A+ A A-

र्याम्प क्रेज

मनोज घर्तीमगर

रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो । स्टेज पनि दुलहि झैं सिंगारिएको । दर्शक हलभरि खचाखच । लामो समयको पखाईपछि कम्मर हल्लाउदै रेड कार्पेटमा मोडलको परेड सुरु भयो । सजिसजाउ स्टेजमा विभिन्न भावभंगीमा एकपछि अर्को गर्दै मोडल क्याटवाक गर्दै र्याम्पमा उत्रिएपछि दर्शकले तालिका पर्रा छुटाए । पालैपालो फरक पहिरनमा मोडलहरुका ‘क्याट–वाक” ले आकर्शित नगर्ने कुरै भएन । दाया“–बाया“ बसेका दर्शकले सुरुदेखि अन्त्यसम्म यो रंगीन माहोल मजाले नियाले । ‘फेशन जीवनशैली’ नाम दिएर पोखराको होटल बाराहिमा भर्खरै भएको एउटा फेसन शोमा यस्दै दृश्य देखियो ।

‘फेशन जीवनशैली’ मा काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । काठमाडौंका १५ र पोखराका ४ जनामध्ये सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत र्याम्पमा उत्रेका थिए । अधिकांश व्यावसायिक मोडल सहभागी उक्त फेसन शोमा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे । आरएनआर ग्रुपले पोखरामै पहिलो पटक यस्तो फेसन शोको चाँजोपाँचो मिलाएको थियो । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुई/दुई सिक्वेस मोडल उतारिए ।

पोखरामा अनेक नाम दिएर पछिल्लो समय यस्ता फेशन शो हप्तैपिच्छे हुन्छन् । बढ्दै गएको मोडलिङ तथा फेशन शैलीले पोखरामा र्याम्प शो क्रेज ह्वात्तै बढेको छ । र्याम्प शो अहिले पोखरामा चल्तीको इभेन्ट बनिसकेको छ । यति सम्म कि डान्स पार्टीमा समेत फेशन शो राखिएको हुन्छ । मेला महोत्सवमा पनि फेशन शो अनि ससाना इभेन्टमा पनि फेशन शो बिना अपुरा हुन्छन् । भर्खरै भएको रेन्टरनेन्मेन्टमा कन्सर्ट पनि फेशन शो देखाइएको थियो । यस्तै रामबजारमा चलेको महोत्सवमा पनि फेशन शो देखाइयो । काठमाडौं, धरान, विराटनगर  लगायतका मुख्य सहरहरुमा जस्तै तालनगरी पोखरामा पनि र्याम्प शोको दबदबा छ । ब्युटी कन्टेस्ट तथा डान्स पार्टीकै हाराहारीमा फेसन शोमा मोडलहरुको आकर्षण बढ्न थालेको हो । ‘तारे होटलदेखि म्युजिकल कन्सर्टका स्टेज मात्रै होइन, मेला महोत्सवमा समेत धमाधम फेसन शो हुन थालेका छन्’ एसटी क्रियशनका म्यानेजर एवं कोरियोग्राफ्र सु्रज थापा,‘हामीले रामबजार महोत्सवमा फेशन शो गर्यौ । फेशन शो हरेक इभेन्टमा अनिवार्य जस्तै हुन थाल्यो ।’

फेसन शो कार्यक्रम गर्न विज्ञापनदाताले पनि सहयोग गर्ने भएकाले इभेन्ट अर्गनाइजरहरु यस्ता कार्यक्रमतिर बढी आकर्षित भएका हुन् । पोखरामा ट्रेनर नेपालले पनि मेला महोत्सवदेखी यहा“का तारे होटलहरुमा फेशन शो गर्छ । विभिन्न ब्यूटि इभेन्टमा कन्टेस्टका नाममा होस् या अन्य विभिन्न नाममा यहा“ फेसन शोको लहर नै चलेको छ । ‘केही वर्Èयता पोखरामा फेसन शो धेरै हुन थालेका छन्’ ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङ भन्छन् । ट्रेनर नेपाल ब्युटी कन्टेस्टदेखि फेसन शोका कार्यक्रमहरु नियमित गर्नेमध्येमा अग्रपक्तिमा आउ“छ । यस्तै यहाँका दुई दर्जन बढी इभेन्टसँग सम्बन्धित संस्थाहरुले र्याम्प शोको हलचल मच्चाइरहेकै छन् । अधिकांश युवतीहरुलाई मध्यनजर राखेर यस्ता फेसन शो हुने गरेका छन् । युवाहरु लÔित फेसन शो भने नगन्य मात्रमा हुने गरेका छन् । ‘पोखरामा फेशन शोका पारखीहरु धेरै छन्, जो महङ्गो टिकट तिरेर पनि फेशन हो हेर्न जान्छन्’ ओम इभेन्टस्का इभेन्ट म्यानेजर अरुण गिरी भन्छन्,‘इन्टरटेनमेन्टका लागि धेरैले फेसन-शो मन पराउन थालेका छन । र्याम्प शो हेर्ने कल्चर विकसित भइरहेको छ ।’

कुनै बेला यहा“ यस्तो पनि थियो, फेसन शो आयोजना भयो कि छाडापन भित्रिएको गाइ“गुइ“ गर्नेहरुको जमात धेरै हुन्थ्यो । आजभोलि भने निर्धक भएर त्यही शो हेर्न पुग्छन् । सबैले शोको अर्थ बुझ्न थालेका छन् । फेसन शो केवल पारदर्शी पहिरनमात्र नभई कुनै ब्रान्ड होस् या पहिरन त्यसको प्रवद्र्धनका लागि  मोडलहरुलाई र्याम्पमा उतार्ने प्रचलन बढेका छन् । र्याम्पमा उत्रिने मोडलहरुलाई अर्गनाइजरहरुले ढिलै भए पनि पारिश्रमिक दिने थालेका छन् । त्यसैले पनि र्याम्पमा हिड्न युवा युवतीको भीड लाग्न थालेको छ । प्रवेश शुल्क जति नै महगो भए पनि फेसन शोहरु हेर्न नछुटाउने धेरै छन् । फेसन शोको माहोल बढेको देखेर अन्य सहरहरुबाट पोखरामा आई इभेन्ट गर्ने चलन बढेको छ । सेलिब्रेटिलाई ल्याएर यस्ता शो हुदै आएका छन् ।

Error: No articles to display