A+ A A-

स्याङजा लामडाँडा अग्नि पीडितलाई हङकङवासीको १२ लाख ४० हजार सहयोग

मुककाजी गुरुङ, हङकङ

१७ जुन २०१६ का दिन आगोलागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमित्त हङकङवासी नेपालीले ठुलो रकम सहयोग गरेका छन् ।

हङकङवासी नेपालीहरुले लामडाँडा अग्नि पिडितहरुका निमित्त नगद १२ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन । स्याङजा माझकोट सिंगारकोट घर भई हाल हङकङको बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यमा अग्रसर तथा संचारकर्मी मुककाजी गुरुङको बिशेष पहलमा ५ लाख ६० हजार रुपैयां संकलन भएको हो । जस मध्ये तमु प्ये ल्हु संघ हङकङ, तमु समाज हङकङ लगायत हङकङ, मकाउ र नेपालका विभिन्न ब्यक्तित्वहरुबाट संकलित रकम रहेको छ । यसैगरी भिरकोट आठथर तमु समाज, स्याङ्जा हङकङको तर्फबाट नेपाली ६ लाख ८० हजार रुपैयां गरी जम्मा नगद १२ लाख ४० हजार रुपैयां बितरण गरेका हुन्।

हङकङबाट संकलित उक्त रकम “गोर्खा वेल्फेयर स्कीम, एरिया वेल्फेयर सेन्टर, स्याङ्जाका वेल्फेयर अफिसर क्याप्टेन पिम गुरुङले अग्नि पीडितहरुलाई वितरण गरेका थिए । एकद्धवार प्रणालीबाट राहत वितरण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा क्याप्टेन पिम गुरुङले राहत संकलन पहलकर्मी मुककाजी गुरुङले हङकङ्गबाट पठाउनु भएको सन्देश समेत पढेर सुनाएका थिए । रकम वितरण गर्दै गुरुङले राहत रकम सहि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।हङकङबाट संकलित रकमले अग्नि पीडितहरुको घाउमा मलम लगाउन टेवा पुग्ने दावी समेत गरे साथै सहयोग रकम पुनर्निर्माणमा खर्चिने पनि बताए ।

त्यसैगरी स्थानिय समाजसेवी एवम लेफ्टिनेन्ट चौ बहादुर गुरुङले अग्नीपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । गुरुङले आगालागीबाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने बताउदै यसका लागि प्राविधिक तयारी भइरहेको जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले गाँउलाई नमुना गाँउको रुपमा पुर्ननिर्माण गरिने बताए । हाल बर्षायाम भएकाले भदौँ दोस्रो सातादेखि घर निर्माण गर्न शुरु गर्ने योजना रहेको जिकिर गरे । साथै समाजसेवी तथा सञ्चारकर्मी भाई मुककाजी गुरुङको बिशेष पहलमा लामडांडा अग्नि पीडितहरुलाई भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङ, तमु प्ये ल्हु संघ हङकङ, तमु समाज हङकङ लगायत हङकङ, मकाउ र नेपालका बिभिन्न ब्यक्तित्वहरुले जुन किसिमको आर्थिक सहयोग गर्नुभएको छ, उक्त सहयोगप्रति सिंगो लामडांडा अग्नि पीडितहरुको तर्फबाट सम्पूर्ण सहयोगी संघसंस्था तथा ब्यक्तित्वहरु प्रती हार्दिक आभार ब्यक्त गरे । पत्रकारहरु समेत उपस्थित रहेको कार्यक्रम लामडाँडा दैविक प्रकोप समितिका सचिव धन बहादुर थापाले सञ्चालन गरेका थिए ।

लामडाडामा गत बैशाख १८ गते आगोलागीबाट २० घर पूर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म विभिन्न व्यक्तिहरु, संघसंस्था र देशविदेशबाट गरि करिव ५१ लाख संकलन भईसकेको समितिले जनाएको छ ।

Last Updated on Tuesday, 21 June 2016 02:14

Hits: 950

अबदेखि सेङवानस्थित साई ईङ : BLOSSOM Beauty Salon सञ्चालनमा

मुककाजी (काजी) गुरुङ

 हङकङ मे,१-यहि में महिनादेखी सेङ्वान (Sheung Wan)नजिकै साई ईङ पुन ( Sai Ying Pun)  स्थित होटेल Best Western, HOTEL HARBOUR VIEW कै नजिक Spa ट्रेनिङ ईन्स्टिच्युटबाट तालीम प्राप्त र अनुभवी स्याङ्जाकी दिक्षा गुरुङ्ले " BLOSSOM Beauty Salon" सञ्चालनमा ल्याएको छ। BLOSSOM Beauty Salon मा

Facial , Spa massage, Hair Cut - Male & Female, 
Party Hair & Make up, Waxing, Nail Beautyर Hair Treatment, Shampoo, colour

आदि गरी बिभिन्न सेवाहरु हुने सञ्चालिका दिक्षा गुरुङ बताउंछिन। सम्पर्क र बिस्तृत जानकारीको लागि निम्न नम्बर हरुमा सम्पर्क राख्न सक्नु हुनेछ।

सम्पर्क नम्बरहरु :2659 8859, 5525 1033

खुल्ने र बन्द हुने समय :-( बिहान १० बजेदेखी बेलुकी ९ बजेसम्म)

Last Updated on Wednesday, 01 June 2016 15:06

Hits: 597

मृगौला पीडित लक्ष्मणको लागि पुन मगर समाज हङकङ सहयोग

रूद्र श्रीसमगर

 पोखरा, ७ वैशाख- मर्ने मन कसलाई पो हुन्छ र ? त्यसमा पनि खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरकालाई त मर्ने भनेपछि डर लाग्ने नै भयो । लेखफाँट–८, डाँडाकटेरी, पर्वतका २३ वर्षीय लक्ष्मण पुनलाई पनि कलकलाउँदो उमेरमै दुवै मृगौला काम नलाग्ने भएपछि बाँच्ने आशा हराइसकेको थियो । तर, कमजोर आर्थिक अवस्थाका लक्ष्मणलाई उनका आफन्तहरूले सहयोग उठाएरै भएपनि मृगौला प्रत्यारोपणका लागि जुटेपछि उनलाई बाँच्ने आशा पलाएको छ ।

गत साल कात्तिकमा काठमाडौंको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि मृगौला खराब भएको थाहा पाएपछि उनी जीवनदेखि निराश बनेका थिए । तर, हाल पोखराको चरक मेमोरियल हस्पिटलमा विगत पाँच महिनादेखि डाइलासिस गराइरहेका लक्ष्मणलाई मृगौला प्रत्यारोपणका लागि उनका आफन्त र देश तथा विदेशस्थित विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । मंगलबार मात्रै पुन मगर समाज हङकङबाट लक्ष्मणको मृगौला प्रत्यारोपणका लागि पठाइएको ८ लाख १० हजार ४ सय ८१ रुपैयाँ नगद मृगौला पीडित लक्ष्मणलाई नेपाल मगर संघ कास्कीका पूर्व उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले हस्तान्तरण गर्नुभयो ।

लक्ष्मणको उपचारका लागि हालसम्म २९ लाख ३३ हजार ७ सय २९ रुपैयाँ जम्मा भइसकेको छ भने डायलासिसका क्रममा अहिलेसम्म ३ लाख ७५ हजार २ सय ४८ रुपैयाँ खर्च भएको छ । धौलासिरी पुन मगर समाज, पोखराले आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मृगौला पीडित लक्ष्मणले समाजका दाजुभाइले गरेको सहयोगले आफूमा बाँच्ने आशा पलाएको बताए ।

सहयोगी सबैलाई धन्यवाद दिँदै उनले चिकित्सकले भने अनुसार अझै पनि उपचारका लागि ६ लाख रुपैयाँ आवश्यक पर्ने बताए । उनलाई सहयोग गर्न चाहनेले लक्ष्मणको मोबाइल नम्बर ९८६७६०८८४५ मा सम्पर्क गर्न सकिनेछ । लक्ष्मणलाई मृगौला प्रत्यारोपणका लागि भारत लगिन लागिएको समाजका उपाध्यक्ष क्या. बागवीर पाइजामगरले जानकारी दिनुभयो ।

 

Last Updated on Wednesday, 20 April 2016 15:38

Hits: 482

तमु प्ये ल्हु संघ हङकङले "क्वोइबो धीं" को उद्घाटन

मुककाजी (काजी) गुरुङ

 हङकङ-१५ में २०१६ का दिन युन लोंगस्थित आफ्नै निजी भवनमा तमु प्ये ल्हु संघ हङकङले एक औपचारिक कार्यक्रम संगै तमुहरुको महान पवित्र स्थल "क्वोइबो धीं" को उद्घाटन गरेका छन। तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सोम तमुको प्रमुख आतिथ्यमा कार्यक्रम तय गरिएको थियो भने माङी आमा समूहका अध्यक्ष श्रीमती कुमारी तमु, क्ल्हेप्री चिवा प्रेम बहादुर तमु, पच्यु चिवा एक प्रसाद तमु, क्वोइबो धीं खरीद गर्नको लागि सबै भन्दा बढी आर्थिक सहयोग दाता कास्की ,अर्मलाका रत्न प्रसाद (एजेन्द्र ) तमु, संघकै लेखा परीक्षक श्याम तमु, कोषाध्यक्ष पितम्बर तमु, सल्लाहकार प्रेम बहादुर तमु, सल्लाहकार रित तमु, हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङ, लमजुंग सेवा समिती हङकङका अध्यक्ष बिजय गुरुङ र तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङलाई बिशेष आतिथ्य प्रदान गरिएको थियो। यसैगरी हङकङस्थित बिभिन्न संघसंस्थाका प्रमुखहरुलाई कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएकोमा, स्याङ्जा जनसेवा समिती हङकङका उपाध्यक्ष प्रितम गुरुङ, अकलादेवी समाज स्याङ्जाका अध्यक्ष भानबीर गुरुङ, भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङका प्रतिनिधी तथा सचिव दिल कुमार गुरुङ, मर्दीखोला सेवा समिती हङकङका प्रतिनिधी राजु गुरुङ, धम्पुस समाज हङकङका अध्यक्ष दिल बहादुर गुरुङ, यसैगरी प्हच्यु भाई खलक हङकङका प्रतिनिधी लगायत संघका सल्लाहकार र केही बिशिष्ट ब्यक्तित्वहरुलाई पनि यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए।

 संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य संगै संघद्वारा केही महिना अगाडि मात्र हङकङ डलर ३।२ मिलियन अर्थात नेपाली लगभग सांढे चार करोड रुपैयांमा खरीद गरिएको आफ्नै निजी भवन ूक्वोइबो धींू को ९नामंकरण गरिएको ० संघका अध्यक्ष जितेन्द्र योज तमु, प्रमुख अतिथी तथा निवर्तमान अध्यक्ष सोम योज तमु, माङी आमा समूहका अध्यक्ष कुमारी तमु, क्वोइबो धीं खरीद गर्नको लागि सबै भन्दा बढी आर्थिक सहयोग दाता कास्की ,अर्मलाका रत्न प्रसाद ९एजेन्द्र ० तमु र हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङ्ले तमु प्ये ल्हु संघ हङकङ "क्वोइबो धीं " लेखिएको ब्यानरलाई संयुक्त रुपमा पर्दा अनावरण गर्दै उद्घाटन गरे। क्वोइबो धीं उद्घाटन पश्चात मञ्चमा आसिन केही ब्यक्तित्वहरु तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङ, लमजुंग सेवा समितिका अध्यक्ष बिजय गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङले प्रवासमा रहेर पनि तमु प्ये ल्हु संघ हङकङले तमुहरुको संस्कार, संस्कृति तथा परम्परा र रितिरिवाजलाई संरक्षण तथा सम्वर्द्धनको लागि आफ्नै निजी भवन खरीद गरेर क्वोइबो धींको नामंकरण गरिएको छ। वास्तबमै तमु प्ये ल्हु संघ हङकङले गरेको उक्त सरहनिया कार्यलाई उच्च सम्मानका साथ हार्दिक बधाई साथै शुभकामना ब्यक्त गरे भने अझ प्रगतिको पनि कामना ब्यक्त गरे। यसैगरी वक्ताहरुले क्वोइबो धीं खरीदमा केही राहत पुगोस भन्ने अभिप्रायले केही ईट्टाहरु पनि थपी दिएका छन।

यसैगरी हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङले क्वोइबो धीं खरीद गरेको उपलक्षयमा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुलाई हार्दिक बधाई तथा शुभकामना सहित संघलाई फूलको गुच्छा प्रदान गरे। यसैगरी प्रमुख अतिथी तथा निवर्तमान अध्यक्ष सोम योज तमुले तमु प्ये ल्हु संघ हङकङको क्वोइबो धीं खरीदको लागि बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्नुहुने सहयोग दाताहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे भने क्वोइबो धीं उद्घाटन गर्नको निम्ती संघले प्रमुख अतिथिको स्थान प्रदान गरेकोमा वर्तमान अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा रहेको कार्यसमिती र सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरुलाई पनि बिशेष धन्यवाद ब्यक्त गरे।

अन्तमा, अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङ स्थापना भएको १४ औं बर्षमा प्रवेश गरे संगै आज संघले आफ्नै निजी भवन खरीद गरेर उक्त भवनलाई उचित ढंगले "क्वोइबो धीं" को पूर्ण रुप दिन नसकेता पनि "क्वोइबो धीं" द्वारा नामांकरण गर्न पाउंदा सम्पूर्ण मु प्ये ल्हु शुभचिन्तकहरुले हर्ष ब्यक्त गरेको बताए। भविष्यमा अझ सबैको सहयोग प्राप्त भए यसलाई "क्वोइबो धीं" नै बनाउंन सकिने पनि बताए। यसैगरी तमु प्ये ल्हु संघ हङकङको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर कार्यक्रममा पाल्नुहुने अतिथी महानुभावहरु, कार्यसमितिका सदस्यहरु, माङी आमा समूह, सल्लाहकार लगायत सम्पूर्ण तमु प्ये ल्हु शुभचिन्तकहरु , बिशेष गरेर क्ल्हेप्री चिवा र पच्यु चिवाको उपस्थितिलाई बिशेष धन्यवाद ब्यक्त गरे र हालै मात्र क्होला सोंथार र जिल्ला ब्यापी भ्रमण अवलोकनको बारेमा देखेका र भोगेका अनुभवहरु उपस्थितजनलाई सुनाउदै तमु प्ये ल्हु संघ हङकङको "क्वोइबो धीं" उद्घाटन सफलता पूर्वक सम्पन्न भएको छ भन्दै कार्यक्रमलाई समापन गरेका थिए।

कार्यक्रममा, तमु प्ये ल्हु संघ हङकङ क्वोइबो धीं उद्घाटनको सु(अवसरमा तमु प्ये ल्हु संघ हङकङले आफ्नै निजी भवन (क्वोइबो धीं) खरीद गरी समुद्घाटन गर्न गईरहेको खबरले प्रफुल्ल भएका छौ भन्दै तमु प्ये ल्हु संघ केन्द्र (पोखरा), तमु प्ये ल्हु संघ काठमाण्डौ र तमु प्ये ल्हु संघ कतारको तर्फबाट अध्यक्ष युद्ध जंग तमु, महासचिव शान तमु, महिला बिभाग सचिव सोनिका तमुले पठाएको हार्दिक बधाई तथा शुभकामना सन्देश सचिव भोजेन्द्र तमुले पढेर सुनाएका थिए र कार्यक्रमबाट नै सचिव भोजेन्द्र तमुले तमु प्ये ल्हु संघ हङकङको तर्फबाट वहाँहरुलाई धन्यवाद ब्यक्त गरे भने कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए। स्मरण रहोस, क्वोइबो धीं उद्घाटन समारोहमा क्ल्हेप्री चिवा प्रेम बहादुर तमु र पच्यु चिवा एक प्रसाद तमुद्वारा धार्मिक परम्परा अनुसार पूजापाठ गरी उपस्थितजनहरुलाई रुप (धागो) लगाईदिएका थिए। क्वोइबो धीं खरीदको लागि सोही दिन सहयोग गर्नुहुने चन्दादाताहरुको नामावली यस प्रकार रहेको छ ।

 १, शेर बहादुर तमु- स्याङ्जा, ठुलो भञ्ज्याङ, कालिकाकोट - HK$ १०१००
2, मन कुमारी तमु - HK$ ५००१ 
3, प्रितम तमु - HK$ ५००१ 
4, घान्द्रुक सैलून, पहिला- HK$ १०,१००, पुन: दोस्रो पटक - HK$ ५००० 
5, उमा तमु, घान्द्रुक सैलून - HK$ ५००० 
6, गिर बहादुर तमु - मर्दीखोला, ल्वाङ घलेल-४ - HK$ ५००० 
7, युवराज तमु, हङ्री अाई रेष्टुरेन्ट एण्ड बार- पहिला HK$ १०००, अहिले- HK$ ३००० 
8, बिजय जंग तमु - HK$ २१२१ 
9, बिजय तमु - अध्यक्ष , लमजुंग सेवा समिती हङकङ - HK$ २००० 
10,श्रीमती रिता गुरुङ, अध्यक्ष, हङकङ नेपाली महासंघ - HK$ २००० 
11,तमु ट्हो ह्यु हङकङ - HK$ २००० 
12,लक्ष्मी तमु - HK$ १०१० 
13,प्रितम तमु - HK$ ११०० 
14,सुकदेवी तमु - HK$ १००१
15,पर माया तमु - HK$ १००५ 
16,कुमार गुरुङ, उपाध्यक्ष, तमु ट्हो ह्युल हङकङ - HK$ १००० 
17,सनम तमु - HK$ ५०० 
18,सुनिल तमु - HK$ ५००

 

Last Updated on Tuesday, 17 May 2016 16:16

Hits: 596

मगर महिला संघ हंगकंगले नयाँ बर्ष मनायो

३ अप्रिल, हंगकंग, मगर महिला संघ हङकङको आयोजनामा  मंकिहिलको डाडांमा  नयाँ बर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघकी अध्यक्ष युगमायां राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष चन्द्राज्योती आले मगरले  प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेकी थिइन । आजको युगमा महिला र पुरूष समान भएकोले अब महिलाहरू पनि हरेक कुरामा अगाडी बढ्नु पर्ने आवश्यकता भएको आले मगरले बताइन ।  उक्त कार्यक्रम महिलाहरूबाट आयोजित भएको हुंदा बिभिन्न संघसंस्थाका महिला बिभाग प्रमुखहरू लगायत अध्यक्ष तथा प्रतिनिधीहरूले अतिथ्य ग्रहण गरेका थिए । मगर बर्ष  महिलाहरू तथा मिस मगर हङकङ २०१६ का प्रतियोगिहरूलार्इ सम्मान गरीएको थियो ।

 संघकी उपाध्यक्ष कुमारी थापा मगरले स्वागत मन्तब्य दिएकी थिइन । अतिथीहरूबाट नेपाली नयांबर्ष २०७३ लाई स्वागत गर्दै शुभकामना ब्यक्त गरीएको थियो । औपचारिक खण्डको कार्यक्रमलाई संघकी सचिब शर्मिला पुलामी मगरले सञ्चालन गरेकी थिइन ।

 

 

Last Updated on Monday, 04 April 2016 15:18

Hits: 565

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर