A+ A A-

मगर बुद्ध सेवा संघ नेपालले "मङ्गल नालंदा"बिहार निर्माणा गर्ने !

राज्यसत्ता
ललितपुर, असार २३ - मगर बुद्ध सेवा संघ नेपालले  "मङ्गल नालंदा"बिहार निर्माणा गर्ने भएको छ  । Image may contain: 4 people, including Deo Rana, people smiling, people standing and indoor

चन्दा संकलन:
यस मंगल नालन्डा बिहार निर्माणका लागि आर्थिक सहयोग पुर्याउने श्रद्धालु महानुभावहरु बट यस पूनित उदेश्य परिपूर्तिको लागि यथाश्रद्धा आर्थिक सहयोगको लागी हार्दिक अनुरोध गर्दछ ।

 

१. १,००,०००/- देखि माथी चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई बिहारको शिलापत्रमा नाम अंकित गर्नुको साथै बिहारको संरक्षक मानिनेछ ।
२.रु.५०,००० देखि १,००,०००/- सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई बिहारको शिलापत्रमा नाम अंकित गर्नुको साथै बिहारको आजीवन सदस्यता प्रदान गर्नेछ ।
३.रु. १०,००० देखि रु. ५०,०००/- सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई बिहारको शिलापत्रमा नाम अंकित गरिनेछ ।
४.रु. १०० देखि १०,०००/- सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई बिहारको आर्थिक सहयोग अभिलेखमा नाम अंकित गरिनेछ ।

(पुरा समचार परिपत्रमा तल दिईएको छ,पढ्नुहोस)

केन्द्रिय समितिको बैठकले गरिमा थापा मगर सुर्खेतलाई केन्द्रिय समितिमा मनोनित गरेको छ ।


द.नं. ८५८ /०५८ /०५९                                        मितिः २०७५ /०३ /१० 
                                मगर बुद्ध सेवा संघ नेपाल 

प.सं.

च.नं.

 

श्री ....................................................ज्यू                     

बिषयः  "मङ्गल नालंदा"बिहार निर्माणार्थ आर्थिक सहयोग सम्बन्घमा ।

 

महोदय, उपरोक्त सम्बन्धमा यस मङ्गल नालण्डा बिहार निर्माणार्थ मगर बुद्ध सेवा संघ नेपालले चौथो राष्ट्रिय महाधिवेसन २०७१ लुम्बिनी देखीनै चरणबद्धरुपमा विविध योजना र कार्यक्रमहरु गर्दै २०७२ चैत्र १३,१४ र १५ गते पोखरामा अन्तराष्ट्रिय मगर बौद्ध सम्मेलन भब्य र सब्य रुपमा सम्पन्न गर्यो ।

उक्त पोखरा धोषणा अनुसार बिहार निर्माण गर्न पहिलो आधार नै जग्गा हुने भएकोले बिना जग्गा संस्थागत रुपमा कुनै ब्यक्ति , संघ संस्था , स्वदेशी तथा बिदेशी संघ संस्था लगायत अन्य विविध दातृनिकायहरु साथै श्रद्धालु दाताहरु समक्ष सहयोगी हात बढाउन भरपर्दो र बिश्वासिलो आधार नपुग्ने भएकोले करिब पांच बिगाह जमिन बौद्ध चक्रपथ सेरोफेरोमा बिशेषत बुद्ध जन्मभुमी कपिलबस्तु राज्य , बुद्ध मावली देवदह र बुद्ध अस्तुधातु क्षेत्र रामग्राम (नवलपरासी) लाई लक्षित गरिएको छ ।

यस बिहार निर्माणार्थ जग्गा प्रति बिगाह एक करोडका दरले पांच करोड लाग्ने अनुमान रहेको सो जग्गामा करिब सातसय देखि  एकहजार जना श्रामणेरहरुले अध्ययन गर्न सक्ने बिहार निर्माण गर्ने लक्ष्य राखिएकोले मगरहरुको छाता संगठन नेपाल मगर संघ संग आबद्ध देश बिदेशमा रहेका संघ संस्था र मगरदाताहरुले यस जग्गा खदि गर्न हरेक संस्था वा ब्यक्तिहरुले सकेसम्म बिहारको संरक्षक बनिदिने , नभए पनि बिहारको आजिवन सदस्यता लिई आर्थिक सहयोग गरि संस्थाको लक्ष्य अनुसार आगामी कार्तिक २५ गते भित्र नेपाल मगर बुद्ध सेवा समाजको कृषि बिकास बैंक बुटवल शाखा बचत खाता नं. ०४१४८०१२०१४५३०१६ मा रकम जम्मा गरी यस अभियानलाई सफल पारिदिनुहुन सबैमा मैत्रीपूर्ण अनुरोध गर्दछौ ।

                              भवतु सब्ब मंगलम ।।

 



..................

देउ बहादुर राना
    अध्यक्ष

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर