A+ A A-

निशुल्क साँघाई शयर गर्न नजाने ?

 

 

आदिवासी जनजाति महासंघ हंगकंग र  मगरसंघ हंगकंगले $ दर्जन बढीलाई पाँच दिनको यात्रामा चीनको सुन्दर शहर साँघाईमा निशुल्क शयर गराउने भएकोछ ।

हगंकगं सरकार मूख्यभूमी मामिलाको आर्थिक सहयोगमा यत्रो ठूलो समूहले त्यहाँ चलिरहेको साँघाई एक्स्पो २०१० अवलोकन गर्न पाउनेछन् । यो भ्रमण अक्टोबरमा हुदैंछ ।

 

हगंकंगबाट हवाई यात्रामा लगिने यो भ्रमणमा त्यहाँ निशुल्क खान बस्ने ब्यवस्था समेत आयोजक संस्थाले नै गरिदिएको दुबै आयोजक संस्थाका अध्यक्ष एमबी थापा मगर बताउछन् । 

यस्तो शयरको निशुल्क लुफ्त  उठाउन चाहने इच्छुकहरुले आदिवासी जनजाति महासंघ हगंकंग र मगरसंघ  हंगकंगमा सम्पर्क राख्न सुचना जारी गरिएकोछ ।

 

थापाको दावी अनुसार हंगकंग सरकारको सहयोगमा नेपाली संस्थाको आयोजनामा यत्रो ठूलो संख्यामा चीन भ्रमण गर्न थालिएको यो पहिलो अवसर हो । उनी भन्छन् M स्थानीय सरकारको सहयोगमा यस्ता अन्य थुप्रा कार्यक्रमहरु फ्लोरमा छन् जसबाट हंगकंगमा रहेका अल्पसंयख्कहरुले प्रत्यक्ष फाइदा उठाउनेछन् ।

 

 

 

Last Updated on Monday, 04 October 2010 03:40

Hits: 1246

मगर संघ हंगकंग १३औं बर्षमा

 

२३ अगष्ट २०१० मा मगरसंघ हंगकंगले १३ औं  बार्षिक उत्सव भब्यतापूर्वक सम्पन्न गरयो ।  फिलिपिन्समा बस अपहरण काण्डमा मृत्यु भएका ८ जना हंगकंगेली नागरीक र २२ अगष्ट २०१० का दिन मृत्य भएका  देउ बहादुर राना मगरको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा गरी कार्यक्रम शुरु गरिएकोथियो ।


 टुपेन राना मगरको साचालन तथा अध्यक्ष एमवि थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमम।  नेपाल मगर संघका स्थापना कालदेखि नै सकि्रय तुल बहादुर गर्वुजा मगरको प्रमुख आतिथ्यथियो । सचिव सुरेश गलामी मगरले कार्य प्रतिबेदन र कार्यबाहक सहकोषाध्यक्ष सूर्य पुन मगरले लेखा प्रतिबेदन प्रस्तुत गरेकाथिऐ ।

कार्यक्रम समापनपछि   चुनवान एमटिआरसी डिपोर्ट क्लव हलमा मगर संस्कृतिमा आधारित याऊनाट बृत्तचित्र  प्रदर्शन गरीएको थियो । अपेक्षा गरे भन्दा बढी दशको सहभागिता रहेको कार्यक्रमम।  प्रायश सबै गन्यमान्य ब्यक्तित्वको  जमघट  थियो । 


के हो याऊनाट 
मगर संघ हंगकंगका पूर्व सदस्य तथा निर्माात लक्ष्मण थापा मगरकानुसार याऊको अर्थ  उपहार र नाट भनेको दिनु हो  । यो विशेष गरेर स्याङजा पाल्पा र तनहुँको सीमा क्षेत्रमा  फागु पूर्णिमाको उपलक्ष्यमा नाचिने मगर नाच हो । यस पर्वमा भान्जा पक्षले मामाको छोरी गीतबाटै माग्ने र मामा पक्षले पनि गीतैवाट जवाफ दिने गरिन्छ । मगरमा मामाको छोरी रोजी रोजी विवाह गनर्जे चलन रहेकोले यस्ते गीत चल्दै आएको बतइन्छ ।  तर यो दोहोरी गीत  लोपोन्मुख अवस्थामा छ ।  बृत्तचित्रले त्यहि समस्यातर्फ सबैको ध्यानाकर्षण गन खोजेकोछ ।

 वृत्तचित्रको समापनपछि  क्लव हलमा अन्य मनोराजनात्मक कार्यक्रम पनि आयोजन  गरिएकोथियो । जसमध्ये अमेरीकन पुल टेवल, बिलियर्ड र डार्ट आदि खेलहरु उपलब्ध थिए ।


भीम थापा मगर 

Last Updated on Wednesday, 22 January 2014 07:12

Hits: 1187

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६