A+ A A-

उदयपुरमा मगर भाषा लिपि प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ

माया घले मगर

चैत २२- उदयपुर जिल्लाको सदरमुकाम, त्रियुगा नगरपालिका गाइघाट स्थित जनजाती भबनमा मगर भाषा लिपि प्रशिक्षण ७ दिने गोष्टी संचालन भइरहेको छ ।

उदयपुर जिल्लाको मगर संघ को अध्यक्ष केशब खपाङी मगरले कार्यक्रमको सभापतित्व गरीरहनुभएको छ भने प्रमुख अथितिमा नेपाल मगर संघ केन्द्रीय सदस्य सीता राना मगर हुनुहुन्छ । नेपाल मगर संघ नगर कमिटिको मुल आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग मा भइसकेको छ भने  नेपाल मगर संघ सास्कृतिक विभागका  माहासचिब कबिराज मगरले प्रशिक्षण गराई रहनुभएको छ ।

यो कार्यक्रम आज चैत्र २२ बाट शुरु भए चैत्र २८ गते सम्म चल्नेछ भनेर सहभागी गिरेश मगरले जानकारी दिनुभयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी