A+ A A-

'को थिए मास्टर मित्रसेन, उनलाई किन सम्झने ?’ – त्रिलोकसिंह थापा मगर

काठमाण्डौं ७ जेठ २०६८
प्रख्यात संगीतकार, गीतकार तथा साहित्यकार मास्टर मित्रसेन थापा सिङजाली मगरको सम्झनामा गत  ७ जेठ २०६८ मा एक दिने अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा आयोजना गरियो । मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा आयोजित “मास्टर मित्रसेन तथा नेपाली लोक संस्कृति” विषयक उक्त अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोक बहादुर थापा मगर थिए । उनले नेपाली लोक भाकामा मास्टर मित्रसेनले गाएका गीतहरु अझ पनि लोकप्रिय  रहेको बताए ।

नेपाली लोकगीत तथा जातिगत उत्थानका लागि मित्रसेनको योगदान ज्यादै सराहनिय छ । सो अवसरमा अतिथि वक्ताको रुपमा बोल्दै पूर्व राजदुत डा. मोहन प्रसाद लोहनीले मास्टर मित्रसेनको बहुमुखी प्रतिभा तथा योगदान बारे चर्चा गरे । प्रख्यात साहित्यकार तथा फिल्मकर्मी प्रकाश सायमीले भने– ‘नेपाल र नेपालीका प्रिय गायक मित्रसेन थापामगरले गीतमा आधुनिक चेतना र रोमान्सेली पक्षलाई प्रधानता दिएको पाइन्छ ।’


उक्त अन्तरक्रिया कार्यक्रमको दोश्रो सदनमा विष्णु कुमार सिङजाली मगरले “मगर समुदायको लोक संस्कृतिको अवस्था र चुनौती” तथा भीम मगरले “लोक गीतको क्षेत्रमा मास्टर मित्रसेनको योगदान” विषयमा आ–आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि कार्यक्रमका सहभागि तथा अतिथिहरुले प्रश्न, प्रतिप्रश्न तथा मन्तव्यहरु ब्यक्त गरेका थिए ।
अतिथिहरुमा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष क्या. यम बहादुर बुडाथोकी, नेपाल बौद्ध समाजका अध्यक्ष क्या. देब बहादुर राना, अठ्ठार मगरात प्रतिष्ठानका संस्थापक अध्यक्ष बमकुमारी बुडा मगर, आदिकवि सिङजाली प्रतिष्ठानका संस्थापक अध्यक्ष संजोग लाफा मगर तथा अन्य बुद्धिजिवीहरु थिए । कार्यक्रमको अन्तमा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष झक बहादुर थापाले अन्तरक्रिया कार्यक्रमको समिक्षा गरेकाथिए । उनले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता माथि जोड दिए । स्रोत व्यक्तिको रुपमा गैर मगर बुद्धिजिवीहरुको सहभागिता पनि थियो ।
मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका महा–सचिव गौ बहादुर आलेको स्वागत र कार्यक्रम संचालन विन्दा कुमारी मगरले गरेकाथिए । व्यवस्थापन मुना थापाबाट भएको थियो ।  कार्यक्रममा मास्टर मित्रसेनका गीतरु प्नि प्रस्तुत गरिएका थिए । कार्यक्रमको अन्त्यमा मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिंह थापा मगरबाट सम्पूर्ण सहभागी तथा सहयोगीहरुलाई हर्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

को हुन् मास्टर मित्रसेन

मास्टर मित्रसेन थापा सिंजाली मगर भारतको हिमान्चल प्रदेश जिल्ला कागडा, भाग्सु धर्मशाला तोतारानी गाँउमा २९ डिसेम्बर १८९५मा जन्मनु भएको थियो । उहाँको बाल्यकाल जीवन तथा शिक्षा भाग्सु धर्मशालामा भएको थियो । पुर्खाहरु सैनिक सेवामा भएकोले उहाँ पनि प्रथम गोर्खा राइफल्स सिगनलमा सन् १९१२मा भर्ना हुनुभयो । प्रथम विश्वयुद्ध समाप्त भएपछि सन १९२०मा सैनिक जीवनबाट अवकास लिनुभयो । त्यस पछि नेपाली गीत संगीतको साधना, साहित्य सिर्जना नाटक तथा कथा लेखन, अभिनय, समाज सुधारमा आफ्नो शेष जीवन सम्र्पित गर्नु भयो । मास्टर मित्रसेनले सन् १९३६ देखि दर्जनौं गीत रचना, गायन, नाटक मंचन, कथा लेखन अनुवादको काम गर्नु भयो । सन् १९३६मा ग्रामाफोनमा रेकर्डमा झ्याउरे गीत रेकर्ड गर्ने प्रथम संगितकार मास्टर मित्रसेन नै हुन् । जीवन पर्यन्त नेपाली पोशाक दौरा सुरुवाल र नेपाली विर्के टोपी पहिरिएर गोर्खाली जातीय गीत सिर्जना गर्ने मास्टर मित्रसेनको बुहुमुखि योगदान बारेमा डा. खगेन शर्मा तथा डा. राजेन्द्रले विद्यावारिधी (पी.एच.डी.) गर्नु भएको छ । नेपाल तथा भारत सरकारले उहाँको नाउँमा हुलाक टिकट समेत प्रकाशन गरेको छ । उहाँको योगदानबारेधेरै लेखहरु प्रकाशित भइ आएको छ

मास्टर मित्रसेन

ग्रामाफोन रेकर्ड गरिएका उहाँका लोकप्रिय झ्याउरे गीतका बोलहरु यस प्रकार छन् । “मलाई खुत्रुकै पा¥यो जेठान तिम्रो बहिनीले”, “धानको वाला झुल्यो हजुर देशै रमाइलो”, “लाहुरेको रेलीमाई फेशनै राम्रो”, “अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओराली”,“स्वारानी नजाउ छाडी विदेश”, “किन गर्छौ तानतानी दुई दिनको छ जिन्दगी”, “चुई चुई चुइकिने जुत्ता”, छड्के टोपी ढल्काई ढल्काई खुकुरी चम्काई”। यीनका गीतहरुमा राष्ट्रियता, सरलता र झर्रा नेपाली शब्द चयन भएको हुनाले काली भत्य पन्तले मित्रसेनलाई राष्ट्रिय गायकको रुपमा प्रस्तुत गरेका छन् । “हितको कुरा”, “गहिरो खोग”, “मित्रको डायरी”, “उन्नतिको साँचो”, “सुशीलता” आदि उहाँको निवन्ध संग्रहहरु हुन् । “बुद्ध वाणी” “महाभारत”, “गीतास्तर”, “परशुराम लक्ष्मण संवाद”, “सत्यनारायण” आदि धार्मिक रचनाहरु हुन् । हास्य व्यंग र गजल कद्धानाली समेतका रचनाहरु हुन् । मास्टर मित्रसेन थापा सिंजाली मगर वास्तवमा बहुमुखि प्रतिभाका व्यक्तित्व थिए । उहाँले गीत संगीत, साहित्य, समाजसेवा र दार्शनिक क्षेत्रमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सन् १९४६ अप्रिल ६ तारीखमा उहाँले यो संसार छोडेर जानु भयो । तै पनि आजसम्म उहाँको साँगितिक, साहित्यिक योगदानबारे मास्टर मित्र स्मृति प्रतिष्ठानले युवा पिढीमा प्रचार प्रसार गर्दै आएको छ । युवा पिढीमा केहि गरौं भन्ने भावनाको जागरण होस भन्ने प्रेरणा प्राप्त होस मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको यहि नै उद्देश्य हो ।

Last Updated on Sunday, 30 December 2012 00:44

Hits: 1420

समावेशी सीट पनि बाहुन क्षेत्री महिलाले नै उडाईदिने !

यो  लेख तयार पार्दासम्म संविधानसभाको म्याद थप्ने-नथप्ने विवादले संविधानसभा नै ठप्प छ । दलहरुबीच चलेको लामो संघर्ष यथावत छ । देशभर बाहुन, क्षेत्री, दलित, जनजातिले बन्द आयोजना गरि आ आफ्ना अधिकार सुरक्षित हुनुपर्ने माग गरिरहेकाछन् । २४० बर्षको राजतन्त्रको दमनमा पिल्सिएका जनताका लागि संविधान लेख्न चुनिएर संविधानसभामा पुगेका ६०१ जना अहिले जाम छन् ।

-सीता बुढाथोकी

Last Updated on Monday, 23 May 2011 06:18

Hits: 1200

जनमुक्तिको २० बर्ष : बिचारले धनी कार्यदिशामा कगांल

राज्यसत्ता सम्पादकीय टिम-
राष्टिय जनमुक्ति पार्टीले आफ्नो बिसौं स्थापना दिवस मनाएकोछ । उसले बिभिन्न कार्यक्रम गरि देशभर यस्तो कार्यक्रमको आयोजना गर्यो । २०४६ सालको परिवर्तनपछि देशमा जातीय समस्यालाई राजनीतिकरण गर्ने पहिलो दल राष्टिय जनमुक्ति पार्टीले नेपालमै प्रथमपटक स्वायत्तता, समानुपातिक प्रतिनिधित्व, आरक्षण जस्ता अहिले सबैको मुखमा झुण्डिएका नारा र बिचार नेपाल भित्रयाएको थियो । तत्कालिन प्रथम हुने निर्वाचन प्रणालीमा समेत करिब १ लाख मत पाएर देशको छठौ दलको स्थान ओगटेको यसले पछि त्यो जनाधार गुमाउदै गएको देखिन्छ ।उसका पछिल्ला चुनावमा प्राप्त मतसंख्याले यसै भन्छन् ।

समता पार्टीका महासचिव मानध्वज ब्लोन पार्टी प्रवेश गर्दे

दलभित्र चरम नेतृत्व संकट र विवादका कारण जुन रुपमा यसको सिद्धान्त अनुरुप यसले सफलता पाउनु पर्ने हो, पाएकोछैन । जातीय मुक्ति र जातीय आन्दोलनको पहिचान गर्ने र नेतृत्व गर्ने यो दलका नेता गोरे बहादुर खपागीं तत्कालिन शाही मन्त्रीकालमा मन्त्री बनेको र दशैमा ज्ञानेन्द्रको हातबाट टिका लगाइनुलाई ठूलो इस्यू बनाइएकोथियो । यस प्रकरणले दलको साख तल झरेकोथियो । त्यति मात्र हैन जनजाति आन्दोलनकै शिर्ष नेताको रुपमा स्थापित हुदैं गएका खपागीं दलमा कार्वाहीमा परे, उनले नया दल पनि खोले । जुन सफल हुन सकेन । अहिले खपागींको दल पुन: जनमुक्तिमै फर्किएकोछ ।

बिशेषगरि जनमुक्तिका नेतृत्वले समयानुकूल सहि राजनैतिक बिश्लेषण गर्न नसकेका कारण पार्टी टुटफुटमा भासिएको देखिन्छ । यसका अध्यक्ष एमएस थापाले आफुलाई चित्त नबुझ्नासाथ कार्वाही गर्ने प्रवृत्तिले पनि दललाई ठूलो सफलता दिलाउन सकेकोछैन । उनी दलभित्र बौद्धिक र तार्किक बहस गर्ने नेताहरु देख्न सक्दैनन् भन्ने उदाहरण कम्तिमा आधा दर्जन चोटी उनले  नेताहरुमाथि गरेका कार्वाही र करिब त्यति नै पटक यो दल चोइटिनुले पनि प्रष्ट पार्दछ । हाल लिम्बुवान राजनीति गर्ने प्रमुख नेताहरु सबै कुनै बेला जनमुक्तिमा थिए । कुमार लिड.देन, रविन्द्र थिड. कमल छाराहाड., सूर्य माखिम, सन्जुहाड. पालुड.वा त्यस्ता केहि नाम हुन् । उनीहरु कार्वाहीमा परेपछि लिम्बुवान राजनीतिमा तानिएका हुन् । त्यसै गरि हालका माओवादीका चर्चित नेताहरु सुरेश आले, गोपाल खम्बु, नेपाली सेनाका जर्नेल कुमार फुदुड. जनमुक्तिमा बसेर राजनीति गरेकाहुन् । जनमुक्तिबाट गएकाहरु हाल माओवादीमा अन्य नेताहरु पनि छन्, थुप्रा । यसले यसअघिको चुनावमा स्थानीय निकायमा राम्रो सीट प्राप्त गरेकोथियो । धरानमा मेयर जितेकोथियो । साथै कयौं स्ववियू निर्वाचनमा एकछत्र जितेको थियो । यसले पनि यूवा र बौद्धिकहरु यसमा आकर्षित छन् भन्ने देखाँउछ । तर यी यूवा र बौद्धिकले उचित प्रस्ताव राख्दा पनि छलफल गर्नुको साटो उनीहरुलाई कार्वाही गर्ने गरिएकोछ । कम्यूनिष्ट पृष्ठभूमीबाट आएकोले हुनसक्छ, यसका अध्यक्षको कार्यशैली अधिनायकत्व जस्तो देखिन्छ ।

पार्टी प्रवेश गर्दे चेपाड. संघका नेता एकराज चेपाड.

केहि समय अघि अध्यक्ष थापाले युवा मोर्चाका सबै नेताहरुलाई कार्वाही गरेकाथिए । त्यसले दलमा ठूलो नकारात्मक सन्देश दिएकोथियो । अहिले कार्वाही फिर्ता गरिएकोछ । नेपाली राजनीतिमा कुनै बेला जनमुक्ति पार्टीमा रहेकाहरु हाल जनजाति आन्दोलनमा कुनै न कुनै रुपमा सक्रिय देखिनुले यसको सिद्धान्तले सबैलाई आकर्षित गरेको देखिन्छ । तर माथि नै उल्लेख गरियो यसले तत्कालिन कार्यदिशा र त्यसले पार्ने प्रभावका बारेमा कहिल्यै बिश्लेषण गर्न सकेन ।  यो दलले संविधानसभामा भाग नलिने सम्मको निर्णय गर्नुलाई यसको नेतृत्वमा राजनैतिक विश्लेषण क्षमता अत्यन्त कमजोर छ भन्ने देखिन्छ । बिशेषगरि यसका अध्यक्ष तत्कालिन राजनैतिक बिश्लेषण र त्यसले राख्ने दुरगामी महत्वलाई केलाउन असमर्थ देखिन्छन् । उनले संविधानसभामा भाग लिन नदिए पनि हाल उनले त्यहि संविधानसभाबाट आएको पद खाएर बसेकाछन् । उनको बिरोधका बावजुद संविधानसभामा भाग लिएको यो दलले दुई सीट हात पारेकोथियो । तर यो सीट यूवाहरुको तत्कालिन निर्णय क्षमताका कारण आएको थियो जुन प्रर्याप्त थिएन । त्यतिबेला संविधानसभामा भाग लिने अध्यक्षको निर्णयलाई अवज्ञा गर्ने रुपन्देहीका  नेताहरु कार्वाहीमा परेकाथिए । त्यसैले उसबाट गएका नेताहरुको तत्कालिन दल संघीय लोकतान्त्रिक राष्टिय मन्चले माउ पार्टी भन्दा बढी मत ल्याएकोथियो । स्मरणीय छ,त्यता जाने सबै यूवाहरु थिए ।

पार्टी प्रवेश गर्दे दलित नेता रामू परियार

यो दलले नेपाली राजनीतिमा भित्रयाएको बिचार आज सबै दलको नीति र कार्यक्रम बनेकोछ तर जननी भने आफै विवादको भुमरीमा अल्झेर जम्मा दुइ सीटमा चित्त बुझाएर बस्नुपरेकोछ । अहिलेसम्म यो दलले एक मन्त्री र दुई सभासद मात्र जित्न सकेकोछ । जबकी बिचारले सबैभन्दा अग्रस्थानमा देखिन्छ । यसैको नीतिको आज सबै ठाँउमा चर्चा परिचर्चा छ । तर जसले यो बिचार भित्रयायो त्यहि नै गुमनाममा छ । यसले उठाएको जातीय बिचारकै कारण माओवादीले पनि त्यहि इस्यूलाई कार्यनीति बनायो । जसको बलमा आज उ सबैभन्दा ठूलो दल बनेकोछ । जनमुक्तिकै कारण आज देशमा रामबरण यादव, सुवास नेम्वागं जस्ताहरुको पद सुनिश्चित भएकोछ । सेनामा छत्रमान गुरुगं ल्याइनु परेकोछ । अन्य दलमा भएका नेतृत्वका सामु चुइँक्क नबोल्ने जनजाति, दलित, मधेसी, महिलाको चुरीफुरी संभव भएकोछ । महिलाले ३३ प्रतिशत आरक्षण पाउन सकेकाछन् । संघीयतामा डिल भैरहेको छ । समानुपातिक निर्वाचनको अभ्यास त हेरियो पनि । यी सबै जग भनेको जनमुक्ति नै हो । यसको बिचारको जगमा भएका हुन् सबै परिवर्तन । त्यसैले यसले नैतिक रुपमा जित त हासिल गरेकोछ तर त्यसको साँगठनिक पूजीकरण हुन सककोछैन । अर्थात राज्यसंयन्त्रमा धमाकेदार उपस्थिति दिन सकेकोछैन ।
संविधानसभामा गएपनि त्यहाँ यसको नेतृत्वले सहि रोल खेल्न सकेकोछैन । एक सभासद भएको प्रेमबहादुर सींहले मन्त्री हत्याउछन् तर दुई सीट भएको जनमुक्तिले केहि प्राप्त गर्न सक्दैन्, जबकी उ पनि एमालेको समर्थनमा उभिएकोथियो । यो उसको कार्यदिशा स्पष्ट गर्न नसक्ने नेतृत्व कमजोरीका कारण नै भएको हो । यी सब कमजोरी केलाएर आत्मआलोचना गर्दे सहि कार्यनीति लिएर यो दल अगाडि नबढ्ने हो भने अझै सयौं बर्षगाठ मनाए नि त्यसको कुनै तुक रहनेछैन ।

पहिचानको राजनीति बढेको अबको युगमा यो दलको बिकल्प पनि देखिदैन । यसको चिन्तन राष्टिय राजनीतिलाई प्रभाव पार्न सक्नेछ ।  यसले तत्कालिन समयमा ल्याएका बिचार नेपालको राजनीतिमा निर्देशक सिद्धान्त जस्तै बनेकोछ । राष्टिय रुपमा यसले मात्र सबै जातिलाई जोड्न सक्ने देखिन्छ ।  त्यसैमा अभ्यासरत छन्  दलहरु  पनि । संविधानसभामा त्यसैमा माथापच्चि चलिरहेकोछ ।  स्थापना दिवसमा थुप्रा यूवाहरु प्रवेश गर्नुले यो दलप्रतिको चार्म अद्यापि देखिन्छ पनि । स्थापना दिवसको अवसरमा विभिन्न दलका केन्द्रिय नेता, विभिन्न जातीय समूहका केन्द्रिय नेता, चर्चित चलचित्रकर्मीहरुको यो दलमा प्रवेश हुनुले यसको उज्जवल भविस्यको संकेत पनि दिन्छ ।
यो दलको यहि फाल्गुणमा नवलपरासीमा महाधिवेशन हुन गैरहेकोछ । त्यसबाट राम्रा नेतृत्व जसले समयको गाम्भीर्यतालाई बुझोस् र सहि निर्णय लिनसकोस्, चुनिन आवश्यक छ । यसका अनुभवी र पाका तर ब्यवहारले कच्चा देखिने बुढा नेतृत्वले अब आउने महाधिवेशनबाट यूवाहरुको छरितो र संभावनायुक्त नेतृत्व तयार गर्नु जरुरी छ । यसले राजावादी र साँस्कृतिक पतनको आरोपलाई पनि मेटाउन सक्छ । यदि सत्ताकै निमि राजनीति गरिएको हो भने यो महानता जरुरी छ । हैन खल्तिमा राखेर वार्गेनिगं गर्न मात्र दल खडा गरिएको हो भने , जुन गरिदै आइएकोछ,  त्यस्तो बदमासी गर्ने कर्मलाई रामराम मात्र भन्न सकिन्छ , बचाउन सकिन्न । नयाँ , यूवा र छरितो नेतृत्वले सहि कार्यदिशा दिन सकोस् । रणनीतिको  सटिक ब्याख्या र बिश्लेषण गर्न सकोस् । आशा गरौ यो महाधिवेशनले यस्तो दमदार नेतृत्व दिनेछ, जसले भोलि राज्यसत्ता नै आफ्नो पकडमा ल्याउन सकोस् ।

फोटो: तारा राना मगर

Last Updated on Thursday, 05 March 2015 23:36

Hits: 1318

यस पालिको जनगणनामा पनि छुट्नेभए प्रवासी नेपालीहरु

देशको अर्थतन्त्रमा झन्डै आधा हिस्सा नेपाल वाहिर रहेका नेपालीहरुको आम्दानीमै निर्भर रहेपनि सरकारले जनगणना जस्तो राष्ट्रिय पर्वमा नेपाल वाहिर रहेका नेपालीको महत्व र योगदानलाई भुल्न खोजिरहेको छ ।

गोविन्द लुइँटेल

 

Last Updated on Saturday, 11 February 2012 10:47

Hits: 1393

संविधानसभा हैन दलहरु हुन् फेल भएका

देशको राजनीति अस्थिर छ । भोली कस्तो खालको राजनीतिक अभ्यास हुने हो कस्तो ब्यवस्था आउने हो ....

प्रा.लोकराज वराल : राजनीतिक विश्लेषक

Last Updated on Friday, 21 January 2011 07:31

Hits: 920

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी