A+ A A-

हंगकंगको ब्यस्ततामा "निभाउन नआउनु आगो "

राज्यसत्ता, २१ अक्टोवर, हंगकंग, गीतकार हेम कुमार लावतीले हंगकंगको ब्यस्ततामा पनि "निभाउन नआउनु आगो" एल्बल निकाल्न सफल भएका छन । उक्त एल्बम याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा बिमोचन गरीएको छ । उक्त एल्बममा स्वर भरेका गायक निरोज लामा र गायिका बेनिका प्रधान हंगकंग आर्इ बिमोचन कार्यक्रममा एल्बममा गाएका गीतहरू गाएर दर्शकलार्इ मन्त्रमुग्ध बनाएका थिए । ६ बटा गीतहरू समेटिएको एल्बममा प्रमोद खरेल, स्वारूपराज आचार्य, अञ्जु पन्त, कुवेर रार्इ र बिमला प्रधानले पनि स्वर भरेका छन ।

गीतकार लावतीले ब्यस्तताको बावजुत पनि एल्बम निकाल्न सफल भएको भन्दै सहयोगीहरूलार्इ धन्यवाद  दिएका थिए ।

Last Updated on Tuesday, 10 November 2015 14:33

Hits: 637

कानुङ इम चलाउन नयाँ ब्यवस्थापन

राज्यसत्ता, २१ अक्टोवर, हंगकंग, मगर संघ हंगकंगले खरीद गरेको कार्यालयमा कार्यालयको अलवा रेष्टुरेण्ट चलाउने पनि सुबिधा भएकोले नयाँ ब्यवस्थापनले चलाउने भएको छ । नयाँ ब्यवस्थापनका प्रोप्राइटर जंग थापा मगरले उद्घाटन कार्यक्रम गरी नयाँ ब्यवस्थापन सहित आएको बताए ।

नाफा भन्दा पनि मगर संघ हंगकंगले दरीद गरेको भएकोले मोर्गेज तिर्न सजिलो होस भनेर आफुले सहयोगको भावनाले गर्दा पनि सञ्चालन गर्न लागेको थापाले बताए । यति भए पछि मगर संघ हंगकंगलार्इ पनि सजिलो हुने भएको छ संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन ।

Last Updated on Thursday, 22 October 2015 09:02

Hits: 657

टिम्वुरबोटे काण्डका जिउदा सहिद एल पि गुरुङ

राज्यसत्ता, भिम बरही मगर, १८ नोभेम्वर, हंगकंग, नेपाली जनसम्पर्क समिति हंगकंगको दशै तिहारको शुभकामना साथै टिम्बरबोटे काण्ड बृत्तचित्र प्रर्दशनी कार्यक्रम कंगन रेष्टुरेण्ट जोर्डनमा सम्पन्न भएको छ । प्रमुख आतिथ्य ग्रहण गरी शुभकामना मन्तब्य दिदै नेपाली महाबाणिज्यदूत महेश प्रशाद दाहालले भुकम्प पिडितलाई हंगकंग र मकाउबाट नगद तथा जिन्सी गरी करीव २ अर्व बरावरको सहयोग गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सवैलाई धन्यवाद दिएका थिए । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए । समितिलाई सहयोग गर्ने ब्यक्तिहरुलाई पनि सम्मान गरीएको थियो । सभापति बसन्त श्रीनेटको समापतित्वमा महामन्त्री मिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष किसन देवानले शुभकामना तथा स्वागत मन्तब्य दिएका थिए । सभापति श्रीनेटले शुभकामना दिदै महावाणिज्यदूत दाहाललाई विशिष्ट श्रेणीमा पदोन्नती भएकोमा बधाई ज्ञापन गर्दै नयाँ आउने महाबाणिज्यदूतसंग पनि जनसम्पर्क समितिको सम्बन्ध अहिलेको जस्तै प्रगाढ हुने अपेक्षा राखेका थिए ।
औपचारीक कार्यक्रम सकिएपछि बृत्तचित्र प्रदर्शन गरीएको थियो । २०३१ साल पुष १ गते सोलुखुम्बुको टिम्वरबोटे भन्ने ठाउँमा एल पि गुरुङको नेतृत्वमा भएको लडाकु समुह माथि तत्कालिन शाही सेनाले आक्रमण गरेको थियो । त्यस आक्रमणबाट बाच्न सफल एल पि गुरुङ र जसधन राई अझै पनि जिवितै छन । सोही काण्डबारे तयार परीएको बृत्तचित्र प्रदर्शन गरीएको थियो । टिम्वरबोटे काण्ड बृत्तचित्रका निर्माता तथा जिउदा शहिद एल पि गुरुङका जेठा छोरा नरेन्द्रराज गुरुङले उक्त घट्नाबारे जानकारी गराएका थिए । त्यस काण्डले गर्दा  सशस्त्र क्रान्ति असफल भएको भनी वि पिले शान्तिपूर्ण आन्दोलन रोजेका थिए । 
 

Last Updated on Monday, 19 October 2015 16:51

Hits: 617

भुकम्प पिडित बच्चाहरुको शिक्षाको लागि मिस मगर हंगकंग समुहले सहयोग गर्ने

भिम बरही मगर, १८ नोभेम्वर, हंगकंग, भुकम्पले गर्दा अनाथ बनेका नेपालका ८ जिल्लाका करीब ५० जना बालबालिकाको शिक्षाको लागि मिस मगर हंगकंग समुहले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम संकलन गर्नको लागि मिस मगर हंगकंग समुहले उनीहरुलाई उठाउँ भन्ने नाराका साथ युनलोङ थेटर हलमा सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिए । मगर संघ हंगकंगको कार्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा मिस मगर हंगकंग २०१५ को ताज पहीरीन सफल पुजा राना मगरले २७ डिसेम्वरमा सम्पन्न हुने कार्यक्रमको बारेमा जनकारी गराएकी थिइन । मिस मगर हंगकंग समुहले ब्यक्तिगत रुपमा पनि बच्चाहरुको शिक्षाको लागि जिम्मा लिएको जानकारी गराएका थिए ।

भर्रखरको उमेरमा नै यस्तो समाजिक कार्य प्रति सचेत हुनु भनेको मगर समुदायको लागि मात्रै नभएर देशको लागि पनि गौरवको कार्यको थालनी भएको छ । राना मगर, मगर संघ हंगकंगको प्रत्यक्ष राहत कार्यक्रममा पनि नेपाल गएर सवै कुरा देखेर साथै भोगेर आएकी पात्र हुन । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरको नेतत्वमा कोषाध्यक्ष निलम थापा मगर पनि राहत लिएर नेपाल गएकी थिइन । 

Last Updated on Monday, 28 December 2015 13:55

Hits: 611

हङकङ पुलिस फोर्समा पहिलो नेपाली निरज गुरुङ छनोट

मुककाजी(काजी)गुरुङ्

    हङकङ, अक्टूबर १६ - मेहनत गरे सफलताको शिखर चुम्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन स्याङ्जाका निरज गुरुङ ।

गण्डकी अञ्चल स्याङ्जा जिल्ला माझकोट शिवालय (भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङ ) - ५ निवासी बाबा भिम गुरुङ र आमा गंगा गुरुङको जेठो छोरा हुन निरज गुरुङ। सन १९९६ मा नेपालमा नै जन्मेका निरज गुरुङ ५ बर्षको उमेरमा हङकङ आएका हुन।

  शुरुदेखी नै हङकङकै स्थानीय भाषामा नै अध्ययन शुरु गरे र १ बर्ष अगाडि मात्र प्लस टु बराबरको उच्च शिक्षा हासिल गरे पछी हिमालयन परियोजना युनलोंग जिल्लाले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा सहभागीता हुंदै सोही परियोजनाकै मार्ग दर्शनमा आज निरज गुरुङ लगायत अन्य स्थानीय चाईनिजहरु पनि हङकङ पुलिस फोर्समा छनोट हुन सजिलो भएको बताउंछन ।

  निरज गुरुङ लगायत अन्य ४ जना स्थानीय चाईनिजहरु हिमालयन परियोजना अन्तर्गत हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा हिमालयन् परियोजनाले युनलोंगस्थित पुलिस स्टेशनमा अवस्थित कार्यकक्षाको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा हङकङ पुलिस फोर्स, युनलोंग जिल्लाका डिप्युटी कमान्डर मिस्टर केरी क्यारो लगायत अन्य पुलिस अफिसरहरुको पनि सहभागिता रहेको थियो।

  कार्यक्रममा निरज गुरुङ लगायत अन्य ४ जना स्थानीय चाईनिजहरुलाई युनलोंग जिल्लाका डिप्युटी कमान्डर मिस्टर केरी क्यारोले हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा बधाई तथा शुभकामना ब्यक्त गर्दै युनलोंग जिल्ला पुलिस अंकित मायाको चिनो प्रदान गरे। यसैगरी उपस्थित युनलोंग जिल्लाका पुलिस अफिसरहरुले पनि बधाई तथा शुभकामना ब्यक्त गर्दै हात मिलाएका थिए।

  बधाई तथा शुभकामना ब्यक्त गर्ने क्रममा डिप्युटी कमान्डर मिस्टर केरी क्यारोले निरज गुरुङ हङकङ पुलिस फोर्समा पहिलो नेपाली भएको पनि बताए । यसैगरी हिमालयन् परियोजना युनलोंग जिल्लाको लक्ष्य, उद्धेश्य र हालसम्म सो परियोजनाले गरेका कार्यहरुको बारेमा पनि प्रकाश पारेका थिए।

  हङकङ पुलिस फोर्सको तालिम ६ महिनाको हुने र ६ महिना तालिम पुरा गरे पश्चात निरज गुरुङ लगायत उनका अन्य सहकर्मीहरुले हङकङ पुलिस फोर्सको पोशाक पहिरिने छन ।

  आज निरज गुरुङ्को मेहनतले पाएको सफलताले वीर गोर्खालीको नाम अझ उच्च बनेका छन। हङकङबासी सिंगो नेपालीको गौरव बनेका छन । लागू दुर्व्यसनमा नेपाली युवाको चढ्दो तथ्याँकमा नेपाली पुस्ता जेहेन्दार पनि छन भन्ने सन्देश दिदैं युवाहरूको लागि एउटा उदाहरणीय बनेका छन निरज गुरुङ ।

 

 

Last Updated on Friday, 16 October 2015 21:53

Hits: 694

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६