A+ A A-

हङकङमा जनजाति महावाणिज्यदूत माग

किसन राइ

२ डिसेम्बर । महावाणिज्यदूत महेश प्रसाद दाहाल बढुवासंगै सरुवा भएपछि आदिवासी जनजाति मूलको महावाणिज्यदूत माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष मैनबहादुर थापा नेपाल पुगेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बुझाइएको मागपत्रको बोधार्थ अध्यक्ष थापाले प्रतिनिधिसभाका सभामुख ओनसरी घर्ती, परराष्ट्रमन्त्री कमल थापा, सामान्य प्रशासनमन्त्री रेखा शर्मा, अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका छन् । त्यसैगरी मागको लागि सहयोग गर्न उनले प्रमुख दलका प्रमुखहरुलाई समेत पत्रसहित आग्रह गरिएको बताएका छन् ।

मागपत्रमा महासंघको आन्दोलनको कारण नेपाली समुदायमा रहेको द्वन्दको स्थिति सामान्य बनाउँन र स्थानीय सरकार तथा अन्य समुदायमा प्रवाह भएको नकरात्मक सन्देशलाई सकरात्मक बनाउँन आदिवासी जनजाति मूलको महावाणिज्यदूत नियुक्त गर्न जोडदार माग गरिएको छ ।

‘मागपत्र, ज्ञापनपत्र, स्मरणपत्रबाट शुरु भएको महासंघको आन्दोलन पछिल्लो अवस्थामा नारा–जुलुस, धर्ना, विरोध हुदै बहिष्कारमा पुगेको छ । आन्दोलनकै कारण भर्खरै बढुवा भएर नेपाल फर्केका महेशप्रसाद दाहाल समुदायका सार्वजनिक कार्यक्रमहरुमा सहभागी बन्न नसकेको सबैको सामु छर्लङ्ग छ । यसले गर्दा समुदायमा द्वन्दको स्थिति रहेको छ । नचाहदा–नचाहदै अन्य समुदायलगायत स्थानीय सरकारमा नकरात्मक सन्देशसमेत प्रवाह भएको छ ।’ मागपत्रमा लेखिएको छ ।

यहाँ रहेका नेपाली बेलायती गोर्खाका सन्तति रहेको र बेलायती गोर्खामा आदिवासी जनजातिको बाहुल्यता रहेको परिप्रेक्ष्यमा लगभग शतप्रतिशत नेपाली सोही समुदायको रहेको दावी गर्दै मागपत्रमा अहिलेसम्मका छजनै महावाणिज्यदूतहरु ब्राह्मण जाति र खस–आर्य समुदायको रहेको र परिवर्तित नेपालमा समावेशिताको सिद्धान्त लागू भए पनि हङकङका नेपालीले त्यसको अनुभूत गर्न नपाएको उल्लेख गरिएको छ ।

मागपत्रमा ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राष्ट्र हो जुन कुरा भर्खरै जारी भएको संविधानको प्रस्तावनामा उल्लेख गरिएको छ, तर हङकङको नेपाली महावाणिज्यदूत नियुक्तिमा उक्त विविधता झल्कन सकेको छैन । यो लामो कालखण्डमा सरकारकोतर्फबाट हामीमा सौतेनी व्यवहार भएको हाम्रो ठहर रहेको छ ।’ उल्लेख गरिएको छ ।

माग पूरा भएमा द्वन्दको स्थितिलाई सहज बनाउँदै समुदायमा एकता, भातृत्व कायम गर्ने अन्य समुदाय र स्थानीय सरकारमा सकरात्मक सन्देश प्रवाह गर्ने र राष्ट्रको विकासमा सम्पूर्ण नेपालीलाई एकतृत गराउँने प्रतिबद्धता जाहेर गरिएको छ ।

विगत एक दशकदेखि महासंघ आदिवासी जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग गर्दै आन्दोलनरत रहेको छ ।

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६