A+ A A-

हङकङ पुगेको ‘भेडी गोठाले’ हेर्न उल्लेख्य दर्शक

रूद्र श्रीसमगर

Image may contain: 3 people, people standing and text

हङकङ, वैशाख २५ - गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’ले हङकङमा उल्लेख्य दर्शकको साथ पाएको छ ।

आइतबार साँझ हङकङको याउ मा तेई कम्युनिटी हलमा विशेष प्रदर्शन गरिएको सो चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति थियो । पाँच सय जना अट्ने क्षमता रहेको सो हलमा जातीय चलचित्रहरूको हालसम्मको प्रदर्शनमै ऐतिहासिक रूपमा पाँच सय भन्दा बढी दर्शक भएपछि दर्शकले उभिएर समेत चलचित्र हेरेका थिए ।

विशेष प्रदर्शनका प्रमुख अतिथि समेत रहेका नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापामगरले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिनुभयो । ‘चलचित्र निकै राम्रो बनेको रहेछ’, अध्यक्ष थापामगरले भन्नुभयो, ‘विषयवस्तु, संवाद, कथा र अभिनयका दृष्टिले पनि चलचित्र उत्कृष्ट बनेको छ ।’ चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले मिलन फाउण्डेशन नेपालमार्फत् नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निकै उल्लेखनीय कार्य गरेको भन्दै प्रमुख अतिथि थापामगरले समाजसेवी गुरुङबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।

‘दुर्गा जी, एउटा राम्रो सामाजिक मन भएको व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘मिलन फाउण्डेशन नेपालको स्थापना गरेर त्यसमार्फत् समाजसेवामा पुर्याएको योगदानको जति नै प्रशंसा गरे पनि कमी हुन्छ ।’ कसैले नेपालको ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्य क्षेत्रमा केही गर्न चाहेमा मिलन फाउण्डेशन मार्फत् सहयोग गर्न समेत सुझाव दिँदै उहाँले आफूले पनि फाउण्डेशन मार्फत् नै नेपालमा केही गर्ने सोंच बनाएको बताउनुभयो ।

कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) हङकङका अध्यक्ष रोशन गुरुङ, तमु ट्हो Þयुल हङकङका अध्यक्ष गणेश गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जीतेन्द्र गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’, प्रदेश नम्बर एक गुरुङ तमु समाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष ललित सुब्बा, चेम्बर अफ कमर्सका अध्यक्ष डाँसुराम पराजुली, मिलन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सो चलचित्रकी नायिका अश्मी गुरुङ र मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा गुरुङ रहेकी थिइन् । हरेक वर्ष हुने मिस तमुस्यो नेपालका उपाधि बिजेतालाई हङकङ भ्रमण गराउने अफर अनुसार यसवर्ष मिस तमुस्यो नेपाल निशाले अवसर पाएकी हुन् । यसअघि, मिस तमुस्यो नेपाल–२०१४ की बिजेता सन्ध्या गुरुङले हङकङ भ्रमण गरेकी थिइन् । जसको प्रायोजन भने दुर्गा गुरुङ ‘मिलन’, युवराज गुरुङ, हरि गुरुङ र तिलक गुरुङले गर्नुभएको हो ।

विशेष प्रदर्शन सकिएपछि कार्यक्रमको समापन गर्दै मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष एवं चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले चलचित्र हेर्ने गुरुङ एवं गैर गुरुङ दर्शकहरूलाई धन्यवाद दिनुभयो । नेपालको ग्रामीण क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा समाजसेवालाई निरन्तरता दिने उद्देश्यले आयोजित विशेष प्रदर्शनबाट बचेको रकम अक्षयकोष बनाएर जम्मा गर्ने जानकारी दिँदै गुरुङले राम्रो चलचित्र बनाइदिएको भन्दै निर्देशक सुवास गुरुङलाई धन्यवाद दिनुभयो । सो अवसरमा चलचित्रका लेखक/निर्देशक/नायक सुवास गुरुङले स्वागतसँगै चलचित्रका बारेमा जानकारी दिनुभएको थियो ।
 
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको यस चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’, निर्माताहरूमा विक्रम गुरुङ, विजया गुरुङ र देउकी सिंजाली ‘दिपिका मिलन’ हुनुहुन्छ । सुवास गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजेश गुरुङ, सुवास गुरुङ, अश्मी गुरुङ, खुशी गुरुङ, गौरी गुरुङ लगायतको अभिनय रहेको छ । 

Last Updated on Tuesday, 09 May 2017 02:08

Hits: 854

जिफान हङकङको अध्यक्षमा रोशन गुरुङ

रूद्र श्रीसमगर


Image may contain: 9 people, people smiling, people standing

हङकङ, वैशाख १९ - गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) हङकङ शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा रोशन गुरुङ चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा विमल गुरुङ, उपाध्यक्षमा माया गुरुङ, महासचिवमा सुवास गुरुङ, सचिवमा विश्वास गुरुङ, कोषाध्यक्षमा रिस्ता गुरुङ र सह–कोषाध्यक्षमा च्योउन गुरुङ चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा पुकार गुरुङ, किशोर गुरुङ (पर्वत), प्रमिला गुरुङ, सोबित गुरुङ, सुनिता गुरुङ, श्री गुरुङ, कृष्ण गुरुङ, सनम गुरुङ, प्रवक्तामा चौ गुरुङ र सुजाता गुरुङ चयन हुनुभएको छ ।

त्यसैगरी, अधिवेशनले दुर्गा गुरुङ ‘मिलन’, कोमल गुरुङ ‘कान्छा’, दिलीपसिंह गुरुङ, इन्द्रकाजी गुरुङ, किशोर गुरुङ, सत्य घले, मनबहादुर गुरुङ, विजय गुरुङ र देव गुरुङलाई सल्लाहकारमा चयन गरेको छ ।

Last Updated on Thursday, 04 May 2017 15:41

Hits: 568

जनमुक्ति मञ्च हंगकंगमा एम.बि. थापा

देव पचभैया


Image may contain: 12 people, people sitting and indoor

काठमाण्डौ, फागुन १६ - राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सस्था जनमुक्ति मञ्च हंगकंगको दोस्रो अधिवेसन सम्पन्न भएको छ । 

 नेपाली समाज हंगकंगको ब्यानरमा हंगकंग स्थित नयां पेज डट्कमको कार्यालयमा एम.बि थापाको अध्यक्षतामा सस्थाका महासचिब भिम थापा मगरको संचालनमा कार्यक्रम भएको हो ।


राष्ट्रिय जनमुक्ति पार्टीलाई बर्तमान संघीय परिषद सदस्य हुम थापाले २०५१ सालमा हंगकंगमा भित्राएका थिए भने २०५४ सालमा जनजाति पार्टीको नामबाट जनमुक्ति पार्टीलाई हङकङ सरकारमा दर्ता गराएका थिए । पछि स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपाङ्गी मगर २०६१ सालमा हङकङ जादा नेपाली समाज हङकङ नामाकरण गरी हेमराज थापा मगरको अध्यक्षतामा पार्टी स्थापना गरिएको थियो ।


अधिवेसनले संघीय परिषदका सदस्य एम.बि. दर्लामी थापा मगरको अध्यक्षतामा २१ सदसीय समिति चयन गरेको छ ।
 
सह अध्यक्षमा दल बहादुर चोचांगी, महासचिबमा भिम बहादुर थापा मगर,सह सचिबमा बिनोद सूनारी, कोषाध्यक्षमा गणेश जंग राना र सहकोषाध्यक्षमा भबिस लामा धिसिंग निर्बाचित हुनु भएको हङकङबाट नवनिर्वाचित महासचिब भिम थापाले जानकारी दिनुभयो ।


थापाका अनुसार सदस्यहरुमा कबिता थापा सिंजाली मगर, बुद्धिबल पुन, निशान पुन, दल चोचांगी पुन, एक बिर थापा, सूमन  पुन, शेर बहादुर गलामी, हेम राना, दिल राना, अञ्जु थापा, नरेन्द्र थापा, कमल कुमार थापा, देबी शाही, लक्ष्मी बुरा मगर र कुमारी थापा निर्बाचित हुनु भएको छ ।

अधिवेसनले मोहनमान नेम्बांग लिम्बु र मन प्रशाद थापालाई सल्हाकारमा चयन गरेको छ ।

Last Updated on Monday, 27 February 2017 04:54

Hits: 764

"भारतीय गोर्खा भूपू सांझ-२०१७" यहि आउंदो २८ में २०१७ मा हुने

मुक काजी गुरुङ


Image may contain: 9 people, people smiling, text

हङकङ - सन २०१० मा स्थापित भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यही आउंदो २८ में २०१७ का दिन बेलुकी ७ बजे युनलोंग थिएटर हलमा " भारतीय गोर्खा भूपू सांझ- २०१७" कार्यक्रम आयोजना गर्न गईरहेको जानकारी यहि फेसबुकको माध्यमबाट हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सूचित गर्न चाहन्छौं।

कार्यक्रमबाट संकलित केही रकम सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ। जसको लागि नेपालबाट बहुचर्चित कलाकार देखि नव-प्रतिभा कलाकरहरुलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ । आमन्त्रित कलाकारहरुमा चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, यसैगरि अर्का चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ, चर्चित गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन तिगेला लिम्बु, लोक दोहोरी गायिका तृष्ण घर्तीमगर, लोक गायक डम प्रकाश पुन र मोडेल तथा नृत्याङ्गना आरुसी मगर रहेका छन भने स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छन ।

सामाजिक अभियन्ता महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई धेरै थोरै सहयोग गर्ने अभिप्रायले आयोजना गर्न गईरहेको कार्यक्रम रहेको हुंदा तपाई हङकङमा रहनुहुने आदर्णिय महानुभावहरुले हाम्रो यस कार्यक्रमलाई सहयोग गरिदिनु भई कार्यक्रमलाई सफल पारी दिन हुन पनि सिंगो भारतीय गोर्खा भूपू सैनिक संघ हङकङ हार्दिक बिनम्र अनुरोध गर्दछ ।

स्मरण रहोस, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यसभन्दा अगाडि पनि सन २०१२ मा "भीसी स्मृति सांझ-२०१२" कार्यक्रमको आयोजना गरि भिक्टोरिया क्रस राम बहादुर लिम्बुलाई आमन्त्रण गरेर अभिनन्दन गरिसकेका छन भने सन २०१४ मा अपाङ्ग सांझ कार्यक्रमको आयोजना गर्दै नेपालमा रहेका अपाङ्गताहरुको सहयोगार्थ अपाङ्ग कोषलाई नेपाली २ लाख आर्थिक सहयोग गरिसकेका छन । यसैगरि २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभूकम्प पीडीतहरुलाई पनि नेपाली २ लाख आर्थिक सहयोग गरिसकेका छन ।

कार्यक्रम संयोजक
भारतीय गोर्खा भूपू सैनिक संघ,

Last Updated on Sunday, 09 April 2017 16:45

Hits: 811

हङकङमा नेपालीहरुले मुघ्ध ध्यान गर्दा चेतना गुमाए !

चन्द्र मादेन 'आन्छन' 

 


Image may contain: 8 people, people standing, suit and wedding

हङकङ, जनवरी ३० - स्थानीय  चुनमुनको सभाहल स्थित हेभेन्ली पाथ हङकङको आयोजनामा वृहत सायाङ्मी ध्यान (एन्जलीक मेडिटेशन) सम्पन्न  भएको छ ।

उक्त संस्था प्रेमवादका प्रतिपादक दार्शनिक, गुरु गड्यान्जल, ॐमनन्दद्वारा दुईसय भन्दा वढि उपस्थित जनसमुदायहरुलाई ध्यानमा वस्दा हुने फाईदावारे प्रष्ट पार्नुहुदै झण्डै दुई घण्टा आँखा चिम्लिएर स्वर्ग र अनन्त संसारको अनुभूति गराउनु भएको थियो जस्लेगर्दा डेण् दर्जन जति महिला र पुरुषहरु ध्यानको गहिराहीमा लिप्तभै केहिक्षण मस्तिष्कको चेतना गुमाएकाहरुलाई गुरु स्वयंवाटै मन्त्रोंचारण गरि आर्शिष दिनुभएर होसमा ल्याउनु परेको थियो । ध्यान पश्चात गीतकार, संगीतकार र गायक तीनै कुराका माहिर गुरु गड्यान्जलले केहि वंहाका एलवम र केहि चाँहि नँया सृजनाका कोशेली प्रत्यक्ष  पस्किनु भएको थियो, जुन गीतहरुले अधिकांश दर्शकहरु तल्लिन भएर नृत्यमा भरपूर  रमाएका थिए । त्यस्तै नेपालवाटै आउनुभएका अर्का प्रतिभा यूवा गायक सुरविन राईको नेतृत्वमा  स्थानीय कलाकार डोलमान लिम्वु, सेलमिका लामा, मेनुका राई र कल्पना राईले मन्त्रमुघ्ध भजन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष नैनकला तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ईसाई, हिन्दु, बुद्धिष्ट, किरात आदि विभिन्न धर्मावलम्विहरुको नौ वर्षको किशोर वालक देखि नव्वे वर्षको वृद्ध र  विभिन्न प्रतिष्ठित वौद्विक व्यक्तित्वहरु सम्मले सायाङ्मी ध्यान, प्रवचन र सुमधुर संगीतको रसस्वादन गरेका थिए । ध्यान र संगीत पश्चात् कमीलाका ताँतिझैं लाईनका उपस्थित महानुभावहरुलाई परम गुरुवाट आर्शिवाद दिनुहुदै मायाको चिनो ध्वजा(डोरी) पहिर्याई दिनुभएको थियो ।

चार घण्टा सम्म निरन्तर चलेको उक्त कार्यको उद्घोषक संस्थाका महासचिव चन्द्र मादेन आन्छनले गरेका थिए । अन्त्यमा अध्यक्ष नैनकला तामाङद्वारा यातायात, खाजापानी, सभाहल आदिमा आर्थिक  प्रायोजन गर्नुहुने, उपस्थितहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु हुदै कार्यक्रमको विसर्जन भएको घोषणा गर्नुभएको थियो ।
                         
स्मरणीय रहोस : गुरु ओमनन्द गड्यान्जलद्वारा विश्व व्रमाण्ड, जगत जीवन दर्शनका पुस्तक र अन्य सृजनाहरु नेपाली र अग्रेजीमा गरि झण्डै एक दर्जन लेखिएको छ भने, हेभेन्ली निर्भाणा पाथ, प्रेमवादी संस्था नेपाल केन्द्र लगायत शाखाहरू झन्डै तीन दर्जन जिल्लाहरुमा र प्रवासका दुई दर्जन वढि राष्ट्रहरुमा सकृय रुपले अगाडी वढिरहेको छ  ।।।।

Last Updated on Wednesday, 01 February 2017 12:29

Hits: 677

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर