A+ A A-

निष्ठाका धनी स्व. भिम बहादुर तमाङ्गबारे मेरा केहि स्मरणहरु

स्व. भिम बहादुर तमाङ्गको पार्थिव शरिर अग्नि समर्पण पश्चात घर पूग्दा समेत किन हो किन वहाँ हाम्रो विच हुन हुन्न जस्तो लाग्दै लागेन, तैपनि मानव जिवनको कटु यर्थाथलाई स्विकार गर्दै स्व. भिम बहादुर तमाङ्ग ज्युसंग विताएका महत्वपुर्ण क्षण र कुराकानी गरेका प्रत्येक प्रसंग आँखा सामु झलझली फ्ल्यासब्याक जस्तो गरी आउन थाल्यो, समय वित्दै जाँदा मस्तिषकबाट विलिन हुन सक्ने हुदा स्मरणमा रहेका धरोहरलाई लिपीबद्ध गर्ने इच्छले कलम उठाए र लेख्न थाले । लगभग २ वर्ष जति भयो होला वँहाको आदर्श विचार र जिवनशैली सम्पुर्ण नेपाली जनता समक्ष आउनु पर्छ भनी जिवनी लेख्ने कुरा गरेँ । वँहाले भैरव विशालज्यु एवं कनक मनी दिक्षीतज्युद्धारा लेख्ने भन्नु भएको हुनाले हालको लागि चाहि अमरबाबु तपाइको अनुरोध स्वीकार्न सकिन्न भन्नु भयो, थाहा छैन वँहाको जिवनकथाको लेखन कँहासम्म पुगेको छ ? स्व. भिम बहादुर तमाङ्गज्युसंग मेरो परिचय २०४८ सालको चुनावमा वँहा मेरो पैतृकस्थल दोलखा, डाँडाखर्क हिले टोल पुग्ने बेला भएको थियो । २००७ सालको क्रान्तिमा मेरो महीला बुवा रिकमान मोक्तानको सहादत, मेरो साहिला बुबा ललितमान डा. के.आई. सिंह संग नजिक भई कार्य गरेका तथा मेरो बुबा खड्ग बहादुर मोक्तान प्रवास (कलकत्ता) मा रहेर निरकुंशता विरुद्ध आवाज उठाउने कार्य गर्नुहुन्थ्यो , सायद त्यहि कारणले हुनपर्छ स्व. भिम बहादुर तमाङ्ग ज्यु हाम्रो घरमा वास बस्ने इच्छा गर्नुभयो, वास बसेकै रात हाम्रो दुई विच विभिन्न विषयमा चर्चा परिचर्चा भयो । वँहाको सादा जिवन, उच्च विचारबाट म साह्रै प्रभावित भए, त्यो चुनावमा वँहाले पराजय बेर्होनु भयो त्यस पश्चात वहाँसँग नियमीत नभए पनी समय समयमा भेटघाट हुने हामी दूई विच एक प्रकारको राम्रो अन्तरंगता थियो । २०५१ सालको चूनावमा वहाँ विजयी हुनु भई गिरीजा प्रसाद कोइराला नेतृत्वको सरकारमा वहाँ न्याय तथा कानून मंत्रि बन्नुभयो । वहाँ कानून मंत्रि भएको वेला एक पटक मन्त्रालय एक पटक मंत्रि निवासमा गएर भेटेको थिए ।
 
वहाँसँग भेट हुँदा वहाँले सधै ज्ञानबर्दक कुराकानीका दौरान जहिले पनि २०१५ सालमा ‘पूर्ण वहुमत प्राप्त वि.पी कोइराला मंत्रिमंडल जस्तो समावेशी मंत्रिमंण्डल अहिलेसम्म नवनेको कुरा बताउने गर्दथे । २०१६ जेष्ठ १३ गते वि.पी नेतृत्वमा गठित मंत्रिमंण्डलमा हिमाल, पहाड, तराईको अनौठो संगम थियो । मध्य क्षेत्रबाट गणेश मान सिंह, पश्चिम तराई पर्शु नारायण चौधरी, लिम्बुवान क्षेत्रबाट पै्रमराज आंगदम्बे, मध्य पश्चिमबाट भिम बहादुर गुरुगं, जमानसिंह गुरुङ्ग, हिमाली क्षेत्र योगेन्द्र मान शेरचन, खम्बुवान क्षेत्रबाट देवान सिंह राई, पुर्वी तराईबाट सुर्यनाथ दास यादबलाई मन्त्री बनाएका थिए । अहिलेका वर्तमान नेताहरु मुखले मात्र समावेशीका कुरा गर्दछन् हृदयमा असमावेशी चरित्र बोकेकाहरु आज नेपालका ठुला भनाउदा नेता बनेका छन् भनी सुनाउनु हुन्थ्यो । वि.पीले विलासीता र परिवारवादबाट कति टाढा हुनुहुन्थ्यो भन्ने बारे वि.पीको भनाई , मानिसलाई २ जोर लुगा भए भइहाल्छ नी, किन चाह्यो दर्जनौ थरी थरीका लुगा? एक जोर लुगा दुइ तीन दिनसम्म लगाउने त्यो फोहोर भए पछि अर्को जोर लुगा लगाउने । लुगाको काम शरिर ढाक्नु हो, धेरै लुगा र धेरै मुल्यका लुगाको इच्छाले विलासीता जन्माउछ क्रमशm विलासीता बढ्दै गए पछि मानिसद्धारा त्यसको परिपुर्ती गर्न भ्रष्टाचारको दलदलमा फस्न पुग्छ । वि.पी परिवारवाद मोहबाट टाहा र त्यस प्रति कति साजग थिए भन्ने विषयमो वि.पीद्धारा तारिणी प्रसाद कोइरालालाई स्वकिय सचिव नियूक्ती कांग्रेस वृतमा प्रति असहमती स्वर सुनेर तत्कालै तारीणीलाई तत्कालै पदबाट हटाएको सुनाए । पार्टी र नितीमा विचलनको अन्त गर्न जस्तै सुकै अाँट र त्याग गर्न सकने क्षमता वि.पीमा थियो भन्नुभयो । आजभोली हाम्रा नेता राष्ट्रको नभई आप्mनाको मात्रै सहयोग गर्ने प्रवृतिले गर्दा देश भष्ट्राचारको भूमरीमा फस्दै गएको हो ।
समयले आफ्नो वाटो तय गर्दै गयो भेट घाट पहिले जस्तै एक दुई महिनाको अन्तरालमा हुने गर्दथ्यो । कहिले काही अचानक कुशल मंगलको जानकारी सोध्न वहाँले फोन गर्नुहुन्थ्यो म असमन्जसमा पर्ने गर्थे तपाई के गर्दै हुनुहुन्छ तपाई कहाँ हुनुहुन्छ भनी वहाँद्धारा म प्रति देखाएको स्नेह एंव आत्मियता देखेर म भाव विहवल हुने गदर्थे । वहाँ संग भेट्न जाँदा हमेशा आफ्नो निकट वसाउनु र अमर बाबू भनी सम्बोधन अपार प्रेम महसुस गर्ने गर्थे । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न वहाँ चूक्नू हुन्थेन, छलकपट विचारलाई वहाँले कहिले पनि प्रश्रय दिनु भएन । वहाँको निस्कपट व्यवहारले मेरो हृदयमा क्रमशः उच्च स्थान  बनाउन सफल भयो, कहिले काही केही विषयमा वहाँसंग मेरो मत भिन्नता नभएको होइन, त्यसलाई कहिले पनि प्रतिष्ठा को विषय नवनाउनु पुनः भेट हुँदा वहाँको र मेरो सम्बन्ध सौहार्दपूर्ण हुने गर्दथ्यो ।
माओवादीद्धारा शुरु गरिएको जनयुद्ध वारे भिम बहादुरज्यु भन्नुहुन्थ्यो, माओवादीले शुरुवात गरेको हिसांको ताण्डवले वहाँले पनि माओवादीद्धारा आफ्नो लक्षको प्राप्ति गर्न सक्दैन, सारा विश्वलाई अहिसांको पाठ सिकाउने गौतम बुद्धको देशमा माओवादीको निती गलत प्रमाणित हुनेछ । उनीहरु शान्तिको निम्ती मूलघारको बाटो अंगाल्नै पर्छ । माओवादि जनयुद्द कालमा भएको नरसंहार भन्दा हजारौ गुना नरसंहार कलिङ्ग युद्दमा भएको थियो । सैन्य शक्तिको घमण्डले चूर सम्राट अशंोक आप्mनो सैनिकद्धारा प्रर्दशींत गरिएको साहसपूर्ण रणकौशल प्रदर्शनको अवलोकन कलिगंको गर्न रणक्षेत्रमा पुग्दा त्याहाँको काहाली लाग्दो दृश्य, काही कसैमा हात काटीएका कसैको अर्घरुपमा गला सेरीएका हृदय विदारक दृश्य जहाँ हेरयो रगतको खोला वगेको छ, अङ्गभङ्ग भएको सैनिकको चित्कार, युद्धको भयावह दृश्य देखेर सम्राट अशोकको विजय प्रतिको घमण्ड घिक्कारमा परिणत भयो, मानवले मानवलाई दिर्यता पूर्वक हत्या गरेर विजय हुने परम्पराको अन्त हुनु पर्दछ, हिसाग्रस्त हृद्धयलाई अहिसां पथ अपनाउनु बाध्य वनाउनु वास्तविक विजय हो भनी, अशोकको निदर्यी हृदयमा परिवर्तन आयो, शान्ति र अहिसांको पथ नै उत्तम भन्दै बुद्ध धर्म अंगाली भीक्षु वनेर अहिंसा विरुद्धको अभियानमा लडें र बुद्धधर्मलाई राजधर्मको स्थान दिए । बुद्धले वौद्ध दर्शनलाई जन्म दिएता पनी सम्राट अशोकद्धारा आफ्नो पुत्र, पुत्रीलाई बुद्ध दर्शनको अहिसा पथको प्रचार गर्न नपठाएको भए सम्भवतः बुद्ध धर्मदर्शनको सार शब्द अहिंसाले विशवव्यापी रुपमा यत्रो ढुला व्यापकता पाउदैनथ्यो होला भन्नु हुन्थ्यो । त्यसै प्रसङ्गसँगै छिमेकी राष्ट्र भारतको महात सपूत गाँधीको चर्चा अवश्य नै गर्नु हुन्थ्यो एकै लुगामा लपेटीएका अर्धनग्न गाँधीले अंगे्रज जस्को शासनमा कलिे पनि सूर्य अस्त हुदैनथ्यो त्यस्तो शत्तिशाली अंग्रेजलाई अहिंसावादी आन्दोलद्धारा चूनौति दिने साहस गरे, गाँधीको अहिंसात्मक आन्दोलनले भारत कहिले पनि आजाद हुन सक्दैन र अहिंसावादी विचार प्रति असहमति राख्ने कांगे्रस भित्र नै असंख्य नेताहरु थिए, सुभाष चन्द्रवोस, चन्द्र शेखर आजाद, भगत सिंह लगाएतका कांगे्रस गरम दलका सदस्यहरु थिए । निल खेती गराउदा कृषकहरु माथी गरीएको अन्याय अत्याचार र शोषण विरुद्ध पश्चिम चम्पारणवाट शुरु गरिएका सामान्य देखीने अहिंसात्मक आन्दोलन पछी गएर अंगे्रज भारत छोडमा परिणत भयो । अहिंसात्मक आन्दोलनको अगाडी अंग्रेज झुक्न वाध्य हुन् । त्यस कारण अमर बाबू, माओवादीले रोजेको पथ गलत हो । त्यो गलत पथको हिंसाको पथ त्यागी प्रायश्चित गर्न एक न एक दिन माओवादी मूलघारमा आउनै पर्छ, स्व. भिम वाहादुरज्यूले दिनु भएको भविष्यवाणी सत्यतामा परिणत भएको नेपाली जनताको सामु छ । संविधान सभाको चूनावमा वहाँले दोलखा १ नम्वर वार टिकट प्राप्त गर्नुभयो, वहाँको नाम घोषणा समाचार पत्रमा पढेर वहाँलाई फोन गर्दा वहाँ त्यस समय दोलखा हिडी सक्नुभएको रहेछ । वहाँ मूडे पुग्नु भएको र पछी आएर भेट गर्ने कुरा सुनाए । पछी काठमान्डौंमा वहाँसँग भेट हुँदा मैले वहाँलाई भने कांगे्रसको लागी होइन तपाईको लागी स्वतंत्र रुपमा प्रचार गर्ने छु । तपाईलाई केही भन्नु छ भन्दा वहाँले सहर्ष स्विकार गर्नुभयो । जे होस वहाँलाई संविधान सभामा पूर्याउन कोशीस गरीयो तर जित पक्का भए पनि जित हारमा परिणत भयो, संविधान सभा चुनावमा भीम बहादुरजीको हारलाई दोलखा बासीको नाताले यहि मात्र भन्न सक्छु जे भयो ठिकै भयो । नेपाली जनताले संविधान सभाको के हैसियत भयो नेपाली जनतासामु छर्लङ्ग छ । आखिर त्यो संविधान सभाका के हैसियत भयो । तसर्थ उपलब्धी विहिन संविधान सभामा भिमवाहादुर जस्ता महान व्यक्तिको अनुपस्थित वहाँको सम्मान सुरक्षित राख्न इश्वरद्धारा तै गरिएको जस्तो लागेको छ । संविधानको चूनावमा हारलाई सहर्ष स्विकार गर्दै स्व. भिम वाहादुर राष्ट्र र दोलखा जिल्ला प्रति समर्पीत भएर लागे ।
कांगे्रसको महाकुम्भ बाह्रौं महाधिवेशनमा कांगे्रसको सभापति पदमा एक सामान्य व्यत्तिले पनी उम्मेदवारी दिन सक्छ भनी प्रेरणा प्रदान गर्न वहाँ कांगे्रसका भिमकाय प्रत्यासी सुशील कोइराला र शेर वाहादुर जस्तासंग भिड्न प्रत्यासी वने । वहाँले सभापनि चूनावमा मात्र ७८ मत प्राप्त गर्नुभयो । ७८ भोट प्राप्त गरि कांगे्रसीहरुको दृष्टिमा पराजित भएका भिम बहादुको कद तथा प्रतिष्ठा नेपाली जनता समक्ष सभापति चुनावमा प्रस्फुटीत भएको हो । सुशील कोइरालाले धेरै मत पाएर सभापति चुनाव जिते सुशील भन्दा थोरै भोट ल्याएर शेर बहादुर दम्भित भएता पनि ७८ शक्तिशाली योद्धाका मत पाएका भिम बहादुर तामाङ्ग हमेशाका लागि नेपाली जनताको हृदयमा जीत हासिल गर्न सफल हुनु भयो । भीम बहादुर तामाङ्ग पराजित भएर पनि विजयी भए, शुशील कोइराला सभापती चुनावमा विजय भएतापनि ७८ शक्तिशाली योद्धाका भोट पाएका भिम बहादुर हमेशाका लागि नेपाली जनताका हृदयमा जीत हासिल गर्नमा सफल हुनु भयो । संचार माध्यममा भिम बहादुरको कद अगाडि शुशील, शेर बहादुर प्रभिश्पर्धामा कहि पनि देखिएन, शुशीलले त जिते तर कांग्रेसको हार भयो र कांग्रेसको हारको सीलसीला लगातार जारी रहेको नेपाली जनताले स्पष्ट रुपमा अनुभुती गरीरहेका छन् । भिम बहादुरले प्राप्त गरेको ७८ मत कांग्रेस अधिवेशनबाट खारीएका, जुझारु समावेशी सदस्य चयन भएको भन्ने कुराको उपहास भएको थियो । निति र सिद्धान्त विपरीत दासत्वको बोझमा दबिएका कार्यकर्ताहरुको भिड बनेको छ कांग्रेस पार्टि, सभापति चुनावमा भिम बहादुर ज्यु, रविन्द्रनाथ ठाकुरको एक कविता जस्तै, “यदि तिम्रो आह्वानमा कोहि नआए एक्लै हिड है” भिम बहादुर ज्यु सिदान्त र निष्ठाको झण्डा एक्लै बोकेर हिड्नु भयो । सभापति चुनावमा भिम बहादुरको आदर्श र  निष्ठाको झण्डा उच्च राख्न त्यहि सानो प्रयास मैले पनि गरेकोमा आफैलाई धन्य ठानेको छु ।
वि.पी. को अवसान, र कांगे्रसमा निती र सिद्धान्तको विचलन प्रति हमेशा चिन्ता व्यक्त गर्नु हुन्थ्यो, कुरा कानीको क्रममा कहिले काही कांग्रेसीहरुद्धारा निती र सिद्धान्त विपरितको आचरण प्रति कटाक्ष गर्दा  स्विकार गर्दै भन्नु हुन्थ्यो वि.पीले यस्तो कांग्रेसीको कल्पना कहिले पनि गर्नु भएको थिएन, वि.पी जस्ता आदर्शवादीद्धारा निमार्ण गरिएको पार्टी किन पथ भष्ट्र भयो होला भनी हमेशा दुख प्रकट गर्ने गदर्थे । स्व. भिम वाहादुर तामाङ्ग आदर्शवादी नेता मात्र होइन वहाँ सर्वगुण सम्पन्न ज्ञानका भण्डार थिए, विश्व साहित्य, विश्व इतिहास, विश्व राजनीति, विश्व सिनेमा जस्तो विषयमा घारा प्रवाह प्रवचन दिन सक्ने सामर्थवान व्यक्तित्व थिए । एक दिन वहाँले कुराकानीको प्रसङ्गमा नेपाली फिल्म वारे भन्नुभयो, नेपालका कुनै फिल्म निर्माताले प्रिमीयर शो को महुरतमा वहाँलाई वोलाएका रहेछन् र नेपाली फिल्म वारे केही शब्द बोल्न आग्रह गर्दा वहाँले त्याहाँ भन्नु भयो नेपाली फिल्मकारहरुले धेरै टाढा जानु परेन राम्रो फिल्मको निर्माण गर्न छिमेकी वगांलका चर्चीत फिल्मकार सत्यजित रायको फिल्म हेर्न आग्रह गरे, कतिपयले त सत्यजित रायको नामै सुनेका रहेनछन् । वहाँले त्यस कार्यक््रmममा भन्नुभयो वम्बइया मसाला सिनेमाको अनुसरण नगरि ब्लैक एण्ड व्हाइट कम खर्चमा तैयार भएका कालजयी सिनेमा, पथेरपांचाली, अमृत कुम्भेर सन्घाने जस्ता उच्च कोटीका अस्कर अवार्ढ विजेता फिल्मको कलात्मक पक्षवारे घारा प्रवाह वोलेको कुरा सुनाउनु भयो । साहित्य वारे कुरा गर्दा वि.पी कोइराला, भूपी शेरचन, शेंक्सपीयर, पारिजात जस्ता महान् साहित्यकारका पूस्तक वारे चर्चा गर्नु हुन्थ्यो ।
दोलखा जिल्लाको महत्वपूर्ण अपर तामाकोशी परियोजनालाई सफल बनाउन अभियानमा स्व. भिम बहादुर ज्यूको योगदान अविश्मरणीय छ । वहाँ वारम्वार भन्नु हुन्थ्यो अपर तामाकोशी जलविद्युत आयोजनाको सफलताका साथ सम्पन्न गर्नु भनेको दोलखा मात्र नभई राष्ट्र लाभान्वित हुनेछ । अपर तामाकोशीको सफलता भनेको नेपाली कसै दाताको दानको आसमा नभई आप्mनो जलश्रोतको आफै मालीक बन्ने छन् । त्यसको सफलता दोलखा जिल्ला अन्य जिल्लाको निमीत्त उदाहरणीये सौभाग्यशाली जिल्ला वन्ने छ । दोलखा जिल्लाको विकाश दोलखाली जनतालाई अपार माया गर्ने स्व. भिम बहादुरलाई दुर्भाग्य दोलखेली जनताले सकेनन् । स्व भिम बहादुर तामाङ्ग भौतिक रुपमा हामी माझ हुनु हुन्न । वहाँको १०% पनि दोलखा वासीले अनुशरण तर्पmबाट गर्न सके अन्य जिल्लाको निम्ती उदाहरण बन्न सक्नेछ ।
स्व भिम बहादुरज्यूसँग भेट मेरो अन्तिम मरै छोरा विश्व दिपको कारणले सम्भव भएको हो । छोराले जहिले पनि भिम बहादुरज्युको अटोग्राफ चाहियो कहिले भेट्न जाने भनी जीद्दी गर्ने गर्दथ्यो, काठमाडँौ को ब्यस्त जिवन यस्तै त हो काम नभए पनि फुर्सद नहुने जस्तो अन्ततः धेरै जिद्दि गरेपछि मिति २०६९/०५/३० गते बिहान वहाँको घर पुग्दा कार्यकर्ता माझ घेरिएर बस्नुभएको मलाई  देख्नासाथ चिरपरिचत भावमा आप्mनो निकट बस्ने आग्रह गर्दैै भन्नु भयो, अमर बाबु आज त छोरा पनि ल्यानु भएछ, विश्वदिपले अटोग्राफ लिने विषयमा बताए, वँहाले हुन्छ भन्नु भयो र वँहाको चिरपुरातन स्वागतको शैली रातो चिया आफै बनाएर दिनु भयो, केहि समय देशका समसमायिक विषयमा चर्चा गरियो, वँहा आफैले छोरासंग अटोग्राफ डायरी माग्नु भयो । ओछ्यान नजिकैको ड्रयरबाट फोटो निकालेर आर्शिवाद रुपी प्रेरणदायी शब्द लेख्नु पश्चात फोटो टासी हस्ताक्षर गरी अटोडायरी छोरा विश्वदिपलाई दिनु भयो । वँहाले अटोग्राफ लेख्ने बेला त्यहा भेला भएका हरुसंग कुराकानीमा व्यस्त रह्यो तर भिम बहादुर ज्यु एकाग्रतापुर्वक अटोग्राफमा शब्द को¥दै गरेको दृश्य अहिले पनि सम्झिने गर्दछु । केहि समय पश्चात विदा हुने समय आयो , वँहा बाहिर सम्म हामीलाई छोड्नु आउनु भयो, मैले वँहालाई लखनौवी चिकेन विरीयानी खानको लागि निमन्त्रणा दिए, वँहाले भन्नुभयो, अमर बाबु छिटै बोलाउनुस विरीयानी खान, कलकत्ताको मुस्लीमको होटलमा खाएको विरीयानीको स्वाद अहिले सम्म विर्सन सकेको छैन , भन्नु भयो । हामी विदा भयौं, के थाहा की यो भेट हामी र भिम बहादुर ज्यु को अन्तिम भेट थियो । घर पुगी अटोमा उत्सुक्ता पुर्वक अटोग्राफ खोलेर हे¥यौ, वँहाले अति राम्रो शैलीमा छोटो तर धेरै ठुलो शन्देस लेख्नु भएको रहेछ । अटोग्राफमा लेखिएका शब्दले वँहा नेपाली भाषामा कति दखल राख्नु हुनुहुन्थ्यो भनेर दर्शाउछ । अटोग्राफमा लेखिएका हुबहु शब्द यस प्रकार छन् , 
        “विश्वदिप मोक्तान, सुपुत्र अमरदिप मोत्तान, भेट्न संयोग पाउदा आशा लाग्यो एउटा भविष्यको नँया पुस्ता उदय भएको देख्दा । ११औ तहमा पढ्ने नँया किशोर अवस्थाबाट तरुण अवस्था हुदै परिपक्व व्यक्तित्व निर्माण गर्न विश्वदिपले अध्ययन आधार भएकोले त्यतातिर लगनशील हुनु मेरो पहिलो शर्त हो ।
           जिवन फुल हो तर वृक्ष भएर पनि फल्ने अवस्था हुन्जेल अध्ययन चिन्तन मननको भावना जाग्नु खाने कुरा जस्तै अपरिहार्य हुन्छ । ”
 त्यसैले अमरदिपको छोरा विश्वदिप एउटा सबल, ससक्त र विद्धान होस् भन्ने अभ्यान्तरको कामना साथै यो अटो अर्थात् हस्तलेखन समर्पण गर्दछु । ”
                 – भिम बहादुर तमाङ्ग, झुले–७, दोलखा, नेपाल
मितिः २०६९/०५/३० शनिबार

अटोमा भिम बहादुर ज्युद्धारा व्यक्त गरिएको भावना र भाषा शैलीमा महानता झल्किने दस्तावेज सम्झी यो अटो लेख्न छुट्याउन सकिन्न । दशैताका वँहालाई कुनै दिन खानाको लागि निमन्त्रणा दिने सोच बनाएको थिए, चाडबाडको बेला वँहाका आफ्ना इष्टमित्रले बोलाउने छन् र आफ्ना परिवारहरुसंग भेटघाट गर्ने अवसरमा व्यवधान गर्नु हुदैन जस्तो लागी पछि निमन्त्रणा गरीन । तिहारमा बहिनीको हातको टिका लगाउनु झुले जानु हुन्छ भन्ने थाहा थियो तयसकारण तिहारमा बोलाइएन, दशै तिहार सकियो मंसिर १२ गते लगभग ९ बजे तिर महाराजगंज, चक्रपथबाट भिम बहादुर ज्युलाई मोबाइलमा फोन गरेर वँहाको स्वास्थ्य बारे जानकारी लिए, स्वास्थ्य ठिकै छ भनेर जवाफ दिनु भयो र खाना खाने समय निर्धारण गर्न परयो भन्दा वँहाले भन्नु भयो, अमर बाबु म यो हप्ता व्यस्त छु, आउने हप्ता बोलाउनु होस् न ! म आइहाल्छु । मैले फोन गर्दा म बसेको स्थान नजिकै मण्डिखाटारमा हुनुहुँदो रहेछ, यस समय महाराजन्ज चक्रपथमा भएको हुनाले वँहासंग त्यस दिन भेट भएन, त्यस दिन यदि म कोठामा भएको भए केहि क्षण वँहाको सानिध्य र आत्मियताको अन्तिम उपहार प्राप्त गर्ने अवसर पाउने थिए, यसलाई मैले आफ्नो जिवनको सबै भन्दा ठुलो दुर्भाग्य ठानेको छु । शनिवार विहान ८ बजे दोलखाबाट भतीज विकास मोक्तानले टेलिभिजन फ्ल्यास न्युजमा भिम बहादुर ज्युको निधनको समाचार बारे जानकारी लिदा केहि क्षणको लागि म निशब्द भएँ , हतार हतार मेरो गाँउले भाइ नारायण थापालाई फोन गरेर सोधे, दाई कुरा सत्य हो भन्दा म शब्दविहिन र स्तब्ध भएँ । वँहालाई चिकेन विरीयानीद्धारा स्वागत गर्ने र वँहाको सानीध्यमा बसी धेरै कुरा गर्ने मेरो इच्छा अधुरो नै रह्यो र अब कहिले पनि सम्भव हुने सम्भावना छैन ?
 स्व. भिम ब. तामाङ्गको मृत्युको पश्चात धेरै भावानात्मक शब्दको ओइरो लागेको छ, वँहाको जिवनबाट प्रेरणा लिनु पर्ने भनी भाषण छाटिएका छन् तर भिम बहादुरको आदर्शलाई जिवन्त राख्नु पर्ने तर्फ कसैको ध्यान केन्द्रित देखिएन । विश्वका महान् हस्ती महात्मा बुद्ध, जीजस, गान्धी, कार्ल माक्स, ओशोको मृत्यु पश्चातनै उनको महत्व बुझियो, वँहाहरुको विचारहरुलाई व्यापकता प्रदान गर्न प्रयत्न गरेको फलस्वरुप आज ती विचार र दर्शन् विश्व सामु जिवित छन् । भिम बहादुरको आदर्श जिवन, निष्ठा, सरलतालाई व्यापकता प्रदान गर्न राज्यद्धारा वँहाको जिवन दर्शन्लाई जोगाउन स्व. भिम बहादुर तमाङ्ग स्मृति प्रतिष्ठानको निर्माण तथा वँहाको जिवन यात्राको बारे समग्रलाई परिचय गराउन पुस्तकको प्रकाशन गर्नु पर्दछ । स्व. भिम ब. तमाङ्गको जिवन आर्दश वर्तमान युवा पिढिको लागि राष्ट्र निर्माण गर्न हेतु प्रेरणादायक उदाहरण बन्न सक्छ । अनन्त दुरीको यात्रामा लागेका स्व. भिम बहादुर ज्यु संग सम्बन्धित मेरो स्मरणका अंशहरु समर्पित गर्नको उद्देश्य वँहाको १३औ पुर्ण तिथिमा वँहाप्रति यो भन्दा सुन्दर श्रद्धान्जली हुन सक्दैन ठानी समर्पित गरेको छु ।
अमरदिप मोक्तान
डाडाखर्क, दोलखा

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६