A+ A A-

हङकङमा गुरुङ चलचित्र "युम्पो देउराली" अपार सफलता

मुककाजी (काजी) गुरुङ

हङकङ-३०,जुलाई २०१६का दिन युनलोंगस्थित टाउन हलमा अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को सातौं प्रस्तुति तथा यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल गुरुङ चलचित्र "युम्पो देउराली" हाउस फुलका साथ प्रदर्शन भएको छ ।
चलचित्र शुरु हुनु अगाडि छोटो औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई पदम गुरुङले सञ्चालन गर्दै युम्पो देउरालीका लेखन, निर्देशक तथा निर्माता लगायत केही संघसंस्थाका अध्यक्षहरुलाई मञ्चमा आसिन गराएका थिए । मञ्चमा आसिन ब्यक्तित्वहरुमा बेद बहादुर गुरुङ (श्याम), त्रिलोक गुरुङ, दिलिप सिंह गुरुङ, युकेबाट आमन्त्रित मिलन तमु थिए । यसैगरि अन्य अतिथिहरुमा तमु ट्हो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र तमु, नेपालबाट आमन्त्रित गुरुङ भाषाको कार्यक्रम सञ्चालक तमु मैं तां का सञ्चालक तथा गुरुङ चलचित्र फ्रिसीका लेखन तथा निर्देशक र युम्पो देउराली चलचित्रका छायांकन युग गुरुङ, गुरुङ फिल्म एशोसिएशन हङकङका प्रतिनिधी तथा कोषाध्यक्ष रिश्ता गुरुङ, लमजुंग सेवा समाजका अध्यक्ष बिजय गुरुङ, तमु प्ये ल्हु संघ हङकङका सल्लाहकार क्याप्टेन चन्द्र बहादुर गुरुङ र अभियान फिल्मस प्रोडक्शन प्रा.लि.का पूर्व छायांकन तथा पा (रक्सी) गुरुङ चलचित्रका लेखन, निर्देशक तथा निर्माता जितमान गुरुङ थिए ।
कार्यक्रममा यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको भन्दै तमु ट्हो ह्युल हङकङको तर्फबाट अध्यक्ष गणेश गुरुङ्ले अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को सातौं प्रस्तुति युम्पो देउराली गुरुङ चलचित्रका लेखन तथा निर्देशक र निर्माताहरु बेद बहादुर गुरुङ (श्याम) (नेपाल), दिलिप सिंह गुरुङ (हङकङ), त्रिलोक गुरुङ (हङकङ) र युकेबाट आमन्त्रित मिलन तमुलाई खादा लगाई सामुहिक रुपमा प्रशंसा पत्र प्रदान गरे र गुरुङ्हरुको धर्म, संस्कार, संस्कृति तथा रितिरिवाज लाई संरक्षण तथा सम्बर्द्धन गर्ने हेत्तुले निर्माण गरेको हुंदा युम्पो देउराली गुरुङ चलचित्रले यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ भन्दै आफ्नो राय ब्यक्त गरे । यसै प्रकारले अन्य गुरुङ चलचित्रहरु पनि यस्तै प्रकारले गुणस्तरीय खालको निर्माण गर्दै गएमा तमु ट्हो ह्युल हङकङले उक्त गुरुङ चलचित्रहरुलाई पनि सम्मान गरिने बताए । साथै अध्यक्ष गुरुङले यस बर्षको आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएकोमा सम्पूर्ण युम्पो देउराली युनिटलाई हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गरे ।
चलचित्रका लेखन, निर्देशक तथा निर्माता बेद बहादुर गुरुङ (श्याम)ले हङकङमा रहेका तमाम तमु दाजुभाई तथा गैर तमु दाजुभाईहरुले युम्पो देउराली चलचित्रलाई माया गरेर हङकङ जस्तो ब्यस्त शहरमा समयको बावजुत पनि चलचित्र हेर्न अाईदिनु भएकोमा आफ्नो ब्यक्तिगत तर्फबाट र सिंगो युम्पो देउराली युनिटको तर्फबाट हार्दिक आभार ब्यक्त गरे । यसैगरि बिबिध कारणले गर्दा अन्य बिभिन्न देशहरुमा प्रदर्शन गरेर मात्रै हङकङमा प्रदर्शन गर्न गईरहेको बताउंदै यस प्रति अन्यथा नसोंचिदिनको लागि पनि आग्रह गरे र बिगतमा जसरी अभियान फिल्मस प्रोडक्शन प्रा लि को चलचित्रहरुलाई हङकङको दर्शकहरुले माया दिनु भएको छ त्यसरी नै अभियान फिल्मसको सातौं प्रस्तुति युम्पो देउरालीलाई अझ धेरै माया गरिदिने छ भन्दै आशाबादी बने ।
गुरुङ चलचित्रको अग्रणी ब्यक्तित्व स्व लोक बहादुर गुरुङको अन्तिम सपना यस युम्पो देउराली गुरुङ चलचित्र गुरुङहरुको बाक्लो बस्ती कास्की जिल्लाको दाङ सिं गाबिस अन्तर्गत पर्ने सावेत गाउंमा छायांकन गरिएको हो । यसैगरि यस चलचित्रमा मायाप्रेम देखि लिएर दुर्गम गाउंमा पिउंने पानीको समस्या र गुरुङ्हरुको संस्कार तथा संस्कृति अन्तर्गत युम्पो देउराली (ढुंगे देउराली)को महत्वलाई बिशेष रुपमा समेटिएको छ ।
स्व लोक बहादुर गुरुङको अन्तिम कथामा आधारित उक्त चलचित्रमा बेद बहादुर गुरुङ (श्याम)को मुख्य निर्देशन रहेको छ भने राजेश गुरुङको सह-निर्देशन रहेको बताउंछन । यसैगरि स्व लोक बहादुर गुरुङ, बेद बहादुर गुरुङ (श्याम) र एकेन्द्र गुरुङको गीत रहेको छ ।
यस चलचित्रमा मुख्य कलाकारको रुपमा साजन गुरुङ र धन माया गुरुङ नायक तथा नायिकाको भूमिकामा देखा परेका छन भने अन्य कलाकारहरुमा लक्ष्मी गुरुङ, बल बहादुर गुरुङ, रुपादेवी गुरुङ, टिकाराम घले आदिले अभिनय गरेको देखिन्छ । यसैगरि लोटस स्टुडियोका सञ्चालक युग गुरुङले यस चलचित्रलाई छायांकन गरेको छ भने प्रबिन नेपालीले सम्पादन गरेको छ । यस चलचित्रका ङै नासारी लालुपाते गीत अत्याधिक दर्शकहरुको रोजाईमा परेका छन भने अन्य गीतहरु खो ङोलो रोधीर, क्याई ङ्ह्योले क्यों म्रोंबा र परदेशी माया पनि उत्तिकै लोकप्रिया बनेका छन ।
यस अभियान फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित उक्त चलचित्रलाई निर्देशक बेद बहादुर गुरुङ (श्याम) (नेपाल), दिलिप सिंह गुरुङ (हङकङ), त्रिलोक गुरुङ (हङकङ), एकेन्द्र गुरुङ (बेलायत), मिलन तमु (बेलायत), श्रीमती सिता गुरुङ (पोखरा), मुक्षेत्र गुरुङ (बेलायत), कमल गुरुङ (बेलायत), प्रेम काजी गुरुङ (अष्ट्रेलिया) र दिनेश गुरुङ (अष्ट्रेलिया) ले निर्माण गरेका हुन ।
चलचित्र प्रदर्शन पश्चात दर्शकहरुले चलचित्र राम्रो, उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन भने गुरुङहरुको ऐतिहासिक कथामा आधारित गुरुङ भाषाको चलचित्र भएकै आधारमा यस चलचित्र नेफ्टा अवार्डमा समेत आदिबासी चलचित्र तर्फको पुरस्कार जित्न सफल भए भने यस बर्ष पनि आदिबासी चलचित्र तर्फको राष्ट्रिय पुरस्कार जित्न सफल भएको अधिकांशको राय छ ।
 
 

Last Updated on Thursday, 04 August 2016 16:56

Hits: 717

तमु प्ये ल्हु संघ हङकङले फोटो पत्रकार र "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालकलाई सम्मान गरे

मुककाजी (काजी) गुरुङ, हङकङ
 
२९ जुलाई २०१६ का दिन तमु प्ये ल्हु संघ हङकङले आफ्नै भवन "क्होइबो धीं" मा एक कार्यक्रम बिच नेपालबाट गुरुङ भाषाको चलचित्र "फ्रिसी" प्रदर्शनका लागि आएका ह्वाईट लोटस स्टुडियो प्रा लि पोखराका प्रबन्धक निर्देशक, ह्वाईट स्टुडियोको प्रस्तुति "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालक यसैगरी फ्रिसी चलचित्रका लेखन तथा निर्देशक युग गुरुङ र अभियान फिल्मस प्रोडक्शन प्रा लि द्वारा ३० जुलाई २०१६ मा प्रदशित गुरुङ चलचित्र "युम्पो देउराली" का निर्माता तथा एभरेष्ट टाइम्सका फोटो ग्राफर साथै युकेका फोटो पत्रकार मिलन तमुलाई भेट्घाट गरी सम्मान गरेका छन ।
कार्यक्रम तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा संघका सल्लाहकार रित तमुको प्रमुख आतिथ्य रहेको थियो भने युकेका फोटो ग्राफर मिलन तमु, "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालक युग तमु लगायत संघका पच्यु हर्क तमु, माङी आमा समूहका उपाध्यक्ष रुपा तमु, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) का अध्यक्ष तथा युम्पो देउराली चलचित्रका लेखन, निर्देशक र निर्माता बेद बहादुर गुरुङ (श्याम ) र लमजुंग सेवा समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिलिप गुरुङ बिशेष अतिथिको रुपमा मञ्चमा आसिन थिए । यसैगरी संघका सलाहकार तथा बिशिष्ट ब्यक्तित्वहरुलाई पनि यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए ।
संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य लगतै बिशेष अतिथिद्वय मिलन तमु र युग तमुलाई तमुहरुको परम्परा अनुसार संघका अध्यक्षद्वारा क्रेगी (फेटा) ओढाई संघका केहि पदाधिकारीहरुले फूलको गुच्छा तथा तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गर्दै सम्मान गरे । यसै क्रममा यस अघि नै तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित भईसकेका बेद बहादुर गुरुङ (श्याम ) लाई पनि मायाको चिनो स्वरुप तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गरे । यसैगरी केही ब्यक्तित्वहरु फ्रिसी चलचित्रका निर्माता पुकार तमु, ज्याप स्टुडियोका बिक्रम तमु र दिलिप तमुलाई पनि मायाको चिनो स्वरुप तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गरे ।
कार्यक्रममा मञ्चमा आसिन अतिथिहरुले आ-आफ्नो भनाईहरु राखेका थिए । मन्तब्यकै क्रममा (जिफान) का अध्यक्ष गुरुङले हङकङ आउंने क्रममा हङकङ आए पिच्छे नै तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुने अवसर मिलेकोमा खुशी ब्यक्त गर्दै आफ्नो ब्यक्तिगत तर्फबाट र सिंगो युम्पो देउराली गुरुङ चलचित्र युनिटको तर्फबाट तमु प्ये ल्हु संघ हङकङलाई धन्यवाद ब्यक्त गरे । बोल्ने क्रममा गुरुङले युकेमा फोटो पत्रकारको रुपमा परिचित मिलन तमु र पोखराबाट सञ्चालित गुरुङ भाषाको कार्यक्रम तमु मैं तां मार्फत गुरुङ भाषासंग सम्बन्धित समाचार तथा गतिबीधिहरु सम्प्रेषण गरेर सम्पूर्ण तमुहरुको मुटुको ढुकढुकी बन्न सफल भएको भन्दै तमु मैं तां का सञ्चालक तथा लोटस स्टुडियोका प्रबन्धक निर्देशक युग तमुको प्रशंसा गरे । यसैगरी तमु प्ये ल्हु संघले तमुहरुको प्ये तां ल्हु तां को बारेमा निकै ठुलो अग्रणी भूमिका निभाएको छ भन्दै तमुहरुको लोप हुंदै गईरहेको प्ये तां ल्हु तांलाई उजागार गर्दै अगाडि बढि रहेकोमा तमु प्ये ल्हु संघ हङकङको पनि निकै ठुलो योग्दान रहेको भन्दै तमु प्ये ल्हु संघ हङकङको प्रशंसा गरे र धन्यवाद दिन पनि कञ्जुस्याई गरेनन ।
मन्तब्यकै क्रममा, गुरुङ भाषामा आधारित तमु मैं तांका सञ्चालक युग तमुले केही बर्ष अघिसम्म पोखराबाट केही टेलिभिजनहरु लगायत एफ एमहरुले प्रत्यक्ष रुपमा तमु भाषामा समाचार लगायत अन्य तमुसंग सम्बन्धित गतिबीधिहरु प्रसारण गरेकोमा अहिले आएर बन्द भईसकेको बताए । बिगत ५ बर्षदेखि गण्डकी टेलिभिजन हुंदै वर्तमानमा एबीसी टेलिभिजन मार्फत गुरुङ भाषामा तमु मैं तां निरन्तर प्रसारण तथा सम्प्रेषण भईरहेको बताए । जब कि बिगतमा नेपाली भाषामा सम्प्रेषण गरिएको समाचारलाई नै गुरुङ भाषामा हु बहु सम्प्रेषण गरिन्थ्यो भने तमु मैं तांले तमुहरुको कार्यक्रम स्थलमा नै गएर स्थलगत रिपोर्टिङ गरि तमुहरुको बारेमा मात्रै समाचार तथा गतिबीधिहरुलाई सम्प्रेषण गर्ने बताए । बोल्ने क्रममा गुरुङले यदि त्यसलाई ब्यवसायको हिसाबले हेर्ने हो भने वर्तमान स्थितिसम्म आउंन नसकिने बताए । जसलाई गुरुङ बिशुद्ध तमु र तमुहरुको साझा चौतारीको रुप दिने अभिप्रायले नै सञ्चालन गरेको बताए । यसैगरी युग तमुले प्रवासमा आएर तमु प्ये ल्हु संघ हङकङले दिएको स्वागत तथा सम्मानलाई हौसलाको रुपमा लिने र तमु मैं तां लाई अझ राम्रो बिस्तार गर्दै तमु प्ये ल्हु संघ र तमु मैं तां बिचको सम्बन्ध अझ बिस्तार हुंदै गएमा भावी सन्ततीहरुलाई पनि हामी हाम्रो पूर्खाहरुको बारेमा केही देखाउंन सक्ने बताए ।
यसैगरी युकेका फोटो पत्रकार मिलन तमुले पनि फोटो पत्रकारितामा लागेर पहिलो पटक तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुन पाउंदा तमु प्ये ल्हु संघ हङकङप्रति हार्दिक आभार ब्यक्त गरे र यस अघि आफु लण्डनबाट गुड नेवर्स अवार्डबाट सम्मानित भईसकेको पनि बताए । स्मरण रहोस, मिलन तमु बेलायतको नेपाली समुदायमा फोटो पत्रकारको रुपमा सक्रिय र अनुभवी फोटो पत्रकार हुन । यसैक्रममा फोटो पत्रकार मिलन तमुले प्रवासमा पनि तमु प्ये ल्हु संघ हङकङले आफ्नै भवन "क्होइबो धीं" किन्न सफल भएको भन्दै तमु प्ये ल्हु संघ हङकङलाई "क्होइबो धीं" खरिदमा अझ आफ्नो तर्फबाट पनि केही सहयोग पुगोस भन्दै हङकङ डलर ३,००० (तीन हजार) नगद प्रदान गरे । यसैगरी समाजसेवी तथा "क्होइबो धीं" सहयोगदाता दिलिप गुरुङले पनि तमु प्ये ल्हु संघ हङकङले प्रवासमा आफ्नै भवन "क्होइबो धीं" खरिद गर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्दै अझ सफलताको कामना ब्यक्त गरे ।
मन्तब्यकै क्रममा प्रमुख अतिथि संघका सल्लाहकार रित तमुले कार्यक्रममा उपस्थित सम्पूर्ण तमु प्ये ल्हु शुभचिन्तकहरुलाई हामी हाम्रो जिबनस्तरको लागि मात्र नभएर भावी सन्ततीहरुको लागि लोप हुंदै गईरहेको आफ्नो धर्म, संस्कार, संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । यसैगरी गुरुङ भाषाको कार्यक्रम तमु मैं तांले तमुहरुको धर्म, संस्कार तथा संस्कृतिको बारेमा समाचारहरु सम्प्रेषण गर्न सके अझ त्यसको महत्व हुने बताए र जुन उद्धेश्यका साथ गुरुङ भाषाको कार्यक्रम तमु मैं तांलाई निरन्तरता दिंदै यो स्थानसम्म अाईपुगेको छ, भबिष्यमा अझ यसले प्रगति गर्दै जाओस भन्दै तमु मैं तां का सञ्चालक युग तमुलाई शुभकामना ब्यक्त गरे । यसै गरी अर्का फोटो पत्रकार मिलन तमुलाई पनि शुभकामना ब्यक्त गरे ।
अन्तमा, अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सल्लाहकार रित तमु लगायत बिशेष अतिथिहरु युकेका फोटो पत्रकार मिलन तमु, लोटस स्टुडियो पोखराका प्रबन्धक निर्देशक तथा लोटस स्टुडियोद्वारा सञ्चालित गुरुङ भाषाको कार्यक्रम तमु मैं तां का सञ्चालक युग तमु, समाजमा घटिरहेका घटनाहरुलाई चलचित्रको माध्यमबाट दर्शक श्रोताहरु मांझ पस्किन सफल चलचित्र लेखन, निर्देशन तथा निर्माता र गुरुङ फिल्म एशोसिएसन नेपालका वर्तमान अध्यक्ष समेत रहेका बेद बहादुर गुरुङ (श्याम), त्यसैगरि सोही चलचित्रका अर्का निर्माता तथा समाजसेवी दिलिप गुरुङ र उपस्थित सम्पूर्ण तमु प्ये ल्हु संघका पदाधिकारी र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थितिको लागि कृतज्ञता ब्यक्त गरे ।
बोल्ने क्रममा अध्यक्ष तमुले बिक्रम सम्बत २०४७ सालमा स्थापित तमु प्ये ल्हु संघ संघको नीति तथा सिद्धान्तमा अगाडि बढि रहेको बताउंदै जुन उद्धेश्यका साथ संघ अगाडि बढि रहेको छ, त्यो सबै हाम्रो पूर्खाहरुले नै देखाएको बाटोमा आफ्नो धर्म, संस्कार तथा संस्कृतिलाई नै अंगाल्दै अगाडि बढि रहेको बताए । तमु प्ये ल्हु संघको प्ये तां ल्हु तां अन्तर्गत प्ये म्ह स्यां छ्यां म्हमुं, छ्यां म्ह स्यां ल्हु म्हमुं, ल्हु म्ह स्यां म्ही म्हमुं अन्तर्गत तमुहरुको सबै ईतिहास समेटिएको बताउंछन । जस अन्तर्गत कुनै पनि सम्मान तथा स्याई गर्ने कार्यमा तमु प्ये ल्हु संघले क्रेगी (फेटा) को प्रयोग गरिने तर खादाको प्रयोग नगरिने बताए र आफुले कुनै पनि कार्यक्रममा खादा नलगाउंने तर हातमा ग्रहण गर्ने समेत बताए । जबकी बिक्रम सम्बत २०६० सालमा तमु प्ये ल्हु संघ केन्द्रमा खेगी भेला सम्पन्न गरेर केन्द्रले नै यसलाई अनुमोदन गरी सकेको हुंदा वर्तमान परिवेशमा तमु शुभचिन्तकहरुले समेत खादाको प्रयोग गरेको हुंदा अध्यक्ष तमु यसको अभियन्त समेत भएको बताए ।
यसैगरी फोटो पत्रकार मिलन तमुको फोटो पत्रकारितालाई प्रशंसा गरे भने लोटस स्टुडियोद्वारा सञ्चालित तमु मैं तां का सञ्चालक युग तमुलाई तमुहरुको बारेमा तमुहरुसंग सम्बन्धित र तमु समुदायमा घटित घट्ना तथा गतिबीधिहरुलाई गुरुङ भाषाको माध्यमद्वारा तमु मैं तां मार्फत सम्प्रेषण गर्दै तमुहरुको ढुकढुकी बन्न सफल ब्यक्तित्व युग तमुलाई अझ प्रगतिको कामना ब्यक्त गरे । यसैगरी अभियान फिल्मस प्रोडकशन प्रा लि का सम्पूर्ण टीमलाई पनि भबिष्यमा तमुहरुको प्ये तां ल्हु तांलाई समेट्ने खालको चलचित्र बनाउंन पनि आग्रह गर्दै पुन: कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे ।

Last Updated on Tuesday, 02 August 2016 06:21

Hits: 773

प्रिस्टाईन किन्डरगार्टेनको १५ औं दिक्षान्त समारोह सम्पन्न

मुककाजी गुरुङ 

हङकङ-२६ जुन २०१६ आईतबारका दिन युनलोंगस्थित थिएटर हलमा प्रिस्टाईन किन्डरगार्टेनले आफ्नो १५ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ।
 
हङकङ यूनिभर्सिटी पाठ्यक्रम बिकास अधिकारी मिस पिंकी योंगको प्रमुख आतिथ्यमा ईस्लामिक प्राथमिक बिधालयका महिला प्रधान अध्यापक मिस ङो सिउ लान, यसैगरी युनलोंग टाउन हलका अफिसर मिस्टर जोह्नी चान बिशेष अतिथिको रुपमा रहेका थिए ।
 
राष्ट्रिय गान बजाएर शुरुवात गरिएको कार्यक्रमलाई प्रिस्टाईन किन्डरगार्टेनकी शिक्षिका चिजु गुरुङ्ले सञ्चालन गरेकी थिइन भने किन्डरगार्टेनका सञ्चालक तथा सुपर भाईजर जग्दिश कुमार आलेले किन्डरगार्टेन तहको अन्तिम तह पूरा गरि उपाधि प्राप्त गर्ने सा-साना बिधार्थीहरुलाई उज्जवल भविष्यको कामना सहित प्रमुख अतिथि, अतिथि लगायत उपस्थित अभिभावकहरुलाई सहयोग र समर्थनको लागि बिशेष धन्यवाद ब्यक्त गरे भने अभिभावक, शिक्षा तथा शिक्षिका र बिधार्थीहरुको सुमधुर सम्बन्धले नै बिधालयको विकास साथै बिधार्थीहरुको पढाईमा प्रगति हुने बताउंदै सम्पूर्ण अभिभावकहरुलाई यस प्रति ध्यानार्कषण गराए ।
 
यसै क्रममा, प्रमुख अतिथि मिस पिंकी योंगले प्रिस्टाईन किन्डरगार्टेनको प्रगतिको कामना गर्दै दीक्षित भएर जाने सा-साना बिधार्थी भाईबहिनी हरुलाई उज्जवल भविष्यको कामना गर्दै कार्यक्रममा आमन्त्रण गरेकोमा सुपरभाईजर जग्दिश कुमार आलेलाई धन्यवाद ब्यक्त गरिन र शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह समेत गरिन । यसैगरी किन्डरगार्टेनको पढाई पूरा गरि जाने ५४ जना दीक्षित सा-साना बिधार्थीहरुलाई प्रमुख अतिथि मिस पिंकी योंगले शैक्षिक प्रमाण पत्र प्रदान गरेकी थिइन । सम्मानकै क्रममा बिभिन्न तह र विधामा उत्कृष्ठ बिधार्थीहरुलाई प्रमाण पत्र, मेडल र ट्रफीद्वारा सम्मान गरे भने एक दशक भन्दा लामो समय प्रिस्टाईन किन्डरगार्टेन मा आफ्नो शिक्षिकाको भूमिकालाई ईमान्दारिता तथा निष्ठवान पूर्वक पूरा गरेको भन्दै शिक्षिकाद्वय मिस चेउङ काई फन र चिजु गुरुङलाई सुपर भाईजर जग्दिश कुमार आलेले सम्मान गरे । यसैगरी अतिथि नृत्य प्रस्तुत कर्ताहरु कश्मिना गुरुङ, सनिता थापा र देवी मगरलाई पनि मायाको चिनो प्रदान गरे ।
 
अभिभावकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा किन्डरगार्टेनमा अध्ययनरत सा-साना बिधार्थी हरुले नेपाली, चिनिया र अंग्रेजी गरि बिभिन्न गीतहरुमा नृत्य पस्केका थिए । यसैगरी सोहि बिधालय बाट ३ बर्ष अगाडि मात्रै आफ्नो किन्डरगार्टेन तहको उपाधि प्राप्त गरेकी कश्मिना गुरुङले कल्चर नृत्य (ङै नासारी) भन्ने गीतको बोलमा आफ्नो प्रस्तुती पस्केकी थिइन र ईस्लामिक प्राथमिक बिधालयको तर्फबाट पनि 
सौजन्य स्वरुप "बनमा फूल्यो फुलै फूल" भन्ने नेपाली गीतको बोलमा सामूहिक नृत्य पस्केका थिए ।

अन्तमा, अभिबावकको तर्फबाट अभिभावक प्रमुख मिस्टर जोह्नेस जोजेफ बुल्ट्सले आफ्नो भनाईहरु ब्यक्त गर्दै प्रिस्टाईन किन्डरगार्टेनको १५ औं दिक्षान्त समारोहलाई शुभकामना ब्यक्त गरे र दिक्षित भएर जाने सा-साना बिधार्थी भाईबहिनीहरुलाई उज्जवल भविष्यको कामना पनि ब्यक्त गरे। यसैगरी अभिभावकको तर्फबाट श्रीमती सनिता थापा र देवी मगरले "हिमाललाई ढाक्यो कान्छा" भन्ने नेपाली गीतको बोलमा युगल नृत्य पस्केकी थिइन।
 
स्मरण रहोस उक्त किन्डरगार्टेनमा नेपाली, भारतीय, चिनिया, फिलिपिन्स, श्री लंकन, लगायत बिभिन्न मुलका ३ देखी ६ बर्ष सम्मका सा-साना बिधार्थीहरुले अध्ययन गर्ने गर्दछन ।

Last Updated on Sunday, 10 July 2016 13:38

Hits: 563

नेपाल पत्रकार संघ हंगकंगमा पुःन रार्इ

भीम बराही मगर, १० जुलार्इ, हंगकंग, नेपाल पत्रकार संघ हंगकंगको दोस्रो अधिबेशन नयाँ पेज डट कमको कार्यालय हल जोर्डनमा सम्पन्न भएको छ ।

संघका सल्लाकार तथा आर टी एच के रेडियोद्वारा प्रशारीत साप्ताहिक सन्देश कार्यक्रमका संयोजक चुरा थापाले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेका थिए । थापाले हंगकंगमा पत्रकारहरूले समाजको लागि राम्रो भुमिका खेलिरहेको र अबका दिनमा चाइनिज पत्रकार र यहाँको पत्रकार संघसँग पनि समन्वय गरेर अगाडि बढ्नु पर्ने बेला भएको बताए । अध्यक्ष किसन रार्इको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ देवराजा रार्इको सञ्चालनमा सचिब निर्मल श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।

निर्बाचन मण्डलको संयोजकमा चुरा थापा र सदस्यमा निर्मल श्रेष्ठ र प्रमोद रार्इ थिए । किसन रार्इको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको छ ।

अध्यक्ष: किसन रार्इ

उपाध्यक्ष: पसन तमु

सचिब: देवराज रार्इ

सहसचिव: कृष्ण लावती

कोषाध्यक्ष: तुलसी राना मगर

तथा सदस्यहरू

भीम थापा मगर

बिक्रम गुरूङ

कृष्ण गुरूङ

इन्द्र लकसम

अम्बु गुरूङ

मातृदिप रार्इ   

Last Updated on Sunday, 10 July 2016 13:44

Hits: 615

हङकङमा पाल्पा साँझ कार्यक्रम

राज्यसत्ता

हङकङ- अागामी २०१६ जुलाइ ३ तारीक अाइतवारको बेलुका युनलोङ थ्रेटरहल हङकङमा सम्पन्न हुन गइरहेको पाल्पा श्रीनगर समाज हङकङको पहिलो प्रस्तुती पाल्पा साँझ २०१६ का कलाकारहरू अाज नियमित समयमा हङकङको अन्तराष्ट्रिय बिमानस्थल चेप लाप कोक हङकङमा नेपालको ध्वजा वाहक बिमानबाट अवतरण गर्दै छन । यस कार्यक्रमलाइ सम्पन्न गराउन नेपालका ख्याति प्राप्त लोकदोहरी गायक बद्री पंगेनी, लोकदोहरी गायिका शिला अाले, लोकदोहरी गायक दिपक गराैजा, लोकगायिका जमुना राना, अाधुनिक गायक कुमार राना र साथमा हास्यकलाकार राजा राजेन्द्र पोख्रेलको टोलिले थ्रेटर हललाइ गर्मागर्मी तताउने छन ।
अाइतवार हुनगइरहेको कार्यक्रम पाल्पा तानसेनमा रहेको बृद्ध अाश्रमको भवन निर्माणकोलागि सहयोगार्थ अायोजना गरिएको पाल्पा श्रीमगर समाज हङकङले जनाएको छ ।
लोकदोहरी गायक गायिकाको यो बेजोड प्रस्तुतिमा हङकङमा रहेका सम्पुर्ण संघसंस्था, ब्याबसायि, ब्यापारी, समाजसेवी, स्थानिय पत्रकार, बुद्धिजिबी, विशिष्ट ब्यक्तित्व महानुभाव लगायत समस्त अादरणिय हङकङवासी गीत संगीतका पारखिहरू, श्रोताबृन्द तथा दर्शकबृन्द दाजुभाइ दिदीबहिनीहरूमा गरिामामय उपस्थितिकालागि अायोजक परिवार सादर निमन्त्रणा गर्दछ ।

Last Updated on Thursday, 30 June 2016 05:20

Hits: 506

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर