A+ A A-

तमु प्ये ल्हु संघ हङकङले फोटो पत्रकार र "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालकलाई सम्मान गरे

मुककाजी (काजी) गुरुङ, हङकङ
 
२९ जुलाई २०१६ का दिन तमु प्ये ल्हु संघ हङकङले आफ्नै भवन "क्होइबो धीं" मा एक कार्यक्रम बिच नेपालबाट गुरुङ भाषाको चलचित्र "फ्रिसी" प्रदर्शनका लागि आएका ह्वाईट लोटस स्टुडियो प्रा लि पोखराका प्रबन्धक निर्देशक, ह्वाईट स्टुडियोको प्रस्तुति "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालक यसैगरी फ्रिसी चलचित्रका लेखन तथा निर्देशक युग गुरुङ र अभियान फिल्मस प्रोडक्शन प्रा लि द्वारा ३० जुलाई २०१६ मा प्रदशित गुरुङ चलचित्र "युम्पो देउराली" का निर्माता तथा एभरेष्ट टाइम्सका फोटो ग्राफर साथै युकेका फोटो पत्रकार मिलन तमुलाई भेट्घाट गरी सम्मान गरेका छन ।
कार्यक्रम तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा संघका सल्लाहकार रित तमुको प्रमुख आतिथ्य रहेको थियो भने युकेका फोटो ग्राफर मिलन तमु, "तमु मैं तां" गुरुङ भाषाको कार्यक्रम सञ्चालक युग तमु लगायत संघका पच्यु हर्क तमु, माङी आमा समूहका उपाध्यक्ष रुपा तमु, गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) का अध्यक्ष तथा युम्पो देउराली चलचित्रका लेखन, निर्देशक र निर्माता बेद बहादुर गुरुङ (श्याम ) र लमजुंग सेवा समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिलिप गुरुङ बिशेष अतिथिको रुपमा मञ्चमा आसिन थिए । यसैगरी संघका सलाहकार तथा बिशिष्ट ब्यक्तित्वहरुलाई पनि यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए ।
संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य लगतै बिशेष अतिथिद्वय मिलन तमु र युग तमुलाई तमुहरुको परम्परा अनुसार संघका अध्यक्षद्वारा क्रेगी (फेटा) ओढाई संघका केहि पदाधिकारीहरुले फूलको गुच्छा तथा तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गर्दै सम्मान गरे । यसै क्रममा यस अघि नै तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित भईसकेका बेद बहादुर गुरुङ (श्याम ) लाई पनि मायाको चिनो स्वरुप तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गरे । यसैगरी केही ब्यक्तित्वहरु फ्रिसी चलचित्रका निर्माता पुकार तमु, ज्याप स्टुडियोका बिक्रम तमु र दिलिप तमुलाई पनि मायाको चिनो स्वरुप तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट प्रदान गरे ।
कार्यक्रममा मञ्चमा आसिन अतिथिहरुले आ-आफ्नो भनाईहरु राखेका थिए । मन्तब्यकै क्रममा (जिफान) का अध्यक्ष गुरुङले हङकङ आउंने क्रममा हङकङ आए पिच्छे नै तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुने अवसर मिलेकोमा खुशी ब्यक्त गर्दै आफ्नो ब्यक्तिगत तर्फबाट र सिंगो युम्पो देउराली गुरुङ चलचित्र युनिटको तर्फबाट तमु प्ये ल्हु संघ हङकङलाई धन्यवाद ब्यक्त गरे । बोल्ने क्रममा गुरुङले युकेमा फोटो पत्रकारको रुपमा परिचित मिलन तमु र पोखराबाट सञ्चालित गुरुङ भाषाको कार्यक्रम तमु मैं तां मार्फत गुरुङ भाषासंग सम्बन्धित समाचार तथा गतिबीधिहरु सम्प्रेषण गरेर सम्पूर्ण तमुहरुको मुटुको ढुकढुकी बन्न सफल भएको भन्दै तमु मैं तां का सञ्चालक तथा लोटस स्टुडियोका प्रबन्धक निर्देशक युग तमुको प्रशंसा गरे । यसैगरी तमु प्ये ल्हु संघले तमुहरुको प्ये तां ल्हु तां को बारेमा निकै ठुलो अग्रणी भूमिका निभाएको छ भन्दै तमुहरुको लोप हुंदै गईरहेको प्ये तां ल्हु तांलाई उजागार गर्दै अगाडि बढि रहेकोमा तमु प्ये ल्हु संघ हङकङको पनि निकै ठुलो योग्दान रहेको भन्दै तमु प्ये ल्हु संघ हङकङको प्रशंसा गरे र धन्यवाद दिन पनि कञ्जुस्याई गरेनन ।
मन्तब्यकै क्रममा, गुरुङ भाषामा आधारित तमु मैं तांका सञ्चालक युग तमुले केही बर्ष अघिसम्म पोखराबाट केही टेलिभिजनहरु लगायत एफ एमहरुले प्रत्यक्ष रुपमा तमु भाषामा समाचार लगायत अन्य तमुसंग सम्बन्धित गतिबीधिहरु प्रसारण गरेकोमा अहिले आएर बन्द भईसकेको बताए । बिगत ५ बर्षदेखि गण्डकी टेलिभिजन हुंदै वर्तमानमा एबीसी टेलिभिजन मार्फत गुरुङ भाषामा तमु मैं तां निरन्तर प्रसारण तथा सम्प्रेषण भईरहेको बताए । जब कि बिगतमा नेपाली भाषामा सम्प्रेषण गरिएको समाचारलाई नै गुरुङ भाषामा हु बहु सम्प्रेषण गरिन्थ्यो भने तमु मैं तांले तमुहरुको कार्यक्रम स्थलमा नै गएर स्थलगत रिपोर्टिङ गरि तमुहरुको बारेमा मात्रै समाचार तथा गतिबीधिहरुलाई सम्प्रेषण गर्ने बताए । बोल्ने क्रममा गुरुङले यदि त्यसलाई ब्यवसायको हिसाबले हेर्ने हो भने वर्तमान स्थितिसम्म आउंन नसकिने बताए । जसलाई गुरुङ बिशुद्ध तमु र तमुहरुको साझा चौतारीको रुप दिने अभिप्रायले नै सञ्चालन गरेको बताए । यसैगरी युग तमुले प्रवासमा आएर तमु प्ये ल्हु संघ हङकङले दिएको स्वागत तथा सम्मानलाई हौसलाको रुपमा लिने र तमु मैं तां लाई अझ राम्रो बिस्तार गर्दै तमु प्ये ल्हु संघ र तमु मैं तां बिचको सम्बन्ध अझ बिस्तार हुंदै गएमा भावी सन्ततीहरुलाई पनि हामी हाम्रो पूर्खाहरुको बारेमा केही देखाउंन सक्ने बताए ।
यसैगरी युकेका फोटो पत्रकार मिलन तमुले पनि फोटो पत्रकारितामा लागेर पहिलो पटक तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुन पाउंदा तमु प्ये ल्हु संघ हङकङप्रति हार्दिक आभार ब्यक्त गरे र यस अघि आफु लण्डनबाट गुड नेवर्स अवार्डबाट सम्मानित भईसकेको पनि बताए । स्मरण रहोस, मिलन तमु बेलायतको नेपाली समुदायमा फोटो पत्रकारको रुपमा सक्रिय र अनुभवी फोटो पत्रकार हुन । यसैक्रममा फोटो पत्रकार मिलन तमुले प्रवासमा पनि तमु प्ये ल्हु संघ हङकङले आफ्नै भवन "क्होइबो धीं" किन्न सफल भएको भन्दै तमु प्ये ल्हु संघ हङकङलाई "क्होइबो धीं" खरिदमा अझ आफ्नो तर्फबाट पनि केही सहयोग पुगोस भन्दै हङकङ डलर ३,००० (तीन हजार) नगद प्रदान गरे । यसैगरी समाजसेवी तथा "क्होइबो धीं" सहयोगदाता दिलिप गुरुङले पनि तमु प्ये ल्हु संघ हङकङले प्रवासमा आफ्नै भवन "क्होइबो धीं" खरिद गर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्दै अझ सफलताको कामना ब्यक्त गरे ।
मन्तब्यकै क्रममा प्रमुख अतिथि संघका सल्लाहकार रित तमुले कार्यक्रममा उपस्थित सम्पूर्ण तमु प्ये ल्हु शुभचिन्तकहरुलाई हामी हाम्रो जिबनस्तरको लागि मात्र नभएर भावी सन्ततीहरुको लागि लोप हुंदै गईरहेको आफ्नो धर्म, संस्कार, संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । यसैगरी गुरुङ भाषाको कार्यक्रम तमु मैं तांले तमुहरुको धर्म, संस्कार तथा संस्कृतिको बारेमा समाचारहरु सम्प्रेषण गर्न सके अझ त्यसको महत्व हुने बताए र जुन उद्धेश्यका साथ गुरुङ भाषाको कार्यक्रम तमु मैं तांलाई निरन्तरता दिंदै यो स्थानसम्म अाईपुगेको छ, भबिष्यमा अझ यसले प्रगति गर्दै जाओस भन्दै तमु मैं तां का सञ्चालक युग तमुलाई शुभकामना ब्यक्त गरे । यसै गरी अर्का फोटो पत्रकार मिलन तमुलाई पनि शुभकामना ब्यक्त गरे ।
अन्तमा, अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सल्लाहकार रित तमु लगायत बिशेष अतिथिहरु युकेका फोटो पत्रकार मिलन तमु, लोटस स्टुडियो पोखराका प्रबन्धक निर्देशक तथा लोटस स्टुडियोद्वारा सञ्चालित गुरुङ भाषाको कार्यक्रम तमु मैं तां का सञ्चालक युग तमु, समाजमा घटिरहेका घटनाहरुलाई चलचित्रको माध्यमबाट दर्शक श्रोताहरु मांझ पस्किन सफल चलचित्र लेखन, निर्देशन तथा निर्माता र गुरुङ फिल्म एशोसिएसन नेपालका वर्तमान अध्यक्ष समेत रहेका बेद बहादुर गुरुङ (श्याम), त्यसैगरि सोही चलचित्रका अर्का निर्माता तथा समाजसेवी दिलिप गुरुङ र उपस्थित सम्पूर्ण तमु प्ये ल्हु संघका पदाधिकारी र शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थितिको लागि कृतज्ञता ब्यक्त गरे ।
बोल्ने क्रममा अध्यक्ष तमुले बिक्रम सम्बत २०४७ सालमा स्थापित तमु प्ये ल्हु संघ संघको नीति तथा सिद्धान्तमा अगाडि बढि रहेको बताउंदै जुन उद्धेश्यका साथ संघ अगाडि बढि रहेको छ, त्यो सबै हाम्रो पूर्खाहरुले नै देखाएको बाटोमा आफ्नो धर्म, संस्कार तथा संस्कृतिलाई नै अंगाल्दै अगाडि बढि रहेको बताए । तमु प्ये ल्हु संघको प्ये तां ल्हु तां अन्तर्गत प्ये म्ह स्यां छ्यां म्हमुं, छ्यां म्ह स्यां ल्हु म्हमुं, ल्हु म्ह स्यां म्ही म्हमुं अन्तर्गत तमुहरुको सबै ईतिहास समेटिएको बताउंछन । जस अन्तर्गत कुनै पनि सम्मान तथा स्याई गर्ने कार्यमा तमु प्ये ल्हु संघले क्रेगी (फेटा) को प्रयोग गरिने तर खादाको प्रयोग नगरिने बताए र आफुले कुनै पनि कार्यक्रममा खादा नलगाउंने तर हातमा ग्रहण गर्ने समेत बताए । जबकी बिक्रम सम्बत २०६० सालमा तमु प्ये ल्हु संघ केन्द्रमा खेगी भेला सम्पन्न गरेर केन्द्रले नै यसलाई अनुमोदन गरी सकेको हुंदा वर्तमान परिवेशमा तमु शुभचिन्तकहरुले समेत खादाको प्रयोग गरेको हुंदा अध्यक्ष तमु यसको अभियन्त समेत भएको बताए ।
यसैगरी फोटो पत्रकार मिलन तमुको फोटो पत्रकारितालाई प्रशंसा गरे भने लोटस स्टुडियोद्वारा सञ्चालित तमु मैं तां का सञ्चालक युग तमुलाई तमुहरुको बारेमा तमुहरुसंग सम्बन्धित र तमु समुदायमा घटित घट्ना तथा गतिबीधिहरुलाई गुरुङ भाषाको माध्यमद्वारा तमु मैं तां मार्फत सम्प्रेषण गर्दै तमुहरुको ढुकढुकी बन्न सफल ब्यक्तित्व युग तमुलाई अझ प्रगतिको कामना ब्यक्त गरे । यसैगरी अभियान फिल्मस प्रोडकशन प्रा लि का सम्पूर्ण टीमलाई पनि भबिष्यमा तमुहरुको प्ये तां ल्हु तांलाई समेट्ने खालको चलचित्र बनाउंन पनि आग्रह गर्दै पुन: कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे ।
 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६