A+ A A-

नेपाल मगर बुद्ध सेवा समाजको अन्र्तर्किया कार्यक्रम(फोटो सहित)

संजय सिंजालीमगर
Image may contain: 5 people, people sitting, table and indoor

काठमाण्डौं, साउन १९ - नेपाल मगर बुद्ध सेवा समाजले साउन १६ का दिन धोबिघाट स्थित सिद्धार्थ कटेजमा भेटघाट तथा अन्र्तर्किया कार्यक्रम सम्पन्न गर्यो ।

भन्त्ते कृष्ण र भन्त्ते अर्जुन संग भेटघाटको साथसाथमा अन्र्तर्किया गरेको हो । कृष्ण भन्त्ते बिगत २६ बर्ष देखि थाईल्याण्डमा बौद्ध शिक्षा सकि बौद्ध विहार थाईल्याण्डमै बुद्ध दर्शन बारे कम्प्युटर ईन्जीनीयरको रुपमा कार्यरत हुनुहुन्छ । उहाको बाबा हिरा सिं थापामगर केहि महिना देखि नशा सम्बन्धी रोगका कारण बासबारी स्थित निउरो अस्पतालको आकस्मिक कक्षमा उपाचारर्थ रहेकोले भन्त्ते बाबालाई भेट्न थाईल्याण्ड बाट आउनु भएको हो । हिरा सिं थापा मगर शब्दकोषको निर्माता र मगर ईतिहासकार हुनुहुन्छ ।

अर्जुन भन्त्ते थाईल्याण्डमै दश बर्ष सम्म बौद्ध शिक्षा सकि हाल मुनि विहार भक्तपुरमा करिब ८० जना श्राणमेरहरुको भिक्षु गुरुको रुपमा कार्यरत हुनुहुन्छ ।
कृष्ण भन्त्ते बाबा लाई भेटि थाईल्याण्ड फर्किने क्रममा समाजले बिधाई तथा अन्र्तर्किया कार्यक्रम गरेको थियो । कार्यक्रमका सभापति केन्द्रीय अध्यक्ष  देउ बहादुर राना मगरले गर्नु भएको थियो । समाजका बरिष्ठ सल्लाहकार एम.एस.थापा मगर, बरिष्ठ उपाध्यक्ष बलबहादुर रखाल, उपाध्यक्ष हरि शंकर थापामगर, यम बहादुर बुढाथोकीमगर, मन बहादुर थापामगर, क्या कृष्ण बहादुर राना मगर, नेपाल मगर संघका केन्द्रीय कोषध्यक्ष क्mमला थापामगर, नेपाल मगर भू.पू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुम बहादुर थापा मगर, लुम्बिनी बिकास कोषका पूर्व सदस्य राजेन्द्र थापामगर, सुचेन्द्र थापामगर, सन्जोक लाफा मगर, रघु थापा मगर, मित्र राना मगर, टंक बुढाथोकी मगर लगाएत महानुभावहरुको उपस्थित थियो ।

कार्यक्रम समाजका केन्द्रय सदस्य भिम मगरले सञ्चालन गरेका थिए । समाजका अध्यक्ष क्या. देउ बहादुर राना मगरले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । 
                                      अवधारणा पत्र पढ्नुहोस् !

                                    नेपाल मगर बुद्ध सेवा समाज 
                         केन्द्रीय कार्य समितिले परिकल्पना गरेको
                                   मङ्गल  नालन्डा  बिहार
                                   निर्माण गुरुयोजना बिशेष
                                      अवधारणा पत्र
पृष्ठभूमि:
नेपालमा मगरजातिको जनसंख्या जनगणना २०६८ को अनुसार १८ लाख ८६ हजार भन्दा बढी भएको पाईन्छ । तर यो संख्या २२ लाखको हाराहारीमा रहेको मगर सम्बद्ध संघ संस्था र बिज्ञहरुको दावी छ । ईतिहास केलाएर हेर्दा मानव मगरहरुलाई हिन्दू धर्म अंगाल्न बाध्य बनाएको देखिन्छ । समयसंगै मगरहरुमा पनि शैक्षिक, सांस्कृतिक तथा राजनैतिक जागरणको प्रभावले आफ्नो ईतिहास र धर्म संस्कृतिको खोजी थालनी भएको हो ।

सम्पूर्ण मगरहरुको आस्थाको केन्द्र, नेपाल मगर संघको २०५५ आश्विन १, २ र ३ गते झापा जिल्लाको बिर्तामोडमा आयोजन भएको अन्र्तराष्ट्रिय सम्मेलनले मगरहरुको जातीय धर्म, बुद्ध धर्म हो भन्ने ऐतिहासिक निर्णय गरे पछी मगरहरुले बुद्ध धर्मको सघन अध्ययन, अनुशन्धान शुरु गरेको र बौद्ध संस्कार अनुसरण गर्दै व्यवहारिक जीवनमा उतार्न थालेकाछन् । मगरहरुमा बुद्ध धर्म पुनरोत्थानमा ऐतिहासिक भुमिका निर्वाह गर्नु हुने ईतिहासविद एम.एस.थापामगर, पुर्व मन्त्री स्व.गोरे बहादुर खपांगीमगर लगायत अगुवा मगरहरुको दुरदर्शी परिकल्पनाकै प्रतिफल नै नेपाल मगर बुद्ध सेवा समाज गठन संभव भएको हो । हाल ५५ जिल्लाहरुमा जिल्ला समितिहरु गठन भैसकेका छन् । यिनै समितिहरु मार्फत मगरहरुमा बौद्ध धर्म प्रचारप्रसार गरिदै आएको छ । समाजले, केन्द्र, जिल्ला, गाउ नगर तथा प्रारम्भिक समितिहरु निर्माण गरेर बुद्ध शिक्षासंस्कारलाई जीवन पद्धति बनाउने प्रयास गरिरहेका छ ।

नेपाल मगर बौद्ध सेवा समाजले पोखरामा, २०७२ चत्रै १३, १४, १५ गते अन्र्तराष्ट्रि मगर बौद्ध सम्मेलन आयोजना गर्न सफल भयो । समाजको भावि परिकल्पना प्रति गम्भिर रहदै सम्पन्न सम्मेलनले पोखरा घोषणा मध्ये केन्द्रीय बौद्ध विहार निर्माण गर्ने संकल्प गरयो । सोही अनुसार समाजले आफ्नो परिकल्पनालाई संस्थागत गर्न यो अवधारणा पत्र प्रस्तुत गरेको छ ।

मङ्गल नालन्डा विहार निर्माणको केही प्रधान उद्दश्यहरु:
१) बुद्ध धर्म, शिक्षा, दर्शन, परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धनलाई संस्थागत गर्न ।
२) परियत्ति बिधालय संचालन गर्न ।
३)बालकबालिकाहरुलाई बुद्ध धर्मको मौलिक पद्धति अनुसार गुणस्तरीय शिक्षाबाट नैतिकबान बनाउन ।
४) समुदायलाई बुद्ध धर्मबाट सुसंस्कृत र समृद्ध बनाउन ।
५) बुद्ध धर्म सम्बन्धि गहन प्रशिक्षण, तालिम र शिविर आयोजना गर्न ।
६) समुदायबाट प्रवजित संघ सदस्यहरुलाई संरक्षण गर्न ।
७) भिक्षु अनागरिका उत्पादन गर्न ।
सो परिकल्पनालाई कार्यान्वयनार्थ समाजका केन्द्रीय अध्यक्ष क्या. देउ बहादुर रानामगरज्यूको संयोजकत्वमा आर्थिक योजना मस्यौदा प्रस्ताव तयार समिति गठन भएको छ ।

जग्गा पहिचान तथा खरिद समिति
संयोजक डबबहादुर गनुर्जा मगर
सदस्या जीतबहादुर रानामगर
सदस्य मनुमाया थापा मगर
सदस्य कूलबहादुर पल्लीमगर
सदस्य गोविन्द थापामगर
सदस्य अमर बहादूर थापामगर
जग्गाको न्यनत्तम क्षेत्रफल ५ बिघा र मुल्य–प्रति बिघा १ करोडले) ५ करोड लाग्ने अनुमान गरिएको छ ।
गुरु योजनामा निम्न अंगहरुको निर्माण गर्न जमिनको उपयोग गरिनेछ:
१. धार्मिक पक्ष:
धर्महल, भिक्षु आवास, श्रामणेर आवास, साझा अध्ययन हल, बिपश्यना हल, बुद्ध प्रतिम तथा आध्यात्मिक बगैंचा ।
२. शौक्षिक पक्ष:
बिधालय भवन, बहुउपयोगी पुस्तकालय, खुला सभा मैदान ।
३. प्रशासनिक तथा व्यवस्थापकीय पक्ष:
क्mार्यालय भवन, अतिथी गृह, होस्टेल (आगन्तुक बिधार्थी) ब्लक, बहुउपयोगी सभाहल, मिनी सभाहल, पानीटेंकी, किचन तथा भोजनालय, गेस प्लान्ट, पार्किङ्ग क्षेत्र ।
४. पर्यावरणीय तथा खाद्यान्न पक्ष:
सिमसार क्षेत्र, जंगल क्षेत्र, कृषि क्षेत्र
माथि उल्लेखित अंगहरु निर्माण गर्न रु.५ करोड बजेटको अनुमान गरिएको छ ।
त्यस्तै गुरुयोजना तयार गर्न र अन्य प्रारम्भिक खर्च करिब २ करोड लाग्ने अनुमान गरिएको छ ।

 

(गुरुयोजनाको साईट प्लान)
नेपाल सरकारको मान्यता प्राप्त ईन्जिनियरबाट गुरुयोजनाको डिजाईन गराईनेछ । योजनलाई लाग्ने अनुमानित बजेट सन्दर्भमा भुमि, भवन निर्माण र संचालन गरी १६ करोड को बजेटाकार अनुमान गरिएको छ । जग्गा  खरिद कार्य सम्पन्न भएपछि गुरुयोजनाको नक्सा बनाउन आरम्भ हुने छ । गुरुयोजनाको हरेक कार्यहरु टेण्डर बिधिलाई अपनाउदै पारदर्शिता कायम गरिने छ ।

श्रोतहरु
गुरुयोजना सम्पन्न गर्न निम्नानुसारले श्रोत व्यवस्थापन गरिने योजना रहेको छ ।
क्र.सं      श्रो शीर्षक                                         रकम
१ एक मगर १,०० अभियान अन्र्तगत (५ लाख मगर × रु १,००) ५०० लाख
२ बिदेशी मगर सम्बद्ध संघसंस्थाहरुबाट                         १०० लाख
३ बिदेशी तथा स्वदेशी बौद्ध संघसंस्थाहरुबाट                         १०० लाख
४ स्वेच्छिक दान                                         १०० लाख
५ बिभिन्न दात निकाय                                         १५० लाख
६ अनुदान नेपाल सरकार बाट                                 १०० लाख
७ व्यापारी तथा व्यवसायिक प्रतिष्ठानहरुकाट                         १०० लाख
८ बिभिन्न कार्यक्रम तथा शान्ति अभियानबाट                 ५० लाख
                    जम्मा                                 १२०० लाख

श्रोत संकलनका उपायहरु:

१. डिजिटल माध्यम (टि.भी च्यानल, अनलाईन मिडिया, समाजको अफिसियल वेभसाईट), सामाजिक संजालको प्रयोग गरिनेछ ।
२. राष्ट्रिय छापा, ( पत्रपत्रिका ) मा साझा अपिल तथा बिज्ञापन गरिनेछ ।
३. सरकारी निकाय लगायत बिभिन्न व्यक्ति, संघ संस्थाहरु, व्यवसायिक निकायमा आर्थिक सहयोगको लागि अनुरोध गरिनेछ ।
४. नेपाल सरकारबाट मान्यता प्राप्त बित्तिय संस्थामा खाता संचालन गरि स्वेच्छिक सहयोगका लागि आव्हन गरिने छ
५. बौद्ध समाजद्धारा आर्थिक कार्यक्रम अन्तर्गत घर दैलो अभियान संचालन गरिने छ ।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध संघसंस्थाहरुसंग सशयोगको लागि अनुरोध गरिने छ ।
७. एक मगर रु.१०० अभियान संचालन गरिने छ ।

 

चन्द संकलन:
यस मङ्गल नालन्डा विहार निर्माणका लागि आर्थिक सहयोग पुर्याउने श्रद्धालु महानुभावहरुबाट यस पूनित उदेश्य परिपूर्तिको लागि यथाश्रद्धा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।

१. रु. १,००,००० देखि माथि चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई विहार शिलापत्रमा नाम अंकित गर्नुको साथै विहारको संरक्षक मानिनेछ ।

२. रु. ५०, ००० देखि रु. १,००,००० सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई शिला पत्रमा नाम अंकित गर्नु साथै विहारको आजीवन सदस्यता
   प्रदान गर्नेछ ।

३. रु. १०,००० रुपिया देखि रु. ५०,००० रुपिया सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई विहारको शिला पत्रमा नाम अंकित गरिनेछ ।
४. रु. १०० देखि रु. १०,००० सम्म चन्दा दिई सहयोग गर्ने चन्दादाता महानुभावहरुलाई विहारको आर्थिक सहयोग अभिलेखमा नाम अंकित गरिनेछ ।
     संकलित रकमको हरहिसाब र परिचालन बिधि :

१) संकलित रकमको परिचालन तथा सो को हरहिसाब राख्ने दायित्व मङ्गल नालन्डा विहार निर्माण समितिको रहनेछ र उठेको रकमको आयव्यय दूरुस्त राख्न र
   लेख नियमानुसार सो को आवश्यकता अनुसार मान्यता प्राप्त लेखा परिक्षकबाट लेख परिक्षण गराउने जिम्मा समेत रहनेछ ।
२) परियोजना संचालनको लागि राष्ट्रिय स्तरको बाणिज्य बैंकमा परियोजनाको नाममा चल्ती खाता खोलिनेछ र सम्पूर्ण निर्माण कार्य सम्बन्धि रकम जम्मा र
   भुक्तानी पुर्णता बैंकिग प्रक्रियाबाट गरिने छ ।
३) परियोजनाको अनुगमन
   परियोजनाको अनुगमन र सुपरिवेक्षणको लागि मगर बुद्ध सेवा समाज बाहिरका लव्ध प्रतिष्ठित र कार्यनुभव भएको कम्तिमा ५ व्यक्तिहरुको समिति गठन
   गरिनेछ ।
निष्कर्ष:
यो अवधारणा पत्र, समाजले परिकल्पना गरेको मङ्गल नालन्डा विहारको लागि प्रथम पटक समाजको कपिलवस्तु बैठकले स्वीकृती प्रदान गरे पछि अगाडी बढाईएको छ । यसको बहुआयामिक पूर्णताका लागि सम्बन्धित बिक्षहरुको परामर्शको आधारमा परिमार्जन गर्दै लगिने छ ।
प्रस्तुत कर्ता: गुप्त बहादुर राना र कमल थापामगर


फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
नेपाल मगर बुद्ध सेवा समाजको अन्र्तर्किया कार्यक्रम धोबिघाट कटेजमा

 

 

 


 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी