A+ A A-

अस्ट्रेलियन नेताहरुलाइ समेत दसैंंको टिका लगाइदिए

राम कुमार श्रेष्ठ
अत्यन्तै थोरै नेपाली बसोबास गर्ने अस्ट्रेलियाको जिलोङमा जिलोङ नेपलिज एसोशियसनको पहलमा आयोजनामा गरिएको पहिलो दसैंं कार्यक्रममा वरिपरिका शहरहरु मेलबर्न, बालाराट र वार्नाबुलदेखि नेपाली एबं बिदेशीहरु आएर नाचगान सहित भब्यताका साथ मनाइएको दसैंं कार्यक्रममा अस्ट्रेलियाको आसन्न सांसद निर्वाचनका लागि उम्मेदवार भएका ठूला पार्टीका उम्मेदवारहरु समेतले नेपाली एबं बिदेशीहरुलाई दसैंको टिका लगाएर आशिर्बाद दिए । यसरी टिका लगाएर आशिर्बाद दिने बिदेशीहरुमा लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमश: क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज र अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट थिए । 
 
कार्यक्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन, लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमश: क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज, अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट, बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, डाभर्सिटाटका कम्युनिटी एजुकेटर हेमराज भूलाह, एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेल, नेपालीज एसोशियसन भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले मन्तब्य ब्यक्त गर्दै सबैलाई दसैंंको शुभ-कामना दिए । मन्तब्य ब्यक्त गर्ने क्रममा अधिकांश बक्ताले जिलोङमा नेपालीहरुद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रमले अनेकतामा एकता र सबैले सबैको संस्कृतिको आदर जस्तो अत्यन्तै महत्वपूर्ण सन्देश दिएको अभिब्यक्ति दिए । ब्राड क्लार्कले भने आफ्नो मन्तब्य नेपालीमा नै दिएका थिए ।
 
कार्यक्रममा ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्यले नृत्य प्रदर्शन गरेका थिए भने गायिका निबेदिता बरालले गीत गाउनु भएको थियो । डा साबित्रा काफ्लेले दसैंंको बारेमा पाउर प्वाइण्ट प्रिजेण्टेशन गरेका थिए ।     
 
ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्य, निबेदिता बराल, डा साबित्रा काफ्ले, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरण, जोन योन्जन, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र ईन्द्र देवी कोइरालालाई कार्यक्रमको अन्तमा कार्यक्रम सफल तुल्याउन उल्लेख्य योगदान दिएकोमा कार्यक्रमका बिशेष अतिथिहरु मार्फत प्रसंशा पत्र प्रदान गरिएको थियो ।   
 
मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहद्धारा सन्चालन गरिएको र जिलोङ नेपलिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा परंपरागत नेपाली खानाका परिकारहरु सबैको लागि अर्को आकर्षण बनेको थियो । 

Last Updated on Sunday, 05 October 2014 11:48

Hits: 634

कतारमा २५५८ औं बुद्धजयन्ती सम्पन्न

शरण थापा मगर

दोहाः कटारमा २५५८ औं बुद्ध जयन्ती समारोह नेपाली दूतावासको प्राङगनमा नेपाली दूतावासको कार्यवहाक राजदूत गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न भएको छ । संयोजक शरण थापा मगरको सभापतित्वमा सम्पन उक्त समारोहको संयोजन नेपाल प्रवासि आदिवासी जनजाति महासंघ कतारले गरेका थिए भने आयोजक संस्थाहरुमा नेपाल प्रवासी तामाङ समाज कतार, तमू (गुरुङ) समाज कतार, थारु कलयाणकारिणसभा कतार च्याप्टर र प्रवासी मगर संघ कतार रहेका थिए । विषेश सहयोगिका रुपमा नेपाली दूतावास कतार र गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय समिति कतार रहेका थिए ।

प्रमुख लामा थर्चलामाको नेतृत्वमा रहेका लामा गूरुहरुले विहान ७.३० बजे देखी १ बजे सम्म दूतावासको हल भित्र विधिवत रुपमा पुजापाठ गरिएको थियो । यसैगरि दूतावासकै प्राङगनमा औपचारीक कार्यक्रम गरिको थियो । करिव १ हजार जना बैद्धमार्गिहरुको सहभागिता रहेको उक्तकार्यक्रमले प्रवासमा रहेर पनि बौद्ध धर्म प्रतिको आस्थालाई अझ निरन्तर अनुसरण गर्नु पर्दछ भन्ने सन्देश गराएको छ ।

विषेश अथितिमा एन.आर.एन.ए.(आई.सि.सि.) का उपाध्यक्ष टि.वि. कार्की, एन.आर.एन.ए.(एन.सि.सि.) कतारका अध्यक्ष मक्सुद आलम, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङ थिए । अथितिहरुमा महासंघ कतारको संस्थापक तथा बिषेश सल्लाहकार अमृत गुरुङ, सल्लाहकार सदस्य बिलबहादुर गुरुङ सल्लाहकार सदस्य सुक बहादुर तामाङ, सल्लाहकार सदस्य देव ब.राना मगर, सल्लाहकार सदस्य चन्द्रशेर राई, नागरिक समाजका बुद्धिजिवि कमलमणि गुरागाई, सागर नेपाल, नेपाली जनसम्पर्क समितीका सभापति विमल सुवेदी, प्रवासी नेपाली मञ्च कतारका का.वा. अध्यक्ष चनक पोख्रेल, नेपाली जनप्रगतिशील मञ्च कतारका का.वा. अध्यक्ष प्रेम वि.क., कतार नेपालीएकता समाजका अध्यक्ष टुकनाथ शर्मा, नेपाली संघीय समाज कतारका तिलक राई, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका मिङसो सुहाङ, महिला समाजका अध्यक्ष रेखा राई, नेपाली मुस्लिम समाजका  कोषाध्यक्ष उमेर आलम लगायत दोहामा रेहेका सामजिक र जिल्ला संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन सियाराम चौधरीद्धारा सञ्चालतिल उक्त कार्यक्रमा सह संयोजक कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए भने बुद्ध सम्वन्धि विभिन्न जानकारीहरु लक्ष्मण लामाले प्रस्तुत गरेका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथि ढकालको भनाइ थियो बुद्ध नेपाल र नेपालीहरुको मात्र नभएर विश्वको महान व्यक्ती भएकोले बुद्ध जयन्ती समारोह सम्पुर्ण नेपालीहरुले महत्व पुर्णरुपमा मगाउदै जानु पर्ने र कतारमा स्थापित  संघ संस्थाहरुको पनि उत्तकै दायित्व रहेको कुरा राखेका थिए । विगत २००६ देखि कतारमा दूतावासकै सभा हलमा बुद्धधर्मवलम्विहरुले मात्र बुद्ध जयन्ती मनाउदै आई रहेकोमा आगामी दिनमा बुद्ध जयन्तीकै दिन नेपाली दूतावासलेनै पहल गर्ने बचनबद्धता बारे जानकारी गराए ।

अन्य अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा बुद्धको उपदेशलाई पालाना मात्र गर्न सके हामी नेपालीहरुले बुद्ध जन्मेका देश नेपालहो भनेर गर्व गर्नु उचित हुनेछ । बुद्ध धर्मलाई राजनिति संग तुलना नगरि लुम्विनिलाई बुद्ध जन्मेको देश नेपाल हो भनेर चिनाउन सवै राजनितिक दलहरुले साझा मुद्धाका रुपमा लिएर पर्यटक भित्रयाउनको लागि योजना बनाउनु पर्नेमा जोड दिएका थिए । बुद्ध जयन्तीलाई एक वर्षमा मनाएर मात्र नभएर व्यावहारमा पनि बुद्धत्वको सिदान्तलाई लागु गराउनको लागि लाग्नु पर्नेमा जोड दिएका थिए ।

शुभकाना दिनेहरुमा मुस्लिम समाजका उमेर आलम, महिला समाजका अध्यक्ष रेखा राई, नागरिक समाजका कमलमणि गुरागाई, महासंघका सल्लाहकार विल गुरुङ, बैचारिक संस्थाका प्रमुखहरु, एनआरएन अध्यक्ष मकसुद आलम, महासंघ कतारका अध्यक्ष बिनेश तामाङ तथा आईसिसि उपाध्यक्ष टिवि कार्की रहेका थिए।

कार्यक्रमका सभापति शरण थापा मगरले कार्यक्रम सफल बनाउन सहोग गर्नुहुने सवै आयोजक संस्थाका सदस्यहरु, उपस्थित भक्तजनहरु, प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउनुहुने महानुभवहरुलाई धन्यवादका साथ संपुर्ण जगतलाई २५५८ औं बुद्ध जयन्तीको अवसरमा शुख शान्ति र समृद्धि मिलोस भनि शुभकामना दिदै कार्यक्रमको समापन गरिएको थियो ।

Last Updated on Sunday, 25 May 2014 09:35

Hits: 762

हङकङमा जोडतोडले तमु एकताको सत्प्रयास


तमु समाजका केहि चिन्तनशील ब्यक्तिहरुको अगुवाईमा यसपालि हङकङमा नजिकिदै गरेको प्रमुख पर्व ल्होछार/ल्होसार कसरी संगै मनाउन सकिन्छ भन्दै आक्रामक अभियान थालिएकोछ । केहि बर्ष अघि सम्म एकै ठाँउमा आयोजना गरिने यो पर्व केहि बर्ष यता भिन्नाभिन्नै रुपमा आयोजना हुने गरेकोछ ।

फोटो गुर्खाली भाईको फेसबुकबाट
तमु प्हे लु संघ र तमु ट्यो ह्युलले छुट्टटाछुट्टै रुपमा पुष १५ मनाउने गरेकोमा घले समाज लगायतका तमुवान मुक्ति मोर्चा इतरका संस्थाहरुले पनि आ-आफ्नै किसिमले मनाउन थालेकाछन् । गत साल ६ वटा संस्थाले भिन्नाभिन्नै स्थलमा ल्होछार/ल्होसार मनाएकाथिए । यसले तमु अगुवाहरुलाई चिन्तित बनाएकोथियो । यद्यपि तेस्रो पक्षले भने सधैं एकै ठाँउमा कसरी मनाउन सकिन्छ भन्दै प्रयास जारी राखिरहेकोछ । गत साल पनि ब्रिटिश भूतपूर्व संघका अध्यक्ष हेमप्रताप गुरुङ र भारतीय भूतपूर्व संघका तत्कालिन अध्यक्ष जंगबहादुर गुरुङले यस्तो प्रयासमा सबैभन्दा सक्रिय रोल देखाएकाथिए । तर अर्काे साल गरौंला भन्दै गत साल पुरानै तरिकाले मनाइएकोथियो ।
 प्रमुख दुई संस्था प्हे लु र ट्यो ह्युलबीच समझदारी हुन सकेमा अन्य संस्थाहरु पनि सहमति आउने बताईन्छ । यसैका निम्ति यस बर्ष पनि हेम र जंग आफ्ना केहि सहकर्मीहरुसंग मिली यस अभियानमा जुटिरहेकाछन ।
तिनले संयुक्त तमु ल्होसार ल्होछार समन्वय समिति बनाई यसलाई संस्थागत रुपमा लगेकाछन । यो समितिले आँउदो ८ सेप्टेम्बरका दिन याउमातेई कम्युनिटी हलमा बृहत तमु भेला गराई यसलाई कसरी मुर्त रुप दिने भनि छलफलको आयोजना गर्ने भएकाछन । यसै भेलामा हस्ताक्षर अभियान समेत थालिने समितिका सक्रिय सदस्यद्धय हेम र जंग सुनाउँछन । ति भन्छन, हामी यहि साल सफल नहौंला तर यो अभियान शुरु गरेपछि यसले भविष्यमा अवश्य सफलता प्राप्त गर्ने नै छ । ’
हङकङबाट तमु एकताको अभियान थालनी गरि विश्वका तमुहरुलाई एकताको मालामा गाँस्ने सन्देश दिन थालेका यि अभियन्ताका ढिलो चाँडो अभियान सफल हुनेमा यी ढुक्क देखिन्छन ।

Last Updated on Friday, 23 August 2013 01:57

Hits: 993

खपाङ्गीलाइ सहयोग जारी बिभीन्न देशबाट रकम हस्तान्तरण

काठमान्डु,
 कार्तिक ७,गोरेबहादुर खपाङी मगर उपचार सहयोगको लागि आदिवासी जनजाति महासंघ बेलायत र आदिवासी जनजाति महिला महासंघ, युकेद्धारा संकलित रकम रु. १,१८,०००/- (एकलाख अठार हजार) आदिवासी जनजाति महिला महासंघ, युकेका अध्यक्ष कमला थापा मगरले गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिका लागि छोरीज्वाई चन्द्रबहादुर थापा मगर, देउबहादुर राना मगर र नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष डण्डु शेर्पालाई संयुक्त रुपमा नर्भिक अस्पताल थापाथली काठमाडौंमा आदिबासी जनजातिका अगुवा नेता तथा समाज परिबर्तन आन्दोलनका अभियन्ता श्री गोरेबहादुर खपाङ्गी मगर ज्युको श्वास्थ्य उपचारको लागि नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष श्री मती कमला थापाले हस्तान्तरण गरिन । 
स्मरण रहोस् यस भन्दा पहिला पनि महासंघ बेलायतका महासचिब नरेश काङमाङ राई द्धारा खपाङ्गीको श्वास्थ्य उपचार सहयोगको लागि रु १,३६,०६२(एक लाख छत्तिस हजार बैष्ठ्ठी) उपल्ब्ध गराईएको थियो ।
 
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघको पहलमा गोरेबहादुर खपाङी मगर उपचार सहयोगको लागि आदिवासी जजाति महासंघ इटालीद्धारा संकलित रकम युरो ११५० ( EURO $ 1150) इटाली प्रतिनिधि कमल दर्लामी थापा मगरले गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिका लागि छोरीज्वाई चन्द्रबहादुर थापा मगर, कुलप्रशाद पुन मगर र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई संयुक्त रुपमा प्रदान गरियो ।
 
साथै गोरेबहादुर खपाङी मगर उपचार सहयोगको लागि आदिवासी जजाति महासंघ हङकङ र आदिवासी जनजाति युवा संघ, हङकङद्धारा संकलित रकम रु. १,५०,०००/- हङकङ प्रतिनिधि तिलक सोमै मगरले गोरेबहादुर खपाङी मगर उपचार सहयोग समितिका लागि छोरीज्वाई चन्द्रबहादुर थापा मगर, कुलप्रशाद पुन मगर र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई संयुक्त रुपमा प्रदान गरियो ।
 

Last Updated on Friday, 25 October 2013 12:13

Hits: 1139

Ethnic Minorities are Members of Hong Kong Family: C. Y. Leung



Hong Kong's ethnic minority communities are members of the broader Hong Kong family, says Chief Executive-designate Mr. Leung Chun Yin. Meeting a group of ethnic minority members in his  office on Tuesday, Mr. Leung claimed that he will be working hard to build a broader Hong Kong community in which ethnic minorities will be integral members. 'I will work to build a big Hong Kong family inclusive of ethnic minority members and I need all of your support', he said.
Members of Indian, Nepalese, Pakistani, Bangladeshi and Sri-Lankan communities met Mr. Leung to put their views across about the difficulties they face in Hong Kong.
Elected to the top post of Hong Kong in March this year, Mr. Leung has been meeting groups of various sectors and strata to understand their problems which, analysts believe, will make him easier to devise his policies when he assumes office in July. Meeting with members of the  ethnic communities is believed to be one of his strategies to garner public support before he assumes office.
As part of his working plans, Mr. Leung has proposed to restructure the current government Departments and Bureaux but his proposal has been stalled in various committees under the Legislative Council.
Most participants in the meeting raised the issue of education calling on Mr. Leung to set up a separate UNIT under Education Bureau to look after the education of ethnic minority students. Chura Thapa,  a PhD student at Hong Kong Baptist University and one of the participants in the meeting said that Education Bureau is mostly focusing on the Chinese language education of ethnic minority students ignoring their overall educational welbeing. 'There is no such mechanism to handle the overall educational development and educational welbeing of the ethnic minority students in Hong Kong. So, the government should set up a unit particularly to look after the education of ethnic minority students', he said.
The government of Hong Kong has set up Race Relations Unit under Home Affairs Department to facilitate the integration of ethnic minority communities into the local society. The Unit has been funding various NGOs and community organizations for a range of services and activities including interpretation and festival celebrations. However, the Unit has no ambit to deal with the education of ethnic minority students. Some members claimed that there is no integration happening in the designated schools in Hong Kong. 'Students are put separately in designated schools and they seldom interact with each other. So in order the integration process to  take place in schools, the government needs to overhaul the current practices and policy', said a member.  

Participants in the meeting raised various other issues including the recruitment of ethnic minority youths into the government services and allowing ethnic minority members to acquire SAR Passport  without giving up their own country's passports.
Some Nepalese community members demanded the government to grant vacant spaces for establishing a community center for them.
Responding to the views of the participants, Mr. Leung pledged to tackle the issues of ethnic minorities. The meeting was organized by the Ethnic Minority Committee of the Democratic Alliance for the Betterment and Progress of Hong Kong.

from ETHNIC VOICE Weekly

Last Updated on Saturday, 27 July 2013 22:54

Hits: 3519

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी