A+ A A-

के हो बाहुन बाद ?

ब्राह्मणबाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुतवबादी प्रचलन कायम राख्दै कुनै एक जातिबिशेषलाई मात्र जन्मदै ठुलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । -डोरबहादुर बिष्ट

अरूण बराल

 

'बाहुनबाद' शब्दको प्रयोग यतिबेला अत्यधिक भइरहेको छ । 'बाहुनबाद'को पयार्यवाची शब्दका रुपमा 'ब्राह्मणबाद' पनि भन्ने गरिएको छ । बिशेषगरी जनजाति र दलित आन्दोलनमा यो शब्दलाई बढी प्रयोग गर्ने गरिएको छ । नेकपा माओबादीले पनि 'बाहुनबाद' शब्दलाई प्रयोगमा ल्याएको छ । तर बाहुनबाद (ब्राह्मणबाद) शब्दको अर्थ र त्यसको क्षेत्र के हो ? यसको उचित ढंगबाट परिभाषा नहुँदा 'बाहुनबाद'को अर्थलाई गलत ढंगले बुझ्ने र अपबख्या गर्ने खतरा पनि बढिरहेको छ । 'बाहुनबाद'लाई ठिक ढंगले नबुझ्दा सबैभन्दा बढी त बाहुन नै आत्तिएका र डराएका छन् । 'बाहुनबाद'भनेको बाहुन जातिकै बिरोध हो भन्ने भ्रम कतिपयलाई परिरहेको छ । यसै कारणले गर्दा पनि 'बाहुनबाद'को सही ढंगबाट परिभाषा एबं ब्याख्या गरिन आबश्यक छ ।

शाब्दिक अर्थ :

पं.कुलचन्द्र गौतमकृत् अमरकोशमा ब्राह्मणलाई 'चार बर्णमध्ये एकको नाम' भनिएको छ । (पं कुलचन्द्र गौतम पृ-१४३) त्यसैगरी, सोही अमरकोशमा 'ब्राह्मण'का ६ वटा प्रर्यायवाची अर्थ दिइएको छ । ती हुन- द्धिजाति , अग्रजन्मा ,भूदेव , वाडव , विप्र र ब्राह्मण । उही अमरकोशमा ब्राह्मण र 'पण्डित'लाई अलिक फरक किसिमले अथ्र्याइएको छ । 'पण्डित'का डेढदर्जन पर्यायवाची शब्द उल्लेख गर्दै भनिएको छ - बिद्धवान , बिपश्रित , द्धोषज्ञ ,सन् ,सुधी ,कोबिद ,बुध ,धीर , मनिषी , ज्ञ ,प्राज्ञ , संख्यावान् ,पण्डित , कबि ,धीमान ,सूरि , कृती , क्रृष्टि , लब्धबर्ण बिचक्षण ,दूरदर्शी र दीर्धदर्शी (उही पृ-१४४)

उपर्युक्त शब्द अर्थहरुलाइ हेर्दा ती अत्यन्तै पक्षपातपूर्ण देखिन्छन् । पण्डितलाई त्यतिधेरै बिभूषण लगाईएका भए पनि यतिबेला आफूलाई पण्डित बनाउनेहरुमा कत्तिको बिद्धता छ भन्ने कुरा लोकलाई थाहा भएकै कुरा हो । तर, सबै ब्राह्मण पण्डित हैनन् भन्ने कुरा चांहि अमरकोशले प्रस्ट पार्दछ । ब्राह्मण भनेको चार बर्ण मध्ये एक जातिको प्रतिनिधि मात्र हो  भन्ने कुराको प्रमाण यसबाट मिल्छ । ब्राह्मणले आफूलाई ज्ञानी पण्डित वा बंशानुगत हिसाबले प्राज्ञ वा श्रेष्ठ ठान्नु भ्रम मात्र हो भन्ने पनि यहिबाट पुष्टि हुन्छ ।

बाहुनबादको परिभाषा:  

ब्राह्मणबाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुतवबादी प्रचलन कायम राख्दै कुनै एक जातिबिशेषलाई मात्र जन्मदै ठुलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । -डोरबहादुर बिष्ट

हाल बेपत्ता अबस्थामा रहेका नेपालका चर्चिर्त तिहासकार एबं समाजशास्त्री डोरबहादुर बिष्ट नै तयस्ता उल्लेखनीय ब्यक्ति हुन् , जस्ले बाहुनबाद र नेपाली समाजमा यसले पारेको कुप्रभावका बारेमा बिषद् ब्याख्या गरेका छन् । बिष्टले 'भागबाद र बिकास'उबं 'नेपालका जनता' नामक आफ्ना प्रशिद्ध दुई कृतिमा बाहुनबादको राम्रो बिश्लेषण गरेका छन् , जुन किताब नेपालका सबै बाहुन - क्षेत्रीले गहिरिएर अध्ययन गर्न आबश्यक छ ।

डोरबहादुर बिष्टले एउटा छुट्टै प्रसंगमा बाहुनबादको बिषयमा भनेका छन् - 'मुलुकमा बिध्धमान असमानता, कुरीति जातिय भेदभाव , उचच - नीचको कारण देश बिकासमा अबरोध खडा भएको छ । यो साम्प्रदायिताले जन्मदै ब्राह्मण जात ठुलो र पूजनीय हुने अबैज्ञानिक परम्परा रहेको छ । अर्थात् प्रतिभा , सीप ,बिद्धता कलाको आधारमा नभई यहाँ जातजातिको आधारान मूल्यांकन हुने गरेको छ । यस्ता गलत प्रबृत्तिको प्रतिकार गर्नेहरु माथि साम्प्रादायिक भनेर ब्राह्मणबादी हरुले आरोप लगाउदै आईरहेका छन् ।

सतीले सराप गरेको देशमा न्याय र समानताको निमित्त आवाज बुल्न्द गर्नेहरु अन्यायीहरुको दृष्टिमा सह्य किन हुन्थ्यो र ? हुन त ब्राह्मणबादका आलोचक , न्यायप्रेमी ब्राह्मणहरु पनि यहाँ नभएका होइनन् । तर, अहिले आएर आदिबासी जनजाति संगठित भएर आफ्ना जायज सवाल प्रति सजग हुन थालेका छन् । यस कुराले समेत कट्टरपन्थी , अतिपन्थीहरुको निमित्त असह्य हुन पुगेको छ ।  

उनीहरुले हाल नेपालमा क्रिश्चियन धर्म हाबी भयो , हिन्दुधर्ममाथि कुठाराघात भयो भन्न थालेका छन् । तर, नेपालका अन्य जनजातीय मौलिक धर्म सस्कार , सस्कृतिमाथी ऐतिहासिक काल देखि नै हिन्दुधर्मले एकछत्र दमन गर्दै आएको कुरा चै किन देख्दैनन् ? किन बोल्दैनन् ? प्रश्नवाचक चिह्न आफ्नै ठाउमा रहेको छ । (हेर्नुस , गोपाल छांगछा राई , ब्राह्मणबाद बिरुद्ध हाम्रो संघर्ष , छहारा प्रकाशन)

आफूले अघिसारेको बाहुनबादी बिचारको निन्दा गरेको भन्दै बिष्टले डा. डिपी भण्डारीको खरो आलोचना गरेका छन् । डा. भण्डारीको कडा खण्डन् गर्दै बिष्ट सोही प्रसंगमा भन्छन् - ब्राह्मण र ब्राह्मणबाद जस्तो जुन गलत ब्याख्या अहिले प्रचारमा आउन थालेको छ , त्यो अत्यन्तै निराशाजनक छ । यो भनाइ डा. दुर्गाप्रसाद भण्डारीको हो । उनले हिन्दुधर्म र संस्कृतिको बिरोध एक नयाँ ब्यापार  भनी एक दैनिक समचारपत्रमा एउटा बिचारोत्तेजक लेख छपाएका छन् । उपर्युक्त हरफ त्यहीँ बाट लिएको हो । हिन्दुधर्म र संस्कृतिको बिरोध तथा ब्यापार हो भने के हिन्दुधर्म र संस्कृतिको समर्थनचाँहि ब्यापार ठहरिन्न र ? पशुपतिका भट्ट के गर्छन ? घाम जस्तै छर्लग छ । डा. दुर्गाप्रसाद भण्डारी ज्यू आफै ब्राह्मण भएकाले उनको ह्दयमा ब्राह्मणबादको नकरात्मक पक्षको खण्डन - मण्डनले चोट पुगेको रहेछ ।

यहाँ गरिँदै आएको ब्राह्मणबादको बिरोध भनेको बेद , गीता ,रामायण ,महाभारत आदि ग्रन्थको र कुनै ब्राह्मणजातिको बिरोध होइन । ब्रह्मणबादको बिरोध भनेको रुढीबाद ,अबैज्ञानिक – अभौतिक कर्मकाण्ड,अन्धबिश्वासको बिरोध हो । 'मनुस्मृति'मा उठाइएका छुवाछुत जातपात जस्ता अति नै संकीण र अमानबीय प्रचलनको बिरोध हो । ब्राह्मणबादको बिरोध एउटा कानुन मात्रको बिरोध भने अबश्य होइन ।

बाहुनबाद बाट

 

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६