A+ A A-

बेसहारालाई सहारा दिँदै मगर विद्यार्थी उत्थान समाज !

– हुमबहादुर थापा मगर

बाबाको स्वर्गबास, आमाको अर्कैसँग सहबास भएपछि विचल्लीमा परेका बालबालिकाहरूलाई मगर बिध्यार्थी उत्थान समाजले उद्दार गरी नेपालका विभिन्न जिल्लाका स्कुलहरूमा पढाइरहेको छ ।
स्थलगत भ्रमणको एक रिपोर्ट :

कतिपय बालबालिकाहरूका आमाको मृत्युपछि बाबाले सानी आमा ल्याएका छन् भने कतिका बाबाको मृत्युपश्चात् आमाले आफ्ना साना छोराछोरीलाई छाडेर अर्कैसँग पोइल हिँडेका कारण दुवै जनाको मायाबाट टाढिएर उनीहरूको भविष्य अन्धकार भएको छ ।


यो कथाबाहेक आमाबाबाले सानैमा छाडेर हिँडेका, गरिबी र पछौटेपन, अशिक्षित र अज्ञानताका कारणले मध्यपान र धूम्रपानको लतमा फसेर आफ्ना छोराछोरीलाई चटक्कै माया मारेर बसेका पनि मगर समाजका बस्तीबस्तीमा बल्ग्रेल्ती कथा बनेका छन् । यस्ता केही कथाका पात्रहरू त प्रतिनिधि मात्र हुन् । उनीहरूलाई सरकार र सरोकारवालाले कम्तिमा पनि कक्षा १२ कक्षासम्म निःशुल्क पढाइदिएमा उनीहरूले गुन कहिल्यै भुल्ने थिएनन् र समाज र देशका लागि केही गर्थे होलान ।



१. बाबा तिलकबहादुर थापामगरको ‘मृत्युपश्चात् आमा तिलककुमारी थापामगरले एक मात्र छोरा दीपक थापामगर र उनका दिदीहरू सुकमाया थापामगर वर्ष १९ र वर्ष २२ की अञ्जना थापामगरलाई छाडेर पोइल गइन् । बाबाको मृत्यु हुँदा दीपकको उमेर १० वर्ष मात्र थियो । २०६०-११-१० बारपाक सुलिकोट गापा ८, गोरखामा जन्मेका दीपक थापामगर जन्मँदै अपाङ्ग छन् । दीपकलाई हात्तीपाइले रोगले बेस्मारी गाँजेका कारण राम्रो गरी हिँडडुल गर्न पनि सक्दैनन् । औषधोपचार गर्न पैसा नभएर छरछिमेक र संघसंस्थाको सानो सहयोगले गर्जो टार्नेदेखि उपचार गर्दा पनि निको नभएका दीपक बताउँछन् ।


तिलकबहादुर थापामगर मरेर र आमा तिलककुमारी थापामगर पोइल गएर छाडेका दीपक थापामगरलाई पढ्नदेखि खान र बस्नका लागि ठूलो समस्याले सताइरहेको छ । उनी सहयोगीदाताहरूको पर्खाइमा छन् । दीपकले गाउँकै अन्तरज्योति माविमा अध्ययन गरी २.५ जीपीए लिएर यो वर्षको एसईई उत्तीर्ण गरेका छन् । दिदी सुकमाया थापा वर्ष १९ ले भाइ दीपकलाई पालनपोषण गर्दै आफूले पनि कक्षा १२ सिध्याएकी छन् । अर्की ठूली दिदी २२ वर्षिया अञ्जना थापामगरको विवाह भएको छ र उनले बीएमा अध्ययन गरिरहेकी छन् । दीपक गाउँको स्कुलमा आफूले चाहेको विषय नभएकाले बारपाक, सुलिकोटदेखि ८ घण्टा टाढा गोरखा बजारमा रहेको श्री शक्ति माविमा विज्ञान र अङ्ग्रेजी विषय लिएर कक्षा ११ का लागि भर्ना भएका छन् । उनको पढाइ खर्च मगर विद्यार्थी उत्थान समाजले व्यहोरेको छ । कक्षा ११ र १२ मा पास भएको खण्डमा ब्याचलरसम्म पढाइदिने गरी उत्थान समाजले दीपकलाई जिम्मा लिएको छ । तर, खान र बस्नका लागि भने स्वयम् आफ्नै तजबिजले गर्नुपर्ने भएकाले उनले ठूलो समस्या झेलिरहेका छन् । दीपक नेपाल मगर संघ गोरखा जिल्ला समितिका अध्यक्ष विष्णु रानामगरको सहयोगमा तत्काल राहतका लागि मगर संघको भवनमा बसेर अध्ययन गरिरहेका छन् भने सहयोगीदाताहरू पाए चाँडै नै बाहिर कोठा लिएर सर्ने कुरा जनाएका छन् ।

यहाँ दीपकको मात्रै पीडा भरिएको छैन, जुन गण्डकी गाउँपालिका, वडा नं. २ ताङलीचोक, गोरखाकी इन्द्रकुमारी रानामगरले पनि दुई छोरी वर्ष १८ की सावित्री र वर्ष १७ की पार्वतीलाई छाडेर अर्कैसँग पोइल हिँडेकी हुन् । पति होमबहादुर रानामगर, वर्ष ४९, जन्मजात अपाङ्ग छन् । सावित्री र पार्वती श्री विजया भवानी मावि, मकैसिंह गोरखाबाट ०७५/०७६ को एसईईमा उत्तीर्ण भएका छन् । पार्वती रानामगरले ३.६५ जीपीए लिएर एसईई उत्तीर्ण गरी हाल देवीनगरस्थित बुटवलमा आफ्नी फुपू माया झेडीमगरको घरमा बसेर पढिरहेकी छन् । उनी अहिले नवीन औद्योगिक कदरबहादुर रिता मावि, देवीनगर रूपन्देहीमा विज्ञान विषय लिएर अध्ययन गरिरहेकी छन् । उनकी दिदी सावित्री रानामगर विजयाभवानी मावि, मकैसिंह गोरखामै कक्षा ११ मा अध्ययनरत छिन् ।

२. कमला रानामगरलाई भने आमा मिरा रानामगरले सानैमा छाडेर पोइल गएकी हुन् । उनको जन्म २०५९-०२-०१ आश्राङ गोरखामा भए तापनि बाबा लोकबहादुर रानामगर वर्ष ४० ले सानी आमा मञ्जु थापामगर वर्ष ३५ लाई विवाह गरेपछि जन्म दिने आमाको मायाबाट टाढा भइन् । श्री नवजागृति चण्डी उच्च मावि आश्राङबाट २.२५ जीपीए लिएर एसईई पास गरेकी कमला हाल श्री शान्ति विद्यागृह कलेज लैनचौर काठमाडौँमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

३. कमला थापामगरको २०५८-०२-२८ मा जन्म हुनसाथ आमाको स्वर्गबास भएपछि बाबाले सानी आमा भित्राएपछि घरको बजैसँगै सिरानचोक गापा वडा नं. ८ फिनाममा भैँसी, बाख्रा र कुखुरा पालेर पढिरहेकी छन् । बाबा ओमबहादुर थापामगर भने सानी आमा दलमाया थापामगर र अन्य साना छोराछोरीसँग गोरखा बजारमा ज्यालामजदुरी गरी बसेका छन् । कमलाले परोपकारी आदर्श मावि, जौँबारीबाट २.८ जीपीए लिएर एसईई पास गरी सोही स्कुलमै कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेकी छन् ।

४. सुनिल थापामगर बाबा स्व. तेजबहादुर थापामगर र आमा हीरामाया थापामगरको कोखबाट २०६०-०७-१२ गते गोनपा ७ बतासे गोरखामा जन्मेका हुन् । आमा हीरामायाको स्याहारसुसारमा श्री नवज्योति मावि डण्डीडाँडा गोरखाबाट २.८ जीपीए लिएर एसईई उत्तीर्ण गरी यिनले श्री शक्ति मावि, शक्तिचोक, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

५. आमाको मायाबाट बञ्चित रीतिका बरालमगरलाई जन्मेको एक वर्षमा आमा बितेदेखिन ठूलो बाबा गगनबहादुर र ठूली आमा धनमाया बरालमगरले हालसम्म पालनपोषण गर्दै आइरहेका छन् । श्री लखन गापा बतासे, धैरुङमा २०६०-०५-१५ गते कुलबहादुर बरालमगरको छोरीको रूपमा जन्मेकी रीतिका एक वर्ष हुँदा आमा बितेदेखिन बाबा र कान्छी आमाले कुनै जिम्मेवार नलिएपछि ठूली आमा र ठुलो बाबाले लगेर पालेका हुन् । श्री भगवती हिमालय मावि धैरुङ, गोरखाबाट २.४५ जीपीए लिएर एसईई पास गरी उनी सोही स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् ।

६. स्याङ्जाका निलम थापामगरको जन्म २०६०-०६-२६ मा घ्याङसीडाँडा, स्याङ्जामा भएको हो । उनका बाबाको २०६१ सालमा मृत्यु भएको र आमा विष्णुमाया थापामगरले खेतीपाती गरेर छोरी निलमलाई पढाउँदै आएकी छन् । निलम श्री शिवालय मावि गु“ठी, स्याङ्जाबाट २.१५ जीपीए लिएर उत्तीर्ण गरी सोही स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

७. गङ्गा रानामगरको जन्म २०५८-११-२९ गते, तिनाउ ६, मिलटोल, डुम्रे, पाल्पामा भएको हो । बाबा स्व. टङ्कबहादुर रानामगर हुन् भने आमा टोपली रानामगरले खेतीपाती गरेर छोरी गङ्गालाई पढाउँदै आइरहेकी छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा १२ मा तानसेन बहुमुखी क्याम्पस काजीपौवामा अध्ययनरत छिन् ।

८. सुनिता सारुमगर र मधुसरा सारुमगरले पनि सानैमा बाबा बलबहादुर सारुमगरलाई गुमाएका थिए । उनीहरूको जन्म रिब्दीकोट ६, वाङसुरुङ, पाल्पामा भएको हो । आमा निरुकुमारी सारुमगरले सुनिता सारुमगर र मधुसरा सारुमगरलाई खेतीपाती गरेर पढाइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईईमा मधुसराले २.१० र सुनिताले २.६५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा अध्ययनरत छन् ।

९. गीता बगालेमगरको जन्म २०५६-०२-२२ गते रिब्दीकोट ६, बुढीचौर, पाल्पामा भएको हो । बाबा स्व. तिलबहादुर बगालेमगरको सानैमा मृत्यु भएकाले आमा आशाकुमारी बगालेमगरले उनलाई पालनपोषण गरी पढाउँदै आइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईई परीक्षामा २.३५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही नारायणी माविमा कक्षा ११ र १२ मा अध्ययनरत छिन् ।

गोरखा जिल्ला ०७५/७६ कक्षा ११ मा अध्ययनरत

१. पार्वती रानामगरको जन्मः २०६१-०४-०८ मा भएको हो ।

उनको ४९ वर्षे बाबा होमबहादुर रानामगर अपाङ्ग छन् र उनलाई गाउँलेले गाउँकै स्वास्थ्य केन्द्रमा पिउनको जागिर लगाइदिएका छन् । आमा इन्द्रकुमारी रानामगर दुई छोरी पार्वती र सावित्रीलाई छाडेर अर्कैसँग पोइल गएकी छन् । उनको स्थायी ठेगाना गण्डकी गाउँपालिका– २ ताङ्लीचोक, गोरखा भए पनि हाल उनी देवीनगरस्थित बुटवलमा आफ्नी फुपू माया झेडीमगरको घरमा बसेर पढिरहेकी छन् । श्री विजयाभवानी मावि, मकैसिंह गोरखाबाट ३.६५ जीपीए लिएर एसईईमा उत्तीर्ण गरेकी पार्वतीकी एक दिदी सावित्री रानामगर विजयाभवानी मावि, मकैसिंह गोरखामै कक्षा ११ मा अध्ययनरत छिन् । पार्वती रानामगरले हाल नवीन औद्योगिक कदरबहादुर रिता मावि, देवीनगर रूपन्देहीमा साइन्स विषय लिएर अध्ययन गरिरहेकी छन् ।

२. कमला थापामगरको जन्म २०५८-०२-२८ गते भएको हो । कमलाको बाबाको नाम ओमबहादुर थापामगर हो र आमा सानैमा बितेकी थिइन् ।

सानी आमा दलमाया थापामगर हुन् भने २३ वर्षका दाइ काजी थापामगर जापानमा अध्ययन गर्दै काम गरिरहेका छन् । माइला दाइ सुनिल थापामगर वर्ष १९ ले तल्लो जातको केटी विवाह गरी काठमाडौँमा बस्दै आएका छन् भने भाइ विशन थापामगर वर्ष १० ले पनि अध्ययन गरिरहेका छन् । स्थायी ठेगाना सिरानचोक गापा वडा नं. ८ फिनाममा घरकी कमला बजैसँगै बसेर पढिरहेकी छन् । परोपकारी आदर्श मावि, जौँबारीबाट २.८ जीपीए लिएर एसईई पास गरी उनी सोही स्कुलको कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेकी छन् ।

३. रञ्जना थापामगरको जन्म २०५९-१२-१७ मा गौरी कुवा, गोरखामा भएको हो । उनको बाबाको नाम ओमबहादुर थापामगर वर्ष ४८, हाल मलेसियामा कार्यरत छन् ।

उनी १० वर्षदेखि घरमा नआएको तर, सम्पर्कमा भने रहेका छन् । आमा तिलककुमारी थापामगर ४२ वर्षले कृषि काम गर्दै उनलाई पढाइरहेकी छन् । श्री जेनियस इङ्लिस मावि गोरखाबाट २.८५ जीपीए लिएर पास गरी उनी हाल श्री सरस्वती मावि, गोनपा ८, आहाले गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

४. सुनिल थापामगर गोनपा ७ बतासे, गोरखामा २०६०-०७-१२ मा जन्मेका हुन् । उनको बाबा स्व. तेजबहादुर थापामगर हुन् भने ४८ वर्षकी आमा हीरामाया थापामगर हुन् । उनले श्री नवज्योति मावि डण्डीडाँडा गोरखाबाट २.८ जीपीए लिएर एसईई उत्तीर्ण गरी श्री शक्ति मावि, शक्तिचोक, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

५. दीपक थापामगरको जन्म २०६०-११-१० बारपाक सुलिकोट गापा ८ गोरखामा भएको हो । स्व. तिलकबहादुर थापामगरको एक मात्र छोरा दीपक थापामगरलाई आमा तिलककुमारी थापामगरले छोडेर पोइल गएकी हुन् । अन्तरज्योति माविमा अध्ययन गरी २.५ जीपीए लिएर यस वर्षको एसईई उत्तीर्ण गरेका छन् । दिदी सुकमाया थापा वर्ष १७ ले भाइ दीपकलाई पालनपोषण गर्दै आफूले पनि १२ मा अध्ययन गरिरहेकी छन् । साथै २० वर्षिया दिदी अञ्जना थापामगरको विवाह भएको र बीएमा अध्ययन गरिरहेकी छन् । आफू १० वर्षको हुंदा बाबाको मृत्यु भएको थियो भने आमा तिलककुमारी थापामगरले छोडेर पोइल गएकी थिइन् । हाल श्री शक्ति मावि गोनपा ६, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका दीपकलाई खान र बस्नका लागि ठूलो समस्या भइरहेको छ । केही समयका लागि हाल नेपाल मगर संघ गोरखा जिल्ला समितिको भवनमा बसेर अध्ययन गरिरहेका छन् ।

६. रीतिका बरालमगरको जन्म श्री लखन गापा बतासे, धैरुङमा २०६०-०५-१५ गते भएको हो ।
उनका बुबा कुलबहादुर बरालमगर वर्ष ५४ हुन् भने जन्म दिने आमाको मृत्यु भइसकेको छ । आफू जन्मेको एक वर्षमा आमा बितेदेखि ठूलो बाबा गगनबहादुर बरालमगर र ठूली आमा धनमाया बरालमगर वर्ष ५९ ले हालसम्म पालनपोषण गर्दै आइरहेका र बाबा र कान्छी आमाले कुनै जिम्मेवार लिएका छैनन् । श्री भगवती हिमालय मावि धैरुङ, गोरखाबाट २.४५ जीपीए लिएर एसईई पास गरी रीतिका सोही स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् ।

७. कमला रानामगरको जन्म २०५९-०२-०१ आश्राङ गोरखामा भएको हो । बाबा लोकबहादुर रानामगर वर्ष ४० का हुन् भने जन्मदिने आमा मिरा रानामगर पोइल गएकी छन् । यिनकी सानी आमा मञ्जु थापामगर वर्ष ३५ हुन् । उनले श्री नवजागृति चण्डि उच्च मावि आश्राङबाट २.२५ जीपीए. लिएर एसईई पास गरेकी हुन् । हाल उनी श्री शान्ति विद्यागृह कलेज लैनचौर काठमाडौँमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

८. सावित्री रानामगरको जन्म २०६०-०७-२७, गण्डकी गाउँपालिका वडा नं. २, ताङलीचोक, गोरखामा भएको हो । वर्ष ४९ का होमबहादुर रानामगर अपाङ्ग छन् । त्यही कारण उनलाई गाउँलेले गाउँकै स्वास्थ्य केन्द्रमा पिउनको जागिर मिलाइदिएका छन् । आमा इन्द्रकुमारी रानामगर पोइल गएकी हुन् । सावित्री श्री विजयाभवानी मावि, मकैसिंह गोरखाबाट एसईईमा २.० जीपीए लिएर उत्तीर्ण भएकी हुन् । हाल उनले सोही स्कुलमा अध्ययन गरिरहेकी छन् ।

स्याङ्जा जिल्ला,  २०७५/७६ कक्षा ११ मा अध्ययनरत :

१. चन्द्रबहादुर सारुमगर २०५८-०९-०९ मा कालीगण्डकी गापा ६, दब्छे, स्याङ्जामा जन्मेका हुन् ।
उनका बाबा र आमा लालबहादुर सारुमगर र तेजकुमारी सारुमगर हुन् । श्री ध्रुवज्योति माविबाट ३.० जीपीए लिएर एसईई पास गरेका चन्द्रबहादुर हाल भगवती नमुना मावि मिर्मेमा मेजर अङ्ग्रेजी विषय लिएर अध्ययन गरिरहेका छन् ।

२. चाहना थापामगरको जन्म र स्थानः २०६०-१०-१२ मा कालीगण्डकी– ५, करेकुवा, स्याङ्जामा भएको हो । बाबाआमा थम्बर थापामगर र चुमिसरा थापामगर कृषिमा स्वावलम्बी बनेका छन् । चाहनाले श्री वीरेन्द्र मावि बलाम, जैपतेबाट २.९ जीपीए प्राप्त गरी हाल सोही स्कुलमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

३. ज्ञानबहादुर थापामगरको जन्म २०६१-०५-१३ मा गल्याङ नगरपालिका २, रैबार स्याङ्जा भएको हो । बाबाको नाम हेमबहादुर थापामगर आमाको नाम बोमीसरा थापामगर हो । श्री वीरेन्द्र मावि जैपते, स्याङ्जाबाट २.९ जीपीए लिएर उत्तीर्ण भई हाल उनले पूर्णमेड मावि स्याङ्जाको वालिङमा बिहान पढ्ने र दिनभरि भेनस होटलमा काम गरिरहेका छन् ।

४. प्रीतिका थापामगरको जन्म २०६१-०५-२१, गण्डकी नगरपालिका २,आमबोट, स्याङ्जामा भएको हो । उनका बाबा र आमाको नाम राजु थापामगर र तुलसी थापामगर हो । श्री शिवालय मावि गुठी, स्याङ्जाबाट २.६५ जीपीए. लिएर उत्तीर्ण गरी सोही उनी स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

५. निलम थापामगरको जन्म २०६०-०६-२६, घ्याङसिंहडाँडा, स्याङ्जामा भएको हो । उनको बाबाको २०६१ सालमा मृत्यु भएको र आमा विष्णुमाया थापामगरले खेतीपाती गरी छोरी निलमलाई पढाउँदै आएकी छन् । श्री शिवालय मावि गुठी, स्याङ्जाबाट २.१५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

पाल्पा जिल्लाको कक्षा १२ मा अध्ययनरतः २०७४-७६ :

१. विष्णु सारुमगरको जन्म २०५८-११-१४ मा तिनाउ ५, चरचरे, पाल्पामा भएको हो । उनको बाबा र आमाको नाम यमबहादुर सारुमगर र मञ्जु सारुमगर हो । बाबाआमाले चर्चरेको बाटोमा छाप्रे होटल व्यापार गरी छोराछोरीहरूलाई पढाउँदै आइरहेका छन् । विष्णुले श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा ३.१० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११सकेर १२ मा जनता मावि, पाल्पामा साइन्स विषय लिएर अध्ययन गरिरहेका छन् ।

२. गङ्गा रानामगरको जन्म २०५८-११-२९ गते तिनाउँ ६, मिलटोल, डुम्रे, पाल्पामा भएको हो । बाबा स्व. टङ्कबहादुर रानामगर हुन् । आमा टोपली रानामगरले खेतीपाती गरेर छोरी गङ्गालाई पढाउँदै आइरहेकी छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ र १२ मा तानसेन बहुमुखी क्याम्पस काजीपौवामा कक्षा ११सकेर १२ मा अध्ययनरत छिन् ।

३. सुनिता सारुमगरको जन्म २०५९-०६-२९ गते रिब्दीकोट ६, वाङसुरुङ, पाल्पामा भएको हो । बाबा स्व. बलबहादुर सारुमगर हुन् भने आमा निरुकुमारी सारुमगरले सुनिता सारुमगर र मधुसरा सारुमगरलाई खेतीपाती गरेर पढाइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईईमा २.७० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा अध्ययनरत छिन् ।

४. गीता बगालेमगरको जन्म २०५६-०२-२२ गते रिब्दीकोट ६, बुढीचौर, पाल्पामा भएको हो । बाबा स्व. तिलबहादुर बगालेमगरको सानैमा मृत्यु भएकाले आमा आशाकुमारी बगालेगरले उनलाई पालनपोषण देखि पढाउँदै आइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईई परीक्षामा २.३५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ सकेर १२ मा सोही नारायणी माविमा अध्ययनरत छिन् ।

५. टेकबहादुर गाहामगरको जन्म २०५६-०९-१२ गते तिनाउँ ४ सत्यवती पाल्पामा भएको हो । उनी हुमबहादुर गाहामगर र जुनिसरा गाहामगरको सुपुत्रको रूपमा जन्मेका हुन् । तानपा ८ श्री शारदा मावि मदनपोखरा, पाल्पाबाट २०७४/७५ को एसईईमा २.३५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही स्कुलमा कक्षा ११ सकेर १२ मा अध्ययनरत छन् । उनले अध्ययन संगै मगर समाजभित्रका कुरीति र कुसंस्कारहरूलाई हटाउनका लागि विभिन्न टेलिचलचित्रमा अभिनय पनि गर्दै आईरहेकाछन् ।

६. हरिकला चिदीमगरको जन्म २०५८-०९-१६ गतेका दिन तिनाउँ ६ माथिल्लो, डुम्रे, पाल्पामा बाबा धर्मबहादुर चिदीमगर र आमा सावित्री चिदीमगरबाट भएको हो । बाबा आजीवन मानसिक रोगी हुन् भने आमाले छिमेकीकोमा घाँस काटेर जिविकोर्पाजन गर्दै आइरहेका छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईईमा २.२५ जीपीए लिएर उत्तीर्ण गरी उनी तानसेन बहुमुखी क्याम्पस काजीपौवामा कक्षा ११ सकेर १२ मा अध्ययनरत छिन् ।

७. मधुसरा सारुमगरको जन्म २०५८-०४-१९ गते रिब्दीकोट ६, वाङ्सुरुङ, पाल्पा बाबा स्व. बलबहादुर सारुमगर र आमा निरुकुमारी सारुमगरको कोखबाट भएको हो । श्री भाष्कर मावि, पोरकनी ६ पाल्पाबाट २०७४/०७५ को एसईईमा २.१० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा श्री नारायणी मावि धुस्तुङ, रिब्दीकोट ६ पाल्पामा अध्ययनरत छिन् ।

८. लिसरा सारुमगरको जन्म २०६०-०४-०१ गते बाबा खड्क सारुमगर र आमा केशरीकुमारी मगरको कोखबाट सुकाजोर नगरपालिका ७, रामेछापमा जन्म भएको हो । हाल भनिमण्डल, ललितपुरमा बाबाआमा, एक दाइ र एक भाइसँगै बसेकी छन् । नेपाल डन बस्को स्कुल, सिद्धिपुर ललितपुरबाट २०७४/०७५ को एसईईमा ३.५० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा डीएभी कलेज जावलाखेलमा अध्ययनरत छिन् । कक्षा ११ मा उनले (ए) ग्रेडिङ प्राप्त गरेकी छन् ।

 पाल्पा जिल्लाको कक्षा १२ मा उत्तीर्ण गरी २०७५/७६ (बीबीएसमा अध्ययनरत)

१. विष्णु पुनमगरको जन्म २०५७-११-२६ गते पूर्वखोला गापा वडा नं. ३ मन्दिरडाँडा, पाल्पामा भएको हो ।

उनी खेमबहादुर पुनमगर र सुमित्रा पुनमगरकी छोरी हुन् । सरस्वती मावि, जल्पा, पाल्पाबाट २०७३/०७४ को एसईई परीक्षामा ३.२० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा शिक्षा सङ्काय विषय लिएर जनता मावि तानसेन, पाल्पामा अध्ययन गरी उनी सीजीपीए ३.०४ अङ्क लिएर उत्तीर्ण भएकी छिन् । कक्षा ११ को प्राप्त जीपीए ३.०८ र कक्षा १२ मा २.९९ जीपीए जम्मा गर्दा टोटल रहेको सीजीपीए ३.०४ छ । हाल उनले त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा शिक्षा सङ्काय विषय लिएर ब्याच्लर अध्ययन गर्दै गरेकी छन् ।

२. वसन्ती थापामगरको जन्म २०५८-०३-१३ गते तानपा १४, बौघा गुम्हा, पाल्पामा बाबा डिलबहादुर थापामगर र आमा शोभा थापामगरको कोखबाट भएको हो ।

आमा धेरै वर्षदेखि घरमा बसेका छैनन् । श्री सर्वोदय मावि बौघा गुम्हाबाट २०७३/०७४ को एसईई परीक्षामा २.४० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही श्री सर्वोदय मावि बौघा गुम्हा, पाल्पाबाट कक्षा १२ मा उत्तीर्ण भएका हुन् । हाल पाल्पा बहुमुखी क्याम्पस तानसेन पाल्पामा बीबीएस विषय लिएर अध्ययन गर्दै गरेका छन् ।

३. रिचा उचइमगरको जन्म २०५८-०३-२९ गते तिनहूँ गापा वडा नं. ६, डुम्रे पाल्पामा भएको हो । उनका बाबा र आमाको नाम लेखबहादुर उचइमगर र टीकाकुमारी उचइमगर हो ।
 
हाल उनले रिब्दीकोट गापा वडा नं. १ सिरूखर्कमा आफ्नी मुसी लक्ष्मी दङ्गालको संरक्षणमा रहेर पढेकी छन् । बाबाआमाले १८ महिनाको हुंदै सानैदेखि छोरीलाई छाडेकाले उनलाई मुसी लक्ष्मी दङ्गालले हालसम्म पालनपोषणदेखि पढाउने कामसमेत गरिरहेकी छन् । उनी श्री लक्ष्मी मावि, रिब्दीकोट ३, खस्यौलीबाट २०७३/०७४ को एसईई परीक्षामा ३.२० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा श्री सरस्वती मावि रिब्दीकोट ३, खस्यौली, पाल्पामा व्यवस्थापन विषय लिएर अध्ययन गरी उत्तीर्ण भएका छन् । उनको कक्षा ११ को प्राप्त ३.१२ र कक्षा १२ मा २.७८ जीपीए जम्मा गर्दा टोटल सीजीपीए २.९५ रहेको छ । उनले हाल पाल्पा बहुमुखी क्याम्पस तानसेन पाल्पामा चार वर्षे कोर्ष बीबीएस विषय लिएर अध्ययन गर्दै गरेकी छन् ।

दुई जना असफल

१. टीकासरा गाहामगरको जन्म २०५९-०६-१५ गते, बगनासकाली, पाल्पामा भएको हो । उनी बाबा उभानसिंह गाहामगर र आमा धनका गाहामगरका दुई सन्तानमध्ये जेठी छोरीको रूपमा जन्मेकी हुन् । टीकासरा जन्मेको दुई वर्षमा आमाको मृत्युभएको थियो । उनका एक भाइ किरण गाहामगर वर्ष १५ ले कक्षा १० मा अध्ययन गरिरहेका छन् । हाल रिब्दीकोट गापा ५ नयाँटोलमा दुवै दिदी र भाइ मावली बजै लीला रानामगरसँगै बसेर पढेका छन् । श्री भवानी मावि रिब्दीकोट ५ कुसुमखोलाबाट २०७३/०७४ को एसईईमा २.३५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही स्कुल भवानी माविमा पढे पनि टीकासरा १२ मा भने उत्तीर्ण हुन सकिनन् ।

२. देवीकला बुचामगरको जन्म २०५८-०२-०३ गते रिब्दीकोट गापा ५, नया“टोल पाल्पामा भएको हो । उनका बाबा स्व. थर्कबहादुर बुचामगर र आमा लिला बुचामगर, दिदी हिरा बुचामगर हुन् । श्री भवानी मावि रिब्दीकोट ५ कुसुमखोलाबाट २०७३/०७४ को एसईई मा १.७० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही स्कुल भवानी माविमा पढे पनि उनी कक्षा १२ मा उत्तीर्ण हुन भने असमर्थ भएकी छन् ।

काठमाडौँ, ब्याचलर दोस्रो वर्ष (२०७३ सालदेखि सुरु गरेको ) 

ज्योति मगरको जन्म २०५७-०३-०२ मा बुङमती, कार्यविनायक नगरपालिका ७ ललितपुरमा भएको हो । उनका बाबा र आमाको नाम जीवन मगर र सानुमैया मगर हो ।

श्री आर्दश सौलाह युवक उच्च मावि सैँबु, बुङमती ललितपुरबाट २०७२/०७३ को एसईईमा ३.२५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा एसिया कलेज अफ म्यानेजमेन्ट जावलाखेल ललितपुरबाट उत्तीर्ण गरी उनी पाटन क्याम्पस, ललितपुरमा ब्याचलर दोस्रो वर्षमा अध्यानरत छिन् । एक बहिनी रेक्की पनि अध्ययन गर्दै गरेकी र बाबा मानसिक रोगी भएकाले उनकी आमाले ज्यामी काम गरेर घरव्यावहार चलाइरहेकी छन् ।
२०७३ सालको एसएलसि परिक्षामा ललितपुर जिल्ला अन्तरगत सामुदायिक बिध्यालयबाट प्रथम स्थान हासिल गरेकोले मथुरा राना मगर छात्रबृति पुरस्कार बाट पुरस्कृत समेत भएका छन मगर ।

 तनहूँ २०७४ ब्याचलर दोस्रो वर्षमा

१. नवीन आलेमगरको जन्म २०५५-०८-१३ मा भगवतीपुर गाविस, तनहूँमा भएको हो । उनका बाबा र आमा दलबहादुर आले वर्ष ४९ र प्रेममाया आले मगर वर्ष ४६ हुन् । श्री सरस्वती मावि सबुग, भिमाद, तनहूँबाट २०७२/०७३ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाबाट उत्तीर्ण गरी उनले ब्याचलर दोस्रो वर्षमा बहुमुखी क्याम्पस हेटौँडामा अध्ययन गरिरहेका छन् । गरिब परिवारका उनको एक छापे घर र बारीको नाममा एक सोता बारी मात्रै रहेको छ ।

२. सुना थापामगरको जन्म २०५७-१०-२७ मा रिसिङ गापा १ क्वादी, तनहूँमा भएको हो । उनका बाबा र आमाको नाम  पदमबहादुर थापामगर वर्ष ४९ र केसरीमाया थापामगर वर्ष ५१ हो । श्री शुक्ला मावि, बेलटार, तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा ३.१५ जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, व्यास नपा तनहूँमा अध्ययन गरेकी छन् ।

३. विवेक थापामगरको जन्म २०५८-०६-१७ मा बन्दिपुर ४ विमलनगर, तनहूँमा भएको हो । उनका बाबा र आमा खेमराज मगर र गीता थापामगर हुन् । श्री पवित्रा मावि बन्दिपुर १ पिप्ले तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा २.६५ जीपीए लिएर उत्तीर्ण गरी उनले कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, ब्यास नपा तनहूँमा अध्ययन गरेका छन् ।

४. अञ्जना थापामगरको जन्म २०५७-०५-०३, बन्दिपुर गापा ६ तनहूँमा भएको हो । उनका बाबा स्व. तिलबहादुर थापामगर र आमा एकमाया आलेमगर हुन् । श्री उरण मावि बन्दिपुर १ तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा १.९५ जीपीए लिएर उत्तीर्ण गरी उनले कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, ब्यास नपा तनहूँमा अध्ययन गरेकी छन् ।

मगर समाजमा रहेको विपन्न गरिबी पिछडिएका वहिष्करण र बञ्चितीकरणमा परेका मगर समुदायको आर्थिक, सांस्कृतिक, भाषिक, सामाजिक र शैक्षिक विकास गर्न स्थानीय मगर समुदायको प्रत्यक्ष, परोक्ष, सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गराउनका लागि वैदेशिक रोजगारीमा रहेको बखतमा आफ्नो छाक काटेर गरिबी, पिछडिएका मगरका छोराछोरीहरूलाई पढ्नबाट बञ्चित नहोऊन् भन्नाका खातिर थोरै संख्यामा थोरै भए तापनि अँध्यारो रातबाट उज्यालोको बाटोमा लानका लागि प्रयास गर्नुहुने श्री मनिराज पुनमगर बाग्लुङ र गङ्गाबहादुर गाहामगर स्याङ्जा यस संस्थाका संस्थापक, पुजनीय र योजनाकारहरू हुन् । स्वदेश तथा विदेशमा रहेका मगर समुदायको सहयोगबाट यस संस्थाको अक्षयकोष खडा गरी आएको ब्याजबाट विद्यार्थीहरूलाई पढाइरहेको यस संस्थाका अध्यक्ष क्या. कुलप्रसाद पुनमगर बताउनुहुन्छ, ‘मगर विद्यार्थी उत्थान समाज २०७१ सालमा नेपाल सरकार ललितपुर जिल्ला कार्यलयमा दर्ता गरी हालसम्म विभिन्न जिल्लाको मगर बस्तिमा गएर प्रतक्ष अवलोकन गरि गरिब मगरका छोराछोरीहरुलाई छात्रवत्ति दिँदै आइरहेको छ । यस संस्थाले एसईई उत्तीर्ण गरेका गरिब तथा जेहेन्दार छात्रछात्रालाई कक्षा ११, १२ र ब्याचलरसम्म अध्ययन गराउँदै आइरहेको र यो कार्य २०७३ सालबाट सुरु गरेको हो । हालसम्म यस संस्थाबाट ३५ जना छात्रछात्राहरू लाभान्वित भइसकेका छन् । यो संस्था एउटा मार्ग दर्शक मात्रै हो,पुन्य कमाउन पशुपति धाउनु भन्दा  अन्दोलाई बाटो देखाउनु बेस होला ।

यो संस्थामार्फत सहयोग गर्न इच्छा भएमा (www.mbus.org.np जानाकारी लिनको लागी)हाल बेलायतमा रहनुभएका यस संस्थाका संस्थापकद्वय मनिराज पुनमगर ४४७९२६५००८०१, Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it. र गङ्गा थापा गाहामगर र ४४७८३७६२५१२१ साथै नेपालमा यस संस्थाका अध्यक्ष क्या.कुलप्रसाद पुनमगर ९८४१७०१८९२ र सचिव हुमबहादुर थापामगर ९८४१५९३६०६ This email address is being protected from spambots. You need JavaScript enabled to view it. लाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । धन्यबाद ।

(लेखकः मगर विद्यार्थी उत्थान समाजका सचिव साथै मगर मास्टर डिग्री एड पीएचडी ट्रष्टका संस्थापक सदस्य र खपांगी फाउण्डेसनका अध्यक्ष हुन् ।)

Last Updated on Friday, 31 January 2020 17:03

Hits: 419

मगर जातिको सामाजिक, राजनैतीक, धार्मिक पहिचान ???

बलबहादुर घर्तीमगर

मगर जाति नेपालको प्राचीन जाति हो । हाल आएर मगर नेपालभर फैलिएको छ । त्यति मात्र होइन भारत बर्मा र विश्वका अन्य मलुकहरुमा पनि बसाई सर्दै गएको छ । जो जहाँ पुगे पनि हाल भौगोलिक पहिचान स्थापित गर्न खोजिएको भूमि नै मगर जातिको मूल थलो हो ।

मगर जाति मध्येपहाडी भूभागको पहारिलो स्थानमा बस्न रुचाउने जाति हो । त्यसैले पहाडी क्षेत्रका पहारिला ठाउँमा मगर वस्ती आज पनि देख्न सकिन्छ । मगर वस्तीहरु एकै ठाउँमा एकिकृत रुपमा रहेका देखिन्छन् । घरमा झल्कने वास्तुकला र बसाईको एकरुपताले मगर जातिको भावनात्मक एकतालाई पनि प्रतिविम्वित गर्दछ । त्यसैले होला समुदायबाद मगर जातिको प्रमुख विशेषता हो । हरेक निर्णयहरु व्यक्तिगत भन्दा समुहबाट निर्धारण हुने गर्दछ । मामा चेली र फूपुचेलाबीच विवाह सम्बन्ध हुने यो जातिको सामाजिक संरचना पनि नेपालका अन्य जातजाति भन्दा भिन्न छ । खासगरी मध्ये पहाडको प्राकृतिक श्रोतको उपयोग र व्यवस्थापनमा मगर जातिको अब्बल क्षमता रहेको छ । पुनरजन्ममा विश्वास गर्ने तर स्वर्गको परिकल्पना नगरिएको मगर जातिको जीवनोत्तर अवस्थाको पनि आफ्नै खालको विश्वास र मान्यता छ ।

मगर जातिको राजनीतिशास्त्र

मगर जातिको आफ्नै राजनीतिशास्त्र छ । समुदायवाद मगर जातिको मुख्य राजनीतिक दर्शन हो । यो परिवारको तहसम्म पनि रहेको छ । पारिवारिक निर्णयमा महिलाको सहमति वेगर कमै निर्णय हुने गर्दछन् । मगर जातिमा शुरुवातमा खसहरुको प्रभाव त्यसपछि हिन्दु समाज व्यवस्थाको जबरजस्त प्रभाव परेको देखिन्छ । यसले मगरको मौलिक राजनैतिक प्रकृयामा पनि निकै बदलावहरु भए । यसको परिणाम आज हाम्रो सामू छ । मगरहरुको मौलिक राजनैतिक अभ्यासले नेपालको राजनीतिक विकासक्रममा केही न केही प्रभाव पारेकै होला तर यसको अध्ययनको खाँचो छ । नेपालको भूमि प्रशासनमा प्रचलित रैकर शब्द मगर भाषाबाट नै गएको शब्द हो ।


रई राजा वा मालिक हो । मगर जातिमा आज पनि रई भन्ने शब्द छ । यसले पनि मगर जाति सामुहिक तर केन्द्रिकृत नेतृत्वमा विश्वास गर्ने जाति हो । मगर जातिमा उमेर नेतृत्वको मुख्य योग्यता हो तर निर्णय सामुहिक हुने गर्दछ । शिर्तू, ङएतामे, पोन निर्धारणमा मुख्य आधार आज पनि उमेर रहनु यस्को ज्वलन्त उदाहरण हो । मगर जाति वंशलाई नभई उमेरलाई नेतृत्वको मुख्य आधार मान्दछ । उमेरले जेठो मान्छे समुहमा सम्मानित हुन्छ । उसबाट समुहले अगुवाईको अपेक्षा गर्दछ । परिवारमा पनि जेठो मान्छेको आशन अरु भन्दा विशेष हुन्छ । विवाद निरुपण तथा कुनै विशेष कार्याम्भमा पनि समुदायको जेठो व्यक्तिको भूमिका अपेक्षित गरिन्छ ।

मगर जातिको सामाजशास्त्र

मगर जाति हिन्दु वर्ण व्यवस्थाबाट प्रभावित छैन । हिन्दुहरुले वैंश्य जातिको व्यवहार गर्न खोजे पनि वि.सं. २०५८ पछि भने आदिवासी जनजातिमा समुहकृत भएको छ । यसले मगर जातिलाई कथित हिन्दु वैंशे जातिबाट मुक्ति दिलाएको छ । मगरभित्र कुनै पनि थरहरु उचनीच शुध्द अशुध्द हुँदैनन् । सामान्य त मगर जातिका प्रमुख थर पद हुन् भने उपथर उत्पत्तिको थर हुन् । जस्तो रोका पुन बुढा भनेका क्रमश ग्राम उपप्रमुख, पुजारी, सेनापति हुन् । पुन मगरजाति भित्रबाट विकास भएको पद हो भने बाँकी दुई खस राज्यबाट आयात भएका हुन् । राना थापा लगायतका थरहरु पनि पद नै हुन् । उपथर खुट्याएर विवाहबारी चलाउने प्रचलन आज पनि छ जस्तो बाइजाली र दर्लामी । मामाचेली र फूपुचेलाको विवाह हुने भएकोले उपथरकै आधारमा पूर्व निर्धारित इस्त माइतीको स्थायी नाता सम्बन्ध रहेको हुन्छ । विवाह हिन्दु धर्म जस्तो कन्यादानको दर्शनबाट निर्देशित नभएर संझौता सम्बन्ध वा माइतीको चेलीमा

इस्तको हकले तय गर्दछ । त्यसैले बुहारीको स्थान कमजोर हुँदैन । माइती पक्ष बलियो र माथिल्लो स्थानमा हुने हुँदा कुटुम्बका लागि माइतीको आशिर्वाद सदा अपेक्षित हुन्छ ।

मगर जातिको अर्थशास्त्र

मगर जाति नेपालको मध्ये पहाडी क्षेत्रमा सदियौँदेखि रही आएको जाति हो । मध्येपहाडका धेरै जस्तो स्थानको नामाकरण पनि मगर भाषाबाट नै भएको देखिन्छ । यहाँको जल जमिन जंगल जडिबुटीको उपयोग गर्दै पुस्तौँ पुस्तासम्म रही आएको मगर जातिको मुख्य पेशा खेती र पशुपालन हो ।उपल्लो भेगतिर भेडापालन पनि मुख्य पेशाको रुपमा देखिन्छ तर मध्ये पहाडमा अन्नबाली र गाई भेडा बाख्रा पालन प्रमुख जीविकोपार्जनका साधन हुन् ।

पाहा अरिङ्गाल छिचिम्म्रा सुगुर गाई भैसी तथा सिस्नो जुलुका च्याउ कोदो जस्ता जीव र वनस्तपती समेत मगर जातिका खाध्य श्रोत हुन् जस्लाई गैररैथानेले अखाध्य वस्तुको रुपमा परिभाषित गर्दै आएको देखिन्छ । केही दशक अघिसम्म नुन बाहेक सबै वस्तु आफै उत्पादन गर्न सक्ने र आत्म निर्भर अर्थतन्त्र भएको जाति हो मगर । पछिल्लो समय भने भारतीय र बेलायती सेनामा सेवा गर्ने अभ्यास हुन थालेपछि मगर जातिको अर्थशास्त्र लाहुरिज्मतिर शिफ्ट भएको छ । यो आज झन् विस्तार भएको छ ।

मगर जातिको संस्कृति

नदीनालाका मुहान, पर्वत, जंगललाई मगर जातिले पूजा गर्दछ । विसौना स्थापना गरी पुस्तौँ पुस्ता पित्तरहरुलाई वरपिपल घेरेर थापना गर्ने चलन छ । परिवार आफ्ना पित्तरहरु आफ्नै कुलमा पुनरजन्म लिएर आउन भन्ने अपेक्षा गर्दछन् । मृत्यूपछि पनि पित्तरको रुपमा घुर विसौनीमा आफैसँग रही रहने हुँदा मिठो मसिनो र पाहुनाको पाहुर पहिलो नम्बरमा उनीहरुलाई पस्केर मात्र अरुले खाने चलन छ । यसले मगर जाति आफ्ना पूर्वजप्रति अति समर्पित जाति हो भन्न सकिन्छ । मगरहरु १२ भाई इहरीहरुलाई बराहाको रुपमा पूजा गर्ने गर्दछन् । नेपालमा बली दिएर वर माग्ने र वर प्राप्त गर्न सकिने विश्वास भएका देवी देउताहरु मगरहरुकै बराहा हुन् । रोल्पाको जलजला म्याग्दीको खैर बराहा तनहुँको छब्दी बराहा फेवातालको ताल बराही गोरखाको मनकामना यसका उदाहरण हुन् । जन्म विवाह मृत्य संस्कारहरु आफ्नै खालका छन् । कुटुम्ब विना यिनको विधि पुरा हुँदैन । मगरको कर्म काण्डमा पण्डित लामा पाश्चरको खाँचो हुँदैन । कुटुम्ब वा इस्तहरु अनिवार्य छ ।

मगर जातिको धर्म

मगर जाति कुनै धर्मको बन्धनमा बाँधिएको जाति होइन । संस्थागत रुपमा मगर संघले मगरको जातीय धर्म बुध्द घोषणा गरे पनि त्यो यथार्थ होइन । नेपाल हिन्दु अधिराज्य हुँदा हिन्दु धर्मलाई काउन्टर गर्न पनि नेपालको दोश्रो ठूलो धर्म बौध्द अंगालियो होला । अर्को कुनै समय यस्तो थियो कि धर्म नभएको पनि मान्छे हुन्छ र, भनिन्थ्यो । प्रकृति पूजकले पहिचान पाएको थिएन । धर्मको महलमा कुनै न कुनै धर्म उल्लेख गर्नु पर्ने बाध्यता थियो । त्यसैले मगर संघले हिन्दुको ज्यादती विरुध्दको आवाज उठाएको पनि हुन सक्छ । त्यो सन्दर्भमा सायद नेपालको मगर जातिसँग त्यो नै उपयुक्त विकल्प थियो होला । तर मगर जातिको जातीय धर्म बौध्द हुन सक्तैन । यसो भनिरहँदा खेरी फेरी डोल्पाका काइके भाषी मगरहरु र अन्य बौध्द धर्मालम्बी मगरहरुको पनि धर्म बौध्द होइन भनेको चाँही होइन । तिब्बती समुदायसँग निकट रहेका मगरहरुले भने बौध्द धर्म अंगालेको देखिन्छ । अन्य मगरहरुमा हिन्दु धर्मको प्रभाव बढी देखिन्छ । कतिपय मगरहरुको त बाहुन पण्डित विना कर्मकाण्ड नै नहुने अवस्था पनि छ, खस जस्तै । कतिपय मगर क्रियश्चनतिर प्रवेश गरेको पनि पाइन्छ । तर जो जहाँ भएपनि यो चाँही निश्चित हो कि मगर जाति धार्मिक सम्प्रदाय होइन बरु सांस्कृतिक रुपमा अत्यन्त सम्पन्न जाति हो । त्यसैले मगर जातिलाई धर्मबाट अलग पारेर भाइचार निर्माण गर्नु पर्छ ।


धर्मको शास्त्रीय विकासलाई हेर्ने हो भनेपनि यो ३ चरणमा विकास हुन्छ । प्रकृति पूजक, बहुदेउतावाद, एकलदेउतावाद । एकलदेउतावाद नै धार्मिक सम्प्रदाय हो । खासमा भन्ने हो भने मगर जाति कुनै धर्मको कित्तामा जानु पर्ने आवश्यकता छैन । अब त बरु राज्यलाई धर्मको महल नै हटाउने भन्नु पर्ने बेला आएको छ । धर्म निरपेक्ष समाजमा यसको आवश्यकता छ । धर्मको नाममा हामीबीचको बन्धुत्वलाई किन कमजोर बनाउने । हाम्रा पूर्वजहरुले अंगालेको संस्कृति बचाउँ, यसलाई अझ समयानुरुप विकास गरौँ अनि आधुनिक र उन्नत समाजमा फड्को मारौँ । धर्म राजनीतिक पार्टिको नाममा हामी ध्रुवीकरण नहऔँ, यसमै मगर जातिको कल्याण हुने छ ।

 

Last Updated on Friday, 17 May 2019 14:14

Hits: 772

यसकारण हुन् लखन थापा मगर प्रथम सहिद !

- त्रिलोक सिंह थापा मगर

Image may contain: 1 person, smiling
१) जङ्ग बहादुरको एकतन्त्रीय, निरकुंश तथा पारिवारिक शासन प्रणाली विरुद्ध वि.सं. १९२७ मा शखनाद गर्ने प्रथम शहीद लखन थापा द्वितीयले आफूले नेतृत्व गरेको विद्रोह एव विरोधको लक्ष्य तथा उद्देश्यहरू जनसमक्ष यस प्रकार राख्ने गरेका थिए ।

“जङ्ग बहादुरले नेपाल म्लेच्छलाई बेच्यो दुनिया त्राही त्राही पारिरहेछ ।

जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हलका पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराउ, जगदम्बा काली माताले मलाई बरदान दिएकी छिन्, भाइ हो तयार होऔं” (भीम भक्तमान सिंह २००५) जङ्ग बहादुरको तानाशाही शासन विरुद्ध गरिएको सशस्त्र विद्रोहको उक्त उद्देश्यहरू पूर्णरुपमा राजनैतिक परिप्रेक्षमा रहेको देखिन्छ । उदाहरणका लागि (क) लखन थापा द्वित्तीयले त्यही बेला देखि नै विदेशी हस्तक्षेपको विरोध गरेका थिए । (ख) जङ्ग बहादुरको हुकुमी तथा पारिवारिक शासन प्रणाली बाट जनता त्राही त्राही भइ सकेको हुदाँ सो प्रणालीमा आमूल परिवर्तन ल्याई “सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने ।

२) उपरोक्त लक्ष्य प्राप्तिका लागि उनिले मुख्यतः तीनवटा रणनीतिहरू प्रयोग गरेका थिए । ९क० धर्म, पुर्नजन्म, अन्धविश्वास तथा मनोकामना देवी माथि प्रगाढ तथा अटूट आस्था र निष्ठा राख्ने तत्कालीन जनता एंव समाजलाई आफ्नो आन्दोलनको पक्षमा परिचालन गर्न गराउन देवी माताको वरदान प्राप्त भएको भनेर प्रचार गर्ने गरेका थिए । फलस्वरुप जनताको स्वतः स्र्फूत सक्रिय सहयोग एंव संलग्नता प्राप्त गर्न उनी सफल भए । (ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा व्राहमण क्षेत्री गुरुङ्ग मगर तथा अन्य जातिको दुई हजार युवाहरूको जनमिलिशिया, आफ्नै किल्ला, शस्त्र अशस्त्र , खाद्यान्न तथा युद्धकलाको प्रशिक्षण समेतको व्यवस्था छोटो अवधिमा गर्न गराउन सफल भए । ९ग० हुकुमी एंव तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोशमनि सम्प्रादायलाई राजनैतिक संगठन र राजनैतिक दलको रुपमा परिचालन गरे । साथै राजनैतिक चेतना सिर्जना गरे ।

३) यसै क्रममा इतिहासकार प्रमोद शमशेर राणाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्, “राणाहरूको विरुद्ध यो पहिलो विद्रोह थियो । यसभन्दा पहिले कसैले राणाहरूको विरुद्ध औला उठाएको देखिएन ।” (इ.सं. १९९५० )जङ्ग बहादुरको छोरा पदम जङ्गले आफ्नो पुस्तकमा लेख्नु भएको छ, “नेपालमा सुनौलो युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।” (ई.सं. १९७००यसै क्रममा लखन थापा द्वित्तीयलाई विद्रोही राजाको संज्ञा दिदै फ्रान्सेली विद्वान मेरी टिलौइनले आफ्नो कार्यपत्रमा उल्लेख गर्नु भएको छ, “सन् १८५७ को भारतीय सिपाही विद्रोहका विद्रोहीहरू संग संप्रक भए पछि उनीले आफ्नो राजनैतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।” (इ.सं. २०००)

४) लखन थापा द्वित्तीयले नेतृत्व गरेको जनविद्रोह भन्दा पहिले तथा त्यस पछि पनि जंङ्ग बहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरि सत्ताबाट च्यूतभएका चौतारी, काजी, भाई भरदारहरूले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रीसइवी आकांक्षा र आवेशका कारणहरूबाट जङ्ग बहादुरको हत्या गर्ने गराउने असफल षड्यन्त्र प्रयास भएका थिए । राजा सुरेन्द्रको हत्या गरेर जङ्ग बहादुरलाई फसाउने षड्यन्त्र वि.सं. १९०२ मा वीरध्वज वस्नेतले गरेका थिए । त्यस्तै जङ्ग बहादुरको आफ्नो भाई बद्रिनरसिंह कुवर, काकाको छोरा जय बहादुर कुवर साथै करवीर खत्री तथा भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि वि.सं. १९०७ उन्को हत्या गर्ने असफल योजना र षडयन्त्र गरेका थिए ।

५) सन् १८५१ को मुलुकीऐन लागु भए पछि जनजातिहरूको सामाजिक स्तर तल झरेको थियो । जनजातिहरू जङ्ग बहादुरको पारिवारिक एवं तानाशाही व्यवस्था बाट रुष्ट एंव असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही असन्तुष्ट युवाहरूबाट जङ्ग बहादुर राणाको विरुद्ध सैनिकहरूलाई विद्रोह गर्न उत्तेजित पार्न, जङ्ग बहादुरको हत्या तथा सत्ता पल्टाउन असफल प्रयास भएको थियो । सो प्रयासमा संलग्न, वि.सं. १९३३ मा सुकदेव गुरुङ्ग र श्रीपति गुरुङ्गको हत्या जङ्ग बहादुरको निर्देशनमा गरिएको थियो । वि.सं. १९३४ सालमा राणा शासनको विरोध गर्ने सुपति गुरुङ्ग भने पक्राउ पर्न सकेनन् । जनजातीका उक्त शहादत प्राप्त शहीदहरूको राज्यले यथोचित सम्मान गर्नु पर्दछ ।

६) सम्पूर्ण जन संख्याको तुलनामा दुई हजार युवाहरूको जन मिलिशिया तयार गर्न तथा राजनैतिक प्रशिक्षण प्रदान गर्न त्यसवेला सानो कुरा थिएन । जनताले लखन थापा द्वित्तीयलाई राजा सरह मान्न थालेका थिए । यसै सन्र्दभमा इतिहासकार रेग्मी अनुसार, “ लखन थापा द्वित्तीयको योजना राजा सुरेन्द्रको कान्छो भाईको छोरालाई राजा बनाउने रहेको थियो । कालान्तरमा आफै राजा बन्ने पनि थियो । (रेग्मी १९८०)

७) वर्तमान समयमा सेनामा जेष्ठता, शैक्षिक योग्यता आन्तरिक वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्यदक्षताका आधारमा मुल्याङ्कन गरेर प्रायः पदोन्नति गर्ने चलन रहेको छ । जङ्ग बहादुरको हुकुमी शासन व्यवस्थामा वच्चा जन्मिदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जङ्ग बहादुर आफै कप्तान पदबाट प्रधान मन्त्रि भएको हुन् । कप्तान लखन थापा द्वित्तीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जनजातिका युवक थिए । मगर पल्टनमा आफ्नो सामरिक क्षमता, योग्यता, अनुभव खस खुसियात उपयुक्त निर्णय तथा नेतृत्व गर्ने शीपको प्रदर्शन गरेको हुदाँ १४ वर्ष छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुन सक्ने(वि.सं. १९२५० कुनै अप्ठ्यारो थिएन । हुकुमी शासनमा हुक्म नै पदोन्नतिको मुख्य आधार थियो । घर विदामा बसेर जनविद्रोहको रणनीति तर्जुमा गर्नु एउटा सिपाहीलाई चानचुने कुरा थिएन ।

छ सात वर्ष सम्म राणाहरूको विरुद्ध जनयुद्धको नेतृत्व प्रदान पार्न सक्ने लखन थापा द्वित्तीयको बारे इतिहासकार सूर्यमणि अधिकारीको भनाई यस प्रकार छ, “लखन थापा द्वित्तीयलाई नेपालमा जागरणका अग्रणी रुपमा प्राय : विद्वानहरूले स्विकार गरेका पाउँछौ” (वि.सं. २०५४) अतः वैयक्तिक एंव व्यक्तिगत रुपमा विरोध र विद्रोह गर्नु भन्दा पनि स्थानीय जनतालाई प्रभावित पारी संगठनात्मक तथा योजना वद्धरुपमा सत्ययुग ल्याउने लक्षअनुरुप राजनीतिक रणनीति तयार पारि शसस्त्र युद्ध समेत गर्न तत्पर रही आठ आठ जनाले प्राण गुमाउन पुगेका घटनाको नायक लखन थापा द्वित्तीय नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो सहादत प्राप्त गर्ने शहीद (वि.सं १९३३) हुन ।

८) जन् दबाव ले गर्दा राज्य ले उनीलाई प्रथम शहीद घोषणा गर्यो रतर राज्यको विभेदपूर्ण नीतिले गर्दा आज सम्म उनलाई उपुक्त र उचित सम्मान दिया को देखिन र सरकारी छापा मा तथा सरकारी सहिद दिवस मा जामा चार जना सहिद को तस्विर देखिन् छन् र प्रथम सहिद लखन थापा को फोटोखोजादा पनि कतै भेटिदैन ? प्रथम सहिद को सम्मान मा सरकारी बिदा पनि छैन र जसले प्रथम पटक प्रजतन्त्र को बिउ रोपों नेता हरु ले फल खाँदै छन् तर उनि महान प्रथम सहिद लाई भुल्दै छन् र यहि हो याँहा को चाला ??
(८५ बर्षिय त्रिलोक सिंह थापा मगर मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ) ।

Last Updated on Sunday, 17 February 2019 06:56

Hits: 725

हिन्दू धर्म परीत्याग नगरे सम्म दलितले मुक्ती पाउने छैनौ ।

--गाउका धेरै नपढेका दलितले बुझेको कुरा शहरमा बस्ने, दलित मुक्तिको भाषण गर्नेहरूले नै बुझ्न सकिरहेका छैनन्। त्यसैले त कतिपय दलित अगुवा आफ्नै दलित जातिहरूमा विहेवारी चलाउदैनन्, विभेद गर्छन्। किनकि तिनको दिमाग ब्रामणवादको भाइरस भरिएको छ। हिन्दू दर्शनले ,सिद्दान्तले सिकाउछ पहिलेको काल्पनिक जुनीमा पुण्य कमाउन नसकेर हामी सानो जात भएको भनेर सिकाउछ । भगवानले श्रीजना गरेको चत्तुर्वण भन्छ। यस्तो सोच आफै पालेर हामीले आमूल परिवर्तन कसरी गर्न सक्छौ?

डा.मित्र परीयार

नेपाली दलित आन्दोलन अलगथलग हुदै गएको छ। 20४६ सालको सेरोफेरोमा कांग्रेस र एमालेसंग, 20५२ सालपछि माओवादी रक्तपातसंग एकाकार हुदै मुक्तिको लागि लड्ने हाम्रा नेताहरू, अगुवाहरू यी पार्टीहरू जस्तै दिशाहीन, उर्जाहीन, जोशरहित बन्दै गएको आभाष हुन्छ ।

तमाम कानूनी र राजनैतिक परिवर्तनका वावजूद झन धेरै दलितहरू काटिदैछन्, मारिदैछन्, कुटिदैछन्, लखेटिदैछन्। नया नेपालका प्रहरी, प्रशासक, पार्टी, सरकार सबै कानून अनुसार पीडितलाई न्याय दिन हैन अपराधी बचाउनै उद्दत हुन्छन्। सारा तमासा देखेर पनि कानमा तेल हालेर बस्छन् हाम्रा धेरै अगुवा!

दिनभर दलित गोष्ठीमा खादा लाउने र भाषण ठोक्नेहरू धेरै छौ। तर त्यो अजित मिजारको चिसो लाशप्रति कसैको चासो छैन, मारिएकी वडा सदस्य मना सार्कीको परिवारले न्याय पाए नपाएको कसैलाई मतलब छैन।

नेताले कसैलाई गएर ठोक भनेर अराउदा ठोक्छौ, भ्रष्ट नेताको बचाउमा आफ्नो सम्पूर्ण समय र वौद्देकिता खर्चिन्छौ। यसरी हाम्रो मुक्ति सम्भव छ? बदलिदो पर्स्थितिमा झनै उत्पीडनमा परेका दलितको न्याय र डिग्निटी कसरी प्राप्त गर्ने हो?

मलाई लाग्छ हामीले डा अम्वेदकरलाई चिन्न जरुरी छ, उनको प्रमुख विचार समात्नुपर्छ। देखिसकियो, को बामपन्थी, को प्रजातान्त्रिक भनेर मात्रै खासै उपलब्धी हुदैन, भएन। खै के फरक छ पन्चायत, कांग्रेसी र कम्युनिष्ट सत्तामा?!!

अम्वेदकरले भने जस्तै हाम्रो प्रमुख बाधक ब्रामणवाद हो। ब्रामणवादलाई निस्तेज पार्न जातीय व्यवस्था समूल नष्ट गर्नुपर्छ - सामान्य सुधारले पुग्दैन। We should annihilate caste, not just reform it.

अम्वेदकरले नै भने जस्तै हिन्दू रहेर जातीय विभेद हटाउन असम्भव छ। उनले नया बौद्दमार्ग आविस्कार गरे, जसलाई नवयाना भनिन्छ। उनको वुद्दिजम माला जपेर ओम माने पेमे होम भन्दै हिड्ने लामा जस्तो हैन। लड्ने, भिड्ने धर्म हो अन्यायसंग जुध्ने परम्परा हो।

जुन देशमा बसिन्छ, त्यो देशको कानून, नियम मान्नै पर्छ। त्यस्तै, जुन धर्म अपनाइन्छ, त्यसैको दर्शन र सिद्दान्त मानिन्छ। छुवाछुत र विभेद हिन्दू धर्म र संस्कारको प्रमुख सिद्दान्त हो ,मेरुद्न्ड हो । यो कुरा हजारौ दार्शनिकले, मानवशास्त्रीले लेखेका छन्। छुतअछुतको व्यवबारबाट वाक्क भएर निक्कै दलित कृस्चियन बनेका छन्, जहा कमसेकम धर्मकर्म गर्दा विभेद छैन।

तर गाउका धेरै नपढेका दलितले बुझेको कुरा शहरमा बस्ने, दलित मुक्तिको भाषण गर्नेहरूले नै बुझ्न सकिरहेका छैनन्। त्यसैले त कतिपय दलित अगुवा आफ्नै दलित जातिहरूमा विहेवारी चलाउदैनन्, विभेद गर्छन्। किनकि तिनको दिमाग ब्रामणवादको भाइरस भरिएको छ। हिन्दू दर्शनले ,सिद्दान्तले सिकाउछ पहिलेको काल्पनिक जुनीमा पुण्य कमाउन नसकेर हामी सानो जात भएको भनेर सिकाउछ । भगवानले श्रीजना गरेको चत्तुर्वण भन्छ। यस्तो सोच आफै पालेर हामीले आमूल परिवर्तन कसरी गर्न सक्छौ?

कतिपय बामपन्थी साथीहरू भन्नुहोला नास्तिक भए नि हुन्छ। तर, मानिस भएपछि जन्म, मृत्यु संस्कार मान्नै पर्यो, चाडबाड मान्नै पर्यो। तर हिन्दू चलन ब्रामणवादी छ। तागाधारी र गैरतागधारी भनेर विभेद संस्थागत गर्छ। हरेक विहेमा दमै, कामी अलग्गै बसेर खानुपर्छ, जीवनका प्रत्येक निर्णयमा उच्चजातीय पण्डितको पकड रहन्छ। छोराछोरीको नाम समेत।

मोदीको अतिवदी हिन्दू नीतिको पीडा खप्न नसकेर धेरै भारतीय दलित कृस्चियन, बौद्द, सिख र मुस्लिम धर्ममा लागेका छन्। हाम्रो बामपन्थी राज्य पनि कम हिन्दूवादी, जातिवादी छैन। यो fact मनन गर्दै हामीले धर्म परिवर्तनको लहर श्रीजना गर्नुपर्छ। म पनि छिट्टै भिड्न आउनेछु। आखा उघारौ र जातीय व्यवस्था जरैदेखि उखेलौ। तर याद गरौ कि नालीमा बसेर सफा हुन कदापि सकिदैन।

डा.परीयार मानव बिज्ञान र सन्स्क्रिती अध्ययन अनुसन्धान बिभाग लन्डन किङ्स्टोन बिस्वोबिधालय संघ सन्म्बन्धित छन । 

Last Updated on Monday, 29 April 2019 12:31

Hits: 697

हिन्दुधर्मलाई "काे" र "के"बाट खतरा ?

हिन्दुधर्मलाई स्वार्थी बाहुन बाटै खतरा छ  । 

___ बलदीप प्रभाश्वर चामलिङ 

हिन्दुधर्मकाे अस्तित्वमा निम्म तत्वहरू खतरा हुन् :

क) स्वार्थी बाहुन

हिन्दुधर्मलाई काेहीबाट खतरा छ भने त्याे हिन्दुधर्मकै केही स्वार्थी बाहुनहरूबाट नै छ । नेपालमा रहेका राष्ट्रिय स्तरका ९८(98%) प्रतिशत चर्चका प्रमूख बाहुनहरू नै छन् । क्रिश्चयनधर्मका नाममा देशविदेश भ्रमणमा जाने बाहुनहरू नै छन् । क्रिश्चयनधर्मकाे नाममा चलखेल हुने रकम उनीहरू कै हातमा छन् ।तस्विरमा लेखक चाम्लिङ । 

विदेशी रकम विभिन्न एनजिओ/आईएनजिओ मार्फत नेपालमा आउछन् ।ती एनजिओ/आईएनजिओका प्रमूख बाहुनहरू नै हुन्छन्।

राेदीघरका घले डनलाई हाेइन; बिष्टहरूकाे लुगा सिलाउने दर्जीलाई हाेइन; भैसी चराउने राईलाई हाेइन; मैच्याङ र च्याङ्वाकाे धुनमा रम्ने जाेसिला तामाङलाई हाेइन; धाननाचकाे लिम्बु हिराेलाई हाेइन र हाम्राे कपाल काटिदिने, तरकारी घरघरमा ल्याएर खुवाउने, जुत्ता पालिस गरिदिने, घरवरिपरिका कबाडी साफ गरिदिने र सुट सिलाई दिने श्रमिक मधेसीलाई हाेइन, उनै सिहदरबार थर्काएर बस्ने बाहुन नाईकेहरूलाई नै विदेशीले पनि पत्याउने हाे र उनीहरूले नै खाेलेका संघ/संस्थालाई उनीहरूले "डाेनेसन/फण्ड" निर्माण गरिदिने हाे ।

जनजाति र उस्ले खाेलेकाे संस्थालाई विदेशीले पनि नपत्याउने भएकै हुदा एक गुरूङकी छाेरी बाहुनकाे थरमा चिनिएर "माईती नेपाल" चलाएर बसेकी थिइन । उनीले अफूलाई अनुराधा काेइराला नभनेर अनुराधा गुरूङ भनेकी भए उनकाे संस्था पनि चल्ने थिएन । क्रिश्चियनधर्मकाे ठूलाे प्रचारक त तत्कालिन व्यवस्थािपिका-संसदमा बहालवाला सदस्य थिए । उनी शुद्ध ढकाल बाहुन हुन् । उनी त्यहि संसद सदस्यबाट तत्कालीन सरकारका मन्त्री पनि भएका थिए । राज्यसत्ता र विदेशी पैसाकाे आडमा क्रिश्चियनधर्मकाे प्रचार गर्ने आखिर याे मुलुकमा बाहुन नै छन् ।

यसरी सत्ताधारी जाति बाहुनहरूकै हातमा एनजिओ/आईएनजिओ हुने भएकाे हुदा दलित, मधेशी र जनजातिले बिदेशी पैसा खाएर हिन्दुधर्मलाई विनास गर्न खाेज्दैछन भन्नु हास्यस्पद अर्तनाद हाे । धर्मनिरपेक्षता, पहिचान र संघीयता माग्ने आदिवासी, दलित र मधेसीकाे कारण हाेइन, बरू उनै स्वार्थी बाहुनकाे कारण हिन्दुधर्मकाे हुर्मत गरिदैछन् । दलित र जनजातिहरू जातीय उत्पीडनबाट मुक्ति पाइएलाकी भनेर क्रिश्चियन भाका छन् भने बाहुनहरू पैसाकाे लागि ।

ख) जातीय छुवाछुत र विभेद

हिन्दुधर्ममा भएकाे कट्टरपन संस्कार अन्तत: हिन्दुधर्मलाई नै हानी हुने कुरा हाे । हिन्दुहरूमा जस्ताे जातीय छुवाछुत अन्य धर्ममा हुन्न । बुद्धिष्ट, क्रिश्चयन र मुस्लिम धर्ममा लाग्नेहरूमा विभेद हुन्न । ती धर्मशास्त्रमा निपुण हुने वित्तिकै ती धर्मकाे कर्मकाण्डमा जाेसुकै पुरेत तथा पुजारी हुन सक्छ । तर हिन्दुधर्ममा त्याे हुन्न । कुनै दलित हिन्दुधर्मशास्त्रकाे पारङ्गत भए पनि उस्लाई बाहुन समाजकाे पण्डित र पुरेतकाे रूपमा स्वीकारिन्न । अरू त परकै कुरा हाे, त्याे काले राई हिन्दुधर्मशास्त्रकाे प्रख्यात बाहुनहरूभन्दा पनि विद्वान भएर जनै भिरेर आफूलाई आर्य भन्दाभन्दै पनि उसलाई बाहुनले घरमा हुलेर पूजारी तथा पुरेत बनाउन चाहेन ।

हाे, यस्ताे विभेदबाट मुक्तिकाे अनुभूति प्राप्त गर्न केही दलित र जनजातिहरूले धर्म परिवर्तन नगरेका हाेइनन् । आफूलाई हिन्दु बनाउदा बनाउदै पनि बाहुनहरूबाटै विभेद खेप्नुपरेपछि त्यसकाे विकल्प के हुनसक्छ ? दलितकाे काेखमा जन्म लिएका हिजाे भारतका महामानव तथा विद्वान भिमराव अम्बेडकर लाखाैंकाे संख्यामा आफ्ना समर्थकहरू सहित त्यसै बुद्घधर्ममा प्रवेश गरेका थिएन । किन हिन्दुधर्म विश्वव्यापी नभएर भारत र नेपालमा मात्रै खुम्चेर रहेकाे छ ? किन हिन्दुधर्ममा आर्यनश्ल(बाहुन) बाहेक अरू नश्लिय जातिहरू आकर्षित हुन सकेनन् ? यसरी भाेली हिन्दुधर्म लाेप हुनसक्ने भयकाे कारण यसलाई राज्यसत्ताकाे सुरक्षाकवच प्रदान गर्न नेपाललाई धर्मनिरपेक्ष राज्य नबनाएर हिन्दुराज्य नै बनाउनु पर्ने जाेड त गरेका हाेइनन्, अतिवादीहरूले ?

ग) गरिवी

गरिवी दशकाे राेग हाे । जनता आफै आफ्नाे कारणले गरिव हुने हाेइन, राज्यसत्ताकाे अवैज्ञानिक नीति तथा कार्यक्रमकाे कारण देश गरिव हुने हाे । नेपाललाई संसारकै गरिब देशकाे सुचिमा राख्ने सत्ताधारी हुन् कि हलाे जाेत्ने किसान हुन ? नेपालकाे सत्ताकाे बागडाेर कस्काे हातमा छ ? राज्यसत्ताकाे राजनीतिक तालाचाबी आफ्नै हातमा भएर पनि कुनै कुराकाे दाेष जनजाति, दलित र मधेसीलाई दिन मिल्छ ? बाहुन त आर्थिक प्रलाेभनमा पर्छ भने सदियाै वर्षसम्म राज्यबाट किनारा लगाइएकाे र विपन्न बनाइएकाे समुदाय स्वाभाविक रूपमा प्रलाेभनमा पर्छन् । हाे, क्रिश्चियन मिसनरीहरूले नेपालकाे गरिवी , विपन्नता र अज्ञानतामा खेलिरहेका छन् । गाँस, वास र कपासकाे प्रलाेभनमा नेपालीहरूलाई क्रिश्चियन बनाइरहेका छन् । याे सबैलाई चुनाैतिकाे विषय हाे ।

वास्तवमा ईशाइधर्म बुद्धधर्मकै "बाई-प्राेडक्ट" हाे भन्ने कुराकाे बाेध गर्न नसक्ने अज्ञानताले पनि यसाे भएकाे हाे । एकातिर समानता र न्यायमूलक प्रतगिशिल समाज निर्माणमा नलागी जातीय विभेद गरिरहने र भ्रष्टाचार गरेर देशमा उन्नति नगरी जनतालाई गरिवीमा रहन वाध्य बनाइरहने; र अर्काेतिर हिन्दुधर्मकाे विरूद्ध चलखेल भाे भनेर राेइकराइ गर्नु भनेकाे गल्ली साफ नगरेर झिंगामात्र मार्ने प्रयत्न गर्नु हाे । फाेहर गल्ली रहुन्जेल झिंगाकाे समस्या रहिरहन्छ । हाे, हिन्दुधर्मकाे फाेहर गल्ली भनेकाे स्वार्थीबाहुन, जातीय विभेद र गरिवी हन् । पहिले यसकाे सफाई हुनुपर्छ ।

 

बिश्लेषक, लेखक "जातियमुक्ती र लोकतन्त्र", अनुवादक "क्रुसमा नमरेका बौद्धमार्गी जिसस क्राइष्ट"

सचिब - राष्ट्रिय जनमुक्ति पार्टी । 

Source: फेस्बुक वालबाट 

Last Updated on Thursday, 25 October 2018 13:39

Hits: 745

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६