A+ A A-

९ देखि ३ बजे सम्म विद्यालय खोल्ने सरकारी निर्णयले गाउँमा समस्या

पाल्पा, चैत्र ४ , 

आगामी शैक्षिक सत्रदेखि देशैभरका विद्यालयहरु बिहान ९ देखि ३ बजे सम्म संचालन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्णय देशभरका सबै विद्यालयहरुमा लागु गर्ने कुरामा छलफल भइरहेको र सरोकारवालासँग छलफल गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

विद्यालय र अन्य कार्यालयहरु खुल्ने र बन्द हुने समय एउटै हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या भैरहेकाले पनि विद्यालयको समय फेरिन लागेको सरकारले जनाएको छ । तर यो निर्णय काठमाण्डौं लगाएतका शहरहरुमा राम्रो मानिएपनि गाउँका विद्यालयलाई भने समस्या पर्ने देखिएको छ । कतिपय विद्यालयहरु निकै टाढा रहेकाले विद्यार्थीहरु घण्टौं हिड्नुपर्ने हुँदा खाना नपाक्दै विहानै विद्यालय जानुपर्ने भएपछि विद्यार्थीलाई समस्या पर्ने भन्दै जानकारहरुले चिन्ता देखाएका हुन् ।

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६