A+ A A-

हङकङमा देवकोटा जयन्ती मनाउदै नेपाली संस्कृति कार्यक्रमको ऐतिहासिक वृजारोपण !!!

-वल्लव रोक्का
हङकङ १८ नोेभेम्वर, स्थानीय याउमाताई स्थित हिन्सको सभाहलमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती र सांस्कृतिक कार्यक्रम हङकङका अध्यक्ष कवि चन्द्र मादेन 'आन्छन्'को सभापतित्वमा सुसम्पन् भएकोछ | उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ट संगीतकार एंव हिमालय टोन्सका प्रोपाईटर दिनेश सुव्वा, विशेष अतिथि एनआरएन हङकङका अध्यक्ष ललित आङवुहाङ र अन्य अतिथिमा अनेसा हङकङका अध्यक्ष कमल पौडेल, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे, जनजाति साहित्य समुहका अध्यक्ष भुपेन्द्र चेम्जोङ, एकिकृत नेपाली समाजका अध्यक्ष विनय शाह लगायत प्रतिनिधिहरु, साहित्कार,पत्रकार,शिक्षक र व्यक्तिहरुको वाक्लो उपस्थित रहेको थियो |

पहिलो चरणको कार्यक्रम अनुरुप आयोजक संस्थाका अध्यक्ष, प्रमुख अतिथि लगायत उपस्थित सवैवाट महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्विरमा फूलका गुच्छा र मालाहरुले माल्यार्पण गरिएको थियो | देवकोटाको छोटो चर्चाका साथ शाखाकी कोषाध्यक्ष एवं कवयित्री पूर्णिमा शाहद्वारा स्वागत मन्तव्य गरिएको उक्त साहित्यिक शुभअवसरमा स्रष्टाहरु दीनेश सुव्वा, कमल पौड्याल पूर्णिमा शाह, दीपा एवाई, आयुषी क्षत्री, वल्लव रोक्का आदिवाट लक्ष्मी सम्वन्धि र अन्य परिवेशको सृजनाहरु विमुग्ध पार्ने वाचन गरिएको थियो |

उक्त सृजनशिल देवकोटा जयन्तिमा कवि एवं गीतकार टंक सम्वाहाम्फेद्वारा रचित देउसी गीतको प्रमुख अतिथि स्रष्टा सुव्वाको वाहुलीवाट विमोचन गरि हललाई नंया देउसी गीतले गुञ्ज्यमान वनाईएको थियो | सो गीतका गायक एवं संगीतकार ध्यानु ग्याङ्मी मगर भनेर सुनाईएको थियो |

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम अनुरुप, विभिन्न रङ्गीविरङगी वत्तिहरुले चम्किएको मञ्चको कार्यक्रममा ठेट नेपाली ढाका टोपी, गुन्यु चोलोमा आयोजकहरुद्वारा गीटार, हारमोनियम र मादलमा देउसी खेलिएको थियो भने उपस्थितहरु प्रत्येकलाई मखमली सुपारी फूलको मालाले स्वागत गरि तिहारे सेल तरकारी नास्ताको व्यावस्था गरिएको थियो | उक्त स्वर्णिम सांस्कृतिक कार्यक्रममा छ वर्षकी कन्या मनिष गुरुङद्वारा आकर्षण स्वागत नृत्य सुरु गरिएको थियो भने आयुषी पौड्यालले निख्खर राष्ट्रिय गीतमा वैशालु नृत्य प्रस्तुत गरि उपस्थित जनको मन जितेकी थिईन | त्यस्तै नवगायिका धनमाया मगरको सुमधुर मार्मिक गीतको मनोरञ्जनवाट उपस्थितहरुले झण्डै चार घण्टा समय सिध्दिएको पत्तै पाएको थिएन |

सो कार्यक्रमलाई प्रमुख अतिथि स्रष्टा दीनेश सुव्वा र विशेष अतिथि ललित आङवुहाङ द्वयले महाकवि देवकोटा अनि सहित्यिक कार्यक्रमको प्रशंसा गर्दै सवैलाई दीपावलीको शुभकामना मन्तव्य दिएका थिए | कार्यक्रमलाई संचालन संस्थाका सचिव एवं कवि वल्लव रोक्कावाट गरिएको थियो |
स्मरणिय रहोस -महासंङ्घले नेपालको विभिन्न स्रष्टाहरुको जन्मजयन्ती मनाउदै आएतापनि "देउसी भैलो संस्कृति कार्यक्रम भने हङकङको इतिहासमै साहित्यिक संस्थावाट पहिलोचोटी" सुरुवात गरिएको हो |

Last Updated on Thursday, 19 November 2015 16:10

Hits: 502

मगर संघको देउसी भैलो दान, अरसठ्ठी हजार

राज्यसत्ता, ८ नोभेम्वर, हंगकंग, मगर संघ हंगकंगको आयोजनामा देउसी भैलो कार्यक्रम मंकी हिल पार्कमा सम्पन्न भएको छ । देउसी भैलोबाट अरसठ्ठी हजार हंगकंग डलर संकलन भएको कोषाध्यक्ष निलम थापा मगरले बताइन । उठेको रकमले मगर भवन खरीद गर्दा नपुग भएको रकमको परीपुर्ति गर्ने कोषाध्यक्षले जानकारी गराइन ।

नेपाल सरकारले लखन थापा मगरलार्इ प्रथम शहिद घोषण गरेको छ र लखन थापा मगरको तस्वीरमा माल्याणपण गरी कार्यक्रम शुरू भएको थियो । नेपाल मगर संघका पूर्व बरीष्ट उपाध्यक्ष तथा नेपाल पुन मगर समाजका निवर्तमान अध्यक्ष भिम बहादुर पुन मगर प्रमुख अतिथि रहेका थिए । नेतृत्व राम्रो भएन भने सवै मगरहरूलार्इ असर पर्ने भएको हुनाले अब आउने नेपाल मगर संघको अधिबेसनबाट सही नेतृत्व छान्नु पर्ने र यसमा मगर संघ हंगकंगलार्इ पनि सजग रहन सम्बोधनको क्रममा सुजाएका थिए । अदिवासी जनजाति महासंघका अध्यक्ष एम बि थापा मगर, हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङ गैर अवासीय नेपाली संघका अध्यक्ष ललित लिम्वु विशेष अतिथि रहेका थिए । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथि रहेका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए । महासचिव बोध बिक्रम थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । पञ्चै बाजाको साथमा देउसी भैलो खेलिएको थियो ।  

 

Last Updated on Tuesday, 10 November 2015 14:34

Hits: 746

जिल्ला अस्पताललार्इ एक्सरे मेशिन किन्न हंगकंगमा देउसी भैलो

राज्यसत्ता, १ अक्टोवर, हंगकंग, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हंगकंगको अयोजनामा मंकी हिलमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलोबाट उठेको रकमले म्याग्दी जिल्ला अस्पताललार्इ एक्सरे मेशिन किनिदीने भनी मेशिन खरीद समितिका संयोजक तथा संघका पुर्व अध्यक्ष दल शेरवुजा मगरले जानकारी गराएका थिए । देउसी भैलोबाट एक लाख तेइस हजार संकलन भएको संयोजक शेरवुजाले बताए ।

संघका अध्यक्ष इन्द्र एल जी थापाको अध्यक्षतामा, हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथि रहेका थिए । उपाध्यक्ष पदम शेरचनले स्वागत मन्तब्य दिएका थिए । सचिब प्रमोद गरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Last Updated on Tuesday, 10 November 2015 14:13

Hits: 581

गोरखाको स्कुल पुःन निर्माणको लागि देउसी भैलो

राज्यसत्ता, १ अक्टोवर, हंगकंग, गोरखाली समाज हंगकंगको आयोजनामा याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलोबाट उठेको रकमले गोरखा जिल्लाको स्कुल पुःन निर्माणमा सहयोग गरीने समाजका अध्यक्ष भिम थापाले बताए । गोरखा भुक्म्प पिडितलार्इ गोरखा गर्इ राहत बाडेकी मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर, कोषाध्यक्ष निलम थापा मगर र मिस मगर हंगकंग २०१५ की बिजेता पुजा राना मगर सम्मान गरीएको थियो । अन्य सहयोगी दाताहरूलार्इ पनि खादा र प्रशंसा पत्रले सम्मान गरीएको थियो ।

अध्यक्ष भिम थापाको अध्यक्षतामा तथा पुर्व अध्यक्ष इन गुरूङको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथि रहेका थिए । उपाध्यक्ष गंगा रानाले स्वागत मन्तब्य दिएका थिए । सचिब रबिन गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Last Updated on Wednesday, 04 November 2015 14:37

Hits: 660

तनहुँ समाज हंगकंगको देउसी भैलो कार्यक्रम

  राज्यसत्ता, १ अक्टोवर, हंगकंग, तनहुँ समाज हंगकंगको आयोजनामा मंकी हिलमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । जेष्ट नागरीक प्रेम बहादुर गुरूङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । गुरूङले सवैलार्इ शुभकामना दिएका थिए ।

  हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङ, मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर, हंगकंग महिला संघकी अध्यक्ष टीका गुरूङ लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । समाजका अध्यक्ष जंग थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कुमार गुरूङले स्वागत मन्तब्य दिएका थिए । सचिब सचिन गुरूङले सञ्चालन गरेको कार्यक्रम पश्चात पञ्चै बाजा बजाएर देउसी भैलो खेलिएको थियो ।

 

Last Updated on Wednesday, 04 November 2015 14:36

Hits: 683

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर