A+ A A-

संविधानसभा हैन दलहरु हुन् फेल भएका

देशको राजनीति अस्थिर छ । भोली कस्तो खालको राजनीतिक अभ्यास हुने हो कस्तो ब्यवस्था आउने हो ....

प्रा.लोकराज वराल : राजनीतिक विश्लेषक

भन्ने वारेमा अझ पनि  यकिन गर्न सक्ने अवस्था छैन । राजनीतिक दलहरु नै विभिन्न किसिम र विभिन्न पृष्ठभूमिवाट आएकाछन् । वैचारिक रुपले सैद्धान्तिक रुपले र उद्देश्यका हिसावले पनि भिन्न प्रकारको अभ्यास गदै आएकाले अहिले पनि त्यही कुरा देखिएको छ । जनआन्दोलनपछि संविधानसभा गर्ने र गणतन्त्र र समावेशीका कुरामा कुरा मिलेको हो । अहिले आएर फेरि दलहरु सत्तामुखी भएकाले साझा एजेन्डा अलि फरक परेको हुदा राजनीति अन्यौलको स्थितिमै छ ।
अहिलेको गतिरोधको कारक सवै दल हुन् । दलमा एउटै सैद्धान्तिक स्पष्टता छैन । आफूलाई ठुलो लोकतान्त्रिक अभ्यासमा लागेको भन्ने पार्टीहरु पनि क्षणिक स्वार्थमा लागेको अवस्था छ । मुल कुरालाई अगाडि लैजाने, समावेशीको कुरा गर्ने, सवैलाई मिलाएर अगाडि वढने र मुल कुरामा सम्झौता गरेर वाटो पहिल्याउने कुरामा लागेका छैनन् ।  एक अर्कोमाथि शंका , त्रास र  अविश्वास छ । त्यो अविश्वासले गर्दा जव राजनीतिक शतिmहरु विशेष गरि माओवादी , काँग्रेस र  एमाले भित्र परस्पर नै अविश्वास छ । दलहरु  नै आफ्नो ठाउँमा छैनन् । विभाजित छन् र दहो छैनन् । आफ्नो घर नै वलियो छैन उनीहरुको । उनीहरु ब्यतिmगत स्वार्थकै लागि लडिरहेका छन् । सिद्धान्तका लागि होइन । यसले गर्दा खेरी सवै दल यसमा जिम्मेवार छन् । मधेशवादी दलहरु पनि मधेशको मुद्दा लिएर आएका थिए, उनीहरु पनि अहिले ब्यतिmगत स्वार्थका लागि विभाजित छन् ।  राजनीतिक दलहरु नै ठीक ठाउँमा छैनन् भने राजनीतिक ब्यवस्था कसरी ठीक ठाउँमा हुन्छ रु
अहिले सहमति सहमति भनिएको छ , म कहाँ हुने भन्ने दलका नेताहरुलाई  छ तर मुख्य कुरामा सहमति भए त सहमति हुन्थ्यो । कुर्ची भनेको त क्षणिक कुरा हो । संविधान निर्माण गर्नसम्मका लागि मात्र हो भन्ने भावना राखेर आफ्ना कार्यक्रम ल्याए त सहभागिता नहुने कुरै छैन तर यहाँ त कुर्चीमा को हुने भन्ने कुरामा सहमति खोज्ने काम भैरहेको छ । संविधान वनाउनेमा भन्दा कुर्चीमा को वस्ने भन्नेमा सहभागिता खोजिएकोले अहिले सहभागिता भन्ने कुरा नै  दुरुपयोग गरिएको छ । यहि नभएको भन्दै यत्रो ठुलो जनयुद्ध भयो , जनआन्दोलन भयो , उनीहरुको स्वार्थ पूर्तिका लागि भएको त होइन रु ब्यतिmगत स्वार्थका लागि सहभागिता खोजिएकोले सहभागिताको दुरुपयोग हुन गएको हो ।
अहिले तीन दलले नै आफ्नो नेतृत्व खोजिरहेको कारण संविधान लेख्ने कुरा शान्ति प्रकृयामा सहमति भए पो अरु कुरा मिल्छ  । मुल कुरामै सहमति छैन  ।  संविधान वनाउन उनीहरु छानिएका हुन् । तर संविधान वनाउन सकेका छैनन् । म्याद ‪थपिएपछि पनि यतिका दिन वित्यो । त्यसकारण सहमति कहाँ हुने रु कुर्चीका लागि मात्र सहमति खोजिएको भन्ने लागेको छ ।  यस्तै गरि समय गुजादै गए  त १४ जेठमा संविधान वन्छ नै भन्न सकिन्न तर मेरो विचारमा कुनै न कुनै रुपमा संविधान वन्ला जस्तो लाग्छ । यदि संविधान वनाउन   नसके त्यसको खति भोग्नु पर्दछ । खति त अहिलेका मुख्य  दलका नेताले अझ वढी भोग्नुपर्दछ । दलप्रति जनविश्वास हुदैन ।  यत्रो ठुलो राजनीतिक शतिm जनयुुद्ध गरेर आएको छ उसले पनि यत्रो ठुलो उपलब्धीलाई त्यसै छोडिदेला जस्तो लाग्दैन ।  
‏त्यस खतीले राजनीतिक दलको औचित्यता र विश्वसनियता सवै सकिन्छ । राजनीतिक खतीमा उनीहरुले चुनाववाटै सरकार वनाउन सक्थे । उपलब्धीलाई संस्थागत गर्न सक्थे होला र शान्ति प्रकृयालाई अगाडि वढाउन सक्थे । त्यो संभव नहुने भयो देश फेरि द्वन्द्वमा जाने भयो । फेरि लडाइ झगडा सुरु हुने भयो । देशलाई क्षति हुने भयो , राजनीतिक दललाई र सवैलाई नै क्षति हुने भयो ।  संविधान वन्न त वन्छ ,तर हडवडाएर वनाएर हुन्न त्यसलाई दिगो रुप दिनुपर्दछ । राजनीतिक संस्कार कस्तो निर्माण हुन्छ भन्ने हो ।  जस्तो अहिले अन्तरिम संविधान नै कति त्रुटिपूर्ण छ । संविधान वनेर मात्र हुदैन राजनीतिक संस्कार पनि हुनुप¥यो । त्यसकारण यसै भन्न सकिन्न ।   
‏शान्ति प्रकृया र संविधान निर्माणको क्रेडिट लिनलाई राजनीतिक दलवीच झगडा  भएको होइन । राम्रोसँग संविधान वनाए दलप्रति त्यसै जनताले वढी विश्वास गर्दछन् । यो लडाइ क्रेडिट लिनका लागि भएको होइन । नितान्त ब्यतिmगत र सिमित  स्वार्थका लागि भएको हो ।  के क्रेडिट लिनुछ र रु सत्ता चलाउनु एक कुरा हो संविधान वनाउनु अलग कुरा हो । संविधान सभाले संविधान वनाउने हो । संविधान वनाउन लाग्नुपर्ने र संविधानसभालाई सक्रिय वनाउनुपर्नेमा अव अहिले संविधान निर्माणको प्रकृया अवरुद्ध वनेको छ । संविधान सभा असफल भएको होइन राजनीतिक दलहरु असफल भएका हुन् । यहाँ त सवै कुरा हामीले नै असफल वनाएका छौ । पहिलेको संविधान पनि हामी नै असफल वनाएका छौ । संविधान पालना पनि गदैनौ । संविधानको इमानदारिता पूर्वक पालना गरे कुनै पनि संविधान असफल हुन्न । ०४७ सालको संविधान पनि डरबारले आफ्नो अनुकूल प्रयोग गर्ने र पार्टीले पाए त्यसै गर्ने गर्दा त असफल भएको हो ।  राजनीतिक इमान्दारिता भएन  । संस्था असफल भएको होइन । तर नेपालमा संस्थाको विकास नै भएको छैन । पूर्वाधार नै वनेको छैन । यसमा दलका नेता नै जिम्मेवार छन् । संस्थागत विकास गर्न ध्यान दिनुपर्नेमा र प्राप्त गरेका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा त्यसको विपरीत त्यसलाई सखाप पार्न लागेका छन् ।  
‏सहमतिको सरकार वनाउने भनेर दलहरु लागेको देखिन्छ तर अहिलेसम्म न सहमतिको सरकार वन्न सकिरहेको छ न वहुमतिय सरकार वनाउन नै सकेका छन् दलहरु । प्रधानमन्त्री निर्वाचन सम्बन्धी संसदको नियमावली संशोधन गर्ने कुरामा झगडा गरिरहेका छन् ।  कुन दलले कसरी फाइदा लिने भन्ने कुरामा मात्र केन्द्रित वनिरहेकाछन् । एउटा सरकार पनि वनाउन नसक्ने हामी कति निकम्मा छौ रु दलहरु छ महिना वितिसक्यो कामचलाउ सरकारले अवैधानिक निर्णय गरि सारा मनपरि गरिहेको छ । त्यो गर्न नहुने काम र अवैधानिक काम गरिरहेको छ । काम चलाउ सरकारका मन्त्रीहरुको पनि दोष छैन यसमा । उनीहरुले त राजीनामा दिइसकेका हुन् ।  
‏त्यसकारण हामी सवै निकम्मा वनेका छौ । काम चलाउ सरकारले यतिका लामो समय सरकार संञ्चालन गरेको मैले सुनेको छैन । कामचलाउ सरकार दुई तीन दिन वा एक हप्ता भित्र गएका उदाहरण छन् । इराकमा पनि ८ महिनापछि सरकार वनाउन सहमती भएको थियो । सहमति हुन नसक्दा सरकार वनाउन ढिला चाहि भएको हो । तर यहाँ चाहि राजीनामा दिएपछि आर्को ब्यतिm सरकार चलाउन आउनै सक्दैन । यो अवस्थाले सहमतिय सरकार वन्ने संभावना देखिन्न । सवै दलले लचिलोपन देखाउनु पर्दछ । विशेष गरि तीन दलले ।
‏पार्टी भित्र पनि आन्तरिक कलह छ सरकार निर्माणको विषयमा । एमाले भित्र झलनाथ कि अरु भन्ने विवाद छ , कांग्रेस भित्र रामचन्द्र कि शेरवहादुर भन्ने विवाद छ, त्यस्तै माओवादीमा पनि बावुराम कि प्रचण्ड भन्ने  विवाद छ ।  आफू आफूमै मारामार छ कसरी सहमति हुन्छ रु पार्टी नै ठीक ठाउँमा नभएपनि अरु के नै ठीक हुन्छ सवै चिराचिरा परेको छ ।
‏सरकार वनाउने विषयमा विदेशी प्रभाव रहने भनिन्छ र यो सुनिन्छ तर तपाई घर झगडा गर्नुहुन्छ आफू आफूमा मारामार गर्नुहुन्छ घर नै वलियो हुदैन भने विदेशीलाई मात्र के दोष दिनु । भारतको विदेश सचिवले भनिसकेका छन् कि अहिले जुन सुकै दलले सरकार वनाएपनि हामीलाई कुनै चिन्ता छैन । राजनीतिक दल नै विदेशी प्रभावमा पर्ने र समर्थनका लागि जाने प्रवृति छ । त्यो प्रवृति हाम्रो दोष कि विदेशीको रु आफ्नो घर वलियो नवनाउने आफूलाई विश्वास नगर्ने र अरुले कुर्चीमा ल्याएर राखिदिन्छन् भन्ने कुरा कति ठीक हो रु अनि विदेशीलाई गाली गर्ने , कोही विदेशी होइन आफै भित्रको अहम्ता हो । केही विदेशीले चाहदैमा यहाँ केही हुन्न । नेपाली जनताले भने पछि विदेशीको पनि केही लाग्दैन । जस्तो अनमिनलाई भारतले नेपालमा राख्न हुन्न भनेको थियो तर हामीले त राख्यौ त । भारतले  प्रचण्डलाई पनि त सत्ताको नेतृत्वका लागि चाहेको होइन तर त्यसो भएन । अमेरिका र भारतले  गणतन्त्र चाहेका थिएनन् नि हामीले गणतन्त्र पनि ल्यायौ त । राजतन्त्रवाट गणतन्त्र ल्याउने कुरामा भारतले स्वीकार नै गरेको थिएन । आखिर जनताले ल्याएरै छोडे त । त्यसकारण विदेशी शतिmले चहादैमा केही हुदैन जनता नै सवै कुरा भएका छन् अहिले । हामी वीच एकता र सवै मिलेका छौ भने अरुले चाहदैमा केही हुन्न । उनीहरु त्यसको समर्थन गर्दछन् । भारतले पनि भनिसकेको छ हामीलाई जुनसुकै पार्टीको सरकार भएपनि मान्य हुन्छ । तर लोकतान्त्रिक मान्यता स्वीकार गर्नु प¥यो दलले भनेको छ । तर हतियार पनि राख्ने , २० हजार शिविरमा पनि राख्ने अनि सरकारको नेतृत्व गर्दछु भन्ने कुरा दलहरुले परिर्वतन प्रति संवेदनशील र स्वीकार नगरेको प्रमाण हो । संसदीय ब्यवस्था नमान्ने र संसद भित्रै झगडा गर्ने काम गरिरहेका छन् माओवादीहरु । माओवादी अहिले विशेष समितिलाई लडाकू र हतियार देखदेख गर्न दिन सहमति जनाएको छ तर सेनाको पनि निगरानी गर्नु पर्दछ भनिरहेको छ ।  
‏अनमिन प्रति जति धारणा नेपालका राजनीतिक दलले वनाए त्यसले नेपालको छवी राम्रो वनाएन । अनिमिनप्रति दोषारोषण गरियो । भाषणको विषय नै राजनीतिक दलले यसैलाई वनाए । त्यो राम्रो कुरा थिएन । अन्तराष्ट्रिय छवी भएको संस्थालाई राजनीतिक दलहरुले गाली गर्ने माध्यम वनाउनु हुने थिएन । राजा समाप्त भएका छन् राजनीतिक शतिmको हिसावमा समाप्त भएका राजा फिर्ती भएर आएको इतिहास छैन । लोकतन्त्र प्रति पार्टी भन्दा वढी दायित्व  राजाको पनि छैन । सक्रिय राजा वन्न पनि कोही खोजेको छैन । राजा  फर्किएर लोकतन्त्र र गणतन्त्रलाई हातमा लिने कुरा संभव छैन ।  जुन देश राजनीतिक ब्यवस्था हुन्न त्यहाँ कतिवेला कस्तो तरङ्ग आउँछ त्यो कल्पना गर्न सकिन्न । नेपालमा विसं २००७ , ०४६ र ०६२- ०६३को आन्दोलन सडकवाट भयो । नेपालमा राजनीतिक विकास क्रम र ब्यवस्था छैन,भारत र अमेरिका जस्तो । अस्थिर राजनीतिक अवस्था र विकासक्रम नहुदा यस्तो भएको हो । आन्दोलन र क्रान्तिपछि सवै कुरा ठीक पनि हुन्न ।  नेपालमा यस्तै भैरहेको छ ।

गोविन्द लुइँटेलले गरेको कुराकानीमा आधारित





 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६