A+ A A-

जनमुक्तिको २० बर्ष : बिचारले धनी कार्यदिशामा कगांल

राज्यसत्ता सम्पादकीय टिम-
राष्टिय जनमुक्ति पार्टीले आफ्नो बिसौं स्थापना दिवस मनाएकोछ । उसले बिभिन्न कार्यक्रम गरि देशभर यस्तो कार्यक्रमको आयोजना गर्यो । २०४६ सालको परिवर्तनपछि देशमा जातीय समस्यालाई राजनीतिकरण गर्ने पहिलो दल राष्टिय जनमुक्ति पार्टीले नेपालमै प्रथमपटक स्वायत्तता, समानुपातिक प्रतिनिधित्व, आरक्षण जस्ता अहिले सबैको मुखमा झुण्डिएका नारा र बिचार नेपाल भित्रयाएको थियो । तत्कालिन प्रथम हुने निर्वाचन प्रणालीमा समेत करिब १ लाख मत पाएर देशको छठौ दलको स्थान ओगटेको यसले पछि त्यो जनाधार गुमाउदै गएको देखिन्छ ।उसका पछिल्ला चुनावमा प्राप्त मतसंख्याले यसै भन्छन् ।

समता पार्टीका महासचिव मानध्वज ब्लोन पार्टी प्रवेश गर्दे

दलभित्र चरम नेतृत्व संकट र विवादका कारण जुन रुपमा यसको सिद्धान्त अनुरुप यसले सफलता पाउनु पर्ने हो, पाएकोछैन । जातीय मुक्ति र जातीय आन्दोलनको पहिचान गर्ने र नेतृत्व गर्ने यो दलका नेता गोरे बहादुर खपागीं तत्कालिन शाही मन्त्रीकालमा मन्त्री बनेको र दशैमा ज्ञानेन्द्रको हातबाट टिका लगाइनुलाई ठूलो इस्यू बनाइएकोथियो । यस प्रकरणले दलको साख तल झरेकोथियो । त्यति मात्र हैन जनजाति आन्दोलनकै शिर्ष नेताको रुपमा स्थापित हुदैं गएका खपागीं दलमा कार्वाहीमा परे, उनले नया दल पनि खोले । जुन सफल हुन सकेन । अहिले खपागींको दल पुन: जनमुक्तिमै फर्किएकोछ ।

बिशेषगरि जनमुक्तिका नेतृत्वले समयानुकूल सहि राजनैतिक बिश्लेषण गर्न नसकेका कारण पार्टी टुटफुटमा भासिएको देखिन्छ । यसका अध्यक्ष एमएस थापाले आफुलाई चित्त नबुझ्नासाथ कार्वाही गर्ने प्रवृत्तिले पनि दललाई ठूलो सफलता दिलाउन सकेकोछैन । उनी दलभित्र बौद्धिक र तार्किक बहस गर्ने नेताहरु देख्न सक्दैनन् भन्ने उदाहरण कम्तिमा आधा दर्जन चोटी उनले  नेताहरुमाथि गरेका कार्वाही र करिब त्यति नै पटक यो दल चोइटिनुले पनि प्रष्ट पार्दछ । हाल लिम्बुवान राजनीति गर्ने प्रमुख नेताहरु सबै कुनै बेला जनमुक्तिमा थिए । कुमार लिड.देन, रविन्द्र थिड. कमल छाराहाड., सूर्य माखिम, सन्जुहाड. पालुड.वा त्यस्ता केहि नाम हुन् । उनीहरु कार्वाहीमा परेपछि लिम्बुवान राजनीतिमा तानिएका हुन् । त्यसै गरि हालका माओवादीका चर्चित नेताहरु सुरेश आले, गोपाल खम्बु, नेपाली सेनाका जर्नेल कुमार फुदुड. जनमुक्तिमा बसेर राजनीति गरेकाहुन् । जनमुक्तिबाट गएकाहरु हाल माओवादीमा अन्य नेताहरु पनि छन्, थुप्रा । यसले यसअघिको चुनावमा स्थानीय निकायमा राम्रो सीट प्राप्त गरेकोथियो । धरानमा मेयर जितेकोथियो । साथै कयौं स्ववियू निर्वाचनमा एकछत्र जितेको थियो । यसले पनि यूवा र बौद्धिकहरु यसमा आकर्षित छन् भन्ने देखाँउछ । तर यी यूवा र बौद्धिकले उचित प्रस्ताव राख्दा पनि छलफल गर्नुको साटो उनीहरुलाई कार्वाही गर्ने गरिएकोछ । कम्यूनिष्ट पृष्ठभूमीबाट आएकोले हुनसक्छ, यसका अध्यक्षको कार्यशैली अधिनायकत्व जस्तो देखिन्छ ।

पार्टी प्रवेश गर्दे चेपाड. संघका नेता एकराज चेपाड.

केहि समय अघि अध्यक्ष थापाले युवा मोर्चाका सबै नेताहरुलाई कार्वाही गरेकाथिए । त्यसले दलमा ठूलो नकारात्मक सन्देश दिएकोथियो । अहिले कार्वाही फिर्ता गरिएकोछ । नेपाली राजनीतिमा कुनै बेला जनमुक्ति पार्टीमा रहेकाहरु हाल जनजाति आन्दोलनमा कुनै न कुनै रुपमा सक्रिय देखिनुले यसको सिद्धान्तले सबैलाई आकर्षित गरेको देखिन्छ । तर माथि नै उल्लेख गरियो यसले तत्कालिन कार्यदिशा र त्यसले पार्ने प्रभावका बारेमा कहिल्यै बिश्लेषण गर्न सकेन ।  यो दलले संविधानसभामा भाग नलिने सम्मको निर्णय गर्नुलाई यसको नेतृत्वमा राजनैतिक विश्लेषण क्षमता अत्यन्त कमजोर छ भन्ने देखिन्छ । बिशेषगरि यसका अध्यक्ष तत्कालिन राजनैतिक बिश्लेषण र त्यसले राख्ने दुरगामी महत्वलाई केलाउन असमर्थ देखिन्छन् । उनले संविधानसभामा भाग लिन नदिए पनि हाल उनले त्यहि संविधानसभाबाट आएको पद खाएर बसेकाछन् । उनको बिरोधका बावजुद संविधानसभामा भाग लिएको यो दलले दुई सीट हात पारेकोथियो । तर यो सीट यूवाहरुको तत्कालिन निर्णय क्षमताका कारण आएको थियो जुन प्रर्याप्त थिएन । त्यतिबेला संविधानसभामा भाग लिने अध्यक्षको निर्णयलाई अवज्ञा गर्ने रुपन्देहीका  नेताहरु कार्वाहीमा परेकाथिए । त्यसैले उसबाट गएका नेताहरुको तत्कालिन दल संघीय लोकतान्त्रिक राष्टिय मन्चले माउ पार्टी भन्दा बढी मत ल्याएकोथियो । स्मरणीय छ,त्यता जाने सबै यूवाहरु थिए ।

पार्टी प्रवेश गर्दे दलित नेता रामू परियार

यो दलले नेपाली राजनीतिमा भित्रयाएको बिचार आज सबै दलको नीति र कार्यक्रम बनेकोछ तर जननी भने आफै विवादको भुमरीमा अल्झेर जम्मा दुइ सीटमा चित्त बुझाएर बस्नुपरेकोछ । अहिलेसम्म यो दलले एक मन्त्री र दुई सभासद मात्र जित्न सकेकोछ । जबकी बिचारले सबैभन्दा अग्रस्थानमा देखिन्छ । यसैको नीतिको आज सबै ठाँउमा चर्चा परिचर्चा छ । तर जसले यो बिचार भित्रयायो त्यहि नै गुमनाममा छ । यसले उठाएको जातीय बिचारकै कारण माओवादीले पनि त्यहि इस्यूलाई कार्यनीति बनायो । जसको बलमा आज उ सबैभन्दा ठूलो दल बनेकोछ । जनमुक्तिकै कारण आज देशमा रामबरण यादव, सुवास नेम्वागं जस्ताहरुको पद सुनिश्चित भएकोछ । सेनामा छत्रमान गुरुगं ल्याइनु परेकोछ । अन्य दलमा भएका नेतृत्वका सामु चुइँक्क नबोल्ने जनजाति, दलित, मधेसी, महिलाको चुरीफुरी संभव भएकोछ । महिलाले ३३ प्रतिशत आरक्षण पाउन सकेकाछन् । संघीयतामा डिल भैरहेको छ । समानुपातिक निर्वाचनको अभ्यास त हेरियो पनि । यी सबै जग भनेको जनमुक्ति नै हो । यसको बिचारको जगमा भएका हुन् सबै परिवर्तन । त्यसैले यसले नैतिक रुपमा जित त हासिल गरेकोछ तर त्यसको साँगठनिक पूजीकरण हुन सककोछैन । अर्थात राज्यसंयन्त्रमा धमाकेदार उपस्थिति दिन सकेकोछैन ।
संविधानसभामा गएपनि त्यहाँ यसको नेतृत्वले सहि रोल खेल्न सकेकोछैन । एक सभासद भएको प्रेमबहादुर सींहले मन्त्री हत्याउछन् तर दुई सीट भएको जनमुक्तिले केहि प्राप्त गर्न सक्दैन्, जबकी उ पनि एमालेको समर्थनमा उभिएकोथियो । यो उसको कार्यदिशा स्पष्ट गर्न नसक्ने नेतृत्व कमजोरीका कारण नै भएको हो । यी सब कमजोरी केलाएर आत्मआलोचना गर्दे सहि कार्यनीति लिएर यो दल अगाडि नबढ्ने हो भने अझै सयौं बर्षगाठ मनाए नि त्यसको कुनै तुक रहनेछैन ।

पहिचानको राजनीति बढेको अबको युगमा यो दलको बिकल्प पनि देखिदैन । यसको चिन्तन राष्टिय राजनीतिलाई प्रभाव पार्न सक्नेछ ।  यसले तत्कालिन समयमा ल्याएका बिचार नेपालको राजनीतिमा निर्देशक सिद्धान्त जस्तै बनेकोछ । राष्टिय रुपमा यसले मात्र सबै जातिलाई जोड्न सक्ने देखिन्छ ।  त्यसैमा अभ्यासरत छन्  दलहरु  पनि । संविधानसभामा त्यसैमा माथापच्चि चलिरहेकोछ ।  स्थापना दिवसमा थुप्रा यूवाहरु प्रवेश गर्नुले यो दलप्रतिको चार्म अद्यापि देखिन्छ पनि । स्थापना दिवसको अवसरमा विभिन्न दलका केन्द्रिय नेता, विभिन्न जातीय समूहका केन्द्रिय नेता, चर्चित चलचित्रकर्मीहरुको यो दलमा प्रवेश हुनुले यसको उज्जवल भविस्यको संकेत पनि दिन्छ ।
यो दलको यहि फाल्गुणमा नवलपरासीमा महाधिवेशन हुन गैरहेकोछ । त्यसबाट राम्रा नेतृत्व जसले समयको गाम्भीर्यतालाई बुझोस् र सहि निर्णय लिनसकोस्, चुनिन आवश्यक छ । यसका अनुभवी र पाका तर ब्यवहारले कच्चा देखिने बुढा नेतृत्वले अब आउने महाधिवेशनबाट यूवाहरुको छरितो र संभावनायुक्त नेतृत्व तयार गर्नु जरुरी छ । यसले राजावादी र साँस्कृतिक पतनको आरोपलाई पनि मेटाउन सक्छ । यदि सत्ताकै निमि राजनीति गरिएको हो भने यो महानता जरुरी छ । हैन खल्तिमा राखेर वार्गेनिगं गर्न मात्र दल खडा गरिएको हो भने , जुन गरिदै आइएकोछ,  त्यस्तो बदमासी गर्ने कर्मलाई रामराम मात्र भन्न सकिन्छ , बचाउन सकिन्न । नयाँ , यूवा र छरितो नेतृत्वले सहि कार्यदिशा दिन सकोस् । रणनीतिको  सटिक ब्याख्या र बिश्लेषण गर्न सकोस् । आशा गरौ यो महाधिवेशनले यस्तो दमदार नेतृत्व दिनेछ, जसले भोलि राज्यसत्ता नै आफ्नो पकडमा ल्याउन सकोस् ।

फोटो: तारा राना मगर

Last Updated on Thursday, 05 March 2015 23:36

Hits: 1387

संविधानसभा हैन दलहरु हुन् फेल भएका

देशको राजनीति अस्थिर छ । भोली कस्तो खालको राजनीतिक अभ्यास हुने हो कस्तो ब्यवस्था आउने हो ....

प्रा.लोकराज वराल : राजनीतिक विश्लेषक

Last Updated on Friday, 21 January 2011 07:31

Hits: 978

पत्रकारले मात्र चल्दैन मिडिया



समाज पारम्पारिक छ, अन्यको देशमा जस्तो नेपालका पत्रकारलाई सुविधा छैन । अन्य देशसँग मिडिया र पत्रकारलाई तुलना गर्न सकिन्न । 

युवराज घिमिरे बरिष्ठ पत्रकार

Last Updated on Friday, 22 October 2010 08:55

Hits: 1742

यो जनगणनामा मगरले किन लेखाउने बुद्ध धर्म

मगर जाति नेपालमा लामो समयदेखि बस्दै आएको आदिवासी हो । जन्मदेखि मृत्युसम्म यो समूदायको आफ्नै परम्परा छ । मौलिक संस्कार छ । विसं २०३९ सालमा  यसले आफ्नो जातीय संगठन पायो । हाल यो संगठन नेपाल मगर संघको नामबाट चिनिन्छ ।

गोरेबहादुर खपागीं मगर

Last Updated on Friday, 03 February 2012 16:37

Hits: 3491

देशलाई द्धन्द्धको खतराबाट निकाल्ने उपाय छन् ।

 
    
 
 माओवादीलाई शान्तिप्रकि्रयामा ल्याइसकेपछि  जसरी राजनीति सहज किसिमले जानुपर्ने हो जान सकेन । शान्तिप्रकि्रयाको निरन्तरता सिस्टमको लागि हो । तर दलहरु आफ्नो स्वार्थ अनुरुप शान्तिप्रकि्रयाको ब्याख्या गर्न उद्दत देखिन्छन् । दलीय स्वार्थबाट शान्तिप्रकि्रयालाई परिभाषित गर्न खोजिएकोछ । यसले समाधान हैन द्धन्द्ध जन्माउछ । 
पूर्व सभामुख दमननाथ ढुंगाना

Last Updated on Monday, 06 February 2012 07:25

Hits: 1206

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर