A+ A A-

यो जनगणनामा मगरले किन लेखाउने बुद्ध धर्म

मगर जाति नेपालमा लामो समयदेखि बस्दै आएको आदिवासी हो । जन्मदेखि मृत्युसम्म यो समूदायको आफ्नै परम्परा छ । मौलिक संस्कार छ । विसं २०३९ सालमा  यसले आफ्नो जातीय संगठन पायो । हाल यो संगठन नेपाल मगर संघको नामबाट चिनिन्छ ।

गोरेबहादुर खपागीं मगर

यसले २०५५ साल असोज १, २ र ३ गतेका दिन झापाको बिर्तामोडमा मगर जातिको धर्म सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गराएर एक स्वरले 'मगर जातिको धर्म हिजो बुद्ध धर्म नै थियो र आउँदा दिनमा पनि बुद्ध धर्म नै अंगीकार गर्दै जानेछ' भन्ने ठहर गर्यो। यो निर्णय प्रखर इतिहासकार र बिद्धानहरुको गहन अध्ययन र बिशद मन्थन पश्चात गरिएकोथियो । धर्मको सम्बन्धमा मगर जातिको लागि यो सम्मेलन ऐतिहासिक नै रह्यो ।
यसैलाई मध्यनजर राखेर नेपाल मगर संघले विसं २०५८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा भाग लियो र ३,९७०३७ मगरहरूले आफुलाई बुद्ध धर्मसँग आबद्ध गराए । यसअघि गरिएको जनगणनामा बुद्ध धर्मावलम्बी मगरहरूको संख्या २२,१७४ मात्र थियो । मगर समूदायमा धर्मप्रति आएको चेतनाको यो  क्रान्ति नै थियो । यसले “संघम् शरणं गच्छामी” चरितार्थ भएको छ । आजको मितिसम्म नेपाली आदिवासी समुदायहरूमध्ये थारु जातिमा पनि उनीहरू बुद्धकै सन्तान हुन् भन्ने कुरा विश्वसनीयताका साथ आइराखेको छ । यसको पुष्टिका लागि थारु कल्याणकारिणी सभाले विसं २०६५ कार्तिक ५ गतेका दिन बुद्धको जन्मस्थल लुम्बिनीबाटै थारु जाति बुद्धिष्ट हुन् भनी घोषणा गरिसकेको छ ।
मगर संघको निर्णयलाई पछ्याउदै विसं २०५३ सालमा नेपाल मगर बौद्ध सेवा समाज स्थापना भयो । यस अघिको जनगणनामा यसले प्रत्यक्ष रूपमा भाग लिएन । यो शैसवकालमै थियो । आज यो संस्थाले सक्रियताका साथ भाग लिदैछ ।  नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघको संयुक्त प्रयासमा आजको अन्तरक्रियामा आफ्नो अवधारणा निम्नलिखित बुँदाहरूद्वारा प्रष्ट्याउन पाउँदा खुशी लागेको छ ।
१-    नेपाल एउटा कृषि प्रधान देश हो । यहाँ जातिकै आधारमा हलो नजोत्ने जात पनि रहँदै आएको छ र जमीन तिनकै धेरै छैन् ।  प्राकृतिक विविधतताको मात्र हैन नेपाल जातीय विविधताले पनि भरिपूर्ण छ । भौतिक विकासमा दम्भ गर्न सक्ने अवस्था नेपालीमा नभए तापनि आध्यात्मिक विकासको चाहि उद्गमस्थल नै हो भनी गर्व गर्न सकिन्छ ।
२-    नेपालमा चोमोलुङ्मा (सगरमाथा) छ भने अर्कोतर्फ भगवान बुद्ध पनि । चोमोलुङ्मा आरोहणको लागि आउने संख्या बुद्धको जन्मथलो लुम्बिनीमा आउनेहरू भन्दा  थोरै छ । तर विडम्बना विश्वमा नेपाललाई बुद्ध जन्मेको देशभन्दा चोमोलुङमा (सगरमाथा) रहेको भनेर चिनिन्छ । तथापि आध्यात्मिक महत्वको दृष्टिकोणले विश्वका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरू लगायत विविध क्षेत्रका व्यक्तित्वहरू स्वयं चोमोलुङमा आरोहीहरू पनि जीवनमा एकपल्ट भए पनि लुम्बिनीमा गई बुद्ध जन्मस्थल दर्शन गरी आपूmलाई कृतार्थ पार्छन् । यसको अर्थ यो होइन कि चोमोलुङ्माको महत्व कम छ । विश्वकै प्राकृतिक विविधतामा चोमोलुङमा सर्वश्रेष्ठ छ ।
राजकुमार सिद्धार्थ मगर कूलकै थिए भनी दावी गर्नुहुने श्री एमएस थापा मगरद्वारा लिखित “प्राचीन मगर र अख्खा लिपि” को भूमिका मगर समाजलाई बुद्ध धर्मावलम्बी बनाउन सराहनीय छ । त्यसैगरी हिरासिंह थापा (सामेसेन मगर) द्वारा सम्पादित मगर–खस–अंग्रेजी शब्दकोषमा उल्लेखित “नालन् डा” (कमलको पूmल राख्यो) शब्द मगर भाषा कै हो भन्ने ठहर छ । यसै नाउँबाट विश्वमा सबैभन्दा पहिले “नालन् डा” विश्वविद्यालय जो बौद्ध दर्शन सम्बन्धी शिक्षा दिनकै लागि स्थापना भएको थियो, पनि ले यही जनाउ दिन्छ कि मगरहरू बुद्ध धर्मावलम्बी नै थिए ।
३-     भाषा, संस्कृति, समग्रमा सामाजिक तथा भौगोलिक वातावरण आदि पटक्कै नमिल्ने  देशहरूले राज्य धर्मको रूपमा बुद्ध धर्मलाई ग्रहण गरेका छन् । भगवान बुद्ध जन्मेकै देश नेपालले भने आपूmलाई  राज्य धर्मको रूपमा बुद्ध धर्म लाई विश्व सामु घोषणा गर्न अझ पनि पछि परेकोछ । यद्यपि नेपाल सरकारले भगवान बुद्धको नाममा विश्वसँग आर्थिक सहयोग   माग्न भने छाडेको छैन ।
४-    नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघले संयुक्त रूपमा प्रस्तुत गरेको अवधारणापत्र विशेष गरी विसं २०६८ जेठ महिनामा हुन गइरहेको राष्ट्रिय जनगणनालाई उपयोग गर्ने उद्देश्य नै रहेको छ । आज विश्व युद्धको विभिषिका र आतंकवादको आक्रमण र त्यसले दिएको पीडाबाट थकित भइसकेको छ । यसबाट मुक्त हुन भगवान बुद्धले आफ्नो जीवनकालमा दिनुभएको शान्तिको सन्देश नै एक मात्र अचुक औषधिको रूपमा ग्रहण गर्न विश्व लालायित देखिएको छ भने नेपाल र नेपालभित्रै रहेको मगर समाज यसबाट कहिलेसम्म टाढिएर बस्न सक्ला रु
५-    नेपालको सन्दर्भमा अमूक जातिले मात्रै बुद्ध धर्म ग्रहण गर्नुभन्दा सामाजिक, राजनैतिक र आर्थिक रूपले पछि पारिएका सम्पूर्ण समुदायले नै ग्रहण गर्दा वेश हुन्छ । हिन्दूस्तानका डा। भीम राव अम्बेडकरद्वारा महाराष्ट्रका सात लाख जति दलित (अछूत) लाई बुद्ध धर्ममा प्रवेश गराइएको प्रसंग यहाँ उल्लेख गर्न  चाहन्छु । उनले हिन्दुधर्मको बर्णाश्रमरुपी  कठोर यातनाबाट दलित समूदायलाई मुक्त पार्न र आर्थिक समुन्नतिको बाटोमा लैजान त्यसो गरेको उदघोष गरेकाथिए । तर विडम्बना नै मान्नुपर्छ, नेपालका दलितहरू अम्बेडकरलाई आफ्नो मसिहाको रूपमा त स्वीकार्छन् तर बुद्ध धर्म ग्रहण गर्न सक्दैनन् ।
६-    तीन हजार वर्ष अघि जन्मनु भएका भगवान बुद्धको “बहुजन हितायः, बहुजन सुखाय्ः” बाट आजको बहुलवादी राजनीति अछूत रहन सक्ला रु  जुन बेला यो भनाई आएको थियो । त्यस बखत मलाई लाग्छ, आजका सभ्य, सु–संस्कृति र प्रजातन्त्रका जननी भनिने राष्ट्रहरू बर्बर युगकै प्रारम्भमा थिए । नर्वेलीका लेखक प्रा। डा। जाँन गाल्टुङले “बुद्धवाद र एकता” बुद्ध दर्शनभित्रबाट बुद्धका पाँच अकाट्य वचनहरू हाम्रो अगाडि राख्नुभएको छ ।
क०    मानिसको उद्देश्य— संज्ञान
ख०    समाजको उद्देश्य— विकास
ग०    प्रकृतिको उद्देश्य— दिगोपना
घ०    धर्म र संस्कृतिको उद्देश्य— औचित्यता
ङ०    विश्वको उद्देश्य— शान्ति
६९ कार्ल माक्र्ससले यस सम्बन्धमा दुई शताब्दी अगावै बुद्ध दर्शनबाट प्रभावित भई प्रत्येक मानवले आफ्नो आवश्यकता अनुसार मात्र प्राप्त गर्ने चेष्टा गर्नुपर्छ भन्नुभएको छ । हिन्दू धर्मले उत्पादन गरेको जातपात, छुवाछुत, स्वर्गनर्कबाट व्याप्त अन्धविश्वासको जमानामा यिनको विरुद्ध जेहाद छेड्ने भगवान बुद्ध साँच्चै भन्नुपर्दा मानव समाजका महान क्रान्तिकारी नै थिए । सामाजिक, राजनीतिक र आर्थिक रूपबाट सिंगो प्राणी जगतको मुक्तिका लागि “बुद्धम् शरणं गच्छामी” को बाटो अवलम्बन गर्दा श्रेयस्कर हुनेछ ।
७-    विसं २०५८ सालको राष्ट्रिय जनगणनामा खास गरी नेपालका आदिवासी-जनजातिहरूकै लागि गठित नेपाल आदिवासी-जनजाति महासंघद्वारा देशव्यापी रूपमा वितरण गरिएको पोष्टर धार्मिक रूपमा उपयोगी देखिएन । कारण यो पोष्टरमा “परम्परागत रूपमा मान्दै आएको धर्म जनगणनाको धार्मिक महलमा लेख्नु” भन्ने थियो । यद्यपि महासंघको विधानमा आदिवासी जनजातिहरू हिन्दू वर्णाश्रम भित्र नपर्ने समुदाय हुन् भन्ने उल्लेख छ र यसै गरी अन्य जातिका (धार्मिक) संगठनहरूले पनि महासंघभन्दा फरक काम गर्न सकेको थिएन । खासमा बुद्ध धर्मकै लागि गठित पुरानो संस्था धर्मोदय सभाले हालै वितरण गरिएको पर्चामा बुद्ध धर्म मान्दै आएकाहरूको लागि मात्र निर्देश जारी गरेको जस्तो छ ।
बुद्ध धर्मको संख्यामा वृद्धि गराउने कार्यको लागि समय अहिले पनि घर्केको छैन् । यसमा माथि उल्लेखित संघ–संस्थाले पुनर्विचार गर्दा बेसै होला ।
८-    लिखित इतिहासको अभावमा मानव समुदायमा श्रुति परम्परा रहँदै आयो । यसैलाई आधार मान्दा मगरहरू वर्तमान नेपालमा घटीमा पनि पाँच हजार वर्ष अघिदेखि  आगमन हुन थालेको बुझिन्छ । विश्वमा बुद्ध, जैन, जिसस, मोहम्मद, कन्फ्यूसियस आदिको जन्म हुनु अघि मानव समाजमा कल्पना गरेर मानिसहरू प्रकृतिको पूजा गर्थे र वर्तमानमा पनि यो परम्परा छँदैछ । जन्मदेखि मृत्युसम्मगर्दै आउने काम कुरा निश्चय पनि धर्म नभई संस्कार नै हो  । तर कसै कसैले यहि संस्कारलार्इ धर्मको रुपमा ब्याख्या गरिरहेकाछन् । यसैलाई आधार मानेर विशेष गरेर मगर समाजलाई बुद्ध धर्म ग्रहण गर्ने कार्यमा बाधा पु¥याईदै छ । यसले मानिसको जीवन पद्धती पूर्ण रूपले निक्र्यौल गर्न सक्दैन ।
९-    विसं २०५८ को राष्ट्रिय जनगणनासम्म आउँदा जनगणनाको महत्वबारे विशेष गरी मगर समाजलाई पूर्ण जानकारी नभएको हुन सक्छ अर्थात् यसबारे सचेतनाको अभावै थियो । यसैको नाजायज फाइदा यस कामकै लागि खटिएका गणकहरूले उठाउँदै आएका थिए र छन् पनि । गणनाको फाराम सिसाकलमद्वारा भरिनु आपैmमा शंकास्पद रहेको दृष्टान्त २०५८ सालमा देखा प¥यो । मगरमा थापा, रोका, बुढा, बुढाथोकी घर्ती, लामिछाने, खड्का र भुसाल आदि थरहरू मगर नलेखिएर अन्य हुन गएको देखिन्छ । यसैगरी धर्मको सवालमा पनि हिन्दू वा मुस्लिम भन्ने प्रश्न मात्र अगाडि राखेर अर्को विकल्प समाप्त गरिएको पाइन्छ । राज्यद्वारा निर्देशित हो वा खटिएका गणकहरूको आफ्नै विवेकबाट यसो भइरहेको छ । यसले आपैmमा एउटा प्रश्न खडा गरेको पाइन्छ । यसो गरेर राज्यले विशेष के फाइदा उपलब्ध गरेको छ ?
आउने दिनमा यसको जवाफ माग्न मगर जातिको नाउँमा निर्माण भएको संघ–संस्थाले अग्रसरता देखाउनु पर्छ । राष्ट्रिय जनगणना आयोगलाई एउटा सुझाव छ । भाषाको महलमा मातृभाषाको सट्टा जातीय भाषा उल्लेख गरिनु वैज्ञानिक छ । भाषा मासिएका जातीय समुदायहरूबाट सरकारसँग भाषिक विद्यालयको माग बढ्दो छ । राज्य यसमा अनुदार देखिए तापनि भाषा मासिएका जातीय समुदायले आपूm र आफ्नो सन्तानको लागि ठाउँ–ठाउँमा आफ्नै पहलमा भाषा शिक्षण गराउदै आएकाछन् ।
१०-    नेपाली माटोमा महिलाको जनसंख्या पुरुषभन्दा धेरै  छ । तर  राज्यको संयन्त्रमा यत्रो संख्याको भूमिका गौण छ । नेपोलियन बोनापार्ट पहिलोको “मलाई एउटा आदर्श आमा देऊ, म तिमीलाई राष्ट्र दिन्छु ।”  भनाईलाई मध्यनजर राख्दा नेपाली महिलाहरू सशक्त हुन नसके नेपाल एउटा सबल राष्ट्र बन्न सक्दैन । यस्तो अवस्थामा जहिले पनि बाह्य शक्तिहरूको अघिल्तिर मुलुकले घुडा टेकिरहेकै हुन्छ । त्यसैगरि मगर महिलाहरुले जनगणनामा महत्वपूर्ण रोल अदा गर्न सक्छन् ।
आउँदो राष्ट्रिय जनगणनामा महिलाहरूले बुद्ध धर्म ग्रहण गर्नेहरूको संख्यामा वृद्धि गर्न खेल्नुपर्ने भूमिका साँच्चै नै चुनौतिपूर्ण छ । यसैगरी बुद्ध धर्मको पक्षमा नेपाली विद्यार्थीको भूमिकालाई कम आँक्न सकिंदैन । बुद्ध धर्मावलम्बी समाजले घर–घरमा रहेको विद्यार्थीबाट नियुक्त गणकको काम गरेर हरेक विद्यार्थीले २०६८ को राष्ट्रिय जनगणनामा धर्मको महलमा बुद्धिष्ट लेखाएर हाम्रो यो अभियानमा यथेष्ट सहयोग पु¥याउन सक्छन् ।
११-    एक दशक अघि जन्मेको नेपाल मगर बौद्ध सेवा समाजद्वारा मगर जातिलाइ बुद्ध धर्म सम्बन्धि चेतना बृद्धि गर्ने कार्य भइरहेको छ । योभन्दा पुराना संघ–संस्थाले पनि सक्रियताकासाथ यस कार्यमा अझ बढी योगदान पु¥याउने अपेक्षा गरिन्छ ।

अहिले जातीय संगठनहरू विभिन्न राजनैतिक दलहरूका भातृ संगठनको रूपमा सक्रिय भएका जस्ता देखिन्छन्  । ती संस्थाका नेतृत्वले धर्मको सम्बन्धमा मौनता साँध्नुले यसो भन्न सन्किछ । तिनले साँधेको यस्तो मौनताले कसको स्वार्थपूर्ति गर्छ भन्ने हामीले केलाउनु जरुरी छ । आशा र विश्वास छ, आउँदो निर्णायक दिनमा यो मौनताको संस्कार टुट्ने नै छ । अनि यसले यो अभियानलाई सहयोग पुग्नेछ ।
भवतु सब्ब: मंगलम्

नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर महिला संघ केन्द्रिय समितिले ११ मंसीरमा विश्वशान्ति विहारमा गरेको कार्यक्रममा नेपाल मगर संघका पूर्व अध्यक्ष खपागींले प्रस्तुत गरेको कार्यपत्र

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर