेका थिए ।

लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ हङकङले भूकम्प प्रभावित तीनकन्यावासीलाई अस्थाइ घर बनाइदिने योजना अघि सार्दा नेपालीले मात्र होइन अन्य देशका नागरिकले पनि सहयोग गरेका छन् ।

चुम्लुङले अघि सारेका  भूकम्प प्रभावितको लागि घर बनाउने अभियानमा एभरेष्ट तेक्वान्दो एकेडेमीका फाईप डान रविन कुमार नाल्बो,  ईस्वो (लिम्वू)समाज साथै विभिन्न व्यक्तिहरुले सहयोग गरेको चुम्लुङ अध्यक्ष लुम्फुङवाले जानकारी दिनुभयो ।

चुम्लुङको अभियानमा हङकङमा बासोबास गरिरहेका कोरियन नागरिक एभरेष्टका तेक्वान्दो गुरु ओ जुङ पीलले समेत आर्थिक सहयोग गरेका थिए । यो अभियानको नेतृत्व नेपालका स्थानीय संयोजक  आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरूङले गरेका छन् । जम्मा ४ लाख ४० हजार रुपैया नगद , एक लाख बराबरको कपडा र अन्य खर्च ६० हजार गरि ६ लाख रुपैयाको लगानीमा बनेका १६ वटा घरहरु धेरै लगानीमा बनाइएका घरहरुभन्दा कम छैनन् । साना र चिटिक्क घरहरु बनेका छन् ।

स्मरण रहोस - किरात याक्थुङ चुम्लुङ हङ्कङ्को गतवर्ष दशौं अधिवेशन देखि यता मातृभूमी नेपालमा निरन्तर प्रकृतिक प्रकोप परिरहेको छ । चाहे ताप्लेजुङमा पटक पटक आगो लागि हुँदा होस , चाहे अनिस्ट वाढीपहिरो जांदाहोस या सिंगो देशमा भूकम्पमा अकालमा धेरैले जिऊधन गुमाउदा होस चुम्लुङ हङकङ नित्य धारावाहिक अहोरात्र खटिई चन्दा उठाई यसरी आर्थिक सहयोगमा जुटिईरहेको छभने , अर्कोतिर चुम्लुङहिम (कार्यालय घर) खरिदको लागि दिनरात भोकप्यास, तिर्खालाई थांतिराखि हिम प्रतिनिधिहरु हङकङमा व्यस्त भैरहेको छ, जस्को वावजुद अहिले हङकङ डलर दशलाख(नेपाली रु झण्डै १ करोड, ४० लाख) उठिसकेकोछ ।

Last Updated on Wednesday, 07 October 2015 16:57

Hits: 625

हामी उठ्ने छौं भन्दै सहयोगी हातहरु हंगकंगबाट उठे

भीम बरही मगर, १ अक्टोवर, हंगकंग, कान्तिपुर दैनिकका हंगकंग संबाददाता निर्मल श्रेष्ठले आफ्नो कर्म क्षेत्र हंगकंगलाई बनाएका छन । सुरज गुरुङु पनि हंगकंगकै हुन् । यी दुइ भाइ मिलेर भुकम्प पिडित दलित बस्ती मात्रै बनाएनन, हामी उठ्ने छौ भन्ने नारा लिएर संसार भर जाने लक्ष्यका साथ पहिलो कार्यक्रम हंगकंगमा सब्य र सफल रुपमा सम्पन्न गरे । नेपालका वरिष्ट तथा ख्यातीप्रप्त कालकारहरुले यसमा साथ दिए । १ अक्टोवरमा युनलोङ थेटर हलमा आयोजित कार्यक्रमलाई सफल पार्न नेपालबाट बरिष्ट कलाकाहरुको हंगकंग आगमन भयो । लामो समय अमेरीका बसेर कलाकारीता क्षेत्रलाई पुन जिवन्त दिन शुरु गरेका सरोज खनाल र सरीता गिरीको नाटक प्रस्तुति हंगकंगमा पहिलो र नौलो थियो । राजेश हमाल, करीष्मा के सी, कोमल ओली, दिनेश डीसी, मेनुका प्रधान, विनय श्रेष्ठ, सुष्मा कार्की, दिपक लिम्वु, पुजा मगर र मिडिया क्षेत्रमा भुषण दाहालको प्रस्तुति रहेको थियो ।
भुकम्प पिडितहरुको आत्माको चिर शान्तिको कामना गर्दै संसार भर कार्यक्रम गरेर भुकम्प पिडितहरुलाई सहयोग गर्ने उद्घोष गरीएको थियो । हंगकंगमा नयाँ र नौलो ढंगले प्रस्तुत गरीएको कार्यक्रम रोचक रहेको थियो । 

Last Updated on Saturday, 03 October 2015 15:37

Hits: 586

भारतीय गोर्खा भूपूले मनाए पाचौं तथा प्रथम वार्षिक उत्सव

मुककाजी (काजी) गुरुङ्

हङकङ , १९ सेप्टेम्बर २०१५ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र भारतीय गोर्खा भूपू क्लब हङकङले एकै साथ आफ्नो पाचौं तथा प्रथम वार्षिक उत्सव जोर्डनस्थित आफ्नै क्लब हाउसमा एक औपचारिक कार्यक्रम बीच सम्पन्न गरेका छन ।

संघका उपाध्यक्ष कलजित गुरुङ्को बृद्ध पिता दल बहादुर गुरुङ्ग्को प्रमुख आतिथ्यमा अध्यक्ष जजिन चाम्लिङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने हंगकंगस्थित विभिन्न संघसंस्थाका प्रमुखहरुलाई कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

उपस्थित अतिथिहरुमा भूपू क्लबका अध्यक्ष मन प्रसाद गुरुङ, संस्थापक अध्यक्ष जंग बहादुर गुरुङ, हंगकंग नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, ब्रिटिश गोर्खा भूपूका उपाध्यक्ष खर्क प्रशाद राई , संघका कानूनी सल्लाहकार शहदेव राई, संघकै सल्लाहकार याम बुढाथोकी, सल्लाहकार किरण गुरुङ, चेम्बर अफ कमर्श हंगकंगका अध्यक्ष डाँसुराम पराजुली, नेपाली आदिबासी जनजाती महासंघका अध्यक्ष एम बी थापा मगर , खोटाँग समाजका अध्यक्ष तेज प्रकाश राई, किरा*त याक्थुँग चुम्लुँग हङकङका अध्यक्ष त्रिभुवन लुङ्फुवा, तमु प्ये ल्हु संघ हंगकंगका प्रतिनिधी सचिव भोजेन्द्र गुरुङ, तमु समाज हंगकंगका अध्यक्ष कोमल गुरुङ स्याङ्जाली कान्छा थिए ।

अन्य अतिथिहरूमा हङकङ एकिकृत नेपाली समाज (हिन्स)का अध्यक्ष बिनय शाह, नेपाली कांग्रेस जनसम्पर्क हंगकंगका अध्यक्ष बसन्त श्रीनेट , मिलन फ़ाउण्डेशन नेपालका संरक्षक मिलन गुरुङ, अकलादेबी समाज स्याङ्जाका अध्यक्ष भानबिर गुरुङ, एकीकृत नेपाल कम्यूनिष्ट पार्टी हङकङ शाखाका अध्यक्ष रबिन लिङ्देन र हङकङ नेपाली अल्पसंख्यक संगठनका अध्यक्ष अशोक कुमार गहतराज सुनारलाई अतिथिको रुपमा मञ्चमा आसिन गराएका थिए भने केहि संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु कार्यक्रममा अनुपस्थित रह्यो। यसैगरी स्थानको अभावमा स*घका केहि सल्लाहकार, विशिष्ट व्यक्तित्व लगायत पत्रकार सह-कर्मीहरुलाई यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए ।

संघका उपाध्यक्ष कलजित गुरुङ्ग्को स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेका थिए। स्वागत मन्तव्यको लगत्तै हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएकोमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले उत्तरोतर प्रगतिको कामना सहित सम्मान पत्रद्वारा सम्मान गरे। यसैक्रममा गत १३ सेप्टेम्बर २०१५ का दिन तमु समाज हङकङको प्रथम नव गठित कार्यसमितिमा नव निर्वाचित संघका वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ , उपाध्यक्ष कल्जित गुरुङ र मिडिया प्रवक्ता मुक काजी (काजी) गुरुंग क्रमश: उपाध्यक्ष, सदस्य र मिडिया प्रवक्तामा निर्वाचित भएकोमा खादा लगाई सम्मान गरेका थिए। लगत्तै संघमा नयाँ सदस्यता लिने ५ जना भूपू सैनिक साहेब तथा गुरुजीहरुलाई खादा लगाई संघमा स्वागत गरिएको थियो । यसैगरी हङकङ नेपाली महासंघको नवौ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्रीमती रिता गुरुंगलाई पनि खादा लगाई सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथि महानुभावहरुले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ र भारतीय भूपू क्लबको पाचौं तथा प्रथम वार्षिक उत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरे। यसै प्रसंगमा वक्ताहरुले भारतीय भूपूहरुले हङकङ्मा अति नै सरहनिय कार्य गरिरहेको भन्दै खुलेरै प्रशंसा गरे भने संघले हङकङमा रहेका अधिकांश संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढीरहेको पनि बताए। मन्तब्यकै क्रममा संघको पाचौं तथा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा केक काटेर जन्म दिनको शुभकामना आदान प्रदान पनि गरेका थिए।

मन्तब्यकै क्रममा हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार आफु भारतीय गोर्खा भूपू सैनिक संघ हङकङद्वारा सम्मानित भएकोमा भूपू संघलाई धेरै धेरै धन्यवाद ब्यक्त गरे । भारतीय भूपू सैनिक संघ हंगकंगको उक्त सम्मानलाई आफुले कहिल्यै भुल्न नसकिने र अझ समाजमा केहि गर्ने जिम्मेवार र हौसला थपिएको महशुस ब्यक्त गरे भने भूपू सैनिक संघ हंगकंगलाई आफूबाट गर्न सक्ने र हुन सक्ने सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे। स्मरण रहोस, हङकङ चीनमा पुनः एकीकरण भएको १८ औँ वर्षगाँठको अवसर पारेर जुलाई १ मा सरकारले अशोक कुमार गहतराज सुनार सहित विभिन्न क्षेत्रमा योगदान गरेका दुई सय ९८ जनालाई उक्त सम्मान र अवार्ड दिइने जनाएको छ। चीनको 'नेशनल डे' अक्टोबर १ मा हङकङका कार्यकारी प्रमुखले सम्मान र अवार्ड प्रदान गर्नेछन्। हङकङको सामुदायिक सेवामा सक्रिय व्यक्तिहरूलाई दिइने 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' सम्मान यसवर्ष हङकङमा ६६ जनाले पाएका छन् ।

 

सरकारबाट प्रायः हरेक वर्ष एक जना नेपाली सम्मानित हुँदै आएको छ । यसअघि सात जना नेपालीले यो सम्मान पाइसकेका छन् भने दुई जनाले 'मेडल अफ अनर' पाएका छन्।

मन्तब्यकै क्रममा संघका अध्यक्ष चाम्लिङ्ले भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको पाचौं तथा भारतीय गोर्खा भूपू क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको निमन्त्रणालाई सहर्स स्वीकार गरेर उपस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, कानून ब्यवसायहरु, पत्रकार मित्रहरु लगायत संघका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सम्पूर्ण भूपू संघका सदस्यहरु सबैलाई बिशेष धन्यवाद ब्यक्त गरे। यसैगरी हङकङको नेपाली समुदायमा सक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै भारतीय गोर्खा भूपू संघले सम्मान गर्न पाउंदा खुशी ब्यक्त गरे । यसैगरी हङकङ सरकार प्रमुख सी वाई ल्योङबाट श्रीमती अरुणा गुरुङ् हङकङ महिला आयोगको सदस्य पदमा नियुक्ती भएकोमा हार्दिक बधाई ब्यक्त गरे ।

स्मरण रहोस, हङकङ सरकारले नेपाली नागरिकलाई यति माथिल्लो तहमा नियुक्ती गरेको पहिलो नै हो । श्रीमती अरुणा गुरुङ जनसम्पर्क समिती हङकङका भूपू अध्यक्ष र वर्तमान सल्लाहकार कुल प्रसाद गुरुङ्को धर्मपत्नी हुन तर बिशेष कारणले श्रीमती अरुणा गुरुङ कार्यक्रममा अनुपस्थित रहे । मन्तब्यकै क्रममा हङकङ नेपाली महासंघको नवौ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्रीमती रिता गुरुंगलाई पनि पुन: हार्दिक बधाई ज्ञापन गर्दै भारतीय गोर्खा भूपू संघले सम्मान गर्न पाउंदा खुशी ब्यक्त गरे र भारतीय गोर्खा भूपू सैनिक संघ हंगकंगले हंगकंगमा रहेका सबै संघसंस्थाहरुस*ग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

अन्तमा, जनसम्पर्क समिति हंगकंगका भूपू अध्यक्ष सन्तोष घलेलाई संघको पाचौँ तथा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङलाई हार्दिक बधाईको साथमा फूलको गुच्छा उपहार पठाईएकोमा भूपू अध्यक्ष सन्तोष घलेलाई बिशेष धन्यवाद ब्यक्त गर्दै कार्यक्रमलाई समापन गरे।

(गुरुङ् भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका मिडिया प्रवक्ता हुन)

Last Updated on Thursday, 24 September 2015 19:25

Hits: 535

एम.बी थापा मगरले हङ्कङ्मा मेडल थापे

राज्यसत्ता

हङ्कङ्, असोज १० - नेपाल आदिबासी जनजाती महासंघ हङकङका बर्तमान अध्यक्ष एम.बी थापा (दर्लामी) मगरलाइ असोज ८ तदनुसार २५ सेप्टेम्बरका दिन हङ्कङ् सरकारले प्रशन्सापत्र तथा पदक बाट सम्मानित गरेको छ ।

HKSAR,Home Affairs का Secretary Mr Lau Kong Wah ले एक कार्क्रम बिच एम.बि. थापा दर्लामी मगरलाइ उक्त पदकले सम्मान गरेका थिए

समाजसेवामा महत्त्वपुर्ण योगदान पुर्याए वापत, त्यस्को उच्च मुल्यांकन गर्दै हङकङ सरकार, "होम अफेयर्स ब्यूरो" बाट प्रत्येक बर्ष सम्मान गर्दै आईरहने कार्यक्रममा यो बर्ष थापा मगरलाइ सम्मान गरिएको हो । यो भन्दा पहिला हङ्कङ् मै समाजसेवाका साथै नेपालपोष्टका सम्पादक कुल प्रशाद गुरूङ्लाइ सम्मान गरिएको थियो । यो बर्ष थापा मगर सहित पाकिस्थान र भारतका समाजसेबिलाइ पनि प्रशन्सापत्र तथा पदक बाट सरकारले सम्मान गरेको छ ।

को हुन एम.बि थापा?

स्याङ्जा,पिउधामा जन्मेका उनि सानै देखि भारतमा बसेर स्नात्कोत्तर सम्मको अध्यान पुरा गरि रूपनदेहीको तिलोत्तमा नगरपालीका स्थित जोगीकोटीका स्थाइ बासिन्दा हुन । मगर लगभग २० बर्ष देखि हङ्कङ्मा कार्यरत छन ।

मगरको समाजसेवामा प्रबेश लुम्बिनी मञ्च हङ्कङ्को अध्यक्ष हुदै मगर संघ हङ्कङ्को अध्यक्ष र अहिले दोष्रो अवधिकालागी नेपाली आदिबासी जनजाति महासंघका अध्यक्ष छन । उनि नेपाली समाजमा मात्रै नभै हङ्कङ्को स्थानिय चिनिया समाजमा पनि उत्तिकै लोकप्रिय र चिरपरिचितका साथ दर्जनौ संघसस्थामा आबद्द रहेका छन ।

उनिले नेपाली आदिबासी जनजाति महासंघको मातहात बाट स्वदेश तथा बिदेशको नेपाली हकहितको लागी आवाज बुल्न्द गर्दै आइरहेका छन । उनको नेतृत्वमा हङ्कङ् नेपाली महाबाणिज्यदुतको लागी एकैजातिको मात्रै नभएर समाबेशी र जनजातिमूलको पनि नियूक्तिका लागी लामो समय देखि नेपालीमूलका हङ्कङेलीलाइ आन्दोलित र सुसूचित गराउदै आइरहेका छन् एम.बिले ।

Last Updated on Monday, 28 September 2015 13:18

Hits: 683

नेपालमा संविधान जारी, हंगकंगमा कही विरोध कही दीप प्रज्वलन

राज्यसत्ता, २० सेप्टेम्वर, हंगकंग, नेपालमा संबिधान जारी भएको घोषणा जब राष्ट्रपतिले गरे अनि नेपाली काग्रेस सम्वद्ध, जनसम्पर्क समिति हंगकंगको आयोजनामा दीप प्रज्वलन कार्यक्रम शुरु भयो । भेट घाट रेष्टुरेन्टमा आयोजित कार्यक्रमको प्रमुख आतिथि एन आर एन हंगकंगका अध्यक्ष ललित आम्वुहाङ थिए । समितिका सभापति बसन्त श्रीनेटको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एमालेको प्रवासी नेपाली मञ्च र एमाओबादीको नेपाली जनप्रगतिशील मञ्चले पनि आ आफ्नो तरीकाले कार्यक्रम आयोजना गरेर उल्लास मनाए ।
ऐतिहासिक घडीको उत्सव भनेर एकातिर मनाइरहदा अर्कोतिर भने संघीय समाजबादी सम्बद्ध समाबेशी नेपाली समाज हंगकंग र आदिवासी जनजाति महासंघ हंगकंग तथा लिम्वुवान मक्ति मोर्चा हंगकंगको संयुक्त आयोजनामा जोर्डनको पार्कमा संबिधान जलाइएको थियो ।
 

Last Updated on Monday, 21 September 2015 18:40

Hits: 605

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६