A+ A A-

फोरम सत्तामा जान आतुर,उत्पीडित समुदाय हेरेको हेर्य भए !

फोरम सत्तामा!उत्पीडित जाती समुदायका नेता,चितामा !!भयो भने, मेरो प्रिय फोरम परित्याग गर्न बाध्य हुनेछु।

पहिचान र अधिकारवादी आन्दोलनका महानायक साम्सद रेशम चौधरी ज्यूलाई, आफ्नो उत्पीडित जाती र समुदायको पहिचान र अधिकारवादी आन्दोलनलाई समर्थन गरेकै भरमा, तत्कालीन टिकापुरको हजारौं आन्दोलनको अक्रोशित भिडमा मारिएका ७ सुरक्षाकर्मि र २ वर्षे वालकको झुठो हत्याको अभियोग जवर्जस्त भिराइएको हो भन्ने सर्वोच्च अदलातका पूर्व न्यायाधीश गिरिष चन्द्र लालको सम्योजकत्वमा बनेको छानविन आयोगको प्रतिवेदनले स्पष्ट भएको छ।

उहाँ २ वर्ष प्रवास रहेकै अवस्थामा गत सम्सदिय निर्वाचनमा,घटनास्थल भनिएको कैलाली निर्वाचन क्षेत्र १ टिकापुरवाट सम्बिधान सभामा ३४हजार ३ सय ४१ मत, आफ्नो निकटम प्रतिद्वन्द्वी भन्दा दुई तिहाई बढीमत ल्याई बिजयी हुनुभएको थियो।
तत्पश्चात सम्मानित अदालतलाई ४० हजार जनमतको सम्मान र छानविन आयोगको प्रतिवेदन,घटनास्थल प्रकृति र प्राप्त प्रमाणको यथार्थमा रहि न्यायसंगत फैसला मार्फत,जातिय सद्भाव कायमगर्न सहजहोस् भन्ने हेतुले,उहाँ केहिदिन अगि कैलालीको सम्मानित जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको थियो।

विडम्बना! आत्मसमर्पण पश्च्यात पनि, बाहुनवादी राज्यसत्ताको इसरामा, ४० हजार साक्षी,वास्तविक प्रमाण र घटनास्थल प्रकृतीको विरुद्धमा, सारा उत्पिडित जनतालाई डर त्रास र धम्काउदै, तिमिहरुले आफ्नो पहिचान र अधिकार खोज्यौभने यस्तै गराएर राख्ने छौं, तिमि हरु दोर्सोदर्जाका नागरिक हौं तिमिहरु दासता अवस्थामा नै रहनु पर्छ भन्ने साङ्केतिक थ्रेड दिदै, अनशन अवस्थामा बेहोस अवस्थामा रहेका श्रदेयनेता चौधरीलाई विभिन्न यातना सहित नेल र हत्कडी लगाएर सामन्य मानविय समवेदना समेत धजिया उसाउदै kp सरकारले नाङ्गो नाच देखाएको छ।

यस्तो अति सम्बेदनशिल अवस्थमा, मेरो गौरवशाली पार्टी सङ्घिय समाजवादी फोरम, त्यही अन्यायी अत्याचारी kp को सत्ता सहकार्यमा जान खुट्टो उचालेको देखिन्छ। मुलुकको प्रमुख समस्या पहिचान र अधिकार नै हो, यहि पहिचान र अधिकार नै हाम्रो पार्टीको सुगन्ध हो, संविधान संशोधनको मुद्दापनी पहिचान अधिकार सङ्ग नै सम्बन्धित छ...। यदी यसो होभने, हाम्रो पार्टी यहि मुद्दा सम्बन्धित श्रदेयनेता चौधरीलाई, kp सरकारले यस्तो अमानवीय अततायी दुख दिदा समेत किन चुप छ..? kp सरकारसङ्ग यो विषयमा किन कुरा गर्दैन..? हामी हजारौं पहिचानवादी नेता तथा कार्यकर्ताहरु उहाँको विषयमा अत्यन्तै चिन्तित छौं।

अहिले श्रदेय नेता चौधरी icu मा हुनुहुन्छ रे..? कथन कदाचित दुर्भाग्यवश उहाँलाई केही भै हाल्योभने, हाम्रो गौरवशाली फोरमको पहिचान अधिकारको नारा ढोगी एवं मौसमी सावित हुने ठहर गर्दै, मैले मेरो प्रिय, सङ्घिय समाजवादी फोरम नेपाललाई परित्याग गर्न बाध्य हुनेछु।

हरि बहादुर घर्तिमगर
भुपु अध्यक्ष नेपाली सङ्घिय समाज युएई
अर्थात सङ्घिय समाजवादी फोरम नेपालको प्रवास समिती।

Last Updated on Wednesday, 14 March 2018 13:17

Hits: 1439

गोरखा ईन्जिनियरका स्याप्पर जवानहरुले यसरी मनाए पल्टनको जन्मदिन

हुबि मगर

ललितपुर, असोज १२ - बेलायती गोरखा फौज अन्तरगत रहेको दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्टका अवकास प्राप्त अफिसर तथा स्याप्परहरुले असोज ७ गते अर्थात सेप्टेम्बर २३ तारिकका दिन ललितपुर स्थित कृष्टल पार्टी प्यालेसमा पल्टनको उन्सत्तरीऔ जन्म दिवस भब्यरुपमा सम्पन्न गरेका छन ।
Image may contain: 3 people, people smiling

अ.प्रा. गोरखा मेजर त्रय भिम बहादुर गुरु.ग एम.भि.ओ, भिमबहादुर थापा र सुर्यबहादुर थापा एम.भि.ओ ज्युले संयुक्त रुपमा केक् काटी कार्यक्रम सुभारम्भ गर्नु भएको थियो ।

 अ.प्रा.गोरखा मेजर सुर्य बहादुर थापा मगरको अध्यक्षतामा रेजिमेण्टका सबै भन्दा सिनियर अ.प्रा. गोरखा मेजर तथा रेजिमेण्टल प्रेसीडेण्ट भिम बहादुर गुरुंग ज्यूको आतिथ्यमा रेजिमेण्टका सचिब अ.प्रा. क्या रबिन्द्र शाहीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

रेजिमेण्टका सचिब अ.प्रा. क्या. रबिन्द्र शाही ज्युले रेजिमेण्टका बर्तमान कमाण्डिंग अफिसर लेफ्टिनेन्ट कर्णेल जोन ह्वाईट हावकिन्स रोयल ईन्जिनियर(Lieutenent Colonel J W Hawkins RE) ज्युले पठाउनु भएको पार्टवान रुटिन अडर बाचन गरि सुनाउनु भएको थियो । दि गोरखा ईन्जिनियर रेजिमेण्ट १९४८ साल सेप्टेम्बर २८ तारिखका दिन मलेसियामा स्थापना भएको थियो । स्थापना हुदा रोयल ईन्जिनियर,फस्ट K.G.O बेगाल स्याप्पर एण्ड माईनर,थर्ड रोयल बम्बे स्याप्पर एण्ड माईनर , २ जिआर,६ जिआर र १० जिआर बाट आएका नौजवान बाट दि गोरखा ईन्जिनियर रेजिमेण्टको जन्म भएको हो । मलेसियाको कुलांगमा गोरखा तालिम स्क्वार्डन रोयल ईन्जिनियर खडा भएको हो । गोरखा बृगेडको एउटा अंगको रुपमा गोरखा ईन्जिनियर २८ सेप्टेम्बर १९५५ सालमा रहन पुग्यो । बेलायतकी माहारानी एलिजावेथ दुतिय द्धवारा २१ अप्रिल १९७७ सालमा रानीको टाईटल थप गरि हाल दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्ट बनेको कमाण्डेण्टको रुटीन अडरमा उल्लेख रहेको छ ।
Image may contain: 15 people, people smiling, people standing

हाल दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्ट यूकेको मेडईस्टोन स्थिति ईन्भिक्टा र्पाकमा स्थाईरुपमा कार्यरत रहेको छ ।
सचिब शाही साहेबले २०१६ -१७ मा मृत्यु हुने बेलायती तथा गोरखाली अफिसर तथा स्याप्परहरु ४३ जनाको नामबाचन गरि सुनाउनु भएको थियो । उपस्थिति सबै जनाले उहाहरुको संझनामा मृतआत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजन प्रति समाबेदना प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

रेजिमेण्टका अध्यक्ष अ.प्रा. गोरखा मेजर सुर्य बहादुर थापा मगर ज्यूले रेजिमेण्टको गतिबिधि बारे प्रकास पार्नु भएको थियो । अ.प्रा. गोरखा मेजर हुकुम राज थापा मगरको कमाण्डमा आगामी २०१८ सालको सत्तरीऔ जन्मदिवस पोखराको बृटिस क्याम्पमा मनाउने समेत मेजर सुर्य साहेबले जानाकारी गराउनु भयो ।

७० औ जन्म दिवश मनाउन रेजिमेण्टमा कार्यरत सीनिएर बृटिस अफिसर,बेलाएत,हंगकंग,दार्जिलींग,धरान,बुटवल,नेपाल गन्ज लगाएत देशको कुनाकाप्चा बाट समेत उपस्थित हुने उहाले जानाकारी गराउनु भयो ।

हरेक बर्ष सेप्टेम्बर २८ तारिक वा पेरी फेरीमा  अवकास प्राप्त नौजवान स्याप्परहरुले आफुलाई पायक पर्ने समय र ठाउहरु बेलाएत,हंगकंग,दार्जिलींग,धरान,बुटवल,नेपाल गन्ज लगाएत देशको कुनाकाप्चामा र बहालवाला रेजिमेण्टका अफिसर तथा स्याप्परहरुले यूकेको मेडईस्टोन ,ईन्भिक्टा र्पाकमा रेजिमेण्टल बर्थ डे मनाउदै आईरहेका छन ।
Image may contain: 6 people, people standing and indoor

कार्यक्रममा बृटिस क्याम्प काठमाण्डौ ज्ञारेजनका कमाण्डर क्या. बाल कृष्ण गुरुंग ज्यूलाई स्वागत र अवकास प्राप्त क्यू जि ई काठमाण्डौको आजिवन सदस्य बन्नु भएका २११५१३५१ डि बि गुरुंग, २११६१७४२ दिपक गुरुंग र २११६१७५३ धन बहादुर सार्की ज्युलाई आजिवन सदस्य प्रमाण पत्र प्रदान गरिएको थियो ।
Image may contain: 5 people, people smiling, people standing

कार्यक्रमको अन्त्यमा सार्जन मेजर भगवति प्रधान द्धवारा मनोरञ्जनकालागी तम्बोला खेलाईएको थियो । कुनै एक लाईन र फुल हाउस बिजेताहरु: सार्जन मेजर केशब थापा मगर ,आंगतेम्बा शेर्पा,यूबराज गुरुंग र बिश्व गुरुंग लगाएतले प्रथम र दुतिय पुरस्कार क्रमश रु.१४०० र रु.२८०० प्राप्त गर्नु भएको थियो ।

THE QUEEN’S GURKHA ENGINEERS HISTORY :

BY: Maj.Surya Bahadur Thapa

 

The Gurkha were first enlisted into the Royal Engineers in September 1948 when a Gurkha Training Squadron RE was formed at Kluang, Malaya. Formed by Royal Warrants as the Gurkha Engineers, part of the Brigade of Gurkhas, on 28 September 1955. On 21 April 1977 Her Majesty Queen Elizabeth II approved the title of The Queen’s Gurkha Engineers.

 

67 Gurkha Field Squadron,Royal Engineers rose at Kluang, Malaya on October 1948 and disbanded on 31 December 1996 in Hong Kong.

 

68 Gurkha Field Squadron rose at Kluang, Malaya on August 1950 and disbanded on 18 December 1993 in Hong Kong.

 

69 Gurkha Field Squadron rose at Sungei Besi, Malaya on 1 April 1961 and disbanded on 17 August 1968. 69 Gurkha Independent Field Squadron reformed on 1 March 1981 in Hong Kong and moved to Chatham, England. Re-designated to 69 Gurkha Field Squadron and incorporated into 36 Engineer Regiment on 1 April 1993.

 

70 Gurkha Field Park Squadron rose at Sungei Besi, Malaya on 1 April 1960 and disbanded on 31 July 1971 in Singapore. On 6 August 1982 Support Squadron re-designated 70 Support Squadron and disbanded on 18 December 1993 in Hong Kong. 70 Gurkha Field Support Squadron was reformed and became part of 36 Engineer Regiment on April 2000 and re-designated 70 Gurkha Field Squadron on 1 February 2011.




फोटो: हुबि मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
 क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्टकाे ६९ औ फोटो झलकहरु.

 


 

Last Updated on Thursday, 28 September 2017 13:43

Hits: 1916

सुर्खेत घाटगाउँका राजीहरू ४५ बर्षपछि वास्तविक जग्गा धनी बने !

दिल प्रसाद मगर
 
घाटगाउँ, असोज १८ - यस्तो उमंग त हाम्रो जीवनमा कहिल्यै आएको थिएन ।” एक हातले जग्गाको लालपुर्जा अर्को हातले खुसीका आँशु पुछ्दै सुर्खेत घाटगाउँकी प्रमिला राजीले पत्रकार सम्मेलनमा बताइन् । “हामीलाई सुकुम्बासी भनेर हेला गर्ने गाउँका मानिसहरूको आज भोक निन्द्रा हराएको छ होला !” संगै बसेका फकिरा राजीले खुशीसंगै आक्रोश मिसिएको भावमा उल्लेख गरे ।

२०७३ साल असोज ९ गते सुर्खेत, घाटगाउँका राजी समुदायले ४५ वर्ष पछि  जिल्ला मालपोत कार्यालय सुर्खेतबाट जग्गा धनी पुर्जा पाएका छन् । झण्डै २५ लाख पर्ने ३५ रोपनी  जग्गा गुटुकी जानकी देवी जैसीले राजीहरूले पहिले देखि नै भोगचलन गरिरहेको जग्गा राजीनामा गरी दिएकी हुन ।

राजी समुदाय नेपालको लोपोन्मुख आदिवासी जनजाति समुदाय हो । यो समुदयाको बसोबास दाङ्ग, सल्यान, बाँके, बर्दिया, जाजरकोट, कैलाली र कंचनपुरमा रहेको छ । नेपालको जनगणना २०११ अनुसार राजीहरूको जनसंख्या ४,२३५  छ ।

सुर्खेत जिल्लाको घाटगाउँमा राजी समुदायको जम्मा ३५ घरधुरीहरू र जम्मा जनसंख्या २१३ रहेको छ । भेरी र कर्णाली नदीमा माछा मार्ने र डुंगा चलाउँने उनीहरूको मुख्य र परम्परागत पेशा हो । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तरगत गाविसबाट हरेक व्यक्तिले मासिक एक हजार पाउदै आएका छन् ।

यसवर्ष नेपाल सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेकोले दोब्बर पैंसा पाउँदै छन् । सुर्खेत जिल्लाको घाटगाउँ भेरी र कर्णालीको बीच भागमा रहेको बलौटे जमीन हो । माछा मार्ने र डुंगा चलाउने सीप भएको हुनाले उनीहरुको लागि यो ठाउँ बसोबासको लागि उपयुक्त भएकोले बाघ भालु जस्ता जंगली जनावरहरूको प्रवाह नगरी जंगल फडानी गरि बसेका हुन् ।

उपयुक्त ठाउँ देखे पछि विस्तारै सुर्खेत, अछाम देलैखका विभिन्न पहाडी भूभागबाट   केही मानिसहरू त्यहाँ बसाइँ सरे । विस्तारै उनीहरूको अरु मानिसहरूसंगको सम्पर्क र सम्बन्ध बढ्दै गयो ।

सुर्खेत गुटुका जैसी परिवारसंग उनको निकै घनिष्ट सम्बन्ध विकास भयो  । यती राम्रो सम्बन्ध बन्यो कि २०२७ सालमा नेपाल सरकारले जग्गाको नापी गर्दा सरकारी काम गर्न  झमेला हुन्छ, जग्गाको कर तिर्न गाह्रो हुन्छ भन्ने ठानी आप्mनै जग्गा गुटुका जैसी परिवारको नाममा जग्गा धनी पुर्जा बनाई दिए ।

जानकी देवी जैसीका छोरा गजराज जैसी भन्छन् “राजी परिवार र हामी एउटै परिवार जस्तै होे । राजीहरूले हाम्रा बुवालाई  तपाई कै नाममा  गर्नुहोस् भन्ने आग्रह गरे पछि मात्रै जग्गाको लालपुर्जा हाम्रो परिवारका नाममा आएको हो ।”

उनले थपे “धेरै पटक हामीले जग्गा तपाईहरूको नाममा गर्नुहोस् भन्यौ पछि गरौंला  भन्दा भन्दा ४५ बर्ष बित्यो ।״ जग्गा धनी जानकी देवी जैसीले भनिन् “राजीहरूको र हाम्रो सम्बन्ध परापूर्व कालदेखि नै माछा र पानीको जस्तो थियो ।

श्रीमान्ले मर्ने बेला धर्म नहार्नु भनेको हुनाले ३५ रोपनी जग्गा खुसीका साथ राजीहरूलाई दिएकी हुँ । बसेकै छौं खाएकै छौ त्यो लालपुर्जा भन्ने कागज किन चाहियो भनेर राजीहरू  ढुक्कै थिए । वरिपरिका मानिसहरू जग्गा किनबेच गर्न लागे । एक रोपनी जग्गाको ५० देखि ६० हजार पर्न थाल्यो । सानासाना केटाकेटीहरू हामी बसेको जग्गा हाम्रो होइन ? हामीलाई यहाँबाट कसैले लखेटे पछि कहाँ जाने ? भनेर आमा बाबुलाई प्रश्न गर्न  थाले । तै पनि उनीहरूले वास्ता गरेनन् ।

संस्थागत विकास संजाल ललितपुरले विगत केहि वर्ष देखि  सुर्खेत स्थित सदस्य संस्था अन्तरनिर्भर समाज मार्फत उनीहरूको आयआर्जनको लागि  विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको थियो । ती कार्यक्रमहरूले उनीहरूको आयआर्जन र जीजनस्तरमा केही परिवर्तन देखिए पनि त्यो जमीनको जग्गा धनीपुर्जा नहुने हो भने अरु कार्यक्रम गर्नको खासै अर्थ छैन भन्ने निष्कर्षमा दुबै संस्था पुगे ।

परिणामस्वरुप राजीहरूले जग्गा धनी  पुर्जा पाउनको लागि ब्रेड फर द वलर््डको जर्मनीको आर्थिक सहयोगमा संचालित गैर सरकारी संस्था ऐक्यबद्धता कार्यक्रम अन्तरगत विभिन्न क्रियाकलाप गरयो । राजी समुदायलाई भूमिको महत्वको बारेमा बुझाउन भूमि अधिकार सम्बन्धी तालिम र कयौं पटक उनीहरूकै गाउँमा गएर बैठक आयोजना थियो  । पैरवी गर्ने सीप विकासका लागि तालिम संचालन देखि पैरवी समूह समेत गठन यी संस्थाले गरेको थियो ।

राजीहरूले हरेक बैठक र छलफलमा “जग्गा धनीले जग्गा लैजाउ लेजाउ” भन्छन् हामीले नै लिन सकेका छैनौं भनेर बताउँथे । जग्गा धनीले जग्गा लैजाउ भन्ने तर राजीहरूले लिन नसक्ने कारण केहो ? यसबारेमा पटकपटक छलफल गरियो । जग्गा पास गर्न समेत पैसा नभएर उनीहरू भूमिहिन हुन बाध्य थिए ।

खास गरी ४५ वर्ष सम्मको राजश्व लाखौं होला, विरेन्द्रनगर आउन जान र, मालपोत कार्यालयमा लेखापढी गर्न समय लाग्ला पैंसा लाग्ला भन्ने उनीहरूको मनमा ठूलो डर थियो । पढ्लेखे नभएका राजीहरूले कति पैंसा लाग्छ भन्ने हिसाब गर्न सकेका थिएनन् ।

उनीहरूको लागि सहयोग कार्यक्रम गर्दै आएको सस्थागत विकास संजालले लालपुर्जा लिन उनीहरूलाई घाटसुर्खेतगाँउबाट आउन जान र लेखापढीमा लाग्ने खर्चको ब्यावस्था मिलाइदिने भएपछि उनीहरू खुसी भए । त्यसपछि पनि धरै पटक छलफल गरेर  कार्ययोजना बनाए पनि त्यसको कार्यान्वयन गर्न सकिएको थिएन ।

राजश्व नै कति लाग्ने हो भन्न अर्कौ डरले उनीहरूलाई सतायो । राजी समुदायका अगुवा नैन सिहं राजीलाई “अब पनि जग्गा नलिने हो भने जग्गा धनी बन्न राजीहरूलाई अर्को ४५ वर्ष लाग्ने र राजीका छोरा छोरीहरूले पछि धिकार्ने छन्, एक हप्ता भित्र यो काम गर्ने  भए संस्थाले सहयोग गर्ने नत्र त्यसपछि सहयोग गर्न नसक्ने” भने पछि बल्ल उनीहरको चेत खुल्यो ।

रातारात बैठक गरी १५ जना राजीहरू विरेन्द्र नगर (सुर्खेत सदरमुकाम) आए र मुख्य अंश लाग्ने  मध्येका नैन सिहं राजी, फकिरा राजी, खकेन्द्र राजी, पदम राजी, रत्ना राजी, हिमा राजी, हस्तना राजी, उदय राजी, प्रमिला राजी, रंग बहादुर राजी (जम्मा १० जना) ले ३५ रोपनी जग्गा गुटुकी जानकी देवी जैसीबाट आफ्नो नाममा गराए । 

अन्तरनिर्भर समाज सुर्खेतको कार्यालयमा संस्थागत विकास संजाल र अन्तरनिर्भर समाजले पत्रकार सम्मेलनको आयोजना गरी जग्गा धनी जानकी देवी जैसीलाई सम्मान गर्नुका साथै ४५ बर्ष पछि बास्तविक र कानूनी रुपमा राजीहरू जग्गाधनी भएकोमा उनहरूरीले एक आपसमा अबिर लगाएर हर्षोउललास मनाएका छन् ।

 

Last Updated on Tuesday, 04 October 2016 17:08

Hits: 833

बहुलाहा बाउले आफ्नी आमाको लुङी च्यातिदिदा अबोध बच्चाहरु रमाएर हासेझै हासी रहेका छन लठुवाहरु !

 बलदिप राई,

मालिकले नाेकरलाई सबै सेवा सुविधा दिन्छ, खुसी भएर राम्राे काम गरिदियाेस भनेर ।मालिकले नाेकरदासलाई आराम गराेस भनेर विदा छुट्टी पनि दिन्छ । अलि बलियाे हाेस् भनेर मासुभात पनि दिन्छ । अलि राम्राे देखियाेस भनेर सुट पनि किनिदिन्छ । राम्रै ठाउँमा सुताेस भनेर बैठक काेठामा रहन पनि दिन्छ । काेही बेला रमाईलाे नि गराेस भनेर डान्सबार लगेर आँखाकाे स्वाद पनि दिलाउँछ । मदिरापान पनि गराउँछ । तर मालिकले नाेकर दासलाई एउटा कुरा दिन्न । त्याे भनेकाे विराषद सम्पतिकाे अंश । अर्थात अंशियार हक । अंशियार हक त मालिककाे आफ्नै दाजुभाइमा मात्रै हुन्छ ।


हाे, ओली, दाहाल र देउवा दाजुभाई मालिकहरू मिलेर जनजाति हलीगाेठालाे नाेकरहरूलाई राम्रै बम्पर उपहारकाे सेवा सुविधा दिएका छन् । कसैलाई मेयर, कसैलाई अध्यक्ष त कसैलाई वडा प्रमुख दिएका छन् । रमाएका छन् , हलिगाेठालाेहरू ।

बहुलाहा बाउले आफ्नी आमाकाे लुगा च्याती दिदा आफ्नी आमाकाे लाजी देख्दा बच्चाहरू खुव मज्जाले रमाएर हाँसे झै लठुवाहरू हामीलाई पाे हासिदिन्छन्, उल्टाे ।

Last Updated on Thursday, 06 July 2017 16:46

Hits: 863

जिबन थापामगरको नागरिकता केरमेट गर्ने अधिकार मिना खरेललाइ कसले दियो ? तुरुन्त छानबिन गर !

 जिबन थापाको परिवार माथि अन्याय गरेर विवादमा तानिएकी चितवन आदर्श गृह कि संचालिका मिना खरेललाई प्रश्न ?
भाद्र २५ गते , चितवन ,भरतपुर
समिर थापामगर ,
जिबन थापा मगरको नागरिकता कब्जामा लिने अधिकार कसले दियो ? जिबनको सक्कली नागरिकता केरमेट गरेर काम नलाग्ने बनाउनुको कारण के हो ? नागरिकता जस्तो संबेदन र अति महत्व पूर्ण कागजातलाइ जिल्लाको सिडिओ समेतले केरमेट गर्न सक्ने अधिकार छैन भने मिना खरेललाइ नागरिकता केरमेट गर्ने अधिकार कसले दियो ? पुलिस प्रसाशन आफ्नो मुट्ठीमा छ भन्दैमा मिना खरेलले जे मन लाग्यो तेही गर्न मिल्छ ? … चितवन जिल्लामा प्रसाशन चलाउने मिना खरेल हो कि .. त्यहा CDO पनि छ ? बुढा पुरानाहरु उखान भन्ने गर्दथे रन्डीको राज्यमा जे गर्दा पनि हुन्छ ?…. किन कि त्यहा न कुनै कानुन हुन्छ न त् कुनै इज्जत को कदर हुन्छ ….. मिना खरेलले असली ब्राह्मण बादको परिचय दिई रहेकी छिन .


एउटा जातीय आधारमा जिबन थापा मगर माथि गरिबीको मौकाको फाइदा उठाउदै आएकी मिना खरेलले नागरिकता सम्म केरमेट गरेर कम न लाग्ने अवस्थामा बनाउनको के अर्थ हो ? येस्मा कुनै भित्रि रहस्य लुकेको छ / जोया जिनाब काण्डमा सबैको पासपोर्ट र नागरिकता मिना खरेल ले कब्जा गर्नु पर्ने कारण केहो ? के मिना खरेलको आदर्श गृह घर अध्यागमन वा जिल्ला प्रशासन कार्यालय हो ?

यदि होइन भने किन ? मिना खरेलले चितवनमा उत्पात मच्याउदा समेत प्रहरी प्रशासन मुख दर्शक भएर बसेको कारण के छ ? के नेपालमा दोषी बाहुन जाति लाइ कारवाही गर्न मिल्दैन ? नेपालको संबिधान को नियम आदिबासी जनजातिको लागि मात्र हो ? … बिगत ४ महिना देखि जिबनको राहादानी र पासपोर्ट आदर्श गृह मा राखेर पछी आफुलाइ केहि अफ्तारो हुने भएको हुदा भदौ २० गते जिल्ला प्रहरीमा बुझाइएको रहेछ / लगातार जिबनको राहदानी र नागरिकता सम्बन्धित ब्याक्ति लिन जादा चितवन प्रहरीले मिना खरेको आदेश मा आलटाल गरिराखेको थियो / तर आज भदौ २५ गते केन्द्रिय स्तर बाट कडा शब्द प्रहार गरिए पछी चितवन प्रहरीले केरमेट भएको नागरिकता र पासपोर्ट दिएको थियो .
तपाइँ आफै सोच्नुहोस त् चितवन मा के नागरिक ले पाउनुई पर्ने राज्य को सरल सेवा सुबिधा के येही हो ? जिबन थापा मगर उ निर्दोष भएको कारण उसलाई सहयोग गर्ने हात हरु बढिरहेका छन तर चितवन मा वा नेपाल भरि बाहुनबादी एकल राज्याको कानुनि उपचार बाट धाक धम्कि सहित बन्चित जिबन जस्ता हजारौ जिबन हरु छटपटी रहेका छन ।

जिबन एउटा मगर सोझो र सिधा ब्याक्ति को भरपुर निजि स्वार्थ को लागि फाइदा उठाउदै आएकी मिना खरेल उपर प्रमाण सहित निम्न मुद्धा हरु तुरुन्त दायर गरि कर्यनायाँन गर्नु पर्ने देखिन्छ ।

( १ ) जिबन जोया काण्ड मा योया लाइ कानुनि प्रक्रिया पुरा गरेर नेपाल मै राख्न सकिन्थ्यो तर मिना खरेल ले हरियो डलर को सपना देखेर जोया लाइ जबर्जस्ति खालि कागज मा हस्ताक्षर गराएर उसको मानब अधिकार खोसेकी छ /
( २ ) जिबन थापा मगर लाइ बिना कसुर थुन्न लगाउने र कुट्न लगाउने मिन खरेल लाइ मानब आतंक मचाच्याउने र समाजमा शान्ति सुरक्ष्या तथा साम्पर्दायिक दंगा भडकाउने सम्मको कार्य गरेकी छन / जिबन काण्ड लाइ . झुठो खबर बनाएर पैसा दिएर मिडियामा छापाउँन लगाएकी छन /
( 3 ) जिबन थापा मगर लाइ मान हानि , जोया लाइ तिन महिना सम्म मानसिक र सारीरिक यातना दिएर राख्ने तथा देह्य क्षेत् बिक्ष्य्त सम्बन्धि काम गरेकी हुदा मिना खरेल लाइ मानब तस्कर बेच बिखन सम्बन्धि कारवाही गरिनु पर्दछ
( ४ ) जिबनको नागरिकता केरमेट गरेकी हुदा निज लाइ नागरिकता कृते एन अन्तर्गत कारवाही तथा झुठो विवरण पेश गरेको हुदा जालसाजी ठगि मुद्धा अन्तर्गत कारवाही हुनु पर्दछ /
( ५ ) नेपालको संबिधान २०७३ मर्यादा बिपरित कानुन हातमा लिएकी हुदा सर्बस जन्म कैद को भागि हुनु पर्दछ ( ६ ) सामाजिक सस्था को नाममा कलंक आतंक मच्चाउने मिना खरेल लाइ हिरासतमा राखी कानुनि प्रक्रिया अगाढि बढाउनु पर्दछ /
( ७ ) आदर्श गृह तुरुन्त बन्द गरियोस … दोषी . मिना खरेल लाइ उपरोक्त मुद्धा हरु उपर कारवाही गरिनु पर्दछ / अन्यथा जनताको बुलन्द आवाज सहित जनता जन कारवाही गर्न बाध्य हुन् न परोस ..भन्ने कुरा अग्रिम जानकारी सहित सुचित गरिन्छ
जाचबुझ ब्युरो कमिटि चितवन , भरतपुर
भदौ २५ गते १७ . ०० बजे ,

Last Updated on Wednesday, 14 September 2016 15:56

Hits: 1909

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर