A+ A A-

मगर संघ हंगकंगको माघ्या सक्राटी यस पटक बिशेस हुने

                  भीम बरही मगर, २७ डिसेम्वर, मगर संघ हंगकंगको आयोजनामा १५ जनवरी २०१७ का दिन मंकीहिलमा मनाइने माघ्या सक्राटी (माघे सक्रान्ती) कार्यक्रम गत बर्षहरूमा भन्दा भिन्न हुने भएको छ ।  माघे सक्रान्तीको अवसर पारेर विश्व मगर सम्मेलनको आयोजना गर्ने पत्राकार सम्मेलन गरी जानकारी गराइएको थियो । यसै अवसरमा नेपाल मगर संघकी मुख्य सचिव रेणुका काउछा मगर, डा. मीन श्रीस मगर, मगर पत्रकार रूद्र श्रीस मगर, युके मगर संघका अध्यक्ष नेम थापा मगर, जापान मगर संघका दिलिप राना मगर, कोरीया मगर संघकी शुसिला चुमी थापा मगर, मगर संघ मलेशियाबाट नर बहादुर पुन मगर र मकाउबाट सुदर्रशन थापा मगर माघे सक्रान्ती कार्यक्रममा र सम्मेलनमा सहभागी हुनेछन । अन्य देशको प्रतिनिधिहरूको पनि आउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । कार्यक्रममा मगर खानाका बिभिन्न परिकार, मगर समुदायमा नाचिने बिभिन्न नृत्यहरू साथै मगर समुदायले प्रयोग गर्ने बिभिन्न घरायसी सामग्रीहरू तथा मगर समुदायमा लगार्इने भेष भुषाहरूको प्रर्दशन गरीने र मगर समुदायमा प्रचलित खेल ठेला हान्ने, धनुष बाण हान्ने तथा डोरी तान्ने खेल खेलाइने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । 

Last Updated on Tuesday, 27 December 2016 13:03

Hits: 550

तमु समाज हङकङले प्रथम वार्षिक उत्सव संगसंगै नेपाली चलचित्र मेरो जीवन प्रदर्शन गरे

मुक काजी गुरुङ

हङकङ-०९ अक्टोबर २०१६ का दिन तमु समाज हङकङले याउ मातेईस्थित कम्यूनिटी हलमा तमु समाज हङकङ स्थापनाको पहिलो वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
तमु समाज हङकङका सल्लाहकार तथा ज्येष्ठ नागरिक बेल बहादुर गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई समाजका अध्यक्ष कोमल गुरुङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने हङकङस्थित बिभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधीहरु बिशेष अतिथि र अन्य अतिथिहरुमा समाजका प्रमुख सल्लाहकारहरु रहेका थिए । प्रमुख अतिथि र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने सा-साना बाल कन्याहरुले आफ्नो जातीय भेषभूषामा सजिएर कार्यक्रममा आउंने पाहुनाहरुलाई अभिवादन गर्दै स्वागत गरेका थिए ।
तमु समाज हङकङका प्रथम उपाध्यक्ष मन प्रसाद गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई समाजकै सचिव श्रीमती अतिता गुरुङले सञ्चालन गरेकी थिईन । कार्यक्रममा नृत्य प्रदर्शन गर्ने सा-साना नानीहरु देखि नृत्य प्रस्तुति कर्ताहरु सबैलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो भने गत १६ सेप्टेम्बर २०१६ का दिन मिस हङकङ नेपाल - २०१६ को ताज पहिरिन सफल स्याङ्जाकी भूमिका गुरुङ लाई पनि सम्मान गरिएको थियो ।
यसैगरि हङकङमै जन्मेर हङकङमै हुर्किरहेका सा- साना बालबालिकाहरुलाई निशुल्क नृत्य प्रशिक्षण देखि नेपाली भाषाका कक्षाहरु र बिभिन्न किसिमका उपलब्धीमूल कार्यक्रमहरु सञ्चालन गराईरहेका हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स) का अध्यक्ष बिनय शाहलाई तमु समाज हङकङले खदा (खादा) लगाई कदर पत्रद्वारा सम्मान गरे । प्रवासमा रहेर पनि नेपालीहरुको भाषा, कला, संस्कार र संस्कृति संरक्षण, सम्वर्द्धन तथा जगेर्ना गर्नाको निम्ती ती सा- साना बालबालिकाहरुको लागि प्रेरणाको श्रोत हुन । सायद यी यस्ता कार्यक्रमहरु हङकङमा निशुल्क सञ्चालन गर्ने संस्था हिन्स नै पहिलो हुनु पर्छ । यसैगरि उपस्थित अतिथि महानुभावहरु देखि प्रमुख अतिथि बेलबहदुर गूरूङले बोल्ने क्रममा तमु समाज हङकङले एक बर्षको अवधिमा नै धेरै उपलब्धीमूल कार्यहरु गरिसकेको भन्दै आउंने दिनहरुमा अझ सफलता मिलोस र हङकङमा रहेका सबै तमुहरुलाई समेट्दै ईतिहास रच्न सफल मिलोस भन्दै शुभकामना ब्यक्त गरेका थिए । यसै गरि कार्यक्रममा तमु समाज हङकङका कोषाध्यक्ष बिकास गुरुङले शुरुदेखि वर्तमान सम्मको आर्थिक प्रतिवेदन पेश गरेका थिए र एक बर्षको अवधिमा समाजमा ५ लाख ५० हजार हङकङ डलर भन्दा बढी रकम कोषको खातामा मौज्दात रहेको जानकारी पनि गराएका थिए ।
अन्तमा, कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कोमल गुरुङले तमु समाज हङकङ स्थापना भएको एक बर्ष पुगेको शुभ अवसरमा तमु समाजलाई यो अवस्था सम्म ल्याई पु-याउंन बिभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने तमु समाज हङकङका शुभचिन्तकहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे भने अब निकट भबिष्यमा नै तमु समाज हङकङले तमु सामूदायिक भवन खरीद गर्न गईरहेको र उक्त सामूदायिक भवन खरीद अभियानलाई आर्थिक सहयोग गर्नुहुने र सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुहुने मनकारी मनहरुलाई पनि धन्यवाद ब्यक्त गरे ।
यसैगरि उक्त अभियानलाई सहयोग पुग्ने अभिप्रायले पनि मेरो जीबन चलचित्र प्रदर्शन गर्न गईरहेको बताए र उक्त मेरो जीवन चलचित्र सौजन्य स्वरुप प्रदान गर्नु भएकोमा निर्माता याम बहादुर गुरुङ र लेखन तथा निर्देशक कृष्ण कुमार गुरुङलाई बिशेष धन्यवाद ब्यक्त गरे ।
प्रथम वार्षिक उत्सव समापन संगसंगै तमु समाज हङकङले सामूदायिक भवन खरीद सहयोगार्थ चलचित्रकर्मी कृष्ण कुमार गुरुङको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र (मेरो जीवन ) प्रदर्शन गरेका थिए । चलचित्र प्रदर्शन गर्नु अगाडि मेरो जीबन चलचित्रका भीअाईपी र साधारण टिकटहरुलाई संकलन गरेर भाग्य चिठ्ठा उडाइएको थियो । जसमा भीअाईपी टिकटबाट गोविन्द रानाले बैंककको लागि २ दिन ३ रातको होटलमा बस्ने सुबिधा सहित २ तर्फी हवाई टिकट हात पारे भने अन्य ५ जनाले मोबाईल फोनहरु हात पार्न सफल भए ।
स्मरण रहोस, तमु समाज हङकङले सामूदायिक भवन खरीद सहयोगार्थ उक्त मेरो जीबन चलचित्र प्रदर्शनको लागि गत २० अगस्त २०१६ का दिन जोर्डनस्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा एक कार्यक्रम बिच जानकारी सभाको आयोजना गरि हङकङ डलर ९४,७५० सकलन गर्न सफल भएको थियो भने त्यस पश्चात पनि आर्थिक सहयोग प्राप्त भएका छन ।

Last Updated on Saturday, 15 October 2016 15:56

Hits: 484

हेल्पिङ ह्याण्ड हङकङद्वारा नेपाली चलचित्र "चपली हाईट -२ " प्रदर्शन !

काजी गुरुङ

हङकङ, अक्टोबर ०५ - हङकङ नेप्लिज हेल्पिङ ह्याण्ड अभियानको सहयोगार्थ नेपाली चलचित्र "चपली हाईट-२" याउ मा तेईस्थित कम्यूनिटी हलमा भब्य प्रदर्शन भएको छ।

चलचित्र शुरु हुनु अगाडि हेल्पिङ ह्याण्डका अगुवा (संयोजक) नरेन्द्र गुरुङ लगायत हेल्पिङ ह्याण्डका अभियानकर्ताहरुलाई पनि मञ्चमा आमन्त्रण गरिएको थियो। यसैगरी चपली हाईट-२ का नायक तथा निर्माता आयुसमन देशराज श्रेष्ठ जोशी र अर्जुन कुमार पनि बिशेष रुपमा मञ्चमा उपस्थित थिए।

अर्का सह-संयोजक बिनय शाहद्वारा सञ्चालित कार्यक्रमलाई संयोजक नरेन्द्र गुरुङले हेल्पिङ ह्याण्डको बारेमा उपस्थितजनहरुलाई जानकारी गराएका थिए। बोल्ने क्रममा संयोजक नरेन्द्र गुरुङले चलचित्र हेर्न आउंनुहुने सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै हेल्पिङ ह्याण्डले नेपालमा रहेका आम नेपाली जनताहरुलाई दु:खमा सहयोग गर्ने अभिप्रायले सञ्चालन गरेको बताए।

बिशेष गरेर हामी प्रवासी नेपालीहरुले नेपालमा रहेका गरीब, असहाय र आपातबिपतमा परेका नेपालीहरुलाई ब्यक्तिगत रुपमा भन्दा पनि एउटा अभियान मार्फत सहयोग गर्दा धेरै मात्रामा र समयमा नै सहयोग गर्न सकिने हुंदा यस हेल्पिङ ह्याण्डले हाल २५ जनाको अभियानकर्ताको चयन गर्नुको साथसाथै ७ जनाको कार्यकारिणी समिति पनि चयन गरेको बताए।

त्यस मध्ये २५ जनाको अभियानकर्ताले प्रति अभियानकर्ता २० जनाको सदस्य बनाएर ५०० जना सम्मको सदस्य बनाउंने लक्ष्य रहेको र चपली हाईट-२ नेपाली चलचित्र मार्फत अभियानको शुरुवात गरेको संयोजक गुरुङ बताउंछन र यस अभियानलाई सहयोग र समर्थन गर्न हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गर्दै सल्लाह सुझाबको पनि अपेक्षा राखे।

यसैगरी कार्यक्रममा कार्यक्रम संयोजक नरेन्द्र गुरुङले चपली हाईट-२ का नायक तथा निर्माता आयुसमन देशराज श्रेष्ठ जोशी र अर्जुन कुमारलाई खादा लगाई प्रशंसा पत्रद्वारा सम्मान गरे र अन्तमा नायक तथा निर्माताद्वयले चलचित्र हेर्न अाईदिनु भएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्दै चलचित्रको बारेमा राम्रो नराम्रो प्रतिकृया दिन पनि आग्रह गरे।

Last Updated on Wednesday, 05 October 2016 11:20

Hits: 448

हेभेन्ली पाथ हङकङको दशौं वार्षिकोत्सव सम्पन्न !

चन्द्र मादेन आन्छन्

हङकङ  अक्टुवर १२, स्थानीय टाउन हल स्थित हेभेन्ली पाथ संस्थाको दशौं वार्षिक उत्सव हेभेन्ली निर्माणापाथ प्रेमवादका प्रतिपादक दार्शनिक  गुरु ओम नन्द (गडएन्जल)को समुपस्थितिमा सुसम्पन्न भएको छ ।

एशियाली मुलुकको कलाकारहरुद्वारा विभिन्न  सांस्कृतिक  नृत्य  भेषभुषा प्रस्तुत  गरिएको उक्त कार्यक्रममा ईन्डोनेशियन,चाईनिज, ईन्डियन लगायत नेपालका विभिन्न जातजातिहरूमा लिम्वूका केलाङ,राईका साकेला, तामाङको शेलो, मगरको कौरा, नेवारी वाजा आदि देखाईएको उक्त मनोरञ्जनात्मक कार्यक्रमको सभापतित्व ओम ब.(चेत प्रकाश)गुरूङले गर्नुभएको थियो ।

प्रमुख  अतिथि नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, विशेष अतिथिहरु नववुद्व आमा समुहकी अध्यक्ष पदम कुमारी गुरूङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष  त्रिभुवन  लुम्फुङ्वा लगायत अन्य संघ संस्थाका पदाधिकारीहरूद्वारा पटेका पट्काएर समुद्घाटन गरिएको सो कार्यक्रममा नेपाली समाजमा रहेर विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याउने प्रतिष्ठित  व्यक्तिहरुलाई अभिनन्दन गरिएको थियो । जस्मा - सामाजिक  सेवामा एकिकृत नेपाली समाजका अध्यक्ष विनय  जंग शाह, खेलकुद क्षेत्रमा  विश्व अल्ट्रा धावक सन्तोष  विश्वास  पाख्रिन, शिक्षा क्षेत्रमा देवराज राई र अमोद राई, चित्रकला क्षेत्रमा दीपेन्द्र राई लगायत हङकङको सेकेण्डरी (एसएलसी) टपर विध्यार्थी, ७५ वर्ष  माथिका जेष्ठ नागरिक एंव प्रत्येक सहभागी  कलाकारहरुलाई  गुरु गडएन्जलको वाहुलीवाट सम्मान प्रशंसा  पत्रले विभूषित  गरिएको थियो ।  
 

दशौं वार्षिकोत्सव  रत्न खिम्दिङको संयोजकत्वमा सम्पन्न भएको   सो सभालाई सह संयोजक  चन्द्र  मादेन आन्छनद्वारा स्वागत  मन्तव्य दिईएको थियो । साडे पाँच घण्टा  निरन्तर  चलेको कार्यक्रममा  ६ सय भन्दा ज्यादा  दर्शकको वाक्लो उपस्थितिलाई कार्यक्रम  संचालिकाहरु संस्थाकी महासचिव  गाय राई, मिस हङकङ(२०१६) सुनिता लिम्वू, फष्ट रनर नेहा राई, र हङकङ सेकेण्डरी (एचकेडिएसी)नेपालीहरुकै टपर विध्यापारिधि प्रेमिशा(चुडा कुमारी) लिम्वूहरूद्वारा नेपाली र अग्रेजीमा उद्घोषन गरिएको थियो ।

नेपालीहरुको दशैंको चाड  र हङकङ सार्वजनिक  विदाको दिन परेकोले साहित्यकार, समाजसेवी, शिक्षक, विध्यार्थी, पत्रकार, वुद्विजिवी र सर्वसाधारणको वाक्लो  उपस्थितिले गर्दा उपस्थित  भिंडलाई नियन्त्रण  गर्न आयोजकहरुलाई हम्मे हम्मे परेको थियो ।
 

यसको विशेषता , अतिनै हर्षोल्लास र मनोरञ्जनात्मक  भव्य भएरहोला, पाँच घण्टा ज्यादा सम्म निरन्तर चलेतापनि उपस्थित दर्शकहरु पानी र विस्कुटकै भरमा अतिनै अभिरुचिका साथ कार्यक्रम  नसकिन्जेल धैर्यधारण गरेर वसेकाथिए भने विदेशी कलाकार र दर्शकहरूको पनि उल्लेख्य उपस्थित  रहेको थियो ।

Last Updated on Thursday, 13 October 2016 17:45

Hits: 557

मिस तमुस्यो नेपाल २०१६ को ताज स्याङजाकी निशालाई

काजी गुरुङ

हङकङ, सेप्टेम्बर २६ - पाँचौ संस्करणको मिस तमुस्यो नेपाल २०१६ का ताज स्याङजाकी निशा गुरुङले हात पारेकी छिन ।

दर्शकले खचाखच भरिएको पोखरा सभागृहमा यहि २४ सेप्टेम्बर २०१६ का दिन सम्पन्न प्रतियोगितामा स्याङजा माझकोट २ राम्चेकी निशाले १८ जना फाइनल प्रतियोगी हरुलाई पछि पार्दै मिस ट्यालेन्ट सहित उपाधी हात पारेकी हुन् । उनले मिस तमुस्यो नेपालको क्राउन सहित नगद ५० हजार र एक हप्ते हङकङ्ग यात्राको अवसर प्राप्त गरिन् ।

तमु जातिको भाषा, संस्कर संस्कृति जगेर्ना गर्ने हेतुले आयोजना गरिएको प्रतियोगितामा कास्कीकी स्यारोन गुरुङ फष्ट रनर अप र कास्की कै सुयोशा गुरुङ सेकेण्ड रनर अप भईन् । फष्ट रनर अप स्यारोनले नगद ३० हजार र सकेण्ड रनर अप सुयोशाले नगद २० हजार सहित विभिन्न गिफ्ट ह्याम्पर हात पारिन ।


प्रतियोगितामा भ्युअर च्वाइस र पब्लिक च्वाइसको उपाधी कास्कीकी प्रिती गुरुङले हात पारिन भने वेष्ट फिगर लम्जुङ्गकी बविता गुरुङ, वेष्ट हेयर स्याङजाकी उमा गुरुङ, वेष्ट कम्प्लेक्स पर्वतकी सिमरन गुरुङ, वेष्ट क्याटवाक कास्कीकी सुयोशा गुरुङ, मिस पर्सनालिटी कास्कीकी स्यारोन गुरुङ, वेष्ठ स्माइल तथा जक्सन पपुलर चितवनकी सुमन गुरुङ, फोटोजेनिक स्याङजाकी निशा गुरुङ मिस फेण्डली कास्कीकी तुलसी गुरुङ मिस कम्फीडेन्स गोरखाकी सब्बु गुरुङ र वेष्ट ल्याङग्वाइज लम्जुङ्ग पसगाँउकी सम्झना तमुस्योले जितिन ।

प्रतियोगितामा पुर्व मिस नेपाल विजेता निलिमा गुरुङ, चलचित्र निर्देशक रामबाबु गुरुङ, बैंकर एवम पुर्व मिस तमुस्यो नेपाल विजेता बुद्धि लक्ष्मी गुरुङ र ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगीताको अरुण गिरी र पारु गुरुङले कोरियोग्राफी गरेका थिए । नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष एवम मिस तमुस्यो नेपालका संयोजक धनु तमुको संयोजकत्वमा सम्पन्न कार्यक्रमको श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले उद्घाटन गरेका थिए ।

नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपालको उपाधी हाल सम्म कास्कीकी बुद्धिलक्ष्मी गुरुङ, नवलपरासीकी नमिता गुरुङ, रुपेन्देही बुटवलकी दोब्गा गुरुङ र लम्जुङ्ग पसगाँउकी सन्ध्या गुरुङले जिती सकेकी छन ।

Last Updated on Monday, 26 September 2016 16:38

Hits: 612

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर