A+ A A-

पुर्ख्यौली खोज्न पुगे मगर अगुवाहरू बल्ढेङगढी

नरेश केसी

बल्ढेङगढी पाल्पा, मंसिर १४ - पछिल्लो समय मुलुकमा जातिय ऐतिहासीकताको बारेमा चर्चा परिचर्चा हुनेगरेको छ ।



मगर समुदाय आदीवासी जनजाति भित्रको पहाडी क्षेत्रमा बाहूल्य बसोबास रहेको सोझो र इमान्दार समुदाय हो ।

त्यहिं समुदायका अगुवाहरु आफ्नो थलोको बारेमा सोधी खोजी गर्दै सोमबार मगरहरुको प्राचिन राजधानि पाल्पाको बल्ढेङगढी पुगेका छन । तानसेन सदरमुकाम देखि ५० कि मि पश्चिम दक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ कि मि उत्तरमा पर्ने उक्त क्षेत्रको ऐतिहासीक दरबार बल्ढेङगढीमा भेला भई मगर अगुवाहरुले त्यस क्षेत्रको संरक्षण र सम्बर्द्धनमा एकताभई लाग्ने प्रतिबद्धता समेत गरेका छन ।

बल्ढेङगढी क्षेत्र विकास समितिको पहलमा भएको उक्त कार्यक्रममा हङकङमा बसोबास गर्ने आदीबासी जनजाति नेता एम बि दर्लामी मगरले आफ्नो जातिको प्राचिन थलोको संरक्षणकोलागी आफुले नेतृत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए । आदीबासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत रहेका दर्लामी मगरले भने ‘बल्ढेङगढीको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा हामी आजै देखी लाग्छौं । किनकी यो हाम्रो पुर्खाको विरासत बोकेको ठाऊ हो ।

सोही कार्यक्रममा इतिहास बीद विजय सागरले मगरातहरुको राजधानिको रुपमा रहेको बल्ढेङगढीको ऐतिहासीक र सास्कृतिक महत्वको बारेमा प्रस्टाएका थिए । ईतिहास वीद सागरले ‘विक्रमको १४५० देखी १८०९ सम्म बलिहाङ राना मगर र उनका सन्ततीले हालको पोखरा देखी भारतको गोरखपुर सम्म शासन गरेका थिए ।

सोही अवसरमा सिद्धार्थ यातयात व्यवसायी समितिका अध्यक्ष सूर्य कुमार सारु मगरले मगरहरुको राजधानी बल्ढेङगढी तराई देखी जम्मा १५ किलोमिटरको दूरीमा भएता पनि अहिले सम्म यातयात व्यवस्था नहुदां त्यस क्षेत्रका जनताले भोग्नु परेको सास्ती प्रति दुःख व्यक्त गर्दै नियमक निकाय संग समन्वय गरी तत्काल त्यस क्षेत्रमा नियमित यातयात आवगमनको व्यवस्था गर्ने बताए ।

बल्ढेङगढी दरबार परिसरमा भएको उक्त कार्यक्रममा सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट साट्टाका अध्यक्ष चन्द्र बहादुर थापा मगरले लुम्बिनी र बल्ढेङगढीलाई जोडेर पर्यटन विकास गर्दै विश्व भरीका लुम्बिनी आउने पर्यटकहरूलाई बल्ढेङगढीमा ल्याउन साट्टाले भूमिका खेल्ने जनाए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका केन्द्रिय उप महासचिव टोप अस्लामीले आदीबासी जनजातिको ईतिहास बोकेको बल्ढेङगढीको विकास, संरक्षण र प्रबर्द्धनमा अगुवाई गर्ने जनाए । कार्यक्रममा एमाले नेता भरत कुमार पोखरेलले नेपालको समृद्धिको आधार पर्यटन व्यपार भएकोले बल्ढेङगढीको पर्यटन प्रबर्द्धन गर्दै अगाडी गएमा सो क्षेत्र मात्र नभएर सिंगो लुम्बिनी समृद्ध बन्ने संभावना रहेको केलाए ।

उक्त कार्यक्रममा बलिहाङगढी क्षेत्र विकास समितिका अध्यक्ष कमल रायमाझीले मगरहरुको एैतिहासीक सम्पदा बल्ढेङगढीको संरक्षण गर्नु तत्कालकोलागी जरुरी रहेकोले सबै संग सहयोगको अपेक्षा व्यक्त गर्दै विदेशमा रहेर पनि आफ्नो समुदायको राजधानीको बारेमा चासो व्यक्त आउने महानुभावहरूलाई धन्यावाद समेत दिए ।



उक्त कार्यक्रममा मगर संघ हङकङका पुर्व अध्यक्ष हुम थापा मगर, आदीबासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना, नेपाल मगर संघ केन्द्रिय सदस्य गम सारु मगर, मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर थापा मगर, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय उपाध्यक्ष ममता बुढा मगर, स्थानियहरु सुमित्रा रास्कोटी, तुला रास्कोटी, हङकङमा बसोबास गर्ने समाजसेवी हेम राज थापा मगर, बिनोद सुनारी मगर, पुरन खड्का, साथै राजु राना, रेशम रायमाझी समेतले सो क्षेत्रको सम्बर्द्धनमा एक भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । बल्ढेङगढी ऐतिहासीक हिसाबले अत्यन्तै महत्वपुर्ण ठाऊ भएता पनि राज्यको उदासीनताको कारण संरक्षण हुन सकेको छैन । तथापी पछिल्लो केही वर्ष यता चर्चामा आउने थालेको हो ।

ऐतिहासीक दस्ताबेजले पनि बल्ढेङगढी मगर राजाको प्राचिन राजधानी भएकोले यसका संरक्षण आवश्यक रहेको देखाएको छ । संसारमा हिमाल र लुम्बिनी एकै साथ देख्न सकिने उक्त क्षेत्रको पर्यटकीय र ऐतिहासिक सास्कृतिक महत्वलाई संकेत गरेको छ ।

उक्त क्षेत्रको हावापानिको दृष्टिले पनि अत्यन्तै अब्बल छ । मगर जातिको बाहूल्य बसोबास रहेको उक्त क्षेत्र ग्रामिण पर्यटनकोलागी मह्त्वपुर्ण रहेको देखिन्छ । सो क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटकहरु पनि जान थालेका छन् भने मगर जातिका अगुवाहरुले आफ्नो प्राचिन राजधानीको बारेमा पनि चासो व्यक्त गर्न थालेका छन् ।

उक्त क्षेत्रको ऐतिहासीक र पर्यटकीय महत्वको बारेमा पहिलो पटक कोरियन प्राध्यापक क्वाक युन हुनले विगत अढाई वर्ष अगाडी चासो राखी सो क्षेत्रको स्थलगत अवलोकन गरेपछि सबैले चासो व्यक्त गर्न थालेका हुन् ।

विक्रमको चौधौ सताब्दी देखी करिब ४ सय वर्ष सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ । देउसी भैलोको उद्भव समेत सोही क्षेत्रबाट भएको ठानीने उक्त क्षेत्रबाट बलिहाङ राना मगरले हालको पोखरा देखी हालको भारतको गोरखपुर सम्म शासन गरेका थिए ।

तस्वीरः नरेश



फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस:
बलिहांग राजाको दरबार भ्रमणको फोटो झलक !

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी