A+ A A-

पार्टी भन्दा जाति ठुलो कुरा हो : पुन मगर

भिम बरही मगर, १० जनवरी, हंगकंग, मगर संघ हंगकंगको माघे सक्रन्ति चाड मंकी हिलमा भब्व रूपमा सम्पन्न भएको छ । नेपाल मगर संघका केन्द्रिय सचिब ज्ञानेन्द्र पुन मगरले प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । मगरहरू जुन पार्टीमा लागे पनि मगर समुदायको हितको लागि एक हुनु पर्ने पुनले बताए । मगर संघको नेतृत्व गर्ने ब्यक्तिहरू राज्यको पनि माथिल्लो निकायमा पुग्न सफल भएको हामी पाउछैां । त्यसैले मगरको नेतृत्व गर्नु सानो कुरा नभएको पुन मगरले थपे । आदिबासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगर, हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङले विशेष अतिथ्य ग्रहण गरी बोलेका थिए । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथिको असन ग्रहण गरेका थिए । माघे सक्रान्तिमा चाडमा मगर समुदाय खाइने परिकारहरूको ब्यवस्था गरीएको थियो । यस चाडमा पितृको पुजा गरीने हुनाले मगर बैाध्द समाज हंगकंगका सचिब हिरा थापा मगरले पितृ पुजा गरेका थिए ।  

संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ सचिब सुमन थापा मगरले सञ्चालन गरेका थिए । स्वागत मन्तब्य दिदै उपाध्यक्ष थल श्रीस मगरले माघे सक्रन्तिको बारेमा बोलेका थिए । धनुषा बाण, ठेला र डोरी तान्ने खेल पनि खेलाइएको थियो । खेलमा विजेताहरूलार्इ नगद पुरस्कार दिइएको थियो । मगरहरूको संस्कृतिमा अधारीत कउरा नृत्य सोरठी नृत्य, हुर्र नृत्य प्रस्तुत गरीएको थियो ।   

 

Last Updated on Wednesday, 13 January 2016 15:08

Hits: 686

तमु समाज हङकङको प्रथम ल्होसार (प्र ल्हो ) कार्यक्रम भब्यताका साथ सम्पन्न !

मुककाजी (काजी) गुरुङ, हङकङ

२७ डिसेम्बर २०१५ का दिन तमु समाज हङकङले मंकीहिलमा तमु समाज स्थापनाको प्रथम बर्षको ल्होसार (प्र ल्हो) नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको बिशेष प्रस्तुतिमा निकै भब्यताको साथ सम्पन्न गरेको छ।

तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल (स्याङ्जाली कान्छा) गुरुङ्को अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नेपाली कांग्रेस पर्वत का पूर्व सभापति नवराज गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने तमु समाज महिला बिभागकी अध्यक्ष श्रीमती पुष्प गुरुङ, तमु समाज हङकङका प्रमुख सल्लाहकार बिष्णु गुरुङ, किरण गुरुङ, नरेन्द्र गुरुङ यसैगरी अन्य सल्लाहकार सविता घले, भानबिर गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र गुरुङ, पर्वत मञ्चका अध्यक्ष श्याम गुरुङ, हङकङ नेपाली महासंघका प्रतिनिधि महासचिव मोती चाम्लिंग, जनसम्पर्क समिती हङकङका महामन्त्री मिन गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिंग राई, उर्गेन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टर, युनलोंगका अध्यक्ष कमला गुरुङ, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ लगायत अन्य बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अतिथिको रुपमा आसिन गराएका थिए।

तमु समाज हङकङका प्रथम उपाध्यक्ष मन प्रसाद गुरुङ्को स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव बिशन गुरुङ्ले सञ्चालन गरेका थिए भने प्रमुख अतिथी नेता नवराज गुरुङ र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ्ले दीप प्रज्ज्वलन गरी कार्यक्रमलाई उद्द्घाटन गरेका थिए। कार्यक्रम उद्द्घाटन पश्चात संघकै सल्लाहकार लगायत केही अतिथी महानुभावहरुले ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । यसै क्रममा प्रमुख अतिथी नेता नवराज गुरुङ्ले तमु समाजद्वारा आयोजित प्र ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाउंदा तमु समाज हङकङलाई धन्यवाद ब्यक्त गरे।यसैगरी तमुहरुको राष्ट्रिय तथा महान धार्मिक पर्व प्र ल्होसारको उपलक्ष्यमा शुभकामना ब्यक्त गरे भने सबै तमुहरु मिलेर एकै थलोमा संयुक्त/ सामुहिक ल्होसार मनाउंनु पर्ने बताए। एकताबाट नै अधिकार प्राप्ति गर्न सकिने, मौलिक पहिचान, भाषा, कला, संस्कार सस्क्रीतिको संरक्षण समबर्ध्दन हुने भएकाले यस्ता मौलिक र एतिहांसिक पर्वलाई हामीले सामुहिक रुपले मनाउंनु पर्ने बताए।

अन्तमा, अध्यक्ष कोमल गुरुङ्ले तमुहरुको राष्ट्रिय तथा महान धार्मिक पर्व प्र ल्होसारको उपलक्ष्यमा सम्पूर्ण तमुहरु लगायत गैर तमुहरुलाई प्र ल्होसारको शुभकामना ब्यक्त गरे। शुभकामना संगसंगै तमु समाज हङकङद्वारा आयोजित प्र ल्होसार कार्यक्रमलाई भब्य तथा सभ्यका साथ सफल पार्न उपस्थित सम्पूर्ण तमु तथा गैर तमुहरुलाई धन्यवाद दिए भने प्रमुख अतिथी नेता नवराज गुरुङ् लगायत नेपालबाट प्र ल्होसार कार्यक्रमको लागि आमन्त्रित कलाकारहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे र हङकङमा रहेका सम्पूर्ण तमुहरुलाई एकै थलोमा सामुहिक ल्होसार मनाउंनु पर्नेमा आफ्नो भनाई ब्यक्त गरे।

कार्यक्रममा तमु समाज हङकङ स्थापना भए लगतै तमु समाज हङकङलाई हङकङ डलर ५०,००० (पचास हजार) देखी ५,००० (पांच हजार) आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई अध्यक्ष कोमल गुरुङ लगायत प्रमुख अतिथी र अन्य अतिथी महानुभावहरुको हातबाट फेटा ओढाई खादा र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने प्र ल्होसार पर्वलाई भब्य तथा सभ्यका साथ सफल पार्न प्रायोजन गर्ने प्रायोजक दाताहरुलाई पनि खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानकै क्रममा छेलो प्रतियोगितामा पहिलो र दोस्रो हुने छेलो पहलमानहरुलाई पनि गुरुङ्हरुको परम्परा अनुसार फेटा ओढाई खादा र सम्मान पत्रद्वारा नगद पुरुस्कार प्रदान गरे। यसैगरी भाग्यशाली चिठ्ठा अन्तर्गत भाग्यशाली बिजेताहरु उपबिजेता सुमित्र गुरुङ र गंगा गुरुङ्ले क्रमश: सामसुंग फोन र एक तोलाको सुनको सिक्री पाउंन सफल भएको छ।

कार्यक्रमको अन्तिम चरणमा, नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोकदोहोरी गायिका दुर्गा गुरुङ, गण्डकी अाईडल मनोज गुरुङ, उध्घोषक, चलचित्र निर्देशक तथा गायक कृष्ण कुमार गुरुङ लगायत मगर संघ हङकङको कार्यक्रममा आमन्त्रित चर्चित लोकदोहोरी गायक सञ्जय गुरुङ र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुतीमा सांस्कृतिक कार्यक्रम सोंचेको भन्दा भब्य र सभ्यका साथ सम्पन्न भएको छ। "आयो ल्होसार" भन्ने ल्होसार गीतबाट शुरुवात गरिएको सांस्कृतिक कार्यक्रममा दुर्गा गुरुङ्को एकल गीत स्याउली पलाईछ, मनोज गुरुङ्को लपु चले आघें ठागु देखी संयुक्त रुपमा सालै जो, सिक्लेसैको मेलामा, आयादो ठागु, माया पिरती र अन्तत: तिते करेली दोहोरी गीत डिजेमा परिणत हुंदै तमु समाज हङकङद्वारा आयोजित प्र ल्हो (बांदर) बर्गले ल्हु ल्हो (भेंडा) बर्गलाई बिदाई गरे।

Last Updated on Wednesday, 06 January 2016 13:13

Hits: 467

नेपाली कांग्रेसमा गुटले गर्दा समस्या : कोइराला

राज्यसत्ता, २५ डिसेम्वर, हंगकंग, नेपाली जनसर्म्पक समिति हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा १९ औ बार्षिकउत्सब सम्पन्न गरेको छ । पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा सांसद सुजता कोइरालाले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेकी थिइन । नेपाली काग्रेसमा गुटका कारण धेरै समस्या भएको र यसको अन्त गर्नको लागि कुनै गुटमा नलागी सक्रिय भएको बताइन । विदेश जादा धेरै युवाहरू बिदेशीयको देखेर अब युवाहरू पलायन रोक्न काम शुरू गरी सकेको र युवाहरूको लागि केही गर्दैछु भनिन । विशेष अतिथिमा पर्वतका पुर्व जिल्ला सभापति नवराज गुरूङ, लमजुङ क्षेत्र नं. २ का सांसद चन्द्र प्रसाद, पाल्पा जिल्लाकी जमीन मिया, प्रेश युनियनका केन्द्रीय सचिब तथा नेपाल मगर विद्यार्थी संघका केन्दिय अध्यक्ष दीपा आले मगर, गम कुमारी गुरूङ तथा जन सर्म्पक समिति मकाउका अध्यक्ष सुदर्शन थापा रहेका थिए । हंगकंगका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथिको अशन ग्रहण गरेका थिए । समितिलार्इ बिशेष योगदान दिने ब्यक्तित्वहरूलार्इ सम्मान पनि गरीएको थियो ।

समितिका सभापति बसन्त श्रीनेटको सभापतित्वमा महामन्त्री मीन गुरूङको सञ्चालनमा उपसभापति किसन देवानले स्वागत मन्तब्य दिएका थिए । समयअभावले गर्दा टिम्वुरबोटे कान्ड बृत्तचित्र प्रदर्शन हुन सकेन र यसमा आयोजकले क्षमा मागेका थिए ।  

Last Updated on Saturday, 26 December 2015 12:18

Hits: 536

भुकम्पले अनाथ बनेका बच्चाहरूको शिक्षामा मिस मगरको योगदान

भिम बरही मगर, २७ डिसेम्वर, हंगकंग, भुकम्पले गर्दा अनाथ बनेका नेपालका ८ जिल्लाका करीब ७० जना बालबालिकाको शिक्षाको लागि मिस मगर समुह हंगकंगले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम संकलन गर्नको लागि मिस मगर समुह हंगकंगले उनीहरुलाई उठाउँ भन्ने नाराका साथ युनलोङ थेटर हलमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मगर संघ हंगकंगले भने संयोजकको भुमिका खेलेको संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । मिस मगर समुह हंगकंगले ब्यक्तिगत रुपमा पनि बच्चाहरुको शिक्षाको लागि जिम्मा लिएका छन ।

भर्रखरको उमेरमा नै यस्तो समाजिक कार्य प्रति सचेत हुनु भनेको मगर समुदायको लागि मात्रै नभएर देशको लागि पनि गौरवको कार्यको थालनी भएको छ । । मिस मगर हंगकंग २०१५ को ताज पहीरीन सफल पुजा राना राना मगर, मगर संघ हंगकंगको प्रत्यक्ष राहत कार्यक्रममा पनि नेपाल गएर सवै कुरा देखेर साथै भोगेर आएकी पात्र हुन । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरको नेतत्वमा कोषाध्यक्ष निलम थापा मगर पनि राहत लिएर नेपाल गएकी थिइन ।

कार्यक्रम र प्रायोजकको नामावाली हेर्दा सहयोग रकम राम्रो उठेको र मिस मगर समुह हंगकंगको योजना पुरा हुने देखिन्छ । नेपालबाट आएका कलाकारहरूले पनि उनीहरूलार्इ सहयोग गर्नका लागि भन्दै पारीश्रमिक नलिने घोषणा गरेका छन । संजय गुरूङ, कुमार पुन मगर, देवि घर्ती मगर, श्री कृस्णा क्षेत्री, निखिता थापा, सरूपा थापा र प्रमोद खरेल कार्यक्रम सफल पारी सहयोग गर्न हंगकंग आएका थिए ।  

 

Last Updated on Monday, 28 December 2015 14:09

Hits: 1632

हङकङमा जनजाति महावाणिज्यदूत माग

किसन राइ

२ डिसेम्बर । महावाणिज्यदूत महेश प्रसाद दाहाल बढुवासंगै सरुवा भएपछि आदिवासी जनजाति मूलको महावाणिज्यदूत माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापा नेपाल पुगेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बुझाइएको मागपत्रको बोधार्थ अध्यक्ष थापाले प्रतिनिधिसभाका सभामुख ओनसरी घर्ती, परराष्ट्रमन्त्री कमल थापा, सामान्य प्रशासनमन्त्री रेखा शर्मा, अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका छन् । त्यसैगरी मागको लागि सहयोग गर्न उनले प्रमुख दलका प्रमुखहरुलाई समेत पत्रसहित आग्रह गरिएको बताएका छन् ।

मागपत्रमा महासंघको आन्दोलनको कारण नेपाली समुदायमा रहेको द्वन्दको स्थिति सामान्य बनाउँन र स्थानीय सरकार तथा अन्य समुदायमा प्रवाह भएको नकरात्मक सन्देशलाई सकरात्मक बनाउँन आदिवासी जनजाति मूलको महावाणिज्यदूत नियुक्त गर्न जोडदार माग गरिएको छ ।

‘मागपत्र, ज्ञापनपत्र, स्मरणपत्रबाट शुरु भएको महासंघको आन्दोलन पछिल्लो अवस्थामा नारा–जुलुस, धर्ना, विरोध हुदै बहिष्कारमा पुगेको छ । आन्दोलनकै कारण भर्खरै बढुवा भएर नेपाल फर्केका महेशप्रसाद दाहाल समुदायका सार्वजनिक कार्यक्रमहरुमा सहभागी बन्न नसकेको सबैको सामु छर्लङ्ग छ । यसले गर्दा समुदायमा द्वन्दको स्थिति रहेको छ । नचाहदा–नचाहदै अन्य समुदायलगायत स्थानीय सरकारमा नकरात्मक सन्देशसमेत प्रवाह भएको छ ।’ मागपत्रमा लेखिएको छ ।

यहाँ रहेका नेपाली बेलायती गोर्खाका सन्तति रहेको र बेलायती गोर्खामा आदिवासी जनजातिको बाहुल्यता रहेको परिप्रेक्ष्यमा लगभग शतप्रतिशत नेपाली सोही समुदायको रहेको दावी गर्दै मागपत्रमा अहिलेसम्मका छजनै महावाणिज्यदूतहरु ब्राह्मण जाति र खस–आर्य समुदायको रहेको र परिवर्तित नेपालमा समावेशिताको सिद्धान्त लागू भए पनि हङकङका नेपालीले त्यसको अनुभूत गर्न नपाएको उल्लेख गरिएको छ ।

मागपत्रमा ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो जुन कुरा भर्खरै जारी भएको संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ, तर हङकङको नेपाली महावाणिज्यदूत नियुक्तिमा उक्त विविधता झल्कन सकेको छैन । यो लामो कालखण्डमा सरकारकोतर्फबाट हामीमा सौतेनी व्यवहार भएको हाम्रो ठहर रहेको छ ।’ उल्लेख गरिएको छ ।

माग पूरा भएमा द्वन्दको स्थितिलाई सहज बनाउँदै समुदायमा एकता, भातृत्व कायम गर्ने अन्य समुदाय र स्थानीय सरकारमा सकरात्मक सन्देश प्रवाह गर्ने र राष्ट्रको विकासमा सम्पूर्ण नेपालीलाई एकतृत गराउँने प्रतिबद्धता जाहेर गरिएको छ ।

विगत एक दशकदेखि महासंघ आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग गर्दै आन्दोलनरत रहेको छ ।

Last Updated on Wednesday, 09 December 2015 14:50

Hits: 570

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर