A+ A A-

देशभरिकै शिक्षकहरूका ‘गोरेदाइ’

गणेश अधिकारी

ganesh-adhikari666

 

सगरमाथा अञ्चलबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्यमा छानिएर आएपछि गोरेबहादुर खपांगीसँग मेरो पहिलो चिनजान भएको थियो । यो मौका जुराइदिने प्रमुख व्यक्ति सुशील प्याकुरेल थिए । तत्कालीन भूमिगत माले पार्टीको काममा उनी खोटाङको सदरमुकाम दिक्तेल पुगेका बखत पार्टीगत सम्पर्क बन्न पुगेकाले म केन्द्रीय समितिमा आएको थिएँ । तर गोरेबहादुर खपांगीको नाम त्यसभन्दा पहिलादेखि नै पूर्वी नेपालका शिक्षकहरूमा प्रख्यात रूपमा फैलिइसकेको थियो । गोरेबहादुर को हुन्, उनी कस्ता छन् ? भन्ने जिज्ञासा सबै शिक्षकमा थियो । ०३६ सालको विद्यार्थी आन्दोलनबाटै रोपिएको शिक्षक आन्दोलनका प्रमुखका रूपमा गोरेबहादुरलाई त्यस बखतसम्म सबैले चिनिसकेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रत्येक केन्द्रिय समितिको बैठकमा म खोटाङबाट आउने गर्थें । त्यस बखतसम्म बाटो र यातायातको कतै नामोनिसान थिएन । हिउँदको समयमा त ठीकै थियो । तर वर्षाको समयमा कोसी नदीमा भेल उर्लिएका बेलामा एउटा चेपे नाउमा तरेर काठमाडौंमा हुने गरेका बैठकमा आउने काम चुनौतीपूर्ण हुन्थ्यो । बाटोभरि जति नै दुःख भोगेर बैठकमा आइपुगे पनि गोरेबहादुर खपांगीसँग भेट भएपछि ती सबै दुःख बिर्सिन पुगिन्थ्यो । शिक्षक आन्दोलनमा लागेर सम्पूर्ण शिक्षकहरूका लागि उनले भोगेका, खेपेका, जेलमा बसेका कथाहरू सुनेपछि आफुले पाएका सबै दुःख बिर्सन पुगिन्थ्यो । समितिमा उनी केन्द्रीय कोषाध्यक्ष थिए । मोलाहिजाका कुरा उनलाई पटक्कै स्वीकार्य हुँदैनथे । बैठकमा आफ्नो विचार बढो सन्तुलित ढंगमा राख्ने बानी थियो उनको । सो संगठनमा केन्द्रिय महासचिव देवी ओझा थिए, जो पछि गएर २ पटकसम्म शिक्षामन्त्री बन्न सफल भए ।

टुँडीखेलको खुलामञ्चमा श्रद्धाञ्जलीका लागि राखेको गोरेदाइको पार्थिव शरीरमा एक थुँगा फुल चढाएर वरिपरि घुमें । टाउकापट्टि गएर गोरेदाइको अनुहार अन्तिम पटक हेरें । मेरो भित्रको मानिस रोयो । आँसु झर्न भरसक दिइन“ । तर मन उडेर भोटाहिटीको धर्ना कार्यक्रममा पुग्यो ।

शिक्षकहरूका पेसागत हितका लागि सञ्चालित त्यो आन्दोलनमा सरकारी कर्मचारी सरहको सुविधा र पेन्सनको व्यवस्थाको मागले शिक्षकहरूलाई आन्दोलनमा अत्यधिक तानेको थियो । तत्कालीन पञ्चको सरकारले शिक्षकहरू फुटाउन ठूलो जोड गर्दा पनि निकै लामो अवधिसम्म सकेको थिएन । संघर्षका अनेक कार्यक्रम भइरहन्थे । हरेक कार्यक्रमको अग्रस्थानमा गोरेदाइको उपस्थिति हुने गथ्र्यो । उनी अगाडि उभिएको देखेपछि शिक्षकहरू सतिसाल भएर उनका पछाडि ताँती लाग्थे । एक पटक यस्तै कार्यक्रममध्ये ‘काठमाण्डौ जाऔँ’ कार्यक्रम राखिएको थियो  । यसमा देशभरबाट शिक्षकहरू काठमाण्डौमा ओइरिएका थिए । पूरानो बस पार्कको पछाडि एउटा सानो कोठामा शिक्षक संगठनको कार्यालय थियो । त्यहाँ पुग्नको लागि शिक्षकहरूको ताँती हेर्न लायक थियो । भित्र मानिस नअट्ने भएपछि गोरेबहादुर बाहिरै उभिएर सबैमा साहस भर्ने काम गर्न थाले  ।

काठमाडौंमा गरिने विभिन्न कार्यक्रममध्ये विभिन्न ठाउँमा धर्नाको कार्यक्रम पनि थियो । यसमा गोरेदाइको र मेरो स्थान भोटाहिटीको व्यस्त चोकमा परेको थियो । उनी र म त्यसतर्फ लाग्यौं । मेरो मुख केहि मलिन भएछ । कारण, धमाधम पुलिसले बसेको ठाउँबाट शिक्षहरूलाई उठाएर कुट्दै गाडीमा हालेर लाँदै थियो । केन्द्रिय नेता भएकाले हामीले जानै पथ्र्यो । मतर्फ फर्केर गोरेदाइले भने, ‘के हो गणेश तिमी त डराए जस्तो पो छौ त ? अब हामी यहाँबाट उठ्नै हुँदैन । हामीलाई उठाउन त्यो पुलिसले क्रेन ल्याउनु पर्छ, बुझ्यौ ?’ नभन्दै गोरेलाई एक दुईजना पुलिसले आँट्न पनि सक्तैनथे । ‘मलाई उठाउन क्रेन नै ल्याएछ भने तिमीले मेरो झोला समात्नु’ भनेर मलाई ढाडस दिए । उनको जिउडाल अनुसारको एउटा निकै ठूलै झोला काँधमा दोकाँधे पारेर बोक्ने बानी थियो । यसले उनको व्यक्तित्वलाई अझ ओजपूर्ण बनाएजस्तो लाग्थ्यो ।

टुँडीखेलको खुलामञ्चमा श्रद्धाञ्जलीका लागि राखेको गोरेदाइको पार्थिव शरीरमा एक थुँगा फुल चढाएर वरिपरि घुमेँ । टाउकापट्टि गएर गोरेदाइको अनुहार अन्तिम पटक हेरें । मेरो भित्रको मानिस रोयो । आँसु झर्न भरसक दिइनँ । तर मन उडेर भोटाहिटीको धर्ना कार्यक्रममा पुग्यो । नियतिको क्रेनले गोरेदाइलाई उठाइसकेको थियो । मलाई समात्नु भनेको झोला अब गोरेदाइसँग थिएन । भए पनि यतिखेर म त्यसलाई समातेर उनलाई रोक्न पनि सक्तिनथेँ र झोला समातेर सँगै जान पनि सक्तिनथेँ । नेपालमा यतिखेर लाखभन्दा माथि शिक्षकको संख्या छ । पचासौं हजारले पेन्सन पाउँदै छन् । त्यो सुविधाको लागि गोरेदाइले गरेको संघर्षको कति मूल्य छ ? त्यो आँकलन गर्न सकिँदैन । तर स्वयं गोरेदाइको पेन्सन थिएन । भएन ।

धेरैअघिको कुरा हो । सुरुमा गोरेदाइ विशुद्ध माक्र्सवादी लेनिनवादी थिए । शिक्षण पेसाबाट उनले राजनीति थालेपछिको कुरा हो । वर्गीय राजनीतिबाट उनले नेपालको परिप्रेक्ष्यमा वर्णको सुधार हुने देखेनन् । नत्र माले पार्टीले पञ्चायतको ‘आउटपोस्ट’ कब्जा गर्न जनपक्षीय राजनीति सुरु गरेका बखत उनी सर्लाहीतर्फको कुनै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेर पराजित भएपछि ‘सर्वहारा राजनीतिको खाता अबदेखि नेपालमा खोलिएको छ’ भन्दै खुसीसाथ फर्किएका थिए । तर पार्टी नेतृत्वमा रहेको एकल जातीय परम्परा देखेपछि उनले वर्ण सुधारको नारा उठाए । खोटाङ जिल्लाको सिम्पानीबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै थिएँ, एक दिन । मेरो लागि करिब डेढ दिनको पैदल, बाटैभरि ठूलाठूला ढुंगामा इनामेलले ‘वर्गभन्दा पहिले वर्णको सुधार गरौं’ भनेर लेखिएको नाराका मुनि ‘गोरेबहादुर खपांगी’ लेखिएको थियो ।

म त्यो दिनभरि उकालो ओरालो हिँड्दै गोरेदाइका नारामा विचार गर्दै गएँ । वास्तवमा वर्णमा सुधार नल्याई वर्गीय नारा मात्रै दिइएको राजनीतिले आजको राजनीतिलाई नै गन्तव्यहीन बनाए जस्तो देखिँदैछ नेपालमा । सर्लाहीको लालबन्दीमा एकपटक एउटै वसमा यात्रा गर्न पुगेछौं । ‘मेरो राजनीतिको झण्डा उठाऊ गणेश ’ भने उनले । ‘जातीय राजनीति नभए त मान्थेँ’ भनेँ मैले । ‘नेपालको एउटा मगर एउटा बाहुनकोमा गोठालो बसेको छ, तर तिमी जति नै गरिब भए पनि छोरो कुनै मगरकोमा गोठालो रख्न सक्छौ ?’ गोरेको यस प्रश्नले मेरो छातिमा ठूलो तुफान उब्जाइदियो । सामाजिक असमानताको यो खाडल वास्तवमा पुरिसक्नु थिएन । सायद गोरेदाइले त्यसै वर्ष ‘दसैं बहिष्कार’

को नारा  दिएका रहेछन् । त्यो नारा गाउँघरमा यस्तो आगोसरी फैलियो कि मलाई दसैंको टीका लगाएर हिँड्न संकोच लाग्यो । यति मात्र होइन, गोरेबहादुर खपांगी  जनजातिका माझमा यति प्रख्यात र उच्च आदर्शको नारा बन्यो कि मैले कसैसँग पनि ‘गोरेदाइ मेरो साथि हो’ भन्ने आँटै गर्न सकिनँ । किनभने मैले त्यसो भन्दा कसैले पनि पत्याउने देखिन । खोटाङ, उदयपुर, भोजपुरका प्रत्येक गाउँमा र गाउँका प्रत्येक जनजातिका घरमा गोरेबहादुरको नाम लिन थालिएको थियो ।

गोरेबहादुर खपांगीको एकल संगठन यति द्रुत गतिमा गाउँमा फैलिएको थियो कि पछि त्यस गतिमा जनयुद्ध पनि फैलिएको देखिएन । पूर्व शिक्षामन्त्री देवी ओझासँगै  श्रद्धाञ्जली सभामा जाने सल्लाह भए पनि उनी पहिला नै पुगेर पनि फर्किसकेकाले म एक्लै गोरेदाइको पार्थिव शरीर नजिकै उभिएर टोलाउन पुगेछु । त्यहाँ मानिस धेरै थिए । मलाई चिन्ने कोही थिएन र म पनि कसैलाई चिनिरहेको थिइनँ ।

‘नर्भिक अस्पतालमा ‘गोरेदाइ बेहोस छन्’ भन्ने सुनेर एक दिन त्यहाँ पुगेको थिएँ । छोरीले धेरै पटक बुबालाई बोलाइन् । ‘गणेश अंकल आउनु भएको छ, बाबा आँखा हेर्नु न’ भनेर धेरै पटक भन्दा पनि गोरेदाइको आँखा खुलेन । अन्त्यमा, नानी छोरी अव भयो बाबालाई नबोलाऊ भनेर केहि क्षणपछि कोठाबाट बाहिर निस्केर हिँडेको पनि सम्झिएँ ।

राजतन्त्रले पनि गोरेबहादुर खपांगीमाथि खेल खेलिसकेको थियो । त्यो सम्झेर पनि एकछिन टोलिएँ । के राजाको मन्त्री बन्न गोरेबहादुरले गल्ती गरेका थिए त ? त्यसो पनि होइन । त्यो राजतन्त्रको चरित्र थियो । उसले विगत अढाइ सय वर्षको इतिहासमा कसमाथि खेल खेलेन ? उसको खेलमा को गएन ? गोरेबहादुर खपांगीको मूल्यांकन त्यस कोणबाट गरिनु अन्याय हुन्छ । नेपालको सत्तरी प्रतिशत जनसंख्यामा रहेको जनजातिलाई गोरेबहादुर खपांगीले घोर निद्राबाट ब्युँझाइदिएका छन् । गणतन्त्र नआउँदै गोरेबहादुरले आफ्ना भागमा पर्ने काम गरिसकेका थिए । गोरेबहादुरलाई कसले कसरी प्रयोग गरे, त्यो अब महत्त्वको कुरा होइन । गोरेबहादुर आपूm सदाका लागि निदाए । तर उनले ब्युँझाएका मानिस अब पुनः निद्रामा पर्नु हुँदैन । मुख्य कुरा यो हो ।

यति सोच्दै गर्दा मैले सामुन्नेमा राखेका तीनवटा श्रद्धाञ्जली पुस्तिकामा हस्ताक्षर गरिसकेको थिएँ । पुनः गोरेदाइको अनुहार अन्तिम पटक हेरेर खुलामञ्चबाट बाहिर निस्कें । मनले भन्दै थियो, ‘गोरेदाइ ' म पनि बाँचुन्जेल यो असमानताको विरोध गरिरहने छु ।’

२४ भदौ, २०७३ तदनुसार ९ सेप्टेम्बर २०१६ को राजधानी राष्ट्रिय दैनिकमा  छापिएको लेख हुबहु यँहा पोस्ट गरिएको छ ।

 

 

Last Updated on Sunday, 11 September 2016 02:46

Hits: 1494

जनजाति आवाजका अगुवा

गणेश रार्इ

भाद्र १८, २०७३-नेपालका आदिवासी जनजातिमा खपांगीले जति चेतना छरे, त्यसको मूल्यांकन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाका लागि अस्ताएका छन् ।

 

पहिचानवादी आदिवासी नेता गोरेबहादुर खपाङ्गी मगरको ७० वर्षको उमेरमा २०७३ भदौ ११ गते राति न्युरो अस्पताल बाँसबारीमा निधन भयो । मोटरसाइकल दुर्घटनाको सिकार भएका उनी वर्षौंसम्मको उपचारपछि पनि जीवित फर्किएनन् । प्रखर वक्ता गोरेबहादुरले माक्र्सवाद, लेनिनवादमा भएको जातीय अन्तरविरोधलाई उठाउन खोजेका थिए । तत्कालीन माले र माक्र्सवादीले जातीय सवाललाई माक्र्सवादी ढंगमा सम्बोधन गर्न नचाहँदा गोरेबहादुरहरूको अभियान आयो, जनमुक्तिको नाममा । तर गोरेबहादुरको अभियान पच्न सक्ने चेतना आइसकेको थिएन । नेपालका आदिवासी जनजातिमा खपाङ्गीले जति चेतना छरे, त्यसको मूल्याङ्कन हुनुपर्छ । एउटा प्रखर वक्ता तथा अभियानकर्ता सदाको लागि अस्ताएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङले भनेका छन्, ‘मगर संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गी नेपालमा विद्यमान जातीय विभेदको मुद्दालाई खुला चौरमा ल्याएर सामाजिक बहसको मुद्दा बनाउन सक्ने एक काविल नेता थिए । उनी जातीय विभेदको मुद्दा उठाउन जति काबिल थिए, त्यसलाई सम्हाल्न र व्यवस्थापन गर्न विभिन्न कारणले सफलता हासिल गर्न सकेनन् । अपितु नेपालको सामाजिक राजनीतिक परिदृश्यमा सामाजिक अन्तरविरोधलाई मिहिन रूपमा राजनीतिक–दार्शनिक दृष्टिकोणमा विश्लेषण गर्नसक्ने क्षमता उनीमा थियो ।’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको शब्दमा ‘मगर संघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री, आदिवासी जनजातिहरू र आम उत्पीडित समुदायका सर्वमान्य नेता गोरेबहादुर खपाङ्गी मगरको निधनले अविस्मरणीय क्षति पुगेको छ ।’ २००३ साउन २५ मा उदयपुरको तावाश्री–४ थाक्ले, जल्केनी दमाई डाँडामा जन्मिएका खपाङ्गीको परिवार महोत्तरीको रामनगरमा बसाइँ सरी आएको थियो । हाल उनको परिवार ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनका अर्धाङ्गिनी विद्या, २ छोरा शिलाजित र शिखरजित तथा २ छोरी चारू र शिरू छन् ।

राजनीतिक रफ्तार

खपाङ्गीले महोत्तरीको त्रिभुवन मिडिल स्कुलबाट २०२० सालमा एसएलसी द्वितीय श्रेणीमा पास गरेका थिए । त्यसपछि जनकपुरको आरआर डिग्री कलेजबाट बीए र काठमाडौंबाट अंग्रेजी विषयमा एमए, एमएड अध्ययन गरेका थिए । उनी पञ्चायतकालका राष्ट्रिय पञ्चायत सदस्य पृथ्वीमानसिंह भण्डारी ९मनुबाबु० का मितज्वाइँ थिए । भण्डारीले पढेलेखेका मितज्वाइँलाई सुरुमा जनकपुरमा रहेको सुर्ती विकास कम्पनीमा जागिर लगाइदिएका थिए । त्यसपछि विराटनगर जुटमिलमा पनि केही समय जागिरे बन्नपुगे । कम्युनिस्ट वामपन्थी झुकावका खपाङ्गीको गतिविधिलाई न्युन गर्न उनै माननीय मनुबाबुले रामेछापका माननीय नवराज सुवेदीसित सल्लाह गरी रामेछापको गौरीशंकर माविमा हेडमास्टर नियुक्ति दिलाए । त्यो घटना २०२९ सालको थियो । उतिखेर उनी कम्युनिस्ट विचार प्रचार र संगठनकर्ताका रूपमा चिनिएका थिए । निरन्तर आठ वर्ष रामेछापमा हेडमास्टर भएका गोरेबहादुर खपाङ्गी अन्ततस् २०३६ सालका जनमत संग्रहमा बहुदलीय पक्षमा खुलेर देखापरे । उनलाई करिब एक वर्ष नजरबन्द राखियो भने त्यसपछि ९ महिना जलेश्वर कारागारमा राजनीतिक बन्दीका रूपमा थुनिए । जेलपछि खपाङ्गी कम्युनिस्ट विचार त्यागेर जातीय राजनीतितर्फ होमिए । २०४७ सालमा गठित नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (नेराजमुमो) पार्टी गठन गरे । जसको अध्यक्ष मालवरसिंह (एमएस) थापा र खपाङ्गी महासचिव बने । चन्द्र योङयाङ नेतृत्वको नेपाल जनजाति पार्टी र नेराजमुमो एकीकरण भएर राष्ट्रिय जनमुक्ति पार्टी बन्यो । जसका महासचिव खपाङ्गी रहे भने अध्यक्ष एमएस नै । २०५९ सालमा खपाङ्गी मन्त्री बनेपछि पार्टीका अध्यक्ष एमएस थापासित वैचारिक मतभेद बढ्यो । मन्त्री पदबाट बाहिरिएपछि खपाङ्गीले आफ्नै नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी निर्माण गरे । कार्यकर्ताको दबाबका कारण अन्ततस् एमएस थापासितै एकीकृत भएर राजमुमोको महासचिवकै जिम्मेवारी खपाङ्गीले लिए । पार्टीको महाधिवेशनमा १९ मतले एमएससित अध्यक्ष पदमा पराजित भएपछि खपाङ्गीले सम्मानजनक स्थान पाएनन् । त्यसपछि उनको अध्यक्षतामा लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) गठन गरियो । दोस्रो संविधानसभा (२०७०) मा उनको नेतृत्वको पार्टी चुनावी प्रतिस्पर्धामा सहभागी भयो । त्यतिखेर खपाङ्गी भने मोटरसाइकलको ठक्करका कारण अचेत अवस्थामा थिए ।

खपांगी र दसैं टीका
२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए । मन्त्री छँदा खपाङ्गीले राजाको हातबाट विजया दसमीको टीका ग्रहण गरेको फोटो सार्वजनिक भएपछि ‘दसैं बहिस्कार भन्ने नेताले टीका लगाए’ भनेर कडा टिप्पणी र आलोचना खेपे । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लेखक बलदीप प्रभाश्वर चाम्लिङ खपाङ्गीको टीका प्रकरणको अपव्याख्या भएको टिप्पणी गर्छन् । ‘वास्तवमा त्यो बेला सार्वजनिक परम्परागत समारोहमा खपाङ्गीले टीका लगाउनु भनेको हिन्दु धर्मको अवलम्बन नभएर हिन्दु धर्मको कदर थियो,’ जनजातिले दसैंमा टीका लगाउनु उसको परम्परागत संस्कार नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘तर कुनै जनजाति मन्त्री हुन्छ भने ऊ सबैको मन्त्री हो । मन्त्री भनेको सार्वजनिक पद हो । जनमुक्ति पार्टी कुनै धर्म र जाति विरोधी नभएको हुँदा त्यही पार्टीको नेता मन्त्री भइसकेपछि जुनसुकै धर्म र संस्कारको सम्मान र कदर गर्नुपर्ने नै हुन्छ ।’

सामाजिक पाटो
२०३८ सालमा गठित नेपाल मगर संघको संस्थापक सदस्यमध्ये गोरेबहादुर खपाङ्गी एक थिए । खपाङ्गीले २०४८ सालदेखि २०५९ सम्म संघको नेतृत्व गरेका थिए । संघका महासचिव ज्ञानेन्द्र पुन मगर आदिवासी जनजाति पहिचान आन्दोलनको एक सूत्राधारका रूपमा खपाङ्गीलाई लिएको बताउँछन् । ‘उहाँले उत्पीडित समुदायको पक्षमा नबोलेको भए समग्रमा समानुपातिक, समावेशीकरण र धर्मनिरपेक्षताको सवाल अहिले जसरी आएको छ, त्यो आउन ढिलो हुनसक्थ्यो,’ उनी भन्छन्, ‘खासगरी नेपालको समग्र राजनीतिमा आदिवासी जनजातिको छुट्टै पहिचान छ । एकात्मक राज्यको विकल्पमा बहुलताको सवाललाई प्रारम्भ गर्नुपर्छ भनेर मूल मुद्दालाई स्थापित गर्न खपाङ्गीले स्वीकार्य बनाउनुभयो ।’ खपाङ्गीकी श्रीमती विद्याको शब्दमा ‘जस्तोसुकै आपत्—विपत्मा पनि उनको दृढ स्वभाव’ रहन्थ्यो । उनी कसैसँग पनि कहिल्यै नरिसाउन र झगडा नगर्न सल्लाह दिन्थे ।

झन्डै ३ करोड

सहयोग खपाङ्गी दुर्घटनामा परेपछि ‘गोरेबहादुर खपाङ्गी फाउन्डेसन–२०७२’ गठन गरिएको छ । फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगरका अनुसार खपाङ्गी बचाउन खर्च जुटाउने र मरणोपरान्त व्यक्तित्व, कृतित्व, राजनीतिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यिक चिन्तन र विचारको खोज अध्ययन, अनुसन्धान, अन्वेषण गरी अभिलेखीकरण तथा संग्रह गर्ने प्रमुख उद्देश्य रहेको छ । त्यस्तै खपाङ्गीको स्मृति पुरस्कार स्थापना गरी समाजमा योगदान दिनेलाई पुरस्कृत गरिने रहेको छ । खपाङ्गी घाइते भएपछि नेपाल मगर संघ, खपाङ्गी फाउन्डेसन, विभिन्न संघ—संस्था र व्यक्तिको पहलमा देश–विदेशबाट करिब २ करोड ८० लाख रूपैयाँ आर्थिक सहयोग जुटेको फाउन्डेसनका अध्यक्ष थापा मगर उल्लेख गर्छन् । त्यसका अतिरिक्त नेपाल सरकारले खपाङ्गीको उपचारार्थ १५ लाख रूपैयाँ सहयोग गरेको छ । ‘खपाङ्गीलाई एयर एम्बुलेन्सबाट सिंगापुर उपचार गर्न लैजाँदा २ करोड ५० लाख रूपैयाँ खर्च लाग्यो,’ सिंगापुरमा डाक्टरले खपाङ्गीको राजनीतिक व्यक्तित्वबारे जानकारी पाएकाले आफ्नो फिस नलिएको उल्लेख गर्दै अध्यक्ष थापा मगर भन्छन्, ‘डाक्टरले आफ्नो फिस नलिए पनि एक हप्ताको सट्टा दुई हप्ता बस्नुपर्दा खर्च बढ्यो ।’ अहिले तीन लाख रूपैयाँ ऋण रहेको अध्यक्ष थापा मगरले जनाएका छन् । खपाङ्गीको निधनपछि उनका अष्ट धातु (दाह्री, कपाल , नङ, अस्तु आदि) सुरक्षित राखिएका छन् । मगर संघ र फाउन्डेसनले त्यसलाई सुरक्षित राख्ने जनाइएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आईफा) का महासचिव सञ्जोग लाफा मगरको शब्दमा खपाङ्गी वास्तवमै आदिवासी जनजातिको आवाजलाई उठान गर्ने मध्येका एक सतिसाल नै थिए । उनी मरेर गए पनि उनको विचार मरेको छैन ।

साभर:कान्तिपुर बाट

Last Updated on Sunday, 04 September 2016 14:49

Hits: 1230

आदिबासि जनजातिका सम्बोधन गरिनुपर्ने अन्य समस्याहरु

बिजय हितान

प्रारम्भ

आज (आदिबासी जनजाति) का राजनैतीक मात्रै होइनन अन्य मुद्दालाई पनि सम्बोधन गरिनुपर्ने देखिन्छ । आज समुदायमा सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक र अन्य धेरै पक्षमा समस्याहरु बिद्धमान छन । यि समस्याहरु सर्बप्रथम त आफ्नै कमी कमजोरिका उपलब्धी हुन । राज्यको बिभेदित नितिको प्रतक्ष प्रभाव त छँदै छ । भेदभावपूर्ण नितिलाई औंला ठडाइ-ठडाइ उज्गार गरिन्छ तर आफ्नै कमी-कमजोरिलाई औंल्याईएको भने हुँदैन । तिनका समाधानका उपाय न त कसैले बहस गरेको सुनिन्छ न त निराकरणका कुनै कार्ययोजना बनाइएको छ ।

आजका यि अन्य मुद्दालाई कसैले न उठाएको भने होइन । तिनलाई बोकेर हिंडने केही अभियन्ता जन्मेकै हुन । तर जनसहभागीताको अभावले गर्दा तिनिहरु ओझेल परेका हुन । यसको एक कारण राजनीति गर्नेलाई नेता मान्ने सामाजिक अभियन्तालाई नेता नमान्ने संस्कारले गर्दा हो । सामाजिक समस्याप्रती बोल्ने ब्यक्तिहरुलाई नेता भनिन्न र समाजमा तिनलाई उच्च सम्मान दिइन्न । राजनीति गर्ने नेतालाई मात्रै पुज्ने संस्कारले आजका अन्य इस्यु ओझेलमा परेका हुन । मिडियाले राजनैतिक भाषाण छांट्नेलाई मात्रै फ्रन्ट लाइनमा हेडलाइन बनाइदिन्छ । ति नेतालाई माला र खादा ओडाइन्छ । कुनै भेलामा सम्मानका साथ अगाडिको कुर्चिमा स्थान दिइन्छ । तिनै नेताको फेरी ढाड पछाडि कुरो काटिन्छ ।

आज (आदिबासी जनजाती) राजनीति बाहेक अन्य आयामतिर उन्मुख नहुनाका केही कारणहरु छन । एउटा त हो, मिडियाले राजनैतिक भाषण छाँटने ब्याक्तिलाई माथि उठाइदिनु अनी समाजमा उसलाई एक हिरोको रुपमा हेरिनु । तर अन्य बिषयका ज्ञाता र अभियन्ताहरुलाई सामान्य ब्यक्तिको रुपमा हेरिन्छ । एउटा पार्टिको झोला बोकेर राजनीति गर्ने ब्यक्ती भोली मन्त्री होला र गाउँमा बाटोघाटो ल्याइदेला भन्ने भ्रमले हो त्यसो गरिएको । राजनैतिक समाधानको रोड म्याप कोरियो । अब तलका मुद्दालाई सम्बोधन गरिने पनि रोड म्याप निर्माण गर्न जरुरी छ ।

सामाजिक-

नेवार समुदाय बाहेक नेपालमा अन्य आदिवासी जनजाती सामाजिक बिकासको गतिमा पछी परेका छन । ब्याक्तिबादी तथा कुटुम्बबादी सोंच हावी हुनु यसको प्रमुख कारण हुन । ब्यक्ती-ब्याक्ती, समुदाय-समुदाय, क्षेत्र-क्षेत्र, वा संगठन-संगठन बिच सहकार्य गर्नाको धेरै फाईदा छन । नबिन बस्तुको निर्माण, छिटो र छरितो कार्यसम्पादन, थोरै लगानी धेरै लाभ हुनसक्छन । आज समुदायभित्र यसरी कोलाबरेसनमा परीयोजना चलाएर फाईदा लिएको बिरलै पाईन्छ । संगठन निर्माण, र ब्याबस्थापन कसर गर्ने भन्ने कुरामा पनि चुकेको देखिन्छ । बरु अरुको सङ्गठनमा इमान्दार र अनुशासित बनेर काम गर्ने बानी हुन्छ । यस्ता गुण भएका समाजका ब्यक्तीहरु कहिल्लै मालिक बन्न सक्दैनन, सधैं मजदुर रहिरहेर जिउनुपर्ने बाद्ययता आउँछ । यो समस्या आज समुदायमा हिंज पनि टडकारो थियो, अैले पनि छ, र भोली पनि रहिरहनेछ । अब प्रश्न उठ्छ आज समुदायमा यस्ता समस्याको हल कसले गरिदिने ?

शैक्षिक-

आज शिक्षामा पिछाडी परेको घाम जस्तै छर्लङै छ- राज्यको नितिले हो या बंसानुगत बिशेषताले । स्रोत र साधन सिमित रहेको राज्यलाई सधैं दोस देखाउनु भन्दा अगुवाहरुले आ-आफ्नो समाजमा शैक्षिक क्रांति ल्यान सक्छन । नेवार समुदायको आफ्नै भाषा छ तर पनि उनिहरुमा राष्ट्रिय स्तरका बौद्दिक ब्यक्तित्व पनि छन । त्यसैले सबैले नेवार समाजको मोडल अङ्गिकार गरेमा शैक्षिक बिकास सम्भव छ ।

आम-चेतनसिल बन्न शिक्षा अनिबार्य हुनैपर्छ भन्ने छैन । सामाजिक पृष्ठभूमी बलियो छ भने प्राय सबै बिषयमा न्युनतम सचेतना राख्न सकिन्छ । सामान्य जागरुकताको कमी हुँदैन । तर दुर्भाग्य भन्न पर्छ आज मा सामान्य जागरुकताको स्तर अन्य जात भन्दा तल छ । यसैको कारण, उदाहरणको लागि, जोखिम आङ्कलन गर्ने छमता छैन । हालैको महाभुकम्प पीडितहरुमाझ सर्बेछण गर्ने हो भने अधिकतम पीडित जाती आज पृष्ठभूमी भएकाहरु छन । कस्तो भुभागमा बस्ती बस्दा प्राकृतिक प्रकोपबाट टाढा रहन सकिन्छ भन्ने जागरुकताको कमी पाईन्छ । बाजे बाराजु जुन भुमिमा बस्दै आए त्यँही रमाइरहने स्वाभावका भएर हो । त्यो ठाउँ पहिला आबाद योग्य थियो होला तर बातावरणिय परिवर्तनले त्यो अवस्था अैले नहुन सक्छ ।

यि गहन बिषयलाई कुन नेताले सम्बोधन गरेका छन त ? यि बिषयमा जागरुकता देखाउने सामाजिक अभियन्ता को खाँचो छ । त्यस्ता ब्यक्तिहरु उत्पादन गरी बस्ती बस्तीमा पठाउन जरुरी छ । भोट हाल्नुस हामी सिंहदरबारमा पुग्नपर्छ भन्नेको भने कमि छैन ।

आर्थिक-

आर्थिक उन्नतिलाई आज का संगठनले प्राथमिकताको सुचिमा पिछाडी राखेका छन । संगठनका बिधानमा पहिलो प्राथमिकता भाषा संस्कृतिको सम्रक्षण र सम्बर्धनलाई दिईएको हुन्छ । अब यसलाई परिवर्तन गरी पहिलो उद्देस्य समाजको आर्थिक उन्नती भनेर लेखिन जरुरी छ । आधुनिक युगको अर्थब्यबस्था र यसको महत्व बारे अधिकतम जनसङ्ख्या अनभिज्ञ छन । पैसा धेरै छ भन्दैमा त्यो ब्यक्ती धनी बन्दैन । थोरै पैसाले धेरै बनाउन सक्ने सिप हुनपर्छ । थोरै पुँजिले धेरै उत्पादन गर्न सक्ने कला हुनपर्छ । चुस्त तरिकाले आर्थिक कारोबार चलाऊन सक्नुपर्छ । बलियो अर्थतन्त्र समाजको मियो भने पनि हुन्छ ।

मावोबाद र मर्क्सबादका भाषाण दिने मात्रै होइन, 'माग र आपुर्ती, क्रेता र बिक्रेता बिचका सम्बन्ध जस्ता अर्थशास्त्रका सिद्दान्तका ज्ञ्याता पनि जन्माउनु पर्ने हुन्छ । सिँह दरबारको कुर्ची मात्रै होइन राष्ट्र बैङ्कको कुर्ची पनि ताक्न जनसक्ती तयार पार्नपर्छ । बस्ति-बस्तीमा मितब्यायिताको जनजागरण कार्यक्रम ल्याउन पर्छ । अगुवा संस्थाहरु आज समुदायमा पुगेर शनिबारे बिहीवारे बजारको स्थापना गरी घरमा उब्जेको साग-सब्जी देखी पालेको भैंसी सुङुर; पारेको जाँडा, तोङ्बा र रक्सी बिक्री गर्न सक्ने माइक्रो इकोनोमीको ब्याबस्था गराइदिनुपर्छ ।

साँस्कृतिक-

आज समुदाय सांस्कृतिमा धनी मानिन्छ । लिखित पद्दति बिनाको र भनाइको आधारमा एक पुश्ताबाट अर्को पुष्तामा हस्तान्तरण भइरहेकोले कयौं जातिका सँस्क्रिती लोपान्मुख अवस्थामा छन । तिनको सम्बर्धन र सम्रक्षणको खाँचो छ कला कृतिको रुपमा, मुर्तिको रुपमा, संघ्रालयको रुपमा; साहित्य, चलचित्र, अडियो भिडियो सि डि को रुपमा । यिनैलाई आर्थिक स्रोतको रुपमा परीणत गर्न पनि सकिन्छ । यसका बचावका लागि केही संगठनहरु खोलिएका छन ता पनि राजनैतिक मुद्दालाई जस्तो प्राथमिकताकासाथ अगाडि बढाइएको पाइँदैन ।

प्रबिधि तथा स्रोत-साधनको प्रयोग-औजार खेलाउन जान्नाले काम छिटो हुन्छ । शरीरलाई आराम हुन्छ । समयको बचत हुन्छ । उब्रेको समयले अर्को काम फत्य गर्न सकिन्छ । जसले छोटो समयमा धेरै काम सिध्याउन सक्छ त्यही समाज बिकास क्रममा अगाडि लम्कने हो । सही औजारको प्रयोगले गरिएको काम राम्रो बलियो पनि हुन्छ । आजमा कस्तो औजार कतिबेला प्रयोग गर्नपर्छ भन्ने कुराको ठीक जानकारी छैन । अनी आफ्नो वरीपरी उपलब्ध स्रोत र साधनलाई समयानुकुल ठीक ठाउँमा प्रयोग भएको हुँदैन । आफैले भारी बोक्ने तर गधा खच्चड प्रयोग नगर्ने बानी हुन्छ । हो, प्रक्रितीको समिप्यले पर्यावरण बचावमा आजको महत्वपूर्ण भूमिका हुन्छ । तर गरिवी र तालिमप्राप्त ज्ञानको अभावले पर्याबरणलाई सखाप पनि परेका हुन्छन । बन्यजन्तु, जडिबुटी र बनस्पतिलाई जोगाउँदै कसरी आफ्नो जिविको पार्जन गर्नुपर्छ भन्ने शिक्षा तिनलाई कसले दिने ? बैज्ञानीक ढंगले कृषि गरेर बाँच्न कसले सिकाउने ? यि बिषयमा ज्ञान दिलाउनु एक जिम्मेवार संस्थाको दायित्व हुन्छ ।

भाषा-

जातिय भाषा बचाउलाइ राजनैतिक भाषणमा ठुलै स्वरले फुकेपनी व्यबहारमा केही भएको छैन । अङ्रेजी हिन्दी भाषाको चपेटामा र अन्य तत्वको प्रभावमा मात्र्यु भाषाहरु जनजिब्रोबाट हराइरहेका छन । सरकारलाई प्रेसर दिएर पाठ्यक्रम निकाल्न सकिन्छ । भाषिक विद्वान जन्माउन सकिन्छ । दुइचार जनाले ब्याक्तिगत प्रयास गरेता पनि संस्थागतरुपमा भाषा सम्रक्षण कार्य अगाडि बढेको छैन । एक विद्यार्थीलाई ने. बि. संघको नेता हुन प्रोत्साहन गरिन्छ तर,उदाहरणकोलागी,राइ/लिम्बु भाषाको शिक्षक हुन गरिदैन ।

कृषि-

कृषि देसको मुल पेशा हो । एक पाथी कोदो छरेर पाँच पाथी उमार्न अधिकांसले जानेका हुन्छन । सबैका घरमा कुख्रा, बाख्रा, भैंसी जस्ता जनावर पालिएका हुन्छन । आफ्नो जिबिकोपार्जनको लागि गरिएको कृषिलाई उध्योग भन्न मिल्दैन । जब कृषि सामग्री उत्पादन गरेर बजारमा बेचिन्छ र पैसा आर्जन हुन्छ अनी मात्रै त्यसले उध्योगको रुप लिन्छ । आज जिवन निर्बाहको लागि मात्रै कृषि गर्छन् ना कि अर्थ उपार्जनको लागि । अन्य जाती र आजको कृषि कृयाकलापमा तुलना गरियो भने जमिन आसमानको फरक पाईन्छ । एउटै भुभागको एउटै छेत्रफल रहेको बारीमा,उदाहरणकोलागी,आजले ५ मुरी अन्न फलाएका हुन्छन भने अर्को जातले सात मुरी फलाएको हुन्छ । सात मुरी फलाउनेले उन्नत जातको बिउ कँहा पाईन्छ भनी खोज्छ । सरकारी अनुदानको रासायनिक मल खोजेर छर्ला । समयमा सिंचाइ गर्ला । पाँच मुरी फलाउनेलाई यसरी खोज्न अल्छि लाग्ला । कृषि बैज्ञानीकहरुबाट परामर्स लिन लाज लाग्ला । मौसमको ख्याल राख्न नसक्नाले समयमा सिँचाइको ब्याबस्था मिलाउन नसक्ला ।

उपसम्हार

हो, सफल राजनैतीक आन्दोलन पस्छात कुनै समाज एकैचोटि टुप्पैमा पुग्ला तर तिनका जरा बलियो हुन पर्यो । मैले माथि उठाएका बिषयहरु भनेको जरा बलियो बनाउने दबाइहरु हुन । अग्लो छानो मात्रै भएर भएन गहिरो जग पनि बसाल्न पर्यो । मैले उजगार गर्न खजेको सन्दर्भ चम्किलो गजुरको साथसाथै मजबुत पिलरको पनि हो । राजनैतिक खिचडी सबैले पकाइरहेका छन । लाग्छ, यो बढी पाकेर पनि गली सक्यो । बाँडिचुँडि खान पनि थालियो । तर सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक जस्ता क्रम:श आटो, ढिंडो, रोटी र तिउन कस्ले पकाउँदैछ ? कती पाकी सक्यो ? कतै काँचै पो छ कि ? कसैले चासो राखेको देखिदैन ।

प्रबासमा नेपाल आदिबासि जनजाति महासंघका दर्जनौ साखा सङ्गठन खोलिएका छन । ति सबै नेपालको राजनैतिक मुद्दामा अल्झेको देख्छु । सबैको स्रोत र साधन राजनैतिक मुद्दामा मात्रै केन्द्रित गरिंदै आर्थिक सहयोग जुटाएर राजनैतिक अभियानलाई मात्रै पठाइन्छ । यस्तो कृयाकलापले चिरस्थाई परिवर्तन ल्यान सक्दैन । राजनैतिक जिम्मा संघिय समाजबादी र जनमुक्ती जस्ता राजनैतीक पार्टिलाई दिएर माथि औंल्याइएका बिषयमा महासंघका साखा कृयासिल हुन आवश्यक छ ।

डाडुपन्यु बोकेका सत्ता पक्षसँग बहिरगर्मन होइन सहकार्य गर्नतिर उन्मुख हुन पर्यो । आजका राजनैतिक गराइ र भनाइले देशमा सामाजिक सदभावना बिथोलिएको आरोप लाग्ने गरेको अवस्थामा 'सर्प पनि मरोस लट्ठी पनि न भाँचियोस' भन्ने भनाइ यस सन्दर्भमा उपयुक्त देखिन्छ ।

Last Updated on Friday, 19 August 2016 03:47

Hits: 415

समावेशी समानुपातिक माथि देउवा ,प्रचण्डको प्रहार !

कांग्रेस पार्टीले धेरै सकस पश्चात बल्ल तल्ल मन्त्रीमंडलमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ अन्ततः अब चाही प्रचण्ड मन्त्रीमंडलले पूर्णता पाउने निश्चित प्रायः भयो |प्रचण्ड मन्त्रीमंडलको हुने स्वरुपले समावेशी समानुपातिक शब्द माथि क्रुर प्रहार गरेको छ |-अमरदीप मोक्तान

माओवादी, काँग्रेस, राप्रपा. नेकपा संयुक्त द्वारा प्रचण्ड मंत्रिमंडला मा पठाइएका मन्त्रिमा नेकाप माओबादी केन्द्रको आठ जना मन्त्रीमा १) कृष्णबहादुर महरा, २) राम कार्की, =(क्षेत्रि ) ३) जनार्दन शर्मा , ४) हितराज पाण्डे, ५) धनीराम पौडेल,= (बाहुन) ६) अजयशङ्कर नायक,= (मधेशी ) ७) दलजित श्रीपाली =(दलित) ८) गौरीशंकर चौधरी (आदिवाशी) मन्त्रि भएका छन् । नेपाली कांग्रेश तर्फ बाट १५ जना मन्त्रीमा १) बिमलेन्द्र निधि र २) सीतादेवी यादव = (मधेशी), ३) रमेश लेखक, , ४) नविन्द्रराज जोशी , ५) शंकर भण्डारी = (बाहुन) ६ )अर्जुननरसिंह केसी , ७ ) प्रकाश शरण महत ८)बालकृष्ण खाँड ९) जीवनबहादुर शाही, १०)गगन थापा, ११) केशवकुमार बुढाथोकी, १२) हृदयराम थानी = (क्षेत्रि ठकुरी) १३)दीपक गिरि=,( गिरि ) १४) सुर्यमान गुरुङ १५ )रोमीगौचन थकाली = आदिवाशी (आदिवाशी) मन्त्रि भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना मन्त्रीमा १) बिक्रम पाण्डे = ( बाहुन) २) दिपक बोहरा =(क्षेत्रि) मन्त्रि भएका छन् ।नेकपा संयुक्त को एक मन्त्रीमा १) जयदेव जोशी =(बाहुन) |


साना दलबाट चयन हुदा समावेशी समानुपातिक प्रति ध्यान दिने हुन् वा होइनन त्योहेर्न बाकि छ तर अहिले सम्म भई सकेका तथा हुने मन्त्रि को चयन ले प्रचण्ड मन्त्रीमंडल ले समावेशी समानुपातिक शब्द लाई तिरस्कार गरेको तथा संबिधान को मूल मर्म माथि प्रहार गरेको स्पस्ट रुप मा देखिन्छ |संबिधान निर्माण हुनु राष्ट्रका लागि ठुलो उपलब्धि भएता पनि संबिधानमा लिपिबद्ध भएका शब्द हरुको अक्षरस पालना भएन भने संबिधान कागज को खोस्टो मा परिणत हुन् सक्ने शंका बनि रहन्छ | नेपाली ले संबिधान त् प्राप्त गरे तर संबिधान कार्यवनयन गर्ने हरु को नियत स्वक्छ र पूर्वाग्रह रहित भएन भने संबिधान को सफलता मा प्रश्न चिन्ह उत्पन्न हुन् सक्छ |


समावेशी समानुपातिक शब्दको खाली स्थान लाई पूर्ति गर्न चतुर प्रचण्ड तथा देउवा ले राज्य मन्त्रि तथा साना दल मा आदिवाशी दलित मधेशी समावेश गरेर मुर्ख बनाउने पक्का छ |वंश रहे अंश पाइन्छ तर दुर्भाग्य नेपाल को शासन सत्ता मा अहिले सम्म जो पनि सत्तासिन भए उनीहरु ले अंश को त कुरा न गरौ अंश, हक अधिकारको कुरा गर्नेको वंश नै समाप्त पार्ने षड्यन्त्र रचिन्छ | नेपालमा न त् राजाले नै राज्यको अभिभावक बन्ने प्रयत्न गरे न त् प्रधानमन्त्री , मन्त्रि ले राष्ट्रको प्रधानमन्त्री हुन् भन्ने आभास गराए तथा बन्ने प्रयत्न पनि गरेनन | आफ्नो परिवार आफ्नो समुह घेरा भन्दा बाहिर कहिले पनि निस्कने प्रयाश गरेनन फलस्वरूप नेपाल मा हमेशा राजनेता रिक्तता रही रह्यो |


महात्मा गान्धीले राष्ट्र को विषय मा परिवार लाई कहिले पनि हस्क्षेप गर्न दिएनन् महात्मा गान्धी को दृस्टी भारत का सम्पूर्ण जनता समान थिए वहा ले जात पात धर्म को आधार मा कहिले पनि भेदभाव गरेनन त्यस कारण भारतीय जनता ले मोहनदास करमचन्द गान्धी लाई "महात्मा" तथा राष्ट्रपिता जस्ता आदरणीय शब्द ले विभूषित गरे | भारतमा महात्मा गान्धीका कति सन्तान र उनीहरुका नाम के हुन् भनि जनमत संग्रह गरिए बहुसंख्यक भारतीय जनता लाई थाहा छैन किन भने राष्ट्र र परिवार मा के दुरी हुनु पर्छ त्यो महात्मा गान्धी लाई रामरी थाहा थियो, महात्मा गान्धी ले परिवार वाद लाई राष्ट्र संग कहिले जोड्नु भएन सदैव टाडा राख्नु भयो |नेपालका नेताहरु राजनेता किन बनेनन्? जनताले नेतालाई किन घृणा को दृस्टीले हेर्छन , नेता जनताको नजरमा किन आदरणीय बन्न सकेनन सरल उत्तर हो हाल सम्म सतासिन भएका नेताहरु आफ्ना परिवार नाता सम्बन्ध को घेरा भन्दा कहिले पनि बाहिर निस्कनु न सक्नु नै प्रमुख कारण हो |


राजा ज्ञानेन्द्र राष्ट्र को अभिभावक भन्दा पनि पारसको पिता बन्न खोज्दा राजगद्दी बाट हमेशा का लागि सत्ताच्य्त हुन् पर्यो ,स्वर्गीय गिरिजा प्रशाद कोइराला पुत्री मोह तथा आफन्तजन को मोह बाट बाहिर निस्कन सकेनन आफुलाई मधेश का मसिहा हुन् भनि गर्व बोध गर्ने राजेन्द्र भने पुष्पकमल दाहाल प्रचण्ड पुत्र मोह मा लिप्त भएको उदाहरण नेपाली जनता सामु छ |


विगतमा पनि नेपाल मा संबिधान निर्माण न भएका होइनन तर संबिधान किन सफल हुन् सकेन किन असफल भयो ,संबिधान को मूल मर्म तथा भवन संग खेलवाड गरेको फलस्वरूप विगत का संबिधान असफल भएका हुन् |नेपाल मा जति पनि संबिधान निर्मण भयो त्यो केहि सिमित वर्ग ले उल्लङ्घन तथा आफ्नो अनुकुल को ब्याख्या गर्न का लागि मात्र निर्माण भएको थियो तथा थिचिएका पिल्सिएका उत्पीडित समुदाय लाई संबिधान को धारा उपधारा तथा कानुन को दण्ड देख्येर त्रसित बनाउन बाहेक केहि भएन |


ऐतिहाशिक संबिधान सभा ले निर्माण गरेको संबिधान विगत को संबिधान जस्तै घोर उल्लङ्घन तथा आफ्नो अनुकुल ब्याख्या तर्फ उन्मुख भई रहेको उदाहरण वर्तमान मन्त्रीमंडल गठन मा समावेशी समानुपातिक को उपेक्षा ले विगत को जस्तै असफल हुने तर उन्मुख भई रहेको प्रतित हुन्छ |राज्य का सबै निकाय मा समावेशी समानुपातिक हुनु पर्छ भन्ने शब्द त् संबिधान मा लिपिबद्ध भयो तर खोई त् नेपाल का ठुला भनाउदा हरु ले नियम पालना गरेको ?अग्रगामी संबिधान को निर्माण भयो भनि गर्व बोध मात्र गर्ने कि संबिधान लाई सफल बनाउन संबिधान मा लेखिए का शब्द लाई अक्क्षरस पालना गर्ने वातावरण को निर्माण विषय मा सोच्ने कि न सोच्ने ? हास्यास्पद के छ भने काँग्रेस बाट नुवाकोट बाट २ मन्त्रि अर्जुन नर्सिङ्ग केसी तथा प्रकाश शरण मन्त्रि बनाइएका छन् यदि नुवाकोट जिल्ला बाट बनाउनु नै थियो भने नुवाकोट का बहादुर सिङ्ग तामांग लाई मन्त्रि बनाएको भए के पहाड खस्ने थियो ?काँग्रेस पार्टी ले प्रदेश ३ मा यत्रो जिल्ला हुदा हुदै नुवाकोट बाट दुइ जना लाइ मन्त्रि बनाएर प्रदेश ३ को प्रतिनिधित्व भएको देखाउनु राजनीतिक बेइमानी बाहेक केहि होइन |


यदि विगत को असफल परम्परा लाइ निरन्तरता दिने तथा काखी च्याप्ने हो भने ऐतिहाशिक संबिधानसभा निर्मित संबिधान भनिएता पनि त्यो संबिधान असफल हुने निश्चित छ |संबिधान को पालना राष्ट्र अनुकुल हुनु पर्दछ न कि आफ्नो परिवार आफ्नो समुह इस्ट मित्र अनुकुल हुनु पर्छ भनि मनन गर्न जरुरि छ |राष्ट्रिय स्वाभिमान को कुरा भोको पेट ले मात्र हुदैन राष्ट्रिय स्वाभिमान तब मात्रै मजबूत तथा सफल हुन्छ जब राष्ट्र क प्रत्येक नागरिक ले अपनत्व बोध गरेको हुन्छ |राष्ट्रिय स्वाभिमान कसैको जमिन्दारी जगिर्दारी न भई सम्पूर्ण नेपाली जनता को समान हिस्सेदारी ले मात्र सम्भव हुन् सक्छ |नेपाली जनता को विडम्बना के छ भने माओवादी दस्तावेज मा मा काँग्रेस प्रधान शत्रु उल्लेखित भएता पनि ,माओवादी लाई जनयुद्ध मा जबर्जस्ति धकेल्ने कांग्रेस, माओवादी समावेशी समानुपातिक शब्द को घोर उपहाश गर्दै एकै मंचमा विराजमान भएर नेपाली जनता लाइ मुर्ख बनाइ रहेका छन् |विगत मा जे भयो भयो अब पनि ठुला भनाउदा पार्टीहरुले आफ्नो आचरण सुधार गरेनन भने नेपाल एउटा ठुलो द्वन्दमा धकेलिने निस्चित छ |

अमरदीप मोक्तान ,डाडा खर्क ,दोलखा

Last Updated on Friday, 26 August 2016 10:09

Hits: 505

आदिबासि जनजातिका बारेमा सम्बोधन गरिनुपर्ने अन्य समस्याहरु

बिजय हितान

प्रारम्भ :

आज (आदिबासी जनजाति) का राजनैतीक मात्रै होइनन अन्य मुद्दालाई पनि सम्बोधन गरिनुपर्ने देखिन्छ । आज समुदायमा सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक र अन्य धेरै पक्षमा समस्याहरु बिद्धमान छन । यि समस्याहरु सर्बप्रथम त आफ्नै कमी कमजोरिका उपलब्धी हुन । राज्यको बिभेदित नितिको प्रतछ्य प्रभाव त छँदै छ । भेदभावपूर्ण नितिलाई औंला ठडाइ-ठडाइ उज्गार गरिन्छ तर आफ्नै कमी-कमजोरिलाई औंल्याईएको भने हुँदैन । तिनका समाधानका उपाय न त कसैले बहस गरेको सुनिन्छ न त निराकरणका कुनै कार्ययोजना बनाइएको छ ।

आजका यि अन्य मुद्दालाई कसैले न उठाएको भने होइन । तिनलाई बोकेर हिंडने केही अभियन्ता जन्मेकै हुन । तर जनसहभागीताको अभावले गर्दा तिनिहरु ओझेल परेका हुन । यसको एक कारण राजनीति गर्नेलाई नेता मान्ने सामाजिक अभियन्तालाई नेता नमान्ने संस्कारले गर्दा हो । सामाजिक समस्याप्रती बोल्ने ब्यक्तिहरुलाई नेता भनिन्न र समाजमा तिनलाई उच्च सम्मान दिइन्न । राजनीति गर्ने नेतालाई मात्रै पुज्ने संस्कारले आजका अन्य इस्यु ओझेलमा परेका हुन । मिडियाले राजनैतिक भाषाण छांट्नेलाई मात्रै फ्रन्ट लाइनमा हेडलाइन बनाइदिन्छ । ति नेतालाई माला र खादा ओडाइन्छ । कुनै भेलामा सम्मानका साथ अगाडिको कुर्चिमा स्थान दिइन्छ । तिनै नेताको फेरी ढाड पछाडि कुरो काटिन्छ ।   आज (आदिबासी जनजाती) राजनीति बाहेक अन्य आयामतिर उन्मुख नहुनाका केही कारणहरु छन । एउटा त हो, मिडियाले राजनैतिक भाषण छाँटने ब्याक्तिलाई माथि उठाइदिनु अनी समाजमा उसलाई एक हिरोको रुपमा हेरिनु । तर अन्य बिषयका ज्ञाता र अभियन्ताहरुलाई सामान्य ब्यक्तिको रुपमा हेरिन्छ । एउटा पार्टिको झोला बोकेर राजनीति गर्ने ब्यक्ती भोली मन्त्री होला र गाउँमा बाटोघाटो ल्याइदेला भन्ने भ्रमले हो त्यसो गरिएको । राजनैतिक समाधानको रोड म्याप कोरियो । अब तलका मुद्दालाई सम्बोधन गरिने पनि रोड म्याप निर्माण गर्न जरुरी छ ।

सामाजिक- 

नेवार समुदाय बाहेक नेपालमा अन्य आदिवासी जनजाती सामाजिक बिकासको गतिमा पछी परेका छन । ब्याक्तिबादी तथा कुटुम्बबादी सोंच हावी हुनु यसको प्रमुख कारण हुन ।  ब्यक्ती-ब्याक्ती, समुदाय-समुदाय, क्षेत्र-क्षेत्र, वा संगठन-संगठन बिच सहकार्य गर्नाको धेरै फाईदा छन । नबिन बस्तुको निर्माण, छिटो र छरितो कार्यसम्पादन, थोरै लगानी धेरै लाभ हुनसक्छन । आज समुदायभित्र यसरी कोलाबरेसनमा परीयोजना चलाएर फाईदा लिएको बिरलै पाईन्छ । संगठन निर्माण, र ब्याबस्थापन कसर गर्ने भन्ने कुरामा पनि चुकेको देखिन्छ । बरु अरुको  सङ्गठनमा इमान्दार र अनुशासित बनेर काम गर्ने बानी हुन्छ । यस्ता गुण भएका समाजका ब्यक्तीहरु कहिल्लै मालिक बन्न सक्दैनन, सधैं मजदुर रहिरहेर जिउनुपर्ने बाद्ययता आउँछ । यो समस्या आज समुदायमा हिंज पनि टडकारो थियो, अैले पनि छ, र भोली पनि रहिरहनेछ । अब प्रश्न उठ्छ आज समुदायमा यस्ता समस्याको हल कसले गरिदिने ?

शैक्षिक- 

 

आज शिक्षामा पिछाडी परेको घाम जस्तै छर्लङै छ- राज्यको नितिले हो या बंसानुगत बिशेषताले । स्रोत र साधन सिमित रहेको राज्यलाई सधैं दोस देखाउनु भन्दा अगुवाहरुले आ-आफ्नो समाजमा शैक्षिक क्रांति ल्यान सक्छन । नेवार समुदायको आफ्नै भाषा छ तर पनि उनिहरुमा राष्ट्रिय स्तरका बौद्दिक ब्यक्तित्व पनि छन । त्यसैले सबैले नेवार समाजको मोडल अङ्गिकार गरेमा शैक्षिक बिकास सम्भव छ ।

आम-चेतनसिल बन्न शिक्षा अनिबार्य हुनैपर्छ भन्ने छैन । सामाजिक पृष्ठभूमी बलियो छ भने प्राय सबै बिषयमा न्युनतम सचेतना राख्न सकिन्छ । सामान्य जागरुकताको कमी हुँदैन । तर दुर्भाग्य भन्न पर्छ आज मा सामान्य जागरुकताको स्तर अन्य जात भन्दा तल छ । यसैको कारण, उदाहरणको लागि, जोखिम आङ्कलन गर्ने छमता छैन । हालैको महाभुकम्प पीडितहरुमाझ सर्बेछण गर्ने हो भने अधिकतम पीडित जाती आज पृष्ठभूमी भएकाहरु छन । कस्तो भुभागमा बस्ती बस्दा प्राकृतिक प्रकोपबाट टाढा रहन सकिन्छ भन्ने जागरुकताको कमी पाईन्छ । बाजे बाराजु जुन भुमिमा बस्दै आए त्यँही रमाइरहने स्वाभावका भएर हो । त्यो ठाउँ पहिला आबाद योग्य थियो होला तर बातावरणिय परिवर्तनले  त्यो अवस्था अैले नहुन सक्छ । 

यि गहन बिषयलाई कुन नेताले सम्बोधन गरेका छन त ? यि बिषयमा जागरुकता देखाउने सामाजिक अभियन्ता को खाँचो छ । त्यस्ता ब्यक्तिहरु उत्पादन गरी बस्ती बस्तीमा पठाउन जरुरी छ । भोट हाल्नुस हामी सिंहदरबारमा पुग्नपर्छ भन्नेको भने कमि छैन ।

आर्थिक- 

आर्थिक उन्नतिलाई आज का संगठनले प्राथमिकताको सुचिमा पिछाडी राखेका छन । संगठनका बिधानमा पहिलो प्राथमिकता भाषा संस्कृतिको सम्रक्षण र सम्बर्धनलाई दिईएको हुन्छ । अब यसलाई परिवर्तन गरी पहिलो उद्देस्य समाजको आर्थिक उन्नती भनेर लेखिन जरुरी छ । आधुनिक युगको अर्थब्यबस्था र यसको महत्व बारे अधिकतम जनसङ्ख्या अनभिज्ञ छन । पैसा धेरै छ भन्दैमा त्यो ब्यक्ती धनी बन्दैन । थोरै पैसाले धेरै बनाउन सक्ने सिप हुनपर्छ । थोरै पुँजिले धेरै उत्पादन गर्न सक्ने कला हुनपर्छ । चुस्त तरिकाले आर्थिक कारोबार चलाऊन सक्नुपर्छ । बलियो अर्थतन्त्र समाजको मियो भने पनि हुन्छ ।  मावोबाद र मर्क्सबादका भाषाण दिने मात्रै होइन, 'माग र आपुर्ती, क्रेता र बिक्रेता बिचका सम्बन्ध जस्ता अर्थशास्त्रका सिद्दान्तका ज्ञ्याता पनि जन्माउनु पर्ने हुन्छ । सिँह दरबारको कुर्ची मात्रै होइन राष्ट्र बैङ्कको कुर्ची पनि ताक्न जनसक्ती तयार पार्नपर्छ । बस्ति-बस्तीमा मितब्यायिताको जनजागरण कार्यक्रम ल्याउन पर्छ । अगुवा संस्थाहरु आज समुदायमा पुगेर शनिबारे बिहीवारे बजारको स्थापना गरी घरमा उब्जेको साग-सब्जी देखी पालेको भैंसी सुङुर; पारेको जाँडा, तोङ्बा र रक्सी बिक्री गर्न सक्ने माइक्रो इकोनोमीको ब्याबस्था गराइदिनुपर्छ ।

साँस्कृतिक-

आज समुदाय सांस्कृतिमा धनी मानिन्छ । लिखित पद्दति बिनाको र भनाइको आधारमा एक पुश्ताबाट अर्को पुष्तामा हस्तान्तरण भइरहेकोले कयौं जातिका सँस्क्रिती लोपान्मुख अवस्थामा छन । तिनको सम्बर्धन र सम्रक्षणको खाँचो छ कला कृतिको रुपमा, मुर्तिको रुपमा, संघ्रालयको रुपमा; साहित्य, चलचित्र, अडियो भिडियो सि डि को रुपमा । यिनैलाई आर्थिक स्रोतको रुपमा परीणत गर्न पनि सकिन्छ । यसका बचावका लागि केही संगठनहरु खोलिएका छन ता पनि राजनैतिक मुद्दालाई जस्तो प्राथमिकताकासाथ अगाडि बढाइएको पाइँदैन ।

प्रबिधि तथा स्रोत-साधनको प्रयोग- औजार खेलाउन जान्नाले काम छिटो हुन्छ । शरीरलाई आराम हुन्छ । समयको बचत हुन्छ । उब्रेको समयले अर्को काम फत्य गर्न सकिन्छ । जसले छोटो समयमा धेरै काम सिध्याउन सक्छ त्यही समाज बिकास क्रममा अगाडि लम्कने हो । सही औजारको प्रयोगले गरिएको काम राम्रो बलियो पनि हुन्छ । आजमा कस्तो औजार कतिबेला प्रयोग गर्नपर्छ भन्ने कुराको ठीक जानकारी छैन । अनी आफ्नो वरीपरी उपलब्ध स्रोत र साधनलाई समयानुकुल ठीक ठाउँमा प्रयोग भएको हुँदैन । आफैले भारी बोक्ने तर गधा खच्चड प्रयोग नगर्ने बानी हुन्छ । हो, प्रक्रितीको समिप्यले पर्यावरण बचावमा आजको महत्वपूर्ण भूमिका हुन्छ । तर गरिवी र तालिमप्राप्त ज्ञानको अभावले पर्याबरणलाई सखाप पनि परेका हुन्छन । बन्यजन्तु, जडिबुटी र बनस्पतिलाई जोगाउँदै कसरी आफ्नो जिविको पार्जन गर्नुपर्छ भन्ने शिक्षा तिनलाई कसले दिने ? बैज्ञानीक ढंगले कृषि गरेर बाँच्न कसले सिकाउने ? यि बिषयमा ज्ञान दिलाउनु  एक जिम्मेवार संस्थाको दायित्व हुन्छ ।

भाषा- 

जातिय भाषा बचाउलाइ राजनैतिक भाषणमा ठुलै स्वरले फुकेपनी व्यबहारमा केही भएको छैन । अङ्रेजी हिन्दी भाषाको चपेटामा र अन्य तत्वको प्रभावमा मात्र्यु भाषाहरु जनजिब्रोबाट हराइरहेका छन । सरकारलाई प्रेसर दिएर पाठ्यक्रम निकाल्न सकिन्छ । भाषिक विद्वान जन्माउन सकिन्छ । दुइचार जनाले ब्याक्तिगत प्रयास गरेता पनि संस्थागतरुपमा भाषा सम्रक्षण कार्य अगाडि बढेको छैन । एक विद्यार्थीलाई ने. बि. संघको नेता हुन प्रोत्साहन गरिन्छ तर,उदाहरणकोलागी,राइ/लिम्बु भाषाको शिक्षक हुन गरिदैन ।

कृषि- 

कृषि देसको मुल पेशा हो । एक पाथी कोदो छरेर पाँच पाथी उमार्न अधिकांसले जानेका हुन्छन । सबैका घरमा कुख्रा, बाख्रा, भैंसी जस्ता जनावर पालिएका हुन्छन । आफ्नो जिबिकोपार्जनको लागि गरिएको कृषिलाई उध्योग भन्न मिल्दैन । जब कृषि सामग्री उत्पादन गरेर बजारमा बेचिन्छ र पैसा आर्जन हुन्छ अनी मात्रै त्यसले उध्योगको रुप लिन्छ । आज जिवन निर्बाहको लागि मात्रै कृषि गर्छन् ना कि अर्थ उपार्जनको लागि । अन्य जाती र आजको कृषि कृयाकलापमा तुलना गरियो भने जमिन आसमानको फरक पाईन्छ । एउटै भुभागको एउटै छेत्रफल रहेको बारीमा,उदाहरणकोलागी,आजले ५ मुरी अन्न फलाएका हुन्छन भने अर्को जातले सात मुरी फलाएको हुन्छ । सात मुरी फलाउनेले उन्नत जातको बिउ कँहा पाईन्छ भनी खोज्छ । सरकारी अनुदानको रासायनिक मल खोजेर छर्ला । समयमा सिंचाइ गर्ला । पाँच मुरी फलाउनेलाई यसरी खोज्न अल्छि लाग्ला । कृषि बैज्ञानीकहरुबाट परामर्स लिन लाज लाग्ला । मौसमको ख्याल राख्न नसक्नाले समयमा सिँचाइको ब्याबस्था मिलाउन नसक्ला ।

उपसम्हार हो, सफल राजनैतीक आन्दोलन पस्छात कुनै समाज एकैचोटि टुप्पैमा पुग्ला तर तिनका जरा बलियो हुन पर्यो । मैले माथि उठाएका बिषयहरु भनेको जरा बलियो बनाउने दबाइहरु हुन । अग्लो छानो मात्रै भएर भएन गहिरो जग पनि बसाल्न पर्यो । मैले उजगार गर्न खजेको सन्दर्भ चम्किलो गजुरको साथसाथै मजबुत पिलरको पनि हो । राजनैतिक खिचडी सबैले पकाइरहेका छन । लाग्छ, यो बढी पाकेर पनि गली सक्यो । बाँडिचुँडि खान पनि थालियो । तर सामाजिक, सैक्षिक, आर्थिक, साँस्कृतिक जस्ता क्रम:श आटो, ढिंडो, रोटी र तिउन कस्ले पकाउँदैछ ? कती पाकी सक्यो ? कतै काँचै पो छ कि ? कसैले चासो राखेको देखिदैन ।

प्रबासमा नेपाल आदिबासि जनजाति महासंघका दर्जनौ साखा सङ्गठन खोलिएका छन । ति सबै नेपालको राजनैतिक मुद्दामा अल्झेको देख्छु । सबैको स्रोत र साधन राजनैतिक मुद्दामा मात्रै केन्द्रित गरिंदै आर्थिक सहयोग जुटाएर राजनैतिक अभियानलाई मात्रै पठाइन्छ । यस्तो कृयाकलापले चिरस्थाई परिवर्तन ल्यान सक्दैन । राजनैतिक जिम्मा संघिय समाजबादी र जनमुक्ती जस्ता राजनैतीक पार्टिलाई दिएर माथि औंल्याइएका बिषयमा महासंघका  साखा कृयासिल हुन आवश्यक छ ।

डाणुपन्यु बोकेका सत्ता पक्षसँग बहिरगर्मन होइन सहकार्य गर्नतिर उन्मुख हुन पर्यो । आजका राजनैतिक गराइ र भनाइले देशमा सामाजिक सदभावना बिथोलिएको आरोप लाग्ने गरेको अवस्थामा 'सर्प पनि मरोस लट्ठी पनि न भाँचियोस' भन्ने भनाइ यस सन्दर्भमा उपयुक्त देखिन्छ ।

(बिजयले बेलायतको बाताबरण बिश्वबिध्यालय बाट बाताबरणमा स्नाकोत्तर गरेका छन भने आदिबासि जनजाति महासंघ बेलायतका सचिब समेत हुन)

Last Updated on Thursday, 18 August 2016 13:57

Hits: 824

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर