A+ A A-

चरीमाया कोठीदेखि शक्ति समुहको सदस्यसम्म

भिम बरही मगर, १३ मार्च, हंगकंग, नेपाली महिला संघ हंगकंग र एन आर एन हंगकंगको आयोजनामा पाकिस्तानी क्लब जोर्डनमा १०६ औ अर्न्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । शक्ति समुह नेपालकी सदस्य तथा अमेरीकाको हिरो एक्टीङ माडेल सेलीव्रेटी अवाडले सम्मानित भएकी चरीमाया तमाङ्गले प्रमुख अतिथ्य ग्रहण गरी सम्बोधन गरेकी थिइन । महिला र पुरूष जैबिक रूपमा मात्रै फरक हो र अरू कुराहरू सवै समान भएको उनले बताइन । कोठीमा बस्नको लागि उमेर नपुगेको भनी भरतीय सरकारले उद्वार गरे पनि नेपाल सरकारले नेपाली नागरीक भनी उद्वार गर्न चासो नदेखाएकोले लामो समय भारतमा नै बिभिन्न संस्थाको शरणमा बस्न बाध्य भएको तितो यथार्थ खोलिन । गाउँमा जादा पनि कोठीबाट फर्केको भनी गाउँलेहरूले हेयको दृष्टीकोणले हेरेको दुख ब्यक्त गरीन । तमाङ्ग १६ बर्षको उमेरमा भारतमा बेचिएकी थिइन र २२ महिना पछि उनको उद्वार गरीएको थियो । तमाङ्गको बारेमा तयार पारीएको बृत्तचित्र पनि प्रदर्शन गरीएको थियो ।  तमाङ्गलार्इ ताम्रपत्रले सम्मान गरी उनले नेतृत्व गरीरहेकी मानब बेचबिखन रोक्न सक्रिय संस्था शक्ति समुह नेपाललार्इ रू. एक लाख पचास हजार सहयोग गरीएको थियो ।  

बर्ष महिलाको उपाधिबाट हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङलार्इ सम्मान गरीएको थियो । हंगकंगमा विभिन्न क्षेत्रमा सफल तथा योगदान दिने महिलाहरूलार्इ पनि सम्मान गरीएको थियो ।

बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथ्य ग्रहण गरेका थिए । संघकी अध्यक्ष टीका गुरूङ र एन आर एनका अध्यक्ष ललित आम्वुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ अनु रार्इले कार्यक्रम सञ्चालन गरेकी थिइन । एन आर एनका सदस्य टिका राना मगरले स्वागत मन्तब्य दिएकी थिइन ।

 

 

Last Updated on Tuesday, 15 March 2016 14:50

Hits: 1018

३४ औ मगर दिवसको अवसरमा मगर बर्ष पुरूष र महिलाका साथै मिस मगर हंगकंग छानियो

भिम बरही मगर, ६ मार्च, हंगकंग, मगर संघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा ३४ औ मगर दिवस सम्पन्न भएको छ । मगर दिवसको अवसरमा मगर बर्ष पुरूषमा जगत थापा मगर र मगर बर्ष महिलामा कुमारी थापा मगर सम्मानित भएका छन ।  

भीम थापा मगर, शिला राना मगर, हर्क राना मगर, जस पुन मगर र सालु थापा मगर गरी पाँच जना निर्णायक मण्डलमा रही मिस मगर छानिएको थियो । मिस मगरको ताज भने ९ जना प्रतियोगिहरूलार्इ उछिन्दै पुनम झेडी मगरले पहिरीन सफल भएकी छिन । झेडी मगरले सुनको जन्तर लगायत नगद तथा अन्य पुरस्कार पनि प्राप्त गरेकी छिन । अन्य प्रतियोगिहरूमा रेशा थापा मगर, सुबिना थापा मगर, सुस्मिता श्रीनेट मगर, कृति थापा मगर, निकिता पुन मगर, नम्रता थापा मगर, बिपना राना मगर र मन कुमारी सारू मगर रहेकी थिइन । सवै प्रतियोगिहरूलार्इ संघले एउटा एउटा टाइटल र पुरस्कार दिएर सम्मान साथै प्रोत्साहन दिएको थियो । मगरको कला संस्कृति र भाषाको वारेमा बोल्नु पर्ने साथै निर्णायकले सोधेको प्रश्नको सही जवाफ दिनु पर्ने कुराहरू पनि समाबेश गरीएको थियो । मिस मगर प्रतियोगिताको कार्यक्रमलार्इ मिस मगर २०१५ पुजा राना मगर र मिस मगर २०१४ अन्जना पुन मगरले रोचक साथै निकै आर्कषक तवरले सञ्चालन गरेकी थिइन ।  

नेपाल मगर संघ केन्द्रिय समितिका सचिव तथा बिदेश बिभाग प्रमुख रक्षा रैका मगरले प्रमुख अतिथ्य ग्रहण गरी सम्बोधन गर्दै अब मगरहरूको पहिचान पुरानो शासक बर्गले भने जस्तो नभर्इ फेरीइ सकेको र मगरहरू धेरै अगाडि बढिसकेको बताएका थिए । नेपाल मगर संघ मगरको पहिचान सुनिश्चित गर्नको लागि संघर्षरत छ उनले थपे । आदीवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगरले विशेष अतिथ्य ग्रहण गरेका थिए । मगर संघ हंगकंगका पुर्व अध्यक्ष तथा अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथ्य ग्रहण गरेका थिए । शुभकामना दिने क्रममा पुर्व महासचिव तथा सल्लाहकार भीम थापा मगरले मगरहरूको लगानी सुनिश्चित गर्नको लागि र मगरहरूलार्इ समस्या पर्दा सहयोग गर्ने उदेश्य लिएर स्थापना भएको मगर लगानी समुह (MAGAR INVESTMENT GROUP) को बारेमा जानकारी गराएका थिए ।

पहिलो चरणको कार्यक्रम महासचिव बोध बिक्रम थापा मगरको सञ्चालनमा गरेका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ उपाध्यक्ष थल श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए ।

Last Updated on Monday, 07 March 2016 15:36

Hits: 746

हङकङमा पहिलो पटक तमु महिलाले मनाए "माङी औंसी"

मुककाजी (काजी) गुरुङ

हङकङ ,०८ फेब्रुवरी २०१६ का दिन तमु समाज हङकङ महिला बिभागले याउ मा तेईस्थित हिन्सको सभा हलमा हङकङमै पहिलो पटक तमु नारीहरुको महान पर्व ("माङी औंसी) मनाएका छन।
  तमु समाज हङकङ महिला बिभागकी नव निर्वाचित अध्यक्ष श्रीमती पुष्प गुरुङ्को अध्यक्षतामा ज्येष्ठ नागरिक श्रीमती श्री कुमारी गुरुङ्लाई प्रमुख आतिथ्य प्रदान गरिएको थियो भने तमु समाज हङकङका अध्यक्ष कोमल स्याङ्जाली कान्छा गुरुङ, नमो बुद्ध धर्म सेन्टरका श्रीमती रेनुका गुरुङ, यसैगरी नमो बुद्ध धर्म सेन्टरकै प्रमुख धर्म गुरु गोपाल गुरुङ र देवीदास गुरुङ, तमु राष्ट्रिय मुक्ती मोर्चका अध्यक्ष दुर्गा (मिलन) गुरुङ, पर्वत मञ्च हङकङ्का अध्यक्ष श्याम गुरुङ, हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टर युनलोंगका प्रतिनिधि, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ राई, नेपाली जनसंपर्क समिती हङकङका अध्यक्ष बसन्त श्रीनेट, यसैगरी जनसम्पर्ककै महामन्त्री मिन गुरुङ, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ, तमु समाज हङकङका प्रमुख सल्लाहकार किरण गुरुङ, नरेन्द्र गुरुङ, सल्लाहकार भानबिर गुरुङ, सल्लाहकार सविता घले र टिम्बुरवोटे काण्डका नायक तथा जीऊँदो शहिद प्रजातन्त्रका सेनानी एल बी गुरुङ बिशेष अतिथिको रुपमा मञ्चमा आसिन थिए। यसै गरी समाजका अन्य प्रमुख सल्लाहकार लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथा समाजका बिभिन्न ओहोदामा रहेका ब्यक्तित्वहरुलाई पनि अतिथिको रुपमा आसिन गराएका थिए।अतिथीकै रुपमा तमु समाज हङकङका मिडिया प्रवक्ता र मिडिया पार्ट्नर मुककाजी गुरुङ र अमृत गुरुङ पनि अतिथिको रुपमा आसिन थिए।

तमु समाज महिला बिभागकी उपाध्यक्ष श्रीमती कृष्ण कुमारी गुरुङद्वारा स्वागत मन्तब्य गरिएको कार्यक्रमलाई सचिव श्रीमती अनिता गुरुङले सञ्चालन गरेकी थिईन। प्रमुख अतिथी श्रीमती श्री कुमारी गुरुङ्ले पानसमा दीप प्रज्ज्वलन गरी सात कन्याहरुद्वारा फूल छर्काउंदै कार्यक्रमको उद्ध्घाटन गरिएको थियो भने तमु समाज हङकङका प्रमुख सल्लाहकार किरण गुरुङ्ले माङी औंसीको बारेमा उपस्थितजनलाई जानकारी गराएका थिए। कार्यक्रममा अन्य अतिथी महानुभावहरुले पनि आ-आफ्नो भनाई राख्दै कार्यक्रम सफलताको कामना ब्यक्त गरे भने तमु समाज हङकङ तथा महिला बिभागले हङकङमा रहेका सम्पूर्ण तमुहरुलाई एकीक्रित गर्दै अगाडि बढ्नु पर्नेमा शुभकामना ब्यक्त गरे।

प्रमुख सल्लाहकार किरण गुरुङ्को वक्तब्य लगत्तै तमु समाज हङकङलाई बिभिन्न क्षेत्रमा सहयोग गर्ने ब्यक्तित्वहरुलाई महिला बिभागकी अध्यक्ष, प्रमुख अतिथी लगायत तमु समाज हङकङका अध्यक्षद्वारा खादा लगाई प्रशंसा पत्रद्वारा सम्मान गरे। सम्मानकै क्रममा हङकङमा पहिलो पटक हङकङ पुलिसमा छनोट हुन सफल पहिलो नेपाली निरज गुरुङलाई पनि सम्मान गरेका थिए।

कार्यक्रमको अन्तमा, तमु समाज महिला बिभागकी अध्यक्ष श्रीमती पुष्प गुरुङ्ले तमु समाज महिला बिभागद्वारा आयोजित माङी औंसी पर्वलाई भब्य तथा सभ्यका साथ सफल पार्न उपस्थित सम्पूर्ण अतिथी महानुभाव, तमु समाज हङकङका दाजुभाई तथा दिदीबहिनी लगायत अन्य उपस्थितजनहरुलाई बिशेष धन्यवाद ब्यक्त गरिन भने भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताईन।

यसैगरी कार्यक्रममा सात कन्याहरुद्वारा एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकार तमु समाज हङकङका प्रमुख सल्लाहकार तथा लोकगायक किरण गुरुङ, लोकगायिकाद्व्य रुरु गुरुङ र अनिता खड्काले दोहोरी गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। यसैगरी दोहोरीलाई वाध्यबाधनमा तमु समाजका सदस्यहरु सोम गुरुङ, थम गुरुङ र रमेश गुरुङ्ले साथ दिएका थिए।

(गुरुङ तमु समाज हङकङका मिडिया प्रवक्ता हुन)
 

Last Updated on Sunday, 14 February 2016 15:29

Hits: 517

मधेशी र आदिबासी जनजातिको अनुहार फरक, पीडा र मुद्दा एउटै : यादब

भिम बरही मगर, १४ फेव्रवरी, हंगकंग, नेपाली आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा १३९ औ लखन स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री साथै संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादबले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । प्रथम शहिद लखन थापा मगरको तस्वीरमा माल्याण गरी लखन थापा मगरले ज्यानको अहुती दिन तयार भएको हुनाले त्यस पछिका अरूलार्इ राणा शासनको बिरूद्वमा आवाज उठाउन सहज भर्इ सहस बढेको बताए । आदिवासी जनजाति र मधेशी समुदायको अनुहार फरक भए पनि पीडा र मुद्दा एउटै भएकोले मधेशमा भएको आन्दोलनलार्इ आदिवासी जनजातिले पनि साथ दिएको बताए । मधेश आन्दोलनमा राजाको शासन कालमा भन्दा पनि बढी दमन भएकोले ६० जनाले शाहदात प्राप्त गरी शहिद भएको बताए । हाम्रो शान्तिपुर्ण आन्दोलनमा मृत्यु हुनेको संख्या बढ्दै जादा सरकारले बार्ताबाट माग सम्बोधन नगरेको हुनाले र हामीले आन्दोलन गर्ने सवै ठाउँमा कर्फु लगाएको हुनाले बाध्य भएर दश गजामा गर्इ आन्दोलन गर्नु परेको बताए । आजसम्म आदिवासी जनजाति र मधेशीले नेपालको एउटा सिन्को पनि नबेचेको र राष्ट्रघाती सम्झैता पनि नगरेको भन्दै नेपालको नदी नाला कसले बेचेको हो र राष्ट्रघाती सम्झैता कसले गरेको हो तपार्इ हामीलार्इ एना जस्तै छर्लङ भएको कुरा हो भने । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा फोरमका केन्द्रिय सदस्य महेन्द्र थापा मगरले बिशेष अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । नेपाल सरकारले लखन थापा मगरलार्इ प्रथम शहिद घोषणा गरेता पनि कार्यान्यन नभएकोले नेपाल मगर संघले सवै जिल्लाका प्रशासन र प्रधानमन्त्रीको कार्यालयमा पनि कार्यान्वयन गर्नको लागि ज्ञानपन पत्र बझाएको बताए । नेपाल आदीवासी पत्रकार महासंघका अध्यक्ष तथा एबीसी टेलिभिजनका डेष्क सम्पादक दण्ड गुरूङले विशेष अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । हाम्रो मान्छेहरू मिडिया हाउसको माथिल्लो तहमा भए पनि आदिवासी जनजातिको बारेमा लेख्न र कार्यक्रम सञ्चालन गर्न नचाहनु र नसक्नाले हाम्रो कुरा बाहिर आउन नसकेको बताए । तर एबिसी टेलिभिजनले कुनै दिन मधेशका ३ जनासम्म नेतालार्इ ३ वटा कार्यक्रममा बोलार्इ मधेशको अवाज के हो भनी जनमानसमा पुर्रयाएको बताए ।

हंगकंगका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि अतिथ्य ग्रहण गरेका थिए । मैसम रार्इको सञ्चालनमा पूर्व अध्यक्ष तथा सल्लाहकार भुपेन्द्र चेम्जोङले स्वागत मन्तब्य दिएका थिए । मगर संघ हंगकंगका पूर्व महासचिव तथा सल्लाहकार भिम बहादुर थापा मगरले प्रथम शहिद लखन थापा मगरको बारेमा जानकारी गराएका थिए । अध्यक्ष एम बि थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष थापाले बिभिन्न रूपमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरूलार्इ धन्यवाद दिएका थिए ।

कार्यक्रम स्थलमा जब फोरम अध्यक्ष आर्इपुगेका थिए कार्यक्रम शुरू भएको थिएन । कांग्रेस र एमाले समर्थक ब्यक्तिहरूले प्ले कार्ड सहित आर्इ ढोका बाहिर नारा लगाएका थिए । यसमा नेपाली काग्रेसका कारीन्ता तर एन अर एन हंगकंगका पूर्व तथा बर्तमान पदाधिकारीहरू समेत नारा लगाउनमा सामेल भएका थिए । एक छिन नारा लगाउन साथ त्यहा दुबै पक्षले आरोप लगाउदै दोहोरो नारा शुरू भएको थियो । कार्यक्रम स्थलमा प्रबेश गर्न खोज्दा भित्र जान रोकियो उनीहरू फर्केका थिए । त्सपछि प्रथम शहिद लखन थापाको स्मृति दिवस शुरू भएको थियो । एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधब नेपाल र भीम रावल हंगकंग आउदा आदिवासी युवाहरूले कालो भण्डा देखाएर पहिचान बिरोधि भनी नारा बाजी गर्दै विरोध गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता राम शरण महत हंगकंग आउदा युवाहरूले नै विरोध गरेका थिए । त्यसको जबाफी कार्बाही स्वरूप उपेन्द्र यादकको विरोध गरीएको भन्ने पनि गरीएको छ । विरोध गर्नेहरूले यादबलार्इ प्रमुख अतिथि बनाएर प्रथम शहिदको अपमान भएको बताइ रहदा अर्को पक्षले भने अदिवासी जनजातिको कार्यक्रम त्यसमा पनि प्रथम शहिद पनि आदिवासी जनजाति नै भएको समयमा आदिवासी जनजातिले नै विरोध गरेर प्रथम शहिदको मात्रै नभर्इ आफैले आफ्नो अपमान गरेको बताइरकेका छन । यसले गर्दा गैर आदिवासी जनजातिको अगाडि आदिवासी जनजातिहरू हासोको पात्र भएको बताइएको छ ।   

Last Updated on Monday, 15 February 2016 14:58

Hits: 920

हिन्सको सांस्कृतिक कार्यक्रम तक्मे बुढाले तक्मा टल्काएर चाइनिज बोले

भिम बरही मगर, ७ फेव्रवरी, हंगकंग, एकिकृत नेपाली समाज हंगकंग (हिन्स) ले याउ मा तेइ कम्युनिटी हलमा जातिय सदभाब सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल लगायत भारत, इन्डोनेशिया, फिलिपन्स, चाइनाको समेत गीत तथा झाकीहरू प्रर्दशन गरीएको थियो । साम सुइ पो डिष्टीक काउन्सिलर विल्सन डब्लु एस चानले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । डि ए वी पार्टीका चानले नेपाली समुदायको हरेक किसिमको समस्या समाधान गर्न हामी तयार भएकोले डि ए वी पार्टी नेपाली समदायविच रहेको बताएका थिए । फिलिपिन्स कन्सुलेट जनलरका डेपुटी कन्सुल जनरल क्रिस्चीय डीन्गससले विशेष अथिथ्य ग्रहण गरेका थिए । हंगकंगका संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि अतिथ्य ग्रहण गरेका थिए । समाजलार्इ विशेष योगदान दिने ब्यक्ति तथा संस्थाहरूलार्इ सम्मान गरीएको थियो ।

नेपालबाट हास्यकलाकार तक्मे बुढा (विल्सन बिक्रम रार्इ) लार्इ ल्याइ सम्मान गरीएको थियो । रार्इले चाइनिज भाषा बोल्दै हास्य प्रस्तुती दिएका थिए । अशोक गहतराजको सञ्चालनमा अध्यक्ष बिनय शाहको अध्यक्षतामा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष शाहले बिभिन्न रूपमा सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरूलार्इ धन्यवाद दिएका थिए । कृष्ण लावती र अरूणा राना मगरले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।    

Last Updated on Monday, 08 February 2016 14:54

Hits: 725

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर