A+ A A-

सके आन्दोलनको आधिवेहरी ल्याउ, नसके निर्वाचनमा जाउ

बलदीप प्रभाश्वर चामलिङ

राजनीतिशास्त्रमा थप नया तथ्यहरु पत्ता लागाउने प्रयोगशाला भएको छ नेपालको राजनीतिक अभ्यास । संविधानका विज्ञहरुले पनि कल्पना गर्न नसकेको परिस्थितिमा नेपाली राजनीति हिडिराखेको अवस्था छ । यस्तो अवस्था पछि के हुन्छ र राजनीतिक सहमति कायम नहुदाको राजनीतिले कसरी निकास पाउछ भन्ने प्रश्नको उत्तरहरु नेपालको राजनीतिक प्रयोगबाटै आउने छन् ।  सत्तापक्षपनि सडकमा र विपक्षीहरु पनि सडकमा भएको यो नेपालको राजनीतिको पहिलो अभ्यास हो । दुवै पक्ष सडकमा निस्कने कार्यक्रमको सुचीहरु तयार छन् । कसले बाजी मार्ने हो, त्यो कुनै राजनीतिक विश्लेषकले पनि ठम्याउन नसक्ने अवस्था छ । सवै आआफ्नै स्वर्थले शक्तीय ध्रुवहरुमा कित्ताकाट भएका छन् । संविधानको संरक्षक राष्ट्रपति पनि आफ्नै लागि रक्षात्मक भएर रहेका छन् ।

संविधानसभाको चुनावमा जाने त भनेका छन् तर सरकारको नेतृत्व आफुले नै पाउनु पर्ने अडान कायम छ । एमाओवादीले सरकार नेतृत्वको चावि हार्दिकताका साथ अरुलाई सुम्पिदिने सदासयता पनि देखिन्न । शक्ति बाहिर रहदा ओराली लागेको हरिणको हालत हुने सम्भावनासंग भयभित भएको कारण झन सरकार नछाड्ने जिद्धीपनमा एकोहोरिएको अवस्थामा एमाओवादी देखिएको छ । कुनै दुर्भाग्यले फ्यालिनु पर्ने अवस्था बाहेक सकेसम्म बलवुद्धिले भ्याएसम्म सरकारमा नै रहने घरसल्लहमा माओवादीहरु रहेका छन् । राष्ट्रपतिद्वारा सहमतिको लागि तोकिदिने समयसिमाको काम वेवारिस भएपछि त झन एमाओवादीले थोरै भएपनि दशाग्रहको खड्गो टरेको महशुस गरेका छन् ।

 पत्रकार डेकेन्द्रराज थापा  र नेपाली सेनाका कर्णेल कुमार लामाको बेलायत प्रकरणले त सरकार छाड्नै नहुने उनिहरुको आन्तरिक निक्र्यौललाई पुष्टि गरेको छ । यो प्रकरणले त माओवादीहरुलाई चङ्ख्याइदिएको छ । सतर्क बनाएको छ । यसले गर्दा उनिहरु पार्टीमा थप एक ढिक्का भएर रहनु पर्ने नीतिमा लागेका छन् । आगामी महाधिवेशनमा पार्टीमा कुनै विवाद नरहेको देखाउन चाहन्छन् उनिहरु । प्रचण्ड र बाबुरामबीचको अहम–दुरी पनि उल्लेखित प्रकरणले हराई दिएका छन् । भोलि डेकेन्द्र थापाको जस्तो मुद्धा माओवादी नेतृत्वका व्यक्ति तथा नेताविरुद्ध पनि उठ्न सक्छ भन्ने कुराले  उनिहरु रक्षात्मक हैसियत कायम गराईरहने कुराप्रति पनि त्यतिकै सचेत छन् । उस्तै परे प्रचण्ड र वैद्य माओवादीहरु एकता नभएपनि मोर्चाबन्दी गर्ने अवस्था आउछ किनकी वैद्यहरु पनि हिजोको युद्धकालका अपराधबाट अछुतो छैन । यतिमात्र होईन ति प्रकरणहरुको असरविरुद्ध एक हुन एमाओवादी र सेनालाई पनि नजिक राखिदिएको देखिन्छ किनकी लामाजस्ता अरु सैनिक अधिकृतहरुपनि छन् जस्ले युद्धकालमा मानवअधिकारको  सिमा नाघेर कामकारवाहीहरु गरेका थिए । 

 त्यसकारण आफुहरु विरुद्ध भविष्यमा कुनैपनि अप्ठ्याराहरु आईनपर्ने अवस्थाको प्रत्यभूति नभै अरु विकल्प नखोज्ने एमाओवादी र सेनाको  साझा स्वार्थ हुनसक्छ । यसले पनि एमाओवादीलाई  सरकारमा रहिरहने मनोवैज्ञानिक वल दिएको छ । विपक्षीहरुले एमाओवादीले सत्ता कब्जा गरे भनेका छन्, त्यो वास्तवमा सत्ता कब्जा जस्तै देखिएको छ । सवै संवैधानिक निकायमा पदाधिकारीहरु अवकास लिने क्रम जारी छ । निर्वाचन गराउने निर्वाचन आयोगको प्रमुख र पदाधिकारीको पनि म्याद सकिदैछ । त्यस खालि ठाउमा नियुक्ति हुनको लागि पनि विपक्षीहरुको सहमतिकै आवस्यकता चाहिन्छ । तर अहिले त्यो हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधान न्यायधिश र अरु न्यायधिशहरुको पनि अवकास हुने मिति नजिकिदो छ । त्यस्ता संविधानले नै किटान गरिदिएका राज्यका  अंग तथा निकायहरु खाली हुनुभनेको  भट्टराई नेतृत्वको एमाओवादीको सरकारमात्र रहनु हो । यो सरकार मात्र सर्वैसर्वा रहनु हो । विपक्षीहरु सधै निर्यायक नहुने हो भने यो सत्ता कब्जाको नया संस्करण हो । यो बेला कसैले दुख मानेर भएन । विपक्षी काग्रेस र एमालेहरु पनि वर्तमान सरकारलाई हटाइ हाल्न नसक्ने हविगत लिएर बसेका छन् ।

आफ्नै राष्ट्रिय आकर्षक नीति र कार्यक्रमले जनतालाई गोलबन्द गरी आन्दोलनको उभार ल्याउन नसरेर पत्रकार डेकेन्द्र थापा प्रकरणसंग सहारा लिन पुगेको देखिन्छ । र यो सरकार हटाउन यहि डेकेन्द्र थापा प्रकरण तत्कालिन कारण होला भन्न सकिने अवस्था अझै छैन । भट्टराईको सट्टा अझ पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा माओवादी सरकार नै गठन गर्ने सोचमा सरकार पक्ष छ । यो वास्तवमा विपक्षीहरुको निरिहताको परिणाम नै हो । यस्तो परिस्थितिमा वर्तमान सरकारलाई कसरी हटाउने ? यो सरकार हटाइसकेपछि  बन्ने नया सरकारलाई समर्थन नगरेर एमाओवादीले पनि विपक्षीहरुको जस्तै विरोधी गतिविधिमा लागे के गर्ने ? त्यो बेला के राष्ट्रिय सहमति हुनसक्छ ? थाहा भएकै कुरा हो  कि दलहरु प्रतिशोधात्मक राजनीतिक संस्कारमा लिप्त छन् । एकले अर्कोको उपश्थिति आफ्नो अस्तित्वको खतरा ठानेका छन् ।

 समस्याको समाधानको निकास  राजनीतिक र कानूनी हुन्छन् । राजनीतिक रुपले समाधान खोज्ने हो भने विपक्षीहरुसंग कि सरकार पक्षसंग निर्णायक राजनीतिक शक्ति हुनपर्छ । त्यहि शक्तिले विरोधीलाई पेलेर लग्नुपर्छ र त्यसको वैद्यतापनि त्यहि शक्तिले नै निर्धारण गर्दछ । यदि त्यो हैन भने विद्यमान कानूनी प्रकृया खोज्नुपर्छ । तर कानूनी प्रकृयामा जादा विवाद पैदा हुने थुप्रै आधारहरु छन् किनकी यो अवस्था अन्तरिम संविधानले गरेको परिकल्पना भन्दा बाहिर छ । मात्र यसलाई शक्ति सन्तुलनको अवस्थाले संक्रमणकालीन अवस्थामा राखेको छ । सरकार पक्ष र विपक्षीहरुसंग एकले अर्कोलाई निषेध गरेर जान सक्ने न निर्णायक राजनीतिक शक्ति छ न सहमतिमा आउन वाध्य बनाउने कानूनी प्रावधान छ । यो जटिल अवस्था हो । यो बेला नया जनादेशको लागि निर्वाचन मै जानु पर्ने हुन्छ । शान्तिपूर्ण सहज निकास भनेको संविधानसभाको निर्वाचन नै हो । तत्कालिन अस्थायी समाधान भनेको संविधानसभाको पुनस्थापना पनि हुनसक्छ । तर यो विकल्पमा जादा विवाद आउन सक्छ । यो बासी मुद्धा भएको भनेर कसैले बखेडा झिक्नपनि सक्छ । यो बेला ताजा जनादेशको आवस्यकता पर्दछ ।  त्यसो भएको हुदा नया संविधानसभाको निर्वाचन सवैको लागि मान्य हुन सक्छ ।   नया निर्वाचनको लागि विपक्षीहरु तयार हुनुपर्ने आवस्यकता देखिन्छ ।

विपक्षीहरुले सरकारलाई विस्थापन गर्ने ताकतिलो आन्दोलनपनि गर्न नसक्नु र चुनावमा पनि जान सहमत नहुनु भनेको यो सरकारलाई टिकीरहने आधार बनाईदिरहनु हो । यो अवस्थामा सरकारलाई तानाशाही भनेर भनिरहनुको पनि कुनै तुक रहने छैन । आफ्नै नेतृत्वमा चुनावी सरकार चाहने तर यो सरकार विस्थापन गर्ने कुनै शक्तीय आधार निर्माण गर्न नसक्ने वस्तुगत यथार्थतामा यो सरकारलाई उल्टो तानाशाही बन्ने मार्ग प्रशस्त गरिदिनु नै हो । यो बेला तोकेको समयमा संविधानसभाको चुनाव गराउनु बाहेक अरु कुनै नैतिक दवावले सरकार छाड्ने मानोस्थितिमा छैन एमाओवादी र उस्का गठबन्धन । बरु चुनावमा जानु नै निकासको बाटो हो । विभिन्न वहानाबाजीमा चुनावलाई विलम्ब गराउनु भनेको एमाओवादीलाई भन्दापनि विपक्षी काग्रेस–एमालेहरुलाई नै घाटाको कुरा हो । एमाओवादीलाई हिजोको ज्ञानेन्द्र सरकारको जस्तो बशानुगत तानाशाही शासनसंग तुलना गरेर आन्दोलनले उपलब्धि हासिल गर्नसक्छ भन्ने भ्रम विपक्षीहरुमा हुनुहुदैन । जुनसुकै दार्शनिक धरातल भएतापनि माआवादीको आफ्नै संगठन छ । त्यसमा कार्यकर्ताहरु पनि छन् । संगठन विस्तारको संजालपनि छ । यो नभए उस्को गठबन्धन पार्टीहरु पनि छन् । यसो भएको हुदा जनता सरकार पक्ष र विपक्षमा पुरै विभाजित अवस्थामा छन् ।

 यो अवस्थामा मुलुकमा ठूलो भिडन्त निम्त्याउनु राज्यको लागि नै नोक्सानी हो । आफ्नो सरकारको नेतृत्वमा नै चुनावमा जानुपर्छ भन्ने छैन । को कस्तो हो भन्ने कुरा त नागरिक जनताहरुले मुल्याङ्कन गरिसकेका छन् । आप्mनै नेतृत्वमा चुनाव गराउनु भनेको निर्वाचनको परिणामलाई प्रभावित पार्न सकिन्छकी भन्ने हो । यो भनेको सरकारको नेतृत्व गरिएन भने आफु पराजित हुने भय पाल्नु हो । यो जनताको अवमुल्यन हो । यो सत्ताको आडमा चुनावमा जानु भनेको  जनताहरु विचार र सिद्धान्त होईन, शक्ति र दानापानीको पछाडि दैडिन्छन् भन्ने तुच्छ मान्यता राख्नु हो । अहिलेको सत्ता पक्ष र विपक्षी दलहरु सवैको राजनीतिक कर्महरु जनताले बुझेकै छन् । सरकारको नेतृत्व गर्ने दल भनेर होईन, जनताले उस्को सिद्धान्त र निष्ठालाई हेरेर भोट हाल्ने छन् । मुलुकलाई निकास दिने नै भए, सक्छौ निर्णायक आन्दोलनको आधिवेहरी ल्याउ, नत्र नया जनादेशको लागि निर्वाचनमा जाउ । मुलुक अनिर्णयको बन्दी बन्नु हुदैन । समाप्त

Last Updated on Tuesday, 29 January 2013 19:06

Hits: 869

मगर जातिय जीवन दर्शन

- विष्णु कुमार सिंजाली मगर
पि.एच.डी, त्रिभुवन विश्वविधालय

 

"नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुनश्लीय तथा बहुजातीय समाज भएको देश हो। यहाँ अनेकतामा एकता हुनुपर्दछ र मात्रै हामी नयाँ नेपालको परिकल्पना गर्न सक्दछौँ। विविधतामा अनेकता रह्यो भने समृद्भ नेपाल बन्न सक्दैन, द्वन्दका स्वरहरू यथावतै रहन्छन्। समृद्ध नेपालको लागि केहीले दिन सक्नुपर्दछ र केहीले लिनको लागि सक्षम पनि बन्न सक्नुपर्दछ। यही लेनदेनका कुराहरूलाई शान्तिपूर्वक समाधान गर्नसक्नु नै समृद्ध नेपालको हितमा रहन्छ ।"

बृस्तृतको लागी यहाँ क्लिक गर्नुहोस

Last Updated on Tuesday, 29 January 2013 19:07

Hits: 868

राष्ट्रिय मगरमाला सस्मरण(भाग २)

२०३९ साल फागुन १५ पछि निर्माण भएको नेपाल मगर संघको मञ्चबाट आधिकारिक रुपमा मगरहरुको भेला आमसभा, अन्तरक्रिया आदिमा उपस्थिति दिने क्रममा महाकालिको कञ्चनपुर, डडेलधुरा, डोटी पुग्नु पर्यो । डडेलधुरा आलितालका गणेश थापा मगर त्यसैगरि डोलका पदम डालामगरसंगको भेटघाट भुल्न सक्तिन । डोटिको बुँडरका भेटघाटमा सुनलाल मगर सम्झन्छु । गणेश थापाका सहोदर भाईको घरमा विहानको खाना खाँदाको सम्झना आलै छ । बन विचमा छाप्रो । बनकै जग्गा जोत-कोर गरि पारिवारिक जीवन खर्च गर्दै गरेको देंखे । त्यस्तोलाई जनकपुरको अंचलको तराई जंगलमा रहाङ्गबालि भन्ने चलन छ ।  एक पल्ट म ने.म.स.का केन्द्रिय सदस्य डोटीरुपस काँडाका प्रेम आले र वहाँका मामासँग भाडाको जीपबाट पनि डोटी पुगेको छु अतरियाबाट । त्यसैगरि कञ्चनपुर, महेन्द्रनगरका नरविर पुन र वहाँकी श्रीमती र छोरीसँग महाकालिको तिरैतिर भारतबाट डडेलधुरा, सिमलखेत साँझमा सोती जी.को घरमा बास बसेको छु । हाल वहाँ स्वर्गिय भइसक्नुभएको छ । त्यहाँको कार्यक्रममा स्थानिय व्यक्ति रामबहादुर घर्तिमगरको राम्रो सहयोग रहेको थियो । यसरी महाकालिको कार्यक्रममा नेपाल मगरसंघ केन्द्रिय समितिका स्वर्गिय विरबहादुर राना महासचिव सिवलाल थापा अनि यसैगरि ब्रिटिश आर्मिबाट अवकास प्राप्त कप्तान केशर पुन लगायत  केन्द्रिय र स्थानिय मगर मित्रहरुको सक्दो सहयोग पाएको छु । पदम डाला जी.को सक्रियतामा डोलाकै स्थानिय विद्यालयको प्राङ्गनमा खुला आमसभा मगरहरुको सम्पन्न भएको थियो । पदम जी.ले आफ्नै निवासमा मिठो खाना खुवाएर आथित्य सत्कार दिनुभएको अहिले पनि म सँग ताजै छ ।  कैलाली, टिकापुर, बनगाउँमा नेपाल मगर संघको जिल्ला सम्मेलन कार्यक्रम स्थनिय विद्यालयको प्राङ्गनमा सम्पन्न भएको थियो । सहभागिहरुको लागि मासु भातको व्यवस्था थियो । त्यो भेलाको ठिक अघिल्लो साँझ डाँडापारि घाम जानै लाग्दा बजारमा एकजना मगर कुर्ता, सुरुवाल, मफलर, टोपी र दोकाँधे झोलामा देखा परे । यो टिकापुर बजारको कुरा हो । वहाँ सम्मलेन अवलोकन गर्नुआउनु भएको रहेछ वहाँकै भनाई अनुसार । वहाँ पछि नेपाल मगर संघको केन्द्रिय सदस्य राप्ती अञ्चलबाट बन्न पुग्नुभो । यसवेला वहाँ स्वर्गमा हुनुहुन्छ । त्यसवखतको त्यो मानिस रुकुमका नरेन्द्र बुढामगर हुनुहुँदो रहेछ । नेपाल मगर संघ सँग एउटा  संस्कार थियो त्यो के भने जहाँ केन्द्रिय समितिको बैठक हुन्थ्यो त्यहाँ जिल्ला सम्मेलन अनिवार्य नै हुन्थ्यो । यसो गर्दा आफ्ना केन्द्रिय मगर नेताहरुसँग स्थानियहरुको देखादेख र भेटघाट सजिलै सँग हुने गथ्र्यो । बनगाउँको यो सम्मेलनमा स्थानिय व्यक्ति श्रद्धेय तेजबहादुर पुनको यथेष्ट सहयोग रहयो ।  त्यस भेगका वजिर सिं थापमगरको पनि प्रंसगबस सम्झना आईरहन्छ । त्यसैगरि मैले फुलबारि डिपोको केन्द्रिय बैठक र त्यसपछिको डिपो बजारको सम्पन्न आमसभा सम्झेको छु । जेठ महिना । यो सम्पन्न गर्न स्थानिय पूर्णबहादुर घर्तिमगरको पूर्ण हात छ । यसमा वहाँलाई आफ्नो परिवार र स्थानिय व्यक्तिहरुले पनि राम्रै सहयोग पुर्याएको बुझिन्छ ।  लामो समय पश्चात कलम चलाउनुपर्दा धेरै कुराहरु विस्मृतिमा परिणत भएका छन् । त्यसताका डिपो सुकुम्बासी बस्ति थियो । नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष स्व. मनविर गर्बुजाको उठबसको कारण मेरो लागि डिपो बजार झनै सम्झनायोग्य भएको छ । मलाई वहाँले जसरी चिन्नु भएको थियो, थियो । समय आउँछ । म मनविर गर्बुजा जो ब्रिटिश आर्मिको अवकाश प्राप्त लेफ्टिनेन्ट हुनुहुन्थ्यो वहाँको सम्बन्धमा अप्ठेरो नमानि दुई शब्द खर्च गर्ने प्रण गर्दछु ।  यो लेख्दै गर्दाको वर्ष भित्र म कैलालीको सहजपुर कार्यक्रममा भाग लिन पुगें साथमा तेज तारामी । त्यहाँसम्म पुग्न जीपको खर्च स्थानिय लेक्चरर लालबहादुर थापामगरबाट भएको थियो । मगरहरुको सिलसिला चलाउँदा यि मगर व्यक्तित्वलाई भुल्न जाँदा सुदुर पश्चिमाञ्चलको सम्झना धमिलो हुनेछ । कैलालीकै मिनबहादुर दर्लामी जसको घर आंगनमा एक दिन एक रात मगर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । यो गाउँको नाम कैलाशपुर । राजेश बुढामगर पनि अविष्मरणिय छन् । पुनः म सहजपुरको सम्झना गर्दै छु । यो सम्झनामा खड्गबहादुर सारु, लोकबहादुर सारु जहाँ म र म सँगैकाले विहानको खाना स्थानिय माछासँग लियौं ।  सुदुरपश्चिमाञ्चलको सम्झना गर्ने क्रममा नेपाल मगर संघको आठौं राष्ट्रिय महाधिवेशन मेरै सभापतित्वमा कैलालीको टिकापुर नगरपालिकामा स्थायि बरिष्ठ नागरिक श्रद्धेय मणिराम घर्तिमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि भारितिय गोर्खा राईफल्सका सिपाही हुनुहुन्थ्यो । वहाँ हाल स्वर्गिय हुनुहुन्छ । वहाँको एकमात्र छोरा देवबहादुर घर्तिमगर हुनुहुन्छ टिकापुरमै । त्यसठाउँका मगर व्यक्तित्व तेजबहादुर पुनमगर र के.एस. थापाको सहयोग महाधिवेशन सम्पन्न गर्न सराहनीय रह्यो । जिल्लाबासि युवा नेता तेज तारानी मगरको काँधमा व्यवस्थापनको जिम्मेवारि थियो । आठौं महाधिवेशन (२०६०) बाट मैले आफ्नो केन्द्रिय अध्यक्षताको स्वेच्छिक अवकाश प्राप्त गरें । यो महाधिवेशनले क्रमशः ब्रिटिश आर्मिका रिटायर्ड कप्तान यमबहादुर बुढाथोकी मगर र उस्तै देउबहादुर राना अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो । यो महाधिवेशनले महासचिवमा रामचन्द्र थापालाई निर्वाचित गर्यो । यसमा अन्य निर्वाचित पदाधिकारि र सदस्यहरुको नामावली उल्लेख गर्न असमर्थ भएकोमा म क्षमा चाहन्छु । नेपाल मगर संघको ईतिहाँस लेख्ने क्रममा प्रारम्भदेखि वर्तमान सम्मका सम्पूर्णको नामावलि उल्लेख हुनेनैछ । महाधिवेशन सम्पन्न पश्चात लगत्तै डि.एफ.आई.डि.ले प्रोजेक्ट चलाउन दिएको रु. १० लाख को उचित व्यवस्थापन गर्न मगर युवा यमबहादुर झेंडी मगर, पाल्पा निवासीलाई कार्यकारिणिको अधिकार प्रदान गरियो । सुदुरपश्चिमाञ्चलमा सम्पन्न नेपाल मगर संघ केन्द्रिय समितिको गतिविधिलाई टुङ्ग्याउनु अघि यसको १७औं राष्ट्रिय सम्मेलनको थोरै चर्चा गर्न चाहन्छु । यो कार्यक्रम महाकालि नदिको पश्चिम किनाराको चाँदनि दोधारा गा.वि.स.मा सम्पन्न भएको थियो । यसको व्यवस्थापनमा नरविर पुन र डोटीका प्रेम आले मगरको भूमिका सराहनिय छ । सहभागिहरुसँगै मैले आफ्नो बास स्थानिय सामाजिक तथा राजनितिक व्यक्तित्व मानबहादुर विश्वकर्माको विशाल भवनमा राखेको थिएँ । त्यो सम्मेलनमा पुर्व मन्त्रि स्वर्गिय नारायण सिं पुनमगर आफ्नो निजि हेलिकप्टरमा नेपाल मगरसंघको पूर्व महासचिव सुरेश आलेमगर सहित उपस्थिति हुनुभो । सम्मेलनमा अनेकन बौद्धिक व्यक्तित्व मध्ये वि.के.रानाको पनि उपस्थितिले रौनकता ल्याएको थियो । यो सम्मेलनको सम्पन्नतापश्चात मेरो बास महेन्द्रनगर निवासी नरविर पुनमगरको होटलमा भयो । साथमा युवाहरु मध्ये रत्न सिंह राना पनि थिए । बजारका सथानिय व्यक्तित्व भारतिय गोर्खा सेनाका अवकाश प्राप्त कप्तान श्रद्धेय पदमबहादुर थापाको  सम्झिने लायकको आतिथ्य सत्कार रह्यो । म आफ्नी श्रीमति विद्यासँग र साथै अन्य साथिहरु पनि विवादित टनकपुर व्यारेज अवलोकन तर्फ लाग्यौं ।  म धेरैपल्ट सदुरपश्चिमाञ्चल पुगेको छु । यो क्रममा प्रायसः नेपालगञ्ज घरबारि टोलका रामचन्द्र थापाको साथ सहयोग रहँदै आएको सम्झना गर्दछु । पहिलोपल्ट कैलालीको धनगढि टेक्दा बर्दिया निवासी टोप थापालाई टप ईन टाउनमा कार्यरत पाएँ वहाँले त्यसवेला राम्रो खातिरदारि गर्नुभयो । वहाँसँगै स्थानिय धेरै युवाहरु परिचित भएका थिए । नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय सम्मेलनको उद्घाटनार्थ प्रमुख अतिथिको रुपमा धनगढि पुगेको थिएँ । टोप जी.लाई भेटेको झन्डै झन्डै १५ वर्ष अघिको जस्तो लाग्छ र हालसम्म पनि वहाँसँगको भेटघाट निरन्तर छ । घनगढि गइरहँदा मेरा भान्जाहरु बजारमा कार्यरत थिए र छन् पनि वहाँहरु चन्द्रलाल क्याप्छाकी र जीतबहादुर हुनुहुन्छ । यो स्मरण गर्दै गर्दा नेपाल मगर संघ जिल्ला समिति कैलालीका वर्तमान अध्यक्ष टेक नाम्जालीका साथै दिपा थापा, चक्र अस्लामी, खड्गहरुको सम्झना आईरहन्छ, त्यसैगरि हसनपुरका कृष्ण थापमगर । एउटा विर्सनै नसकिने नाम हो –शक्ति श्रिस । वहाँको धनगढि निवासको आतिथ्य सत्कार मेरो लागि अविष्मरणिय छ । ने.क.पा. माओवादीबाट अलग भएर बसेका मोहन सिं सारु र नविन्द्र राना पनि मेरो सम्झनामा आइरहनुहुन्छ । सुदर पश्चिमाञ्चलको लागि मेरो भ्रमणले ल्याएको विभिन्न खाले गतिविधि जस्तै महाधिवेशन, जिल्ला अधिवेशनहरु, जिल्ला सम्मेलनहरु, गोष्ठिहरु, अन्तरक्रियाहरु, प्रशिक्षणहरु, समुह–समुहको भेटघाटहरुमा प्रत्यक्ष रुपमा हजारौं हजार मगरहरुको विचमा पुग्ने सौभाग्य मलाई नेपाल मगर संघले दिएको हो । यो वर्णन आफै पनि अन्तिम चाहिँ होईन आउने दिनमा मेरो आवश्यकता सुदुरपश्चिमाञ्चल र त्यहाँ बसोबास गरिरहेका मगर समुदायलाई परिनै रहला भन्ने आशा गर्दछु । मगरहरुको अवस्था थोरै भएपनि मैले बुझ्ने मौका पाएँ । मबाट आगामि दिनमा  मगरहरुले प्राप्त गरेको शिक्षा, ज्ञानबाट उनिहरुलाई मलाई विश्वास छ, अग्रगामि बन्न प्रेरित गर्लान् र बाटो नविराईकनै आफ्नो अन्तिम लक्ष्य सम्म पुग्न सफल होलान् ।

मितिः २०६९ पुस २८ गते तद्नुसार जनवरी १२,२०१३ धोविघाट, ललितपुर

क्रमशः

 

Last Updated on Tuesday, 29 January 2013 19:08

Hits: 940

नेपालको राजनीति रंगमञ्चमा ‘संघीय समाजवादी पार्टी’

किन्दर राई

 "वास्तवमा यो आंशिकरूपमा भए पनि माक्र्सवादलाई आत्मासाथ गर्ने तर कम्युनिष्ट हुन र भन्न नरुचाउने वा भइरहन नसक्ने वा हुन आवश्यक नठान्नेहरूको वाहुल्य भएको पार्टी हो । त्यसैले यो संघीय समाजवादी पार्टी हो । संघीय साम्यवादी होइन "l

एक समय यस्तो थियो जुन समयमा राष्ट्रिय जनमूक्ति पार्टीले जातीयता र संघीयताको कुरा गर्दा साम्प्रदायिक भनिन्थ्यो । यति सानो देश नेपालमा पनि संघीयताको कुरा भन्ने हाँस्यको विषय बनेको थियो । नभन्दै यस पार्टीलाई २०४६ सालदेखि यताका आम निर्वाचनहरूमा जनताका मतहरूले उठ्नै नसक्नेगरि थला पारेर एउटा कुनामा थन्क्याइ दिएको छ । तर अहिले समयले कोल्टे फेरेको छ । उपेक्षाको उपल्लो कुनामा थला परेर बसेको उही जनमूक्ति पार्टीको मूल नाराले अग्रता पाएको छ तर यसको प्रस्तुति र नियतिमा फेरबदल भएर वा रूपको नयाँ बाँन्कीमा  ब्यूँतने अवसर पाएको छ । २०३६ सालको बहुदलीय व्यवस्थापछि स्थापना भएको राष्ट्रिय जनमूक्ति पार्टीका अधिकांश मूल नेताहरू कम्युनिष्ट पृष्टभूमिको भए पनि त्यहाँ उग्र जातीयतावाद हाबी थियो । सामाजिक शोषण र समनताको कुरा गौण थियो तर यी क्षेत्रि बाहुन भनेका भारतबाट आएका हुन् उतै खेद्नु पर्छ भन्ने कुरा हाबी थियो । यसो हुनाले यस पार्टीले आफ्नै जातिभित्रका बौद्धिक तथा युवा जमातको समर्थन पाउन सकेन । फलस्वरूप पार्टी एकान्त कुनमा त्यै पनि चिराचिरा परेर थन्को लाग्यो भने यसका चर्चित नेता गोरेबहादुर खपाङ्गी एउटा माष्टर पिस भएर बसेको छ । विशेषगरि तत्कालीन माओवादीको जनयुद्धको शुरुवातसँगै नेपालमा जातीयता र संघीयताको कुराले प्रमुखता पाएको थियो । नेपालमा हालसम्म नौलो जनवादी क्रान्ति हँदै साम्यवादी व्यवस्थालाई उपल्लो स्तरको आदर्श गन्तव्य मानेर लडिरहेका कम्युनिष्ट पार्टीहरूले जनताको मूक्तिको लागि गरिब र धनीबीचको वा सामन्त र सर्वहारा वर्गबीचको अन्तरसंघर्ष नै मूल संघर्ष हो भन्ने मान्यतालाई तत्कालीन नेकपा माओवादीले परिमार्जन गरेर त्यसमा जातीय मूक्ति पनि नेपाली जनताको मूल आवश्यकता हो भन्ने विश्लेषण गरी यस मान्यतालाई स्थापित गरेपछि नेपालमा जातीयता र संघीयता सकारात्मक चासोको विषय बनेको हो । आफ्नो आन्दोलनको कार्यनीतिमा जातीय पहिचान र वर्ग संघर्षको फ्युजन गरेर देश संघीयतामा जानु पर्ने र संघीयतामा आत्मानिर्णयको अधिकार समेत प्रत्याभूति हुनु पर्ने जस्ता राजनीतिक एजेण्डा ल्याएपछि आदिवासी जनजातिहरू माओवादीप्रति आकर्षित भएको देखिन्छ । किरात खम्बुहरूको मूक्तिको लागि भनेर लडिरहेको तत्कालीन खम्बुवान मूक्ति मोर्चाका गोपाल खम्बुले आत्मानिर्णयको अधिकारको प्रत्याभूतिको लागि एकसाथ लड्ने भन्दै माओवादीसँग एकिकृत भए । यसको अलवा माओवादी कम्युनष्ट हुन नचाहने तर जातीय पहिचान सहितको संघीयता चाहने अन्य पार्टीमा संगठित तथा स्वतन्त्र समुदायहरूले पनि नयाँ उर्जा प्राप्त गरेको महसुस गर्दै यसलाई व्यापकता बनाउने र आफ्नो पार्टीमा यसको लागि लबिङ्ग गर्ने जस्ता कार्यहरू हुन थाल्यो । दश वर्षे जनयुद्ध र १९ दिने जन आन्दोलनपछि भएको संविधान सभाको निर्वाचनमा संघीयतावादी माओवादीले सबैभन्दा धेरै स्थान हासिल गरे पनि दोश्रो ठूलो पार्टी कांग्रेस संघीयताप्रति सकभर नकारात्मक र तेश्रो ठूलो पार्टी नेकपा एमालेको दोधारे नीति थियो । यसले गर्दा गणतन्त्रको स्थापनापछि पनि मधेशी आन्दोलनले मात्र नेपालमा संघीय व्यवस्थाको सुनिश्चितता गरेको थियो । तर पनि कति वटा संघ बनाउने, नाम कसरी राख्ने, के कुराको आधारमा नाम राख्ने जस्ता संघीयताका अहम सवालहरूमा कांग्रेस र एमालेले कन्जुस्याइँ गर्न छाडेन । नेपाली कांग्रेस केवल नाम मात्रको संघीयतामा अडियो जातीयताको कुरा सुन्नै मानेन भने एमालेले स्पष्ट धारणा राख्न सकेन, कहिले ११ वटा त कहिले ७ वटा संघको नाममा अडान लियो । कहिले “हाँ” र कहिले “नाँ” को उसको नीतिले संविधानसभाको म्याद थपिँदै जाने काम मात्र भयो देश अनिर्णयको बन्दि हँदै गयो । संघीयता त्यसमा पनि जातीय पहिचान सहितको संघीयताको लागि देश जान खोजिरहेको बेला दोश्रो र तेश्रो ठूला पार्टी कांग्रेस र एमालेले कन्जुस्याइँ गरिरहे पनि यसपार्टीभित्रका आदिवासी जनजातीहरूको एक जमातले जातीय पहिचानसहितको पक्षमा आफ्नो पार्टीले मत जाहेर गरेर अविलम्ब संविधान जारी गरोस् भन्ने चाहन्थे । यसको लागि सभासद र संगठित नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टीहरूमा सक्दो आवाजहरू बुलन्द गर्दै गए । तर एमाले र कांग्रेस पार्टीले आफ्नो अडान छोड्न सकेन । पहिचान सहितको संविधानसभा चाहने मधेसीदलहरू र तत्कालीन एमाओवादीको सबै सभासदहरूको मत जोड्दा पनि संविधान पारित गर्नका लागि दुई तिहाइ मत संख्या पुग्न सकेन । परिणामस्वरूप संविधानसभा विघटनको अवस्थामा पुग्यो । आफ्नो पार्टीले आफ्नो जातीय पहिचानको पक्षमा नलागेको र यसैको परिणामस्वरूप संविधान सभा विघटन भएको निस्कर्ष निकाल्दै यी दोश्रो र तेश्रो ठूलो पार्टी भनिएका कांग्रेस र एमालेका असन्तुष्ट सभासद, नेता कार्यकताहरूले पार्टीबाट बाहिरिने निर्णयमा पुग्नु पर्ने अवस्था सृजना भयो । एमाले भित्रका असन्तुष्ट पक्षले तत्कालीन एमाले उपाध्यक्ष असोक राईको नेतृत्वमा अग्रगामी विचार समूह भनेर अलग्गियो भने उता कांग्रेसबाट असन्तुष्ट जनजातिहरूले सभासद कुमार राईको नेतृत्वमा पार्टीबाट अलग भए । शुरुदेखि नै पहिचानसहितको संघीयताको लागि आवाज उठाउँदै आएको स्वतन्त्र भनिएका डा. कृष्ण भट्टचन लगायतका बुद्धिजीवीहरुले डा. चैतन्य सुब्बाको नेतृत्वमा यस्तै संघीयतावादी पार्टीको गठन गर्यो । शुरुका अवस्थाहरूमा एमाले र कांगे्रसबाट अलग भएका र स्वतन्त्र बुद्धिीजीवीहरूको एउटै पार्टी बन्नेछ भन्ने अनुमान थियो । र यो समयको माग पनि थियो । तर अलग–अलग राजनैतिक पृष्टभूमि भएको समूहबीच एकता हुनु त्यति सजिलो कुरा पनि थिएन । हालमा एउटै पार्टी बनिहाले पनि कालान्तरमा यसमा दरार पर्ने सम्भावना रहि नै रहन्थ्यो । फलस्वरूप केही दिनको आपसी छलफल र अन्तरकृयापछि यी सबै समूहरू आ–आफ्नै ठाउँमा रहे । एमालेबाट छुट्टिएर गएको अग्रगामी विचार समूहले असोक राईको नेतृत्वमा, “आर्थिक समानताको लागि समाजवाद, जातीय स्वतन्त्रताको लागि संघीयता” भन्ने नाराकासाथ ‘संघीय समाजवादी पार्टी’ गठन गरेको छ । यो हाल विभिन्न जिल्लामा आफ्नो पार्टी संगठनहरू गठन गर्ने दौडाहामा रहेको छ । आंशिक वा अप्रत्यक्षरूपमा भए पनि यस ‘संघीय सामाजवादी पार्टी’को मार्गदर्शक सिद्धान्त माक्र्सवाद नै हुनु र यसलाई अन्य समूहले पचाउन नसक्नु नै यी एउटै जातीय समान नारा भएका समूहहरूबीचमा एकता हुन नसक्नुको मूल कारण ठानिएको छ । त्यसो त यस संघीय समाजवादी पार्टीमा एमाले मात्र नभइ कांग्रेसबाट अशन्तुष्ट, स्वतन्त्र वाम बुद्धिजीवी र अन्य स्वतन्त्र व्यक्तिहरूको पनि उल्लेख्य सहभागिता रहेको छ । यो पार्टी जातीय स्वतन्त्रता र पहिचानको लागि भए पनि लोक कल्याणकारितामा पनि सँगसँगै आफ्नो मूल नारा लिएको देखिन्छ । वास्तवमा यो आंशिकरूपमा भए पनि माक्र्सवादलाई आत्मासाथ गर्ने तर कम्युनिष्ट हुन र भन्न नरुचाउने वा भइरहन नसक्ने वा हुन आवश्यक नठान्नेहरूको वाहुल्य भएको पार्टी हो । त्यसैले यो संघीय समाजवादी पार्टी हो । संघीय साम्यवादी होइन । यदि साम्यवादी भएर नै वर्गीय र जातीय मूक्तिको लागि लड्ने हो भने यसको मूल एजेण्डा बोकेको कुनै एक माओवादीसँग एकिकृत हुने थियो । किनकि माथि नै उल्लेख भइसकेको छ कि जातीय मूद्दामा रहेको साम्प्रदायिकताको कालो दाग हटाएर राष्ट्रिय बहसको बिषय बनाइ दिने काम नै माओवादीले गरेको हो । नेपालमा कालान्तरमा जातीय पहिचान सहितको संघीयताको सान्दर्भिकता र सार्थकता समयले मूल्यांकण गर्दै जाला तर यसको श्रेय भने माओवादीलाई नै जान्छ । त्यसैले पार्टी दुई चिरा भयो तर माओवादीका सभासद कार्यकर्ता तथा समर्थकहरू अपवादमा बाहेक नयाँ जन्मेको संघीय समाजवादी पार्टीमा प्रवेश गरेको छैन । एकहदसम्म नयाँ उत्साह र नयाँ जोसका साथ गठन प्रक्रियामा रहेको यस पार्टीको भविष्यप्रति पनि सकारात्मक–नकारात्मक टिप्पणी र अडकलवाजी हुने नै भयो । ठूला पार्टीहरूले राजनीतिक निकास दिन नसकेकोले यस पार्टीको आवश्यकता भएको यसका संस्थापकहरूको तर्क रहेको छ । यो जातिवादी पार्टी नभएको र सबै जातजातिहरूलाई समेटेर लाने र राष्ट्रिय पार्टीको रूपमा स्थापित गर्ने दावी रहेको छ । पार्टी गठनको संरचनामा केही क्षेत्रि बाहुन तथा गैर जनजातिहरूको संलग्नता रहेको देखिन्छ पनि । तर आदिवासी जनजातिहरूको सांसद तथा नेता कार्यकर्ताहरूको कित्ताबाट पार्टीको शूत्रपात भएकोले यो सबै जातिको पार्टी हो भनेर आम नेपालीहरूको मन जित्न सक्नु धेरै ठूलो चुनौतीको कुरा हुनेछ । सबै जातलाई समेट्ने कुरा आदर्शकोरूपमा राख्नै पर्ने भएकोले मात्र राखिएको हो भन्ने कुरा भन्दा अन्य सकारात्मकरूपमा सोचेर जाने हामी नेपालीहरूलाई कहाँ फुर्सद हुन्छ र ? त्यसैपनि हामी नेपालीहरूको आदत नै छ, कसैको पाँच वटा कुरामध्ये एउटा कुरा मात्र सुनेर पर्याप्त ठान्ने । त्यसमा पनि आधा मात्र बुझ्ने र त्यसबारेमा दश वटा नकारात्मक कुरामा आरोप लगाउने । अर्को कुरा के छ भने हामीले यस्ता जातीय कुरा गरिरहँदा नेपालमा यो जातिको संख्या यति वा यस्तो त्यो जातिको संख्या त्यति भनेर गणितीय हिसाबमा जाने गरेका छौँ । तर हालको भूमण्डलीकरणको तीब्र विकासको अवस्थामा पहिचान र जातको कुरा सबैको लागि सरोकारको विषय हुँदाहँदै पनि पहिलो सबैको लागि प्राथमिकतामा भने पर्दैन । जसरी सबै गरिब र सर्वहाराहरू कम्यूनिष्ट हुन् भन्नु गलत हुन्छ, त्यसैगरि सबै जनजातिहरू जतीय पहिचानलाई प्रमुखता दिएर स्थापित पार्टीमा आवद्ध भइहाल्छन् भनेर सोच्नु अदूरदर्शिता हुन्छ । यदि जातीय पहिचानसहितको संघीयता स्थापना भयो भने खास–खास स्थान वा संघमा खास–खास पार्टीहरूको वर्चश्व हुने क्रममा  जातीय वा क्षेत्रीय पार्टीहरूको वर्चश्व कायम हुने संभावना रहन सक्दछ । भारतको सिक्किम राज्यमा कांग्रेस आइ, भाजपालगायतका ठूला पार्टीहरूको नामो निसान नहुनु तर पवन चाम्लिङ्गको पार्टीले जनताको विश्वास जितेर एक छत्र शासन गर्ने अवस्था भए जस्तै अवस्था यहाँ पनि आउन सक्दछ । त्यस अवस्थामा किरात स्वयत्त राज्यमा अशोक राई वा यसपार्टीको अन्य कोही नेता मुख्य मन्त्रि बनिरहने अवस्था आउन सक्दछ । कुनै समयमा संसदमा जम्मा नौ स्थानसहित चौथो स्थानमा रहेको नेकपा एमाओवादी (तत्कालीन नेकपा एकता केन्द्र अर्थात संयुक्त जनमोर्चा नेपाल) यसरी पहिलो स्थानमा आइपुगे जस्तै यो ‘संघीय समाजवादी पार्टी’ पनि राष्ट्रिय पार्टीकोरूपमा पहिलो स्थानमा आइपुग्यो भने कुनै आश्चर्यको बिषय हुने छैन ।  तर यो पार्टी पनि उही राजनीतिलाई सेवा होइन पेशा बनाउनेहरूको झुण्डमा परिणत भयो भने र अन्य ठूला भनिएका दलहरूले सच्याएर वा आफ्नो अवस्थालाई हालकै स्थितिमा कायम मात्र राख्न सक्यो भने फेरि यो पार्टीको हालत पनि एमालेबाट फुटेर गएको माले जस्तै हुनेछ । र अर्को सिपी मैनाली वा गोरेबहादुर खपाङ्गीको पुनरावृति हुनेछ । च्याउसरि उम्रिएका पार्टीहरूको लहरमा पार्टीमाथि अर्को पार्टीहरूको संख्या थपिँदै जानु वा पार्टीहरू चोइटिनु वा दुई चिरा हँदै जाने अवस्था सृजना हुनु नेपालीहरूको लागि दूर्भाग्यपूर्ण कुरा हो । यस्तो दिक्दारीको मनोवैज्ञानिक हालतबाट गुज्रिरहेको नेपालीहरूको माझमा अर्को नयाँ पार्टी गठन गर्नु त्यसै पनि चुनौती त हुने नै भयो । नयाँ रूपमा नयाँ जोसकासाथ स्थापना भई गठनको क्रममा रहेको यस पार्टीप्रति धेरै अडकलवाजी गर्नु पनि अन्यथा हुन सक्दछ । आशा गरां यस पार्टीले पनि नेपाली जनताको निस्वार्थ मनले सेवा गरोस्, अन्य बाँकी जवाफहरू भविष्यले नै दिने छ । अस्तुः । 

Last Updated on Tuesday, 29 January 2013 19:08

Hits: 966

राष्ट्रिय मगर माला (संस्मरण)

गोरे बहादुर खपांगी मगर

४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित नेपाल सुर्ती विकास समितिको छँदोखाँदोको हाकिमको पद छोडेको थिएँ । जे लेखेको छ त्यही हुन्छ भनेझैं भयो । प्रधानाध्यापकको खवर रामेछाप वजारको छेउमा रहेको सुकजोर मगरवस्तीमा पुगेछ । केही दिनपश्चात विद्यालय समयमा एकजना झण्डैझण्डै मेरै उमेरका मानिस मलाई भेट्न आए । म त्यसवेला ३० वर्ष भइसकेको थिएँ । उनको हुलियाको कारणवाट उनलाई मसँग भेट्न निकै संघर्ष गर्नुपरेको रहेछ । कसोकसो पियन वा शिक्षकमध्ये कसैले उनलाई मसँग भेट्न अनुमति दिएछन् । उनी प्रधानाध्यापकको कार्यालयमा पसे ।

त्यो मान्छे मेरो अगाडि ठिँङ उभियो । उनको त्यस अवस्थाको वयान म यहाँ गर्न चाहन्न । धुजाधुजा भएको स्टकोटको भित्री खल्तीवाट उनले थाङ्नाको पोको प्रअको टेवुलमाथि राखे । मैले बस्न भनें । उनी अप्ठेरो मानीमानी कुर्सीमा बसे । मैले शोधे,  ‘यो के ?’ जवाफ थियो हातको शोभा । ठूलालाई भेट्न रित्तो हात जानुहुन्न । मैले त्यो सानो पोको खोलें, ग्वारहु (कुखुराको अण्डा) रहेछ ।
उसको पहिरन । लुगामात्र मैला थिएनन् । ठाउँठाउँमा नमिठोगरि फाटेका पनि थिए । टोपीको फेरो च्यातिएको, टुपी निस्कने । कछार त्यस्तै । पाइतला नाङ्गै । उसको स्वभावमाथि गहिरिएँ । मैले शोधें उसले भेट्न आउनु मवाट कुनै काम उसको लागि थियो कि । विलकूल छैन भन्ने जवाफ पाएँ उवाट । सदरमुकामको हाइस्कूलमा मगर हेडसर आएको खवरको निक्र्योल मगर गाउँवाट सायद उनी म कहाँ आएका थिए । एकछिनको कुराकानीपश्चात उनी फर्के र कहिल्यै नविर्सने छाप ममा छोडेर गए ।

पञ्चायतकाल, मगर जाति सम्वन्धमा चिन्तन गर्न मलाई यो कालले रोकेन । यो जातिवारे भन्दापनि यसको अवस्था सम्वन्धमा सोंच्न थालें । समयले कोल्टो फेर्दै जानथाल्यो । तत्कालीन राजा वीरेन्द्रले एक्कासी राष्ट्रिय जनमत संग्रहको घोषणा गरयो । नेपालको लागि यसप्रकारको शाही कदम आफैमा नौलो थियो । वि.सं.२०३७ वैशाख मसान्तमा यो सम्पन्न भयो । यसमा सुधारिएको पञ्चायत प्रणालीले जित्यो । वहुदलीय शासनप्रणाली पराजित भयो । त्यसवेलाको शक्तिशाली पार्टी नेपाली काँग्रेसको तर्फवाट वीपी कोइरालाले परिणामलाई स्वीकार र स्वागत गर्यो । म रामेछाप वजारमा गिरफ्तार गरिएँ । गिरफ्तार गरिएकै मध्यराति हड्कडीसहित चलान गरिएँ । कहाँ लगिदै छ थाहा थिएन । वाटैमा घाम झुल्कियो । दिशापिसावको लागि अनुरोध गर्दा पर नजाने आदेश भयो । देखिनेगरि बस्नुपर्ने भयो । त्यतिमात्र कहाँ हो ! मतिर वन्दुकको संगिन पनि तेर्सियो । प्रहरीको संख्या ६/७ थियो । त्यसवेला मलाई आभास भयो, प्रअको रुपमा के गर्दै रहेको रहेछु ६ वर्षसम्म । २०३६ मंसिर २६, २७ र २८ हेटौडाको भुटनदेवी माविमा कडाईका साथ विद्यालय शिक्षकहरुको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भयो । एउटा तदर्थ केन्द्रीय समिति त्यही विद्यालयका प्रअ वद्रिपसाद खतिवडाको अध्यक्षतामा गठन भयो । म संस्थापक केन्द्रीय सदस्य थिएँ । जनमत संग्रहताका रामेछाप दोलखाका शिक्षकहरु भेला गराएर भाषण गर्न थालें, वहुदलको पक्षमा । नेपाल राष्ट्रिय शिक्षक संगठन खोलिनु र त्यसको संस्थापक सदस्य हुनु राज्यलाई नपचेको वेला वहुदलको पक्षमा शिक्षकले राजनीतिक भाषण गर्दै हिड्नु जिल्ला प्रशासनको लागि अपराधै भएको रहेछ । यद्यपि राजा वीरेन्द्रको घोषणामा प्रत्येक नागरिकलाई यस विषयमा अभिव्यक्ति दिने पूर्ण छुट थियो । विडम्वना, व्यवहारमा यो निषेधित रहेछ । यो कार्य पञ्चायतको लागि देशद्रोह रहेछ, आफूलाई थाहै भएन । निश्चय पनि मेरो गिरफ्तारीको प्रधान पक्ष यही हुनुपर्छ । यसपछि कहिल्यै हाइस्कूल प्रअ हुने शौभाग्य पाइएन ।

१४ महिनाको जेलजीवन पश्चात वि.सं. २०४३ को आमचुनावमा नेकपा (माले) को तर्फवाट जनपक्षीय उम्मेदवार राष्ट्रिय पञ्चायतको लागि भइयो । त्यसताका जिल्ला नै निर्वाचन क्षेत्र हुने गथ्र्यो । पराजित भइयो । तत्पश्चात म पूर्णरुपले नेकपा (माले) को कार्यकर्ता भएँ । यो पञ्चायतकाल नै थियो । पार्टी प्रतिवन्धित रहेकै वेला पार्टीले मलाई ‘फुलटाइम वर्कर’ वनाएको थियो, वापतमा प्रत्येक महिना भरण पोषणको लागि रु. १४ सय पाउथें । सो रकम दिनआउने प्रदीप नेपाल । मसँग मेरी पत्नी विद्या र ४ वटा वालवच्चा थिए । सवैजना काठमाण्डौमा थिए । चिनी केजीको रु.१२ । मुसुरोको दाल रु. ८ । राँगाको मासु केजीको रु. १० । पञ्चयात शासनको अन्त्यतिर म चिकंमुगल बस्थें । 

किराँत याक्थुङ् चुम्लुङ्ले विक्रम सुव्वाको सक्रियतामा एउटा कार्यक्रम त्रिवि शिक्षाशास्त्रको सभाभवन किर्तिपुरमा आयोजना गरेको थियो । यसमा मैले वक्ताको रुपमा अव उपरान्त हामीले वोकेको वञ्चरोको धार पञ्चायततर्फ धेरै हान्यौं, आफ्नै कम्यूनिष्टतर्फ हान्नुपर्छ भनें । यसको जवाफ उक्त कार्यक्रममा मोदनाथ प्रश्रितले यसरी राख्नुभो, ‘गुरुङ, मगर, राई, लिम्वूले धरान, विराटनगर, भैरहवा, वुटवल आदिमा वनाएका भव्य घरहरु के वाहुनहरुले मागेका छन् ? यिनीहरुलाई पार्टीको पोलिटव्यूरो, केन्द्रीय समितिमा पद चाहिने ?’ मेरो रिस त्यस सभामा पोख्नु भो । मैले पञ्चायतको उत्तरार्धमा भन्नथालेको थिएँ कि देखिएका गैरतागाधारी पार्टी कार्यकर्तालाई प्रत्येक जातिवाट १/१ जनालाई नेकपा (माले) को केन्द्रीय समितिमा राखेमा पार्टीको गति दु्रत्तर हुदैजानेछ । यो कुरा बाहुनको नेतृत्वमा रहेको नेकपा (माले)लाई पचेको रहेनछ । पार्टीमा तागाधारी कार्यकर्ताहरुसँग गम्भीर प्रकृतिका सानातिना जातीय घटना भएको अनुभव मसँग डल्लै छन् । आवश्यकता नै आविष्कारकी जननी हुन् । घटनाहरु एकपछि अर्को ‘एक्सपोज गरिदै जालान’, आशा राखौं ।

वर्षौं पश्चात मैले रामेछाप वजारको हाइस्कूलको प्रअ गोरेवहादुर खपांगीको टेवलमाथि ग्वारहु राख्ने मगरलाई सम्झे । त्यसताका सम्भवतया जनकपुर अञ्चलमै म पहिलो ‘मगर हेडसर’ थिएँ । त्यही ग्वारहु राख्ने मगरको प्रेरणाले होला, २०३९ साल १५ फागुनमा ‘नेपाल लाङ्घाली परिवार सँघ’ खोल्ने मैले औकात पाएको हुनसक्छ । श्रद्धय हेमवहादुर पुनमगर यस संघको पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँ पोखरा रामवजार निवासी हुनुहुन्थ्यो । यो नवगठित संस्थाको माध्यमवाट मैले नेपाल दर्शन गरें । मगरको बसोबास पचहत्तरै जिल्लामा छ । यसको म संस्थापक सदस्य थिएँ । मगरको अवस्था प्रत्येक्षरुपमा बुझ्दैजादा साथसाथै यो समुदायलाई व्यूताउने कार्य पनि गर्न थालें । हिजोआज समुदायवाट समाज निर्माणतर्फ मगरहरु अघि बढ्दैछन् । व्यूतिन थालेका छन् । उठेका छन् । जागेका छैनन् । जाग्नेले आफ्नो विरुद्धमा आउन लागेको जोखिमको आभास, अन्देशा देख्न थाल्ने छन् ।
मैले यो कार्यमा लाग्न अघि वीए, डीप इन एड र ‘एमएड’सम्मको पढाइ सकेको थिएँ । अध्ययन थालें र साथ साथै व्यवहारिक क्षेत्रमा कार्यरत पनि हुनथालें । यसले मलाई म आफैले समेत रोक्न नसक्ने ज्ञानहरु ममा आउनथाले । ती थिए मेरा अनुभवहरु ।
मेरो घर महोत्तरीको रामनगरवाट गौशालावजारस्थित त्रिभुवन इङलिस हाइस्कूल पुग्न म विद्यार्थी छदाँ झण्डै आधा घण्टा लाग्ने गथ्र्यो । आमाले जौको रोटी भुसको मात्रा धेरै राखेर स्कूलमा खाजाको लागि दिने गर्नुहुन्थ्यो । मसँग अहिले कतै मेरो घर छैन । ज्ञानेन्द्रको पालामा राष्ट्रिय जनमुक्ति पार्टीको सिफारिसवाट ‘महिला वालवालिका तथा समाज कल्याण मन्त्री’ वनाइदा एउटा छाप्रोसम्म थियो, त्यो पनि थोत्रो । हाल म ‘होमलेस’ छु । असंख्य मगरहरु अझै पनि ‘होमलेस’ नै छन् । अन्यथा अर्थ राख्ने छैन भनी इच्छा राख्छु ।

पचासको दशकतिर आउदै गर्दा थाहा पाएँ, तृष्णा दुःखको कारण रहेछ । वुद्ध दर्शनमा घोत्लिदा यो थाहा भयो । उनको दर्शन, सिद्धान्त र विचारधाराको सम्वन्धमा यो लेखनकार्यमा आवश्यकता परे सही र सटिक कुराहरु नराख्ने भुल गर्दिन । सर्पको खुट्टा सर्पले देख्छ भनेझैं मगरले मगरको मन देख्नैपर्ने हुन्छ भन्ने विश्वासमा म छु ।

‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिवारे जानकारी नहुने व्यक्ति जराविनाको रुखजस्तै हो’–मार्कस गार्भे, जमैकन नेता । जमैकन नेताको सारगर्भिक भनाई उदृत गर्दागर्दै पनि म मगरको इतिहास, उत्पत्ति र संस्कृतिवारे जानकार व्यक्ति चाही पक्कै पनि होइन । मगर पछि पर्नु वा पारिनुको पछाडि यिनैवारे मगरमा अद्यावधि अज्ञानता व्याप्त रहनु नै हो । अज्ञानताको पर्दा लामो समयदेखि च्यात्ने क्रममा लखन थापामगर गोरखाका, नेपाल आर्मीका कप्तान प्रथम शहिद थिए नेपालका भनी नेपाल मगर संघको मञ्चवाट भन्दै हिडें २५ वर्षसम्म आधिकारिक रुपमा । मगर जातिसँग आदिकवि थिएनन् । स्याङ्जा कारिकोट जन्म भएका जीतवहादुर सिंजालीमगरलाई अघि ल्याइयो । नेपाल मगर संघले आफ्नो कार्यकालमा दशै परित्याग, मगरवाट कर्मकाण्ड गराउने र मगर जातीय धर्म वौद्ध भन्ने निर्णय अगाडि ल्याइसकेको छ । मौलिकताको कारणवाट ३ सय वर्ष अघिदेखि राजकाज चलाउदै आएका मगरहरुमा गौरवको अनुभूति हुनथालेको छ । मगर जातिवारे अध्ययन अनुसन्धान गर्नुहुने जोकोहिले राजहाँसको रुप धारण गर्नुभई पानीवाट दुध छुट्याउन सक्ने गुण राख्न सक्नुपर्छ भन्ने मेरो चाहाना हो, पूरा हुन नसक्ला तर मगरको आवश्यकता भने पूरा गरेकै हुनुपर्छ ।

मगर जातिवारे कलम चलाउनुहुने महानुभावले यसको साङ्गोपाङ्गोलाई छुनु, केलाउनु, उदृढ गर्नु, अध्ययन गर्नु, अनुसन्धान गर्नु आफ्नो धर्म मान्दा अत्युक्ति नहोला भन्ने ठान्छु । तथापि परोपदेशे पांदिताम हुनथाहन्न म । यो प्रक्रियावाट गुज्रिने क्रममा लेखकले धेरै लामो वाटो तय गर्नुपर्ने हुन्छ । वाटो लामो मात्रै नभई सोझो पनि छैन । आफूले चिताउदै नचिताएको लेखकले आफ्नो लेखन यात्रामा भेट हुने सम्भावना मात्र नभई मगर जातिका इतिहासलाई ठोस रुप दिन अथक प्रयास गरेर भेट्ने पनि गर्नुपर्छ । उदाहरणको लागि नेपालको शाहवंश ।

‘जात फेर्ने ठालुहरु’ लेखक प्रदीप थापामगर । उहाँले यसमा वडो रोचक ढँगवाट मगरहरुले जात फेर्दैगएको उल्लेख गर्नुभएको छ । इतिहासको अध्ययन गर्ने क्रममा म आफैले पनि कक्षा ५ मा पढ्दै गर्दा जंगवहादुर राणाका पिता वालनरसिंह कुंवर भन्ने पढ्थें । त्यसैगरि मुर्धन्य लेखक स्वर्गीय ऋषिकेश शाहवाट पनि लेख, रचना र प्रत्यक्ष भेटघाटमा शाहवंशको उद्गम थलो ‘मगर’ नै भएको उल्लेख गर्नुहुन्थ्यो र साथै, कुँवरको पहिलो रुप ‘मगर’ नै हो भन्ने गर्नुहुन्थ्यो । यो दावी वर्तमान नेपालमा मगर मात्रले गरेको पाउछौं । ‘प्राचीन मगर र अक्खालिपी’ लेखक एमएस थापामगरले ठोकुवा गरेर वुद्ध ‘मगर’ वंशकै थिए भनेका छन् । इतिहासको एउटा कालखण्डमा आइपुग्दा जात फेर्ने मगरहरु शाहवंशीय राजासमेत हुनपुगे । यसो हुनजादाँ पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्मातासमेत हुनपुगे । शाह राजाहरु निरङ्कुश हुनपुग्दा वर्गीय चरित्रको देन हो भन्दा अत्यूक्ति नहोला । जातीयताको गौरववारे चर्चा गर्दा वर्गीय निरङ्कुशतालाई पन्छाएर अघि बढ्नसक्नु मुर्धन्य लेखकको धर्म हुनजानेछ ।  
क्रमश.....

Last Updated on Tuesday, 29 January 2013 19:09

Hits: 1020

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर