A+ A A-

प्रशंग फेरी दशैको : दशैं र सहिष्णुता

सञ्जोग लाफा मगर
दुईसय पचास वर्षदेखि एउटै जातिको भाषा, संस्कृति र हिन्दु धर्म राज्यले कानूनी रुपमा आदिवासी जनजातिहरुलाई जबर्जस्ती थोपरेकोमा आदिवासीहरुले गौरवता, पहिचान र अस्तित्वको लागी दशैं बहिष्कारसंगै परित्याग गरेको थियो । आदिवासी जनजातिहरुमा जातीय अधिकारको सामुहिक विकास भइनसकेको अवस्था राजनैतिक विचारले प्रभावित जातीय संघ–संस्थामा दशैं परित्याग गर्ने की १ मान्ने विषयमा ठुलो बहससहित अन्तद्र्धन्द्ध स्थापना गरयो । त्यसको अवशेष अहिलेसम्म आदिवासी जनजाति संघ–संस्थाताका नेतृत्व वर्ग र नेताहरुमा देखिरहेको छ ।
पराम्परादेखि आफ्नै मौलिक भाषा, सँस्कृति र धर्म मानि आएका, हिन्दु धर्मको वर्णाश्रम भित्र नपर्ने नेपालका आदिवासी जनजातिहरु हुन् भनेर गरिएको परिभाषाले दशैं आदिवासी जनजातिको महान चाड होइन् । तर राज्य, सञ्चार जगत नेपालीहरुको महान् चाड विजयादशमी दशैं भनेर मनोवैज्ञानिक डर त्रासबाट आतङ्कतित गर्न चोकचोक, गल्लीमा दुर्गा भवानीले दैत्यलाई वध गरिरहेको मूर्तिहरुको लागी राज्यको ढुकुटी बाट प्रोत्साहन गर्छन् । तर नेपालमा बसोबास गर्ने अन्य जातिहरुको चाड पर्वलाई महत्व दिंदैनन् ।
राज्यको सम्पूर्ण शक्ति लगाएर राणा शाषकले दशैं मान्नुपर्ने उर्दिको विरुद्धमा वि.स. १९४२ सालमा रामलीहाङ र रिदमाले धनकुटामा दशैं बहिष्कार (सम्भवत् दशैं वहिष्कार गर्ने उनीहरु पहिलो हुनुपर्दछ) आन्दोलन गरेकोले दुवैजनाको हत्या गरिएको थियो । यो हत्या भएको एकसय तीन वर्षमा छिटपूट रुपमा विरोध भएपनि बहुदलीय व्यवस्था घोषणापछि साँस्कृतिक, धार्मिक गौरवताको लागी आदिवासी संघ–संस्थाले दशैं बिरुद्ध सामुहिक जनचेतना फैलाउँदै विरोध गरेर दशैं परित्याग गर्न थाले । दशैं चाडलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुबिच सरल भाषामा तर्कसहित बुझाउन सक्ने गोरेबहादुर खपाङ्गी मगरले आन्दोलनको रुपमा अगाडि बढाएपछि कम्यूनिष्ट र यथास्थितिवादी नेताहरुले विध्वंशकारी, साम्प्रदायीक, धार्मिक असहिष्णुतावादी भनेर सत्तोसरा गर्दै टुप्पी कसेर तिव्र विरोध गरयो । त्यहि सोंच र राजनीतिक विचारबाट दिक्षित आदिवासी जनजाति नेताहरुलाई “सुगा बोली” मन्त्र जस्तै बन्यो ।
नेपाल बहुजाति मुलुक हो । बहुजाती भएको जुनसुकै मुलुकमा पहिलो समस्या वर्गीय भन्दा जातीय समस्या प्रमूख हुन्छ भनेर लेनिनले भनेका थिए तर लेनिन पथका अनुयायीहरुले वर्गीय समस्या प्रमुख देखएर उल्लु बनाएको पुष्टि कम्युनिष्ट र काँग्रेस पार्टीले जातीय मोर्चा, भातृ संगठन स्थापना गरेकोले स्पष्ट भएको छ । राजनैतिक विचारबाट जातीय अधिकारको मुद्दा राष्ट्रियव्यापी बहस बनेपछि दलहरुको अक्षमता महत्वकांक्षी राजा ज्ञानेन्द्रले शाषन व्यवस्था हत्याएर सरकारमा गोरेबहादुर खपाङ्गी मगरलाई मन्त्री नियुक्ति गरेको एकहप्तापछि राजाको हातबाट दशैं टिका ग्रहण गरे । कान्तिपुर दैनिकमा उजीर मगरले “धेरै वर्ष भएको थियो दशैं नमानेको यो वर्ष रमाइलो भयो” शिर्षकमा कपोकल्पीत वाक्यांश लेखेर दिग्भ्रमित बनाए । उनिलाई मन्त्री क्वार्टरमा बोलाएर दशैंको प्रसंगमा खपाङीसंग छलफल मैले नै गराएको थिएँ ।
एमालेका पोलिटव्युरो सदस्यद्धय प्रदिप नेपाल, मोदनाथ प्रश्रित र लेखक खगेन्द्र सँग्रौलाले राष्ट्र बेचेको ठुलो अपराध सरह राष्ट्रिय दैनिक पत्रिकामा लेख लेखेर भ्रमित विद्वान बने ।  पटटु आदिवासीहरुले त्यहि बोलिमा लोलि मिलाएर गोरे प्रवृतिको न्वारन गर्दै अरुलाई दशैं नमान भन्ने आफूचाहीं राजाको हातबाट टिका लगाएर हामीलाई उल्लु बनाउने भन्दै अहिलेसम्म विरोध गरिरहेका छन् । सबै भन्दा हाँस उठ्दो कुरा जातीय संघ–संस्थामा बसेर दशैं मान्नुपर्छ भन्ने पनि तिनैहरु हुन् । दशैं परित्याग गर्ने आदिवासी जनजातिहरु नुन खाएको कुखुरा र सातो गएको बालक झै रणभूल्लले तर्क गर्नु भन्दा आरोपित आवाजहरु सुन्न बाध्य छन् ।
लेखक, विद्वान, राजनेताहरु हिन्दु धर्मको मूल मर्म भनेको सहिष्णुता भन्छन् । दशैं चाड आदिवासी जनजातिहरुको मौलिक चाड नभएकोले थोपरिएको, जबर्जस्ती लादिएको सँस्कृति, धर्म, चाँडपर्वलाई विस्थापित गर्दै आफ्नौ मौलिक सँस्कृति, धर्म, चाडपर्वलाई अबलम्बन गर्न अधिकार प्राप्तिको लागी विरोध गरेका गोरे बहादुरले हिन्दुहरुको दशैं चाडमा सहिष्णुताको कदर गर्दै राष्ट्र प्रमूखको हातबाट टिका लगाउँदा सधैं भरीको लागी लगाएको हुन्छ ? दशैंको विरोध गर्ने व्यक्तिले विरोध मात्रै होइन सहिष्णु बन्न सक्नुपर्छ भन्ने कुटनीतिबाट उनीहरुलाई उल्टै झापड हानेको महसुस नगर्नेले विरोध गर्नुको के अर्थ रहन्छ ? राजाबाट टिका ग्रहणले गल्तीको महशुस गरी घरपरिवार, नातागोता डाकेर टिका लगाएको भए दशैं मानेको हुन्थ्यो । त्यो कार्य उनले अहिलेसम्म घरपरिवारमा कहिले गरेका छैनन् ।
आदिवासी जनजातिहरुको दर्शन सामुहिकता हो । अरुलाई पनि मान्ने आफू पनि मानिने यी सबै राम्रो पक्ष, ज्ञानहरुलाई घुरयानमा फालेर अरुको ज्ञानमा आत्मरति गर्ने आदिवासी बौद्धिक नेताहरुले विरोध गर्नुको कारण के हो रु अरुलाई सम्मान गर्न सकेमा आफूलाई पनि सम्मान गर्न कर लाग्छ भनेर राष्ट्र प्रमुखले मान्ने चाडलाई सम्मान गर्दा आदिवासी छोराको सहिष्णुताले बुलेटको लडाई भन्दा विवेकको लडाईबाट आदिवासी उचाई बढाएको यथार्थलाई किन बहसमा हामिले ल्याएनौं ? अनिवार्य सँस्कृत शिक्षा लागु गर्न २०४८ सालमा नरहरी आचार्यको नेतृत्वमा सांसदहरुलाई हस्ताक्षर गरी संसदबाट बहुमतले पारित गरिएको अनिवार्य संस्कृत खारेज गर्नुपर्छ, ऐच्छिक विषय राखिनुपर्छ भनेर धेरै पटक आदिवासी जनजातिहरुले चर्को विरोध, धर्ना, जुलुस गरे पनि ज्यूँको त्यूँ रहेको अनिवार्य संस्कृत विषयलाई गोरेबहादुर खपाङ्गी मगरको प्रस्तावमा सरकारको निर्णयले खारेज गरि ऐच्छिक विषय बनाएको महत्वपूर्ण निर्णय किन चर्चा गरिएको छैन ? मृत संस्कृत भाषाको नाममा दुरुपयोग अरबौ खर्च कटौती ठुलो काम होइन ? तर, गोरेले दशैंमा टिका लगायो भनेर हौवा फिंजाएर हामीलाई उल्लु बनाएको पछाडि सँस्कृत पक्षधर
र अति हिन्दुवादिको हात थियो भनेर हामिले कहिले बुझ्ने ?

(सञ्जोग लाफा मगर बहुप्रतिभाशाली ब्याक्ति हुन)

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर