A+ A A-

जनगणनामा जनजाति किन छुटे चित्त बुझदो जवाफ दिनु पर्छ : डा. ओम गुरुङ

तथ्याङक विभागले हालै सार्वजनिक गरेको जनगणनाको नतिजामा पहिले भन्दा धेरै तथ्याङक घटवढ देखिएको छ । दश बर्षको अवधिमा गरिएको जनगणनामा धेरै जातिको संख्या  घटेको मात्रै छैन केही जातिको त जनगणनामा सूचि नै छैन् । त्यो कसरी र किन भयो भन्ने कुरा विश्लेषणको खाँचो छ । त्यसको कारण पनि आम जनताले थाहा पाउनु पर्छ । 
जनगणनामा समूह छुट्याएर - को दलित को मधेशी र को बाहुन क्षेत्री हो त्यस अनुसार बर्गीकरण गरिएको छैन । आदिवासी जनजाति सूचिकरण उच्चस्तरीय आयोगले सिफारिस गरेका धेरै जाति मध्य पहाडका राईहरु यसमा समावेश भएका छन् । सूचिमा नपरेको पनि त्यसमा समावेश गरिएको छ । त्यो राम्रै कुरा हो । सुनुवार र गुरुङको संख्या अहिले ह्वातै घटेको देखिन्छ । सुनुवारको ४० हजार र गुरुङको करीब २२ हजार जति संख्या घटेको तथ्याङकले देखाउँछ । गुरुङ किन घटे त भन्नेमा यो जाति धेरै विदेश गए भन्ने सहजै अनुमान गर्न सकिएला, तर गुरुङबाट घले, लोपा आदि छुट्याएका कारण पनि त्यो संख्या घटेको तर्क गरिएको छ । त्यो किन घट्यो अहिले विश्लेषण गर्न गाह्रो छ । 
विदेशमा जाने नेपालीहरु नेपालमै गणना गर्ने नीतिगत व्यवस्था गर्नु पर्ने हो, तर त्यसो गरिएको छैन । विदेशबाट नेपालीले पठाएको रेमिट्यास्ले नेपाली समाज धानिएको छ, तर उनीहरु राष्ट्रिय जनगणनामा छुट्नु दुर्भाग्य हो । रेमिट्यासको गणना हुने  र मानिसको टाउको गणना नहुने नीतिगत व्यवस्था व्यवहारिक देखिन्न ।
मातृभाषा भनेको आमाले जे बोल्छ त्यो भाषा होइन । आमाले बोल्दैमा त्यस जातिको मातृभाषा त्यो कायम हुन सक्दैन । गुरुङ जातिले नेपाली बोल्छ भने उसको मातृभाषा नेपाली होइन । मातृभाषा समुदायले जे बोल्छ त्यो भाषा हो । जनगणना हुन अगाडि पनि यस विषयमा छलफल गरिएको  थियो । जनजातिका केही विज्ञहरु पनि जनगणनाको अनुगमनमा सहभागी थिए, तर जातिहरु किन हटे भन्ने कुरा उनीले समेत चित्त बुझदो जवाफ दिन सकेनन् । जनगणनाको तथ्याङकीय विधि अनुरुप २०० भन्दा कम संख्या रहेका जातिलाई हटाएको उनीहरुले बताएका छन् । त्यो भन्दा कम रहेका कुसुण्डा भने त्यसमा समावेश छन् । कोही त्यहा हुने कोही नहुने त्यो न्याय संगत देखिएन ।
वास्तवमा जनगणनाले देशको समग्र र वास्तविक चित्र देखाउने काम गर्दछ । तर अहिलेको जनगणनामा भएका जाति समेत छुटेका छन् । भएका जातिहरु जनगणनामा नसमेटिनु उनीहरुको अस्तित्व मेटिनु हो । हिमालका शेर्पा जति भोटेमा समावेश गरिएको छ ।  थोरै संख्यामा हुदैमा हटाउदा उनीहरु राज्यको सेवा सुविधाबाट पनि हट्न सक्छन् । त्यसकारण पनि जनगणनाको विश्वसनीयता माथि प्रश्न तेर्सिएको हो ।  राज्यका जिम्मेवार निकायमा बसेकाहरु समेत यस्तो त्रुटि हुदा समेत गम्भीर देखिनन् त्यसकारण थप आशंका पैदा भएको छ । यदि जनगणनाको नतिजालाई सुधार्न सकिने अवस्था हो भने त्यसलाई बेलैमा सच्याउनु उचित देखिन्छ ।  मनोग्राफ सुधार्नमा के कस्तो सहयोग चाहिन्छ त्यसमा सहयोग गर्न हामी तैयार छौ । जनगणनालाई विश्वसनीय र उपयोगी बनाउन बेलैमा सबै लाग्नु पर्ने भैसकेको छ ।
(राज्यसत्ता डटकमले पुसको पहिलो हप्ता काठमाडौंमा आयोजना गरेको जनगणना बहसमा आदिवासी जनजाति सूचिकरण कार्यदलका संयोजक डा. ओम गुरुङले व्यक्त गर्नु भएको विचारको सम्पादित अंश)
राज्यसत्ता नेपाल व्युरो

Last Updated on Sunday, 06 January 2013 04:43

Hits: 837

राष्ट्रपतिले सहमतिका लागि आह्वान गर्दैमा केही हुने वाला छैन : प्रा. लोकराज बराल

संविधानसभा विघटन हुनु पनि राजनीतिक सहमति कायम नहुदाकै परिणाम थियो । अहिले सहमति नजुट्नुको मुख्य कारण पनि संविधानका अन्तर बस्तुमा दलहरुबीच मतभेद नै हो । शासकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली आदिमा सहमति हुन सकिरहेको छैन भने यता दलहरु बीच सरकार सञ्चालनको विषयमा पनि तिव्र मतभेत कायम छ । यसमा प्रतिपक्ष र सत्ता पक्षको आ – आफ्नो अडानमा लागेका छन् । बाबुराम भट्टराई प्रधानमन्त्री स्वीकार गदैनौ भन्दै निषेधको राजनीति अगाडि बढेको छ । संविधानसभा विघटन हुनुमा सबै दलहरु माथि उतिकै दोष लागेको अवस्थामा व्यक्ति किटेरै सरकार स्वीकारदैनौ भन्नु राजनीतिक दलहरुकै मुर्खता हो । भोली वर्तमान सरकारमा अर्काे व्यक्ति आए पनि यो नेतृत्व हामीलाई स्वीकार्य छैन भनेर सरकार बाहिर रहेका राजनीतिक शक्तिले आवाज घन्काउने छन् । वर्तमान समयमा सहमतिको राजनीति अगाडि बढाउनु पर्नेमा निषेध गरि अगाडि बढ्न खोज्नु राजनीतिमा दुर्भाग्य बनेको छ । त्यस कारण पनि संविधानका सैद्धातिक भतभेद भन्दा अहिले को प्रधानमन्त्री हुने त्यस कुराले सिंगो राजनीतिको गाँठो कसिलो बनेको छ । मुलुकको राजनीतिमा यी कुरा बाधक बनिरहेको छ ।
राजनीतिक दलहरु बीच सहमति नजुट्दा निर्वाचन कहिले हुने भन्ने टुंगो लागेको छैन । दलहरु बीचमा रहेको अविश्वास र हिलो छयापाछाप गर्ने प्रवृति आदिका कारण पनि पुस महिनासम्म सहमति जुट्न गाह्रो छ । पुस सम्म राजनीतिक दलहरु बीच सहमति कायम भएन भने बैशाखमा निर्वाचन हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट गरिसकेको छ । सरकारले निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुन अध्यादेश मार्फत् अगाडि बढाउँन खोजे तापनि राष्ट्रपतिले ती अध्यादेश पारित गरिरहेको अवस्था छैन जसका कारण पनि निर्वाचनका धेरै प्रकृया अगाडि बढ्नै सकेको छैन । राजनीतिक सहमति नहुदा ती सबै काम रोकिएका छन् ।
सहमतीय सरकार गठन गर्नका लागि राष्ट्रपति आफैले पहल गर्न सक्ने अवस्था अहिले  देखिन्न । किन भने राष्ट्रपति अन्तरिम संविधान भन्दा बाहिर जान मिल्दैन । यदि सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले पहल गर्ने हो भने पहिले देशको कार्यकारी शक्ति आफैले लिनु पर्ने हुन्छ, तव मात्रै त्यस्तो राजनीतिक कदम चाल्न उनले सक्छन् । यता राष्ट्रपतिले पाँच पटक सम्म दलहरुलाई पटक– पटक गरि सहमतिको सरकार गठन गर्न समय सीमा दिएका छन् तर त्यसरी सहमतिका लागि आह्वान गदैमा केही हुने वाला छैन । राजनीतिक सहमतिको विषय राष्ट्रपतिको भन्दा पनि दलहरुको बिषय हो । राष्ट्रपति पनि यस्तो प्रकृयामा अगाडि बढ्नु हुदैन । दलहरुको राजनीतिक सहमति भन्दा अरु विकल्प छैन । राष्ट्रपतिले संविधानको दफा ३८ लाई उल्लेख गरेर सरकारबाट तिमी जाउ भन्ने र ३८ को २ अनुसार पनि जान अरुले प्रेरित गर्ने आदि कुरा गर्न मिल्दैन्थ्यो । संसद् हुदा मात्रै यस्तो दफा उल्लेख गरि एउटा विकल्प नभए अर्काेमा जान सकिने अवस्था रहन्छ । राजनीतिक रुपमा सहमति जुटाउँन उनले छलफल गर्न सक्छन् तर अहिले जस्तो संविधानका धारा उल्लेख गदै अगाडि बढ्न उचित थिएन । अहिले राष्ट्रपतिको भूमिका माथि मात्रै होइन उनका सल्लाहाकार माथि पनि गम्भीर प्रश्न तेस्सिएको छ ।
बर्तमान सरकार काम चलाउ भए पनि लामो समय सम्म टिकिरहनु पछाडि भारतको समर्थन र साथ रहेको भन्ने चर्चा चले पनि त्यस्तो वास्तविकता होइन । मधेशवादी दलहरुको साथ सरकारलाई भएकाले त्यो भन्न सकिने अवस्था हो, तर भारतले चाहेर मात्रै सबै कुरा हुदैन । भारतले संवैधानिक राजतन्त्र राख्न चाहे पनि त्यो संभव नभएको वास्तविकता लुकाएर लुक्दैन ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएयता भारतसंग उनको राम्रो सम्बन्ध कायम छ । पहिले प्रचण्ड प्रधानमन्त्री हुदा भारतसंग विग्रिएको सम्बन्ध अहिले सुध्रिएको पक्का हो । तर भारतकै हस्तक्षेपका कारण राजनीतिक गतिरोध लम्वियो र सत्तामा बाबुराम टिकिरहे भन्नु गलत कुरा हो । राजनीतिक दलहरु नै कुर्चीको लडाइँमा लागेका कारण गतिरोध लम्बिदो छ । राजनीतिक अस्थिरताका कारण भारतको  भूमिका देखिएको नै छ  । जनताको विकास भएमा मात्रै राष्ट्रियता बलियो हुन्छ । हामी कमजोर हुदा विदेशी हस्तक्षेप बढ्नुलाई स्वभाविक मान्न सकिन्छ ।
माओवादी भित्र सत्ता सञ्चालनको विषयलाई लिएर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री बीच द्वन्द्व पनि बाहिर आएको छ । सरकारको नेतृत्व गरिरहेको व्यक्तिको पनि आफ्नो अडान राख्नुलाई नराम्रो मान्न मिल्दैन । विश्वका राजनीतिक अनुभव हेर्दा जसले संसद् विघटन गराएको छ उसैले नै निर्वाचन गराएको इतिहास छ । त्यसैले बाबुराम नेतृत्वको सरकारले निर्वाचन गराउँदा कुनै फरक पदैन । प्रतिपक्ष दलहरुले सहमतिका लागि पहल गदै संविधान संशोधन गर्न र निर्वाचनका लागि कानुनी व्यवधान पनि हटाउँने भन्ने कुरामा ध्यान नै छैन केवल सत्ता छाडेर कांग्रेसलाई देउ भन्नु तर्क संगत छैन । कांग्रेसले पनि पहिले मुद्धामा सहमति गरेर निर्वाचन गराउँछौ भन्न सक्नु पर्दछ ।
राष्ट्रपतिले भारत भ्रमणको क्रममा भारतीय नेताहरुसंग राजनीतिक भेटघाट गरे पनि ती भेटले राजनीतिमा खासै प्रभाव पर्ने देखिन्न । किन कि कसैले भन्दैमा वा सल्लाह दिएर राष्ट्रपति अगाडि बढ्ने अवस्था नै छैन । भारतका राजनीतिज्ञहरुले यही सरकारलाई नै सहमतिको सरकार बनाउँन पहल गर्न र आफूले सक्दो सहयोग गर्ने कुरा उनीसंगको भेटमा भन्न सक्छन् । तर भारतमा भारतीय नेताहरुसंग राष्ट्रपतिको राजनीतिक भेटघाटले नेपालको राजनीतिमा उथलपुथल ल्याउने बाला छैन । राष्ट्रपतिले सहमतिका लागि अन्य दलहरुलाई पनि यही सरकारमा आउ भनेर आह्वान गर्न सक्छन् । अहिले राष्ट्रपतिले दिएको समय सीमा सबै गुज्रिदै गएको अवस्थामा त्यो परिस्थिति सृजना हुन सक्छ ।
कांग्रेसले आफ्नो नेतृत्वको सरकार हुनु पर्ने अडान अगाडि सारे पनि उसले चाहे अनुरुप आफैले सरकार बनाएर अगाडि बढ्छु भनेर एक्लै केही गर्न सक्ने अवस्था छैन । अन्य दलहरुको साथ र  सहयोग विना अहिले कसैले केही गर्न सक्दैन । त्यसैले पनि राजनीतिक सहमतिका आवश्यकता परेको हो ।
आफ्नो नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गराउँन खोज्नुको पछाडि कांग्रेसको खेल एउटै छ त्यो हो राज्यको स्रोत र साधन प्रयोग गरि निर्वाचनमा प्रभाव पार्न सकिन्छ भन्ने सोच उसमा हावी छ । केही सीटमा तल माथि भए पनि सरकारको नेतृत्व भयो भन्दैमा पूरै निर्वाचन आफ्नो अनुकूल बनाउन निकै गाह्रो हुन्छ । संकीर्ण सोचका साथ आफूले निर्वाचन गराएको शाख लिनलाई कांग्रेसले निर्वाचनको सरकार आफैले चाहेको स्पष्ट हुन्छ ।
दलहरुले आफ्नो पकड कति छ भनेर नाडी छाम्दै निर्वाचनमा जान ढिलाढाला गरे पनि निर्वाचनमा नगइकनै सुख छैन । निर्वाचन देखि डराएर भाग्न त दलहरु सक्दैनन् अब । निर्वाचनमा हाम फाल्नै पर्दछ । निर्वाचनमा नगएको खण्डमा उपलब्धी सबै गुम्दै जान्छ ।
अहिलेको संक्रमणकाललाई सामान्यकालमा रुपान्तरण गर्न दलहरु जिम्मेवार देखिनन् । अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको राजनीतिलाई सही अवतरण गराउन त्यति गाह्रो पनि छैन, तर दलहरुले गर्न नचाहँदा समस्या खडा भएको हो । नेपालको समस्या जटिल हुदै होइन जटिल बनाइको छ । दलहरुले चाहेको भए १४ जेठमा संविधान पनि आउन सक्थ्यो ।
अहिले राष्ट्रपतिको भूमिका पनि विवाद परेको छ । राष्ट्रपतिले प्रधानमन्त्रीलाई कामचलाउ भन्नु पर्ने विषय नै थिएन । त्यसरी भन्नु प्रतिपक्ष एमाले  र कांग्रेसको भावनामा अनुरुप थियो । अहिले सहमतिका लागि दलहरुलाई आह्वान गरि समय सीमा दिनु पनि एमाले र कांग्रेस पार्टीकै निर्देशन अनुरुप भएको थियो । दलहरुले नै  राजनीतिक सहमति निकाल्ने हो । राष्ट्रपतिले दलहरुको आसय अनुरुप चल्नु उचित थिएन । पहिले राष्ट्रपतिले राजनीतिक नेता जस्ता भाषण गदै हिडे भने अहिले आफ्नो धरातल बुझ्न थालेको आभास हुन्छ । आफूलाई जे उचित हुन्छ त्यही गर भन्ने र राजनीतिक एजेण्डामा छलफल गरि सहमति नगर्ने दलीय चरित्रले नेपालको राजनीति अप्ठ्यारोमा पर्ने निश्चित छ ।

(भारतका पूर्व राजदूत तथा (त्रिवि) राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालसंग गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित)


 

Last Updated on Saturday, 29 December 2012 11:21

Hits: 888

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क, आदिवासी जनजाति सीमाङ्ककृत समुदायको शङ्का

सरोजमोहन लामा तामाङ

विषय प्रवेश :

पहिलो जनगणना भनेको सामान्य अर्थमा कुनै पनि देशको निर्धारित भौगोलिक सिमानभित्रका कुल मानिसहरुको निश्चित समयको (एकै दिनमा गणना गरिएको) जनसंख्याको विवरणलाई भनिन्छ । दोश्रो वितृत अर्थमा कुनै देशको निर्धारित सीमाभित्र निश्चित समयमा अक्सर बसोबास गरिरहेका व्यक्ति तथा परिवारहरुको जनसांख्यिक, सामाजिक, धार्मिक, लैङ्गिक, भाषिक, सांस्कृतिक, आर्थिक, आदि मानव विकासका सरोकारवाला विषयहरुको विवरणहरुलाई व्यवस्थित रुपमा सङ्कलन गर्ने र तिनीहरुको प्रशोधन तथा विश्लेषण गरी सान्दर्भिक सूचना तथा तथ्याङ्क तयार गरी प्रकाशन गर्ने समग्र प्रक्रियालाई जनगणना भनिन्छ । तर नेपालको यसपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने पहिलो अर्थसँग सामान्य मेल खान सकिन्छ, भने दोश्रो अर्थसँग लगभग बेमेलको अवस्था देखिन्छ ।

नेपालको इतिहासमा जनगणना गर्ने कार्यको औपचारिह प्रारम्भ विक्रम सम्बत् १९६८ (सन् १९११) सालदेखि भएको देखिन्छ । केन्द्रिय तथ्याङ्क विभाले संचालन गर्ने जनगणना विशेषता १०÷१० वर्षको अन्तरालमा गर्ने प्रचलन छ, भने वि.स. १९९८ सालसम्म सामान्य व्यक्ति गणना ज्भबत ऋयगलत का रुपमा मात्र सिमित जनगणनाको प्रक्रिया वि.सं. २००९ सालमा आउदासम्म चाहि जनसंख्या विभागबाट गरिएको देखियो । त्यसैले उक्त सालदेखिको गणनालाई अन्तर्राष्ट्रिय रुपमा तुलनायोग्य आधुनिक वा वैज्ञानिक जनगणना भनी मानिएको देखिन्छ ।
वि.स. २०२८ सालमा संचालित सातौ जनगणनाको लगत प्रशोधनका लागि भने पहिलो पटक कम्प्युटर क्ष्द्यःज्ञद्धण्ज्ञ को प्रयोग गरिएको पाइयो । यसपालको राष्ट्रिय जनगणना, २०६८ ११ औ पटको र एक शताब्दीऔ जनगणना हो भने कम्प्युटर प्रयोग भएको वर्षले ५० औ वर्षपछिको २१ औ शताब्दीको आधुनिक वैज्ञानिक जमनाको जनगणना हो । तर पनि अगिल्लो १० औ वि.सं. २०५८ सालको जनगणनाको विवरणहरुसँग तुलना गर्दा कतिपय सवालमा धेरैनै अमिल्दो तथ्याङ्क भन्दा पनि मिथ्याङ्क जस्तो लाग्ने विवरणहरु देख्न र अनुमान गर्न सकिन्छ ।
यसपालको जनगणनामा “कोही नछुटौ, कोही नदोहोरिऔ, अक्सर बसोबास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔ” भन्ने नारा सहित आधुनिक वैज्ञानिक मेडिफाइड डिजुरे विधिद्घारा जनगणना गरिएको थियो रे । त्यो विधि भनेको के हो ? कस्तो, कसरी, कति उचित र सान्दर्भिक छ ? यो नेपाल जस्तो समावेशी र पहिचानको मुद्दा उठिरहेको वेलामा, त्यस वारे यो पंक्तिकार पनि अनभिज्ञ त हुने नै भयो । तर यो विधिले पनि सबै मानिसलाई गन्ती गर्न सके पनि धेरै आदिवासी जनजाति सीमाङ्ककृत समुदायलाई छुटाउदो रहेछ । जनगणनाको तथ्याङ्कलाई मिथ्याङ्क भनी सिमाङ्ककृत समुदायहरुले विशेष गरी आदिवासी जनजाति र तेश्रो लिङ्कीहरुले गरेको विरोध, धर्ना, ज्ञापनमत्र आदिबाट पनि अनुमान लगाउन सकिन्छ, कि जनगनणा पक्कै त्रुटि मुक्त छैन र उल्लिखित विधि पनि अछुतो छैन । अनि अर्को कुरा २०५८ सालको जनगणना को तथ्याङ्कमा झै ब्रामान, क्षेत्री, आदिवासी जनजाति......भएर “अन्य” को विवरण र शब्द नै नभएबाट त्यो कस्तो विधि रहेछ र कस्तो नियतले, को द्घारा कुन लक्ष्यले त्यसको सफ्टवयर प्रोग्राम बनाएको रहेछ भन्ने सजिलै बुझ्न र अनुमान गर्न सकिन्छ । यदि त्यसो नै हो भन खै त सबैको तथ्याङ्क देखाएको त्यो कम्प्युतरको विधिले ? त्यसमा के सबै जात, जाति, समुदाय देखाउछ ? त्यो विधिसँग अपरिचित कुनै नेपालमा समुदाय वा व्यक्ति नै रहेनछ र त अन्य भन्ने नै उक्त विधिले देखाएन । 
केहि वर्ष अगाडि डा. ओम गुरुको संयोजकत्वमा गठन गरिएको आदिवासी जनजाति पुनः सूचिकरण उच्चस्तरीय कार्यदाल–२०६५ ले अनुशन्धान गरी बुझाएको प्रतिवेदन अनुसार सूचिकृत गर्न सिफारिश गरिएको कुल जम्मा आदिवासी जनजातिहरुको विवरण अनुसार जनसंख्याको विवरण त परैजाओस, त्यो त आजको दिनसम्म पनि वास्तानै नगरेर विचाराधिन अवस्थामानै रहेकोछ भन्ने बुझिएको छ । २०६८ सालको जनगणना गरि सकेको बेलासम्म । आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ अनुसार अनुशन्धान गरी सूचिकृत भईसकेको ५९ वटा आदिवासी जनजातिहरुमा १२ वटा (तीनगाउँले, बाह्रगाउँले, लार्के, सियार, थुदाम, ताङबे, मुगाल, मार्फाली थकाली, सुरेल, वनकरिया, फ्रि, र छैरोतन) जाति नै पो हराएको अवस्था छ । तेश्रोलिङ्गीको त झन् विवरण नै छैन । यो भन्दा हास्यास्पद के हुनसक्छ र ? जब कि पहिचान र समावेशीको यत्रो अंगामा भएको बेला ।
२०५८ को जनगणनाले १०० वटा जातजाति आदिवासी जनजाति रहेको देखाउने अनि तिनै जातजाति आदिवासी जनजाति भित्रनै ५९ वटा आदिवासी आदिवासी जनजाति पर्दछ र उक्त तथ्याङ्क विवरणमा परेको पनि थियो । अनि २०६८ को जनगणनाले चाहि जातजाति आदिवासी जनजाति बढेको देखाई १२५ वटा रहेको भन्दै प्रतिवेदन भने सार्वजनिक गर्ने । तर त्यही प्रतिवेदन भित्र जातिको सूचिमा फेरि १५५ बनाएको देखिन्छ । बिडम्बना १२ वटा आदिवासी जनजातिहरुको भने जनसंख्या नै छैन । यो कस्तो जनगणना ? कस्तो तथ्याङ्कको प्रशोधन होला ?
समस्या र त्रुटी :
कुनैपनि कुरालाई हामीले निरपेक्ष ढंगले सोच्नु गलत हुन्छ । त्यसो हुँदा केही समस्या र त्रुटी २०६८ को जनगणनामा भएको हो, हुनु स्वभाविक पनि हो । तर नियत बस समस्या र त्रुटि देखियो वा देखाईयो त्यसको अनुसन्धान हुन भने बाँकी नै छ । सामान्य रुपको प्राविधिक त्रुटी “ईरर” हो भने त्यो त तथ्याङ्कमा हुनु सामान्य कुरा हो । जस्तो कुनै पनि सानो तिनो अंङ्ककमा वा कम प्रतिशतमा कुनै पनि जाति, भाषा, धर्म, लिङ्ग आदिको विवरणमा बढ्नु वा घट्नु स्वभाविक नै हुन्छ । तर जुन जाति, भाषा, धर्म मान्ने समुदायको जनसंख्या अगिल्लो २०५८ सालको जनगणनामा छुटाएर वा भन्न नजानेर वा गणकले नजानेर वा लापरवाहीले कम भएको वा हराएको थियो, त्यसमा फेरि यो आधुनिक वैज्ञानिक युगको ४० हजार भन्दा बढी तालिम प्राप्त जनशक्ति लगाएर गरेको जनगणनामा घट्नु भनेको चाहि दालमे कुछ कला भनेझै भएको छ । भाषाको सवालमा एउटा उदाहरण राई जाति भित्र कै बान्तवा थर लाई जाति भनिएको छ र उक्त जातिको जनसंख्या ४ हजार ६ सय देखाएको छ । भने सो भाषाको वक्ता संख्या १ लाख ३२ हजार ५ सय ८३ जना देखाईएको छ, त्यो कसरी भयो जनसंख्या भन्दा भाषाको बक्ता धेरै ? अर्को उदाहरण बौद्घ धर्म सम्बन्धमा छ, एक भाषा, एक जाति, एक धर्म, एक देश भन्ने नाराले महत्व पएको वेला वि.स. २००९ (सन् १९५२) साल तिरको जनगणनामा पनि बौद्घ धर्म ८.८ प्रतिशत देखाएको थियो । भने, २०५८ सालको जनगणनामा १०.७४ प्रतिशत देखाईएको थियो तर अहिले २०६८ को जनगणनामा त्यो संख्या घटेर ९ प्रतिशत देखाईएको छ । उता हिन्दु धर्मको भने २०५८ सालमा ८०.६२ देखाईएको विवरण २०६८ सालसम्म आईपुग्दा ८१.३ प्रतिशत देखाईएको छ । जब कि २०५८ सालमा धर्म नै थाहा नभएको जनसंख्यालाई अन्य भन्ने हरफमा राखेर धर्म मान्ने धर्मलम्बीहरु भन्दा अन्य (धर्म नखुलेको) धर्म मान्नेहरुको विवरण धेरै देखाईएको थियो । जुन २०६८ सालको जनगणनामा अन्य भन्ने हरफ नै देखाईएको छैन र त्यो अन्यको संख्या पनि छैन । अनि कसरी बौद्घ धर्म मान्ने समुदाय मात्र घट्यो त ? किन अरु धर्म जस्तै हिन्दु धर्म मान्ने समुदायहरु चाहि घटेन ? धर्म परिवर्तन नै त्यसको कारण मान्ने हो भने पनि बौद्घ धर्म मान्ने समुदाय भन्दा हिन्दु धर्म मान्ने समुदायले बढी धर्म परिवर्तन गरेर क्रिश्चियन भएको धेरै देख्न सकिन्छ । फेरि यो भन्दा अघिल्लो जनगणनामा त हिन्दु धर्म बाहेक अरु धर्म मान्ने समुदायको जनसंख्या त मुश्किलले गणकको तजविजले राखेर अलि अलि भेट्टाएका थिए भन्दा अतियुक्ति नहोला । तर यसपाली त जाति, धर्म, भाषा सम्बन्धमा जनचेतना फैलाउने कार्यक्रम नै चालाएको थियो, सम्बन्धित सरोकारवालाहरुले आफ्नो जाति, धर्म, भाषा सबैले गणकले नसोधे पनि लेख्न लगाउनु भनेर, र पनि किन तथ्याङ्क भने त्यस्तो ?

आदिवासी जनजाति सीमाङ्ककृत समुदायको शङ्का :
कतै राज्यको जुनसुकै संयन्त्रमा हिन्दु धर्म मान्ने समुदायको आधिपत्य भएर आदिवासी जनजातिको १२ वटा जाति नै नदेखाएर, आदिवासी जनजातिको अगिल्लो २०५८ सालको जनगणनामा भएको जनसंख्यामा २ प्रतिशतले झरेको वा घटेको देखाएर फेरि यो देशलाई हिन्दु अधिराज्य बनाउने असफल क्रितिम प्रयास त होइन ? सदियौ देखि सामान्ती अंहकारवादी हिन्दु एक जातिय शाषन लादिएर राज्यको प्रत्येक निकायमा आफ्नो पहुँच र बर्चश्वलाई कायमै राख्न, खाईपाई आएको सुबिधा लुटिन्छ कि भन्ने आशंखले शोषित, उपेक्षित, उत्पीडित, दमित, सिमाङ्ककृत, महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक जाति, धर्म र वर्ग समुदायको राज्यको सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्व, पहुँच र पहिचानलाई नामेट पार्ने षडयन्त्र त होइन ?
निश्चित रुपमा राष्ट्रिय योजन आयोग अन्तर्गतका तथ्याङ्क विभागले जनगणनाका लागि तयार पारिएको संयन्त्र र जनगणना गरिएको तथ्याङ्क नै आधिकारीक हुन्छ किनकी त्यो राज्यको संयन्त्र हो । कसैले कुनै व्यक्तिले त्यो जनगणना मिथ्याङ्क हो भन्ने आधिकारीक हैसियत राख्दैन र त्यसले बैद्यता प्राप्त पनि गर्दैन । यद्यपी फेरि पनि त्यो जनगणना मात्र जनगणनाको लागि नभएर नीति नियम देखि मानव विकास, देश विकास, पूर्वाधार विकास बसै शोषित, उपेक्षित, उत्पीडित, दमित, सिमाङ्ककृत, महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक जाति, धर्म र वर्ग समुदायको विकास गर्नको लागि योजना बनाउने एउटा महत्वपूर्ण कडी हो । भावी योजना, विकास, बजेट विनियोजन र विकास नीति एवं कार्यक्रमका आधारहरु हुन । यदि त्यस्तो महत्वपूण कडी नै सहि भएन भने सबै कुरा सही हुदैन र त्यसको परिणाम पनि सही आउदैन । त्यसो हुँदा क्षनिक रुपमा आधिकारीक संयन्त्रको ध्वास दिई केहि समुदायले जीतको महशुस गरेता पनि देशले सधैसधैको लागि हारको महशुस गरिने छ । र अन्तमा हामी सबै देशबासीले हार्नेछ । यस्तो किसिमको कुरो हो राष्ट्रिय जनगणना भनेको भन्ने थाहा पाउदा पाउदै आदिवासी जनजाति सीमाङ्ककृत समुदायहरुको जनसंख्या कतै नियोजित रुपमा नै कम र थोर देखाएर उनीहरुलाई अल्पमतमा पार्ने पूर्वाग्राही सरकारी संयन्त्रको दीर्घकालीन नीतिहरु त होइन ? हिन्दु धर्मलम्बीहरुभन्दा बाहेक बौद्घ लगायत अन्य धर्मलम्बीहरुको जनसंख्या घटाएर हिन्दुकरण र पहिचान सहितको संघियताको मुद्दालाई कमजोर र विथोल्ने प्रयत्न त होइन कतै ?
सुधारका लागि सुझाब :
तत्काल सुधारमा अब आउने चुनाबको मतदाता नामवली संकलनलाई उपयोग गरेर पनि केही त्रुटीहरुलाई सच्याउन सकिन्छ । भने, आगामी सुधारका लागि शोषित, उपेक्षित, उत्पीडित, दमित, सिमाङ्ककृत, महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसंख्यक जाति, धर्म, संस्कृति, भाषा र वर्ग समुदायको वारेमा स्पष्ट ज्ञान भएको विज्ञ एवं प्राविधिक क्षमता भएको जनशक्ति तथा सोही समुदायको प्रतिनिधित्व सकेसम्म बढी नै हुने गरी फिल्ड कार्य देखि अन्तिम प्रशोधन कार्यसम्म संलग्न गर्ने गराउने । सोही बमोजिमको विस्तृत प्रश्नको प्रश्नवाली तयार पार्ने । जात र जाति विच प्रष्ट रुपमा धारण भएको तथा कुन जात भित्र कति थर अनि कुन जाति भित्र कति जात र त्यसभित्र पनि कति वटा थर हुन्छ भन्ने प्रष्ट जानकारी गराई वा सकेसम्म मानवशास्त्र तथा समाजशास्त्री वा त्यस सम्बन्धि अध्ययन गर्ने विद्यार्थीहरुलाई धेरै भन्दा धेरै फिल्ड कार्यमा प्राथमिकता दिनु पर्ने देखिन्छ । जनगणना संचालनका लागि छुट्टै ऐन, नियमावली तर्जुमा गरी गा.वि.स. को वडा स्तरसम्ममा स्वायत्त जनगणना आयोग स्थापना गरी वडाको जनगणा वडामा नै फाइनल प्रुफ गरी गा.वि.स.मा पठाउने र गा.वि.स.ले जि.वि.स.लाई फाइनल प्रुफ गरी केन्द्रिलाई प्रशोधनको जिम्मा दिने प्रणालीको विकास गर्नुपर्दछ । सोही अनुरुपको तथ्याङ्क प्रशोधनका लागि नयाँ प्रविधिको प्रयोग गरेमा अवश्य पनि कम प्राविधिक त्रुटी “ईरर” हुने थियो होला ।

Last Updated on Saturday, 27 July 2013 22:10

Hits: 4024

रामबहादुर थापा (बादल) र प्रधानमन्त्री

गोरे बहादुर खपांगी मगर

विश्व परिवर्तनशील छ । यसो भन्नुको अर्थ यो धर्तीमा भएका सबैथोक परिवर्तनशील छन् । यहाँसम्मकी यो धर्तीबाट देखिने क्षितिज लगायत सम्पूर्ण खगोल नै परिवर्तनशील छ भने विश्व मानव समाज लगायत नेपाली मानव समाज त्यसमा पनि जातीय आधारमा निर्मित जातपातहरु तिनै जातपात भित्रका बाहुनहरु झनै दु्रत्तर गतिमा ब्राह्मण समाज परिवर्तन भइरहेको कारणबाट आजको नेपालमा एकलौटी सत्ता ओगट्न पुग्दा उनीहरुको हरेक क्षेत्रमा हरेक रङ्गढङ्ग झनै परिवर्तनशील देखिएको छ । यस्तो परिवर्तनशील परिवेशमा क. प्रचण्डजीले कहिले बादल, कहिले झलनाथ खनाल, कहिले भट्टराई, कहिले शुशील कोइराला र कहिले अप्ठ्यारो माने झैं गरी आफ्नै पक्षमा पनि कुनै अदृश्य शक्तिको सहयोग खोजिरहेको अभिव्यक्ति छापा–खाना र कान–कानहरुबाट मैदान पुगिरहेको नेपाली जगतले संकेत पाइरहंदा प्रचण्ड समेत खगोलशास्त्र भित्रकै एकजना प्राणी हुन् भनेर हामी ढुक्क भइदिदा अन्यथा नहोला । म यिनैलाई मध्येनजर राखेर दिल्लीमा सम्पन्न १२ बुंदे सम्झौतापश्चात् वालुवाटारमा सम्पन्न वृहत शान्ति सम्झौता २००६ इस्वी सम्वत पश्चात् तत्कालीन नेकपा माओवादी नेपाली सत्तामा प्रवेश गर्यो । जनताले आफूलाई चाहेवमोजिम माथि लेखिएको राजनीतिक पार्टीबाट प्राप्त हुदैजाला भन्ने लागेको थियो, त्यस्तो हुन सकेन ।

स्पष्ट रुपमा म एकल जातिवादको सत्ता समाप्त होस्, त्यो अदृश्य प्रभुसंग प्रार्थना गरेर मात्र चित्त नबुझाउने मान्छे हुं । तसर्थ, यसलाई व्यवहारिक रुपमै कार्यरुपमै समाप्त गर्ने बाटोमा लाग्दैआएको छु । गल्ती गर्नु पनि मान्छेको काम भएको हुदा मैले पनि यहासम्म आउदा गल्ती गरेको हुनसक्छु र गरेको पनि छु, तथापि शव्दभन्दा काम कुरो नै श्रेयष्कर हुने कुरामा विश्वास राख्दै जातिवाद अन्त्य गर्न जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र संघीय सरकारलाई कार्यनीतिको रुपमा लगभग ३० वर्षअघि एमएस थापाको अध्यक्षतामा निर्मित राष्ट्रिय जनमुक्ति पार्टीले यसलाई जनमुक्ति विधारचाराको रुपमा ग्रहण गर्दै आइरहेको थियो । पुग नपुग एकदशक अघिवाट एमएस थापाको नेतृत्वमा रहेको राष्ट्रिय जनमुक्ति पार्टीले यो विचारधाराको गुदी फालेर खोलमात्रै राष्ट्रिय जनमुक्ति पार्टीलाई ओढाइराखेको देखें । पार्टीभित्र आन्तरिक संघर्ष गर्ने क्रममा एमएस थापा र म (संस्थापक महासचिव राजमुपा) निकै दुरीमा रहन थाल्यौं तथापि दुई वर्ष अगाडि सम्पन्न पार्टीको चौथो राष्ट्रिय महाधिवेशन (कावासोती नवलपरासी) मा सम्पन्न भयो र त्यसमा म पराजित भएं । तथापी पार्टीमै रहने प्रतिवद्धता नवनिर्मित संघीय परिषद् अगाडि प्रतिबद्धता जनाउदा जनाउदै पनि राजमुपाले आफ्ना सम्पूर्ण दैलाहरु मेरो लागि एअर–टाइट रुपमा बन्द गरेर पार्टीले मेरो प्रवेश निषेध गरेको छ । जे भएता पनि नेपालको राजनीतिमा पहिलो शर्त जातीय मुक्ति कै हो भन्नेमा विश्वस्त छु । वर्तमानमा म जसरी बढिरहेको भएता पनि जातीय मुक्तिकै लागि समाजिक–राजनीतिक चिन्तनमा लागिरहेको छु ।

यसरी जातीय मुक्तिको लागि चिन्तनशील अवस्थामा आफुलाई निरन्तर राखिरहदा चिन्तनमात्र नभई यदाकदा चिन्ता पनि हुनजादो रहेछ । हुन त हर्ष वा विष्मात् मान्छेको लागि मात्र हो । यसैलाई मध्येनजर राख्दा अन्धकारमा आफ्नो बाटो हिडिरहेको वटुवाले धूमकेतुको प्रकाश पाउदासमेत लाभ लिन चुक्दैन । कसले के सोच्छ, के भन्छ, के गर्छ त्यसमा ज्यादै अलमलिएर खराब असर केलाई राख्नुभन्दा आफूलाई असल लाग्ने कार्य गर्दै रहनु उत्तम छ । यही शिलशिलामा राज्यको एउटा अङ्ग जो सर्वथा स्थायी हो, त्यसमा कुवेरसिंह राना प्रमुख हुनजादा समेत मेरो जातीय मुक्तिको निरन्तर चिन्तनमा धुमकेतुको रुपमा पाउछु l यो मेरो अनुभुति हो ।

यो स्टाटस प्रारम्भमा थोरै भए पनि नेकपा माओवादीको चर्चा गरेको छु । हाल एकीकृत नेकपा (माओवादी) मा रुपान्तरित भएपश्चात् धेरै उथलपुथल नेपाली राजनीतिमा आए, आउदैछन् । यस क्रममा त्यस पार्टीका तत्कालीन नेता मोहन वैद्य (किरण) ले पार्टीका महासचिव रामबहादुर थापा (वादल) को तस्वीर अंङ्कित तासको एक्कामा देखाउदा ममा अर्को अर्थ नलागेमा बादलको तस्वीरले नेपाली प्रधानमन्त्रीको संकेत गर्दा धुमकेतुको आभाष भएको थियो । लामो समयपश्चात पुनः केन्द्रीय सत्ताको लागि किन हो किन एनेकपा (माओवादी) अध्यक्षले नेकपा–माओवादीका महासचिव रामवहादुर थापा (वादल) लाई पूर्ण सहमतीय अर्थात् बहुमतीय प्रधानमन्त्रीको चर्चा चलाउदा मेरो लागि पुनः धुमकेतुको रुपमा बादल देखापर्नु भएको छ । प्रधानमन्त्रीको पद लिने, दिने र दिलाउनेमा सर्वोपरी भूमिका बादल स्वयम् र उहां रहनु भएको राजनीतिक पार्टीकै रहनेछ । यसमा हृद्य साक्षी राखिनु अपरिहार्य छ ।

एकल जातीवादी सत्ता समाप्त गर्नको लागि लागिपरेको यो खपाङ्गीले जातीय रुपमा रामवहादुर थापा (बादल) र क. पुष्पकमल दाहाल (प्रचण्ड) बीचको अन्तरसंघर्षको स्वरुप जातीय वा वर्गीय के देखेको वा अनुभव गरेको हुनसक्छ ? यतातिर यसलाइ केलाउन मसंग यसवेला यथेष्ट समय पक्कै छैन, र यसलाई तर्क बितर्क भित्र राखेर खगोलशास्त्रको नियम विपरित कहिल्यै देखा नपर्ने धुमकेतु बनाएर दोष लिन चाहन्न पनि, हुन त मेरो औकातले प्रचण्ड र बादलबीचको अन्तर सम्बन्धलाई निर्णयको त कुरै छोडौ, सामान्य प्रभाव पनि पार्छ होलाजस्तो लाग्दैन ।

प्रधानमन्त्री हुन पद मात्र यथेष्ट होइन त्यसको लागि ठाउं, स्थान वा भनौ विरासतको पनि अपरिहार्यता यदा–कदा हुनजान्छ । नेकपा–माओवादीमा रामबहादुर थापा (बादल) ले प्राप्त गर्दैआएको पदको हैसियतमात्र प्रधानमन्त्री हुन निश्चय पनि प्रयाप्त छैन, तसर्थ अब म रामवहादुर थापाको नेकपा–माओवादीभित्र रहेका पदहरुसंगको सम्बन्धमा मात्र सीमित नरहेर केही अगाडि बढ्न चाहान्छु ।

नेपालको सन्दर्भमा बाहुनहरु आफ्नो ठाउबाट अगाडि बढिनै रहे, बढ्दैछन् र बढिरहने छन् । बाहुनको तुलनामा मगरहरु बढेनन् यद्यपि इतिहासले मगरलाइ यो देशको आदिवासी पनि करार गर्यो । हुन त मगर नेपालको आदिवासी हुनुअगावै यसले मगर जातिको रुप ग्रहण गरिसकेको थियो । मगर भएकै कारणबाट मलाई लाग्छ रामबहादुर थापा (बादल) नेकपा–माओवादीमा महासचिवको पद ओगट्न सफल भए । पार्टी र सिंहदरबार नितान्त फरक फरक चरित्र बोक्ने भएको कारणवाट सिंहदरवारमा पद (प्रधानमन्त्री) को ओगट्न पार्टीभन्दा फरकै छ । यो पदले आफैंले पनि धेरै स्यालाइन्ट फिचर बोकेको छ । उसैगरी यो पदमा आसिन हुने व्यक्तिसंग पनि धेरै विशेषता (स्यालाइन्ट फिचर) हुन आवश्यक छ । बाहुनहरु अगाडि हिडिरहेकै कारणबाट आज उनीहरु सिंहदरवारमा प्राप्त हुने पदको लागि लाइन्मा छन् । एकपछि अर्को बाहुनै हुन्छन् । रामबहादुर थापा (बादल) मगर जाति हुनुभएको कारणले उहाँ व्यक्तिगत रुपमा उठ्नुमात्र नभई जाग्नु पनि भएको छ । मेरो लगभग ४० वर्षको अवधि यही मगर जातिको समाजलाई उठाउनेमा लागेको छ । मलाई लाग्छ यो समाज उठ्दैछ तर जागिसकेको छैन । यो समाजको यूवाजगत जुन दिन जाग्ने छ त्यो दिन सिंहदरवारको मालिक पनि वन्ने भन्नेमा रत्तिभर शंका छैन । वादलजीले बुझ्नु पर्ने हो । यसो त म अर्ती उपदेश उहालाई दिएर पण्डित पनि बन्न चाहन्न । साच्चै भन्ने होभने यो अर्ती उपदेश उहांको लागि नभई मगर समाज र मगर जातिको लागि हो ।

बादलजीसंग त्यो पद प्राप्त गर्नको लागि धेरै विशेषताहरु छन् । पहिलो उहांको जातीय बिरासत आधुनिक नेपालको निर्माणमा मगर जातिको भुमिका अविष्मरणीय छ । यो जातिले विश्वका महान युद्धहरुमा देखाएको महत्वपूर्ण भुमिका पनि हो । नेपालको राष्ट्रिय जनगणनामा यसको संख्या अतुलनीय मात्र नभई नेपालको हरेक भूभागमा यसको बसोवासले सामरिक महत्व पनि राख्दछ, अनि फेरि नेपालको जनजातीय राजनीतिमा अग्रगामी भूमिका रहेको छ, आदि इत्यादी । नेपालको सन्दर्भमा ४०∞ को हाराहारीमा रहेका जनजातिहरुसंग मगर सापेक्षित छ । यो अवस्थामा रहेको रामवहादुर थापा (वादल) लाई निकट भविष्यमा रिक्त हुने प्रधानमन्त्रीको पदमा आसीन गराउन नेपाली काङ्ग्रेस, नेकपा (एमाले) दुईओटा माओवादी पार्टीहरु र बृहत मधेसी मोर्चालाइ अप्ठ्यारो नपर्नुपर्ने हो र ती पार्टी तथा मोर्चामा रहेका आदिवासी जनजाति तथा अन्य संख्याले रामबहादुर थापा (बादल) लाई प्रधानमन्त्रीको पदमा आसीन गराउन बाधकको भूमिका नखेलिदेलान् भन्ने ममा विश्वास छ । यसले नेपालको राजनीतिक धर्तीमा नौलो सूर्यको उदय हुनेछ ।

 

Last Updated on Tuesday, 29 January 2013 19:09

Hits: 1654

निष्ठाका धनी स्व. भिम बहादुर तमाङ्गबारे मेरा केहि स्मरणहरु

स्व. भिम बहादुर तमाङ्गको पार्थिव शरिर अग्नि समर्पण पश्चात घर पूग्दा समेत किन हो किन वहाँ हाम्रो विच हुन हुन्न जस्तो लाग्दै लागेन, तैपनि मानव जिवनको कटु यर्थाथलाई स्विकार गर्दै स्व. भिम बहादुर तमाङ्ग ज्युसंग विताएका महत्वपुर्ण क्षण र कुराकानी गरेका प्रत्येक प्रसंग आँखा सामु झलझली फ्ल्यासब्याक जस्तो गरी आउन थाल्यो, समय वित्दै जाँदा मस्तिषकबाट विलिन हुन सक्ने हुदा स्मरणमा रहेका धरोहरलाई लिपीबद्ध गर्ने इच्छले कलम उठाए र लेख्न थाले । लगभग २ वर्ष जति भयो होला वँहाको आदर्श विचार र जिवनशैली सम्पुर्ण नेपाली जनता समक्ष आउनु पर्छ भनी जिवनी लेख्ने कुरा गरेँ । वँहाले भैरव विशालज्यु एवं कनक मनी दिक्षीतज्युद्धारा लेख्ने भन्नु भएको हुनाले हालको लागि चाहि अमरबाबु तपाइको अनुरोध स्वीकार्न सकिन्न भन्नु भयो, थाहा छैन वँहाको जिवनकथाको लेखन कँहासम्म पुगेको छ ? स्व. भिम बहादुर तमाङ्गज्युसंग मेरो परिचय २०४८ सालको चुनावमा वँहा मेरो पैतृकस्थल दोलखा, डाँडाखर्क हिले टोल पुग्ने बेला भएको थियो । २००७ सालको क्रान्तिमा मेरो महीला बुवा रिकमान मोक्तानको सहादत, मेरो साहिला बुबा ललितमान डा. के.आई. सिंह संग नजिक भई कार्य गरेका तथा मेरो बुबा खड्ग बहादुर मोक्तान प्रवास (कलकत्ता) मा रहेर निरकुंशता विरुद्ध आवाज उठाउने कार्य गर्नुहुन्थ्यो , सायद त्यहि कारणले हुनपर्छ स्व. भिम बहादुर तमाङ्ग ज्यु हाम्रो घरमा वास बस्ने इच्छा गर्नुभयो, वास बसेकै रात हाम्रो दुई विच विभिन्न विषयमा चर्चा परिचर्चा भयो । वँहाको सादा जिवन, उच्च विचारबाट म साह्रै प्रभावित भए, त्यो चुनावमा वँहाले पराजय बेर्होनु भयो त्यस पश्चात वहाँसँग नियमीत नभए पनी समय समयमा भेटघाट हुने हामी दूई विच एक प्रकारको राम्रो अन्तरंगता थियो । २०५१ सालको चूनावमा वहाँ विजयी हुनु भई गिरीजा प्रसाद कोइराला नेतृत्वको सरकारमा वहाँ न्याय तथा कानून मंत्रि बन्नुभयो । वहाँ कानून मंत्रि भएको वेला एक पटक मन्त्रालय एक पटक मंत्रि निवासमा गएर भेटेको थिए ।
 
वहाँसँग भेट हुँदा वहाँले सधै ज्ञानबर्दक कुराकानीका दौरान जहिले पनि २०१५ सालमा ‘पूर्ण वहुमत प्राप्त वि.पी कोइराला मंत्रिमंडल जस्तो समावेशी मंत्रिमंण्डल अहिलेसम्म नवनेको कुरा बताउने गर्दथे । २०१६ जेष्ठ १३ गते वि.पी नेतृत्वमा गठित मंत्रिमंण्डलमा हिमाल, पहाड, तराईको अनौठो संगम थियो । मध्य क्षेत्रबाट गणेश मान सिंह, पश्चिम तराई पर्शु नारायण चौधरी, लिम्बुवान क्षेत्रबाट पै्रमराज आंगदम्बे, मध्य पश्चिमबाट भिम बहादुर गुरुगं, जमानसिंह गुरुङ्ग, हिमाली क्षेत्र योगेन्द्र मान शेरचन, खम्बुवान क्षेत्रबाट देवान सिंह राई, पुर्वी तराईबाट सुर्यनाथ दास यादबलाई मन्त्री बनाएका थिए । अहिलेका वर्तमान नेताहरु मुखले मात्र समावेशीका कुरा गर्दछन् हृदयमा असमावेशी चरित्र बोकेकाहरु आज नेपालका ठुला भनाउदा नेता बनेका छन् भनी सुनाउनु हुन्थ्यो । वि.पीले विलासीता र परिवारवादबाट कति टाढा हुनुहुन्थ्यो भन्ने बारे वि.पीको भनाई , मानिसलाई २ जोर लुगा भए भइहाल्छ नी, किन चाह्यो दर्जनौ थरी थरीका लुगा? एक जोर लुगा दुइ तीन दिनसम्म लगाउने त्यो फोहोर भए पछि अर्को जोर लुगा लगाउने । लुगाको काम शरिर ढाक्नु हो, धेरै लुगा र धेरै मुल्यका लुगाको इच्छाले विलासीता जन्माउछ क्रमशm विलासीता बढ्दै गए पछि मानिसद्धारा त्यसको परिपुर्ती गर्न भ्रष्टाचारको दलदलमा फस्न पुग्छ । वि.पी परिवारवाद मोहबाट टाहा र त्यस प्रति कति साजग थिए भन्ने विषयमो वि.पीद्धारा तारिणी प्रसाद कोइरालालाई स्वकिय सचिव नियूक्ती कांग्रेस वृतमा प्रति असहमती स्वर सुनेर तत्कालै तारीणीलाई तत्कालै पदबाट हटाएको सुनाए । पार्टी र नितीमा विचलनको अन्त गर्न जस्तै सुकै अाँट र त्याग गर्न सकने क्षमता वि.पीमा थियो भन्नुभयो । आजभोली हाम्रा नेता राष्ट्रको नभई आप्mनाको मात्रै सहयोग गर्ने प्रवृतिले गर्दा देश भष्ट्राचारको भूमरीमा फस्दै गएको हो ।
समयले आफ्नो वाटो तय गर्दै गयो भेट घाट पहिले जस्तै एक दुई महिनाको अन्तरालमा हुने गर्दथ्यो । कहिले काही अचानक कुशल मंगलको जानकारी सोध्न वहाँले फोन गर्नुहुन्थ्यो म असमन्जसमा पर्ने गर्थे तपाई के गर्दै हुनुहुन्छ तपाई कहाँ हुनुहुन्छ भनी वहाँद्धारा म प्रति देखाएको स्नेह एंव आत्मियता देखेर म भाव विहवल हुने गदर्थे । वहाँ संग भेट्न जाँदा हमेशा आफ्नो निकट वसाउनु र अमर बाबू भनी सम्बोधन अपार प्रेम महसुस गर्ने गर्थे । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न वहाँ चूक्नू हुन्थेन, छलकपट विचारलाई वहाँले कहिले पनि प्रश्रय दिनु भएन । वहाँको निस्कपट व्यवहारले मेरो हृदयमा क्रमशः उच्च स्थान  बनाउन सफल भयो, कहिले काही केही विषयमा वहाँसंग मेरो मत भिन्नता नभएको होइन, त्यसलाई कहिले पनि प्रतिष्ठा को विषय नवनाउनु पुनः भेट हुँदा वहाँको र मेरो सम्बन्ध सौहार्दपूर्ण हुने गर्दथ्यो ।
माओवादीद्धारा शुरु गरिएको जनयुद्ध वारे भिम बहादुरज्यु भन्नुहुन्थ्यो, माओवादीले शुरुवात गरेको हिसांको ताण्डवले वहाँले पनि माओवादीद्धारा आफ्नो लक्षको प्राप्ति गर्न सक्दैन, सारा विश्वलाई अहिसांको पाठ सिकाउने गौतम बुद्धको देशमा माओवादीको निती गलत प्रमाणित हुनेछ । उनीहरु शान्तिको निम्ती मूलघारको बाटो अंगाल्नै पर्छ । माओवादि जनयुद्द कालमा भएको नरसंहार भन्दा हजारौ गुना नरसंहार कलिङ्ग युद्दमा भएको थियो । सैन्य शक्तिको घमण्डले चूर सम्राट अशंोक आप्mनो सैनिकद्धारा प्रर्दशींत गरिएको साहसपूर्ण रणकौशल प्रदर्शनको अवलोकन कलिगंको गर्न रणक्षेत्रमा पुग्दा त्याहाँको काहाली लाग्दो दृश्य, काही कसैमा हात काटीएका कसैको अर्घरुपमा गला सेरीएका हृदय विदारक दृश्य जहाँ हेरयो रगतको खोला वगेको छ, अङ्गभङ्ग भएको सैनिकको चित्कार, युद्धको भयावह दृश्य देखेर सम्राट अशोकको विजय प्रतिको घमण्ड घिक्कारमा परिणत भयो, मानवले मानवलाई दिर्यता पूर्वक हत्या गरेर विजय हुने परम्पराको अन्त हुनु पर्दछ, हिसाग्रस्त हृद्धयलाई अहिसां पथ अपनाउनु बाध्य वनाउनु वास्तविक विजय हो भनी, अशोकको निदर्यी हृदयमा परिवर्तन आयो, शान्ति र अहिसांको पथ नै उत्तम भन्दै बुद्ध धर्म अंगाली भीक्षु वनेर अहिंसा विरुद्धको अभियानमा लडें र बुद्धधर्मलाई राजधर्मको स्थान दिए । बुद्धले वौद्ध दर्शनलाई जन्म दिएता पनी सम्राट अशोकद्धारा आफ्नो पुत्र, पुत्रीलाई बुद्ध दर्शनको अहिसा पथको प्रचार गर्न नपठाएको भए सम्भवतः बुद्ध धर्मदर्शनको सार शब्द अहिंसाले विशवव्यापी रुपमा यत्रो ढुला व्यापकता पाउदैनथ्यो होला भन्नु हुन्थ्यो । त्यसै प्रसङ्गसँगै छिमेकी राष्ट्र भारतको महात सपूत गाँधीको चर्चा अवश्य नै गर्नु हुन्थ्यो एकै लुगामा लपेटीएका अर्धनग्न गाँधीले अंगे्रज जस्को शासनमा कलिे पनि सूर्य अस्त हुदैनथ्यो त्यस्तो शत्तिशाली अंग्रेजलाई अहिंसावादी आन्दोलद्धारा चूनौति दिने साहस गरे, गाँधीको अहिंसात्मक आन्दोलनले भारत कहिले पनि आजाद हुन सक्दैन र अहिंसावादी विचार प्रति असहमति राख्ने कांगे्रस भित्र नै असंख्य नेताहरु थिए, सुभाष चन्द्रवोस, चन्द्र शेखर आजाद, भगत सिंह लगाएतका कांगे्रस गरम दलका सदस्यहरु थिए । निल खेती गराउदा कृषकहरु माथी गरीएको अन्याय अत्याचार र शोषण विरुद्ध पश्चिम चम्पारणवाट शुरु गरिएका सामान्य देखीने अहिंसात्मक आन्दोलन पछी गएर अंगे्रज भारत छोडमा परिणत भयो । अहिंसात्मक आन्दोलनको अगाडी अंग्रेज झुक्न वाध्य हुन् । त्यस कारण अमर बाबू, माओवादीले रोजेको पथ गलत हो । त्यो गलत पथको हिंसाको पथ त्यागी प्रायश्चित गर्न एक न एक दिन माओवादी मूलघारमा आउनै पर्छ, स्व. भिम वाहादुरज्यूले दिनु भएको भविष्यवाणी सत्यतामा परिणत भएको नेपाली जनताको सामु छ । संविधान सभाको चूनावमा वहाँले दोलखा १ नम्वर वार टिकट प्राप्त गर्नुभयो, वहाँको नाम घोषणा समाचार पत्रमा पढेर वहाँलाई फोन गर्दा वहाँ त्यस समय दोलखा हिडी सक्नुभएको रहेछ । वहाँ मूडे पुग्नु भएको र पछी आएर भेट गर्ने कुरा सुनाए । पछी काठमान्डौंमा वहाँसँग भेट हुँदा मैले वहाँलाई भने कांगे्रसको लागी होइन तपाईको लागी स्वतंत्र रुपमा प्रचार गर्ने छु । तपाईलाई केही भन्नु छ भन्दा वहाँले सहर्ष स्विकार गर्नुभयो । जे होस वहाँलाई संविधान सभामा पूर्याउन कोशीस गरीयो तर जित पक्का भए पनि जित हारमा परिणत भयो, संविधान सभा चुनावमा भीम बहादुरजीको हारलाई दोलखा बासीको नाताले यहि मात्र भन्न सक्छु जे भयो ठिकै भयो । नेपाली जनताले संविधान सभाको के हैसियत भयो नेपाली जनतासामु छर्लङ्ग छ । आखिर त्यो संविधान सभाका के हैसियत भयो । तसर्थ उपलब्धी विहिन संविधान सभामा भिमवाहादुर जस्ता महान व्यक्तिको अनुपस्थित वहाँको सम्मान सुरक्षित राख्न इश्वरद्धारा तै गरिएको जस्तो लागेको छ । संविधानको चूनावमा हारलाई सहर्ष स्विकार गर्दै स्व. भिम वाहादुर राष्ट्र र दोलखा जिल्ला प्रति समर्पीत भएर लागे ।
कांगे्रसको महाकुम्भ बाह्रौं महाधिवेशनमा कांगे्रसको सभापति पदमा एक सामान्य व्यत्तिले पनी उम्मेदवारी दिन सक्छ भनी प्रेरणा प्रदान गर्न वहाँ कांगे्रसका भिमकाय प्रत्यासी सुशील कोइराला र शेर वाहादुर जस्तासंग भिड्न प्रत्यासी वने । वहाँले सभापनि चूनावमा मात्र ७८ मत प्राप्त गर्नुभयो । ७८ भोट प्राप्त गरि कांगे्रसीहरुको दृष्टिमा पराजित भएका भिम बहादुको कद तथा प्रतिष्ठा नेपाली जनता समक्ष सभापति चुनावमा प्रस्फुटीत भएको हो । सुशील कोइरालाले धेरै मत पाएर सभापति चुनाव जिते सुशील भन्दा थोरै भोट ल्याएर शेर बहादुर दम्भित भएता पनि ७८ शक्तिशाली योद्धाका मत पाएका भिम बहादुर तामाङ्ग हमेशाका लागि नेपाली जनताको हृदयमा जीत हासिल गर्न सफल हुनु भयो । भीम बहादुर तामाङ्ग पराजित भएर पनि विजयी भए, शुशील कोइराला सभापती चुनावमा विजय भएतापनि ७८ शक्तिशाली योद्धाका भोट पाएका भिम बहादुर हमेशाका लागि नेपाली जनताका हृदयमा जीत हासिल गर्नमा सफल हुनु भयो । संचार माध्यममा भिम बहादुरको कद अगाडि शुशील, शेर बहादुर प्रभिश्पर्धामा कहि पनि देखिएन, शुशीलले त जिते तर कांग्रेसको हार भयो र कांग्रेसको हारको सीलसीला लगातार जारी रहेको नेपाली जनताले स्पष्ट रुपमा अनुभुती गरीरहेका छन् । भिम बहादुरले प्राप्त गरेको ७८ मत कांग्रेस अधिवेशनबाट खारीएका, जुझारु समावेशी सदस्य चयन भएको भन्ने कुराको उपहास भएको थियो । निति र सिद्धान्त विपरीत दासत्वको बोझमा दबिएका कार्यकर्ताहरुको भिड बनेको छ कांग्रेस पार्टि, सभापति चुनावमा भिम बहादुर ज्यु, रविन्द्रनाथ ठाकुरको एक कविता जस्तै, “यदि तिम्रो आह्वानमा कोहि नआए एक्लै हिड है” भिम बहादुर ज्यु सिदान्त र निष्ठाको झण्डा एक्लै बोकेर हिड्नु भयो । सभापति चुनावमा भिम बहादुरको आदर्श र  निष्ठाको झण्डा उच्च राख्न त्यहि सानो प्रयास मैले पनि गरेकोमा आफैलाई धन्य ठानेको छु ।
वि.पी. को अवसान, र कांगे्रसमा निती र सिद्धान्तको विचलन प्रति हमेशा चिन्ता व्यक्त गर्नु हुन्थ्यो, कुरा कानीको क्रममा कहिले काही कांग्रेसीहरुद्धारा निती र सिद्धान्त विपरितको आचरण प्रति कटाक्ष गर्दा  स्विकार गर्दै भन्नु हुन्थ्यो वि.पीले यस्तो कांग्रेसीको कल्पना कहिले पनि गर्नु भएको थिएन, वि.पी जस्ता आदर्शवादीद्धारा निमार्ण गरिएको पार्टी किन पथ भष्ट्र भयो होला भनी हमेशा दुख प्रकट गर्ने गदर्थे । स्व. भिम वाहादुर तामाङ्ग आदर्शवादी नेता मात्र होइन वहाँ सर्वगुण सम्पन्न ज्ञानका भण्डार थिए, विश्व साहित्य, विश्व इतिहास, विश्व राजनीति, विश्व सिनेमा जस्तो विषयमा घारा प्रवाह प्रवचन दिन सक्ने सामर्थवान व्यक्तित्व थिए । एक दिन वहाँले कुराकानीको प्रसङ्गमा नेपाली फिल्म वारे भन्नुभयो, नेपालका कुनै फिल्म निर्माताले प्रिमीयर शो को महुरतमा वहाँलाई वोलाएका रहेछन् र नेपाली फिल्म वारे केही शब्द बोल्न आग्रह गर्दा वहाँले त्याहाँ भन्नु भयो नेपाली फिल्मकारहरुले धेरै टाढा जानु परेन राम्रो फिल्मको निर्माण गर्न छिमेकी वगांलका चर्चीत फिल्मकार सत्यजित रायको फिल्म हेर्न आग्रह गरे, कतिपयले त सत्यजित रायको नामै सुनेका रहेनछन् । वहाँले त्यस कार्यक््रmममा भन्नुभयो वम्बइया मसाला सिनेमाको अनुसरण नगरि ब्लैक एण्ड व्हाइट कम खर्चमा तैयार भएका कालजयी सिनेमा, पथेरपांचाली, अमृत कुम्भेर सन्घाने जस्ता उच्च कोटीका अस्कर अवार्ढ विजेता फिल्मको कलात्मक पक्षवारे घारा प्रवाह वोलेको कुरा सुनाउनु भयो । साहित्य वारे कुरा गर्दा वि.पी कोइराला, भूपी शेरचन, शेंक्सपीयर, पारिजात जस्ता महान् साहित्यकारका पूस्तक वारे चर्चा गर्नु हुन्थ्यो ।
दोलखा जिल्लाको महत्वपूर्ण अपर तामाकोशी परियोजनालाई सफल बनाउन अभियानमा स्व. भिम बहादुर ज्यूको योगदान अविश्मरणीय छ । वहाँ वारम्वार भन्नु हुन्थ्यो अपर तामाकोशी जलविद्युत आयोजनाको सफलताका साथ सम्पन्न गर्नु भनेको दोलखा मात्र नभई राष्ट्र लाभान्वित हुनेछ । अपर तामाकोशीको सफलता भनेको नेपाली कसै दाताको दानको आसमा नभई आप्mनो जलश्रोतको आफै मालीक बन्ने छन् । त्यसको सफलता दोलखा जिल्ला अन्य जिल्लाको निमीत्त उदाहरणीये सौभाग्यशाली जिल्ला वन्ने छ । दोलखा जिल्लाको विकाश दोलखाली जनतालाई अपार माया गर्ने स्व. भिम बहादुरलाई दुर्भाग्य दोलखेली जनताले सकेनन् । स्व भिम बहादुर तामाङ्ग भौतिक रुपमा हामी माझ हुनु हुन्न । वहाँको १०% पनि दोलखा वासीले अनुशरण तर्पmबाट गर्न सके अन्य जिल्लाको निम्ती उदाहरण बन्न सक्नेछ ।
स्व भिम बहादुरज्यूसँग भेट मेरो अन्तिम मरै छोरा विश्व दिपको कारणले सम्भव भएको हो । छोराले जहिले पनि भिम बहादुरज्युको अटोग्राफ चाहियो कहिले भेट्न जाने भनी जीद्दी गर्ने गर्दथ्यो, काठमाडँौ को ब्यस्त जिवन यस्तै त हो काम नभए पनि फुर्सद नहुने जस्तो अन्ततः धेरै जिद्दि गरेपछि मिति २०६९/०५/३० गते बिहान वहाँको घर पुग्दा कार्यकर्ता माझ घेरिएर बस्नुभएको मलाई  देख्नासाथ चिरपरिचत भावमा आप्mनो निकट बस्ने आग्रह गर्दैै भन्नु भयो, अमर बाबु आज त छोरा पनि ल्यानु भएछ, विश्वदिपले अटोग्राफ लिने विषयमा बताए, वँहाले हुन्छ भन्नु भयो र वँहाको चिरपुरातन स्वागतको शैली रातो चिया आफै बनाएर दिनु भयो, केहि समय देशका समसमायिक विषयमा चर्चा गरियो, वँहा आफैले छोरासंग अटोग्राफ डायरी माग्नु भयो । ओछ्यान नजिकैको ड्रयरबाट फोटो निकालेर आर्शिवाद रुपी प्रेरणदायी शब्द लेख्नु पश्चात फोटो टासी हस्ताक्षर गरी अटोडायरी छोरा विश्वदिपलाई दिनु भयो । वँहाले अटोग्राफ लेख्ने बेला त्यहा भेला भएका हरुसंग कुराकानीमा व्यस्त रह्यो तर भिम बहादुर ज्यु एकाग्रतापुर्वक अटोग्राफमा शब्द को¥दै गरेको दृश्य अहिले पनि सम्झिने गर्दछु । केहि समय पश्चात विदा हुने समय आयो , वँहा बाहिर सम्म हामीलाई छोड्नु आउनु भयो, मैले वँहालाई लखनौवी चिकेन विरीयानी खानको लागि निमन्त्रणा दिए, वँहाले भन्नुभयो, अमर बाबु छिटै बोलाउनुस विरीयानी खान, कलकत्ताको मुस्लीमको होटलमा खाएको विरीयानीको स्वाद अहिले सम्म विर्सन सकेको छैन , भन्नु भयो । हामी विदा भयौं, के थाहा की यो भेट हामी र भिम बहादुर ज्यु को अन्तिम भेट थियो । घर पुगी अटोमा उत्सुक्ता पुर्वक अटोग्राफ खोलेर हे¥यौ, वँहाले अति राम्रो शैलीमा छोटो तर धेरै ठुलो शन्देस लेख्नु भएको रहेछ । अटोग्राफमा लेखिएका शब्दले वँहा नेपाली भाषामा कति दखल राख्नु हुनुहुन्थ्यो भनेर दर्शाउछ । अटोग्राफमा लेखिएका हुबहु शब्द यस प्रकार छन् , 
        “विश्वदिप मोक्तान, सुपुत्र अमरदिप मोत्तान, भेट्न संयोग पाउदा आशा लाग्यो एउटा भविष्यको नँया पुस्ता उदय भएको देख्दा । ११औ तहमा पढ्ने नँया किशोर अवस्थाबाट तरुण अवस्था हुदै परिपक्व व्यक्तित्व निर्माण गर्न विश्वदिपले अध्ययन आधार भएकोले त्यतातिर लगनशील हुनु मेरो पहिलो शर्त हो ।
           जिवन फुल हो तर वृक्ष भएर पनि फल्ने अवस्था हुन्जेल अध्ययन चिन्तन मननको भावना जाग्नु खाने कुरा जस्तै अपरिहार्य हुन्छ । ”
 त्यसैले अमरदिपको छोरा विश्वदिप एउटा सबल, ससक्त र विद्धान होस् भन्ने अभ्यान्तरको कामना साथै यो अटो अर्थात् हस्तलेखन समर्पण गर्दछु । ”
                 – भिम बहादुर तमाङ्ग, झुले–७, दोलखा, नेपाल
मितिः २०६९/०५/३० शनिबार

अटोमा भिम बहादुर ज्युद्धारा व्यक्त गरिएको भावना र भाषा शैलीमा महानता झल्किने दस्तावेज सम्झी यो अटो लेख्न छुट्याउन सकिन्न । दशैताका वँहालाई कुनै दिन खानाको लागि निमन्त्रणा दिने सोच बनाएको थिए, चाडबाडको बेला वँहाका आफ्ना इष्टमित्रले बोलाउने छन् र आफ्ना परिवारहरुसंग भेटघाट गर्ने अवसरमा व्यवधान गर्नु हुदैन जस्तो लागी पछि निमन्त्रणा गरीन । तिहारमा बहिनीको हातको टिका लगाउनु झुले जानु हुन्छ भन्ने थाहा थियो तयसकारण तिहारमा बोलाइएन, दशै तिहार सकियो मंसिर १२ गते लगभग ९ बजे तिर महाराजगंज, चक्रपथबाट भिम बहादुर ज्युलाई मोबाइलमा फोन गरेर वँहाको स्वास्थ्य बारे जानकारी लिए, स्वास्थ्य ठिकै छ भनेर जवाफ दिनु भयो र खाना खाने समय निर्धारण गर्न परयो भन्दा वँहाले भन्नु भयो, अमर बाबु म यो हप्ता व्यस्त छु, आउने हप्ता बोलाउनु होस् न ! म आइहाल्छु । मैले फोन गर्दा म बसेको स्थान नजिकै मण्डिखाटारमा हुनुहुँदो रहेछ, यस समय महाराजन्ज चक्रपथमा भएको हुनाले वँहासंग त्यस दिन भेट भएन, त्यस दिन यदि म कोठामा भएको भए केहि क्षण वँहाको सानिध्य र आत्मियताको अन्तिम उपहार प्राप्त गर्ने अवसर पाउने थिए, यसलाई मैले आफ्नो जिवनको सबै भन्दा ठुलो दुर्भाग्य ठानेको छु । शनिवार विहान ८ बजे दोलखाबाट भतीज विकास मोक्तानले टेलिभिजन फ्ल्यास न्युजमा भिम बहादुर ज्युको निधनको समाचार बारे जानकारी लिदा केहि क्षणको लागि म निशब्द भएँ , हतार हतार मेरो गाँउले भाइ नारायण थापालाई फोन गरेर सोधे, दाई कुरा सत्य हो भन्दा म शब्दविहिन र स्तब्ध भएँ । वँहालाई चिकेन विरीयानीद्धारा स्वागत गर्ने र वँहाको सानीध्यमा बसी धेरै कुरा गर्ने मेरो इच्छा अधुरो नै रह्यो र अब कहिले पनि सम्भव हुने सम्भावना छैन ?
 स्व. भिम ब. तामाङ्गको मृत्युको पश्चात धेरै भावानात्मक शब्दको ओइरो लागेको छ, वँहाको जिवनबाट प्रेरणा लिनु पर्ने भनी भाषण छाटिएका छन् तर भिम बहादुरको आदर्शलाई जिवन्त राख्नु पर्ने तर्फ कसैको ध्यान केन्द्रित देखिएन । विश्वका महान् हस्ती महात्मा बुद्ध, जीजस, गान्धी, कार्ल माक्स, ओशोको मृत्यु पश्चातनै उनको महत्व बुझियो, वँहाहरुको विचारहरुलाई व्यापकता प्रदान गर्न प्रयत्न गरेको फलस्वरुप आज ती विचार र दर्शन् विश्व सामु जिवित छन् । भिम बहादुरको आदर्श जिवन, निष्ठा, सरलतालाई व्यापकता प्रदान गर्न राज्यद्धारा वँहाको जिवन दर्शन्लाई जोगाउन स्व. भिम बहादुर तमाङ्ग स्मृति प्रतिष्ठानको निर्माण तथा वँहाको जिवन यात्राको बारे समग्रलाई परिचय गराउन पुस्तकको प्रकाशन गर्नु पर्दछ । स्व. भिम ब. तमाङ्गको जिवन आर्दश वर्तमान युवा पिढिको लागि राष्ट्र निर्माण गर्न हेतु प्रेरणादायक उदाहरण बन्न सक्छ । अनन्त दुरीको यात्रामा लागेका स्व. भिम बहादुर ज्यु संग सम्बन्धित मेरो स्मरणका अंशहरु समर्पित गर्नको उद्देश्य वँहाको १३औ पुर्ण तिथिमा वँहाप्रति यो भन्दा सुन्दर श्रद्धान्जली हुन सक्दैन ठानी समर्पित गरेको छु ।
अमरदिप मोक्तान
डाडाखर्क, दोलखा

Last Updated on Thursday, 13 December 2012 02:08

Hits: 916

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर